Home Blog Page 1409

लाङटाङमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजी

मेलम्ची, ०६ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ । वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका […]

भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा हुँदैन : राष्ट्रपति भण्डारी

लामो कपालकाे कारण लन्डनका सात वर्षीय बालक इन्स्टाग्राममा भाइरल

एजेन्सी, ०६ माघ । लन्डनमा बस्ने सात वर्र्षीय बालक –फारुक जेम्स् अहिले इन्स्टाग्राममा भाइरल छन् । कारण, उनको लामो कपाल । नारी आफ्नो सुन्दरता बढाउन लामो कपाल पाल्ने गर्दछन् । तर, पुरुषको पनि लामो कपालले फारक चर्चित् बन्दै गएका छन् । मोडल र क्याटवोकर समेत रहेका फारुकले फेन्डी र गुची, डोल्चे एण्ड गबाना र ब्यालेन्सियागाका […]

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

प्रदेश लोकसेवा आयोग सिफारिस समितिद्वारा प्रदेश १ मा तीन जनाको नाम सिफारिस

तारा आचार्य विराटनगर, ६ माघ । प्रदेश लोकसेवा आयोग सिफारिस समितिले प्रदेश नं. १ मा तीन जनाको नाम सिफारिस गरेको छ । प्रदेश लोकसेवा आयोगको अध्यक्षमा उत्तम कुमार भट्टराई, सदस्यमा टिकादत्त राई र कांग्रेस कोटाबाट सजना दाहाललाई सिफारिश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । भट्टराई पूर्व कृषि सचिव हुनुहुन्छ भने […]

निर्मला पन्त प्रकरण : अनुसन्धान दीलिपसिंह विष्टमाथि केन्द्रित, अंगुर जिसी लाइभ (भिडियो)

सरकारी लक्ष्य भन्दा चालु आर्थिक वर्षमा मुल्यवृद्धि नियन्त्रण बाहिर

काठमाडौं, ०६ माघ । मुल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको छ । चालु आर्थिक वर्षमा मुल्यवृद्धि ६ प्रतिशतभन्दा माथि पुग्न नदिने लक्ष्य भएपनि अहिले नै ६ दशमलब पाँच–पाँच प्रतिशत पुगेको हो । तथ्यांकअनुसार तरकारी, माछा–मासु, दाल, फर्निसिङको सामानको भाउ निकै बढेको छ । काठमाडौंमा नेपालको अन्य क्षेत्रमा भन्दा उच्च मंहगी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ […]

छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु

संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गरी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ खैरियाका ८२ वर्षीय पोखरेलको निधनमा दुःख व्यक्त गरे ।

माघ १९९४ मा प्यूठानमा जन्मिएका पोखरेलको सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको थियो । स्वर्गीय पोखरेल एक वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

२०१३ सालमा नेपाल छात्र सङ्घबाट जयतु संस्कृतम नारासहित राजनीति सुरु गरेका स्वर्गीय पोखरेल पूर्व महाधिवेशन प्रतिनिधि, पूर्व महासमिति सदस्य तथा २०२६ देखि २०३७ सम्म पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको सचिव थिए ।

नेपालमा प्रजातन्त्र स्थापनामा जेल जीवनसमेत व्यतित गरेका पोखरेल २०७४ को आम निर्वाचनमा प्रदेश ५ मा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशको सभामुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

सभापति देउवाले स्वर्गीय पोखरेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं सङ्गठनकर्तालाई गुमाएको जनाए ।

नेता पोखरेलको निधनप्रति प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्तब्ध बनाएको बताए ।

मुख्यमन्त्री पोखरेलले सोमबार जारी गरेको शोक विज्ञप्तिमा स्वर्गीय पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरिएको छ ।

The post संसदीय दलका नेताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त appeared first on Koshi Online.

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

मैत्रीपुर्ण खेलमा क्यान ११ एक सय ३५ रनले विजयी

पोखरामा बन्द सत्रमा रहेको नेपाली राष्ट्रिय टिम सम्मिलित नेपाल क्रिकेट संघ (क्यान) ११ ले मैत्रीपूर्ण खेलमा मलेसिया ११ लाई एक सय ३५ रनले हराएको छ।

क्यान ११ का लागि नेपाली राष्ट्रिय टिमका बलर करण केसी र कमलसिंह ऐरीको उत्कृष्ट प्रदर्शनसँगै मलेसिया ११ सस्तोमै समेटिएको हो। निकै उत्कृष्ट फर्ममा रहेका केसी र ऐरीले मेडन ओभर राख्दै समान ३–३ विकेट लिए। ८ ओभर खेलेका केसीले दुई ओभर मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट लिए। ७ ओभर खेलेका ऐरीले एक ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यान ११ ले मलेसियालाई २ सय ७८ रनको लक्ष्य दियो। चौथो विकेटको लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सुवास खकुरेल १२, ज्ञानेन्द्र मल्ल १९ र पारस खड्का १५ रनमा आउट भए।

चौथो विकेटको लागि शतकीय साझेदारी निभाएपछि बोर्ड ११ ले सम्मानजनक स्कोर तयार पा-यो। आरिफ १ सय १ रनमा नटआउट (रिटायर्ड) रहे। उनले १ सय ५ बल खेल्दै ७ चौका र ५ छक्का हिर्काए।

उनले स्ट्राईकमा साथ दिँदै महत्वपूर्ण साझेदारी निभाउने क्रममा सन्दीप जोराले व्यक्तिगत अर्धशतक पूरा गरेका थिए। उनले ५८ रनमा आउट हुदाँ ७० बल खेल्दै ८ चौका र १ छक्का हिर्काएका थिए।

क्यान ११ ले ५८ रन बनाउने क्रममा तीन विकेट गुमाइ सकेको थियो। चौथो विकेटको लागि १ सय ५३ रनको साझेदारी गर्दै क्यानको ११ को योगफल उकासे। चौथो विकेट २ सय ११ रन बनाउँदा गुमाएको घरेलु टोलीले पाँचौ विकेट २ सय १४ रनमा गुमाएको थियो।

४७ ओभर खेल्ने क्रममा २ सय ७७ रनको योगफल तयार पार्दा करण केसीले २६ रन हिर्काए। पवनदिप सिंहले ३ विकेट लिने क्रममा ३१ रन खर्चिए। त्यसैगरी मोहम्मदी आरिफले पनि ३ विकेट लिन ३३ रन दिएका थिए। २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया १ सय ४२ रनमै समेटियो।

३७.३ ओभर खेल्दै १ सय ४२ रनमा अलआउट हुदाँ सायद अजिजले २८ रन बनाए। २९ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हाने। करण केसीले उनको विकेट लिएका थिए। आइनुल हकिमले पनि समान २८ रन नै बनाउने क्रममा ४७ बलको सामना गरेका थिए। उनले ४ चौका हिर्काए।

कुशल मल्लको बलिङमा एलबी डब्लुको धरापमा पर्दै पवेलियन फर्किए। भिरन्दिप सिंहले २४ रन जोडे। ५० बल खेलेका सिंहले ३ चौका हिर्काएका थिए। अविनाश बोहोराको बलमा पारस खड्काले क्याच आउट गरे। कुशल मल्लले ८.२ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए।

गत शनिबार कास्की ११ लाई मैत्रीपूर्ण खेलमा सहज पराजित गरेको मलेसिया ११ सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ(क्यान) बोर्ड ११ सँग १ सय ३५ रनको फराकिलो हार व्यहारेको हो।

दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न

लाङटाङमा बेपत्ता विद्यार्थीको खोजी जारी

लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु-याइएको छ। विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमा पर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु-याइएको हो।

हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ। वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौँका जापान लामा नुवाकोटको घ्याङ्फेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता छन्। दुवै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर उनीहरु हेलम्बु फर्कँदै गर्दा बेपत्ता भएका जानकारी प्राप्त भएको शेर्पाले बताए।

गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु गत पुस २९ गते हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। बुधबार गोसाईंकुण्ड गएका उनीहरु फर्केर घ्याङ्फेदीस्थित फेदी लजमा बास बसेका थिए। वाङगेलले शुक्रबार बिहान ७ः०० बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ः०० बजेतिर उनीहरु घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्कविहीन छन्।

तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्धारकर्तालाई घोप्टेफेदी पुर्‍याएको बताए। घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएका भनिएको स्थलतिर गएका अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार केही दिनलाई पुग्ने रासनपानी बोकेर उद्धारकर्ता खोजीमा जुटेका छन्। रासस

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चरेससहित वडा सदस्य पक्राउ

बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकाया रहेका छन्। उनले प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताए। पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ।

घरेलु मदिरा बरामद

जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रका विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामद गरी आज नष्ट गरिएको छ। प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको ४२४ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।

उनले जिल्लामा मदिरासेवन गरी होहल्ला गर्ने १६ लाई नियन्त्रणमा लिई कारवाही गरिएको बताए। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले छाउपडी गोठ भत्काउने मदिरा नियन्त्रण गर्नेलगायतका कार्यलाई सक्रियताका साथ लागू गर्दै आएको छ। रासस

वक्तृत्वकलामा प्रेम प्रथम

एपीएफ टोलीद्वारा चोरी पैठारीको लाखौंका सामान बरामद

सशस्त्र प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका १० स्थित मटिअर्वा नहरबाट करीब आठ लाख १० हजार रुपैयाँ बराबरको चोरी पैठारीको ब्ल्याङकेटसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २२ वर्षीय सुनिल कुमार छन्।

एचआर ६९ बी ७५५८ नम्बरको भारतीय ट्रकमा राखेर ल्याउँदै गरेको उक्त ब्ल्याङकेटसहित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो। एपीएफ टोलीले उक्त ब्ल्याङकेट ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ।

पक्राउ परेका कुमारलाई बरामद ब्ल्याङकेट तथा उक्त ट्रकसहित आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ। बरामद ट्रकको भन्सार दाखिला मुल्य नौ लाख ९१ हजार एक सय ९२ रुपैयाँ रहेको छ।

यता, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिया चोकबाट एपीएफ टोलीले करीव दुई लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ईलोक्ट्रोनिक्स सामान, लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलराबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरी पैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बलरा नगरपालिका ५ स्थित अर्नाबाट बरामद गरेको हो।

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

आत्मविश्वासको साँचो स्काउटलाई बनाउँदै युवा: प्रदेश ५ का प्रत्येक स्थानीय तहमा स्काउट

राजिव खत्री नवलपरासी, ६ माघ । रोल्पाका लाउड राइटर पुन मगर स्काउट तालिमका लागि नवलपरासी झरेका छन् । यस अघि उनलाई स्काउटका बारेमा कुनै जानकारी नै थिए । नेपाल स्काउटले प्रदेश स्तरीय तालिम सञ्चालन गर्ने भएपछि सामाजिक विकास मन्त्रालयले स्थानीय निकायलाई सर्कुलर गरेसँगै गंगादेव गाउँपालिकाबाट छनौट भई तालिमकालागि नवलपरासी आएका हुन् । यो तालिमले आफ्नो […]

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग