Home Blog Page 1408

नेकपाका नेता रामबाबु ठगी मुद्दामा नियन्त्रणमा

इरफान अली वीरगञ्ज ०६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामबाबु बैठा ठगी मुद्दामा नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको (असई) पदमा जागिर लगाइदिने भन्दै ७ लाख घुस लिएको आरोपमा प्रहरीले सोमबार नेकपा प्रदेश २ का सदस्य बैठालाई नियन्त्रणमा लिएको हो । पर्साका प्रहरी उपरीक्षक समोन्द्र सिंह राठौरका अनुसार २०७२ सालमा रौतहटको मौलापुर […]

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ। बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहेका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो। वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए। रासस

आजको राशिफल : फागुन १ गते, बिहीबार

तमोर जलविद्युत् आयोजना निर्माणको सम्झौता : १ खर्ब ८० अर्ब लागतमा पीपीपी मोडलमा बन्ने

काठमाडौं। लगानी बोर्डले ७ सय ५६ मेगावाटको तमोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्न दुईवटा कम्पनीसँग सम्झौता गरेको छ । बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाइना)सँग सम्झौता गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी, एचआईडीसीएलका सीईओ छविराज पोखरेल र चाइना पावर युरेसियाका […]

भानु जयन्तीमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

खाद्यपदार्थको १० प्रतिशतले मूल्यवृद्धि

काठमाडौं । चालू आवको पहिलो पाँच महिनामा मुद्रास्फीति ६.५५ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत मुद्राको मूल्य घटेकाले गतवर्षभन्दा सामान्यतयाः ३ रुपैयाँ मूल्य बढ्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र […]

नेहा र आदित्यको विवाह चर्चा चलिरहदा उदित नारायणको यस्ताे खुलासा

सेयर बजारमा उछाल, दर्जन कम्पनीमा सर्किट ब्रेक

  काठमाडौं  । साताको पहिलो दिन नेप्से परिसूचकमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ दशमलव ४३ अंकले बढेपछि सेयरबजारमा उछाल आएको हो । यस दिन १७८ कम्पनीको २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९१७ रुपैयाँको सेयर कारोबार भएको छ । जसबाट ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर खरिदबिक्री भएका छन् […]

विवाह बन्धनमा बाधिदै आंचल शर्मा

अझै पाएनन् उखु किसानले भुक्तानी : ५९ करोड १६ लाख ५४ हजार बाँकी

काठमाडौं । सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले […]

द रककी छोरीले रेस्लिङ खेल्ने

नेप्सेमा ३३ अङ्कको वृद्धि

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो । यस्तै सेन्सेटिभ परिसूचक […]

अहिलेको नम्बर १ विकेट ‘टेकर’ मै हुँ : सन्दीप लामिछाने

नेप्सेमा साढे २६ अङ्कको गिरावट

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०.१८ ले घटेको छ ।

नप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९.८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।

The post नेप्सेमा साढे २६ अङ्कको गिरावट appeared first on Purbeli News.

ब्रिटिस दूतावासले उचाल्यो ट्रफी

यस्ता छन ईटहरी स्थित दश तल्ले सेन्ट्रल प्लाजाका दश आकर्षण (तस्विरहरू सहित)

इटहरी । सुनसरीको इटहरी स्थित मुख्य चौकमा रहेको सेन्ट्रल प्लाजा अहिले धेरैका लागि आकर्षक किनमेलको गनतब्य बनिरहेको छ । दश तल्ले सुविधासम्पन्न .प्लाजामा ग्राहकहरूको समेत दिन प्रतिदिन आकर्षण बढिरहेको देखिन्छ । दश तल्ले प्लाजाका दश आकर्षण यस्ता रहेका छन् ।

१. होटेल बरण्डा

सेन्टर प्लाजामा रहेको होटेल बरण्डा यसको एउटा आकर्षण हो । १५ करोड भन्दा बढी लगानी गरेर सञ्चालनमा ल्याइएको सो होटेलमा अन्तर्राष्ट्रिय स्तरका सेवा सुविधाहरू रहेका छन् । होटेलमा ३० वटा लक्जरी तथा ३ वटा स्वीट रुमहरू रहेका छन् । त्यसैसरि ग्राहकको आवश्यकलाई ध्यानमा राखेर होटेलले समय अनुकूल सेवा सुविधामा समेत वृद्धि गरिरहेको छ । थ्री स्टार होटेल सरहको सेवा सुविधा समेत यस होटलमा रहेको छ ।

२. सिने फ्लेक्स

सेन्टर प्लाजाको अर्को आकर्षण भनेको सिने फ्लेक्स पनि हो । सुविधा सम्पन्न यस हलमा दैनिक नेपाली, हिन्दी तथा अङ्ग्रेजी फिल्महरू प्रदर्शन हुने गर्दछन् । प्लाजा भित्र रहेको यस सिनेमा हलमा दशर्कहरुको बाक्लो उपस्थिति रहने गरेको छ । अन्तर्राष्ट्रिय स्तरको हलका आउने दर्शकहरू हलको सुविधाबाट मोहित हुने गरेको प्रतिक्रिया दिन्छन् ।

३. निल डेविड सलून

सेन्टर प्लाजाकाे दाेस्राे तलामा निल डेविड सलून सेन्टर प्लाजाकाे एक अकर्षणकाे रूपमा रहेकाे छ । प्लाजा भित्र रहेको सैलुन विशेष प्रकारको छ । विभिन्न सुविधा रहेको सैलुनमा सौन्दर्यका पारखीहरूको बढी आकर्षण रहेको छ ।

४.  ग्राउण्ड क्याफे :

सेन्टर प्लाजामा रहेको ग्राउण्ड क्याफे यहाँको एउटा आकर्षण हो । विभिन्न सुविधि रहेको क्याफेमा दैनिक जसो नै भिड लागेको हुन्छ । क्याफेमा रमाउने धेरैको रोजाइमा प्लाजामा रहेको क्याफे पर्दछ ।

५.  सनराइज बैंक

सनराइज बैंकको इटहरी शाखा सेन्टर प्लाजामा नै रहेको छ । इटहरी र आसपासमा रहेका ग्राहकको सुविधाको लागि प्लाजा खोलिएको यो बैङ्क पनि एउटा आकर्षणको रूपमा नै रहेको छ । आर्थिक कारोबार गर्नेहरूको भिडभाड नै हुने यो बैङ्कले प्लाजाको रौनकता थपेको छ ।

६. युनिक स्विट्स

सेन्टर प्लाजाको अर्को आकर्षण युनिक स्विट्स पनि हो । यहाँका पसलहरूमा पाइने युनिक स्विट्सहरूले ग्राहकको मन तान्ने गरेको छ । मिठाईका पारखीहरूले सेन्टर प्लाजालाई आफ्नो गन्तव्य बनाउने गरेको पाइन्छ ।

७. स्काई शप

स्काई शपले पनि सेन्टर प्लाजाको आकर्षणलाई बढाएको छ ।   यो भवनमा रहेको स्काइ शपमा विभिन्न सुविधाहरू रहेका छन् । आफूलाई तन्दुरुस्त राख्ने र सुन्दर देखिन चहानेहरूको यहाँ बाक्लै उपस्थिति देख्न सकिन्छ ।

८. मेलान्ज स्टोर

सेन्टर प्लाजा स्थित मेलान्ज स्टोर एक प्रमुख अार्षणकाे रूपमा रहेकाे छ । सस्ताे तथा स्तरिय मल्टिब्रान्डका लत्ता कपडा तथा फेसनका सामानहरू पाइनु नै मेलान्जकाे बिशेषता हाे ।   ग्राहकको बढी रुचि हुने यस्ता सामाग्रीले दैनिक प्लाजामा भिडभाड हुने गरेको छ ।

९. अन्डरग्राउन्ड पार्किङ

अन्डरग्राउन्ड पार्किङ पनि एउटा विशेषताको रूपमा रहेको छ । इटहरी क्षेत्रमा पार्किङको समस्या भइरहेको मा प्लाजाको आफ्नौ अन्डरग्राउन्ड पार्किङले पनि आकर्षण बढाएको छ । प्लाजामा आउने ग्राहकाले पार्किङको समस्या नभोग्नु पनि इटहरी बासिएका लागि ठुलो खुसीको विषय हो ।

१०. लिफ्ट

लिफ्टले पनि प्लाजाको आकर्षणलाई बढाएको छ । ग्राहकको सुविधाको लागि प्रयोगमा ल्याइएको लिफ्टको प्रयोग गर्ने सङ्ख्या धेरै रहेको छ ।धेरै सुविधामा रमाउन मन पराउने नेपालीका लागि हिन्नु नपर्ने सुविधा आकर्षक नहुने कुरै भएनन् ।

यस प्लाजामा यी लगायत धेरै आकर्षणहरू रहेका छन् । इटहरीको केन्द्रमा रहेको यो प्लाजाबाट इटहरी तथा आसपासका क्षेत्रहरुलाई प्रष्टरूपमा अवलोकन गर्न समेत सकिन्छ ।

The post यस्ता छन ईटहरी स्थित दश तल्ले सेन्ट्रल प्लाजाका दश आकर्षण (तस्विरहरू सहित) appeared first on Purbeli News.

अमेरिकी दूतावासले नेपाली क्रिकेट टोलीलाई भन्यो : शानदार जीतका लागि बधाई

डेढकिलो चरेससहित वडा सदस्य नियन्त्रणमा

मार्तडी, ०६ माघ । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना नियन्त्रणमा लिएका छन्। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउपर्नेमा बडिमालिका नगरपालिका–३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका–१ हाल मार्तडीमा […]

दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु