Home Blog Page 1418

सभामुख प्रस्तावित सापकाेटामाथि ‘अपहरण गरी हत्या’ गरेको किटानी दर्ता भएकाे थियाे

काठमाडौं , ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च […]

विष्णु पौडेलका छोरालाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्रि रहस्य !

बाह्रबिसे बजारको निषेधाज्ञा हट्यो

स्थानीय प्रशासनले सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच आइतबार राति भएको छलफलमा घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो।

समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा थप कदम चाल्ने सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।

कफ्यु अटाएपछि आज बिहानैदेखि बाह्रबिसे बजारको अवस्था सामान्य बनेको छ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिएको छ।

नगरपालिकाले सडक क्षेत्रको अतिक्रमण हटाउन थालेपछि स्थानीयले बिरोध जनाएका थिए। झडपको अबस्था सिर्जना भएपछि बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो।

पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल

आज माघ ६ गते सोमबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला।

आजको पञ्चाङ्ग –वि.सं. २०७६ माघ ०६ गते सोमबार तदनुसार ई. सं. २०२० जनवरी २० तारिख,शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। एकादशी, २७:४२ उप्रान्त द्वादशी। नक्षत्र– अनुराधा, २५:२७ बजेउप्रान्त ज्येष्ठा। योग– गण्ड, १०:३२ बजेउप्रान्त वृद्धि। करण– वव, १६:२३ बजेदेखि वालव, २७:४२ बजेउप्रान्त कौलव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २६ घडी ९ पला। षट्तिला एकादशी व्रत। सायन सूर्य कुम्भ राशिमा १७:२२ बजे प्रवेश।

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ

The post आज माघ ६ गते सोमबार, तपाईंको आजको राशिफल पढी शे’यर गर्नुहोला। appeared first on .

चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी

म्यानचेस्टर यूनाइटेडमाथि लिभरपुलको सनसनीपूर्ण जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानेचेस्टर यूनाइटेडमाथि सनसनीपूर्ण जित निकाल्दै लिभरपुलले शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ।

३० वर्षपछि उपाधि उचाल्ने अभियानमा रहेको लिभरपुलले यूनाइटेडलाई २-० ले हराएसँगै आफ्नो उपाधि यात्रा सहज बनाएको हो। जितसँगै दोस्रो स्थानको सिटी भन्दा लिभरपुलको अग्रता १६ अंकको भएको छ।

योर्गन क्लोपको टोलीलाई भिर्गिल भान डाइकले १४औं मिनेटमा हेड गोल गर्दै अग्रता दिलाएका थिए। मोहम्मद सलाहले इञ्जुरी समयमा दोस्रो गोल गर्दै खेल टुंग्गाए।

२००८ देखि २०११ सम्म घरेलु मैदानमा यूनाइटेडलाई लगातार पराजित गरेपछि यसपटकमात्रै लगातार तीनचोटी लिभरपुलले उसलाई पराजित गरेको हो। यूनाइटेडले पछिल्ला १६ मध्ये ९ अवे खेलमा हार ब्यहोरेको छ।

जसमा ३ मा मात्रै जीत हात पार्न सकेको उसले ४ मा बराबरी खेलेको छ। आठ खेलमा उसले गोल गर्न सकेको छैन्।

त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित

रोनाल्डो चम्कँदा यूभेन्ट्सको जित

क्रिस्टियानो रोनाल्डोको दोहोरो गोल मद्दतमा सीरि ए अन्तर्गत आइतबार राति भएको खेलमा यूभेन्ट्सले पर्मालाई २-१ गोलअन्तरले पराजित गरेको छ। यस खेलसँगै रोनाल्डोले सीरि एमा लगातार सात खेलमा गोल गरेका छन्।

पहिलो हाफ सकिन २ मिनेट अघि रोनाल्डोले यूभेन्ट्सलाई अग्रता दिलाएका थिए। अन्द्रेस कार्नेलिसले ५५औं मिनेटमा शशक्त हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर त्यसको तीन मिनेटपछि पाउलो डिबालाको पासमा रोनाल्डोले दोस्रो गोल गर्दै यूभेन्ट्सलाई जित दिलाए।

जितसँगै यूभेन्ट्सले अंक तालिकामा दोस्रो स्थानको इन्टरमिलान भन्दा ४ अंकको अग्रता बनाएको छ।

२००५ मा यूभेन्ट्सका लागि डेभिड ट्रिजेगेटले लगातार ९ खेलमा गोल गरेपछि रोनाल्डो लगातार ७ खेलमा गोल गर्ने खेलाडी बनेका छन्।

पोर्चुगलका स्टार रोनाल्डो दोस्रो हाफमा ह्याट्रिक नजिक थिए तर पर्माका गोल किपर लुंगि सेपले उनको शशक्त प्रहारको उत्कृष्ट बचाउ गरे।

आइतबार नै भएको अर्को खेलमा इन्टर मिलान लेस्सीसँग १-१ को बराबरीमा रोकिएपछि उसले यूभेन्ट्सलाई दबाब मुक्त गरेको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनाः जुठ्यानदेखि फलफूलको बोटसम्मले मुआब्जा पाउने

नयाँ प्रशिक्षकलाई मेस्सीले दिए जित उपहार

ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा लियोनल मेस्सीले दोस्रो हाफमा १० जनामा सीमित ग्रनाडाविरुद्ध निर्णायक गोल गरेपछि नयाँ प्रशिक्षक क्विकी सेन्टिनको यात्रा बार्सिलोनामा जितबाट भएको छ।

तर, प्रशिक्षक सेन्टिन भने साविक विजेता बार्सिलोनाको प्रदर्शनबाट खुशी देखिएनन्। बार्सिलोनाले ८० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पटक पटक अवसर श्रृजना गरेपनि ग्रेनाडामाथि १-० को मात्र जित हात पारेको थियो।

मेस्सीको गोल र अन्तिम सिठ्ठी बजेपछि प्रशिक्षक सेन्टिन खुशीले उफ्रिएका थिए। उनी ६ दिनअघिमात्रै इर्नेस्टो भल्भेर्डोको स्थानमा बार्सिलोनाका प्रशिक्षक नियुक्त भएका हुन्। ६१ वर्षे सेन्टिन साढेँ २ वर्षका लागि बार्सिलोना आएका हुन्।

गत समरमा रियल बेटिसको प्रशिक्षक छाडेयता उनी कामविहिन थिए। त्यही बेला बार्सिलोनालाई उनलाई नियुक्त गरेको हो। नेउ क्याम्पमा ६९औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै ग्रेनाडाका जर्मन सान्चेज मैदानबाट बाहिरिएका थिए।

त्यसको सातमिनेटपछि मेस्सीले निर्णायक गोल गरेका हुन्। यो जितसँगै बार्सिलोना ला लिगाको शीर्षमा फर्किएको छ। रियल मड्रिडसँग समान ४३ अंक भएपनि गोलअन्तरका आधारमा बार्सिलोना शीर्षमा उक्लिएको हो।

टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन

फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली

देशभर वर्षा र हिमपात गराएको शक्तिशाली न्यून चापीय प्रणाली बाहिरिएको एक दिन पनि नबित्दै फेरि त्यसैको अर्काे नयाँ प्रणाली नेपाल प्रवेश गर्दै छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुबाट विकसित नयाँ न्यून चापीय प्रणाली आज (सोमबार) दिउँसो प्रवेश गर्ने सम्भावना देखिएको हो।

‘यसको सामान्य प्रभाव देशका पश्चिमी र मध्य क्षेत्रमा सुरु भइसकेको छ,’ मौसमविद् बासीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘तर यो हिजो अस्तिको जति शक्तिशाली खालको होइन, यसले धेरै प्रभाव पार्दैन।’

उनका अनुसार त्यसैको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मौसम आंशिक (आकाशमा थोरै बादल) बदली भएको छ।

‘आज दिउँसो पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ,’ उनले भनिन्, ‘पूर्वी क्षेत्रमा भने पानी पर्ने सम्भावना देखिन्न।’

तराईमा बाक्लो हुस्सु/कुहिरो
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराई क्षेत्रमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। जसले गर्दा बढेको चिसोका कारण तराईको जनजीवन कष्टकर भएको छ।

यस्तै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि अहिले बिहान कतै कतै कुहिरो देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

‘पहाडमा लागेको कुहिरो घाम लागेसँगै बिहान १०/११ बजेदेखि हट्छ,’ उनले भनिन्, ‘तर तराईमा लागेको हुस्सु कुहिरोचाहिँ अलि समय रहन्छ।’

उनका अनुसार तराईमा लागेको हुस्सु/कुहिरो दिउँसो वा अपराह्नपछि हट्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानमा हुस्सु/कुहिरोसमेत रहने भएकाले चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।

यसअघिको शक्तिशाली पश्चिमी न्यून चापीय प्रणालीले केही दिन देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात तथा अन्य स्थानमा वर्षा गराएको थियो।

हिमपात र वर्षाकै कारण कतिपय स्थानमा राजमार्ग तथा हवाई सेवासमेत अवरुद्ध भएका थिए भने केही हिमाली जिल्लामा हिमपहिरो जाँदा नेपालीसहित केही पर्यटक बेपत्ता छन्। जसकाे खाेजी जारी छ।

उक्त न्यून चापीय प्रणाली हिजाे मात्रै नेपालबाट बाहिरिएकाे थियाे। तर फेरि त्यसैकाे नयाँ प्रणाली साेमबार भित्रिन लागेकाे हाे। 

आगामी तीन दिनको मौसम पूर्वानुमान 
माघ ६ गते (सोमबार) 
दिउँसो 
: पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना छ।

राति : देशका पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ७ गते (मंगलबार)
दिउँसो 
: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ८ गते (बुधबार)
दिउँसो :  
पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा हुस्सुरकुहिरो रहनेछ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ।

राति : पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ।

स्राेतमौसम पूर्वानुमान महाशाखा

 

भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा

मिडिया काउन्सिल विधेयक : अदालतबाट मात्रै क्षतिपूर्ति र जरिवाना

काठमाडौँ, ६ माघ । सञ्चारमाध्यमले आफ्ना सामग्रीमार्फत पुर्‍याएको क्षतिमा पीडित अदालत जान पाउने गरी मिडिया काउन्सिल विधेयक परिमार्जन गर्न सरकार सहमत भएको छ । राष्ट्रिय सभाको विधायन समितिमा विधेयकको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रस्तावित मिडिया काउन्सिलले उजुरी लिए पनि क्षतिपूर्तिको हकमा अदालतबाटै निर्णय गर्ने गरी विधेयक परिमार्जनको […]

तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा

काठको बाकसमा दाजुभाइ, अन्तिम विदाइमा प्रवासी नेपाली भावविह्वल

छविलाल बगाले पोर्चुगल, ६ माघ । पोर्चुगलको राजधानी लिस्बनस्थित फुनारियो क्यापोस साउजोसे अस्पताल । अस्पतालको एक कोठामा लस्करै राखिएका काठका बाकस । त्यहाँभित्र भर्भराउँदो अनुहार भएका एकै कोखका दुई दाजुभाइ । हेर्नेकाे मन नै काँप्ने याे दृश्य शब्दमा वर्णन गर्न कसरी सम्भव हाेला र ! निधारमा देखिएको चोट । ओढाइएको वस्त्रमाथि फूलको थुप्रो । कताकता […]

टर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु

नयाँ प्रशिक्षक सेटिनको नेतृत्वमा बार्सिलाेनाकाे पहिलाे खेल, मेस्सीकाे गाेलले पुन: शीर्ष स्थानमा

एजेन्सी, ६ माघ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना पुन: शीर्ष स्थानमा उक्लिएको छ । आइतार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडालाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना पुन: शीर्ष स्थानमा उक्लिएको हो । शनिबार राति भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले पारजित गर्दै शीर्ष स्थानमा उक्लिएको रियल मड्रिड दोस्रो स्थानमै झरेको छ […]

बालुवाटार जग्गा अनियमितताः ‘मुख्य दलाल’ ढकाललाई सबैभन्दा बढी ३९ करोड बिगो