Home Blog Page 1405

सरकारसँग भएको सम्झौताको म्याद सकिएपनि उखु किसानले पाएनन् भुक्तानी !

काठमाडौं, ०७ माघ । सबै बक्यौता माघ ७ भित्र उपलब्ध गराउने गरी पुस १८ गते सरकार र उखु किसानबीच पाँच बुँदे सम्झौता भयो । सम्झौता अनुसार आज सबै वक्यौता किसानले पाउनुपर्ने भएपनि अझै १० वटा चिनी मिलबाट किसानले १ अर्ब रुपैयाँ पाएका छैनन् । सरकार र किसानबीच भएको सहमतिपछि विभिन्न चिनी मिलबाट किसानले १५ करोड […]

रोपाइँ महोत्सवमा करिब १५ देशका ५ सय पर्यटक सहभागी हुने

नवनियुक्त राज्यमन्त्रीलाई नेकपाको स्वागत

विराटनगर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई मंगलबार पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना दिए ।

पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतिमा विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुले सङ्गठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पूरा गर्न सफलता प्राप्त गर्न शुभकामना दिए ।

राज्यमन्त्रीहरुका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुशासनसहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लो तहसम्म पुगी सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

The post नवनियुक्त राज्यमन्त्रीलाई नेकपाको स्वागत appeared first on Koshi Online.

साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार

प्रेस युनियनको महाधिवेशन नेपालगञ्जमा

काठमाडौं, ७ माघ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ ।

युनियनको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले २१ र २२ चैत्रमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् ।

शाखाबाट आएका झण्डै एक हजार ५ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ ।

बाँकी रहेकाको माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले बताए ।

The post प्रेस युनियनको महाधिवेशन नेपालगञ्जमा appeared first on Koshi Online.

विराट एक्स्पाे २०७६ शुरु, अर्थ मन्त्री खतिवडाले गरे उद्घाटन

अग्नि सापकोटा सभामुखमा निर्विरोध, १२ माघमा औपचारिक घोषणा

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध भएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा, अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।

अब यसको औपचारिक घोषणा भने १२ माघमा हुनेछ ।

सोही दिन बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ ।

The post अग्नि सापकोटा सभामुखमा निर्विरोध, १२ माघमा औपचारिक घोषणा appeared first on Koshi Online.

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं, ७ माघ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ ।’

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ । रासस

The post कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने appeared first on Koshi Online.

बयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…

मोदी यसै वर्ष नेपाल आउने

विराटनगर, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमण गर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फरेन्समार्फत कुरा गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए । मोदीलाई नेपाल भ्रमणमा आउन पुनःनिमन्त्रणा दिँदै उनले आफूहरू स्वागत गर्न तत्पर रहेको ओलीले बताएका थिए ।

जवाफमा मोदीले आफू यसै वर्ष नेपाल भ्रमणमा आउने बताए । प्रधानमन्त्री मोदीले आफू यस वर्ष सन् २०२० मा पक्कै नेपाल आउने जनाउँदै भने, ‘यस वर्ष म नेपाल आउने कार्यक्रम मिलाउँछु । अवश्य पनि नेपाल र नेपालीको दर्शन गर्नेछु ।’

The post मोदी यसै वर्ष नेपाल आउने appeared first on Koshi Online.

भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह

मोरङका सुमन कार्की कमेडी च्याम्पियनको उपाधि नजिक

उर्लाबारी/ मोरङ रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् । मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले भने वाहवाही पाइरहेका छन् । चिन्तित मान्छेलाई पनि हँसाउन सक्ने असाधारण खुबी सुमनमा रहेको उनको प्रस्तुति हेर्ने जो कोहीले महशुस गरेको अवस्था छ । ओखल्ढुङ्गामा जन्मिएका सुमन हाँस्य कलाकारिताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, दीपक दीपाश्री, जितु नेपालजस्ता दिग्गज व्यक्तिहरुको सहकार्यसँगै उनीहरुको प्रेरणाले आफ्नो प्रस्तुतिमा थप निखार ल्याउन सफल छन् ।

हाल कान्तिपुुर टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी च्याम्पियनमा टप-६ मा परेपछि उनी उपाधिका प्रवल दाबेदार मानिएका छन् । समसामयिक विषयमा घतलाग्दो प्रस्तुति दिने सुमनले श्रमिक र निमुखाहरुको पक्षमा आफुलाई उभ्याउने गरेका छन् । बसका सहचालकका दुःख, डिउटीमा ट्राफिक प्रहरीले ब्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई चसक्क छुन्छ नै । अर्को, सोसल मिडियाका विकृतिको मिहिन ढंगले पटाक्षेप गर्ने २७ वर्षीय उनले खासगरी युटुबका नकारात्मक क्रियाक्लाप पनि पस्किने गरेका छन् । पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफुलाई दुरुस्तै ढाल्न सक्ने खुबी उनको छ । कमेडीयनकै कमेडी उतार्न पनि उनी सिपालु छन् । जस्तो की चर्चित हाँस्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भुमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुवहु बनाउनु उनको अर्को विशेषता हो ।

हाँस्य शैलीमा हरेक सन्दर्भ सामग्री पस्कने मुलुककै अग्रणी एफएम रेडियो अडियोमा लामो समयदेखि कार्यरत सुमन स्टेज कार्यक्रमहरु मा पनि दमदार प्रस्तुति दिएर उत्तिकै चर्चित छन् । देशभरका प्रतियोगीलाई उछिन्दै सुमन कमेडी च्याम्पियनको टप ६ मा पर्न त सफल भए अब उनलाई खाँचो तिनीहरु कै छ जो सुमनको कमेडियन कलाबाट मुग्ध हुन्छन् । सामान्य आर्थिक अवस्थाका यिनै कमेडीयन सुमनलाई स्पर्धाको उपाधि उचाल्न यतिबेला वढीभन्दा वढी भोटको आवस्यक्ता छ । उनले आफूलाई माया गर्ने आमदर्शक स्रोतालाई जतिसक्दो धेरै भोट गरेर बिजेता बनाउन अपिल गरेका छन् । उनलाई भोट गर्न नेपालमा हुनुहुने दर्शकले इ-सेवाको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका दर्शकले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर फ्री भोट गर्नुसक्नुहुन्छ । उनको भोटिङ कोर्ड नं. २० रहेको छ ।

The post मोरङका सुमन कार्की कमेडी च्याम्पियनको उपाधि नजिक appeared first on Purbeli News.

नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

सञ्जीव र टिकाको युगल साँझ सम्पन्न

अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीले उनीहरुलाई पोखरामा मञ्च प्रदान गरेका हुन् । रातो र चन्द्रसूर्य…बोलको गीतबाट मेलो पसेका उनीहरुले नाई मलाई थाहा छैन…, माया लुकी लुकी… किन कर्के नजर…, हिट हिट गीत…लगायत १ दर्जन गीत गाएर पोखरेली दर्शकलाई मनोरञ्जन दिलाए । प्रत्यक्ष वाद्यवादनसहितको गायन र पृष्ठभूमिमा प्रस्तुत गरिएको नृत्यले दर्शक अझ रोमाञ्चित भए ।

विराटनगर स्थायी घर भएका सञ्जीव र झापा स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी टीका नेपाली सङ्गीतका क्षेत्रमा साङ्गीतिक जोडीका रुपमा परिचित छन् । नाई मलाई थाहा छैन…बोलको गीतबाट अघि बढेको यो जोडीले युगल साँझकै माझ ‘सँग सँगै’ भाग १ र २ गरी २ एल्बम पनि सार्वजनिक गरे । यससँगै सञ्जीवका यसअघिका ‘त्यो सपना’ र ‘सुनय’ गरी ४ र टीकाका यसअघिको ‘मेलोडी’सँगै ३ एल्बम बजारमा आइसकेका छन् ।

उनीहरुले संयुक्त रुपमै ५ ओटा अवार्ड नै पाएका छन् । कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफ. एम. म्युजिक अवार्ड, कालिका म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सूर्य इन्टरनेशनल म्युजिक अवार्ड उनीहरुले संयुक्त रुपमा ग्रहण गरेका छन् । गायिका टीकाले नातिकाजी युवा सङ्गीत सम्मान र इमेज अवार्ड पनि पाएकी छिन् भने सञ्जीव पनि अनुपम सङ्गीत सम्मानलगायतका सम्मान पाएका छन् ।

पोखरेली दर्शकको स्तरीय गीत÷सङ्गीतप्रतिको लगाव आफूहरुलाई मन पर्ने सञ्जीव र टीकाले सुनाए । उनीहरुले जीवनमा थुप्रै साङ्गीतिक कार्यक्रममा सहभागी भए पनि युगल साँझ जीवनकै ऐतिहासिक रहेको धारणा राखे । कलाकारद्वयलाई पोखरामा उभ्याउने चाँजोपाँजो गीतकार होमनाथ न्यौपानेले मिलाएका थिए ।

प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा निम्त्याइएका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले पनि सञ्जीव र टीकाको प्रस्तुतिको प्रशंसा गरे । नेपाली कला, साहित्य र सङ्गीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले युवा पुस्ताका सचेत गायक र गायिकाका रुपमा आफूले सञ्जीव र टीकालाई चिनेको बताए ।

कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकल रुपमा र विभिन्न संस्थासँग मिलेर साङ्गीतिक कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रकै ऐतिहासिक कार्यक्रम भएको दाबी गर्दै आगामी जेठमा हुने सातौँ अनुपम साङ्गीतिक साँझ नयाँ ढङ्गबाट अघि बढ्ने खुलासा गरे । कार्यक्रमका अध्यक्ष लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले आफ्नो कार्यकालमा क्लबले समाजसेवाका अलावा सङ्गीतका माध्यमबाट सामाजिक कार्य गर्ने बताए ।

कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावी तथा सहसचिव गोविन्द सिञ्जालीले गरेका थिए । लायनहरु वासुदेव कोइराला, मिलन थापा, कमलबहादुर बस्नेतलगायतले शुभकामना दिएका कार्यक्रममा मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजेन्द्रकुमार शर्मालाई सम्मान गरिएको थियो । सम्मानित शर्माले आफ्नो संस्थाले स्थापना कालदेखि नै साहित्य, सङ्गीतमा लगानी गरेको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा किन कर्के नजर…बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट हुन सफल नागी डान्स सेन्टर, इटहरीका कलाकारहरुलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

The post सञ्जीव र टिकाको युगल साँझ सम्पन्न appeared first on Purbeli News.

वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे

भारतीय मैदानमा एक-अर्कासँग भिड्ने छन् सावित्रा र अनिता

गत संस्करण एउटै क्लबबाट मैदान उत्रेका नेपाली खेलाडीद्वय सावित्रा भण्डारी साम्बा र अनिता बस्नेत भारतीय महिला लिग खेल्न मंगलबार भारत प्रस्थान गरेका छन्।

नेपाली राष्ट्रिय महिला टोलीमा प्रभावशाली प्रदर्शन गर्दै आएका स्ट्राइकर साम्बा र मिडफिल्डर अनिताले अघिल्लो संस्करणको आई लिगमा सेथु एफसीलाई च्याम्पियन बनाएका थिए।

तर यसपटक उनीहरु दुई फरक क्लबबाट खेल्दैछन्। संयोग कस्तो भने साम्बा र अनिता पहिलो पटक प्रतिद्वन्द्वीका रुपमा मैदानमा उत्रिन लागेका छन्।

नेपाली राष्ट्रिय टोलीमा त उनीहरु सँगै खेल्छन् नै, मालदिभ्समा भएको फुटसल र गत संस्करणको आई लिगमा पनि यी खेलाडी एउटै क्लबमा थिए। यसपटक उनीहरु आआफ्नो टोलीलाई जिताउने लक्ष्य लिएर भारततर्फ लागेका छन्।

‘दोस्रो पटक पनि हामी आई लिगमा सहभागी हुँदैछौँ, गतवर्ष सेथुलाइ च्याम्पियन बनाएका थियौँ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साम्बाले भनिन्, ‘खेलमा मैले अनितालाई धेरै मिस गर्नेछु। मैदानभित्र र बाहिर हामी छलफल गरेर अगाडि बढ्थ्यौँ। तर, यो पटक फरक क्लबमा छौँ। हाम्रो लक्ष्य आफ्नो टोलीलाई लिग च्याम्पियन बनाउने हो।’

यद्यपि यसले उनीहरुमा अझ उत्साह थपेको छ। ‘हामी एक अर्कालाई धेरै मिस गर्नेछौँ। तैपनि अहिले उत्साहित छौँ,’ उनले थपिन्।

यो संस्करण साम्बाले गोकुलम केरला एफसीलाई रोजेकी छन्। ‘गतवर्षपनि गोकुलमबाट प्रस्ताव आएको थियो तर मैलै सेथुलाई रोजेकी थिएँ,’ नेपालखबरसँगको कुराकानीमा उनले भनिन्, ‘यो संस्करण सेथु र गोकुलमसँगै अन्य क्लबले पनि प्रस्ताव गरेका थिए। तर, म गोकुलम गएँ। दुईपटक एउटै क्लबको प्रस्ताव दुई पटक अस्वीकार गर्न मन लागेन।’

अनिता भने पुरानै क्लब सेथु एफसीमा रहने छिन्। ‘सेतु गत संस्करणको लिग च्याम्पियन पनि हो, त्यसैले पुरानै क्लमा जाने निर्णय गरेँ,’ उनले भनिन्, ‘मैदानबाहिर हामी साथी हौं तर मैदानमा एकअकाविरुद्ध मैदान उत्रनेछौँ। निकै उत्साहित पनि छौँ।’ आईलिगमा एक पटकमा एक जना मात्र विदेशी खेलाडी मैदानमा उत्रन पाउँछन्। त्यसैले पनि फरकफरक क्लब रोजेको उनले बताइन्।

उनीहरुले क्लबसँगका सम्झौताबारे भने खुलाउन चाहेनन्। अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक व्यावसायिक रुपमा खेल्ने साम्बा र अनिता पहिलो नेपाली महिला खेलाडी समेत हुन्। यस अघिपनि अनिता र सावित्राले सँगै माल्दिभ्सको फुटसल लिग खेलेका थिए।

गतवर्षको लिगमा ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी साम्बाले ३ ह्याट्रिकसहित १५ गोल गर्दै सनसनी मच्चाएकी थिइन्।

आई लिग बिहीबारबाट सुरु हुँदैछ। सेथु एफसी लिगमा छनोट भइसकेको छ भने गोकुलमले छनोट चरणको एक खेल खेल्न बाँकी छ। लिगमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिनपछि दुई समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान बनाउने छन्।

भारतीय फुटबल महासंघले सन् २०१६ बाट आयोजना गर्दै आएको महिला आई लिगको यो पाँचौ संस्करण हो।

गत संस्करण भारतको लुथियानास्थित गुरु नानक स्टेडियममा भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि हात पारेको थियो। फाइनल खेलमा साम्बाले २ गोल गरेकी थिइन्। प्रतियोगितामा अनिताले भने १ गोल गरेकी थिइन्। एक मात्र विदेशी खेलाडी मैदानमा उत्रिन पाउने नियमका कारण उनले धेरै खेल्ने मौका पाएकी थिइनन्।

तर, यसपटक भने बेग्लाबेग्लै क्लबबाट खेल्ने भएकाले उनीहरु दुवैलाई आई लिगमा छाउने अवसर छ।

‘कोरोनाविरुद्धको चिनियाँ प्रयासले सकारात्मक परिणाम दिइरहेको छ’

एनभीए कप महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

पाँचौँ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

मंगलबार सम्पन्न समूह एको समूह विजेताको लागि विभागीय डर्बीमा भएकोे प्रतिस्पर्धामा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मीमाथि ३–१ को जित निकाल्दै समूह विजेता बन्यो। एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ को सेटमा पाखा लगायो। दुवै टिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए।

महिलाकै समूह बीको प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो। डायमन्डले ढोरपाटनलाई २५–३, २५–१६, २५–१२ को सेटमा हराउँदै समुह विजेता बन्दै आर्मीसँगको भेट पक्का गरेको हो।

सेमिफाइनलमा एपीएफले समूह बीको उपविजेता अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग र टीएसीले समूह बीको विजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालित प्रतियोगिताको पुरुषतर्फको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। एपीएफले ग्रुप बीमा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंकसहित समूह विजेता भयो।

यस्तै पुलिसले पनि समूह सीको खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभीसी)लाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो।

पुरुषतर्फ क्वाटरफाइनलमा समूह एको विजेता सेनाको टीएसीले समूह सीको उपविजेता मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह बीको विजेता एपीएफले समूह डीको उपविजेता बुद्धटोल युवा भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

समूह सीको विजेता नेपाल पुलिस क्लबले समूह एको उपविजेता नयाँबजार सामाजिक युवा क्लबसँग तथा समूह डीको विजेता हेल्प नेपाल स्पोर्टस क्लबले समूह बीको उपविजेता बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रतियोगितामा बुधबार पुरुषतर्फको क्वाटरफाइनलका खेलहरु हुनेछन्।

अवैध रुपमा सीमा पार गर्न खोज्ने तीन हजार बढी मेक्सिकोको जेलमा