Home Blog Page 1397

चीनको वुहानमा कोठामै थुनिए नेपाली, सांघाई गएका उतै अड्किए

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान सहर यतिबेला ठप्प छ। सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि वुहान सहरको हवाई, मेट्रोसहित सार्वजनिक यातायातका सबै माध्यम बन्द गरेको छ। त्यहाँ रहेका नेपालीहरु पनि भाइरसबाट संक्रमित हुने भयले त्रस्त छन्।

वुहानमा केही नेपाली विद्यार्थी अध्ययनरत छन्। शुक्रबार नेपालखबरसँग उनीहरूले आफूहरु भयग्रस्त अवस्थामा बसिरहेको बताए।

वुहानस्थित हुवाङजोङ विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर तहमा अध्ययनरत पाटनकी नेलिया शाक्यले कोरोना भाइरसको त्रासको कारण पछिल्लो दुई दिनदेखि कोठाबाट बाहिर ननिस्केको बताइन्।

‘भाइरसको डर छ, दुई दिन भयो कोठाबाट बाहिर पनि निस्केको छैन,’ टेलिफोनमा शाक्यले नेपालखबरसँग भनिन्, ‘घरतिर पनि चिन्ता छ। तर एयरपोर्ट, सार्वजनिक यातायात सबै बन्द रहेको छ। खुल्नेबित्तिकै नेपाल आउँछु।’

शाक्य पछिल्लो डेढ वर्षदेखि वुहानमा बस्दै आएकी छिन्। उनको विश्वविद्यालयमा २५ जना नेपाली विद्यार्थी रहेको उनले बताइन्।

‘अहिले वसन्त पर्वको विदा भएकाले केही साथीहरु घर जानुभएको छ। यहाँ हामी १० जना जति छौं,’ शाक्यले भनिन्, ‘सायद एक सातापछि यातायात खुल्छ होला।’

शाक्यले बिदामा सांघाई घुम्न गएका केही नेपाली विद्यार्थी यातायात बन्द भएपछि उतै अड्किएको जानकारी दिइन्।

‘केही साथीहरु घुम्न सांघाई जानु भएको थियो, अहिले उतै अड्किनु भयो’, शाक्यले भनिन्, ‘उहाँहरु अब वुहान फर्किनुभन्दा नेपाल जाने सोचमा हुनुहुन्छ।’

वुहानको हुवाङजोङ विश्वविद्यालयकै अर्का विद्यार्थी प्रेम केसीले समूह बनाएर जाडो विादामा सांघाई घुम्न आएको तर कोरोना भाइरसका कारण वुहान बन्द भएपछि फर्किन नसकेको बताए।

‘हामी जाडो विदामा सांघाई घुम्न आएका थियौं तर, अहिले वुहान बन्द भएकाले फर्किन नमिल्ने भएपछि अर्को सहर इयू आएर बसेका छौं’, केसीले भने।

चीनका विभिन्न शहरहरुमा कोरोना भइरसको संक्रमण देखिन थालेपछि सरकारले १३ वटा सहरमा सार्वजनिक यातायात ठप्प पारेको छ भने बेइजिङस्थित प्रसिद्ध फर्बिडन सिटी र ग्रेटवालका केही हिस्सा समेत बन्द गरिएको छ।

हुवाङजोङ विश्विद्यालयमा स्ट्रकचरल इन्जिनियरिङमा विद्यावारिधि गर्दै गरेका काठमाडौंका सम्पत न्यौपानेले सरकार र विश्वविद्यालयले विद्यार्थीहरुलाई बाहिर नजान आग्रह गरेको बताए।

‘विश्वविद्यालमा धेरै वटा अपार्टमेन्ट छन्, त्यहाँ प्रवेश गर्दा समेत भाइरसबाट संक्रमित हो कि होइन भनेर ‘बडी स्क्यान’ गरेर मात्रै छिराउने गरेको छ,’ न्यौपानेले भने, ‘हामी आफ्नो अपार्टमेन्टमा बसेका छौं। बाहिर ननिस्कनु भनेको छ। खानेकुरा सकिन लाग्यो भनेर प्रशासनमा खबर गरेका छौं। मलाई चाहिँ त्यस्तो डर लागेको छैन।’

विश्वविद्यालयको प्रशासनले खानेकुराको प्रबन्ध चाँडै हुने जानकारी गराएको उनले बताए। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारी न्यौपाने डेढ महिनाअघि मात्र वुहान पुगेका हुन्।

