ए डिभिजन लिग फुटबलमा जावलाखेल युथले चौथो जित निकालेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मैदानमा सोमबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लवलाई १–० ले हराउँदै जावलाखेल एक स्थानमाथि उक्लिएको छ।
जावलखेलले हालसम्म ४ खेलमा जित, ३ मा बराबरी गर्दा ३ खेल नै गुमाउँदै १५ अंकमा सातौँ स्थानमा पुगेको छ।
४ खेलमा जित हात पारेको नेपाल पुलिस क्लव भने एक स्थान तल झर्दै आठौ स्थानमा आइपुगेको छ। समान खेलबाट पुलिसको १४ अंक छ। हारसँगै ब्रिगेड ११ औं स्थानमा यथावत छ। ब्रिगेडले २ खेलमा जित र बराबरी गर्दा ६ खेल गुमाएको छ।
जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे। ब्रिगेडका गोलकिपरले नियन्त्रणमा लिन नसकेको बललाई सुजितले जाली चुमाएका थिए।
सोमबारै अर्को खेलमा आज लिगमा अपराजित रहेको मनाङ–मस्र्याङ्दी क्लब र च्यासल युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा बराबरी या हारले मनाङको उपाधि सम्भावना झिनो बन्नेछ।
लिगमा अपराजित रहेको एक्लो टोली मनाङ च्यासललाई हराउँदै अपराजित रहँदै उपाधि यात्रा जीवितै राख्न चाहन्छ। अपराजित मनाङ ९ खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। च्यासल ९ खेलबाटै ९ अंक जोडेर १०औं स्थानमा छ।
अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा धनुषा प्रहरीले पक्राउ गरेका चारजना चालकलाई जनप्रतिनिधिले छाडिदिएका छन्। जिल्ला समन्वय समिति धनुषाले पुनः हाजिर हुने सर्तमा चारैजना चालकलाई छाडेको समितिका उपसभापति दीपक झाले जानकारी दिए।
आइतबार राति धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा ४ टिपर, एक जेसीभीसहित चारजना चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको थियो। पक्राउ गरिएको टिपर, जेसीभीसहित चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जिल्ला समन्वय समिति धनुषालाई जिम्मा लगाएको थियो।
जिम्मा लगाए लगतै समन्वय समितिले चालकहरुलाई छाडेको हो। ‘जिल्ला समन्वय समितिमा पक्राउ गरेका चालकलाई राख्ने ठाउँ छैन। कहाँ राख्ने, त्यसै कारण चारैजना चालकलाई पुनः उपस्थित हुने गरी छाडिएको छ’, समितिका उपसभापति झाले भने, ‘टिपर र जेसीभी नियन्त्रणमै छ। दुईदिनपछि अनुगमन समितिको बैठक बसेर के गर्ने विषयमा निर्णय हुन्छ।’
चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला प्रहरीले बा ३ खा ७६००, भे १ ख २९३९, ना २ क २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ क २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको थियो। सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले नियन्त्रणमा लिएको टिपर, जेसीभी सहित चालकलाई जिल्ला समन्वय समितिलाई कारबाहीको लागि जिम्मा लगाएको बताएका थिए।
प्रहरीका अनुसार ना २ क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ बर्षीय पुण्यप्रसाद यादव, बा.२ क २९८७ नम्बरको एक्साभेटरका चालक सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ बर्षीय राजकुमार राउत, ना २ क २७८ नम्बरका टिपर चालक धनुषाको मिथिला नगरपालिका २ बस्ने ३० बर्षीय गोपाल महतो र भे १ ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ बर्षीय रामु महतोलाई प्रहरीले पक्राउ गरी समन्वय समितिलाई जिम्मा लगाएका थिए। एकजना टिपर चालक भने प्रहरी उत्खनन स्थलमै पुग्न लाग्दा फरार भएका थिए।
गएको पुस २२ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश भन्ने दिलीपकुमार महतोको टिपरले किचेर निर्मम हत्या भएको थियो। त्यसपछि देशव्यापी रुपमा अवैद्य उत्खनन् रोक्न र पर्यावरण बचाउने माग चलिरहेको छ। प्रशासनले कडाई गरेपछि केही दिनदेखि अवैध उत्खनन् बन्द थियो।
तर फेरी जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा धनुषामै उत्खनन सुरु भएको छ। धनुषाको मिथिला नगरपालिका क्षेत्रमा बग्ने बडहडी खोलामा समेत अवैध उत्खनन भइरहेको छ।
प्रदेश २ मा छोरी आत्मरक्षा गर्न बेटी सुरक्षित अभियान सुरु भएको छ। छोरीहरुको लागि भयमुक्त वातावरण सृजना गर्न प्रदेश २ सरकारले बेटी सुरक्षित अभियान सोमबारदेखि थालेको हो।
‘महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ मुल नाराका साथ प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले अभियान थालेको छ।
सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले सोमबार एक कार्यक्रम बिच उद्घाटन गरेका छन्। अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरुलाई मजबुत बनाउन घर बाटै पहल गर्नु पर्नेमा जोड दिए।
‘हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइदिएको छ, तसर्थ उनीहरुलाई बलियो बनाउन हामी आफैँबाट शुरुवात गर्नु पर्दछ।’ मुख्यमन्त्री राउतले भने ‘छोरी जन्मेदेखि नै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्छ। हामीले भन्न सक्नु पर्दछ, छोरी कमजोर होइन, छोरी बलिया हुन, जे पनि गर्न सक्दछन।’
यस अभियान अन्तर्गत जनचेतनामुलुक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानून वारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।
गुरुबा लोकबहादुर फगामी मगरले जब गीत अलापे, टाउकोमा कालोटोपी, गलामा माला, भोटो र कछाड, त्यसमाथि भाङ्ग्रा अनि मादल लिएका पुरुषहरु नाच्न थाले। तीमध्ये कोहीकोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिंगारिएका थिए।
गीत अलाप्दै गुरुबा फगामी भाङ्ग्राबाट अक्षता निकाल्थे र आकाशतिर फाल्थे। उनले निकाल्ने हरेक गीतका टुक्कामा देउताको नाम जपिन्थ्यो। देउताको नाम आउनासाथ गुरुजस्तै अरुले पनि अक्षता आकासतिर फाल्थे। महिलाहरुले उनको गीतमा हा… हा…भन्दै छोप्थे। बेलाबेला मादलको ताल बदलिन्थ्यो। नाच अगाडि बढ्दै जाँदा त्यहाँ रहेका महिला र पुरुषहरु एकाएक काँम्न थाले। काम्नेको संख्या बढ्दै गयो।
पहिलोपटक देख्नेलाई नाटकजस्तो लागे पनि काँम्नेहरुले नाटक गरेकै हुन् भन्ने ठाउँ नै थिएन। मध्यमाघमा म्याग्दीको नारच्याङमा देखिएको दृष्य हो, यो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मञ्चमै बसेर रुचिपूर्वक नाच हेर्दै मात्र थिएनन्, मोवाइलमा भिडियो कैद पनि गर्दैथिए।
म्याग्दीतिरका मगरहरुको पुख्र्यौली नाचको दृष्य हो यो। मगरहरुले परापूर्वकालदेखि नाच्दै आएको यो नाचमा देवताहरुको नाम जपिन्छ। सोरठीकै अर्को स्वरुप हो यो नाच।
पुख्र्यौली नाचका गुरु लोकबहादुर फगामीको भनाई अनुसार जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ। तीन चरणमा नाचिने नाचमा गुरुवा/मुख्य मादलेको प्रमुख भूमिका हुन्छ। हाई हाल्ने गीदाङ्गे समूह हुन्छ। पुरुषहरू महिलाको पहिरनमा नाच्नेहरुलाई मारुनी भनिन्छ।
फगामीका अनुसार यो नाचको सुरुमा चन्द्रसूर्य, धर्तीमाता, नागहरु, जेठा रामचन र कान्छा कुल्म पूजिन्छ। अनि बल्ल सरस्वती भाकिन्छ।
‘नाचमा सरस्वती वर्णनाउने (वर्णन गर्ने) भन्छन्, जति पनि हाम्रो क्षेत्रमा भएका देवी–देवता, भूमे–भाराहरुको वर्णाइन्छ। अक्षेता पनि छरिन्छ। चोखो मासु भन्छन् क्यारे, सबै काँम्दैनन्’, फगामीले भने, ‘हामीलाई पनि काँम्न मन लाग्छ,रहर लाग्छ क्यारे तर हुँदैन, कसैकसैलाई मात्रै हुन्छ। देउता नै चढ्ने भनौँ न।’
उनका अनुसार नाच सुरु हुँदा पहिला बाचा बाँधिन्छ अनि नाच सकिँदा त्यही बाचा फुकाइन्छ। मादलको ताल पनि परिवर्तन हुन्छ। काँमेकाहरु पनि त्यसपछि शान्त हुन्छन्।
‘यता यो चिन्हेभूमे, कृष्णेभूमे, भित्री बनका काजीभूमे, मादिभूमे, खयरवराह, रुप्सेखोलाको भूमे, मुुिक्तनाथ,भोटको लामा, ज्ञानी लामा, बागलुङको देवी, फेवातालको देवी सबै वर्णनाइन्छ’, उनले भने, ‘गीतमा कालीगण्डकी तिरमा रहेको नारच्याङबाट डाँडाकाँडा देखाउँदै भने,‘सरस्वतीको वर्णन गरेपछि देउता मान्छेको आँङमा पस्न सुरु गर्छन्।’
