Home Blog Page 1396

अन्ततः कांग्रेसमा ऐतिहासिक सहमति, माघ १३ गते केन्द्रीय समितिबाट अनुमोदन गरिने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहितका नेताबीच पार्टीभित्रको विवाद तत्कालै समाधान गर्ने सहमति भएको छ ।

काठमाडौंको बुढानिलकण्ठमा आज शुक्रबार भएको सभापति देउवासहित शीर्ष नेताबीचको बैठकले विवाद समाधान गरेर अगाडि बढ्ने सहमति गरेको छ ।

बुढानिलकण्ठको सहमतिसँगै नेपाली कांग्रेसभित्र विगत साढे एक महिनादेखि चल्दै आएको आन्तरिक विवाद समाधान भएको छ ।

शीर्ष नेताहरूको बैठकले सबै विषय सहमतिकै आधारमा आगामी महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात् २०७७ फागुन ७ देखि १० गते गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

असन्तुष्ट समूहका नेताहरूको नेतृत्व गरिरहेका नेता पौडेलसहित कार्यदलका सदस्यहरू समेतको उपस्थितिमा भएको सहमति अनुसार कांग्रेसले सहमतिका विषयलाई वैधानिकता दिन माघ १३ गते अपराह्न १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

माघ १३ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट समूहका केन्द्रीय सदस्यहरूको पनि उपस्थित हुनेछ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाट बहुमतका आधारमा महाधिवेशन घोषणा गरेपछि विवाद देखिएको थियो ।

७३ मिनेटमै च्याम्पियन

ठूला भ्रष्टाचारीलाई जोगाउदै ओली, यस्तो बन्दैछ कानुन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई भ्रष्टाचार विरोध देखाउन पछि पर्दैनन् । उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्दै आएका छन् । तर, उनै प्रधानमन्त्रीको हस्ताक्षरसहित राष्ट्रियसभामा प्रस्तुत भएका दुईवटा ऐनका संशोधन प्रस्तावमा ठूला भ्रष्टाचारजन्य कसुरमाथि हदम्याद तोकिएको छ ।

साविकको कानूनी व्यवस्थाअनुसार सबै तहका भ्रष्ट नेता एवं कर्मचारीमाथि बाँचुञ्जेलसम्म मुद्दा चलाउन सकिन्छ । तर, प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत गरेका दुई विधेयकमा ठूला ओहोदाका भ्रष्टाचारीमाथि पाँच वर्ष कटेपछि मुद्दा चलाउन नपाइने प्रावधान घुसाइएको छ । सानातिनाले गरेको सम्पत्ति हिनामिनामा मात्र हदम्याद नलाग्ने दोहोरो व्यवस्था प्रस्ताव गरिएको छ ।
सरकारले भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोेधन गर्न बनेको विधेयक यसैसाता राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर रहेका दुबै विधेयकमा ठूला भ्रष्टाचारीहरुमाथि मुद्दा चलाउने अवधि ५ वर्ष तोकिएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ बर्षे हदम्याद राखेर सरकारले कानून प्रस्ताव गरेपछि अब नेताहरुलाई जोगाउने खेल हुन सक्ने भन्दै कानूनविदहरुले चिन्ता प्रकट गरेका छन् । सर्वोच्च अदालतको फैसलाविपरीत यस्तो विधेयक आएको उनीहरुको तर्क छ ।

प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विधेयकमा भ्रष्टाचार र आर्थिक हिनामिनालाई फरक छुट्याउने अनौठो प्रावधान राखिएको छ । भ्रष्टाचार गर्ने ठूलालाई ५ वर्षे हदम्याद लाग्ने, तर सरकारी सम्पत्ति हिनामिना सम्बन्धी सानातिना भ्रष्टाचारमा हदम्याद नलाग्ने भनेर कानूनलाई अस्पष्ट एवं अमूर्त बनाउन खोजिएको छ ।

प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा २९ को संशोधन प्रस्तावमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने छ ।’

सोही दफा अन्तगत ठूला पदमा रहेर अवकाश पाएकाहरुतर्फ लक्षित अर्को उपदफा पनि छ । जहाँ भनिएको छ, ‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत भ्रष्टाचार गरेको रहेछ र त्यस्तो विषयमा यस ऐनबमोजिम तत्काल कारवाही हुन सक्ने रहेनछ भने निज जुनसुकै व्यहोराबाट अवकाश प्राप्त गरेको भए पनि अवकाह भएको मितिले पाँच वर्षभित्र निजउपर यस ऐन बमोजिम कारवाही गर्न वा मुद्दा चलाउन बाधा पर्नेछैन ।’

प्रस्तावित विधेयकमा पदमा रहँदा मुद्दा चलाउन नमिल्ने राष्ट्रपति, प्रधानमन्त्री वा संवैधानिक अंगका पूर्वपदाधिकारीलाई पाँच वर्षे हदम्याद तोकिए पनि मूल ऐनमा उनीहरुमाथि बाँचुञ्जेल मुद्दा लगाउन पाइने प्रावधान रहँदै आएको छ ।

दिलीपका हत्या आरोपीले दायर गरेको रिट खारेज

कांग्रसको विवाद समाधान : महाधिवेशन २०७७ फागुनमै

काठमाडौं, १० माघ । नेपाली कांग्रसको एक महिने लामो विवाद समाधान भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति विमलेन्द्र निधिले बताए।

सहमतिका लागि पार्टीका शीर्ष नेताबीच यसअघि विभिन्न चरणमा छलफल भए पनि टुङ्गो लागेको थिएन् ।

बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म भएको थियो ।

पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने सहमति भएको छ ।

यस्तै केन्द्रीय महाधिवेशन अघि विभिन्न तहका अधिवेशन तथा ती अधिवेशनका कार्यतालिका र कार्यविधिका सम्बन्धमा परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति भएको उपसभापति निधिले जानकारी दिए ।

बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने, छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति गरेको छ ।

नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमति भएको छ ।

सहमति भएका यी सबै प्रस्ताव कांग्रसको १३ माघमा बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने सहमति भएको उपसभापति निधिले बताए । काँग्रेसमा ११ पुसमा भएको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने लगायतको निर्णय गरेको थियो ।

सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १३ माघमा गर्दै छ ।

The post कांग्रसको विवाद समाधान : महाधिवेशन २०७७ फागुनमै appeared first on Koshi Online.

यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा

काँग्रेस बैठक १३ माघमा

काठमाडौं, १० माघ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक १३ माघका लागि बोलाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल हुने छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

The post काँग्रेस बैठक १३ माघमा appeared first on Koshi Online.

कामपाद्वारा दुई महिनाको अवधिमा एक अर्ब १७ करोड राजस्व असुल

एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल

कावासोती, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् ।

नवलपुरको दलदलेमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताए ।

अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताए । अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट गरे ।

भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुवै देशले समाधान निकाल्ने बताए ।

देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको बताए ।

The post एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल appeared first on Koshi Online.

मुख्यमन्त्रीलाई आठ बुँदे मागसहित ज्ञापनपत्र

नेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुँदै, विजेतालाई ५० हजार

यही माघ १५ र १६ गते नेपकम्स कलेजस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ। बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तीमा ३ खेल खेल्नेछन्।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

पेट्रोल र डिजेलको मूल्य घट्यो

एनभीए कप भलिबल : महिलातर्फको उपाधि एपीएफलाई

पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको फाइनलमा होंगान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि उचालेको हो।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटको अन्तिममा न्यु डायमण्डले लय गुमाउन पुग्दा सेट २५–२१ ले सुम्पियो।

तेस्रो सेट २२–२० को अवस्थामा हुँदा प्रतिभा माली स्पाइक प्रहार गरेपछि लड्न पुग्दा खेल रोकिएको थियो। गम्भीर चोट बोकेपछि प्रतिभालाई हस्पिटल लागिएको छ। सो सेट न्यु डायमण्डले २५–२३ ले जित्यो। चौथो सेटमा एपीएफ २५–१८ ले विजयी हुँदै उपाधि रक्षा गर्न सफल रहयो।

शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे। पुरुषतर्फ आर्मीले २५–१८, २५–१८, २५–२० को अन्तरमा जित दर्ता गर्दै ५० हजार रुपैयाँ हात पार्यो। महिलातर्फ पनि आर्मी २५–२२, २५–१३, २५–२१ ले विजयी रहयो।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन् । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : अमृत र इबीए विजयी

महिला तथा पुरुष दुवैतर्फ आर्मी तेस्रो

त्रिभुवन आर्मी क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुबैतर्फ तेस्रो भएको छ।

राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा शुक्रबार भएको तेस्रो स्थानको खेलमा आर्मीको दुवै टोलीले पुलिसलाई सोझो सेटमा पराजित गरे। पुरुष तर्फ आर्मीले २५–१८, २५–१८ र २५–२० ले पाखा लगायो।

महिलातर्फ पनि आर्मी २५–२२, २५–१३, २५–२१ ले विजयी भयो। दुवैतर्फका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

यसअघि बिहीबार भएको सेमिफाइनलमा दुवै विभागीय टोली पराजित भएका थिए।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने

मनाङ शीर्ष स्थानमा, सरस्वती रेलिगेसनको खतरामा

अपराजित मनाङ मस्र्याङदी क्लब ‘ए’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

शुक्रबार भएको आठौँ चरणको खेलमा पाँचौ जित दर्ता गरेको मनाङले सरस्वती युथ क्लवलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।

दशरथ रगंशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा खेलको ४६ औं मिनेटमा विमल रानाले निर्णायक गोल गरे। मनाङमा निसान लिम्बुको क्रसमा अन्जन विष्टले गरेको प्रहार बारमा लागेर फर्किएको बललाई बिमल रानाले हेडमार्फत जाली चुमाएका हुन्। खेलको पहिलो हाफमा मनाङले गोल गर्ने थुप्रै अवसर पाए पनि अग्रता बनाउन सकेन।

४ खेलमा जित दर्ता गरेको मनाङले समान ४ खेलमा बराबरी गर्दै १६ अंब बनाएको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो र ८ खदेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ।

लगातारको हारसँगै पुछारमा रहेको सरस्वती क्लब भने रेलिगेसनको खतरामा छ। आठौँ चरणसम्म एक खेलमा मात्र बराबरी गरेको सरस्वतीले बाँकी सबै खेल गुमाएको छ। 

इटहरीमा काईँला र बिक्रम श्री सम्मानित

आइलिगमा सावित्राको जर्सी नम्बर फेरिने

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय टोलीबाट होस् वा क्लबबाट उनको जर्सी नम्बर ९ हो। उनलाई धेरैले साम्बा उपनाम र जर्सी नम्बर ९ बाट चिन्छन्।

तर भारतमा शुक्रबारबाट सुरु आईलिगमा उनको जर्सी नम्बर फेरिने भएको छ। गोकुलम केरला एफसीबाट आइलिग खेल्न लागेकी साम्बाले ७ नम्बरको जर्सी लगाएर मैदान उत्रिनेछिन्।

लिगको छनोट चरणको अन्तिम खेलमा अलकापुरालाई पराजित गर्दै उनको टोली आइलिगको लागि छनोट भइसकेको छ। सो खेलमा उनले २ गोल गरेकी थिइन्।

जर्सीबारे उनले नेपालखबरसँग भनिन्, ‘९ नम्बरको जर्सी गोकुलम कै सिनियर खेलाडीले लगाउने भएपछि मैले ७ नम्बरको जर्सी लगाउने भएको हो’

गत संस्करण सेथु एफसीबाट आइलिग खेलेकी साम्बाले ९ नम्बरको जर्सी नै लगाएकी थिइन्। सो संस्करणका ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी उनले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्

आइलिग महिला फुटबल शुक्रबारदेखि सुरु भएको छ। आगामी फेब्रुअरी १४ सम्म चल्ने लिगमा साम्बा सम्मिलित टोलीको पहिलो खेल आइतबार श्रीभुमी एफसीसँग हुँदै छ।

२ गाेल
आइलिगका लागि अन्तिम छनोट खेलमा मैदान उत्रेकी साम्बाले २ गोल गरिसकेकी छन्। साम्बाको टोलीले समग्रमा अलकापुरा लाई ९–१ ले हराउँदै गोकुलम आइ लिगमा छनोट भएको हो। गत बुधबार दोस्रो लेगमा गोकुलमले अलकापुरालाइ ८–१ ले हराएको छ।

गोकुलमको जितमा सावित्राले २ गोल गरिन्। उनलै दुवै गोल खेलको पहिलो हाफमा गरेकी थिइन्। कमलाले ३, दयाले २ र मनिषाले १ गोल गरे। पहिलो लेगमा गोकुलमले अलकापुरालाई १–० ले हराएको थियो।

कमजोर खर्च क्षमता र आयोजनाको लज्जास्पद प्रगत्तिले आर्थिक वृद्धिमा धक्का लाग्ने पक्का