Wuhan

शाक्यले भिडभाडका कारण विश्वविद्यालयको क्यान्टिन पनि बन्द गरिएको बताइन्।

‘पहिले क्यान्टिनमा खान्थ्यौँ। मानिस जम्मा हुनसक्ने भन्दै अहिले त्यो बन्द गरिएको छ,’ शाक्यले भनिन्, ‘अहिले त कोठामै खाना बनाएर खान्छौं।’

न्यौपाने र शाक्य दुवैले हुबेइ प्रान्तको वुहान सहर पूरै ठप्प अवस्थामा रहेको बताए।

‘अति आवश्यक काम भए मात्रै बाहिर निस्कनु भन्ने निर्देशन छ,’ न्यौपानेले भने, ‘बाहिर जानेहरुलाई अपार्टमेन्ट मै मास्क वितरण गर्ने गरिएको छ।’

पहिले कोरोना भाइरसबारे जानकारी पाउन सञ्चारमाध्यमको भर पर्नुपरे पनि अहिले सरकारले नै पर्याप्त मात्रामा सूचना र जानकारी उपलब्ध गराउन थालेको शाक्यले बताइन्।

‘विच्याटको सरकारी एकाउन्टबाट सबै जानकारी आउँछ। यस्तो जानकारी अंग्रेजी र चिनियाँ दुवैमा हुने गरेको छ। चिनियाँ भाषामा आयो भने ट्रान्सलेसन गरेर पढ्ने गरेका छौं,’ शाक्यले भनिन्।

न्यौपानेले विश्वविद्यालयले नै के गर्ने के नगर्नेसहितका विषयमा पर्याप्त जानकारी दिइरहेको बताए।

‘नेपालमा घरमा भने हाम्रो चिन्ता गरिरहनु भएको छ। तर हामी निरन्तर सम्पर्कमा छौँ,’ न्यौपानेले भने।

शाक्य र न्यौपाने दुवैले अवस्था सामान्य नहुन्जेल विश्वविद्यालय खुल्ने सम्भावना नरहेको बताए।

‘फेब्रुअरीको पहिलो साता खुल्ने कुरा थियो, तर अब पर सर्छ होला,’ शाक्यले भनिन्।

 

शिवमायाको पून सिंहदरबार यात्रा र महराको रिहाई एकै दिन

बन्द हुँदै आयल निगमभन्दा पुरानो पेट्रोल पम्प

जिजुबाजे भोलाराम टिब्रेवालाले तेलको व्यापार कसरी सुरु गरे, पनाति राजेन्द्रलाई उतिसारो थाहा छैन। बुबा जुगलकिशोरले सुनाएअनुसार पहिले उनीहरुको इन्द्रचोकमा कपडाको व्यापार थियो।

‘जिजुबाजेले त्यसबेला जर्किनमा राखेर पेट्रोल बेच्न थाल्नु भएको रे,’ नेपालखबरसँग आफ्नो पेट्रोलपम्मको इतिहास कोट्याउँदै त्रिपुरेश्वरस्थित मायाराम–भोलाराम पेट्रोल पम्पका सञ्चालक ६८ वर्षीय राजेन्द्रले भने, ‘त्यसबेला निकै कम गाडी चल्थे। राजा, राणा र धनीमानीले गाडी चढ्थे। काठमाडौँमा चल्ने गाडी गन्न सकिन्थ्यो।’

त्यसबेला नेपालमा भारतको ब्रह्मासेल कम्पनीको तेल आउँथ्यो। रक्सौलमा ब्रह्मासेलको डिपो थियो। त्यहाँबाट ड्रममा भरेर ट्रकमा कालिमाटी डिपोमा झारिन्थ्यो। त्यसबाट काठमाडौंका विभिन्न खुद्रा डिपोले तेल लिन्थे।

‘उतिबेला हाम्रो डिपोको नाम पनि ब्रह्मासेल नै थियो। पछि जिजुबाजेले त्यो नामको तलतिर आफ्नो बुबा मायारामको नाम जोड्दै मायाराम–भोलाराम राख्नुभएछ। त्यहाँ टिनको जर्किनमा पेट्रोल बेच्न राखिन्थ्यो,’ उसबेलाको श्यामश्वेत तस्बिर देखाउँदै राजेन्द्रले भने।

614A6439.jpg

त्यसबेला त्रिपुरेश्वरमा तेलको व्यापार खासै थिएन। टुडिँखेल, त्रिपुरेश्वर खाली थिए। सहर भनेको इन्द्रचोक र असनमात्रै थियो। 

राजेन्द्रलाई अझै सम्झना छ, उनी बच्चा छँदा उनको घर र सहरभरी दाउराले नै खाना पकाइन्थ्यो। ब्रह्मासेलले नै मट्टीतेल ल्यायो। ‘मान्छेहरुलाई मट्टीतेलबारे थाहै थिएन। यसको बिक्री बढाउँन बह्मासेलले चुलोसमेत बेच्न थाल्यो। त्यसपछि बल्ल मान्छेहरु मट्टीतेलको चुल्होमा खाना पकाउन थाले,’ राजेन्द्रले रोमाञ्चित हुँदै सुनाए, ‘त्यसबेला ग्यालेनको चलन थियो। साढे ४ लिटरको ग्यालेनलाई २–३ रुपैयाँ पर्थ्यो। सुरुमा पम्पबाट पनि ग्यालेनकै आधारमा तेल बिक्री हुन्थ्यो। पछि लिटरको चलन आयो।’

राजेन्द्रका बुबाकै पालासम्म टिनको जर्किनमा तेल बेच्ने गरिन्थ्यो। बच्चा हुँदा पम्पबाट पेट्रोल, डिजेल, मट्टीतेल र मोबिलको व्यापार हुने गरेको राजेन्द्र सम्झिन्छन्। सबैले मोबिल आयात गर्न थालेपछि उनको पम्पले बेच्न छोड्यो।

त्रिपुरेश्वरमा ठाउँ सानो भएकाले ठूला बसहरु रोक्न र डिजेल भर्न समस्या थियो। त्यसमाथि नेपाल आयल निगमले मिसावट हुने सम्भावना रहने भन्दै पम्पबाट मट्टीतेल पनि नबेच्ने नियम लागू गरेपछि मायाराम–भोलारामको व्यापार पेट्रोलमा मात्रै सीमित भयो।

Mayaram_bholaram_petrolpump.jpg

राजदरबारको सप्लायर्स
राजेन्द्रका अनुसार नारायणहिटी राजदरबारबाट सबैभन्दा पायक पर्ने ठाउँ भएकाले मायाराम–भोलारामले त्यहाँ पेट्रोल आपूर्ति गर्ने गर्थ्यो।

‘हाम्रो सानो जीप थियो। त्यसैमा एक पटकमा तीन–चार ड्रम लिएर हामी जान्थ्यौँ,’ उनी भन्छन्, ‘नेपाल आयल निगमको स्थापना हुनुअघिसम्म हामीले नारायणहिटीमा तेल सप्लाइ गथ्र्याँै। त्यसपछि निगमले तेल दिन थाल्यो।’

दरबारमा तेल पुर्‍याएपछि कुपन दिइन्थ्यो। त्यही कुपनका आधारमा पछि भुक्तानी पाइन्थ्यो। तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह भने गाडी लिएर पेट्रोल पम्पमै आएको उनलाई सम्झना छ।

‘धीरेन्द्रसँग कुपन हुन्थेन। उनी नगदै भुक्तानी गरेर जान्थे। बचेको चानचुन पैसा स्टाफलाई दिन्थे,’ राजेन्द्र भन्छन्, ‘कहिलेकाहीँ उनी बुबासँग कुराकानी पनि गर्थे। त्यसबाहेक सेन्ट जेभियर्समा पढ्ने राजदरबारका सदस्यहरु पनि आउँदाजाँदा बाटोमा पर्ने भएकाले यहीँ तेल भर्थे।’

२०२७ सालमा सरकारले आयल निगम गठन गर्‍यो। सुरुमा यो पनि ब्रह्मासेलकै एजेन्ट थियो। त्यसबेला आयल निगमले रत्नपार्कबाट खुद्रा व्यापार सुरु गरेको राजेन्द्र सम्झन्छन्। पछि सरकारले आयल निगमबाटै तेल बेच्ने एकाधिकार लागू गर्‍यो। त्यसपछि पेट्रोल पम्पहरुको संख्या बढ्दै गयो।

पाँचौँ पुस्तामा बन्द हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पुर्‍याउने सडक किनाराका तथा घना बस्तीका १८ वटा पेट्रोल पम्प हटाउन निर्देशन दिएपछि यो पुरानो पेट्रोल पम्प समेत त्यसको चपेटामा परेको छ। सरकारले निर्देशन कार्यान्वयन भएपछि राजेन्द्रका छोरा (पाँचौंं पुस्ता)मा आएर यो पेट्रोल पम्प बन्द हुनेछ।

तर, आफ्नो पेट्रोलपम्पका कारण ट्राफिकलाई बाधा पुगेको मान्न राजेन्द्र तयार छैनन्। ‘पेट्रोल पम्प हटाएर जाम हट्ने होइन। पम्पले बाटो जाम गरेको मैले कहिल्यै देखेको छैन। गाडी बढी भएर जाम हुने हो,’ उनी भन्छन्, ‘कालिमाटीबाट त्रिपुरेश्वर गाडीमा भन्दा हिँडेर छिटो आइपुगिन्छ। पेट्रोलपम्पले जाम भएको कही देखिँदैन।’

बुबाको ढल्कँदो उमेर र सरकारी नियमले झन्झट हुने देखिएपछि छोराहरु पनि पेट्रोल पम्पको व्यवसाय अघि नबढाउने निर्णयमा पुगेका छन्। त्यसैले राजेन्द्रपनि मन मारेरै भएपनि सरकारले हटाएपछि छोड्ने निर्णयमा पुगेका थिए।

614A6400.jpg

‘म तपाईंलाई हिसाब देखाइदिन्छु। यसबाट सालको १० लाख कमाउन पनि गाह्रो छ। त्यसमा पनि तीनलाख रुपैयाँ कर तिर्नुपर्छ,’ उनी भन्छन्, ‘मेरा जिजुबाजेदेखिको व्यापारमा मेरो इज्जत जोडिएको छ। मानिसहरुले मलाई यसैका कारण चिन्छन्। यो उमेरमा आएर म अर्को के व्यवसाय गरुँ भनेर गरिरहेको छु। सरकारले हट् भनेपछि हट्नै पर्‍यो।’

पेट्रोलपम्प अर्को ठाउँमा सार्ने उनको योजना छैन। ‘पहिले यहाँ बजार थिएन। विस्तारै बजार बढ्यो। भविष्यमा जहाँ सर्‍यो, त्यहीँ बजार हुन्छ त्यहाँबाट पनि फेरि कहाँ सार्ने?’ उनी प्रश्न गर्छन्।

पेट्रोल पम्प व्यवसायमा छोराहरुको लगाव देखिँदैन। उनीहरु सरकारी झन्झट झेल्नुभन्दा पेट्रोल पम्प बन्द गरेर त्यही ठाउँमा २–३ वटा सटर खोले बढी आम्दानी हुनसक्ने ठान्छन।

‘एकातिर आम्दानी छैन। अर्कातिर सरकारी झन्झट। छोराहरुले त यस्तो व्यापार गर्नु नै बेबकुफी हो भन्छन्,’ राजेन्द्र मन मारेर भन्छन्, ‘यसमा लाग्दा उनीहरुको जाँगरै जान्छ। मेरो त उमेर पनि पाक्यो। जुन दिन सरकारले बन्द गर् भन्यो, म खुसी नै भएँ।’

राष्ट्रपतिबाट मन्त्री तुम्बाहाङ्फेलाई शपथ

कोरोना भाइरस प्रकोप : चीनमा १३ सहर ठप्प, फर्बिडन सिटी र ग्रेटवाल पनि बन्द

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले शुक्रबारबाट १३ वटा सहरमा आवतजावतमा रोक लगाएको छ।

बेइजिङको प्रसिद्ध फर्बिडन सिटी, सांघाईको डिज्नील्यान्ड र ग्रेट वालको केही हिस्सा पनि तत्कालका लागि बन्द गरिएको छ।

हाल चार करोडभन्दा बढी जनसंख्या रहेको क्षेत्र ठप्प पारिएको छ।

कोरोना भाइरसबाट २६ जनाको ज्यान गइसकेको छ। चीनमा अहिले वसन्त पर्वको छुट्टी छ। तर, भाइरस संक्रमणको भयले थुप्रै कार्यक्रम बन्द गरिएको छ। एजेन्सी

साम्बा र अनिताको आईलिग अनुभव : सेमिफाइनलमा झुक्कियौँ

वुहानबाट फर्किएका नेपालीमा कोरोना भाइरस भएको पुष्टि (अपडेटसहित)

पुस अन्तिममा चीनको वुहानबाट फर्किएका नेपालीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले ३२ वर्षीय ती पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि गरेका हुन्।

पढ्नका लागि चीन गएका ती विद्यार्थी नेपाल फर्केर आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वास्थ्यपरीक्षण गरिएको थियो।

सो क्रममा उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। ‘उहाँ अहिले हाम्रो निगरानीमा हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ,’ डा. बाँस्तोलाले नेपालखबरसँग भने।

शुक्रराज अस्पतालका निर्देशक डा वासुदेव पान्डेले ती व्यक्तिमा संक्रमण भए नभएको बारे हङकङमा रगत परीक्षणका लागि पठाइएकोमा पोजिटिभ रिपोर्ट आएको बताए। हाल ती व्यक्ति परिवारसँग नै रहेको र अन्य सदस्यलाई ज्वरो लगायतका समस्या देखिए खबर गर्न भनेको जानकारी दिए। डा पाण्डेका अनसार थप परीक्षणका लागि पुनः उनको रगत हङकङ पठाइने तयारी भइरहेको छ। ‘हाल उनी स्वस्थ छन् तर भाइररस अझै छ कि छैन भनेर पठाउन लागेका हौँ त्यसपछि मात्रै थाहा हुन्छ’ उनले भने।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सम्बन्धमा शुक्रबार पत्रकार सम्मेलन गरी त्यसबारे थप जानकारी  दिएकाे छ।

‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोलाबोरेटिङ सेन्टर हङकङ पठाइएकोमा जाँच पोजीटीभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरसका सम्बन्धमा शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ। ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी तथा विस्तृत अध्ययनहरू गरीरहेको छ।’

बिरामीसँग नजिकको सम्पर्कमा आएको हुन सक्नेहरूको खोजी गरी पहिचान र परिक्षणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ। यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई चाडै विस्तृत विवरण सहित जानकारी गराउन लागेको सरकारले बताएको छ।

‘विश्व स्वास्थ्य संगठनको प्राविधिक सहायोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट नै बनाएर उपलब्ध गराउने काम गरीसकेको छ। जसमा अस्पताल र स्वास्थ्यकर्मीहरूले शंकास्पद बिरामीको पहिचान र उपचारमा अपनाउनु पर्ने विधिहरू शंकास्पद बिरामी, परिवार र कुरुवाहरूले रोग सर्न नदिन अपनाउनु पर्ने सावधानीहरूका बारेमा उल्लेख गरिएको छ।’

तिनलाई पाँच समूहमा बर्गिकरण गरिएको छ जसअनुसार एक निगरानी र रिपोर्टिङ दुई विरामीको उपचार तीन संक्रमण रोकथाम र नियन्त्रण चार जोखिम सञ्चार र पाँच प्रयोगशाला नमूना संकलन र वानी व्यवस्थापन छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूबीच विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाउँदै उपयुक्त जनशक्ति र उपकरणहरु सहित नेपाल भित्र शंकास्पद बिरामीहरूको निगरानी कार्य भईरहको मन्त्रालयले जनाएको छ।

‘त्यहाँबाट ज्वरो सहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरूमा अवलोकन, परिक्षण, उपचारका लागि लैजाने व्यवस्था भईसकेको छ । त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरूमै यात्रुहरूको स्वास्थ्यसम्बन्धी फाराम भरी विमास्थलमा पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ,’ मन्त्रालयले भनेको छ। ‘तोकिएका स्वास्थ्य संस्थाका कर्मचारीहरू, हब, स्याटेलाईट अस्पतालहरूलाई शंकास्पद रोग पहिचान, रिपोर्टिङ, व्यवस्थापन र रिफर चुस्त दुरुस्त तरिकाले गर्ने गराउने वातावरण बनाउँदै गरिएको छ।’

मन्त्रालयका अनुसार शंकास्पद बिरामीको रिपोटिङ्ग गर्ने फाराम र रोगबारेको सूचना सामाग्रीहरू सबैले पाउने गरी उपलब्ध गराउनुका साथै त्यस किसिमका विरामीहरू आउनसक्ने स्थानहरूमा तयारी र शतर्कता समेत अपनाईएको छ ।

याे पनि:
चीनबाट फर्केका नेपाली विद्यार्थीलाई रहस्यमय कोरोना भाइरस लागेको आशंका
कोरोना भाइरस फैलिन थालेपछि त्रिभुवन विमानस्थलमा उच्च सतर्कता

निर्भया बलात्कार काण्डका चारै दोषीलाई मार्च ३ मा मृत्युदण्ड दिइने

पुनःनिर्माण प्राधिकरणका कर्मचारी घुस रकमसहित पक्राउ

पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको जनाएको छ।

इञ्जिनियर तिवारीलाई शुक्रबार ६ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको जनाएको छ। रासस

सानुमायाको ६० लाख यसरी चोरियो

एनआरएनएको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । एनआरएनएका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ ।

यसै बीच संघको एक टोलीले बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डीनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसँग छलफल गरेको छ ।

संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धिमूलक बनाउन घनिभूत छलफल भएको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलनबारे परराष्ट्रमन्त्रालयलगायत नेपाल सरकारका उच्चअधिकारीसँग छलफल गरेका थियो ।

दैलेखमा जीप दुर्घटना, ४ जना घाइते

आज माघ १० गते शुक्रबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला।

आजको पञ्चाङ्ग वि.सं. २०७६ माघ १०,
शुक्रबार,इ.स. २०२० जनवरी २४, शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, औंसी, २६:२८ उप्रान्त प्रतिपदा, नक्षत्र– उत्तराषाढा, २६:२९ बजेउप्रान्त श्रवण, योग– वज्र, २६:३१ बजेउप्रान्त सिद्धि, करण– चतुष्पद, १४:१० बजेदेखि नाग, २६:२८ बजेउप्रान्त किंस्तुघ्न, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– धनु, ७:४२ बजेउप्रान्त मकर,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २६ घडी ० पला। व्रत/पर्व- दर्शश्राद्ध, हलाे बार्ने, निशि बार्ने औंसी, आर्यघाटमा माधवनारायण मेला, नवलपरासीमा त्रिवेणी मेला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्नेछ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्नेछ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ। सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

The post आज माघ १० गते शुक्रबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

गौरा पर्वमा सार्वजनिक बिदा दिने विषयमा सकारात्मकः प्रधानमन्त्री प्रचण्ड

थुनामा राख्ने अदालतको आदेशसँगै ‘सिद्धबाबा’ फरार, राहदानी विभागको शौचालयको कन्तविजोक (भिडियो)

काडमाडौं, ०९ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. पिएसओ छोडेर भारत छिरे सिद्धबाबा ! इनरुवा । अनुयायी महिलामाथि जबरजस्ती करणीको मुद्दा खेपिरहेका सुनसरीको चतराका सिद्धबाबा भनिने […]

नेप्सेमा उच्च अङ्कको वृद्धि

प्रदेश १ बाट तीन वटै सिटमा नेकपाका उम्मेदवार विजयी

तारा आचर्य विराटनगर, ९ माघ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. १ बाट महिला, दलित र अन्य गरी तीन वटै सिटमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । बिहिवार भएको निर्वाचनमा महिला तर्फ नेकपाकी इन्दिरा गौतमले ६४२६ मतभार ल्याएर विजयी हुनुभएको हो भने दलित तर्फ नेकपाका गोपी बहादुर सार्की अछामी ६३३० मतभार ल्याएर विजयी हुनुभएको […]

प्रदेशसभा बैठक सञ्चालन गराउन दबाब दिँदै प्रदेश २ सरकारलाई नेकपाले बुझायाे ज्ञापनपत्र

राष्ट्रियसभा निर्वाचन : नेकपाका १६ र राजपाका २ निर्वाचित

काठमाडौं, ०९ माघ । राष्ट्रियसभा निर्वाचनमा हालसम्म नेकपाका १६ उम्मेदवार विजयी भएका छन् । १८ पदका लागि भएको निर्वाचनमा नेकपाले हालसम्म १६ र राजपाका २ उम्मेद्वार विजयी भएका हुन् । आज भएको मतदानमा प्रदेश १ बाट महिलातर्फ इन्दिरा गौतम, अन्यतर्फ देवेन्द्र दाहाल र दलितर्फ गोपी अछामी विजयी भएका छन् । यस्तै, प्रदेश २ बाट महिलातर्फ […]

गाउँमा गाडी गुडेको हेर्ने हुम्लीको धोको