Home Blog Page 1406

मलेसिया-११ माथि नेपालको १७२ रनको फराकिलो जित

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले दोस्रो एक दिवसीय अभ्यास खेलमा मलेसिया–११ लाई १ सय ७२ रनकाे फराकिलो अन्तरले  जित हात पारेकाे छ।

क्यान–११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय १८ रनमा समेटियो। मलेसियाको ओपनर भूषण सेभले २४, विरनदीप सिंहले २३, सैद अजिजले २८ र अहमद फैजले १९ रन जोड्न बाहेक अन्यले दोहोरो अंक जोडन सकेनन्।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर किशोर महतोले ७.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सरार्फको नाममा १–१ विकेट रह्यो।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रनको योगफल तयार पारेको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्कासहित ५७ रन जोडे भने सुनिल धमला २४ रनमा क्याच आउट भए। ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौकासहित ४८ रनमा बोल्ड आउट भए। कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए।

लोकेश बमले ३४, विनोद भण्डारीले २१, पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे।

मलेसिया ११ का अनवार रहमान र नाजरिल रहमानले समान २ विकेट लिए। मोहम्मद आरिफ र शब्रिनको नाममा १–१ विकेट रह्यो। यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा क्यान–११ ले मलेसिया–११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाली टोलीले मलेसिया–११ सँग थप एक अभ्यास खेल खेल्नेछ।

मलेसिया–११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसीय अभ्यास खेलको ब्यवस्था मिलाएको हो।

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

नेपाल र ओमानसँग आइसीसी विश्वकप लिग–२ खेल्न अमेरिकाले घोषणा गर्‍यो टोली

नेपाल र ओमानसँग प्रतिस्पर्धा गर्नका लागि अमेरिकाले आफ्नो टोली घोषणा गरेको हो।

आगामी २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि सोमबार सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिएको छ।

अमेरिकाको टोलीमा दक्षिण अफ्रिकाबाट एक दिवसिय र टि ट्वान्टी आई खेलिसकेका तीब्र गतिका बलर रस्टी थेरन र वेस्ट इन्डिजका पूर्व ओपनर जेवियर मार्शल समावेश छन्।

यो टोली निकै बलियो छ। अमेरिकाको टोलीमा कप्तान सौरभ नेत्रवलकर, स्टिभ टेलर, करिमा गोर, इयान हल्यान्ड, अक्षय होमराज, एल्मोर हचिन्सन, आरोन जोन्स, नास्तुश केन्जोगे, जेवियर मार्शल, मोनन्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टीभेन्सन र रस्टी थेरन छन्।

 टोलीको तयारीका लागि अमेरिकाको टोली शुक्रबार भारत प्रस्थान गर्ने छ। अमेरिका क्रिकेट बोर्डका अनुसार मुम्बई क्रिकेट एसोसिएसन–११ सँग तीन एक दिवसिय अभ्यास खेलेपछि टोली नेपाल आउने छ। सचिन तेन्दुलर जिमखान मैदानमा हुने अभ्यास खेलको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र मुम्बई क्रिकेट बोर्डले स्वीकृती दिई सकेको अमेरिकाले जनाएको छ।

नेपाल बाहेक ६ टोलीले विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलिसक्दा अमेरिका शीर्ष स्थानमा छ।

अमेरिका ८ खेलमा ६ मा जित निकालेर शीर्ष स्थानमा छ। ४ खेलमा जित र ३ मा हार सहित स्कटल्यान्ड दोस्रो स्थानमा छ।

यस्तै ४ मा जित र ३ मा हार सहित नामिबिया तेस्रो स्थानमा छ। ओमान ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ। पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै छैठौं स्थानमा छ।

कुनैपनि खेल नखेलेको नेपाल अंकतालिकको पुछारमा छ।

त्रिकोणात्मक सिरिजमा अमेरिकाको खेल तालिका

माघ २३ गते– अमेरिका भर्सेस ओमान

माघ २५ गते– नेपाल भर्सेस अमेरिका

माघ २८ गते – अमेरिका भर्सेस ओमान

माघ २९ गते – नेपाल भर्सेस अमेरिका

वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने

आइ लिग खेल्न साम्बा र अनिता भारत प्रस्थान

राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले यो पटक पनि भारतको शीर्ष डिभिजनको महिला लिग खेल्न भारत गएका हुन्।

गत संस्करण सेथु एफसीलाई च्याम्पियन बनाउन मद्दत गरेका यी दुई नेपाली खेलाडीले यो पटक भने फरक क्लबबाट खेल्नेछन्।

यो संस्करण अनिता सेथु एफसीमा र साम्बा गोकुलममा अनुबन्ध भएकी छिन्।

यसपटक साम्बालाई धेरै क्लबबाट प्रस्ताव आएको थियो। साम्बा भन्छिन्,‘धेरै क्लवबाट प्रस्ताव आएको थियो तर मैले गोकुलम रोजे।’

साम्बालाई गत संस्करण पनि गोकुलमले प्रस्ताव गरेको थियो। उनीहरुलाई टोलीले कति रकममा अनुबन्ध गरेको छ भनेर दुबैले खुलाएका छैनन्।

प्रतिष्ठित आई लिग जनवरी २४ बाट सुरु हुँदैछ। लिगमा सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। राउण्ड रोविनपछि २ समुहका शिर्ष २ टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्।

नेपालका लागि अन्तर्राष्ट्यि फुटबलमा पहिलोपटक व्यवसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो महिला खेलाडी हुन्।

यस अघि अनिता र सावित्राले माल्दिभ्सको फुटसल लिग पनि खेलेका थिए। गत संस्करण सेथु एफसीले ईन्डियन वुमन लिगको उपाधि उचालेका थियो।

भारतको लुथियानास्थित गुरु नानक स्टेडियममा भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि हात पारेको थियो। फाइनलमा नेपाली साम्बाले २ गोल गरेकी थिइन्।

त्यसबेला प्रतियोगिताको ६ खेलमा पहिलो रोजाईमा मैदान उत्रेकी साम्बाले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिईन्। भारतमा उनले निकै चर्चा कमाएकी थिइन्।

त्यसबेला एक खेलमा पहिलो रोजाईमा मैदान प्रवेश गरेकी अनिता बस्नेतको नाममा भने १ गोल रह्यो। लिगको नियमअनुसार एक खेलमा १ जना विदेशी खेलाडी मात्र खेलाउन पाउने नियम अनुसार कम मौका पाएकी अनिताले मैदानमा कम उत्रने अवसर पाएकी थिइन्।

भारतीय फुटबल महासंघले सन् २०१६ बाट इन्डियन महिला लिग आयोजना गर्दै आएको छ।

नावरलाई खुसी पार्न नयाँ र प्रविधियुक्त घर

दिलीपको नाममा प्रतिष्ठान गठन, पूर्वराष्ट्रपति यादवको उपस्थितिमा १ हजार बिरुवा रोपियो

अवैध खोला दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका ओम प्रकाश भनिने दिलीपकुमार महतोको १३ औँ दिनको पुण्यतिथिमा चुरे क्षेत्रमा वृक्षरोपण गरिएको छ।

धनुषाको मिथिला नगरपालिका ५ विश्रामपुरको चुरे क्षेत्र औरही नदीको किनारमा पाखैर, मलेसियन सखुवा, अमला, सखसाल प्रजातिका एक हजार वटा विरुवा पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा रोपिएको हो।

पर्यावरणकै बचाउको क्रममा दिलीपको हत्या भएकाले उनको अभियानलाई निरन्तरता दिने उद्देश्य अनुसार वृक्षरोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले बताए।

82433203_477805143158913_2290168392922955776_n.jpg

यस्तै दिलीपको नाममा सहिद ओमप्रकाश पर्यावरण संरक्षण प्रतिष्ठान गठन गरिएको छ। स्थानीय संगम महतोको संयोजकत्वमा प्रतिष्ठानको ५ सदस्य तदर्थ समिति गठन गरिएको हो। समितिका सदस्यहरुमा पशुपति महतो, लक्ष्मी महतो, सुरेन्द्र महतो र वीरेन्द्र महतो छन्।

यस्तै प्रतिष्ठानको सल्लाहकार परिषद् समेत गठन गरिएको छ। समाजिक अभियन्ता तथा प्रदेश २ का समाजवादी पार्टीका सांसद रामआशिष यादवको संयोजकत्वमा ५ सदस्य प्रतिष्ठान सल्लाहकार परिषद् गठन भएको अध्यक्ष शर्माले जानकारी दिए। सल्लाहकार परिषदको सदस्यहरुमा सरसफाइ तथा पर्यावरण बचाउ अभियन्ता सुरेश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, पत्रकार राजकरण महतो र स्थानीय महेन्द्र महतो छन्।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षका दिलीपको घर नजिकैको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न जाँदा गएको पुस २५ गते बिहान हत्या गरिएको थियो।

83255391_109078293854520_9104092505757974528_n.jpg

दिलीपको अभियानलाई निरन्तरता दिनुपर्छः पूर्वराष्ट्रपति यादव
वृक्षरोपण तथा श्रद्धाञ्जली कार्यक्रमको उदघाटन गर्दै पूर्वराष्ट्रपति यादवले पर्यावरण संरक्षणका लागि दिलीप महतोको अभियानलाई निरन्तरता दिनुपर्ने बताए। चुरे फडानी तथा अवैध दोहनविरुद्ध सचेत नागरिक अगाडि आउनु पर्ने बताउँदै यादवले अगामी दिनमा दिलीपकोजस्तो घटना हुन नदिन तीनै तहका सरकारसंग आग्रह गरे।

अवैध उत्खनन् तथा चुरे विनाशले अन्नको भण्डार मानिने तराई मधेश मरुभूमि बनिरहेकोमा भन्दै उनले चिन्ता व्यक्त गरे।

83255391_109078293854520_9104092505757974528_n_1.jpg

‘समयमै चुरे र अवैध दोहनतर्फ सबै गम्भीर हुनुपर्छ। नभए अतिवृष्टि, अनावृष्टि, सुख्खा जस्तो प्रकोप आउन धेरै दिन लाग्दैन,’ राष्ट्रपति यादवले भने ‘ दिनानुदिन पानीको सतह घट्नु, समयमा वर्ष नहुनु, खडेरी पर्नु जस्ता कारण यसैको संकेत हो। यसबाट बच्न हामी सबै पर्यावरण संरक्षणमा लाग्नुपर्छ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव, प्रदेश सांसद रामआशिष यादव, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदव बनरैत यादव, मिथिला नगरपालिकाकी नगर उपप्रमुख तारा लामा बस्नेत लगायतले दिलीपको योगदान समाजले सदैव स्मरण गरिरहने बताउँदै उनलाई पर्यावरण शहिद घोषणा गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रमको अध्यक्षता दिलीपका बुबा रामजीवन महतोले गरेका थिए।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी

मनाङे भन्छन् : ठूलो कुरो गर्‍यो, हान्दिएँ

गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेबाट कुटाइ खाएका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सांसदको मर्यादा राखेर आफूले सहेको बताएका छन्।

‘मनाङबाट पहिले नै खेलाडी आएको कुरा हामीसँग सरोकार हुँदैन। खेलभन्दा अघिल्लो दिनदेखि सुविधा दिने हो, वहाँहरु ५ दिनअघि नै आउनुभएछ। त्यहीबेलादेखि होटल र ग्राउन्ड माग्नुभयो,’ उनले भने, ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो। सांसदको मर्यादा राखेर मैले केही बोलिनँ।’

मंगलबार मनाङेले पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटनका अवसरमा मञ्चमै गुरुङमाथि मुक्का हानेका थिए।

मनाङेले पनि आफूले कुटपिट गरेको स्वीकारे। ‘प्लेयर आएको धेरै भइसक्यो । ग्राउन्ड पनि छैन। खानेबस्ने ठाउँ पनि छैन। मैले किन नदिएको भनेर सोधेको हुँ। तर ठूलो कुरा गर्‍यो,’ उनी भन्छन्, ‘गलत गरेपछि मैले झापड हानेको हुँ। प्रदेशकै गौरवको प्रतियोगिता रंगशालामा गर्न छोडेर भण्डारढिक किन लगियो?’

पर्यटनको विकासका लागि पोखराको एकीकृत गुरुयोजना

 दीपक मनाङेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात

गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई पिटेका छन्।

पोखराको भण्डारढिक रंगशालामा मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा मनाङेलाई आफूमाथि मुक्का र लात्ती प्रहार गरेको अध्यक्ष गुरुङले बताए।

प्रतियोगितामा सहभागी हुन आएको मनाङको फुटबल टोलीलाई आयोजकले खानेबस्ने व्यवस्था नगरेको मनाङेको आरोप छ। आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश लिग समितिका कोषाध्यक्ष हुन् गुरुङ।

चारपाँच दिनअघिदेखि आएको टोलीलाई खानबस्न दिन नसकिने बताउँदा आफूलाई मनाङेले पिटेको गुरुङले बताए।

गुरुङविरुद्ध मंगलबार नै क्रियटिभ पोखरा अवार्डका सञ्चालक रामकृष्ण पौडेलमाथि हातपात गरेको आरोपमा उजुरी दर्ता भएको छ।

आइतबार गुरुङले उनीमाथि हातपात गरेका थिए।

दिलीप हत्याकाण्ड : धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे ३ अभियुक्त, किन?

धादिङको मैदीमा मिनिट्रक दुर्घटना, ६ जनाको मृत्यु

धादिङको मैदीमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई जनाकारी गराए अनुसार ज्वालामुखी गाउँपालिकामा रहेको तीर्थस्थल ढोला मण्डली आएको मिनिट्रक नीलकण्ठ नगरपालिका ८ मैदीमा दुर्घटना भएको हो।

 ग १ ख ८०१२ नम्बरको सो मिनिट्रकमा नीलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयबासी सवार थिए।

ट्रकमा करिब ४५ जना सवार रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको उद्दार भइरहेको छ।

 

नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति

भूषण दाहालले लिन नपाएका ती दुई अन्तर्वार्ता

राजनीतिक टक शो सञ्चालनको उदेश्यसहित भूषण दाहालले सन् २००३ मा ‘फायर साइड’को अवधारणा ल्याएका थिए। नेपाली राजनीतिको उतारचढावले फायर साइडका पात्रहरु निर्धारण गर्थ्यो। यो कार्यक्रममा कसैले स्थान पाउनुको अर्थ थियो, यसबेला नेपाली राजनीतिमा सो पात्रको भूमिका अहम् छ।

फायर साइडलाई भूषणले नेपाली टेलिभिजनमा सबैभन्दा लामो समय चलेका कार्यक्रममध्ये एक बनाए।कार्यक्रमलाई १८ वर्षसम्म निरन्तरता दिएका उनले अघिल्लो हप्ता कान्तिपुर टेलिभिजनको सहायक महाप्रबन्धक पदबाट राजीनामा दिएसँगै तत्कालका लागि फायर साइडसँगको यात्रा टुंग्गाए।

प्रस्तोताका रुपमा ७ सयभन्दा बढी एपिसोडमा उनले विभिन्न पात्रहरुबाट नेपाली राजनीति र समाजको गाँठो फुकाउने उत्तर खोजे। केही पात्रहरुसँग दोहोर्‍याइ–तेहेर्‍याइ संवाद गरे। फायर साइडमा पहिलो पटक उनले सूर्यबहादुर थापाको अन्तर्वार्ता लिएका थिए। गतसाता कानुनविद् विपीन अधिकारीको अन्तर्वार्ता यो शृंखलाको अन्तिम कडी बन्यो।

कान्तिपुरमा फायर साइड भूषणले स्थापित गरेको ब्रान्ड थियो। यो विचारोत्तेजक कार्यक्रमप्रतिको मोहकै कारण कान्तिपुरसँगको सम्बन्ध १८ वर्षसम्म लम्बिएको उनी ठान्छन्। अर्कोतिर आफूले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी तटस्थता प्रस्तुत गरेकै कारण कार्यक्रम यत्तिका समय चलेको उनको निष्कर्ष छ।

‘राजनीतिक खेलाडीहरुप्रति आग्रह–पूर्वाग्रह राख्नुपर्ने के छ र? तपाईंलाई उसको विचारधारा चित्त नबुझ्न सक्छ। त्यो असन्तुष्टि नङमा कालो लगाउने बेला (चुनावमा) प्रस्तुत गर्ने हो,’ उनी भन्छन्, ‘त्यो बाहेक कसैलाई सिध्याउँछु, ठाउँ दिन्छु, उचालेर माथि पुर्‍याउँछु भन्ने खराब दृष्टि मैले कहिले राखिनँ। सदैव पात्रहरुमा तटस्थता राख्ने प्रयास गरेँ। त्यही तटस्थताका कारण फायर साइडले १८ वर्षको जीवन पायो कि!’

1 Bhusan dahal MAIN IMAGE
प्रश्न सोध्ने र उत्तर दिनेको मुटुपनि मिले सम्वाद गहन हुने भूषणको अनुभव छ

प्रश्न सोध्ने र उत्तर दिनेबीच मुटुपनि मिल्यो भने अन्तर्वार्ता राम्रो हुने उनको अनुभव छ। अतिथिलाई प्रस्तोताले आफ्ना कुरा गलत रुपमा प्रस्तुत गरिदिने पो हो कि? भन्ने शंका लाग्नेबित्तिकै संवाद हलुको हुँदै जाने उनी बताउँछन्। अतिथिसामु विश्वास कायम गर्न सकेमात्र अन्तर्वार्ता दिने व्यक्ति मन खोलेर बोल्ने गरेको उनको अनुभव छ।

उहाहरणका रुपमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको थुप्रै अन्तर्वार्ताहरु सम्झे। ‘उहाँसँग मैले थुप्रै अन्तर्वार्ता गरेँ। तीमध्ये केही अन्तर्वार्ता यस्ता छन्, जसमा उहाँले भित्री मनलाई सफा गरेर पब्लिक समक्ष राख्नुभएको छ। फायर साइडका सात–आठ सयको कुञ्जमा त्यस्ता दशवटा अन्तर्वार्ता होलान्, जो मेरा लागि पनि स्मरणीय छन्,’ उनले भने।

फायर साइडको अन्तिम अन्तर्वार्ता लिँदासम्मको अवधिमा अतिथिसामु प्रकट हुनुअघि गरिने तयारीले आफूलाई परिपक्व बनाएको उनी ठान्छन्। राम्रो अन्तर्वार्ताका लागि राम्रो तयारी आवश्यक पर्ने उनको भनाइ छ। ‘राजनीतिक अन्तर्वार्ता गर्नुहुन्छ भने मूलधारको राजनीतिक घटना, व्यक्ति, विषयबारे अपडेट हुनैपर्छ,’ उनी भन्छन्।

जसको अन्तर्वार्ता लिन पाएनन्
फायरसाइडबाट नेपाली राजनीतिक घटनाक्रमलाई श्रव्यदृश्यमा ऐतिहासिक दस्तावेजका रुपमा अभिलेख गर्दा दाहालले लगभग सबै मुख्य पात्रसँग संवाद गरे। तर, दाहाललाई भने अझै दुई पात्रसँग सम्वाद गर्न नपाएको अधुरोपन खड्किरहन्छ। उनी त्यसलाई फायर साइडका दुई अधुरा पानाको संज्ञा दिन्छन्।

‘फायर साइडको प्रस्तोताका रुपमा मैले तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाहको अन्तर्वार्ता कहिले पनि लिन पाइनँ। त्यसमा मलाई पछुतो छ। त्यो फायर साइडको अपूरो पाना हो कि जस्तो लाग्छ,’ दाहाल भन्छन्, ‘यत्रो लामो सचेत प्रक्रियामा पनि ती पानाहरु छुटेछन्। म साँच्चिकै गम्भीर मिडियाकर्मी हुँ भने कम्तीमा भविष्यको रिफरेन्सका लागि पनि ती पानाहरुको परिपूर्ति मैले कुनै न कुनै रुपमा गरिदिनुपर्छ।’  

Bhusan dahal 3
कांग्रेसका तत्कालिन सभापति कोइराला र पूर्वराजा शाहको अन्तर्वार्ता फायर साइडमा लिन नपाएकोमा भूषणलाई पछुतो लागिरहन्छ

ती अन्तर्वार्ता गर्न नसक्नुका अनेक कारण रहेको उनको भनाइ छ। यद्यपि उनी तिनलाई कोट्याउन चाहँदैनन्। ‘कोही मान्छेले यो (फायर साइड) त साह्रै राम्रो राजनीतिक इतिहासको दस्तावेज रहेछ भनेर आर्काइभ हेर्‍यो भने उसले त्यहाँ यी दुई महत्वपूर्ण पात्र (ज्ञानेन्द्र शाह र गिरिजाप्रसाद कोइराला) को अन्तर्वार्ता भेट्ने छैनन्। यो अभाव मलाई खड्किरहनेछ। यो मेरो इमान्दार स्वीकारोक्ति पनि हो,’ उनी भन्छन्।

पूर्वराजा शाहको अन्तर्वार्ता त दाहाल वा फायर साइडले अझै पनि लिने मौका छ तर दिवंगत भइसकेका कोइरालाको पाना चाहिँ कसरी भरिएला? उनीसँग त्यसको विकल्प बाँकी छ। भन्छन्, ‘उहाँले तत्कालीन समयमा अभिव्यक्त गर्नुभएका कतिपय कुरालाई एन्थोलोजी (संग्रह) जस्तो बनाएर सम्पादित संस्करणमा प्रस्तुत गर्न सकिन्छ। फायर साइडमा गरिएका अन्तर्वार्तामा उहाँले दिएका प्रतिक्रियाहरु हामीसँग छन्। कांग्रेसका एक मूर्धन्य नेतालाई फायर साइडमा अभिव्यक्त गरेका विचारकै आधारमा उहाँको ठटाई खानुपरेका रेकर्ड हामीसँग छन्।’

दिव्य दृष्टिले डुबायो, दिशा निर्देशले उकास्यो
सन् १९८८ मा नेपाल टेलिभिजनमा अंग्रेजी गीतहरुको कार्यक्रम सन्डे पप शोबाट भूषणको टेलिभिजन यात्रा शुरु भएको थियो। दुईवटा गीतका बीचमा उनी कलाकार, गीतबारे व्याख्या गर्ने वा दर्शकका चिठी पढेर कार्यक्रमलाई मनोरञ्जक बनाउँथे।

आठ–नौ वर्ष नेपाल टेलिभिजन तथा एकवर्ष श्रीलंकामा बिताउँदा उनले थुप्रै अडियो–भिजुअल र विज्ञापन बनाएका थिए। त्यसबाट उनले १५–२० लाख रुपैयाँ पनि बचाए। त्यहीबेला उनलाई आफ्नै प्रोडक्सन हाउस खोल्ने रहर जाग्यो र नाम दिए– दिव्य दृष्टि इन्टरनेसनल।

Bhusan dahal 11
एक समय आफ्नै प्रोडक्शन कम्पनी खोलेका भूषणले त्यसमा ठूलो घाटा ब्यहोर्नुपर्‍यो

‘त्यसबाट मलाई नराम्रोसँग झट्का लाग्यो। उतिबेला १५–२० लाख ठूलो रकम थियो। सबै पैसा डुब्यो। त्यसले मानसिक यातनासँगै नैराश्यता थप्यो। म हरिटाट भएँ। मसँग बस चढ्ने पनि पैसा हुन्थेन,’ भूषण सम्झन्छन्, ‘तर म अहिले पनि कलेजहरुमा जाँदा भन्छु, खाल्डोबाट निस्कने तागत कहिल्यै पनि कम हुन दिनुहुँदैन। त्यो साहस नभएको भए म कहिल्यै उठ्न सक्दैनथेँ। त्यही तागतले मेरो जीवनको दोस्रो इनिङ शुरु भयो।’

दिव्यदृष्टिबाट टाट पल्टेपछि एकदिन उनी त्यसै कोठामा पल्टेर बसिरहेको थिए। त्यसबेला माओवादी युद्ध सुरु भइसकेको थियो। अनेकौं घटना, चौकी हानेको, मान्छे मारेको, बम पड्केको समाचार दोहोरिरहन्थ्यो। भूषणलाई त्यही कुराले क्लिक गर्‍यो र उनले यसलाई कुनै न कुनै तरिकाले मूलधारको टेलिभिजनमा उतार्नुपर्छ भन्ने सोच बनाए। त्यही सोचाइबाट दिशा निर्देशको अवधारणा जन्मियो।

उनलाई प्रोडक्सनको ज्ञान थियो। राजनीतिको भने थिएन। त्यही अभाव पूर्ति गर्न उनले त्यसबेलाका नेपाल म्यागेजिनका सम्पादक विजय कुमारलाई प्रस्तोताको प्रस्ताव गरे।

विजयकुमारले त्यसबेला सोधेको प्रश्न अझै भूषणलाई याद छ।

‘कति एपीसोड गर्ने मन छ?’ विजय कुमारको प्रश्न थियो।

‘१२ एपीसोड गर्छु। १३ पनि गर्दिनँ,’ भूषणको जवाफ।

विजय कुमारले निकै आनाकानीसहित त्यसबेला हुन्छ भनेको भूषण अहिलेपनि सम्झन्छन्।

विषयवस्तु र प्रस्तोता तयार भएपनि भूषणसँग त्यसबेला एकसुको पैसा थिएन। त्यसैले उनी विज्ञापन एजेन्सीसँग आवद्ध आफ्ना साथीहरुकहाँ दौड्न थाले। त्यसबेला कुनैपनि विज्ञापन एजेन्सीले दिशानिर्देश जस्तो गहकिलो कार्यक्रममा लगानी गर्ने हैसियत राख्थेनन्। त्यसको विकल्प पनि भूषणले नै खोजे। तीन–चार वटा यस्ता एजेन्सी भेला गरेर भने, ‘एकजनाले नसके सबै मिलेर त लगानी गर्नसक्छौं नि!’

Bhusan dahal 9
दिव्य दृष्टिमा डुबेका भूषणलाई दिशा निर्देशले उकासेको थियो

त्यहीँबाट विज्ञापन एजेन्सीहरुको संस्था मिडिया हब जन्मियो। जुन अहिले नेपाली प्रोडक्सन क्षेत्रमा स्थापित नाम बनेको छ।

मिडिया हबको लगानीमा दिशानिर्देशको १२ एपीसोड बनाएपछि नेपाल टेलिभिजन र त्यसबेलाका महंगा प्रस्तोता विजय कुमारलाई पैसा तिरेर तथा प्रोडक्सन खर्च कटाएर पनि भूषणले आफ्ना लागि साढे तीन लाख रुपैयाँ जोगाए। ‘मेरो जिन्दगीको सेकेन्ड इनिङको उर्जा त्यही थियो,’ विगत सम्झदैँ भूषणले भने।

त्यसपछि दिशानिर्देश उनले बन्द गरे। विजय कुमारले भने दिशानिर्देशलाई आफूले निरन्तरता दिने इच्छा राखे। जसमा भूषणको मञ्जुरी थियो। त्यही दिशानिर्देश अहिले विजय कुमारको ब्रान्ड बनेको छ।

त्यसैबेला कान्तिपुर टेलिभिजनले लाइसेन्स पायो। कान्तिपुरको पहिलो कर्मचारीका रुपमा नियुक्त हुन पाएकोमा भूषण आफूलाई भाग्यमानी ठान्छन्। ‘कान्तिपुर मेरो व्यवसायिक जीवनको सुखद् थलो रह्यो। त्यहीकारण १८ वर्ष लामो यात्रा झिमिक्क गरी बितेजस्तो लाग्छ,’ उनी भन्छन्।

भूषणको भविष्य
आफूले कान्तिपुर छाडे पनि फायर साइड कान्तिपुरकै सम्पत्ति रहेकोेमा उनी स्पष्ट छन्। ‘मैले यो कार्यक्रम कान्तिपुरकै लागि उत्पादन गरेको हो। फायर साइड मैसँग रहरनुपर्छ भन्ने म लोभ गर्दिनँ,’ उनले भने, ‘नेपाल टेलिभिजन र इमेजमा पनि मैले थुप्रै कार्यक्रम उत्पादन गरेँ। त्यहाँबाट निस्केको दिन ती कार्यक्रम उहाँहरुकै आर्काइभमा थन्काएर आएको हुँ। अहिले फायर साइड पनि कान्तिपुरकै हो। कान्तिपुरलाई छाड्छु।’

पुनः फायर साइडको प्रस्तोताका रुपमा देखिने सम्भावना पनि उनले कान्तिपुर व्यवस्थापकलाई नै छाडे। ‘फायर साइडको यात्रा अहिले केही समयका लागि विश्राममा पुगेको छ। आगामी दिनमा कान्तिपुरले स्वतन्त्र रुपमा पनि फायर साइड चलाउन सक्छ। होइन, म नै चाहिन्छ भन्ने भयो भने त्यही किसिमको सम्झौतामा हामी अघि बढ्छौं होला,’ उनले भने।

Bhusan dahal 12
अब के गर्ने भूषणले तत्काल ठोस योजना बनाएका छैनन्

चर्चित कार्यक्रम भएतापनि फायर साइडलाई रि–फम्र्याट गर्नुपर्ने बेला आइसकेको महसुस उनले गरेका छन्। ‘कतिपय ब्रान्डहरु निद्रामा पुगिसकेँ पनि हामी अस्तित्वमा राखिरहन्छौं,’ उनी भन्छन्, ‘त्यसले कुनै व्यापारिक अर्थ पनि राख्दैन र निदृष्ट लक्ष्यपनि पूरा गर्दैन। किनकी त्यो बोधो भैसकेको हुन्छ। अब फायर साइडलाई पनि नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बेला आइसकेको छ।’

अहिले नेपाली टेलिभिजनहरुमा सञ्चालित टक शोहरुमा प्रस्तोता बढि हावी भएको देखिएको र त्यसो हुननहुने उनको सुझाव छ। ‘टक शो इन्गेजिङ (सहभागितात्मक) हुनुपर्छ। यो दुईजनाबीचको कुराकानीमात्रै हैन। त्यहाँ दर्शक पनि जोडिएका हुन्छन्। प्रस्तोताभन्दा उत्तर दिने मान्छेले बढि ठाउँ पाउनुपर्छ। त्यो ठाउँ अलि साँघुरिएको मैले देखिरहेको छु। त्यो कुराको अनुभूति हुने हो भने संसारभर यो फम्र्याट (ढाँचा) लोकप्रिय रहेको र नेपालमा पनि लोकप्रिय हुन बेर लाग्दैन।’

१८ वर्षे कान्तिपुर करिअरबाट विश्राम लिए पनि बाँकी जीवन अडियो–भिजुअलमै बिताउने र केही अधुरा सपनाहरुलाई पूरा गर्ने भूषणको योजना छ। तर त्यसको माध्यम फायर सायड नै हुनेछ कि अन्य, त्यो उनले टुंगो लगाइसकेका छैनन्।

आइतबार दिउँसो कुपण्डोलस्थित एक होटलमा भेटिँदा भूषणको टेबुलमा भिमसेन थापाको जीवनी थियो। जागिरे जीवनबाट मुक्ति लिएपछि केही समय अध्ययनमै व्यतित गर्ने उनको योजना छ। त्यसपछि मात्र के गर्ने भनेर ठोस निर्णयमा पुग्ने उनी बताउँछन्।

‘म कहिल्यै पनि योजना बनाएर आफ्नो जीवनलाई अघि बढाउने व्यवस्थित किसिमको मान्छे होइन। जसोजसो आइपर्ला, त्यसोत्यसो टर्ला भनेर लिन्छु,’ उनी भन्छन्, ‘अहिले छुट्टी मनाइरहेको छु। दुई–चार हप्ता दुई–चारवटा रहर लागेका किताब पढ्छु। अनि मस्तिष्क छ्यांगिन्छ। त्यसपछि यही नै गर्छु भन्ने ठोस निष्कर्षमा पुग्नेछु।’

भूषणले बनाउन चाहेको चलचित्र

Bhusan dahal 4
भूषणको नयाँ चलचित्र २०२० को अन्त्यसम्म प्रदर्शनमा आइसक्ने आशा गरिएको छ

आफू जागिरबाट बाहिर निस्केपनि करिअरबाट ननिस्कएको उनी बताउँछन्। यो क्षेत्रमा आफूले थुप्रो योगदान गर्न बाँकी रहेको र बाँकी जीवनमा त्यो पूरा गर्ने प्रयासमा रहने उनले बताए।

उनले जीवनमा नयाँ गर्न खोजेको एउटा पाटो फरक चलचित्र पनि हो। कागबेनी (उनको पहिलो चलचित्र) मा नयाँ प्रविधि भित्र्याएर चर्चा बटुलेका भूषणले यसअघि नै बृहसु नामको अर्को चलचित्र बनाउने घोषणा गरेका थिए। तर, कागबेनीपछि त्यसखाले चलचित्रको बाढी नै आयो। गुणस्तर भने स्वाट्टै घट्यो। त्यसले भूषणलाई नयाँ चलचित्र बनाउने आँट आएन।

जागिर छाडेपछि भने भूषणले बृहसु बनाउने आँट थपिएको छ। यसको कथा मूलधारका चलचित्रभन्दा पृथक छ। यसको मुख्य नायक नै ६५ वर्षको बुढो पात्र हुनेछ। ‘रिटायरमेन्ट (अवकाश जीवन) लाई धेरैले मृत्यु सम्झन्छन्। अबको अर्को स्टप मृत्यु हो भन्ने ठान्छन्। तर, त्यो फिल्मले रिटायरमेन्ट भनेको मृत्यु होइन भनेर प्रेरित गर्छ भन्ने मलाई लाग्छ। सम्भवतः २०२० को अन्त्यसम्म प्रदर्शनका लागि तयार हुनुपर्ने हो। एकाध महिना तलमाथि भएमा क्षमा चाहन्छु,’ भूषणले हाँस्दै कुराकानी टुंग्याए। 

इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु

आज माघ ७ गते मंगलबारको राशिफल पढी शे’यर गर्नुहोला।

वि.सं.२०७६ साल माघ ०७ गते ।
मंगलबार । ईश्वी सन् २०२० जनवरी २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– द्वादशी,४९ घडी १८ पला,रातको ०२ बजेर ४० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– ज्येष्ठा,४५ घडी ०९ पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त मूल । योग– वृद्धि,०३ घडी १० पला,बिहान ०८ बजेर १३ मिनेट उप्रान्त ध्रुव । करण– कौलव,दिउसो ०३ बजेर ०८ मिनेट उप्रान्त तैतिल,रातको ०२ बजेर ४० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–बृश्चिक,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ ।

The post आज माघ ७ गते मंगलबारको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

भोलि पोखरा दौडँदै!

चीनको कोमिन्ताङ्गजस्तै नेपाली कांग्रेस लोप हुने हर्कत किन गरिँदैछ ?

चीनको पुरातन शासकीय व्यवस्थाविरुद्ध आधुनिक एकीकरणको विचार बोकेर ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को मूलमन्त्रसहित चीनमा प्रजातन्त्र र राष्ट्रिय एकताको अभियान ‘सन यात सेन’ले चलाए ।

उनको पार्टी कोमिन्ताङ्गले चीनलाई आजको चीन बनाउन ठूलो योगदान गर्‍यो । कोमिन्ताङ्गमा उनको नेतृत्व रहुञ्जेल उनले चिनियाँ समाजमा प्रजातन्त्रको व्यावहारिक अभ्यास गर्ने प्रयास गरिरहे ।

हजारौं वर्ष चलेको जहानिया शासनलाई परास्त गरेर चीनलाई गणतान्त्रिक राज्य बनाउन सफल भए । जब आमजनमानसको मन मुटुमा बसिसकेको कोमिन्ताङ्ग पार्टीभित्र ‘फुटाउ र राज गर’को बाटो अँगाल्ने र लोभीपापीले बिस्तारै कब्जा जमाउन थाले । उनका विश्वास पात्रहरूले उनलाई धोका दिएर आफू–आफू विभाजित हुने खेलहरू सुरू भए ।

सन यात सेनले राष्ट्रिय आवश्यकताका बेला ठूला त्याग गरे । सिद्धान्त नमिल्ने कम्युनिस्टसँग पनि सहकार्य गरे । प्रवासमा शरणार्थी भएर समेत क्रान्तिको तयारी गरे । उनको मृत्युपछि कोमिन्ताङ्ग उनले परिकल्पना गरेको जस्तो रहेन ।

भ्रष्टाचारले त्यसलाई गाज्दै गयो । गृहयुद्धमा जापानी सेनासँगको लडाइँमा पटक–पटकको हारले विक्षिप्त बन्यो । जनतामाझ रहेको लोकप्रियता बिस्तारै स्खलित हुँदै गयो । अन्ततः कुनै बेला पहाडी र विकट ईलाकामा सीमित बनेका कम्युनिस्टले जनताको आवश्यकतामा राजनीति गरे ।

कम्युनिस्टहरू प्रोपोगान्डा गर्न सिपालु थिए । जनतालाई जमिन बाँड्ने, एकात्मक राज्य दिने, पैसा सम्पत्ति बाँड्ने जस्ता नारा लिएर जनमानसमा लोकप्रिय बने । वैदेशिक हस्तक्षेपले विक्षिप्त बनेको नेसनलिस्ट आर्मी (कोमिन्ताङ्गका सेना) लाई परास्त मात्रै गरेनन्, सिङ्गो चीनमा कब्जा गरेर चिनियाँ क्रान्तिमा गौरवशाली ईतिहास बोकेको कोमिन्ताङ्ग पार्टीलाई चीनबाट लखेटेर ताईवान राज्यमा विस्थापित गराए ।

मुसाको आकारमा उदाएको कम्युनिस्ट पार्टी हात्तिको आकार लिएर सत्तामा स्थापित भयो । आज सिंगो चीनमा कम्युनिस्टको कब्जा छ र कोमिन्ताङ्ग कमजोर प्रतिपक्षको भूमिकामा छ ।

कोमिन्ताङ्गको अभियान विभिन्न आरोह–अवरोहहरूबाट जुध्दै अस्ताउँदै सेलाउँदै गयो । सबैभन्दा ठूलो कारण त पार्टीका नेता कार्यकर्ताले गुमाएको छवि नै हो ।

प्रजातन्त्रको सपना बोकेकाहरूलाई भित्तामा पुर्‍याएर अधिनायकवादी शासकहरूको हावी विशाल साम्राज्यमा हुनु दूर्भाग्यपूर्ण थियो । मोओत्सेतुङलाई नेपाल लगायत अविकसित र पछौटेपनले गाजेको देशका कम्युनिस्टहरूले भगवानको दर्जा दिने गर्छन् । लामो मार्चपासबाट ज्यान जोगाएर भाग्नुपरेका चिनियाँ कम्युनिस्टका लागि माओ भगवान नै हो तर सत्तामा स्थापित भएपश्चात माओ तानाशाही शासक भएर उदाए ।

साम्यवादको अभ्यासमा लाखौं–करोडौं निर्दोष मारिएका छन् । त्यसको हिसाव खोज्ने फुर्सद चिनियाँ जनतासँग छैन । तथ्यांकगत हिसाबले चीन ठूलो र समुन्नत राष्ट्रमा गनिएपनि जनता बहुत दुःखी छन् । चीन छोडेर पलायन भएका आमनागरिक सम्भव भएसम्म आफ्नो देश फर्किन चाहँदैनन् । कारण त्यहाँको शासकीय व्यवस्था र जनतामाथि संस्थागतरुपमा राज्यद्वारा भएको अत्याचार नै हो ।

कोमिन्ताङ्ग पार्टी सानो आकार र भूगोलमा सीमित भएपनि आफूलाई चिनियाँ क्रान्तिको अग्रणी नेतृत्वकर्ता भएको दावी गर्छ । तर आजको युगमा ईतिहासको रटानले मात्रै जनमत बटुलिँदैन । जनताप्रति उत्तरदायी, स्पष्ट नीति र नेताहरूको छवि स्वच्छ नभएसम्म जनताले कुनै अमुक व्यक्तिलाई नेता मान्दैनन् । जमाना महत्वाकांक्षी छ, हिजो के गरेको थिए भन्दा पनि भोलि के गर्दैछु भन्ने कुराले राजनीतिमा ठूलो अर्थ र भूमिका राख्छ ।

कोमिन्ताङ्गको इतिहाससँग नेपाली कांग्रेसको तुलना

नेपालको राजनैतिक र सामाजिक क्रान्तिमा नेपाली कांग्रेसको योगदान अतुलनीय छ । जहानिया शासकहरूको जंजीरबाट देश र जनतालाई स्वाधीन बनाउन नेपाली कांग्रेसका योद्धाहरूले ठूलो त्याग र बलिदानी गरेको कुरा लेखिरहनु र बताइरहनु पर्दैन ।

प्रजातन्त्रबाट गणतन्त्रसम्मको सफल अवतरणमा यात्राको जस लिन खोज्ने र आफूलाई महानायक भन्न पछि नपर्ने खलनायकहरूले हजारौं प्रोपोगाण्डा र झुट बाँडेर कांग्रेसलाई जनताको नजरमा गिराउन सफल भएका छन् । हामीले हिजोबाट आजसम्म निरन्तर संघर्ष गरेको, विभिन्न कठिन परिस्थिति र प्रहारबाट देशलाई जोगाएको भन्न सकेनौं ।

ईतिहास मसीले कागजमा लेखिने दस्तावेज होइन । ईतिहास योगदानले जनताको मन–मुटु र मस्तिष्कमा लेखिन्छ । जब जनताले गरेको अपेक्षा घट्दै जान्छ स्वर्णिम भनिएको ईतिहासको पाटो पनि बिस्तारै धमिलिँदै जान्छ ।
जुन ठाउँबाट कोमिन्ताङ्गको ईतिहास र योगदान धमिलिन सुरू गरेको थियो । आज त्यही मोडमा कांग्रेस गुज्रिँदैछ ।

ईतिहासकै कमजोर आकारमा कांग्रेस पुगिसक्दा समेत हामी आफू–आफू भित्रको लडाइँ सकिएको छैन । बरु झन् असरल्ल र उदाङ्ग भएको छ । हरेकलाई मसिहा बनेर पार्टीभित्र व्यक्तिगत आधिपत्य जमाउनुछ । विधि र विधान नामको चिज फगत कागजको टुक्रा बनेको छ । जनतामा कांग्रेसप्रति बढेको निशासा र अविश्वासलाई चिर्ने सामूहिक प्रयासमा हामी एक डेग चलेका छैनौं र यस्तो नाजुक परिस्थितिमा समेत एकले अर्काको अस्तित्वलाई मिचेर अथवा कुल्चिएर व्यक्ति बन्ने सानो खेलमा रुमल्लिरहेका छौं ।

सिद्धान्त र योगदानका हिसाबले नेपालका कुनै दलसँग नेपाली कांग्रेसको तुलना हुँदैन भन्नुपर्दा कांग्रेसबाहेक अरु राजनीतिक अभ्यास गर्ने दल नै छैनन् । बस गिरोहहरू छन् । जुन बाहिरी एजेन्डा र स्वार्थपूर्तिका लागि शर्तमा बाँधिएर नेपाललाई प्रयोगशाला बनाएर काम गरिरहेका छन् । बीपी, सुवर्ण, गणेशमान र किशुनजी जस्ता महापुरूषहरूको पसिना र रगतको जगमा बनेको पार्टी आज ‘बिचरा !’ भनिदिनुपर्ने अवस्थामा आइपुग्दा समेत हामी निहीत स्वार्थमा रुमल्लिन्छौं र जनतामाझ आफ्ना योगदान र एजेन्डा बताउन सक्दैनौं । एक हुनैपर्ने परिस्थितिमा पनि एक हुन सक्दैनौं भने हामीलाई नियाल्ने जनताले हामीलाई कोमिन्ताङ्ग जस्तो कहिल्यै नउठ्ने गरी नलडाउलान् भन्ने के आधार छ हामीसँग ?

लोकतन्त्रमा नेतृत्व सधै अस्थायी हुन्छ । जनमत जता कोल्टिन्छ, नेतृत्व समयावधि अनुसार त्यतै फर्किन्छ । वर्तमान परिप्रेक्षमा हिजो मुसाको आकारमा रहेका कम्युनिस्ट आज बिरालोको आकारमा आएका छन् र बिरालोकै व्यवहार पनि दोहोर्‍याइ–तेहेर्‍याई गरिरहेका छन् । राज्य ढुकुटीको ब्रह्मलुट, संस्थागत भ्रष्टाचार, अपराध र अपराधीको संरक्षण, सुशासनमा असफलता, अर्बाै–खर्बाै घोटाला, असफल न्यायिक प्रणाली, महंगी, अभाव र अलौकिक सपनालाई ढाकछोप गर्ने, एकमाथि अर्को झुट, दैवत्वकरणमा राज्यकोषको दोहन जस्ता असंख्य कमजोरीहरू विपक्षीले बार–बार गरिरहँदा समेत हाम्रो ध्यान त्यही कमजोरीमा प्रहार गरेर जनतामा भएको वितृष्णालाई नविन आशामा परिणत गर्दै कांग्रेसलाई पुनः हराभरा र जवान बनाउनुको सट्टा अमुक व्यक्ति र पात्र केन्द्रित हुनु दुर्भाग्यपूर्ण कदम हो । यसले हामीलाई थप ठूलो क्षतितर्फ डोर्‍याउन सक्छ र जसको भरपाई गर्न एउटा सिंगो पुस्ताले बहूमुल्य समय खर्च बलिदानीमा बिताउनुपर्ने हुनसक्छ ।

समाज र पर्यावरणलाई हेरेर क्षतिहरूको अनुमान र न्यूनीकरण गर्न सक्नु मानव प्रजातिको विशेषता हो ।

कोपिन्ताङ्गलाई बिम्ब मानेर हामीले पाठ सिकेनौं र आपसी लडाइँमा फुट्दै, टुक्रिँदै गयौं भने हामी पनि कोपिन्ताङ्ग बन्दैनौं भन्ने ग्यारेन्टी कसैले लिन सक्दैन ।

यो बेला सानातिना असमझदारीलाई बिर्सेर, सानोतिनो लोभलालच त्यागेर सबैले आ–आफ्नो क्षेत्रबाट कांग्रेसलाई पुनःस्थापनका निम्ति बलिदान, त्याग र कसरत गर्ने अत्यन्तै संवेदनशील बेला हो । कांग्रेस भन्न गर्ब गर्नेहरूलाई समेत शरमबोध गराएर हामी आगामी चुनावमा कुन मुख लिएर जनतामाझ जाने ?

यो विषयमा केन्द्रदेखि मैदानसम्मका कांग्रेसजनले गहन र गम्भीर भएर सोच्नुपर्छ । पार्टीलाई परिवार बनाएर र संगठनका साथीहरूबीच भातृत्व बढाएर हामी अघि बढेनौं भने भोलि हाम्रो भविष्य र सिंगो देशको भविष्य धरापमा पर्नेछ ।

हाम्रोसामु देश र परिवेश बदल्नुपर्ने विशाल चुनौतीहरू छन् । जसको सामना गर्न हामी आफू बदलिनुपर्ने नितान्त जरुरत छ । कांग्रेस देश र माटोको आवश्यकता हो, व्यावहारिक राष्ट्रवादको पहरेदार हो । लोकतान्त्रिक संस्कारको उल्लंघन गरेर अराजक तरिकाले आफूलाई स्थापित गर्छु भनेर कसैले उत्कण्ठा पाल्नुभएको छ भने आजैबाट आफूलाई सुधार्नुस् ।

हामी फेरि मौलाएर, गाँजिएर आउने वा अझै झरेर ठुटो मात्रै हुने तपाई हाम्रै व्यवहार अनुसार जनताले निर्धारण गर्ने हो । कांग्रेसका विविध संगठन र शुभेच्छुक भातृ संस्थाका नौजवान र उदयमान नेताहरूले जोशमा होस गुमाएर विपक्षीले ताली पिट्ने माहोल बनाइदिनुअघि कोमिन्ताङ्गलाई सम्झने गर्नुहोस् ।

कोमिन्ताङ्गका बारेमा धेरै खोजतलास गर्नुहोस् । कांग्रेसलाई भीरतिर जानबाट रोक्नुहोस् । अन्यथा हामीसँग रामराम भनेर तालु समाउनुबाहेक केही विकल्प बाँकी रहने छैन ।

डेंगीले झस्किएका खरिपाटीबासी क्वारेन्टाइन राख्दा त्रसित