Home Blog Page 1400

अस्ट्रेलियाको डढेलो निभाउने क्रममा ३ अमेरिकी नागरिकको मृत्यु

बिहीबार भएको यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

मृतकहरु सबै अमेरिकी नागरिक भएको बताइएको छ। बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ।

क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै चालकदलका सदस्य मृत भेटिएका हुन्।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ।

झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

सिड्नी महानगरमा शुक्रबार शिक्षा तथा आप्रवासन प्रदर्शनी

सिड्नी । शुक्रबार सिड्नीमा ‘एजुकेशन एण्ड माइग्रेसन एक्जिबिसन’ अर्थात शिक्षा तथा आप्रवासन प्रदर्शनी हुने भएको छ ।

नयाँ वर्ष लागेसँगै सिड्नीमा विद्यार्थी तथा पढाइ सकेर स्थायी आप्रवासनको परामर्श खोजिरहेकाहरुको लागि यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

विश्वको पहिलो ‘ग्लोबल ट्यालेन्ट हब’ बनाउने महत्वकांक्षी योजना अन्तर्रगत सिड्नी महानगरले अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन थालेको पनि झण्डै २ दशक भइसकेको छ । यस बीचमा लाखौ विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नको लागि अस्ट्रेलियाको सिड्नी आइपुगे । पढाइ सकिएपछि कतिले यही कर्मभूमि रोजे भने कति जन्मभूमितिरै फर्के, उच्च शिक्षाको अनुभव बोकेर ।

सन् २०१९ को तथ्यांकअनुसार हाल ३५, हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु सिड्नी महानगरका विभिन्न युनिभर्सिटी र कलेजहरुमा अध्यन गरिरहेका छन् र यो संख्या अझै बढ्दो क्रममा छ ।

तिनै ३५ हजार अन्तर्रास्ट्रिय विद्यार्थी तथा अस्थायी बासिन्दाहरुका लागि शुक्रबार सिड्नी महानगरभित्र उक्त प्रदर्शनी आयोजना गरिने भएको हो ।

बिगत डेढ दशक अघिदेखि विभिन्न देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया आउँन परार्मश दिदै आएको एक्सर्पट एजुकेशन एण्ड भिसा सर्भिसेसले उक्त प्रदर्शनीको आयोजना गरेको हो ।

हालसम्म ४० हजार जनालाई परामर्श सेवा प्रदान गरिसकेको सँस्थाका निर्देशक बद्री अर्यालले भने – अझ छिट्टो छरितो र पारदर्शी रुपमा सुलभ परामर्श दिन उक्त प्रदर्शनीको आयोजना गरिएको हो ।

सिड्नी महानगरको जर्ज स्ट्रिटमा रहेको प्रसिद्ध हिल्टन होटेलमामा सो एक्जिबिशन हुनलागेको हो । शुक्रबार २४ जनवरीको मध्याह्न १२ बजेबाट सुरु हुने यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको एक्सर्पट एजुकेशनकी मार्केटिङ्ग ब्यवस्थापक मेघा अमात्यले अनलाइनखबरलाई जानकारी दिइन् ।

मध्याह्न १२ बजे देखि २ बजेसम्म हुने पहिलो चरणको कार्यक्रममा सो संस्थाका रजिस्टर्ड माइग्रेशन एजेन्टहरुले अहिलेको अस्ट्रेलियाको पछिल्लो क्षेत्रीय आप्रवासन नीति अर्थात रिजनल मुभमेन्टकोबारेमा विस्तृत जानकारी दिनेछन् ।

अमात्यका अनुसार प्रदेशिनेको मुख्य उदेश्य आफ्ना सेवाग्राहीहरुलाई नयाँ रिजनल क्षेत्रहरुमा जानुको फाइदा, एक अथवा दुई वर्ष थप्न मिल्ने पि.एस.डब्लु (टीआर) भिसा, रिजनल १९० र ४९१ भिसा सब क्लासको मापदण्डहरुको बारेमा चर्चा गरिनेछ ।

कार्यक्रमको दोस्रो चरणमा विद्याहरुले सिड्नीका २० वटाभन्दा बढी युनिभर्सिटी एव कलेजहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष परार्मश लिन पाउनेछन् ।

अपराह्न २ बजेदेखि ५ बजेसम्म हुने दोश्रो चरणमामा अस्ट्रेलियन नेशनल युनिभर्सिटी, युनिभर्सिटी अफ तासमेनिया, युनिभर्सिटी अफ क्यानबेरा, र्चाल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ वलङगङ्ग, अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीलगायतका शैक्षिक संस्थाहरुको स्टल रहनेछ ।

एक्सपोमा सहभागी भएका सेवाग्राहीहरुलाई विभिन्न उपहारको पनि व्यवस्था गरीएको कुरा एक्सर्पट एजुकेशनका कार्यक्रम संयोजक सन्दीप निरौलाले बताए ।

उनकाअनुसार, सहभागीहरुले सोही दिन एक हजार अस्ट्रेलियन डलरको गिफ्ट कार्ड, विभिन्न गिफ्ट हृयाम्पर र गोलाप्रथामार्फत एक जना सहभागीले स्मार्ट घडी पनि प्राप्त गर्नेछन् ।

पाच सय भन्दा बढी सेवाग्राहीर दुई दर्जन बढी सेवा प्रदायकको एक्कै दिन एउटै थलोमा उपस्थिति रहने कार्यक्रम, सिड्नी महानगरभित्रको ठूलो एजुकेशन एवंम् माइग्रेशन एक्सपो मध्येको एक हो ।

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि …

आजको राशिफल : माघ ९ गते, बिहीबार

वि.सं.२०७६ साल माघ ०९ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी २३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– चतुर्दशी,४७ घडी ४१ पला,रातको ०२ बजेर ०१ मिनेट उप्रान्त औंशी । नक्षत्र–पूर्वाषाढा,४६ घडी २४ पला,रातको ०१ बजेर ३० मिनेट उप्रान्त उत्तरषाढा […]

फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो

पाथिभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

मेषः– लगनशिल भई काम गर्नु होला । अपरान्ह पूर्वको समय अनुकुल देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् भने साँझपख समय प्रतिकुल बन्नेछ । बन्न लागेका काममा अवरोध आउन सक्छ । अनावस्यक विषयलाई लिएर चिन्ता बढ्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । लगानीमा जोड नदिनु होला ।

वृषः– पूर्वान्ह समय ठीकै ठीकै देखिन्छ । कामले त्यति गति लिने छैन । अपरान्ह देखि समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहा बढ्नेछ । पुराना काम क्रमश फस्र्योट हुदै जनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । ठेक्का पट्टामा हात हाल्दा विचार पु¥याउनु होला । पढाईमा सामान्य सुधार आउनेछ ।

ADVERTISEMENT

मिथुनः– पूर्वान्हमा काम गर्दा जति सहज हुनेछ त्यति मध्यान्ह पछि हुने छैन तर प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख संचित धनमा ह्रास आउनेछ । आफन्त नै भए पनि वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– पूर्वान्ह समय त्यति अनुकुल देखिन्न । लगानीका काममा जोड नदिनु होला । अरुको भर विश्वासमा मात्रै पनि काम नगर्नु होला । अपरान्हबाट समयमा विस्तारै सुधार आउनेछ । काममा देखिएका समस्या कम हुदै जानेछन् । काम प्रतिको चासो बढ्नेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

सिंहः– समय प्रतिकुल बन्दै छ काममा ढिला सुस्ति नगर्नु होला । मध्यान्ह पूर्व गरेका गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भने अपरान्ह पछिको समय अत्यन्त प्रतिकुल देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नुहोला । आर्थिक कारोवारमा सावधान रहनुहोला । व्यापार अरोलो लाग्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।

कन्याः–मनले चिताएका केहि काम बन्ने छन् । गरेका ७५ प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रो हुनेछ । नसोचेका ठाँउबाट सहयोग मिल्नेछ । वोलीको भरमा धेरै काम हुनेछन् । संचित धन बढ्नेछ । धन दिने काम भने नगर्नु होला ।

तुलाः– मध्यान्ह सम्म समय कमजोर देखिन्छ । कामले गति लिने छैन । के गर्ने के नगर्ने भन्ने अन्योलतामा नै समय जानेछ । भने अपरान्ह देखि समय थोरै अनुकुल हुनेछ । अवरुद्ध कामले विस्तारै गति लिनेछ । लगनशिलता र कार्य क्षमता बढ्नेछ । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन आवस्यक देखिन्छ ।

वृश्चिकः– समयले पूर्ण साथ दिने देखिन्न । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । अपरान्हबाट भने समयमा सामानय सुधार आउनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ तर कामले भने खासै गति लिने देखिन्न । नयाँ काममा हात नहाल्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।

धनुः– कुनै काम गर्नु छ भने समयमा गर्नु होला । पूर्वान्हमा गरेका धेरै जसो काम सफल हुने देखिन्छ । अपरान्ह देखि भने समयले कम साथ दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । अशुभ समाचार सुन्नु पर्नेछ । काममा ढिला सुस्ति हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । आफन्तबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । अपरानह देखि समय थोरै अनुकुल हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापारमा सुधार आउनेछ ।

कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । साना साना काम सम्पन्न गर्न पनि धेरै संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्ने सहज बातावरण बन्ने छैन । शैक्षिक मार्ग थोरै खुल्नेछ ।

मिनः– आशा,भरोसा र संग्रह मिथ्या सवित हुने देखिन्छ । उचित समयामा सहि निर्णय लिन नसक्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । सतर्क रहनुहोला आफ्नो काममा अरुले अधिकार जमाउन सक्छन् । घरयासी समस्याले सताउनेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । शैक्षिक मार्ग कमजोर देखिन्छ ।

The post पाथिभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस। appeared first on .

चुनौती संघीयताको

नाइजेरियन नागरिकले २० वर्षदेखि हवाईजहाजको आकारमा घर बनाउँदै

एजेन्सी, ०८ माघ । आफ्नो घर सुन्दर र आकर्षक होस् भन्ने चाहना सवैको हुन्छ । त्यसका लागि मानिस सुन्दर घर बनाउन व्यतित गर्ने गर्दछन् । तर नाइजिरियाको राजधानी अबुजाका निर्माण व्यवसायी साइद जमालले एउटा घर बनाउन २० वर्ष खर्च गरिसकेका छन् र अझै पनि उनको घर पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेको छैन । साइद जमालले […]

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

करेन्ट लागेर महिलाको ज्यान गयो

कैलाली, ०८ माघ । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी […]

पप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे

‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेपछि …

काठमाडौं । कलाकार केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेका छन् । माग्ने बुढा इमाडोलस्थित घरबाट कोटेश्वरतर्फ गाडी चलाएर निस्कने क्रममा ट्राफिक कारबाहीमा परेका हुन् ।

माग्ने बुढाले आफूले ‘सिटबेल्ट’ नलगाएको कारण कारबाही परेको बताए । ‘सिटबेल्ट’ नबाँधी कारमा हुइकिरहेका थिए । सडकमा ड्यूटीमा थिए ट्राफिक जवान सन्तोष चौधरी । यसअघि नायक भुवन केसीको लाइसेन्स तानिसकेका थिए उनले । माग्ने बुढाले सिटबेल्ट’ नबाँधी कार चलाएको देखेपछि उनलाई झ्याप्प रोके । अनि कागजात मागे । माग्ने बुढा ऊनीको टोपीले अनुहार नचिनिने गरी छोपिएका थिए । कार रोकेपछि ट्राफिकले शिष्ट रुपमा तपाईलाई कारबाही गर्छू ल भन्दै मीठो गरी लाइसेन्स माग्नु भयोे’ उनले सुनाए, ट्राफिकको त्यस्तो मीठो स्वर सुनेपछि मैले पनि हवस् भन्दै दिएँ । ट्राफिकको व्यवहार देखेपछि लाइसेन्स र ब्लुबुक दुवै दिउँदिउँ भयो ।’

कारबाहीमा परेर कागजपत्र बुझाएपछि माग्ने बुढाले त्यसलाई लिन कहाँ जानुपर्छ ? भनेर ट्राफिकलाई सोधे । ट्राफिकले बग्गीखाना लिन आउनुस् भने । माग्ने बुढा बुधबार दिउँसो बग्गी खाना पुगे । तर त्यो बेला जरिवाना बुझाउन बैंक बन्द भइसकेको रहेछ । बैंक बन्द भएको कारण बुधबार उनी आफ्नो कागजपत्र नलिइ फर्किएका छन् ।

The post ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेपछि … appeared first on Purbeli News.

जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

आयोगद्वारा आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुन उपर बिगो रु २८ हजार कायम गरी आरोपपत्र दायर गरेको छ। भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरी कर्मचारीलाई घुसवापत रु २८ हजार दिन खोज्दा तत्काल निज खातुनलाई नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा आरोपी खातुनले घुस दिएको तथ्य पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय गरी र बरामद बिगो जफत हुने मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै मालपोत कार्यालय साँखु काठमाडौँका नायबसुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाउपर बिगो रु ५५ हजार कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। मालपोत कार्यालय साँखुका नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टि बन्दकको लिखत पास गरेवापत घुस लिँदै गर्दा आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले दुवै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आएकाले कुइँकेललाई बिगो रु ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आरोपपत्र दायर गरिएको हो।

साथै लेखापढी व्यवसायी रापकोटाले नासु कुइँकेललाई घुस दिइसकेको अवस्थामा निजलाई पनि नियन्त्रणमा लिई कानूनबमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा बिगो रु ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। रासस

कानून कार्यान्वयनमा आएको १६ बर्षपछि सरकारी सूचनाहरु एकै ठाउँबाट प्रवाह गर्ने तयारी

चन्दका कार्यकर्ता बमसहित पक्राउ

सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो। सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो।

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी ट‌ंक कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ। प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउँपालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मंगलबार पक्राउ गरेको थियो। रास

काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ

ठगीको आरोपमा दुईविरुद्ध जाहेरी दर्ता

डडेल्धुरामा ठगी गरेको आरोपमा दुई विरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ।

ठगी गरेको भन्दै कञ्चनपुर जिल्ला घर भई एग्रिकल्चर संस्था काठमाडौ‌को सिनाम‌ंगल शाखा प्रबन्धक गणेशदत्त भट्ट र एशोसिएशन अफ एग्रिकल्चर डडेल्धुरा शाखाका प्रमुख कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराह कलुवापुर बस्ने जयन्द्र सार्की गरी दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ठगी जाहेरी दर्ता भएको मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक करवीरसिंह ऐरले जानकारी दिए।

उनीहरुलाई एक गैरसरकारी संस्थाले किसान र कर्मचारीको रु २१ लाख बढी रकम लिएर फरार भएको आरोप लगाएको प्रहरीले जनाएको छ। एशोसिएशन अफ एग्रिकल्चर नामक संस्थाले डडेल्धुरामा शाखा विस्तार गरी कृषक समूह बनाएर रकम संकलन गरेको र सो संस्थामा आबद्ध कर्मचारीलाई पारिश्रमिकसमेत नदिइ फरार भएको संस्थाका कर्मचारीको भनाइ छ।

आठ कर्मचारीको पारिश्रमिक र कृषकलाई बीउबिजन तथा अनुदान र सस्तो ब्याजमा ऋण दिने गरी लिएको जम्मा रु २१ लाख ७२ हजार ५०० लगेर एक वर्षदेखि दुई जना नै सम्पर्कमा नआएको जाहेरीमा उल्लेख गरिएको प्रहरी नायब निरीक्षक ऐरले जानकारी दिए। रासस

अतिक्रमित जग्गामा सरकारको होर्डिङ-बोर्ड