Home Blog Page 1417

हिमपात रोक्न हिउँमै बसेर पूजा

डाेल्पा, ६ माघ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा […]

आज माघ २३ गते बिहीवारको राशिफल पढि शे’यर गर्नुहोला।

सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव

भक्तपुर ६ माघ । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी […]

यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

ए डिभिजन लिग : फ्रेन्ड्स क्लबसँग सरस्वती क्लब पराजित

काठमाडाैँ, ६ माघ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सरस्वती क्लबलाई पराजित गरेको छ । आईतबार भएको खेलमा फ्रेन्ड्सले सरस्वतीलाई चार एक गोलअन्तरले पराजित गरेको हो । फ्रेन्ड्सको जितमा उत्तम राईले दुई गोल गर्दा साउलो डी अक्विनो र वाग्नेर डो कार्मोले एक–एक गोल गरे । यता, सरस्वतीका लागि कजिम बुसारीले एक गोल […]

सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

पछिल्लो ३० वर्षमा जित्न नसकेकाे उपाधि लिभरपुलले यसपटक जित्ने पक्का

एजेन्सी, ६ माघ । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने यात्रा लगभग पक्का गरेको छ । पछिल्लो ३० वर्षमा लिगको उपाधि जित्न नसकेको लिभरपुललाई यो सिजनको च्याम्पियन बन्ने संभावना बढाएको हो । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि लिभरपुलको अग्रता झनै बढेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १६ बनाएको […]

सिमकार्ड,रिमकार्ड बिक्रीवितरणमा कडाइ

हिमपहिरोमा बेपत्ता भएका ४ काेरियन र ३ नेपाली अझै भेटिएनन्, ४ चिनियाँ पर्यटक सम्पर्कमा

कास्की, ६ माघ । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही […]

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

कुख्यात सुदखोर यादव र रौनियारविरुद्ध तीन दर्जन उजुरी

प्रहरी हिरासतमा रहेका सर्लाहीका कुख्यात सुदखोर रामबाबु राय यादव विरुद्ध अहिलेसम्म २२ वटा उजुरी प्रहरीमा दर्ता भएको छ।

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा २३ पुसमा पक्राउ परेका यादव विरुद्ध आइतबार साँझसम्म २२ वटा उजुरी दर्ता भएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

‘राय विरुद्ध अहिलेसम्म २२ उजुरी दर्ता भएका छन्,’ एसपी पोखरेलले साेमबार बिहान नेपालखबरसँग भने, ‘अर्का आरोपी सञ्जय रौनियारविरुद्ध हालसम्म ११ वटा उजुरी दर्ता भएका छन्। उजुरी आउने क्रम जारी छ।’ उनीहरु विरुद्ध ठगी अभियोगमा कारबाही अघि वढाइएको उनले बताए।

पीडितको पक्षमा पैरवी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकीले यादव र रौनियार विरुद्धको उजुरी लेख्न केही वकिलले आनकाकानी गरेको बताए।

‘सुरुमा पीडितको पक्षमा वकिलहरुले उजुरी लेख्नसमेत मानेका थिएनन्,’ बुढाथोकीले भने, ‘उजुरी लेख्न पनि माथिबाटै दबाब दिनुपर्यो। अहिले भने उजुरी लेख्न थालेका छन्।’

रायको बरहथवा नगरपालिका १० सीतापुरस्थित घरमा प्रहरीले एकसाता अघि छापा मारेर ऋण लगानी गर्दाका महत्वपूर्ण कागजात बरामद गरेको थियो।

यादव र सञ्जय रौनियारले मिटर व्याजको माध्यमबाट ठगी गरेको भन्दै पीडितले दुई साताअघि गृहमन्त्रालयमा आएर आफ्ना गुनासो सुनाएपछि प्रहरीले यादव र रौनियारमाथि अनुसन्धान अघि वढाएको हो।

प्रहरीले खोजी गरेपछि रौनियार भने फरार छन्। उनी भारतमा लुकेर बसेको अनुमान गरिएको एसपी पोखरेलले बताए।

यादव र रौनियारले ऋण प्रवाह गर्दा दिएको रकम भन्दा कयौँ गुणा बढीको कागज बनाई उठिवास लगाएको भन्दै पीडितले छानविन गरी कारबाहीको गर्न माग गर्दै उजुरी गरेका हुन्।

यादव राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य हुन्। रौनियार बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीका नेता हुन्।

रौनियारको सर्लाही, महोत्तरी, धनुषा, रौतहट लगायतका जिल्लामा ७÷८ अर्बको कारोबार रहेको अनुमान छ। यादव को ३ अर्ब भन्दा बढीको कारोबार छ।

 यादवले प्रवाह गरेको ऋणको कारण साविक मुर्तियाको १५० परिवारको एउटा माझी बस्ती नै बिस्थापित भएको छ।

गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला

श्रमिक विदेशिए, देशभित्रकै औद्योगिक कोरिडोरमा मजदूर अभाव

विराटनगर, ६ माघ । युवा जनशक्ति स्थानीय उद्योगमा काम गर्नुभन्दा वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका करीब ५०० उद्योगलाई दक्ष र अदक्ष गरी १० हजार श्रमिकको अभाव रहेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा युवा आकर्षण अझ बढ्दै गएपछि उद्योगलाई मजदूर अभाव गहिरिँदै गएको हो । पहिले उद्योगको गेटमा जागीर खोज्न युवाहरू दिनहुँ […]

ईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : देउवा

दाङ, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्। उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले […]

सुनकाे मूल्य घट्ने क्रम जारी

पार्टीभित्र समीकरण नै उल्टिने देखेपछि प्रचण्डकाे प्रस्तावमा सहमत भए ओली

काठमाडाैँ, ६ माघ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

सामाजिक समस्याको प्रमुख कारण ऋणभार

काठमाडाैं, ६ माघ । नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक […]

थप ऊर्जा निर्यात गर्न नेपालले स्वीकृति पायो