Home Blog Page 1401

अन्नपूर्ण र दामन घटना : पर्यटक सुरक्षामा कहिलेसम्म लापरवाही ?

काठमाडौं, ०८ माघ । बीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको भ्रमण वर्षको पहिलो महिनामै भएका मुख्य दुई घटनाले हाम्रो व्यवस्थापकीय ‘अक्षमता’ बाहिर ल्याएको छ । जसले समग्र भ्रमण वर्षको लक्ष्य नै प्रभावित गर्न सक्छ । दुर्घटनालाई ‘भबितब्य’का रुपमा मात्रै बुझ्नुभन्दा त्यसका कारण र समाधानका उपाय खोज्न ढिला गर्नु हुँदैन् । पछिल्लो एक सातामा पर्यटनसँग […]

खरिपाटीले भुलायो वुहानको पीडा

हेटौंडामा ट्राफिक प्रहरीको ‘ड्रम कार्यक्रम’ले फ्लप खायो ! (फोटोफिचर)

देवराज पन्त, मकवानपुर, ०८ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका–११ स्थित राप्ति पुलदेखि बागथलीसम्मको सडक खुला गर्न दायाँ–बायाँ राखिएको ड्रमहरु बेवारिशे बनेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को सहकार्यमा राप्ती पुलदेखि बागथलीसम्मको करीब १.५ किलोमिटर अन्तर्गत सडकको दायाँ–बायाँ करीब ४ मिटरको फरकमा ड्रम राखिको थियो । […]

नक्कली बिल बनाएर भ्रष्टाचार गर्ने १० जनाविरुद्ध आरोपपत्र दायर

डा. बाबुराम र अशोक राईलाई नेकपामा आउन प्रचण्डको आग्रह

काठमाडौं, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामा आउन आग्रह गरेका छन् ।

उनले समाजवादी पार्टीमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आग्रह गरेका हुन् ।

समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका हुन् ।

सम्बोधनकै क्रममा अध्यक्ष दाहालले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि झमेला गर्नुभन्दा नेकपमा आउन आग्रह गरे । नेकपामै भट्टाराई र राई आउँदा राम्रो हुने उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नेकपाले मात्रै सक्ने बताए ।

The post डा. बाबुराम र अशोक राईलाई नेकपामा आउन प्रचण्डको आग्रह appeared first on Koshi Online.

आज फाल्गुन ५ गते सोमबारको राशिफल पढ्नुहोस।

एमसीसी पास गरे घातक : नेता रावल

सिलगढी, ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरे घातक हुने बताएका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिकाले बुधबार सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए ।

रावलले भने, “एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।”

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको भनाइ छ ।

The post एमसीसी पास गरे घातक : नेता रावल appeared first on Koshi Online.

सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन

मछिन्द्रको जित, आर्मीसँग अंक बराबर

रञ्जित धिमालको निर्णायक गोलसँगै मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ जित दर्ता गरेको छ। काठमाडौको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले नेपाल पुलिस क्लवलाई १–० ले पाखा लगाएको हो। 

खेलको ५३ औं मिनेटमा पाएको फ्रिकीकको फाईदा उठाउँदै रन्जित धिमालले गरेको गोल नै मछिन्द्रका लागि निर्णायक बन्यो।

जितसँगै उपाधि दाबेदार मानिएको मछिन्द्रले त्रिभुवन आर्मीसँगको अंक बराबरी गरेको छ। लिगमा १ खेल गुमाएको मछिन्द्रले ५ खेलमा जित २ मा बराबरी गर्दै १६ अंकमा दोस्रो स्थानमा छ। एक खेल कम खेलेको आर्मी १६ अंकमा शीर्ष स्थानमा छ।

लिगमा औषत प्रदर्शन गरिरहेको नेपाल पुलिस क्लवले ३ मा जित २ मा बराबरी र ३ मा हार भोगेको छ। पुलिस ११ अंकमा छैटौ स्थानमा यथावत छ।

खेलको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो। रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई पोस्टको दिशा दिन सकेनन्। १३ औं मिनेटमा पुलिसका लागि सौजन राईको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले विफल पारे।

२८ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन। ४१ औं मिनेटमा पुलिसका सौजन राईको प्रहार फितलो रहँदा पुलिस अग्रता लिनबाट चुक्यो। इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले बललाई पोस्टको दिशा दिएपनि रेफ्रीले अफसाइड देखाए। रञ्जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेपनि रेफ्रीले सो मुभलाई मान्यता दिएनन्।

लिगमा बिहिवार हिमालयन शेर्पा र थ्रीस्टार क्लव तथा जावलाखेल युथ क्लव र शसस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार

कोरोना भाइरसका कारण वुहानमा आउजाउ नगर्न चीनको आग्रह

रहस्यमय कोरोना भाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले वुहान सहर भ्रमण नगर्न आग्रह गरेका छन्।

यो भाइरसबाट हालसम्म ९ जनाको ज्यान गइसकेको छ।

झन्डै ९० लाख मानिस बसोबास गर्ने वुहान सहरका बासिन्दालाई पनि सरकारले भिडभाडयुक्त स्थानमा नजान आग्रह गरेको छ।

‘वुहान सहरमा नजानुहोला। वुहानमा रहनुभएकाहरु अन्यत्र नजाउनुहोला,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ली बिनले भने।

वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिले चीनका विभिन्न प्रान्छ, अमेरिका, थाइल्यानड र दक्षिण कोरियासम्म पुगिसकेको छ।

हालसम्म यसबाट ४ सय ४० जना ग्रसित भइसकेका छन्।

विश्व स्वास्थ्य संगठनले यसको जोखिमबारे अध्ययन गर्न बैठक डाकेको छ। एजेन्सी

फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यसरी बाँचेर फर्के

घरको आर्थिक अवस्था राम्रो बनाउँला, जग्गाजमिन जोडौँला भन्ने सपना साँचेर साहुबाट एक लाख ४० हजार ऋण लिई धनुषाका उमेश यादव साउदी अरब उडेका थिए।

देश छोड्दै गर्दा उनको उमेर २५ वर्षको थियो भने उनकी श्रीमती १७ दिनकी सुत्केरी थिइन्।

तीन वर्षका लागि पाइप जडानको काम गर्न उनी सन् २००६ मा साउदी अरब पुगेका थिए।

कम्पनीमा काम थालेको एक महिना १२ दिनमै उनको जीवनमा अकल्पनीय दुर्घटना निम्तियो। ‘कम्पनीमै काम गरिरहेका बेला म हातमा पाइप बोकेर सिँढी ओर्लिरहेका थिएँ। सिँढीबाट माथितिर चढिरहेका पाकिस्तानी सहकर्मी मोहम्मद लतिफ वसिरको नाकमा मैले बोकेको पाइप ठोक्कियो र चोट लाग्न पुग्यो,’ उमेश सम्झिन्छन्, ‘रगत पनि आयो। लगत्तै रिसाएर वसिरले ममाथि मुक्का बजार्न थाले। हातमा फलामे पाइप समातेको थिएँ मैले। वसिरलाई रोक्न नसकेपछि मैले पाइपले उनको टाउकोमा हिर्काएँ।’

टाउकोमा चोट लागेका ती पाकिस्तानीलाई अस्पताल भर्ना गरियो। १५ दिनपछि उनको अस्पतालमै मृत्यु भयो। कम्पनीले समेत मृत्युको कारण उमेश नै भएको ठहर गर्दै प्रहरीलाई रिपोर्ट बुझायो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्रियो र अदालतमा मुद्दा चलायो। साउदीको कानुनअनुसार हत्याको सजायस्वरुप उनले मृत्युदण्ड पाउने निश्चित थियो।

अर्कातिर, कानुनअनुसार पीडित परिवारको माफी दिए र ब्लडमनी तिर्न सके उनी मृत्युदण्डबाट बच्न पनि सक्थे। त्यही झिनो आशामा नेपाली दूतावासको सहारामा उमेशले वसिरका परिवारसँग सम्पर्क गरे। आफ्नो परिवारको सदस्यको हत्या गरेको भन्दै सुरुमा वसिरको परिवारले उनीसँग कुरा गर्न मानेन। तर, पछि उमेशले साउदीमै काम गर्ने अर्का पाकिस्तानी साथीलाई फोन गर्न लगाई माफीनामा मिलाए। तर, जब ब्लडमनीको कुरा आयो, तब, उमेशले बाँच्ने आशा नै त्यागिदिए।

‘उनीहरुले ४५ लाख मागेका थिए। त्यत्रो पैसा म कहाँबाट तिर्न सक्नु?’ बुधबारमात्रै साढे १३ वर्षको जेल सजाय काटेर नेपाल फर्केका उमेशले आफ्नो कहानी सुनाए, ‘साउदी जाँदा त ऋण काढेको थिएँ। मेरो त बाँच्ने आशै मर्‍यो।’

मुद्दा अदालतमै थियो। सुरुमा परिवारलाई चिन्ता हुन्छ भनेर उमेशले घरमा केही भनेका थिएनन्। तर विस्तारै सबैथोक बताए। ऋण काढेको पैसा जग्गा बेचेर तिरिदिन भने। ‘के कुरा गर्ने, कहाँबाट कुरा गर्ने निकै गाह्रो हुन्थ्यो। कुरा गरेपछि चिन्ता हुन्छ भनेर म निकै कम कुरा गर्थेँ,’ उनले सुनाए।

जेलभित्रका दिन कम्ता पीडादायी थिएनन्। ‘खिचडीजस्तै देखिने नुन र मसलाबिनाको खोले खान दिइन्थ्यो। चार जना सुत्नलाई एउटा खाट दिइएको थियो। जसमा पालैपालो सुत्नुपर्थ्यो,’ उनले निधारभरि मच्छरलेका टोकेर बनेका काला थेग्ला मुसार्दै उनले भने।

614A6541.jpg

मनकारी सरोज, जो झुठो समाचार पढेर उमेश खोजी गर्न थाले
सामाजिक अभियानमा सक्रिय सरोज रायले २०१८ को फेब्रुअरीमा जनकपुरको स्थानीय पत्रिकामा पहिलोपटक उमेशको समाचार पढेका थिए। समाचारमा ७० लाख ब्लड मनी नतिरे उमेशको तीन दिनमा घाँटी काटेर मृत्युदण्ड दिइने लेखिएको थियो।

एक नेपालीको घाँटी काटिने कुराले सरोज झस्किए। उमेशबारे बुझ्न गुगल गर्ने क्रममा उनले २०१२ मा साउदीका लागि तत्कालीन नेपाली राजदूत उदयराज पाण्डेको भनाइसहितको समाचार फेला पारे। उदयराजको भनाइ उधृत गर्दै लेखिएको थियो, ‘पाकिस्तानी परिवारले उमेशलाई माफीनामा दिइसकेका छन्।’

माफी दिइसकेको भए स्थानीय पत्रिकाले तीन दिनपछि मृत्युदण्डको सजाय दिने भनेर कसरी लेख्यो? सरोज यसबारे रुची लिन थाले।

विस्तृत कुरा बुझ्न सरोजले तत्कालीन राजदूत पाण्डेलाई नै काठमाडौं आएर भेटे। ‘स्थानीय पत्रिकामा आएको त्यो समाचार सत्य होइन। मृतक पाकिस्तानी परिवारकहाँ हामी पुगेका थियौं। उहाँ(उमेश र पाकिस्तानी)हरुको बीचमा ब्लड मनीका विषयमा कुरा नमिलेपछि हामी पछि हट्यौँ,’ पाण्डेले उनलाई भनेका थिए। त्यसपछिको विवरण पाण्डेलाई थाहा थिएन।

उमेशका बारेमा थप जानकारी लिन सरोज परराष्ट्र मन्त्रालय पुगे। तर, चित्तबुझ्दो जवाफ आएन। त्यसपछि उनले सीधै साउदी दूतावासमा सम्पर्क गरे। दूतावासले उमेशलाई बचाउन हरसम्भव प्रयास गरेको, राजासँग समेत यसबारे छलफल गरेको बतायो। तर, पछिल्लो अवस्था के छ, जानकारी दिएन।

त्यसपछि उमेशको मुद्दामा के कस्ता कानुनी व्यवस्था छन् भनेर सरोजले जानकारी लिन थाले। उनलाई परिवारले दिने माफीनामा र ब्लडमनीको व्यवस्थाबारे थाहा भयो।

यसबीच सरोजको उमेश र उनको परिवारसँग पनि कुराकानी पनि भइरहेको थियो। परिवारकै माध्यमबाट उमेशसँग फोनमा कुरा हुन्थ्यो।

‘पहिलोपटक उमेशसँग कुराकानी भएपछि उनलाई मृत्युदण्डको सजाय दिने भन्ने कुरा उठेकै थिएन। मैले स्थानीय पत्रिकामा पढेको समाचार झुठो निस्कियो। ७० लाख ब्लड मनीको कुरा पनि झुठो थियो। त्यस बेलासम्म ११ वर्ष जेल र ११ सयपटक कोरा हान्ने र देश निकाला गर्ने सजाएमात्रै उमेशलाई सुनाइएको थियो। साउदी जेलमा उमेशले त्यही भुक्तान गरिरहेका थिए। यदि ब्लडमनी र माफीको कागज ल्याउन नसकेँ उनलाई ढिलोचाडोँ मृत्युदण्ड हुने निश्चित थियो,’ सरोजले सुनाए।

पाकिस्तानमा मृतकका परिवारलाई भेटर ब्लडमनीमा मनाउन सकिए उमेशलाई बचाउन सकिने सरोजलाई आशा जाग्यो। र, उनले ‘उमेश जोगाउ अभियान’ सुरु गरे।

84068760_1031463867230391_1193475934435409920_n.jpg
पाकिस्तानमा मृतक वसिरको परिवारसँग सरोज

त्यही अभियानका लागि पाकिस्तान जान लागेको भनेपछि उमेशलाई सुरुमा पाकिस्तानको दूतावासले भिसा नै दिएन। उमेश बचाउ अभियानमा जान लागेको पत्र सरकारी निकायबाट लिएर आउन भनियो। सरोजले परराष्ट्र मन्त्रालयमा कुराकानी गरेर पत्र बनाए। त्यसपछि मात्र उनले भिसा पाए।

पाकिस्तानमा नेपाली दूतावासले उनलाई एक जना सहयोगी दियो। ती सहयोगी र स्थानीय वकिलको सहायतामा सरोज फैसलावादमा रहेको मृतक वसिरको घरमा पुगे।

वसिरका कुनै सन्तान रहेनछन्। उनकी श्रीमतीको पनि अर्कैसँग बिहे भइसकेको रहेछ। परिवारका ६ दाजुभाइ रहेछन्। तीमध्ये वसिरको उमेशसँगको झगडामा मृत्यु भएको थियो।

‘सुरुमा परिवारले मलाई उमेशकै आफन्त सम्झेर तिमीहरुले हाम्रो भाइ मार्यौ भनेर आक्रोश पोखे। तर, मैले आफू अभियान्तामात्रै भएको बताएँ। उनीहरुसँग सम्पूर्ण नेपालीका तर्फबाट माफी मागेँ। त्यसपछि ब्लडमनीको कुरा अघि बढ्यो,’ उनले भने।

यसरी जुट्यो १५ दिनमा ४४ लाख
सुरुमा वसिरको परिवारले ७०–८० लाख मागेको थियो। तर, सरोजले उमेशको परिवार निकै गरिब रहेको र आफूहरुले अभियानमार्फत पैसा उठाउन लागेको उनले बताए। बार्गेनिङ हुँदै गयो। साथमा रहेका वकिलले पनि पाकिस्तानमा ३० लाखकै हाराहारीमा ब्लडमनीको व्यवस्था रहेको कानुनी जानकारी उनीहरुलाई दिए। अन्त्यमा वसिरको परिवार ३० लाख रुपैयाँ लिन सहमत भयो।

सरोजले ४५ दिनभित्र ३० लाख रुपैयाँ दिने र परिवारले ब्लडमनी बुझेर माफी दिएको कागज बनाइदिने सहमति भयो। उनीहरुलाई विश्वासमा लिन सहमतिबाट पछि हटे अन्तर्राष्ट्रिय कानुन लाग्ने सर्त पनि राखियो।

82777562_178196520084694_2063072014326824960_n.jpg
परराष्ट मन्त्रालयमार्फत पाकिस्तानस्थित नेपाली राजदूतावासलाई ३० लाख रुपैयाँ बुझाउँदै सरोज

सरोजले ४५ दिनमा ३० लाख रुपैयाँ जुटाउने आँट कसरी गरे त? ‘मैले ब्लडमनीका ३० लाख दान संकलन गरौं भन्ने अभियान पाकिस्तानबाटै सामाजिक सञ्जालमा लाइभ गरेर सुरु गरेँ। पाकिस्तानी परिवारले ४५ दिनको समय दिएपनि मैले फटाफट सहयोग उठाउने उदेश्यले १५ दिनको समयमात्रै भएको जनाएँ,’ उनले भने।

त्यहीबीच सरोजले उमेशलाई पनि साउदीबाट भिडियो बनाएर सहयोग आह्वान गर्न भने। उमेशले पनि लुकिछिपी दुई पटक सहयोगको अपीलसहितको भिडियो सार्वजनिक गरे।

‘सरोजले पाकिस्तान नै पुगेर पहल गरेपछि बाँच्ने आशा फर्कियो,’ उमेश सम्झन्छन्, ‘म पनि परिवारसँग रमाउन चाहान्छु। मेरा पनि दुई बालबच्चा छन्। सबैले सहयोग गरेर ब्लडमनी तिर्न सकियो भने यहाँबाट निस्कन्छु भन्ने अपिलसहितको भिडियो सार्वजनिक गरेँ। धेरैले लाइभ हेरेका थिए।’

उमेशको भावुक भिडियो र सरोजले पाकिस्तान पुगेर गरेको पहलले पैसा उठ्ने माहौल बन्यो। देश–विदेशबाट दाताहरुले १५ दिनभित्र ४४ लाख जम्मा गरिदिए।

‘सहयोगका लागि यति फोन आउथेँ कि म त्यो अवधिमा राम्ररी निदाउन पनि सकिनँ,’ सरोज भन्छन्, ‘नेपालमा रात हुँदा अमेरिका, अष्ट्रेलियामा दिन हुन्थ्यो। त्यतिबेला उताबाट तरन्तर फोन आउँथे। उनीहरुलाई घटना अपटेडको गराउन र सहयोगको प्रक्रिया बताउँदैमा रात बित्थ्यो।’

मृत्युदण्डको आदेश
सरोजले पाकिस्तानी परिवारलाई दिने ३० लाख रुपैयाँ नेपालको परराष्ट्रमन्त्रालय मार्फत पाकिस्तानमा रहेको नेपाली दूतावासमा पठाए।

त्यहीबीच अर्को खबर आयो। सन् २०१८ को मे १५ का दिन उमेशलाई मृत्युदण्ड दिइने भन्दै साउदीको अदालतले घोषणा गर्‍यो। नेपाली दूतावासले पनि त्यही कुरा सम्प्रेषित गर्दै विज्ञप्ति जारी गर्‍यो।

614A6629.jpg
उमेश र सरोज

उमेश बचाउने अभियानमा लागेका सरोजका लागि यो एकदमै निराशाजनक समाचार थियो। त्यसलाई विस्तृतमा हेर्दा सरोजले आशाको किरण भेट्टाए। अदालतले पीडित परिवारबाट आममाफी नआएको र ब्लडमनी पनि नतिरेको भन्दै उमेशलाई सजाय सुनाएको थियो। त्यसमा उमेशलाई एक महिनाको अपिलको समय समेत दिइएको थियो।

सरोजले अहिलेसम्म गरेका सम्पूर्ण कामका कागजात अदालतमा नपुगेका कारण त्यसो भएको हुनसक्ने ठाने र साउदी जान कस्सिए। मे १४ अर्थात् मृत्युदण्ड दिने घोषणा भएको भन्दा अघिल्लो दिन सरोज साउदी पुगे। त्यहाँ दूतावासकै सहयोगमा उसैको गाडी लिएर ५ घण्टाको यात्रापछि उमेशको मुद्दामा सुनुवाइ गरिरहेको जुबेलस्थित अदालत पुगे।

‘जुबेल पुग्दा दिनको २ बजिसकेकाले न्यायाधीशसँग भेट हुन पाएन,’ सरोज भन्छन्, ‘मृत्युदण्ड दिने दिन (मे १५) मै हामीले न्यायाधीशलाई भेट्यौं। मैले पाकिस्तानी परिवारसँग गरेको कुराकानीको भिडियो उहाँलाई दिएँ। सहमतिको सबै कुरा देखाएँ। त्यही सहमति भएको कागज नपुगेकै कारण तिनै न्यायाधीशले उमेशलाई मृत्युदण्डको फैसला सुनाएका थिए। सबैकुरा हेरेपछि कागजी प्रक्रिया पूरा गर्न भन्दै न्यायाधीशले त्यसदिन तोकिएको मृत्युदण्ड रोकिदिए।’

त्यसदिन न्यायाधीशसँग भएको ४५ मिनेट लामो अन्तक्र्रियाले उमेशलाई मृत्युदण्डबाट बचाउन ठूलो भूमिका खेलेको सरोज मान्छन्। न्यायाधीशलाई त्यसबेला कन्भिन्स गराउन सकिएकोमा सरोजको आशा बढेको थियो। त्यही कुरा सुनाउन सरोज पहिलोपटक उमेशलाई प्रत्यक्ष भेट्न जेल गए। आफू आफन्त भएको र उमेशलाई भेट्न आएको बताए। त्यसबेला जेलरले ‘तिमीहरुले १२ वर्षपछि फुर्सद पायौ?’ भनेको वाक्यले अहिलेपनि सरोजलाई बिझाइरहन्छ।

अनि टर्‍यो मृत्युदण्ड
सरोजले न्यायाधीशलाई दिएको भिडियो र कागजातका आधारमा २०१९ को फेब्रुअरी १० मा अदालतले मृत्युदण्ड माफी भएको र पुरानै (११ वर्ष कैद र ११ सय कोर्रा) फैसला कार्यान्वयन गर्ने फैसला सुनायो। साथमा अदालतले सम्पूर्ण कागजी प्रक्रिया पनि पूरा गर्न भन्यो।

कागजी प्रक्रियाहरु पूरा गर्न सरोज पुनः पाकिस्तान उडे। पाकिस्तानी परिवारलाई दिने ३० लाख रकम यसअघि नै परराष्ट्रबाट पाकिस्तानको दूतावासमा पठाइसकिएको थियो। वकिलसहित उक्त रकम लिएर पाकिस्तानी परिवारको घर गएका सरोजले पैसा बुझाए र माफीपत्र बनाए।

साउदी अदालतले पैसा पाएको व्यक्ति मृतक वसिरकै परिवारका हुन् भनेर पुष्टि गर्न सरकारी कागज चाह्यो। रकम पाएका व्यक्तिहरु मृतककै आफन्त हुन् भन्ने जाँझबुझमा फैसलावादको स्थानीय अदालतले ४५ दिन लगायो। अन्तिममा गत डिसेम्बरमा साउदी अदालतले मागेका माफी पत्र र ब्लडमनी बुझेको पत्र सरोजको हातमा आइपुग्यो।

614A6616.jpg

लगत्तै उनले परराष्ट्र मन्त्रालय हुँदै सबै कागजात साउदी पठाए। त्यसकै आधारमा मंगलबार उमेश जेलबाट छुटे। प्रहरीले उनलाई विमानस्थल पुर्‍याइदियो र हिमालय एयरलाइन्स चढेर उमेश बुधबार बिहान साढे १३ वर्षपछि जन्मभूमि ओर्लिए।

‘सरोजले पहल गरेदेखि नै बाँचेर घर फर्कन पाउने आशा पलाएको थियो,’ नेपाल ओर्लिएको केही घण्टामै नेपालखबरसँग उमेशले भने, ‘साउदी विमानस्थलमा पुलिसले पुर्‍याइदिएपछि मन ढुक्क भयो।’
‘अब परिवार, मम्मी, दाजुभाइको साथमा हुन्छु भन्ने लाग्यो,’ भावुक मुद्रामा उनले थपे, ‘मलाई बचाउन जहाँजहाँबाट जजसले सहयोग गर्नुभयो, सबैप्रति मेहरबान छु।’

घर पुगेपछि व्यवसाय गर्ने उनको सोच छ। ‘एकपटक विदेश गएर ठक्कर खाइसकेँ। घर, जमिन जोड्छु भन्ने सोचेको थिएँ। तर, अहिले हातमा के आयो र? अब यतै केही व्यवसाय गरेर बस्छु,’ उनले भने।

उमेशलाई मृत्युदण्डबाट जोगाएर नेपाल ल्याउन सफल सरोज विमानस्थलमा उमेशका गतिविधि नियालिरहेका थिए। ‘१४ वर्षपछि आफ्नो भूमिमा फर्किन पाउँदा उमेशका आँखामा जुन खुसी देखेँ, म त्यसैमा सन्तुष्ट छु,’ सरोजले भने।

जेलका साथीलाई छुटाउने चाहना
साउदीको जेलमा उमेशले १३ वर्ष विवेक दाहालसँग बिताए। दाहाल उनीभन्दा ८ महिनाअघि एक नेपालीको हत्यामा जेल परेका हुन्।

तर, विवेकको भनाइ उधृत गर्दै त्यो दुर्घटनावश भएको सरोज बताउँछन्। विवेक कतारमा काम गर्थे। मृतक व्यक्तिले ड्राइभिङको काम भनेर उनलाई साउदी बोलाएका थिए। तर, साउदीमा विवेकलाई ऊँट चराउने काममा लगाइयो। त्यहाँ ती व्यक्ति र एक जना सुडानीले जहिले पनि विवेकलाई पेल्थे। एक दिन झगडाका क्रममा ती नेपालीको मृत्यु भयो। विवेकले पनि आफ्नै हातबाट मृत्यु भएको स्वीकारेका छन्।

614A6625.jpg

मृतकका आफन्तले सरोजलाई अख्तियारनामा दिएर विवेकलाई छुटाउन भनिसकेका छन्। ‘विवेकका लागि अन्तिम प्रयास गर्दैछु। परराष्ट्र मन्त्रालयबाट साउदी दूतावासलाई मलाई भिसा पठाइदिनु भनेर पत्र पनि गइसकेको छ। तर, भिसा आइसकेको छैन। म कुरिरहेको छु,’ सरोजले भने।

उमेश पनि विवेक छुटेको हेर्न चाहन्छन्। त्यसका लागि आफूले सहयोग गर्ने उनको भनाइ छ।

‘विवेकका लागि पहल गरिदिन सबैसँग अनुरोध गर्छु। जहाँ जानुपर्छ, म पनि जान्छु। ऊ मभन्दा ८ महिनाअघिदेखि जेलमा छ। आवश्यक कागजात नपुगेर समस्या छ। कागजात पुगेपछि ऊ पनि दुई महिनामा आइहाल्छ। सहयोगका लागि म सबैलाई आह्वान गर्छु,’ उमेशले आफ्ना जेलका साथीबारे चिन्ता व्यक्त गरे।

‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

७ अंकले घट्याे सेयर

काठमाडाैं ।  मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको […]

विमान अपहरणको कथामा चलचित्र बन्ने

सुनको मूल्य तोलामा ५०० ले घट्यो

काठमाडौँ । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु […]

सागमा पदक विजेता एपीएफका खेलाडी पुरस्कृत

वस्तु बजार नियमावली आएको दुई वर्ष पुग्यो, ६ कम्पनीद्वारा अनुमति माग

काठमाडौं । वस्तु विनियम बजारसम्बन्धी नियमावली आएको दुई वर्ष  भइसक्दा पनि सञ्चालन अनुमति पाउन सकेको छैन । धितोपत्र बोर्डमा ६ वटा कम्पनीले सञ्चालन अनुमति मागेको आठ महिनापछि बल्ल बोर्ड छलफलमा जुटेको छ । वस्तु बजारको विकास तथा सञ्चालन लगानीकर्ताको संरक्षणका लागि भन्दै सरकारले वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४ जारी गरेको हो । सो ऐन १५ […]

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान