Home Blog Page 1391

सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा ज्येष्ठ सदस्यको हैसियतमा बैठक सञ्चालन गरेका महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

रिक्त रहको सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि सापकोटा निर्विरोध भएका हुन् । ६ माघको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेर सो पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । महराले १५ असोजमा राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

The post सभामुखमा सापकोटा निर्विरोध निर्वाचित appeared first on Koshi Online.

‘एपेक्स उद्यमशीलता बिकास कार्यक्रम’को छैटौँ संस्करण सम्पन्न

मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ। नेपाल स्की संघद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने संघका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए।

स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने र गाउँपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने सांसद श्रेष्ठले बताए।

स्की हिउँमा खेलिने खेल हो। मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए।

संघको आयोजनामा गत वर्ष जिल्लाको मुक्तिनाथमा आयोजित दोस्रो स्की प्रतियोगिताको स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडीले भाग लिएका थिए। यस वर्ष प्रतियोगितामा स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की प्रतियोगिता राखिने तथा युवाहरुलाई तालिम दिने संघका महासचिव विजय श्रेष्ठले बताए। स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको तालीमले सहयोग पुग्ने श्रेष्ठको जिकिर छ।

नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ। दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो। खेलका लागि उपयुक्त स्थान मुक्तिनाथ क्षेत्र भएका कारणले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरेर ती स्थानलाई स्की खेलका रूपमा विकास गरिने आयोजकले बताएका छन्।

आवश्यक पूर्वाधार विस्तार गर्न सक्ने हो भने मुस्ताङमा स्की खेलको सम्भावना अत्यन्तै राम्रो रहेको सांसद प्रेमप्रसाद तुलाचनले बताए। हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेलले पनि चिनिने तुलाचनल बताए। रासस

महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा

प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावनादूत

गायक प्रमोद खरेल प्रदेश १ को क्रिकेट सद्भावनादूत बनेका छन्। खरेललाई शनिबार बसेको प्रादेशिक संघको बैठकले सद्भावनादूतमा नियुक्त गरेको हो।

प्रदेश क्रिकेटका प्रवक्ता मनोज कटुवालका अनुसार गायक खरेलको क्रिकेटप्रति विशेष लगाव भएकाले उनलाई प्रादेशिक क्रिकेटको सद्भावनादूतमा नियुक्त गरिएको हो।

यस्तै प्रादेशिक समितिले विभिन्न उपसमितीहरु समेत गठन गरेको छ। प्रदीपराज पाण्डेको संयोजकत्वमा प्राविधिक उपसमिति, मिङमा डण्डु शेर्पाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति, लाक्पा लामाको संयोजकत्वमा छनोट उपसमिति गठन गरेको छ।

स्थानीय तहमा वेथिति : सवारी सिक्ने क्रममा ३ बर्षीय बालकको ज्यान लिने हुप्सेकोटका प्रशासन अधिकृत फरार

आइलिगको पहिलो खेलमै छाइन् सावित्रा, गरिन् निर्णायक गोल

इण्डियन वुमन्स लिग आईलिगको पहिलो खेलमा नै नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेकी छिन्।

उनको निर्णायक गोल मद्दतमा उनको टोली गोकुलम केरला एफसीले आइतबार सम्पन्न खेलमा श्रीभुमी एफसीलाई १-० ले पराजित गरेको छ। ब्याङग्लोर फुटबल स्टेडियममा सम्पन्न खेलमा सावित्राले ६७औं मिनेटमा निर्णायक गोल गरेकी थिइन्।

गतहप्ता भारत गएकी सावित्राले यसअघि छनोट चरणको अन्तिम खेलमा गत बुधबार समेत २ गोल गरेकी थिइन्। गत संस्करण सेथु एफसीबाट खेलेकी सावित्राले यो सिजन गोकुलम एफसीबाट मैदान उत्रिएकी हुन्।

आईलिगमा सावित्राले ७ नम्बरको जर्सीमा मैदान उत्रिने छिन्। गत संस्करण सेथु एफसीमा आबद्ध भएकी सावित्राले टोलीलाई लिग च्याम्पियन बनाउन ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्।

यसअघि नेपाली टोलीकै अर्की सदस्य अनिता बस्नेत सम्मिलित सेथु एफसीले विजयी सुरुवात गरिसकेको छ। शुक्रबार सोही मैदानमा भएको खेलमा सेथुले कोहलपुर सिटी एफसीलाई ५–० को फराकिलो अन्तरले हराएको हो।

बारामा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

कप्तान अरुणा सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार पोखरामा सम्मानित भएकी छन्।

पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो।

अरुणालाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अरुणालाई सम्मान गरेका थिए ।

कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो।

त्यस्तै मंसिरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भलिबलमा रजत पदक जितेको थियो।

प्रतिभा माविले हरेक वर्ष गण्डकी प्रदेश भित्रका प्रतिभावान युवालाई सम्मान गर्दै आएको छ।

अरुणा सम्मलित होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले शुक्रबार मात्रै आरबिबी एनभीए महिला क्लब च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो।

मोटरसाइकल दुर्घटनामा तीनको ज्यान गयो

आईलिगमा सावित्राको टोलीले पहिलो खेल खेल्दै

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले इण्डियन वुमन्स लिग आईलिगको पहिलो खेलमा आइतबार श्रीभुमी एफसीसँग प्रतिस्पर्धा गर्दै छ। खेल, ब्याङग्लोर फुटबल स्टेडियममा दिउँसो सवा ३ बजे हुनेछ।

छनोट चरणको अन्तिम खेलमा गत बुधबार सावित्राले २ गोल गरिसकेकी छन्। गत संस्करण सेथु एफसीबाट खेलेकी सावित्राले यो सिजन गोकुलम एफसीबाट मैदान उत्रिन लागेकी हुन्।

आईलिगमा सावित्राले ७ नम्बरको जर्सीमा मैदान उत्रिने छिन्। गत संस्करण सेथु एफसीमा आबद्ध भएकी सावित्राले टोलीलाई लिग च्याम्पियन बनाउन ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्।

यसअघि नेपाली टोलीकै अर्की सदस्य अनिता बस्नेत सम्मिलित सेथु एफसीले विजयी सुरुवात गरिसकेको छ। शुक्रबार सोही मैदानमा भएको खेलमा सेथुले कोहलपुर सिटी एफसीलाई ५–० को फराकिलो अन्तरले हराएको हो।

च्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलका खेलहरु सुरु, मंगलबार दुई रोमाञ्चक खेल हुँदै

२ हजार जनामा कोरोना भाइरस, चिनियाँ अधिकारी भन्छन्ः सार्सजति शक्तिशाली होइन

चीनसहित १३ मुलुकमा फैलिएको नोवेल कोरोना भाइरस सार्सजति शयक्तिशाली नभएको चिनियाँ अधिकारीहरुले बताएका छन्।

हालसम्म यो भाइरसबाट करिब २ हजार जना संक्रमित भएका छन् भने ५६ जनाको ज्यान गइसकेको छ।

‘यो रोग सार्सजति शक्तिशाली होइन भन्ने देखिन्छ,’ चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओ फुले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने।

यद्यपि यो भाइरसको फैलिन शक्ति भने बढिरहेको चिनियाँ अधिकारीहरुको भनाइ छ। एजेन्सी

चीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा

यलम्वर संवतको अवसरमा बालिकालाई उपचार सहयोग

यलम्बर सम्बत ५०८० को अवसरमा इटहरीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। किरात राई सुम्निमा संघ इटहरी उपमहानगर कार्यसमितिको आयोजनामा इटहरी–६ स्थित तायारिप्ची बहुउद्देश्यीय भवनको सभाहलमा सो कार्यक्रम भएको हो।

कार्यक्रममा समितिका अध्यक्ष बन्दना राईले प्राचिन एवम् नेपालको मौलिक संवतको प्रवर्द्धन गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको बताईन्।

सो अवसरमा भोजपुरको हतुवागढी–६ होम्ताङ घर भएकी ११ वर्षीय विविना राईलाई १ लाख ३१ हजार सात सय उपचारार्थ सहयोग रकम प्रदान गरिएको छ।

किरात समुदायले प्रदेश १ को औपचारिक संवत यलम्वर संवत हुनुपर्ने माग राख्दै आएको छ। यो अभियानलाई सघाउने र नेपालमा करिब १ हजार ७ सय वर्षभन्दा बढी समय अस्तित्वमा रहेको किरात सभ्यताको बारेमा बहस सिर्जना गर्न कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष राईले प्रष्ट पारिन्।

किरात समुदायले हरेक वर्षको माघ १ गतेबाट सुर्यको परिक्रमा लम्बिने तथ्यको आधारमा यलम्बर संवत अर्थात नयाँ वर्ष मनाउँदै आएका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अमेरिकाले बोलाएपछि चीनमा रहेकी महिला भन्छिन्ः म त्यहाँ फर्किएर कसैलाई रोग सार्न चाहन्न

उनी हुबेइ प्रान्तको वुहान शहरमा बसोबास गर्न थालेको बल्ल ३ महिना पुग्दैछ।

वुहान शहर त्यो शहर हो जहाँबाट कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ।

चीनमा सबैभन्दा बढी कोरोना संक्रमित पनि वुहान शहरकै छन्। यस भाइरसबाट चीनमा हालसम्म ५६ जनाको मृत्यु भइसकेको छ भने २ हजार बिरामी परेका छन्।

वुहान शहरमा करिब एक हजार अमेरिकीहरु बसोबास गर्दै आएका छन्। भाइरसले महामारीको रुप लिएपछि अमेरिकाले वुहानका सबै अमेरिकीलाई अमेरिका फिर्ता बोलाएको छ।

यद्यपी डायना भने अमेरिका फर्किन चाहन्नन्। उनी सीएनएनसँग भन्छिन्,‘म अमेरिका फर्किन चाहन्न किनभने म त्यहाँ पुगेर कसैलाई भाइरस सार्न चाहन्न। जसले जे भने पनि म यही बस्छु।’

अमेरिकामा पनि कोरोनाको संक्रमण फैलिएको छ। त्यहाँ ३ जनामा कोरोना संक्रमण देखिएको छ।

भरतपुरलाई धूमपानरहित शहर बनाइने

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सिलगुडीतर्फ

पूर्वराजा ज्ञानेन्द्र शाह एकहप्ते पारिवारिक भ्रमणका लागि भारतको सिलगुडीतर्फ लगेका छन्।

आइतबार एक हप्ते भ्रमणका लागि पूर्वराजा शाह सपरिवार सिलगुडी प्रस्थान गरेका हुन्। झापामा रहेका उनी आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन।

Image may contain: 1 person, standing and suit

भ्रमण टोलीमा पूर्व राजपरिवारका साथमा निकट आफन्तहरु पनि रहेको जनाइएको छ।

उनीहरुले पहिले पश्चिम बंगालका बिभिन्न स्थान र त्यसपछि सिक्किमको यात्रा गर्ने र दार्जिलिङ फर्कने बताइएको छ, दार्जिलिङमा पूर्वराजा ज्ञानेन्लद्रले आफूले अध्ययन गरेको स्कुल समेत पुग्ने कार्यतालिका रहेको बताइएको छ।

लिग विजेता मछिन्द्रलाई एसियाली फुटबल महासंघको बधाई