उनका अनुसार यसमा २२ ताल हुन्छ, सरस्वती वर्णनमा एउटा ताल हुन्छ, सरस्वती चढेपछि मादलमा अर्को ताल हुन्छ। घिन्ताङ तकधङ पनि हुन्छ, घिनपन्तुङ पनि हुन्छ। जुन तालबाट सुरु गरिएको हो, त्यही तालमा गएर नाच टुंग्याइन्छ। काम्नेहरु पनि त्यसपछि शान्त हुन्छन्। उनले नारच्याङकै एकजना पाइजा बूढाबाट यो नाचको ताल र देउता वर्णनाउन सिकेका रे।
फगामी अहिले पुख्र्यौली नाचमा मुख्य गीताङ्गेको भूमिका मात्रै निभाउँदैनन्, अरु विद्यार्थीहरुलाई पनि नाच सिकाउँछन्। उनका अनुसार पुख्र्यौलीमा जति धेरै नाच्यो त्यति राम्रो हुन्छ।
‘पाँचपाँच जना नाच्दा राम्रो हुन्छ’, उनले थपे।
नारच्याङकी सरस्वती पुन नाच चलिरहँदा मज्जाले काँमिन्। काँमेको थाहा हुन्छ त?
उनले भनिन्, ‘थाहा त हुन्छ क्यारे, नाच सकिएपछि छ्याङ्गै हुन्छ, के भयो भन्ने थाहा नै नहुने हुन्छ।’
उनका अनुसार चोखो शरीर भएकाहरुको आँङमा देउता चढ्छन् रे! १२–१३ वर्षदेखि नै आफ्नो जिउमा देवता चढ्ने गरेको उनले बताइन्।
धादिङ, २० माघ । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपु-याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन्। मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको […]
काठमाडौं, २० माघ । सत्तारूढ नेकपाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको छ। यसअघि पनि पटक-पटक आन्तरिक रूपमा सम्पत्ति छानबिनका निर्णय नभएका होइनन्। तर, न कसैलाई कारबाही गरिन्थ्यो, न प्रतिवेदन नै सार्वजनिक गरिन्थ्यो। त्यस्तै नेकपाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवाद टुंगो […]
नेपालको मौसम बिस्तारै गर्मीतर्फ अगाडि बढिरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले देशभर बिस्तारै चिसो कम हुँदै गएको र तापक्रम बढ्दै गएको बताएका हुन्।
‘अब यो बीचमा पानी पार्ने कुनै प्रणाली विकास भएन भने तापक्रम बढ्दै जाने देखिन्छ,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् अर्यालले भने, ‘अहिले दिउँसो अधिकत तापक्रम बढिरहेको छ भने बिहानको चिसो पनि कम हुँदै गएको छ।’
पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय भएन भने अब मौसम गर्मीतर्फ अगाडि बढ्ने उनको अनुमान छ।
उनका अनुसार तीन/चार दिनअगाडि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० डिग्रीसम्म पुगेको उनले जानकारी दिए।
तर बीचमा थोरै मौसम बदली भएकाले हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम १६.६ डिग्रीमा झरेको थियो। आज उपत्यकाको अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको उनले बताए।
सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम भने ४ डिग्री रहेको उनले जानकारी दिए।
आइतबार सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुरमा २३ डिग्री पुगेको छ।
त्यसपछि धनगढीको २२.७ डिग्री तथा विराटनगर र नेपालगन्जको बराबर २२.३ डिग्री सेल्सियस अधितम तापक्रम रहेको मौसम पूर्वानुमा महाशाखाको रकेर्डले देखाएको छ। अन्य स्थानको तापक्रम यसभन्दा मुनि छ।
मौसमविद्का अनुसार दिनभर घाम लाग्न पायो भने अधिकत तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ।
मौसमविद् अर्यालका अनुसार आज (सोमबार) देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ।
‘आज पश्चिमको पहाडमा आंशिक बदलीबाहेक देशका बाँकी स्थानमा सामान्यतया मौसम सफा छ,’ उनले भने, ‘आज देशभरजसो नै घाम लाग्ने देखिन्छ, आंशिक बदली भनेको पनि घाम नलाग्ने होइन, धेरै घामै लाग्छ, बादल बेलाबेला देखिन्छ।’
उनका अनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना छैन। ‘आगामी एक/दुई दिन वर्षा/हिमपात देखिन्न,’ मौसमविद् अर्यालले भने।
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कुहिएको चामल पुरै नष्ट गर्न नदिइने बताए । उनले राजधानीसँग भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको […]