Home Blog Page 1399

प्रदेश १ मा राष्ट्रियसभा सदस्य लागि भएको निर्वाचन यस्तो देखियो

विराटनगर, ९ माघ । प्रदेश १ मा तीन जना उमेदवारको लागि बिहान १० देखि ४ बजे सम्म निर्वाचन हुँदैछ । निर्वाचन विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा भइरहेको छ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गरिरहेका छन् । स्थानीय तहको २ सय ७४ मत रहेको छ । त्यसैगरी प्रदेशसभा सदस्यको ९३ मत रहेको छ ।

विराटनगरको सभागृहमा भएको निर्वाचनमा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई , सभामुख प्रदिपकुमार भण्डारी , उपसभामुख सरस्वती पोखरेले , मन्त्रीहरु हिक्मत कार्की , जगदीश कुसैत , जिबन घिमिरे , ईन्द्र आंग्बो राज्य मन्त्री , जसमाया गजमेर , बिजय बिश्वास , राम राना , अम्बिरबाबु गुरुग सहित सत्ताधारी नेकपा र म्ुख्य प्रतिपक्षी प्रतिपक्षी दलका नेता राजिव कोइराला , सचेतक सुयर्माराज राई लगायतले मतदान गरेका छन । मतदान अपरान्ह्र ४ बजेसम्म हुनेछ ।

फोटो , यज्ञ अधिकारी

The post प्रदेश १ मा राष्ट्रियसभा सदस्य लागि भएको निर्वाचन यस्तो देखियो appeared first on Koshi Online.

देशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना

‘ए’ डिभिजन लिगमा जावलाखेलसँग एपीएफ स्तब्ध

कतार एयरबेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँग सशस्त्र प्रहरीको एपीएफ स्तब्ध भएको छ। दशरथ रगंशालामा बिहीबार भएको खेलमा जावलाखेलले एपीएफलाई १–० ले गोल अन्तरले पाखा लगाएको हो।

खेलको ५७ औं मिनेटमा टेकेन्द्र थापा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित भएको थियो।

खेलको दोस्रो हाफमा जावलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच समेत बनेका फोफानाले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि सदुपयोग गर्न सकेनन्।

जितसँगै जावलाखेल युथ क्लव पाँचौ स्थानमा उक्लिएको छ। ३ मा जित ३ मा बराबरी गरेको जावलाखेलले २ मा हार भोगेको छ।

सुरुवाती चरणमा सामान्य प्रदर्शन गरेको एपीएफले पछिल्लो समय लय समात्न नसक्दा रेलिगेसनको खतरामा पर्ने सम्भावना छ।

५ खेलमा हार भोगेको एपीएफले २ मा बराबरी गरेको छ भने १ खेलमा मात्र जित निकालेको छ।

लिगमा शुक्रबार उपाधि दाबेदार मानिएको मनाङ मस्र्याङदी क्लव र सरस्वती युथ क्लव तथा च्यासल युथ क्लव र ब्रिगेड ब्वाईज युथ क्लवबीच खेल हुनेछ।

जनकपुरमा महिलामाथि सामूहिक बलात्कार, एक भारतीयसहित २ पक्राउ

महिला–पुरुष दुवैतर्फ एपीएफ फाइनलमा

काठमाडाैँमा जारी पाँचौ आरबीबी एनभीए पुरुष तथा महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ र हेल्प नेपाल स्र्पोटस् क्लब तथा महिलातर्फ न्यु डायमन्ड र एपीएफ भिड्ने भएका छन्।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा पुरुषतर्फ एपीएफले आर्मीलाई तथा हेल्प नेपालले पुलिसलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

महिलातर्फ न्यु डायमन्ड र एपीएफबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। न्यु डायमन्डले आर्मी र एपीएफले पुलिसलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र २५–१५ ले पाखा लगाउँदै एपीएफसँगको भेट पक्का गरेको हो।

आजै भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई २५–२२, २५–२२ र २६–२४ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
तेस्रो स्थानका लागि पुलिस र आर्मी भिड्ने छन्।

महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ र न्यु डायमन्ड क्लब उपाधिका लागि भिड्ने भएका छन्। बिहीबार भएको सेमिफाइनलमा न्यु डायमनडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफसँग भेट पक्का गरेको हो। डायमन्डले आर्मीलाई २५–१५, २५–२२ र २५–१३ ले पराजित ग¥यो।

बिहिबार नै भएको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले पाखा लगायो। तेस्रो स्थानका लागि शुक्रबार आर्मी र पुलिस भिड्नेछन्।

दुवैतर्फको फाइनल खेल शुक्रबार नै हुनेछ। फाइनल खेलअघि दुवैतर्फका तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रतियोगितामा दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागततर्फका उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउनेछन्।

म्याग्दीमा आलुले बजार पाएन

हिमालयन शेर्पालाई पराजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पालाई ३–१ को हराएको हो। थ्री स्टारको यो चौथो जित हो।

खेलको छैटौं मिनेटमा नै थ्री स्टारले सुरुवाती गोल गरेको थियो। सुशील राईको गोलमा थ्री स्टारले अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा स्टेफेनको गोलमा शेर्पाले थ्री स्टारविरुद्ध बराबरी गोल फर्काएको थियो। यद्यपी इन्जुरी समयमै थ्री स्टारका लागि सन्जोक राईले गोल गर्दा पहिलो हाफ २–१ मा टुंगिएको थियो।

संजोकको गोल जारी लिगको सयौं गोल पनि हो। जारी लिगको ५१ औं खेलमा सयौं गोल सम्भव भएको हो।

त्यसपछि खेलको ५१ औं मिनेटमा थ्री स्टारकै हम्जात गोल गर्न सफल बने। थ्री स्टारले ३–१ को अग्रता लिएपछि खेलमा अन्य कुनै गोल हुन सकेन।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ।

शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा छ।

आँखा पाक्ने रोगको प्रकोप: खैरहनीका विद्यालय थप २ दिन बिदा

प्रहरीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब, आरबीबी एनभीए महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले पाखा लगायो।

एपीएफले शुक्रबार हुने फाइनलमा न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।

बिहीबारै हुने पुरुषतर्फको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

कालापानीमा अवतरण हुन सकेन हेलिकप्टर, आकाशबाटै अवलाेकन गरेर फर्किए रक्षामन्त्री

रोनाल्डोको उत्कृष्ट लय जारी, १० खेलमा १३ गोल

क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट लय कायम राख्दै पछिल्ला १० खेलमा १३औं गोल गरेको खेलमा रोमालाई ३-१ गोलअन्तरले पराजित गर्दै यूभेन्ट्स कोप्पा इटालियनको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोर्चुगलका स्ट्राइकर रोनाल्डोले गोन्जालो हुगुइनको क्रसमा यूभेन्ट्सको खाता खोलेका थिए। पहिलो हाफमै रोड्रिडाे बेन्टाकुर र लियोनार्दो बोनुक्कीले थप दुई गोल गरे।

३४ वर्षे रोनाल्डोले २०२० मा मात्रै गरेको यो सातौं गोल हो। कोप्पा इटालियामा यो उनको पहिलो गोल हो। योसँगै उनले आफ्नो करिअरका १५ क्लब प्रतियोगिताहरुमा गोल गरेका छन्।

 

दोस्रो हाफ भने गोररहित रह्यो। रोमाका सिन्जिजको प्रहार यूभेन्ट्सका गोल रक्षक गियनलुन्गी बुफोनले बचाएका थिए। सेमिफाइनलमा यूभेन्ट्सले एसी मिलान वा टोरिनेको सामना गर्नेछ।

काठमाडौंमा विद्युतका तार जमिनमुनि बिछ्याउने काम सुरु, प्रधानमन्त्री भन्छन् : ‘अब शहर कुरुप हुँदैन’

कोरोना भाइरसबाट मर्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प

चीनमा रहस्यमय कोरोना भाइरसको प्रकोपबाट मारिने मानिसको संख्या २५ पुगेको छ। ६ सय १६ जनामा यो भाइरस देखिएको छ।

भाइरस फैलिएको एक करोड १० लाख जनसंख्या भएको वुहान सहर ठप्प पारिएको छ।

भाइरसको प्रसार रोक्न वुहानबाट ४५ माइल टाढाको हुवाङगाङ तथा इचाउ सहरमा आवतजावत र सार्वजनिक भेलामा रोक लगाइएको छ।

तीनै सहरमा करिब २ करोड मानिस बस्छन्।

यी सहरमा रेललगायत यातायातको साधन बन्द गरिएको छ। भाइरसको प्रकोप रोक्न चिनियाँ अधिकारीहरुले जोडबल लगाइरहेका छन्।

चीनबाहेक अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन्। एजेन्सी

मुख्यमन्त्रीले रक्सी पिएको भिडियोबारे स्पष्टिकरण

जेरुसलेममा फ्रान्सेली राष्ट्रपतिले इजरायली प्रहरीलाई झपारे (भिडियो)

बिहीबार म्याक्रो जेरुसलेमस्थित फ्रान्सले निर्माण गरेको चर्चमा भ्रमण गर्न गएका थिए।

तत्कालिन नाजी सरकारले हत्या गरेको मानिसहरुको सम्झनामा सेन्ट एनी चर्चमा प्रार्थनाको आयोजना गरिएको थियो।

उक्त चर्च फ्रान्सको भूमि भएको बताइन्छ। चर्चमा पसिरहँदा इजरायलका प्रहरीले उनको भिडियो खिचेपछि म्याक्रोंले ती प्रहरीलाई झपारेको सीएनएनले जनाएको छ।

प्रहरीले म्याक्रोंलाई पछ्याउँदै चर्चमा पसेर भिडियो खिचेपछि म्याक्रों रुष्ट बनेका थिए।

म्याक्रोंले ‘बाहिर निस्क’ भन्दै प्रहरीलाई कराएका थिए। म्याक्रोले भनेका छन्,‘नियम सबैलाई थाहा छ। तिमीले मेरो अगाडि जे गर्यौ त्यो मलाई मन परेन। बाहिर निस्क।’

उक्त १२ औं शताब्दीको रोमन क्याथोलिक चर्च सन् १८५६ मा सुल्तान ओटोमानले नेपोलियन तेस्रोलाई उपहार दिएका थिए। यसकारण इजरायलमा भएपनि उक्त चर्च फ्रान्सको सम्पति भएको बताइन्छ। एजेन्सी

(भिडियो)

 

सप्तरीमा आयोजित धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जना भारतीयको मृत्यु

दीपक मनाङे पक्राउ

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेका प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्।

बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले उनलाई लेकसाइडबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पु¥याइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरी प्रदेश सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले मंगलबार गुरुङलाई कुटेका थिए।

भारतीय महिला लिग खेलेर साम्बा र अनिता स्वदेश फर्किए

विश्व स्वास्थ्य संगठन भन्छः भेपिङ गर्भको शिशुका लागि हानिकारक

साथै भेपिङको प्रयोगले किशोर किशोरीको मस्तिष्क विकासमा असर गर्ने पनि डब्लूएचओले जनाएको छ।

हाल अमेरिका लगायत विश्वका प्रमुख शहरमा भेपिङ प्रतिबन्ध गरिएको छ। इसिगरेटको माध्यमबाट धुँवा तान्ने र फ्याँक्ने कार्यलाई भेपिङ भनिन्छ।

विभिन्न स्वादमा भेपिङका केमिकलहरु पाइन्छन्। भेपिङ गर्दा धेरै धुँवाहरु निस्कने भएकाले त्यसले गर्भको शिशुमा असर गर्ने बताइएको छ। एजेन्सी

उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन