Home Blog Page 1367

चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत १ लाखसहित अख्तियारकाे नियन्त्रणमा

काठमाडाैँ, २० माघ । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलकाे गाडीबाट एक लाख रुपैयाँसहित उनी पक्राउ गरेका छन् । बा २ झ २१५२ नम्बरको गाडीकाे पछाडीकाे सिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालकाे टाेलीले खानतलासी गर्ने क्रममा एक लाख नगद भेटिएकाे हाे । रकमसहित प्रमुख पाैडेल र उनका ड्राइभर सचित दुलाललाई अख्तियारकाे टाेलीले आइतबार नियन्त्रणमा […]

साउदीमा मर्नु न बाँच्नुको अवस्थामा पुगेका आयुष; कम्पनीले फर्कन दिएन मेनपावरले वास्ता गरेन

बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’

काठमाडौं, २० माघ । उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ । जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च अदालतले प्रधानमन्त्री कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान लगायतबाट तथ्यगत कागजात माग गरेको हो । अधिवक्ता दीपकराज जोशीको मुद्दामा उच्च अदालतले २०४७ सालको मन्त्रिपरिषदको निर्णय समेत माग गरेको […]

जिल्ला ट्राफिक कार्यालय दाङद्वारा ‘सुरक्षित यात्रा कार्यक्रम’ सुरु

आज माघ २० गते सोमबारको राशिफल पढी शे’यर गर्नुहोस।

वि.सं.२०७६ साल माघ २० गते । सोमबार ।

ईश्वी सन् २०२० फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– नवमी,२६ घडी २१ पला,बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र– कृतिका,३६ घडी ४९ पला,बेलुकी ०९ बजेर ३६ मिनेट उप्रान्त रोहिणी । योग– ब्रम्ह,५१ घडी ३२ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त ऐन्द्र करणकौलव,बेलुकी ०५ बजेर २४ मिनेट उप्रान्त तैतिल,रातको ०५ बजेर ४५ मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १० पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नयाँ ठाउमा गएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना भई नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता हुनसक्छ । भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सकिने भएपनि जस नपाईने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएरु जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।तपाईको दिन शुभ रहोस् ।

The post आज माघ २० गते सोमबारको राशिफल पढी शे’यर गर्नुहोस। appeared first on .

समय नपुग्दै सुत्केरी भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु

बिराटनगर । प्रदेश १ का बिभिन्न जिल्लामा रहेका बेरोजगार युवा युवतिहरुलाई रोजगार बनाउने उदेश्यले इटहरीमा आइतबारबाट बिभिन्न बिषयका रोजगारमुलक निशुल्क तालिमहरु सञ्चालनमा आएका छन । नेपाल सरकार,शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा इटहरीमा स्थित पिरामिड टेक्निकल इन्ष्टिच्युटले उक्त तालिमको आयोजना गरेको हो । पिरामिड टेक्निकलले आइतबारबाट ३ महिने ब्युटसियन तालिम , ३ महिने इलेक्ट्रिकल तथा वेल्डीगं र ३ महिने कटाइ सिलाई तालिम सुरु गरेको हो । इटहरीको स्वप्निल ब्युटिपार्लर एण्ड तालिम सेन्टरमा सुरु भएको तालिमको उदघाटन पाथिभरा जब लिंक प्रालिका अध्यक्ष पवन अधिकारीले गरेका थिए । जब लिंकका अध्यक्ष एवम प्रमुख अतिथि अधिकारीले आफनो सस्थाले समेत रोजगार बनाउने उदेश्यले अब बिभिन्न बिषयका तालिमहरु सञ्चालनमा ल्याउन लागेको बताए ।

प्रमुख अतिथि अधिकारीले सिप बिना अहिले समयमा रोजगार प्रदान गर्न नसक्ने अवस्था रहेको बताए । उनले सिप युक्त ब्याक्तिहरुको बजारमा निकै आवस्यकता रहेको कारण जुन सुकै बिषयमा समेत बिशिष्टता हासिल गर्नुपर्ने अवस्था रहेको समेत जिकिर गरे । सो अवसरमा सस्थाका अध्यक्ष समिर खडकाले आफनो सस्थाले बेरोजगार युवा युवति लक्षित धेरै कार्याक्रमहरु सञ्चालनमा ल्याएका थिए । उनले प्रशिक्षार्थिको आर्थिक अवस्थालाई मध्यनजर गर्दे सबै तालिमहरुमा सहभागिलाई निशुल्क रुपमा खाना खाजा समेत दिदै आएको बताए । कार्यक्रममा प्रशिक्षक बिजुबैनि श्रेष्ठले पछिल्लो समयमा ब्युटिसियन प्रति युवतिहरु ऋार्कषित हुदै गएको बताइन । ब्युटिसियन तालिममा अन्र्तवार्तामा सहभागि भएका ७८ जना मध्येबाट २० जनालाई छनौट गरि उनिहरुलाई तालिम दिइएको आयोजक सस्थाकी प्रसाशन प्रमुख कृष्टिना थापा खडकाले बताइन ।

यस्तै आइबारबाटै सोहि सस्थाले इटहरी ५ मा इलेक्ट्रिकल तथा कटाई सिलाई तालिमको समेत सुरु गरेको छ । सस्थाको आफनै सभाहलमा सञ्चालित उक्त तालिममा प्रदेश १ भरबाट अन्र्तवार्तामा छनौट भइ आएका ४० जना युवा युवतिहरुले सहभागिता जनाएका छन । तालिममा सहभागिहरुलाई आवस्यक पर्ने सम्पुर्ण उपकरणहरु ऋायोजक सस्थालेनै दिने जनाइएको छ ।
साथमा तस्बिर समेत छ ।

The post बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु appeared first on Purbeli News.

प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?

नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।

यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बीमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एशिया बैंक रु छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।

The post नेप्सेमा २१ अङ्कको वृद्धि appeared first on Purbeli News.

https://ujyaalonepalnews.com/archives/1742

सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित विराटचाेकमा शाखा विस्तारकाे क्रममा संचालना अाएकाे बाजेको सेकुवा ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ । विगत पाँच बर्ष देखि विराटचाेककाे मुख्य बजारमा सफा र शान्त वातावरणमा संचालनमा आएको बाजेको सेकुवामा अहिले ग्राहकहरुको चहल पहल निकै बढेको पाहिन्छ । व्यापार व्यावसायमा रमाउँने चाहानाका साथै राम्रो अनुभव पछि अाकर्षक लगानीमा ६ जानालाई रोजगारी प्रदान गरि स्वदेशमै केही राम्रो काम गर्ने सोचले बाजेको सेकुवा पूर्वमा पहिलाे शाखाकाे रुपमा संचालनमा ल्याएको संचालक रमेश वस्नेतले बताए ।

पारिवारिक वातावरणमा सफा र स्वादिलो खानेकुरामा जोड दिएको बाजेको सेकुवामा अालुतामाकाे सुपले ग्राहकहरुकाे मन निकै तानेको छ । झरझर परेकाे अागाेकाे रापमा पाेलेकाे खसिकाे सेकुवा सम्झदा सेकुवा पारखीहरुकाे मन लाेभिने गरेकाे छ । बाजेको सेकुवाकाे नामै काफी भएको स्थानीयहरुकाे भनाइ छ । बाजेकाे सेकुवा विराटचाेक शाखामा सेकुवा ,अालुतामाकाे सुप साथै बाेकाकाे मासु , मःम ,फास्टफुड अाइटम , अडर अनुसारकाे खाजाकाे सेट , खाना लगायत चिसाे पेय पदार्थ फ्रि वाईफाइकाे सुविधा सहित मज्जाले बसेर खान पाहिने व्यवस्था रहेको संचालककाे भनाइमा छ ।

बाजेको सेकुवा विराटचाेकमा पाटी, वर्थडे, विवाह उत्सव लगायत विभिन्न कार्यक्रमका लागि समेत ग्राहकहरुकाे जमघट हुने गरेकाेले राम्रो अार्थिक काराेवार समेत गर्न सफल भएको संचालनकाे भनाइ छ । ग्राहकहरुको माग र आवश्यकता लाई मध्यनजर गर्दै सेवा सुविधाको थप विस्तार गरि व्यवसायलाई ध्यानमा राखेर स्वदेशमै आत्मा निर्भर स्वरोजगार बन्ने उद्धेश्यले बाजेको सेकुवाकाे सञ्चालनमा ल्याएको साथै पूर्वकाे अन्य स्थानमा पनि शाखा संचालन गर्ने याेजना रहेको संचालक वस्नेतले जानकारी दिए । बाजेको सेकुवा संगै अहिले उत्तरी माेरङमा संचालनमा अाएका हाेटल व्यवसायहरुले राम्रो अार्थिक काराेवार गरि स्वदेशमै अात्मा निर्भर बनेर अरुलाई राेजगारी समेत दिन सफल भएका छन । उत्तरी माेरङमा हाल सयाैकाे संख्यामा हाेटल व्यवसायहरु संचालनमा अाए संगै नेपाल पर्यटन बर्ष २०२० काे अवसर संगै अान्तरिक तथा बह् पर्यटनहरु समेत अाउन थालेकाे स्थानियहरु बताउँछन ।

नेपालकाे विभिन्न स्थान लगायत अन्तर्राष्ट्रिय स्तरकाे बजारमा समेत बाजेको सेकुवाले राम्रो अार्थिक काराेवार गर्न सफल भएको छ । बाजेको सेकुवाकाे सबै शाखाहरूमा गरि दुई सय भन्दा बढी कर्मचारीहरुले राेजगारी पाएका छन् । अनामनगर, बत्तीसपुतली, गैरीधारा, सोह्रखुट्टे, सामाखुसी, सुकेधारा, कमलपोखरी, सीनामंगल, पोखरा, भरतपुर र बुटवल लगायतका मुख्य बजारहरुमा समेत बाजेको सेकुवाका शाखाहरु छन् । बाजेको सेकुवाकाे मुख्य कार्यालय कमल पोखरी हाे । यहाँ बिहे, ब्रतबन्ध, साँस्कृतिक कार्यक्रम समेत हुने गरेकाे छ ।

नेपालकाे राजधानी काठमाडौंमा बाजेको सेकुवा तीन दशक अघिबाट सुरू भएको थियो। खोटाङबाट झापा हुँदै काठमाडौं आएर दीनानाथ भण्डारीले एयरपोर्टको गेटमा सेकुवा बेच्न सुरु गरेका थिए । तगारीमा कोइला सल्काएर दैनिक सेकुवा बेच्न थालेका भण्डारीको परिकार लोकप्रिय बन्दै गयो । दौरा सुरूवाल र टोपी लगाएर सेकुवा बेच्ने भण्डारीलाई ग्राहकले ‘बाजे’ भनेर बोलाउन थाले। त्यही नाम लोकप्रिय भएपछि उनले सुरूमा सीनामंगलमा ‘बाजेको सेकुवा कर्नर’ खोले । व्यापार बढ्दै गयो। अहिले राजधानी लगायत एक दर्जन ठाउँहरुमा बाजेको सेकुवाकाे शाखा विस्तार भइसकेका छन् भने करोडौंको अार्थिक कारोबार समेत छ । बाजेको सेकुवा नेपालमा मात्र नभएर विदेशमा समेत विस्तार भएको छ । अमेरिकाको टेक्सासमा पनि बाजेको सेकुवाको शाखा छ ।

The post सुन्दरहरैंचामा आफ्नो छुट्टै पहिचान बनाउदै बाजेको सेकुवा appeared first on Purbeli News.

घोराहीको इतिहास झल्कने घोडाको प्रतिमा राखियो

६ वर्षीया बालिकालाई अपहरण गरी १६ लाख फिरौती मागेपछि….

भक्तपुर, १९ माघ । आफ्नै मामाको छोराले आज स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनी सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब […]

बर्षा र हावाहुरीले प्रभावित डडेल्धुरा महोत्सव आज साँझदेखि पुनःसञ्चालनमा आउने

सप्तरीमा थपियो बोर्डर आउट पोस्ट

रासस, सप्तरी, १९ माघ । सप्तरीको बोदे बर्साइनमा आज एउटा बीओपी (बोर्डर आउट पोस्ट) थपिएको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी बल नेपाल २ नम्बर प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल र बोदे बर्साइन नगर प्रमुख आतेशकुमारसिंह यादवले आज सुरक्षा बेसलाई स्तरोन्नति गरी बीओपी स्थापना गरिएको हो । जसमा सशस्त्र प्रहरी […]

चलचित्र पत्रकार संघको सल्लाहकारमा पत्रकार दाहाल र बाँस्तोला

सिंहदरबारभित्रै भेटिए कम्युनिस्ट सरकारको सातो लिने ‘मुटु’ भएका कर्मचारीहरू, चकित परे गोकुल बास्कोटा !

काठमाडौं – कम्युनिस्ट सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको चौतर्फी आलोचना भइरहेका बेला उनकै विभागीय संस्था नेपाल टेलिभिजनमा कर्मचारीहरूले हँगामा मच्चाएका छन् ।

सञ्चारमन्त्री बास्कोटाको निर्देशनमा अध्यक्ष महेन्द्र विष्ट र महाप्रबन्ध सचिन रोकाले मनपरी गर्न थालेपछि सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई बचाउन त्यहाँ कार्यरत कर्मचारीहरू एक भएर लागेका छन् ।

उनीहरूले कम्युनिस्ट सरकारका सञ्चारमन्त्री, अध्यक्ष र महाप्रबन्धकलाई पाठ सिकाउन माघ २० गते सोमबार सिंहदरबारभित्र हुन लागेको वार्षिक उत्सव कार्यक्रम बहिस्कार गर्न लागेका छन् ।

नेपाल टेलिभिजनका कर्मचारीहरूले आफ्ना मागको सुनुवाई नगरी कम्युनिस्टहरूले अनावस्य आर्थिक भार थप्नेगरी अघि बढेको भन्दै सोमबार हुने बार्षिक उत्सव कार्यक्रम बहिष्कार गर्ने भएका हुन् ।

नेपाल टेलिभिजन कर्मचारी संघ अध्यक्ष गोपालप्रसाद दाहाल र कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीहरूको वृत्ति विकास लगायत यसअघि पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी युनियनलाई बेवास्था गरेको लगायतका कारण देखाउँदै वार्षिक उत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा भास्दै धरासाई बनाउने उच्च व्यवस्थापनको पछिल्ला कार्यहरूप्रति भर्त्सना पनि गरिएको छ ।

‘कर्मचारीको वृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैयाबिरुद्ध माघ २० गते सोमबार टेलिभिजन कार्यलयमा हुने वार्षिक उत्सवसम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल टेलिभिजनको ३५औँ वार्षिकोत्सवको अवसरमा माघ १७ गते नेपाल टेलिभिजनको इटहरी च्यानलको प्राङ्गणमा आयोजित नेपाल टेलिभिजन इटहरी च्यानलको शुभारम्भ कार्यक्रममा व्यवस्थापकको तर्फबाट संस्थापनमा कार्यरत कर्मचारीको नेतृत्वमा गरिरहेको कर्मचारी ट्रेड युनियनहरूलाई बेवास्ता गरिनु अत्यन्तै निन्दनीय छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘यस घटनाले संस्थाको समग्र हित र लक्ष्य प्राप्तिका कर्मचारीसँग हातेमालो गरेर सँगै हिँड्नुपर्ने उच्च व्यवस्थापन कर्मचारीसँगको सहकार्यबाट भाग्न खोजेको अनूभुति हामीले गरेका छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले भनेका छन्, ‘यही अवस्थामा संस्थान भित्रका कर्मचारीको वृत्ति विकास रोकी कर्मचारी व्यवस्थापनको दीर्घकालीन योजना विना ठूलो संख्यामा नयाँ कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनले कर्मचारीको मनोबलमा चोट पुगेको छ ।’

‘कर्मचारीको वृत्तिको विकास र सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी यसअघि कर्मचारी संघ र युनियनबाट पेस भएका मागहरूको समेत बेवास्ता गरिहेको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रवैयाविरुद्ध मिति ०७६–१०–२० गते नेपाल टेलिभिजन प्राङ्गणमा आयोजना गर्न लागिएको वार्षिक उत्सव सम्बन्धी सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

बसबाट ओर्लंदै गरेकी महिलालाई सोही बसले किच्यो

गृहमन्त्री बादलले किन गरे एकाएक सीडीओसहित ३२ कर्मचारीको काज सरुवा ? (सूचीसहित)

काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३२ कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्री बादलको निर्णय अनुसार भएको सरुवाको कारण भने सार्वजनिक गरिएको छैन । गृह मन्त्रालयले सरुवा भएका कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ ।

यतिधेरै संख्यामा कर्मचारीलाई काज सरुवा गर्नुलाई सामान्य मानिँदैन । नियमित प्रक्रिया अनुसार गरिने सरुवा स्थायी रुपमै हुने भएपनि गृह मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको काज सरुवा गरेको हो ।

यस्तो छ सरुवा भएका कर्मचारीको सूची –

कालिका कभर्डहलमा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने