Home Blog Page 1411

सभामुख चयनका लागि १२ माघमा निर्वाचन

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुने भएको छ । साेमबार उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले माघ १२ गतेका लागि सभामुख निर्वाचनको मिति तोकेका हुन् ।

संविधानले एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था गरेको छ।

नेकपाले सभामुख पदमा दाबी गरेपछि सोही दलबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् ।

आइतबार नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरिसकेको थियो ।

The post सभामुख चयनका लागि १२ माघमा निर्वाचन appeared first on Koshi Online.

भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल

नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब, पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो। समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ।

महिलाको अर्को खेलमा समूह चरणबाट बाहिरीसकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो। बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग-यो।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब समुह ए को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आर्मीले सोमबार नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पाखा लगायो। आर्मीसँग पराजित भएको नयाँबजार समूह उपबिजेताका रुपमा अन्त्मि ८ मा पुगेको छ। समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

समुह बी को अर्को खेलमा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१५, २५–२१ र २५–१० ले पराजित गर्दै ३ अंक जोडेको छ। च्याम्पियनसिपमा अन्तर्गत मंगलबार पुरुष तर्फ एपिएफ र जेभिसी, दोश्रो खेल एनपिसी र एमभिसी भिड्नेछन्। महिलातर्फ एपिएफ र टिएसी तथा दोश्रो खेल एचएनडी र डिएससी बीच प्रतिस्पर्धा हुनेछ।

थाइलैन्डमा सैनिकले जथाभावी गोली चलाउँदा १७ को मृत्यु

आर्मीले बढायो अंकतालिकामा अग्रता

विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ। काठमाडौंको दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३–० ले पराजित गर्दै मछिन्द्रसँगको अग्रता बढाएको हो।

पहिलो हाफमा दुवै टोलीले केही अवसर पाएपनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको ५८ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएका पासमा भरतले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको शक्तिशाली प्रहार च्यासलका गोलरक्षक एलन न्यौपानेले बचाउन सकेनन्।

आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे। खेलको ८५ औ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गरे। पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुगलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए ।

जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदै मछिन्द्रसँग ३ अंकको अग्रता बनाएको हो। आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक जोडेको छ। दोस्रो स्थानको मछिन्द्र र तेस्रो स्थानको मनाङको समान १३ अंक छ। यता च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा यथावत छ।

सातौ चरणको समाप्तीमा सरस्वती १ अंकमा पुछारमा छ भने शसस्त्र प्रहरीको एपीएफ ५ अंकमा पुछारबाट दोस्रो स्थानमा छ।

महाभियोगमा ट्रम्पविरुद्ध बयान दिएका दुई अधिकारी बर्खास्त

हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला

काठमाडौंमा ट्याक्सी चढ्दा हराएको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियतामा फेला परेको छ।

भेटिएको मोबाइल ट्राफिक प्रहरीले सम्बन्धित धनी सागर बुढाथोकीलाई सोमबार हस्तान्तरण गरेको छ।

त्रिभुवन बिमानस्थलदेखी जोरपाटीसम्म जाँदा बा२ज ३७२० नम्बरको टयाक्सीमा सो मोबाइल छुटेको थियो।

खोजतलास शाखाबाट अनुसन्धानका क्रममा सो ट्याक्सीका चालकलाई बोलाई सोधपुछ गर्दा मोबाइल भेटिएको हो।

सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन

किरा फट्याङ्ग्रा नहुँदा के हुन्छ ?

काठमाडौँ, ६ माघ । हामी मध्ये धेरैलाई किरा फट्याङग्रा मन पर्दैन । अझ किरा फट्याङग्राहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर बस्यो भने रिस उठ्न सक्छ। तर हाम्रो पर्यावरण संरक्षण गर्नका किरा फट्याङग्राको भुमिका महत्वपुर्ण हुन्छ। तर तिनीहरूको सङ्ख्या विश्वभर नै घट्ने क्रममा छ। सन् २०१८ को तथ्याङ हेर्दा अमेरिकाको क्यालिफोर्निया राज्यमा मोनार्क प्रजातिको पुतलीको […]

जनकपुरको राघोबाबा स्कुलमा पुगे मेयर, उत्कृष्ट बनाउने प्रतिबद्धता

कोरोना भाइरसबाट चीनमा तीनको मृत्यु, संक्रमितको संख्या २ सय पुग्यो

एजेन्सी, ०६ माघ । चीनमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरसबाट तीन जनाको मृत्यु भएको र संक्रमितको संख्या २ सय पुगेको हो । चिनियाँ आधिकारिक विवरण अनुसार पछिल्लो समयमा ४५ जना सो भाइरसबाट संक्रमित भएको प्रयोगशाला प्रशिक्षणबाट पुष्टि भएको थियो । चीनका धेरै सहरमा फैलिएको यो भाइरस अब […]

प्रहरीको बढ्दो ज्यादती, हाकिमहरु बोल्नै मान्दैनन् !

प्रदेश न ५ का का‌ँग्रेस नेता बलदेव शर्माको निधन

काठमाडौं, ०६ माघ । प्रदेश न ५ प्रदेशसभाका प्रमुख विपक्षी दल नेपाली का‌ँग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा – १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । कांग्रेसका नेता पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् । […]

विष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !

डोटी र वैतडीमा विपद् पूर्वतयारी परियोजना आरम्भ

दिपायल, ०६ माघ । डोटी र वैतडी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना सुरु गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित परियोजनाको परिचय कार्यक्रममा डोटी र वैतडी जिल्लाका दुई दुईवटा नगरपालिका वा गाउँपालिका तथा ती क्षेत्र भित्रका ६ वडाका २४ वटा समुदाय र १२ ओटा विद्यालयहरुमा समुदायको उत्थानशीलताका गतिविधिहरु सञ्चालन गरिने परियोजना संयोजक डम्वरवहादुर […]

पिएचडी, सुसासनको तक्मा पछि केपी ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड, सामाजिक सञ्जालमा कुरीकुरी !

सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाडौं, ०६ माघ । सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुनेभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको दोश्रो बैठकले सभामुख पदका लागि निर्वाचन माघ १२ गते गर्ने घोषणा गरेको हो । नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी […]

राज्यशक्तिको चरम दुरुपयोग, मौन अवधीमा रेणु दाहालको घर अगाडी सरकारी गाडीको लावालस्कर

सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ : तुम्वाहाङ्फे

काठमाडौं, ६ माघ । उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताइन् ।

उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिइन् । उनले भनिन्, ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ ।’

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो । उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन् ।

असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारे । उनले भनिन्, ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ ।’

संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गरेका थिए । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

The post सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ : तुम्वाहाङ्फे appeared first on Koshi Online.

मेरो विजय सुनिश्चित छ ! – विमला दुवाडी