Home Blog Page 1368

स्वतन्त्रतामाथि हस्तक्षेप हुन थाल्यो : सभापति देउवा

काठमाडौं, १९ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रतामा हस्तक्षेप गरेको बताएकाछन् ।

उनले दिगो विकासका लागि गर्नुपर्ने काममा भने सरकारले हस्तक्षेप गर्न नसकेको बताए ।

सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन)ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुईदिने सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले सुरक्षित सडक निर्माणका लागि भने सरकारले हस्तक्षेप गर्न नसकेको बताएका हुन् ।

“सकारात्मक प्रभाव पार्ने विषयमा हस्तक्षेप नगरी नागरिकका स्वतन्त्रता खोस्न मात्र हस्तक्षेप हुन थालेको छ, पाखा पहाड जताततै प्राविधिक अध्ययनबिना डोजर लगाएर सडक बनाउँदा दुर्घटना बढेको छ”, प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका सभापति देउवाले भने ।

इञ्जिनीयर राष्ट्रनिर्माता भएकाले सडक, पुलजस्ता पूर्वाधार निर्माण गर्दा सुरक्षित तरिकाले बनाउन लाग्नुपर्ने सुझाव उनले दिए ।

कर्णाली राजमार्गमा बढी दुर्घटना हुने गरेकाले सुरक्षित बनाउन ध्यान दिनुपर्ने, काठमाडौँका सडकमा खन्दै पाइप बिच्छ्याउँदै कहिलेसम्म गर्ने भन्ने निश्चित गर्न पनि सभापति देउवाले माग गरे ।

The post स्वतन्त्रतामाथि हस्तक्षेप हुन थाल्यो : सभापति देउवा appeared first on Koshi Online.

रत्ननगरका सुकुमबासीलाई लालपूर्जा: नगरपालिका र आयोगबीच सम्झौता सम्पन्न

नेविसङ्घमा पदाधिकारी थपिए

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समितिमा पदाधिकारी थप गरिएको छ ।

केन्द्रीय समितिमा २ उपसभापति र ५ महामन्त्री थपिएका छन् ।

कांग्रेसको १ फागुन २०७५ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले उनीहरुलाई मनोनयन गरेका हुन् ।

सङ्घको केन्द्रीय कार्यसमितिको उपसभापतिमा झापाकी तुलसा पन्त र रुपन्देहीका मुक्तिराज पौडेल चयन भएका छन् ।

महामन्त्रीहरुमा तनहुँका दीपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमल्सिना र स्याङ्जाका युवराज पाण्डे मनोनित भएका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवाले यसअघि १६ माघमा राजीव ढुङ्गानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए ।

नेविसङ्घको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन चाडै गरिने उनले बताए ।

The post नेविसङ्घमा पदाधिकारी थपिए appeared first on Koshi Online.

ट्रम्पले ताज महलको भ्रमण गर्ने, व्यापार सम्झौता नगर्ने

नेकपाको महाधिवेशन ०७७ चैत्रमा राष्ट्रिय महाधिवेशन

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा हुने भएको छ ।

नेकपाको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

आइतबार सम्पन्न भएको केन्द्रीय समिति बैठकले उपाध्यक्षमा बामदेव गौतमलाई निर्वाचित गरेको छ ।

एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित पनि गरेको छ ।

१५ माघदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित बैठकमा विभिन्न निर्णय र ११ बुँदे समसामयिक प्रस्ताव पारित गरी बैठक समापन गरिएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को वर्ष २५ चैतदेखि ३० गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको बताए ।

त्यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए ।

सङ्गठनात्मक र जनपरिचालनका लागि तत्कालै तीनमहिने राष्ट्रिय अभियान सञ्चालन गर्ने तय भएको उनले बताए ।

बैठकमा सदस्यको सुझावका आधारमा पार्टीमा गुटबन्दी र पूर्वघटकको मान्यता माथिल्लो तहबाटै अन्त्य गराउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्कल्प गरेका छन् ।

शीर्ष नेताको सम्पत्ति छानबिन गर्न उठेको विषयलाई केन्द्रीय अनुशासन आयोगले अध्ययन गर्ने र निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउन र जनमुखी प्रणाली स्थापित गर्नका लागि बहस सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार पार्टीले गरेको निर्देशानुसार सञ्चालन हुने तथा सरकारले गरेका राम्रा काममा पार्टीको समर्थन र तिनको प्रचार हुनुपर्ने आग्रह गरे ।

पार्टीमा वैचारिक छलफल र स्कूल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारले भ्रष्टाचारीलाई पक्राउ र कारबाही बढाएकाले भ्रष्टाचार बढेको जस्तो भान परेको बताए ।

बैठकमा उठेका विषयमाथि नेतृत्वका तर्फबाट जवाफ दिँदै अध्यक्ष दाहालले बैठक असाधारण रहेको र यसले आफूहरुलाई विकृति र विसङ्गतिबाट सच्याउँदै अघि बढ्न निर्देश गरेको स्पष्ट गरे ।

बैठकले १६ कात्तिकमा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशन गरेको राजनीतिक नक्शालाई अमान्य भएको जनाएको छ ।

The post नेकपाको महाधिवेशन ०७७ चैत्रमा राष्ट्रिय महाधिवेशन appeared first on Koshi Online.

कोरोना भाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

एमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन

काठमाडौं, १९ माघ । १५ माघदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन्।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५१ अर्ब रुपैयाँ दिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।

The post एमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन appeared first on Koshi Online.

करोडौँको सुन्तला निर्यात गर्ने सलकपुर अहिले सुन्तलाकै दाउरा बाल्छ

झलनाथ खनालको संयोजकत्वमा एमसिसीबारे सुझाव समिति गठन

काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन(एमसिसी)बारे सुझाव दिन नेकपा पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

यही माघ १५ गतेदेखि सुरु भएको उक्त बैठकले आइतबार समिति गठन गरेको हो ।

समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेका छन् ।

एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न ५५ अर्ब अमेरिकी डलर दिने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ । रासस

The post झलनाथ खनालको संयोजकत्वमा एमसिसीबारे सुझाव समिति गठन appeared first on Koshi Online.

सुकुमबासीलाई लालपूर्जा बाँड्दै रत्ननगर: नगरपालिका र भुमि आयोग बीच सम्झौता हुने

राजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौँ र नेपाली संगीतमा रैथानेपनको खोजी भइरहेको बेला पूर्वेली स्वादको आधुनिक गीत ‘हुरुक्कै भएँ म…’ शनिबार सार्वजनिक गरिएको छ । गायक राजेशपायल राईको स्वर तथा दिनेश काजी बान्तवाको संगीत रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् ।

‘रैथाने संगीत पछाडि परिरहेको आवाज सुनिरहेको अवस्थामा यस्ताखाले गीतसंगीतले केही अर्थ राख्छ कि भन्ने मेरो विश्वास छ,’ दयाहाङले भने । पछिल्लो समय केही गीतमा रैथाने संगीतको केही रंग मात्र आएको भए पनि अन्य मुलुकको जस्तै मौलिक बाजा र धुनको पहिचान भने आइनसकेको दयाहाङको दाबी छ । पूर्वेली भाका र परिवेशको झल्को दिने गीतको रचना कवि राजन मुकारुङले गरेका छन् । गीत र भिडियो दुवैमा संगीत, शब्द रचना, अभिनय, निर्देशन सबै पाटोमा पूर्वेली स्रष्टा र कलाकार छन् । संगीतकार राईले यसलाई मीठो संयोगका रूपमा लिएका छन् । अन्य चारसहित यही गीत समेटेर उनले तेस्रो एकल एल्बम ‘सेवान्ने’ निकाल्दै छन् । सेवान्नेको अर्थ राई समुदायमा ‘अभिवादन’ भन्ने हुन्छ ।

गायक राईले पनि नेपाली आधुनिक संगीत खासै मौलिक बन्न नसकिरहेको दाबी गर्दै ‘हुरुक्कै भएँ म…’ को संगीतले पूर्वको किराँत समुदायमा पुर्‍याउने बताए । थैली इन्टरटेनमेन्टले प्रस्तुत गरेको भिडियोमा दयाका साथै अलिशा राईको पनि अभिनय छ । भिडियोको छायांकन भूपेन्द्र लिम्बू र सम्पादन अनिल राणाले गरेका छन् । ‘सेवा’, ‘सेवान्ने’, ‘हुईहुई’ जस्ता राई समुदायको भाषासमेत प्रयोग गरिएको गीत राजन मुकारुङले लेखेका हुन् । युवायुवतीबीचको प्रेमभाव झल्किने जस्तो देखिए पनि गीतलाई संस्कृति, राजनीति सबै दृष्टिकोणबाट परिभाषित गर्न सकिने मुकारुङले बताए ।

किरणले म्युजिक भिडियोमा भने युवायुवतीबीचको प्रेमलाई केन्द्र राखेका छन् । एल्बममा समेटिने अन्य गीत ‘पानी है सुक्यो…’, ‘मनको मैलो…’ पनि मुकारुङले रचना गरेका छन् । यी तिनवटै गीतमा पूर्वेली ठेट मौलिक लोकसंस्कृति, लोकजीवन र परम्परालाई केन्द्रमा राखिएको संगीतकार दिनेशको दाबी छ । ५० को दशकदेखि संगीतमा क्रियाशील उनले यसअघि ‘सक्सेस’ र ‘मोमेन्ट्स भेरी म्युजिकल’ एकल एल्बम ल्याइसकेका छन् ।

The post राजेशपायल राईको ‘हुरुक्कै भएँ म’ सार्वजनिक (भिडियाे सहित) appeared first on Purbeli News.

एकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न

जेनिसको यात्रा : बार टेन्डरदेखि बेस्ट राइडरसम्म

‘पल्सर डेयर भेन्चर सिजन ४’ मा ललितपुर हात्तीवनदेखि भारतको उत्तराखण्ड राज्यस्थित हृषिकेश हुँदै लद्दाखको लेहसम्म ३ हजार किलोमिटरभन्दा लामो साहसिक यात्रा २८ दिनमा पूरा गरेर काठमाडौँ फर्किंदा जेनिस गुरुङको एउटा ठूलो सपना पूरा भएको थियो। तर, दुई महिनासम्म नतिजा घोषणा नहुँदा उनले त्यो समय छटपटीमा बिताए।

अन्ततः जनवरी १६ मा अडिसन राउन्डदेखिकै सहभागी सबैलाई ललितपुरको हात्तीवन बोलाइयो र नतिजा घोषणा गरियो।

२ हजार ६ सय २५ अंकसहित रियालिटी शो जितेर जेनिस ‘बेस्ट राइडर’ घोषित भए।

‘त्यो मेरो सपना पूरा भएको दिन थियो। तर, खुसी व्यक्त गर्न सकिरहेको थिइनँ,’ जेनिसले विजेता बन्दाको क्षण सम्झे, ‘सबैले बधाई दिइरहेका थिए। मैले घरमा फोन गरेर श्रीमती (प्रभा योञ्जन लामा)लाई सुनाएँ। उनी पनि खुसी भइन्।’

जेनिस मख्ख नपरुन् पनि किन, यही रियालिटी शो जित्न उनले वर्षौँ मेहनत गरेका थिए।

एकपछि अर्को असफलता
जेनिसले सानैदेखि बुबाको माया पाएनन्। बुबाले अर्को बिहे गरेपछि आमा बत्तुमायाले जेठो छोरालाई गोरखामै छाडेर माइला र कान्छा छोरा जेनिसलाई लिई काठमाडौँ आइन्। नारायणथानको एक कच्ची घरमा ५ सय भाडा तिरेर उनीहरु बस्न थाले।

आमा होस्टेलमा काम गर्थिन्। होस्टलकै चिनजानका आधारमा दुवै छोरालाई कमलपोखरीस्थित एक अंग्रेजी स्कुलमा छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाएकी थिइन्। नारायणथानदेखि कमलपोखरीमा जेनिस र उनका दाजु साइकलमै आवतजावत गर्थे।

एलएलसीपछि राम्रो कलेजमा पढ्न सक्ने अवस्था थिएन। उनका सबै साथी नाम चलेका निजी कलेजमा भर्ना भए। तर, आमाले सरकारी कलेजमा भर्ना गरिदिन्छु भन्दा उनले मानेनन्। बरु भने, ‘आमा अब म पनि काम गरेर तपाईंलाई सघाउँछु।’

‘नपढ्ने भए जेसुकै गर्,’ आमाको जवाफ थियो।

उनी काम खोज्न थाले र ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा बार टेन्डरको काम पनि पाए। तलब ३० हजार थियो। त्यसमा टिप्स थपिन्थ्यो। आफूले जम्मा पारेको र केही घरको पैसा हालेर उनले बाइक किने, पल्सर २२०। फुर्सदमा साथीभाइसँग अफ रोडमा निस्किन थाले। कहिलेकाहीँ बाइक स्टन्ट पनि देखाउँथे।

‘तँ खत्रा बाइक चलाउँछस् यार!’ साथीहरुको प्रशंसा सुनेर उनी हौसिन्थे।

jenish_gurung1.jpg

साथीहरुले उनलाई पल्सर डेयर भेन्चरमा आवेदन दिन सुझाए। सन् २०१४ बाट हुलास चन्द एन्ड कम्पनी प्रालिले बाइक रियालिटी शो सुरु गरेको थियो। उनले सन् २०१६ मा यो शोको दोस्रो संस्करणमा आवेदन दिए। ५० जनाबाट १६ छान्ने भनिएको थियो। जेनिस छनोट भए। तर, पछि फर्म्याट परिवर्तन गर्दै १० जना मात्र छनोट गर्दा उनको नाम काटियो।

‘म हिँड्न तयार भइसकेको थिएँ। तर, शीर्ष दशबाट फालिएपछि मेरो सपना टुट्यो,’ उनले सुनाए, ‘म खुब रोएँ। त्यसदिन खानै रुचेन।’

अर्कोवर्ष डेयर भेन्चरको तेस्रो संस्करण हुने भयो। यसपटक जसरी पनि छनोट हुने उनको अठोट थियो। तयारी पनि त्यस्तै गरे। पहिलो चरणमा उनी अब्बल पनि ठहरिए। बाधा पन्छाउँदै अफरोडमा बाइक दौडाउने टास्क अरुलाई ५ मिनेट लाग्थ्यो, उनले डेढ मिनेटमै पार गरे।

नियमित जिम जाने उनले दोस्रो चरणको फिटनेस टेस्ट पनि सजिलै पार गरे र शीर्ष ५० मा छनोट भए। त्यसबाट शीर्ष १० छानिन्थ्यो, जो साहसिक यात्रामा जान्थे। तर ‘एटिच्युड टेस्ट’ मा फालिएपछि उनको सपना फेरि टुट्यो।

‘यात्रामा जाने दश जनाको नाम सुनाउँदा आफ्नो नाम कतिबेला आउँछ भनेर पर्खिरहेको थिएँ,’ उनी सम्झन्छन्, ‘तर, नाम नआएपछि एकदम निराश भएँ। आफैसँग रिस उठ्यो। हेल्मेट भुइँमा बजारेर फुटाएँ।’

तर, लगातार दुई असफलताले पनि उनलाई गलाउन सकेन।

सन् २०१७ मा यो रियालिटी शो भएन। उनी भने शो पर्खिरहेका थिए।

‘खुरुक्क विदेश नगएर के हल्लिरहेको होला,’ परिवार र साथीभाइले उनलाई भनिरहन्थे। ‘तर, मैले जसरी पनि शीर्ष १० मा छानिएर एकचोटी एडभेन्चर यात्रा गर्छु भन्ने ठानिसकेको थिएँ। त्यसैमा कटिबद्ध भएर लागेँ,’ उनले भने।

सन् २०१९ को नोभेम्बरमा शोको चौथो संस्करण हुने भयो। यसअघि मुस्ताङ, सोलुखुम्बु र मनाङमा कार्यक्रम गरेको आयोजकले यसपटक प्रतियोगीलाई भारतको लद्दाख लैजाने भएको थियो।

बुझ्दै जाँदा लद्दाख विश्वभरका एड्भेन्चर बाइक राइडर्सको प्रमुख गन्तव्य भन्ने थाहा पाएपछि त जेसनको मन झनै लोभियो। उनी लद्दाख जानैपर्छ भनेर कस्सिए।

राजीनामा दिएर रियालिटी शोमा
शोमा आयोजकले भिडियो पठाउन भनेको थियो। नारायणथानको डाँडामा गएर भिडियो बनाउन उनलाई साथी विज्ञान लामाले सघाए। सिमसिमे पानी परेको दिन २ मिनेट भिडियो सुट गर्न दुई घण्टा लाग्यो। तर भिडियो राम्रो बनेको थियो।

देशभरबाट ८ हजारको आवेदन परेको थियो, जसबाट आयोजकले सुरुमा ५ सय जना छान्यो। त्यसबाट १६ जना छनोट हुँदासम्म जेनिसको नाम छुटेन। तर, आयोजकले १२ जना मात्रै लद्दाख यात्रामा लैजाँदै थियो। १६ जनालाई चार समूहमा विभाजन गरेर महेन्द्रनगरसम्म चारवटा टास्क दिने र सो क्रममा चार जना बाहिरिने तय थियो।

रियालिटी शोमा जाने भएपछि उनले एलओडीमा छुट्टी मागे। तर, २८ दिनको छुट्टी नपाउने भएपछि उनले राजीनामा दिए।

अडिसन राउन्डको पहिलो समूहले हात्तीवन र दोस्रो तथा तेस्रो समूहले मुग्लिङमा टास्क गरे। जेनिसको पालो महेन्द्रनगरमा मात्रै आयो। कस्तो टास्क पर्ला भन्ने खुल्दुली उनको मनमा थियो। महेन्द्रनगर पुग्नेबित्तिकै उनले देखे, बाइकका सबै पार्टपुर्जा खोलेर राखिएको।

‘मलाई चिठ्ठै परेजस्तो भयो। बिग्रेको बाइक आफैँ बनाउँथे म,’ उनले त्यो क्षण सम्झेँ, ‘तर पल्सर २२० चलाइरहेको मलाई एनएस २०० जोडजाड गर्न अप्ठेरै थियो।’

तर, १५ मिनेटमा सक्नुपर्ने काम उनले ९ मिनेट २० सेकेन्डमै पूरा गरेर सग्लो बाइक तयार गरे। यससँगै १२ जनामा छनोट भएर उनी २८ दिने यात्रामा निस्किन तयार भए।

यात्रामा जेनिससँगै सौरभ केसी, प्रियंका सिटौला, उर्मिला श्रेष्ठ, जयन्ती श्रीस मगर, प्रदीप तामाङ, निशान्तकुमार शाह, आकृति घले, सशांक बोहोरा, नीरज महर्जन, जितबहादुर बडैला र सिजनराज महत थिए।

jenish_gurung2.jpg

साहसिक यात्राका उतारचढाव
महेन्द्रनगरबाट उनीहरुको टोली ९ घण्टाको दूरीमा रहेको उत्तराखण्डको ऋषिकेशतर्फ लाग्यो। बीचमा रात परेपछि बास बस्यो।

अर्कोदिन बिहान ४ बजे सबैलाई उठाइयो र गंगा नदीको किनारमा जम्मा पारेर टास्क दिइयो। पहेँलो र रातो गरी दुई समूहमा बाँडिएका उनीहरुले ऋषिकेश सरसफाइ गर्नुपर्ने थियो। कुहिने र नकुहिने फोहोर छुट्टाएर जसले बढी संकलन गर्थ्यो, त्यसैले जित्थ्यो।

जेनिस पहेँलो टोलीमा थिए। तर, उनको टोली हार्न पुग्यो। रातो टोलीका सबैले एक–एक सय अंक पाए। पहिलो टास्कमै रित्तो हात हुनुपरेपछि जेनिस आत्तिए। ‘च्याम्पियन बन्ने लक्ष्य राखेको मलाई पहिलो टास्क हार्दा रातभर निद्रै लागेन,’ उनले सुनाए।

दोस्रो टास्कका लागि होस्ट रोबिन तामाङले नियम सुनाए। पहेँलो टोलीले ६ मध्ये एक जना फाल्नुपर्थ्यो। आकृति बाहिरिइन्। बाँकी रहेका ५ मध्ये रातो टोलीले छानेका ३ जनाले मात्रै दोस्रो टास्क गर्न मौका पाउँथे। जेनिसले त्यो मौका पाए।

प्रसिद्ध गायक जोन लेननको आवाज गुञ्जिसकेको द बिटल्स आश्रममा दोस्रो टास्क हुँदै थियो। जहाँ वरफमा ३ मिनेट बसेर योगका पाँच पोज देखाउनुपर्ने थियो।

‘आइसमा उभिन निकै गाह्रो भएको थियो। खुट्टा चिसो, टाउको तातो भइरहेको थियो। तर मैले जसरी पनि यसपटक ‘रिकभर’ गर्नुपर्छ खुट्टा उचालिनँ। जितेर अंक बराबरी गरेँ अनि मात्र आनन्द भयो,’ उनले सुनाए।

त्यसपछि राइडर्सहरु करिब ८ घण्टा बाइक यात्रा गरेर पञ्जाबको राजधानी चण्डीगढ पुगे। असहाय बच्चाहरुलाई सहयोग गर्ने स्थानीय स्वयंसेवकहरुको संस्था रविनहुड आर्मीसँगको सहकार्यमा सय जना बालबालिकालाई खाना खुवाउने टास्क उनीहरु पाए। त्यसका साथै बाधा छलेर गोलो घेराभित्र बाइक घुमाउनुपर्थ्यो।

‘मैले आफ्नो बयान गरेको होइन। तर, सर्कलभित्र गइसकेपछि मैले खत्रै गरिदिएँ। सबैले मेरो तारिफ गरे,’ उनले भने। उनले सबैलाई पछि पारेर अंक जोडे।

त्यसपछि उनीहरु मनाली हिँडे। पहिलोपटक राइडरहरुले राति सबैभन्दा लामो यात्रा गरेका थिए। चण्डिगढबाट दिउँसो ३ बजे हिँडेका उनीहरु अर्को बिहान ६ बजे मात्रै पनाली पुगे। ६ घण्टा सुतेपछि लगत्तै अर्को टास्कका लागि उनीहरुलाई उठाइयो।

त्यहाँ पनि उनीहरुलाई दुई समूहमा बाँडेर उनीहरुले भिजिट नेपाल २०२० को ब्याज दिइयो। त्यो ब्याजलाई कुनै वस्तुसँग साटेर, साटिएको वस्तु बेच्नुपर्ने थियो। त्यसरी जसले बढी पैसा संकलन गर्यो, त्यो समूह विजेता हुन्थ्यो। उनीहरु आफ्नो कला देखाएर पनि पैसा संकलन गर्न सक्थे।

‘हामीले त्यो ४५ मिनेट के गरेनौं होला,’ जेनिस सम्झन्छन्, ‘सुरुमा एउटा पसलमा गएर ब्याज दिएर चकलेट माग्यौँ। फेरि चकलेट बेचेर पैस उठायौँ। पैसा जम्मा गर्न ‘गोर्खालीको छोरो म’ ‘यो मन त मेरो नेपाली हो’ भनेर गीत पनि गायौँ।’

नतिजा घोषणा हुँदा पहेँलोको भन्दा जेनिसको रातो टोलीले ६ सय रुपैयाँ बढी संकलन गरेको थियो। १३ सय अंक जोडेर जेनिस शीर्षमा थिए।

अर्को टास्क २ सय अंकको थियो। त्यसमा सौरभले सबैलाई उछिनेर अग्रता लिए। त्यो अग्रताले शोको अन्त्यसम्म सौरभलाई शीर्षमा राखिरह्यो। पुछारमा रहेका प्रियंका सिटौला, आकृति घले र निशान्तकुमार शाह बाहिरिए।

अर्को टास्क मनालीकै सोलाङ उपत्यकामा थियो। १५ मिनेटको समयमा बेलुनको ठूलो बललाई विपक्षीको पोस्टमा गोल गर्नुपर्ने थियो। यसमा सौरभले जेनिससँगको अग्रता २ सय अंक पुर्‍याए।

पेट्रोल कम खर्च गर्ने टास्कमा भने जेनिसको टोलीले जित हात पार्‍यो। यससँगै जेनिसले सौरभसँगको दूरी एक सय अंकमा घटाए। यो मौकामा जितबहादुर बडैला १५ सय २५ अंकसहित शीर्षमा आए। नुब्रा भ्यालीमा भएका दुई टास्क सकिँदासम्म २५ अंकले पछि थिए।

जेनिसको अग्रता
विश्वप्रसिद्ध पांगो‌ंग तालमा प्रिफाइनल हुँदैथियो। बाँकी रहेका ९ जना नै उत्साहपूर्वक जाँदै थिए। तर, ताल पुग्न चार किमी बाँकी छँदै होस्ट देखा परे र पुछारका उर्मिला श्रेष्ठ र सशांक बोहोरा बाहिरिए।

‘थ्री इडियट्सको क्लाइमेक्स सुटिङ भएको तालतर्फ जाँदै गर्दा ठूलो उत्साह थियो। तर, लामो समय सँगै यात्रा गरेका साथीहरु बाहिरिँदा खल्लो लाग्यो,’ जेसनले सुनाए, ‘हामीले मुटुमाथि ढुंगा राखेर उनीहरुलाई विदा गर्‍यौँ।’

१ सय ३४ किलोमिटर लामो ताल पुग्दा सातै जनाले अघिल्लो दिनको दुःख र यात्राको थकान बिर्सिए। ताल किनारमा अर्को टास्क भयो। बाइकले बालुवामाथि राखिएका बक्स फुटाएर अंक जोड्नुपर्ने थियो। यो जितेर जेनिसको शीर्षमा रहेका सौरभको जतिनै १८ सय ५० अंक जोडे। निरज र सिजन भने बाहिरिए।

त्यसपछि उनीहरु लद्दाखको लेह सहर फर्किए। त्यहाँ हिमालबाट बगेर आएको नदीमा तीनवटा र्‍याफ्टमा तीनतीन गरी ९ वटा झण्डा थियो। चिसो नदीमा हाम फालेर बढी झण्डा ल्याउने र प्रश्नको सही उत्तर दिएर अंक जित्नुपर्ने थियो।

jenish_gurung3.jpg

सौरभले र जेनिसले ९ वटै झण्डा ल्याए। तर, प्रश्नोत्तरमा जेनिसले सौरभलाई ५० अंकले पछि पारे।

लेहमा विभिन्न टास्क सम्पन्न गरेपछि ५ सयको अन्तिम टास्कका लागि उनीहरुलाई एक गुम्बामा राखियो। त्यहाँ प्रतियोगीलाई तीन तस्बिर दिइएको थियो। जसलाई खोजेर सेल्फी खिची एक भिक्षुलाई देखाउनुपर्ने थियो। भिक्षुले दिएको कनेक्टर, डाइनामो र लाइट लगेर साइकलमा जोडी बत्ती बाल्नुपर्थ्यो। समय २० मिनेट।

पहिलो नम्बरमा जेनिस, अनि सौरभ र प्रदीपले टास्क सके। तर, नतिजा त्यहाँ सुनाइएन।

त्यसका लागि उनीहरुले दुई महिना पर्खिनुपर्‍यो।

काममा फर्कने चाहना
रियालिटी शो जितेपनि विदेशमा बसेका दाइहरुबाट बधाई नपाउँदा जेनिसको मन खुम्चेको छ। ‘नेपालमै बसेको छ, लफंगा भएको छ भनेर हो कि किन हो, दाइहरुले खासै वास्ता गर्नुभएन,’ उनी भन्छन्, ‘एकचोटी फोन गरेर भाइ के छ हाल खबर भनेर सोधिदिनु भएको भए म कति खुसी हुन्थेँ होला।’

यतिबेला उनी पुनः काममा फर्किन चाहन्छन्। तर, फर्केर आएपछि पनि एलओडीले उनलाई काममा राखेन।

‘ग्राहकले अझै मेरो नाम सोधिरहन्छन् रे, म सबैको प्रिय थिएँ। क्लबले फेरि काममा बोलाओस् भन्ने मेरो चाहना छ,’ उनले भने।

पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु

त्रिकोणात्मक क्रिकेट खेल्न अमेरिकी टोली नेपालका लागि प्रस्थान

नेपालमा माघ २२ गतेबाट सुरु हुने विश्वकप लिग–टु अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिनका लागि अमेरिकाको क्रिकेट टोली नेपालका लागि प्रस्थान गरेको छ।

नेपाल, अमेरिका र ओमानबीच सो त्रिकोणात्मक खेल हुन लागेको हो।

अमेरिकी क्रिकेटको आधिकारिक ट्विटर ह्याण्डलमार्फत् त्यहाँको टोलीले नेपालतर्फ प्रस्थान गरेको जानकारी आइतबार साँझ दिइएको हो।

‘नमस्ते नेपाल। हामी तपाईहरुकोमा आउँदैछौँ र काठमाडौं आउन साँच्चिकै उत्सुक छौँ,’ ट्विटरमा भनिएको छ।

सो त्रिकोणात्मक खेलका लागि यसअघि अमेरिका र ओमानले आआफ्ना टोली घोषणा गरेका थिए।

लिग टु नेपाल सिरिजको तालिका
माघ २२ नेपाल भर्सेज ओमान
माघ २३ ओमन भर्सेज अमेरिका
माघ २५ नेपाल भर्सेज अमेरिका
माघ २६ नेपाल भर्सेज ओमान
माघ २८ अमेरिका भर्सेज ओमान
माघ २९ नेपाल भर्सेज अमेरिका

दिदीबहिनी कपको उपाधि एपीएफलाई

पोखरामा विश्वकप प्याराग्लाइडिङ आयोजना हुँदै

 पोखरामा आउँदो फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वर्ल्डकप– एसियन टुर २०२० तथा १९ औँ नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ।

खेल पर्यटन प्रवद्र्धन गर्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वर्ल्डकप गर्ने तयारी गरिएको हो। यसअघि पोखरामै दुईपटक प्रि– वर्ल्डकप प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भइसकेको छ।

प्याराग्लाइडिङ वर्ल्डकपमा ३० राष्ट्रका १ सय २५ पाइलटको सहभागिता रहनेछ। नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाइनिज ताइपेइबाट पाइलटहरुको सहभागिता रहने प्रतियोगिता संयोजक योगेश भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाइलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन्। तर, पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिँदै गएको अवस्थामा चीनका पाइलटको सहभागितामा प्रश्नचिन्ह खडा भएको छ। ‘चीनियाँ पाइलटले क्यान्सिल गरिसकेको जानकारी आएको छैन’, उनले भने, ‘अन्तिमसम्म निर्णयको प्रतीक्षामा छौं। अहिलेसम्म कन्फर्मकै अवस्था छ।’

वर्ल्डकपमा सहभागी हुने पाइलटले एफएआई (फेडेरेसन एरोनोटिक इन्टरनेसनल)बाट लाइसेन्स प्राप्त प्यारा पाइलटले मात्रै सहभागिता जनाउने पाउने उनले बताए। नेपाली सेनाका पाइलट सागर जलारीले प्रतिस्पर्धा गर्नेछन्।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाइडिङतर्फ चासो दिँदै आएको छ। प्रतियोगिता एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ। क्रसकन्ट्रको लागि ७ टास्क पुूरा गर्नुपर्छ। फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाइलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए। उनी २०१८ मा इन्डोनेसियमा आयोजित एसियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए।

वर्ल्डकपका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहकार्य रहनेछ। पाइलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ। प्रत्येक दिनको टास्क पूरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने संयोजक भट्टराईले जनाए।

प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिप खेलाडीसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ। महिलातर्फको विजेता एवं पाँचौसम्म आउने पाइलटको हकमा पनि ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

नेपाल हवाई खेलुकद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले हवाई रुट पर्ने ठाँउहरुमा समेत टास्क उडान गर्नुपर्ने भएकोले नागरिक उडड्यन प्राधिकरण समक्ष निवेदन दिइएको उल्लेख गरे। 

मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

प्रतिविकेट ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने सन्दीपको घोषणा

आगमी फेब्रुुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।

सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले धुर्मुस र सुन्तलीको परियोजना चाँडै पुरा हुने ट्वीटमार्फत् विश्वास व्यक्त गरेका छन्।

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : अध्यक्ष दाहाल