Home Blog Page 1410

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सैन्य गठबन्धन होइन : प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

काठमाडौं, ६ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य गठबन्धन नभएको आफ्नो अडान दोहो¥याउनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्यलाई ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध नभएको बताउनुभएको हो । सन् २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै उहाँले एमसीसी विशुद्ध गरिबी […]

विलासिताका वस्तुको मूल्य बढ्ने

ह्यारी भन्छन्ः शाही उपाधि त्याग्नुको विकल्प थिएन

आफ्नो निर्णयप्रति ठूलो दुख व्यक्त गर्दै ह्यारीले ‘शाही उपाधि त्याग्नुको विकल्प नभएको’ कारण आफूले शाही उपाधि त्यागेको बताए।

ह्यारीले आफूसँगै श्रीमती मेगनले अब शाही पदहरूको प्रयोग नगर्ने र धेरै समय क्यानडामा बिताउने घोषणा गरेपछि ह्यारीले एक परोपकारी संस्थाको कार्यक्रममा पहिलो सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

‘म र मेरी श्रीमती पछि हट्ने सम्बन्धमा गरेको निर्णय मैले हलुका ढङ्गले गरेको होइन। महिनौँदेखिको छलफल र वर्षौँदेखिको चुनौती पछि यो निर्णय गरिएको हो।’

उनले आफू र आफ्नी पत्नीले करदाताको पैसा नलिइकनै महारानीका लागि काम गर्ने विश्वास राखेको तर दुर्भाग्यवश त्यो हुन नसकेको धारणा व्यक्त गरे।

ह्यारीले भने,‘सार्वजनिक अनुदान बिना हामीले महारानी, राष्ट्रमण्डल र सैन्य संघको सेवा गर्नु थियो। दुर्भाग्यवश त्यो सफल हुन सकेन।’

ह्यारीले यसअघि नै आफूहरु आर्थिक रुपमा स्वतन्त्र हुने बताइसकेका छन्।

उनले ब्रिटेन आफ्नो घर भएको र त्यो कहिल्यै नबदलिने पनि बताए। उनले आफू र मेगन टाढा भाग्न नलागेको पनि स्पष्ट पारे।

यसै महिनाको सुरुमा ह्यारी र मेगनले आफूहरू राजपरिवारको वरिष्ठ सदस्य नरहने घोषणा गरेका थिए।

दक्षिणी अफ्रिकामा एचआईभीसहित बाँचिरहेका बालबालिकाका लागि ह्यारी सहसंस्थापक रहेको एउटा संस्थाले रकम जम्मा गर्नका लागि आयोजना गरेको कार्यक्रममा उनीले आफ्ना धारणाहरू राखेका हुन्। बीबीसी

तीन दाजु भाई मिलेर बहिनीकी प्रेमिकाको हत्या

स्थानीय तहमा वेथिति : सार्वजनिक जग्गामा भारतीय नागरिकलाई घर बनाउन अनुमति

भगतराम थारु नेपालगञ्ज, ०६ माघ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को सार्वजनिक जग्गा भारतीय नागरिकलाई उपलब्ध गराईएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । वडा नं. १४ को लापरवाहीका कारण वडा कार्यालय कै अगाडि भारतीय नागरिकलाई भवन बनाउन १० धुर जग्गा वडा कार्यालय उपलव्ध गराएको हो । वडाको मिलोमतोमा सार्वजनिक जग्गा हिनामिना गर्नु वडा कार्यालयको सरासर […]

कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित

आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल : महिलातर्फ पुलिस सेमिफाईनलमा

काठमाडौं, ०६ माघ । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिला तर्फ सोमबार सेमिफाईनलमा प्रवेश गर्न सफल भएको छ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो । होङ्गवान्जी न्यू डायमन्डसंग ३–२ ले पराजित […]

गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो । अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, […]

वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

भरतको त्यो शून्य एक घण्टा

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत पुस २९ गते छैटौं चरणको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लब दशरथ रंगशालामा भिड्दै थिए।

खेल सकिन १० मिनेट बाँकी रहँदा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब संकटा क्लबसँग १–१ को बराबरीमा रोकिएको थियो। अंकतालिकाको शीर्षमा आउँन आर्मीलाई त्यो खेल जिते पुग्थ्यो। त्यही अनुरुप आर्मीका स्टार स्ट्राइकर भरत खवासलाई प्रशिक्षक नवीन न्यौपानले ८०औं मिनेटमा मैदान प्रवेश गराए।

‘मसल्स (मांशपेशी) मा समस्या आएको कारण सुरुवाती ११ मा थिईन। खेल एक–एकको बराबरीमा थियो। खेलमा केही परिवर्तन ल्याउन सक्छु भनेर मैदान प्रवेश गरेको थिएँ,’ उनले भने।

नवयुग श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेलगत्तै लक्ष्मण रुचालले प्रहार गरेको फ्रिकिकमा भरत पर्खाल बन्न गए। भर्खरै मैदान प्रवेश गरेका उनी जुन गतीमा मैदान प्रवेश गरेका थिए, त्यही गतीमा लक्ष्मणले प्रहार गरेको फ्रिकिक उनको अघिल्तिर आइपुग्यो।

बलको गति ठम्याउँनै नपाइसकेका भरतले बललाई हेड त गरे तर उनी अनियन्त्रित भई भुइँमा लडे। भरत त्यही ढलेँ। मैदान एकछिन स्तब्ध भयो। सबैको ध्यान बल लागेर ढलेका भरतमाथि थियो। विपक्षी र आर्मीका खेलाडीहरु तुरुन्तै भरतसामु पुगे। तत्काल भरतलाई प्राथमिक उपचार गरियो। लगत्तै मैदानमा एम्बुलेन्स पनि प्रवेश गराइएपछि धेरैले उनलाई गम्भीर चोट लागेको अनुमान गरे।

तर, भरतको आत्मबलले जित्यो। उनी एम्बुलेन्समा पनि चढेनन्। उनी प्राथमिक उपचारपछि विस्तारै हिड्दै बाहिर निस्के। केहीबेर आराम गरे र बाँकी केही समयका लागि मैदान प्रवेश गरे। तर, त्यो चोटको असर बाँकी नै थियो। त्यसपछि केहि मिनेटका लागि मैदान समेत पसेका भरतलाई त्यसपछिको एक घण्टाको अवधिमा केके भयो केही सम्झना छैन।

bharat khawas ambulanceभरत खवास लडेपछि एम्बुलेन्स खेलमैदान प्रवेश गरे पनि उनी त्यसमा चढेनन्।

‘टाउकोमा बल बजारिएपछिको केही समय मैले मैदानमा त बिताएँ तर त्यहाँ के भइरहेको थियो, त्यसको चाल मैले पाइन,’ भरतले भने। ‘त्यसपछि पनि एक घण्टा के भयो मलाई अहिले पनि केही सम्झना छैन। मेरो दिमाग पुरै रित्तो थियो।’

लक्ष्मणले प्रहार गरेको बल आफूले हेड गर्न खोजेको भने उनलाई याद छ। मैदानबाहिर आउँदा एकचोटी छोरीलाई बोकेको भने उनी सम्झन्छन्। ‘तर त्यसपछि अरु कोसँग बोलेँ कसलाई भेटेँ, केही थाहा छैन। खेलपछि संकटाका लक्ष्मण रुचालसँग पनि भेट भएको थियो तर के कुरा भयो केही याद नै छैन।’

खेल सकिएपछि भरतलाई अस्पताल पुर्याई एमआरआई गरियो। एकघण्टापछि बल्ल भरत सामान्य स्थितिमा फर्किएका थिए। चिकित्सकले आराम गर्न सुझाए। रिपोर्टले पनि सामान्य बताएपछि बल्ल भरत र उनको परिवार ढुक्क भए।

एन्फाको दोस्रो ब्याचका उत्पादन भरतले २०६३ सालमा संकटा क्लबबाट नै ए डिभिजन लिगको यात्रा थालेका हुन्। संकटा, फ्रेण्ड्स पुलिस हुँदै उनी सन् २०१२ बाट निरन्तर आर्मीबाट खेल्दैछन्।

Bharat Khawas 1खेलका क्रममा भरत खवास (बायाँबाट पहिलाे)

टाउकोमा बल लागेको एक हप्तापछि पुनः मैदान उत्रिएका भरतले सोमबार च्यासल युथ क्लबविरुद्धको खेलमा ५८औं मिनेटमा गोल गरे। सो खेल आर्मिले ३–० ले जित्यो। यसपटक लिग जित्ने अभियानमा रहेको आर्मीका लागि कप्तान र सिनियर खेलाडीका हिसाबले आफ्नो महत्व कति छ भन्ने उनले बुझेका छन्। उनको सपना छ– आर्मीलाई लिग च्याम्पियन बनाउने।

उनी भन्छन्, ‘एकपटक आर्मीलाई च्याम्पियन बनाउन पाए मेरो सपना पुरा हुने थियो। यसपटक हामी उपाधिका लागि खेलिरहेका छौं। उपाधि जित्नका लागि हामी हरसम्भव प्रयास गरिरहेका छौं। त्यसका लागि म पनि आफ्नो शतप्रतिशत दिदैँछु।’

साझेदारी तोड्न नसक्दा हार्‍यौं: कप्तान ज्ञानेन्द्र

किरण सम्मिलित मिनेर्भाको तेस्रो जित

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ सम्मिलित मिनेर्भा पञ्जावले भारतमा जारी आई लिग फुटबलमा तेस्रो जित हात पारेको छ। लुधियानामा भएको खेलमा मिनेर्भाले गोकुलमलाई ३–१ ले पराजित गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षकसमेत रहेका किरणले भने, ‘आजको खेल हाम्रो लागि निकै महत्वपुर्ण थियो नतिजा पनि हाम्रो अनुकुल नै आयो खुसी छु। यसले लिगमा अझ सहयोग गर्नेछ।’

पहिलो हाफको ईन्जुरी समयमा मिनेर्भाका सर्जियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५२ औं मिनेटमा हेर्नी किसेक्काले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६४ औं मिनेटमा एसिएर डिपान्डाले ६४ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै मिनेर्भा अंक तालिकाको दोस्रो स्थानमा छ। ३ खेलमा जित ५ मा बराबरी र १ खेल गुमाएको मिनेर्भाको १४ अंक छ।

७ खेलमा ३ मा जित, १ मा बराबरी र ३ मा हार व्यहोरेको गोकुलम १० अंकमा पाँचौ स्थानमा छ। लिगमा मोहन बगान १७ अंकमा अंक तालिकाको शिर्ष स्थानमा छ।

हावाहुरीका कारण तीनको मृत्यु

हिमालयन चितुवा अविरलको अविरल यात्रा, जितपछि रिङ भित्रैबाट नेपाल भ्रमण बर्षको प्रचार

टोकियो , ६ माघ । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले आफ्नो अविरल यात्रालाई निरन्तर राख्दै एक पछि अर्को कीर्तिमान कोर्न सफल भएका छन् । जापानमा बसेर नेपालको प्रतिनिधित्व गर्दै किक बक्सिङको व्यवसायिक भिडन्तमा आफुलाई व्यस्त राख्दै आएका अविरलले यसपटक जापानी च्याम्पियन मारिमोतोलाई पहिलो राउण्डमा नै नकआउट हान्न सफल भए । […]

बालुवाटारको जग्गामा एनआरएनले कानूनी उपचार खोज्ने

छैटौँ पर्वत महोत्सवको तयारी तीब्र (फोटो फिचर)

सुवास लामिछाने पर्वत,०६ माघ । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजित छैटौँ पर्वत महोत्सवको तयारी तीव्र पारिएको छ । गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९–२०२२ तथा नेपाल पर्यटन वर्ष २०२०लाई लक्षित गर्दै स्थानीय उत्पादन, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव आयोजना गरिएको हो । […]

प्रहरीले छोराको गल्ती भन्दै आमालाई चौकीमै कुटे, प्रहरीकै कुटाईबाट रिक्सा चालक पनि अस्पतालमा ! (भिडियो)

सेटिङमै विना भन्सार काठमाडौं ल्याइन्छ सुर्तीजन्य वस्तु

रोशन दानी काठमाडौं, ०६ माघ । राजधानीमा पछिलो समय भन्सार छलि गरेर विभिन्न सामग्री भित्र्याउने गरेका छन् । लत्ताकपडा देखि दैनिक उपभोग्य वस्तु राजस्व छलेर तस्करहरूले सेटिङमा राजधानी भित्र्याउने गरेका छन् । तस्करहरुले दिउँसै भन्सार नतिरी सामान राजधानी ल्याएर पसल–पसलमा पुर्याउने गरेको छन् । भर्खरै मात्रै प्रहरीले राजधानीबाट भारी मात्रामा सुर्तिजन्य तथा पान मसलालगायतका वस्तुहरु […]

प्रदेश संरचना परवर्तन हुन सक्छ : अध्यक्ष दाहाल