Home Blog Page 1407

चीन र त्यसको मुस्लिम आदिवासी अल्पसंख्यकहरु विभिन्न प्रकारले प्रताडित

– अल्लाबक्स

चीनको सिन्चियोगका युधुर अल्पसंख्यकहरुलाई प्रताडित हुँदै आएका छन् । तर उसको अन्य अल्पसंख्यकहरु खासगरीकन दुई मुस्लिमहरुको व्यवहारबारे कसैलाई थाहा छैन । हालै न्यूयोर्क टाइम्सले सेप्टेम्बर २१, २०१९ का दिन दुई अल्पसंख्यक जनसंख्या बारे चीनको व्यवहारलाई सार्वजनिक गरेको छ, जसले विभिन्न प्रकारको दमनको प्रकृति र स्वरुप समेत बारे कडा टिप्पणी गरेको छ, जसले विभिन्न प्रकारले दमनको प्रवृत्ति र स्वरुप समेत बारे कडा टिप्पणी गरेको छ । हालैको एक निरिक्षण प्रतिवेदनले देखाए अनुसार त्यसको प्रकृति र स्वरुप चिन्चोगंसम्म मात्र सिमित रहेको छैन ।

बरु चीनको अन्य भागहरुमा रहेका मुस्लिम युथुर समुदायहरु चिनियाँ सरकारबाट गर्ने गरिएको घोर ज्यादतीबाट प्रताडित छन् । उदाहरणका लागि, चीनको उत्तर पश्चिम क्षेत्रमा लिट्ल मक्का नामले परिचित रहेको नगर नजिकको एक सानो गाँउ लिन्झिया समेतमा रहेका अल्पसंख्यक मुस्लिम समुदायद्वारा निर्मित मस्जिदहरुमाथि रहेका गुम्बा र स–साना चिन्नहरु समेतलाई सरकारले ध्वस्त पारिदिएको छ ।

त्यस्तै प्रकारका विध्वंशकारी कार्यहरु मंलोलिया, हेनान र निगझिआको भित्री भागमा रहेको हुई समुदायको गृहनगर, जो चीनको सबैभन्दा ठूलो आदिवासी समुदायको वासस्थल रहेको छ, त्यहाँ पनि व्यापक स्तरमा विध्वंशका गतिविधीहरु संचालन गरी सकेको छ । युनानको दक्षिण प्रान्तमा तीन ठूला मस्जिद मस्जिद प्रान्तिय अधिकारीद्वारा बन्द गरिएको प्रतिवेदन समेत सार्वजनिक हुन आएको छ ।

अझ उल्लेखनिय कुरा निगझिआ प्रान्तमा अखि लिपीमा सार्वजनिक गरिएका प्रर्दशनहरु समेतलाई प्रतिबन्धित गरीएको छ । चीन यती हदसम्म पुगिसकेको छ, की हालाल भन्ने शव्दलाई समेत रेस्टुरेन्टहरुले खाना तयार गर्ने इस्लामिक अधिकारिक सिलको परम्पराबाट झिक्न लगाएर त्यसको प्रयोग अब चिनियाँ स्वरुपमा गर्न थालिसकेको छ ।

निषेधको यो प्रक्रिया बेइजिङ लगायत अन्य ठाँउमा समेत विस्तारित गरिएको छ । थुप्रै प्रान्तहरुका अधिकारीहरुले खानाका लागि हलाल प्रमाणप्रत्र वितरण गर्न बन्द गरिएको छ । त्यस्तै डेरी र गहुँ उत्पादन गर्ने रेस्टुरेन्टहरुमा समेत वितरण गर्न बन्द गरिएको छ ।

चीनमा इस्लामको अवरोध स्पष्टरुपमा चिनियाङमा मात्र प्रतिवन्धित गरिएको छैन । चीनको सत्ताले चिनियाँ भाषा बोल्नेहरुलाई समाहित गर्ने प्रयास गर्नु विखण्डनबाद वा अतिवादको हालको किर्तिमान होइन् ।

एक ख्यातिप्राप्त पर्यवेक्षकका अनुसार हुई समुदायलाई लक्षित गर्ने अभियानको उद्धेश्य विचारधारा, प्रतिक चिन्ह, संकृतिक, उत्पादन लगायत कुनै चीनका लागि आवश्यक नभएको चिजलाई वेवस्ता गर्नु हो । यसले जीवनका लागि उपयोगी र सार्थक हुने कुरोलाई अनुमति दिनु हो ।

पारसी व्यापारीहरुका प्रिय अनुनायी हुई समुदाय चिनियाँ सत्ताको बढ्दो दबाब खेप्दै आएका छन् । जबकी बेइजिङले आदिवासी वहुसंख्यक हानलाई तिनीहरुमा राष्ट्रियताको भावना विकास गर्न उल्लेखनिय सहयोग गर्दै आएको छ ।

टेलिभिजन मार्फत आधिकारिक वक्तव्यका माध्यमबाट झिको दृष्टिकोण चचीनको ऐतिहासिक शक्ति, अर्थ, संस्कृति र गौरवलाई पुनः प्राप्त गर्ने चीनको सपना रहेका बारे खुलस्तरुपमा भन्ने गरिएको छ । जबकी १०.५ मिलियन जति जनसंख्या भएको युधुरहरु माथि सिन्चियोगमा गरिने गरिएको शोषणकारी र आक्रमक प्रक्रिया अपनाइएका छ ।

त्यस अनुपातमा हुई विरुद्ध कुनै नयाँ प्रक्रिया लागु गरिएको छैन । निनझिया क्षेत्रमा हुई चीनको तेस्रो ठूलो आदिवासी अल्पसंख्यक रहेको छ । समग्रमा चीनको जम्मा जनसंख्या १.४ विलियन मध्य २२–२३ मिलियन मुस्लिमहरु रहेका छन् । युधुरहरु माथि सिन्चियोङमा जसरी व्यापकस्तरमा प्रतिबन्ध र आक्रमक निगरानी राखिएको छ । त्यसको अनुपातमा हुई विरुद्ध कुनै नयाँ प्रक्रिया लागु गरिएको छैन ।

१०.५ मिलियन जति जनसंख्या भएको युधुरले हुई मध्य चिन्ता र आक्रोस फिजाई दिएको छ । निंगझिया क्षेत्रमा केन्द्रित रहेको हुई चीनको तेस्रो ठूलो आदिवासी अल्पसंख्यक हो ।

चीनमा अल्पसंख्यकहरु विरुद्ध अपनाईएको प्रक्रियाले राष्ट्रपति सि जिङपिङद्वारा लागु गरिएको कडा र कठोर प्रकृतिका नीतिहरुलाई प्रर्दशित गर्दछ । किनकी उनको चाहना कम्युनिष्ट पार्टीको प्रधानता पुर्नस्थापित गरी आफ्नो विचारधार र सिद्धान्तहरु जीवनको हरेक क्षेत्रमा लागु गर्नु रहेको छ । सबभन्दा महत्वपूर्ण कुरा चीनमा हरेक नागरिकले उनलाई आफ्नो र उनको अनुकरण गर्नु रहेको छ । चीनको सत्तालाई यो भय छ की मुस्लिमहरुको अस्था धर्मिक अतिवादमा परिणत भएको खण्डमा यसले राज्यको सुरक्षा व्यवस्थालाई चुनौति दिन सक्नेछ ।

त्यसको फलस्वरुप कम्युनिष्ट पार्टीले चीनभरीमा नेता सि जिङफिङका तर्फबाट स्लामिक रिती रिवाज र क्रियाकलापहरुलाई प्रतिबन्धित गर्ने गरी नयाँ दिर्नेशन कार्यान्वयन हुन लागेको छ । सन् २०१८ मा चीनको राष्ट्रिय परिषदले एक निर्देशिका जारी गरेको थियो । त्यसको शिर्षक ‘नयाँ परिस्थितीमा इस्लामिक कार्यलाई पुर्नस्थापित र सुधार गर्नु’ रहेको थियो । त्यस निर्देशन अनुरुप स्थानीय अधिकारीहरुलाई राज्यको क्रियाकलाप र धर्मनिरपेक्ष जीवनमा इस्लामको हस्तक्षेपलाई रोक्नु रहेको थियो । जबकी जनजीवनको क्षेत्रमा त्यसको कुनै निर्देशन अधिकारी रुपमा रहेको देखिएको छैन ।

चीनका स्लामिक स्थलहरु परम्परा र पर्दशन एंव रितिरिवाजहरुको अरबीकरण न होस भन्नका लागि त्यस्तो निर्देशिका चेतावनी स्वरुप जारी गरिएको थियो ।

जर्मनमा रहेको विश्व युधुर महासभाबाट जारी निर्देशिका चीनको कम्युनिष्ट पार्टीलाई उपलब्ध गराईएकोमा चीनको केन्द्रीय नेतृत्वले स्थानीय अधिकारीहरुलाई कलाकृति, भेषभुषा, धार्मिक व्यवहार तथा भाषा माथि साउदी र अरबको प्रभुत्वलाई प्रभावहिन बनाउन निर्देशित गरिएको छ ।

यो उल्लेखनिय छ की यसले इस्लामको सबैभन्दा पवित्र स्थल माथि साउदी अरबको प्रभुत्वको संकेत र सम्बन्धलाई प्रर्दशित गर्छ । त्यसका साथै जतिखेर साउदी निर्देशित ओआईसीले निहित स्वार्थ जस्तै व्यापारका लागि चीनलाई युधुर मुस्लिमहरुलाई हस्तान्तरण गर्न अनुरोध गरेको थियो ।

विखण्डको सबभन्दा महत्वपूर्ण पक्ष मध्इ एसिया वा इस्लामिक क्रियाकलापहरु जस्तै मस्जिद तथा गुम्बाहरु कलात्मक विशेषता एंव विशिष्टताहरुलाई लक्षित एंव प्रभावित पार्नु रहेको छ । त्यस्ता प्रतिकहरु चीनका लागि खतरनाक सम्झिएकाले त्यस्ता कलाकृतिहरुमाथि बढी ध्यान केन्द्रीत गर्नु चीनका लागि महत्वपूर्ण हुन गएको छ ।

अझ उल्लेखनिय के छ भने अप्रिल २०१८ को निर्देशिकाले इस्लामिक वित्तिय प्रणालीको प्रयोगलाई निर्देशित गर्दछ । त्यसले मस्जिदहरुसँगै अन्य इस्लामिक संगठनहरु जसले किण्डरगारटेन अथवा विद्याय प्रश्चातका कार्यक्रमहरुसँगै अरेबिक भाषाका विद्यालयहरुले धर्म सम्बन्धमा शिक्षा दिएर विदेशमा विद्यार्थीहरुलाई पढ्न पठाउने कार्यलाई निषेधित गरेको छ ।

निंझिआ र गांन्सु प्रान्तले प्राथना गर्ने पारम्पारिक प्रार्थना अजान माथि समेत प्रतिबन्ध लाइएको छ । अधिकारीहरुले आफैं पनि मजिस्दहरुलाई लक्षित गर्दै आएका छन् । गंसुसको लिन्झिआ नजिकको एक गाँउ गुजआंगस्थित एक मस्जिदमाथि अप्रिल, २०१९ मा निर्माण कार्य गर्ने मजदुरहरुले नै प्रहार गरेर ध्वस्त बनाइदिएका थिए, जो आजसम्म पनि बन्न सकेको छैन ।

संचारमाध्यमहरुले एक भिडियो मार्फत गाओग स्थित मस्जिदमाथिका सुनौला ससाना गुम्बा (बुर्जा) लाई नष्ट पारेर त्यसका अवशेषलाई भवन समत मजदुरहरुले छर्कने गरेको दृश्य प्रर्दशित गरेको छ । युनान प्रान्तमा धेरै अघि देखि बस्दै आएका हुई समुदायले निनर्मित मस्जिदहरु सँगै तीनवटा साना गाँउहरु समेतलाई अधिकारीहरुले विना सरकारी आदेश निषेधित गरिएको छ । देशका तर्फबाट मस्जिदहरु अवैधानिक धार्मिक क्रियाकलापहरु संचालित गर्ने गरेको सम्बन्धमा वक्तव्य प्रसारित गरिएको थियो ।

दुई बर्ष अघि एक्कासी इस्लामिक परम्परा अनुरुप गर्ने प्राथमनालाई बन्द गरेको थियो । त्यस्तै गृहबाट समेत कुरान विक्रि गर्न प्रतिबन्धित गरिएको थियो । हआंग र हु लि द्वारा सन् २०१२ मा लेखिएको लेख मार्फत अल्पसंख्यकहरु प्रति सिपिसी व्यवहार प्रति टिप्पणी गरिएको थियो । जसले यस्तै प्रकारको प्रणाली लागु गरेको कारण सभियत यूनियनको पतन भएको दर्शाएको थियो । दुवै लेखकले यो पनि चेतावनी दिएका थिए की क्षेत्रीय आदिवासी बर्ग र क्षेत्रिय आदिवासी जस्ता दुवै प्रकारका चुनौतीहरुले आदिवासीबीच बिखण्डन बढाएको छ ।

निकर्षमा यो स्पष्ट देखिएको छ की चीनको आफ्नो अल्पसंख्यक समुदायप्रति दृष्टिकोण बर्षौ देखी परिवर्तित हुँदै आएको छ । लामो समय देखि चीनमा बस्दे आएका हुई र युधुर मुस्लिमहरु समेत त्यसलाई अनुपालन गर्नुपर्नेछ ।

सबभन्दा दुर्भाग्यपूर्ण यो छ की आज सिन्चियोगमा जुन कडा नीति सुरु भएको छ त्यो चीनको अन्य भागमा समेत विस्तारित हुँदै गएको छ र त्यसैले त्यउस्ता कामलाई चीन भित्र नै सिमित रहेनेछ र प्रतिवन्धले गर्दा विश्वका अन्य मुस्लिम बाहुल क्षेत्रहरुका संचार माध्यमहरुमा समेत स्थान पाउन सकेको छैन ।

घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले

चीन र लद्दाखलाई संघिय भू–भाग बनाउने क्रम

– मन्जुर अहमद

भारतले धारा ३७० र ३५ ए लागु गरेको प्रति पाकिस्ताले व्यक्त गरेको प्रतिक्रियालाई बुझ्न सक्छ । तर, चीनले त्यसप्रति चासो देखाउनुलाई आश्चर्यकैरुपमा लिन सक्छ । यस तथ्यप्रति प्रतिक्रिया यस्तो छ ।

भारतका गृहमन्त्री अमित शाहले अगस्ट ६, २०१९ का दिन लोक सभामा धारा ३७० का केही प्रावधानहरु सम्बन्धी प्रस्ताव र जम्मु तथा कश्मीर को पुर्नगठन विधेयक, २०१९ का प्रस्तुत गर्ने क्रममा भनेका थिए की पाक अधिनस्थ कश्मीर र अक्सार्य चीन जम्मु तथा कश्मिरको भाग हो र कश्मीर उपत्यका देशको अभिन्न भू–भाग हो । गृहमन्त्रीले भनेका थिए, ‘कश्मिर भारतको अभिन्न भू–भाग हो, त्यसमा कुनै शंका छैन ।

जब म जम्मु र कश्मिरका बारेमा केही भन्छ तब पाक अधिनस्थ कश्मिर र अकसाई चीन त्यसमा समावेश हुन्छ ।’ यस विषयमा कुनै पनि भारतीय राजनीतिक नेताले त्यस तथ्य बारे बोलेको यो पहिलो पटक हुन सक्छ ।

एक दिन पछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले गृहमन्त्रीले विषेशरुपमा उठाएको लद्दाख प्रसंग प्रति प्रतिक्रिया व्यक्त गर्दै भनेकी थिइन्, ‘चीनले सँधै भारत–चीन सिमाको पश्चिमी खण्डलाई आफ्नो प्रशासकिय क्षेत्रमा समावेश गर्ने सम्बन्धमा सँधै विरोध गर्दै आएको छ ।

यो दृढ र निरन्तरताको स्थिती अपरिवर्तनिय रहनेछ ।’ उनले यो पनि माग गरेकी थिईन की भारतले यस सम्बन्धमा कुनै चलखेल गर्ने कुराले पछि सिमा सम्बन्धी प्रश्नलाई विवादस्पद बनाउन सक्छ ।

उवाले पूर्नगठनले प्रत्यक्षरुपमा चीनको सार्वभौमसत्तालाई खलल पु¥याउने छ । हालै भारतले चीनको सिमा सम्बन्धी सर्वाभौमसत्तालाई एक पक्षियरुपमा आफ्नो आनतरिक कानून परिवर्तन गरेर त्यस्तो गरेको हो । त्यस्तो प्रयास अस्विकार्य भएकाले कार्यान्वयन हुनै सक्दैन ।

आन्तरिक कानूनमा ल्याएको परिवर्तनले कसरी चीनको भूभाग सम्बन्धी सार्वभौमसत्तालाई परिवर्तन गर्न सक्छ ? यस प्रश्नको उत्तर चीनले मात्र दिन सक्छ ।

यसै प्रकारले सिमा सम्बन्धी प्रश्नसँग कुनै स।रोकार रहेको छैन । भारतको जम्मु तथा काश्मिर क्षेत्रलाई परिवर्तन गर्ने क्रममा केही गरेको छैन । केवल एउटा परिवर्तन मात्र गरिएको छ की त्यस राज्यको संवैधानिक स्तरको पुर्नगठन अनुसार त्यो राज्य एक केन्द्रबाट संघिय भूभागकोरुपमा रहेनछ ।

सिमाको प्रश्न चीनले मात्र तेर्साएको छ तर त्यसले कसरी बढी क्षेत्रलाई प्रभावित गर्न सक्छ– उदाहरणका लागि अरुणाचल प्रदेश जसलाई तीनीहरुले आफ्नो भूभाग भन्दै आएका छन् । भारतको अवस्था ज्यादै विश्वसनिय रहेको छ र भूगोलका आधारमा सिमाको प्रश्न निर्धारण गर्न चाहन्छ । यस स्म्झौताको विस्तृत र विशिष्ट विवरण बारे छलफल गर्न बाँकी नै रहेको छ ।

भूमी अतिक्रमणको अर्को उदाहरण स्न १९६३ को चीन पाकिस्तान सम्झौता हो, जसका आधारमा पाकिस्तानले अवैधानिकरुपमा चीनलाई शक्सग्राम उपत्यका हस्तान्तरण गरेको थियो ।

जबकी स्म्झौताको धारा ६ मा कश्मिर मुद्धाको अन्तिम समधान पछि हुने भनिएपनि तथ्य यो छ की चीनले अवैधानिकरुपमा जम्मु र कश्मिर समेतको भूभाग उपभोग गर्दै आएको छ । लद्दाख लगायतका सिमा सम्बन्धमा भारतले चाल्ने पाइलाप्रति चीनले प्रतिरोध गर्दै आएको छ । यसको सबैभन्दा खतरनाक अंश भारत र चीनबीचको लद्दाखको भूभागमा वास्तविक सिमा रेखाको समधान नहुनु अन्य पक्षका लागि अनिर्णित रहँदै आएको छ ।

यस सम्बन्धमा स्पष्टताको अभाव रहेकाले विवादित क्षेत्रमा समेत चीन अघि बढ्दै आएको छ । चीनको वास्तविक सिमा रेखामाथि सम्पर्क रहेको कारण भारतमाथि चीनले लद्दाख क्षेत्रमा समेत प्रभुत्व बढाउँदै आएको छ । जसको आधार ३१ वटा बाटो लगायतको हेलीप्याडसँगै सैनिक पठाउने संरचना आदी रहेका कारण चीन विश्वस्तरुपमा जति अघि बढ्न सक्छ त्यती अघिसम्म बढ्दै आएको छ शान्तिको चहाना राखे ।

यससम्बन्धमा खासगरीकन भारतले गर्दा यो पनि उल्लेखनियरुपमा रहेको छ की दक्षिण एसियाका दुई देश नेपाल तथा भुटान भारतीय प्रभुत्वबाट अलग्ग रहन चाहाने मुद्धा समेतले गर्दा चीन आश्वस्त गरेको छ । चिनियाँ सत्ताले वित्तिय शक्ति र राजनीतिक प्रभुत्वलाई यस क्षेत्रमागि विस्तारित गरेको छ, जो नेपालको सन्दर्भमा निश्चितरुपमा सही रहेको देखिएको छ ।

चीनले अर्थव्यवस्था भारतभन्दा पाँच गुणा बडी रहको उसको सैनिक खर्च समेत ज्यादै विशिष्ट शक्तीयुक्त रहेको कुरा जो सुकैले पनि हेर्न सक्छ । यस तथ्य र वास्तविताको आधारबाट हेर्दा भारत चीनबीचको समिरकण प्रतिस्पर्धा भन्दा विवादस्पद रहेको प्रायः हेर्न स्क्छ । यस दृष्टीबाछ हेर्दा भारतले जम्मु र काश्मिरको भूभागको पुर्नव्यवस्थापन गरेर दुई संघिय भूभाग व्यवस्थित गर्ने कुराले सिमाको प्रश्न तेर्साइदिएको छ ।

जो उसको सदावहार मित्र पाकिस्तानलाई सघाउने छ । यस अघि शंका पनि छ की केवल चीनले यसलाई बन्द ढोका भएर संयुक्त राष्ट्र सुरक्षा परिषदका सदस्यहरु सामु प्रस्तुत गर्न सक्नेछ । किनभने चीन त्यसको प्रमुख ५ सदस्य मध्येको एक भएकाले उसले त्यो गर्न सक्छ ।

तर आतंकवादीहरुलाई सघाउने उसको मित्र पाकिस्तानका लागि सघाउन त्यस्तो गर्नु पछि गएर विवादस्पद हुनेछ भनेर त उसले कमसेकम सोच्नुपर्छ । जबसम्म यो वास्तविकरुपमा हुँदैन, तबसम्म भारत चीन सम्बन्धका बारेमा प्रतिक्षा गर्नुका साथै निगरानी समेत गर्नुपर्नेछ ।

२, ४, ७ र ९ जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची

के बंगलादेशलाई चीनको सहयोग अन्य उद्धेश्यले प्ररित रहेको छ ?

– स्यामुएल बैद
दक्षिण एसियामा पाकिस्तान पछि बंगलादेश चिनियाँ लगानीको दोस्रो ठूलो ठूलो उपभोगकर्ता रहेको छ । ब्रिटिस बैंक स्टान्डर्ड चार्टडका अनुसार चीनको बेन्ट एन्ड रोड इनिसिएटिभको बंगलादेशमा ३८ विलियन अमेरिकन डलर लगानी रहेको छ ।

सन् २०१६ मा बंगलादेशको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिङले २०२० सम्म भारतको भन्दा बढी त्यहाँका २७ विकास आयोजनामा चीनले २० विलियन डलर भन्दा बढी ऋण दिने बताएका थिए । तर निर्धारित समयमा चीनले पाँच प्रतिशत मात्रै ऋण दिएको छ, जो, बंगलादेशको मुद्रा अनुसार ८१.६० विलियन जति मात्र छ ।

अक्टोबर १४, २०१९ का दिन बंगलादेशका संरक्षणात्मक विशेषज्ञ मोहम्मद फौजल कवीर खानले प्राथोन अलोमा प्रकाशित एक लेख मार्फत भनेका छन्, ‘चीनले आफ्नो राजनीतिक प्रभुत्व विस्तार गर्न त्यत्रो ठूलो सहयोगको प्रतिवद्धता गरेपनि सही अर्थमा योजनाको कार्यान्वयनका लागि सहयोग प्रदान नगरिएकाले योजना कार्यान्वयन गर्न ढिलो भएको छ ।’ बंगलादेशको समचारपत्र द डेली स्टार ले आफ्नो अक्टोबर १९ को अंक मार्फत उल्लेख गरेको छ की चीनले ३ विलियन भन्दा बढी १ बर्षमा कुनै पनि देशलाई भुक्तानी दिदैन ।

जुन २०१९ मा बंगलादेशका प्रधानमन्त्री शेख हसिाना बेइजिङ पुगेर चिनियाँ नेतृत्वसँग प्रतिवद्धता कार्यान्वयनमा भएको ढिलाई प्रति ध्यानाकर्षण गराउँदा समेत कुनै प्रगति नभएको बताइन्छ ।

उनको चीन भ्रमणमा असफलताबारे केही आन्तरिक माध्यमहरुले समचार सम्प्रेषण गरेको फलस्वरुप चीन र बंगलादेशबीच १.७ विलियन ऋण जलस्रोत क्षेत्रका लागि उपलब्ध गराउने गरी नयाँ सम्झौता गरिएको थियो । तिनीहरुले चीनको प्यारो योजनाः बंगलादेश–चीन–भारत–म्यानमार इकोनोमिक करिडोर प्रोजेक्ट समेतका विषयमा छलफल गरेका थिए ।

तर बंगलादेशका जनताहरु अहिले पनि चीनले प्रतिवद्धता पुरा नगरेको त्यसबारेमा सरकार र चीनको धारणा पर्खिरहेका छन् । वास्तविकता यो छ की चीनले ऋण प्रदान गर्ने क्षमता निरन्तर घट्दै गएको छ । जसको कारण अमेरिकासँगको व्यापार युद्ध हो ।

यस्ता क्षेत्रमा भारतको एक आर्थिक र सैनिक शक्तिको उद्धेश्यले गर्दा चीनले गम्भिर चुनौति मोल्नु परेको छ । बंगलादेश आफैले पाकिस्तानमा चीनले ‘चीन–पाकिस्तान इकोनोमिक करिडोर’ अन्तरगत राखेको लगानीबाट सवक सिक्न सक्छ ।

प्रारम्भिक अवस्थामा त्यो पाकिस्तानका लागि परिवर्तनकारी सम्झिएपनि कालान्तरमा सेतो हात्तिकोरुपमा परिणत भएको छ । भूमी अधिग्रहण र स्रोतको दुरुपयोग अहिले सि.पि.इ.सी को क्रममा पाकिस्तानका लागि सामान्य भइसकेको छ । चिनियाँ चिनियाँ ऋण भुक्तानी क्षेतिपूर्ती गर्न पाकिस्तान असफल रहेका कारण अहिले सि.पि.इ.सी प्रोजेक्टहरुमा चिनियाँ मुद्राको प्रयोगका लागि बाध्य पारिएको छ ।

पाकिस्तानको सार्वभौमसत्ता खतरामा पर्ने देखिएको छ । किनकी पाकिस्तानी बौद्धिकरुले सि.पि.इ.सी लाई न्यू इस्ट इन्डिया कम्पनी भन्न थालेका छन् ।

भारतका छिमेकी देशहहरुका लागि चिनियाँ सहयोग ती देशहरुको विकासका लागि हुनुभन्दा बढी राजनीतिक उद्धेश्यले प्रेरित रहेको छ । सोही कारण बंगलादेश अर्को पाकिस्तान बन्ने खतरा समेत रहेको बताइन्छ ।

किनकी उसले चीनले दिएको ऋणको प्रतिफलस्वरुप आर्थिक मात्र होइन सामाजिक विनाशसँग समेत जुध्दै आउनु परेको छ ।

बंगलादेशलाई चीनले झण्डै ४६ बर्ष अघि देखि नै आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्दै आएको थियो, आज चीनको राजनीतिक स्वरुपलाई आफ्नो देशमा लागु गर्ने एक महत्वपूर्ण निकाय बन्न पुगेको छ ।

विद्यार्थीमाथि यौन हिंसाको आरोपमा विद्यालय सञ्चालक नै पक्राउ

ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा

सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिका स्थित नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले ट्रमा सेन्टर अस्पताल बनाउनका लागि २ विगाह जग्गा दिने घोषणा गरेका छन् । बेलबारी ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित भवन तथा ल्याव सेवाको उद्घघाटन गर्दै नगर प्रमुख सुवेदीले बेलबारी बजार नजिकै रहेको जग्गा दिने घोषणा गरेका हुन् । सुवेदीले बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउँनका लागि जग्गा उपलब्ध गराउन माग गरेकाेले सम्बृद्ध नगर खुसी नगरवासी भन्ने नपाको नारालाई साकार बनाउन लागेको हुंदा संस्थासँग यहि माघ महिना भित्र नै ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने बताए ।

चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँको रुपमा ट्रमा सेन्टरलाई लिईन्छ । दुर्घटना वा प्रकोप स्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पु-याइने हुँदा घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा नपाउँने गरेका कारण उचित ढङ्गले ट्रमा सेन्टर पु-याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने सम्भावना भएको हुंदा ट्रमा सेन्टर सगै १५ सया वेडको अस्पताल समेत संचालन गरिने नगर प्रमुख सुवेदीले जानकारी दिए । सुवेदीले यसैबर्ष देखी बेलबारीका सवै वडामा स्वास्थ्य चौकीहरु बनाई सक्ने घोषणा समेत गरेका छन् । ११ वडा रहेको बेलबारीमा २,३,६,र १० नम्बर वडामा यसै अार्थिक बर्ष भित्रमा स्वास्थ्य चौकीहरु बनाउने नगर प्रमुख सुवेदीले उद्घघाेष गरेका छन ।

यस अघि पनि एक सामाजिक संस्थालाई ८ बिगाहा जग्गा नगर प्रमुख सुवेदीले जनयुद्ध प्रतिष्ठान नेपाललाई बेलबारी बजार नजिकै दिएका छन । जनयुद्ध स्मृति प्रतिष्ठानले समेत डिपिआर बनाई सकेको जानकारी प्राप्त भएको छ । संग्रहालयमा कम्युनिस्ट आन्दोलन तथा जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिनेछ । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने प्रतिष्ठानका अध्यक्ष साबित्रीकुमार काफ्लेकाे भनाइ छ ।

संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांगे्सका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने डिपिआरमा उल्लेख गरिएको बेलवारी नगरपालिकाका नगर प्रमुख सुवेदीका प्रेस संयाेजक उत्तम पाेखरेलले पुर्वेली न्यूज संगकाे कुराकानीमा जानकारी दिए ।

The post ट्रमा सेन्टरका लागि बेलबारी नगर प्रमुखले २ विगाह जग्गा दिने घोषणा appeared first on Purbeli News.

आजको राशिफल : फागुन २ गते, शुक्रबार

पूर्वमेयरको निधनमा भोलि धरानमा शोक बिदा

धरान / पूर्वमेयरको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार (भोलि) शोक बिदा दिने निर्णय गरेको छ । क्यान्सरको उपचाररत पुर्वमेयर ध्यानबहादुर राईकाे आज सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिइएको जानकारी गराए । राई २०४६ सालपछि भएको निर्वाचनमा धरानमा निर्वाचित मेयर थिए ।

The post पूर्वमेयरको निधनमा भोलि धरानमा शोक बिदा appeared first on Purbeli News.

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

लागुऔषध र हतियारसहित मोरङबाट पाँच पक्राउ

विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका–७ बाट प्रहरीले लागुऔषध र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, रामबहादुर पौडेल, गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ रहेका छन् । आइतबारराति १० बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले पक्राउ गरेको हो । को २ ह ३९६८ नम्बरको टेम्पोमा रमाइलोबाट उत्तरतर्फ कानेपोखरी आउँदै गर्दा सुरुमा विश्वकर्मा, पौडेल, बस्नेत र ढकाल पक्राउ परेका थिए ।

टेम्पोको हुटको भित्र ‘फल्स बटम’ मा लुकाएर ल्याएको अवस्थामा उनीहरुबाट लागुऔषध बरामद भएको थियो । पक्राउ पर्ने मध्ये विश्वकर्मा टेम्पो चालक हुन् । डीएसपी गिरीले सुरुमा पक्राउ परेका चार जनासँग लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स तीन बोतल, स्पास्पोक्रेन प्लस ४८ ट्याब्लेट र विभिन्न कम्पनीका छ वटा मोबाइल सेट फेला परेको बताए । पक्राउ परेकाले डाइनियाका मोहम्मद मुस्ताफले आफूहरुलाई लागुऔषध बिक्री गरेको बताएपछि प्रहरीले डाइनिया पुगेर राति नै मुस्ताफलाई पनि पक्राउ ग¥यो ।

मुस्ताफले प्रहरीले बरामद गरेको लागुऔषध उनीहरुलाई एक हजार पाँच सय रुपैयाँमा बिक्री गरेको खुलेको छ । पाँचै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएपछि उनीहरुले सुन्दरहरैंचा–२ का ५२ वर्षीय अब्बास मियाँसम्म लागुऔषध पु¥याउने गरेको खुलेको डीएसपी गिरीको भनाइ छ । मियाँको घर सुनवर्षीको डाइनियामा पनि छ । त्यसपछि सुन्दरहरैंचा र सुनवर्षी दुवै ठाउँमा रहेको उनको घरमा पुगेर प्रहरीले छापा मारेको थियो ।

खानतलासीका क्रममा मियाँको घरबाट विभिन्न कम्पनीका मोबाइलका पाँच थान सेट, लागुऔषध स्पास्पोक्रेन प्लस दुई सय ७८ ट्याब्लेट र नाइट्राभेट एक सय ५० ट्याब्लेट तथा एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीनवटा गोली बरामद भएको जानकारी डीएसपी गिरीले बताए । उनकाअनुसार मियाँ भने घरमा नभेटिएको र प्रहरीले खोजी तीव्र पारेको छ ।

पक्राउ परेकाहरु विरुद्ध लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जानकारी गिरीले दिए ।
(फोटो क्याप्सन ः हतियार र ठूलो परिणामको लागुऔषधसहित पक्राउ परेकाहरु र उनीहरुको साथबाट बरामद भएका वस्तुहरु । )

The post लागुऔषध र हतियारसहित मोरङबाट पाँच पक्राउ appeared first on Purbeli News.

घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

नांगो फोटो फेसबुकमा लाइदिने धम्की दिदै करणी गर्ने आचार्य पक्राउ

मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार २५ वर्षीय रविन आचार्य पक्राउ परेका हुन् । फोटाे सामाजिक संजालमा लाइदिने धम्की दिदै पटक–पटक बलात्कार गरेको भन्दै एक विवाहित महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए ।

उनकाअनुसार पक्राउ परेका युवाले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको वयानबाट पनि बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक चार दिन अघि बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको गिरीले बताए । प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला परेका छन् ।

डीएसपी गिरीका अनुसार आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने र यदि नगर्नु हो भने मैले भनेको मान्नु पर्छ भनेर ‘ब्ल्याकमेल’ गर्दै आएका थिए । बारम्बार घटना दोहारिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन् ।

पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन् । प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ ।

The post नांगो फोटो फेसबुकमा लाइदिने धम्की दिदै करणी गर्ने आचार्य पक्राउ appeared first on Purbeli News.

महिनाको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

प्रदेश १ लोकसेवा आयोगको अध्यक्षमा भट्टराईको नाम सिफारिस

बिराटनगर / प्रदेश एकको प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तमकुमार भट्टराईलाई सिफारिस गरिएको छ। सोमबार विराटनगरस्थित प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष लोकसेवा आयोग गठन सम्बन्धी ऐन अनुसार सिफारिस समितिले अध्यक्षमा भट्टराईसहित अन्य दुइ जना सदस्य सिफारिस गरेको हो।

आयोगको अध्यक्षमा खोटाङका भट्टराईसंगै मुख्यमन्त्री कार्यालयका सचिव टीकादत्त राई र साहित्यकार सीमा दाहाल आभाष सिफारिस भएका हुन। लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान छ । सोही अनुसार अध्यक्ष भट्टराई पूर्व कृषि सचिव, राई मुख्यमन्त्री कार्यालय र आभाष कांग्रेसतर्फबाट सिफारिसमा परेका हुन।

The post प्रदेश १ लोकसेवा आयोगको अध्यक्षमा भट्टराईको नाम सिफारिस appeared first on Purbeli News.

यूएईमा कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्ष कैद र एक लाख दिर्हामसम्म जरिबाना

लगानी भित्र्याउन तयार छौँ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, ०६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रवासी लगानी भित्र्याउन तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा गण्डकी प्रदेश सरकार र गैरआवासीय नेपाली सङ्घबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको गरेका अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा गैरआवासीय नेपालीले लगानी गर्न चाहेमा वातावरण तयार गर्न प्रदेश सरकार तयार रहेको […]

उषा राई ह’त्या प्रकरण: कुट-पिट गर्ने ४ जना महिला सार्वजनिक

पाल्पा जिल्लाभर इन्टरनेटको पहुँच विस्तार हुँदै

पाल्पा, ०६ माघ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गरेको छ । जिल्लामा एडीएसल ९४४ जडान गरिएको छ । जिल्लामा इन्टरनेटको पहुँच विस्तार गरी सहजरुपमा सुविधा प्रदान गर्न योजनाका साथ काम अघि बढाएको छ । दूरसञ्चार कार्यालयले सुलभ मूल्यमा इन्टरनेट जडान कार्यलाई तीव्रता प्रदान गरेको हो । जिल्ला सदरमुकाम तानसेनमा फोरजी […]

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु