Home Blog Page 1416

उपसभामुखले केहीबेरमा राजीनामा दिने, सभामुख निर्वाचन प्रक्रिया आजैबाट अघि बढ्ने

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले आजै राजीनामा बुझाउने तयारी गरेकी छन् । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर उनले संसद सचिवालयमा राजीनामा बुझाउने भएकी हुन् । यसअघि सभामुख उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान गर्दै आएकी उपसभामुख तुम्बाहाङ्फेले आइतवार नेकपाको सचिवालयले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेसँगै उनी राजीनामा दिन बाध्य भएकी […]

विद्युतीय दुर्घटना न्यूनीकरणमा जुट्न आग्रह

५ वर्षीया बालिका करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद सजाय

तनहुँ, ६ माघ । जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेकोे छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार […]

प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस

बाह्रबिसेमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा स्थगित

काठमाडौँ, ६ माघ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। आइतबार बसेको सर्वपक्षीय […]

अमेरिकी पत्रकार भन्छन्: क्रिकेटरलाई नेपालीकाे माया अदभूत

पाँच फिटसम्म हिउँ जमेपछि डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन्।

 तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए।

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उनले बताए। हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ।

हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन्।

ओमानको लगातार दोस्रो जित

एक वर्षमै गयो युएईमा १०३ नेपालीको ज्यान

६ माघ, यूएई । वैदेशिक रोजगारीमा जाने हरेक युवाको सपना हुन्छ– परिवारलाई खुसी दिने ।

यसरी परिवारको खुसीको खोजीमा विदेश भासिने नेपालीको संख्या बर्सेनि बढ्दो छ ।

तर, परिवारको खुसीका लागि विदेशी भूमिमा श्रम बेच्न अभिशप्त नेपालीको जीवन अकालमै टुंगिरहेको छ ।

नेपालीको मुख्य श्रम गन्तव्यमध्ये एक मानिने संयुक्त अरब इमिरेट्स (युएई) मा बितेको सन् २०१९ मा मात्रै १०३ नेपालीेले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ९९ जना पुरुष र ४ जना महिला छन् ।

कार्यस्थलदेखि दुर्घटनालगायतमा परेर युएईमा एक वर्षको अवधिमा १०३ ले ज्यान गुमाएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । केही दिनअघि मात्रै अबुधाबीमा भएको सवारी दुर्घटनामा नेपाली परेका थिए । जसमा ३ को मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

नेपाली दुतावास आबुधाबीका अनुसार, गत वर्ष दुर्घटनामा परेर मात्रै २३ नेपालीले ज्यान गुमाएका छन् । १ महिलासहित ५७ जनाको प्राकृतिक कारणबाट मृत्यु भएको छं । यस्तै एक महिला र १७ जना पुरुषले आत्महत्या गरेको तथ्यांक छ ।

सन् २०१८ मा युएईमा ज्यान गुमाउने नेपालीको संख्या अझै बढी छ । युएईस्थित नेपाली दूतावासका अनुसार, सन् २०१८ मा ९ जना महिलासहित ९८ जना पुरुषले ज्यान गुमाएका थिए ।

सन् २०१८ मा ३ महिला सहित ३० नेपालीले आत्महत्या गरेका थिए । यस्तै गतवर्ष २ जना महिला र ३ जना पुरुषको हत्या भएको दूतावासले जनाएको छ ।

पारिवारिक विचलन, कार्यस्थलको तनावका कारण नेपालीले यूएईमा आत्महत्या गने गरेको दूतावासका सूचना अधिकारी भुवन ओझा बताउँछन् । ओझाका अनुसार, तापक्रम, हृदयघात, मादकपदार्थ सेवनलगायत कारणले पनि कतिपय नेपालीको ज्यान गइरहेको छ ।

पछिल्ला केही वर्षयता युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएका छन् । एक तथ्यांकअनुसार, युएईमा मात्रै २ लाख ५० हजार नेपाली युवा श्रम खर्चिरहेका छन् ।

औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

कुनै विकल्प नभएपछि राजकुमार उपाधि त्याग्ने निर्णय गरेँ : ह्यारी

एजेन्सी, ६ माघ । बेलायती राजकुमार ड्युक अफ् ससेक्स ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका छन् । शाही पद त्याग्ने घोषणापछि पहिलो पटक आइतबार बेलुका एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ह्यारीले आफू श्रीमती मेगन जिम्मेवारी नभागेको पनि स्पष्ट पारे । उनले राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका […]

आईलिगमा अनिताको टोली समूह उपविजेता बन्दै सेमिफाइलमा

प्रतिनिधिसभा बैठक आज बस्दै, पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका

काठमाडाैँ, ६ माघ । पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो । यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा बैठक […]

मोटरसाइकलको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

विमानस्थलमा यती र बुद्धका विमान ठोक्किए

त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन्।

जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको हो।

विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ।

विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले ठूलो क्षति नभएको जानकारी दिए।

प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार

पाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका

दक्षिण अमेरिकी मुलुक पाराग्वेको एक जेलबाट आइतबार ७५ कैदी फरार भएका छन्।

पूर्वी भेगस्थित ब्राजिलको सीमानजिक रहेको पेद्रो हुआँ क्याबालेरो सहरको जेलमा एउटा सुरुङ फेला परेको छ। तर, जेलका अधिकारीहरुले सबै कैदीलाई मूलढोकाबाटै जान दिएको आशंका गरिएको छ।
यो घटनाबारे छानबिन हुने जनाइएको छ।

भागेका कैदीमध्ये अधिकांश ब्रजिलको ‘फर्स्ट कमान्ड अफ द क्यापिटल’ नामक आपराधिक समूहका सदस्य छन्।

यो समूहका ३० हजार सदस्य रहेको अनुमान गरिन्छ।

सशस्त्र प्रहरीका पाँच डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

चीनमा दुई दिनमै कोरोना भाइरसका १३९ नयाँ बिरामी, प्रकोप फैलिने डर

पछिल्लो दुई दिनमा चीनमा रहस्यमय कोरोना भाइरसका थप १ सय ३९ बिरामी देखा परेका छन्। सोमबारसम्ममा यो रोगबाट ३ जनाको ज्यान गइसकेको अधिकारीहरले पुष्टि गरेका छन्। 

वुहान, बेइजिङ र सेन्झेनमा नयाँ बिरामी देखिएको बताइएको छ।

स्वासप्रस्वाससम्बन्धी यो रोगले महामारीको रुप लिने भय देखिएको छ।

पहिलो पटक वुहानमा देखिएको यो भाइरसका बिरामी जापान र थाइल्यान्डमा पनि भेटिएका छन्।

चीनमा पढेर काठमाडाँै फर्केका एक विद्यार्थीलाई पनि गतसाता यो भाइरस लागेको आशंकापछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा चार दिन निगरानीमा राखेर डिस्चार्ज गरिएको थियो।

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली