Home Blog Page 1432

बिहे गराइदिने पण्डितले नै दुलही भगाए टाप !

बिहे गराइदिने पण्डितले नै दुलही भगाएका छन्। भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन्। २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन्। त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन्।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन्। माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागिन्। स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ।

स्वास्थ्य बिमा : बिमितले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

आज २०७६ साल मङ्सिर २९ गते आईतवार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडशमातृभ्यो नमः न्यूनतम जापसङ्ख्या : १६ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्मेश्वराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

दक्षिण कोरियामा श्रमरत कर्णालीवासी संगठित

नेपाल फर्कनै लाग्दा यूएईमा अस्ताइन् चितवनकी शुकमाया

यूएई – मंसिर १९ गते शुकमाया टमाटाको घर फर्कने टिकट थियो । झोला ठिक पार्न थालिसक्नुभएको थियो ।

१८ गते साथीसँग सामान किन्न बजार जानुभयो । बजार पुग्नेबित्तिकै उहाँ अचानक बेहोस भएर ढल्नुभयो । साथीहरुले उहाँलाई अजमान स्थित खलिफा अस्पताल पुराए ।

भन्छन् नि जिन्दगीमा अगाडिको बाटो कसले देखेको छ र ? यस्तै भयो शुकमायाको जीवनमा पनि । घर फर्कन टिकट काटेको जहाजले यूएई छाड्नुभन्दा ७ घण्टाअघि नै शुकमायाले संसार छाड्नुभयो ।

चितवन अप्तारी २ की शुकुमाया नेपालबाट यूएई फर्किएको दुई महिना मात्रै भएको थियो । नेपालबाट फर्किएकोे केही दिनमै उहाँलाई छातीमा समस्या भयो । स्वास्थ्य जाँच गर्दा मुटुमा समस्या देखियो ।

डाक्टरले शुकमायालाई सक्दो छिट्टो राम्रो उपचार गराउन सुझाए । डाक्टरको सुझाव अनुसार नै उहाँले नेपालमै उपचार गराउने योजना बनाउनुभएको थियो । तर उहाँले आफ्नो पीडा परिवारलाई भन्नुभएको थिएन ।

दुई वर्ष पहिले यूएई आउनुभएकी शुकुमायाले नेपाल फर्किने त सोच्नुभयो, तर भर्खरै नवीकरण गरेको भिसा कम्पनीले सजिलै रद्द गरेर नेपाल पठाउन सजिलो थिएन । कम्पनीका प्रतिनिधिसँग कुरा गरेपछि नेपाल फर्कन अनुमति मिल्यो ।

कम्पनीले भिसा रद्द गरिदियो र एकतर्फी टिकट पनि दियो । निको भएर आउन मन भए कम्पनीले फेरि काममा फर्किने बाटो पनि खुल्ला गरिदियो । तर कम्पनीमा फर्कने बाटोको के कुरा, घर फर्कने बाटो नै सधैंका लागि बन्द भयो ।

अस्पताल पुर्याइएकी शुकमायालाई डाक्टरले बिहीबार बिहान मृत घोषणा गरिदिए । डाक्टरका अनुसार अस्पताल पुग्दा शुकमायालाई बचाउन सकिने आशा एकदमै कम थियो ।

मुटुको गम्भीर समस्याले थलिएकी शुकमायाको हृदयघातका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको छ । शुकमायाका भाइ कमल टमाटा पनि यूएईमै काम गर्नुहुन्छ ।

बिहीबार बिहान दिदीको ज्यान गएको खबर कमलले साँँझ मात्रै थाहा पाउनु भयो । बिहीबार बिहान नेपाल पुग्नुपर्ने दिदीको निधन भएको खबर सुनेपछि कमल आफैं अर्धचेत अवस्थामा हुनुहुन्छ। छिमेकी दाइ मनोज बिकको साथमा कमल अस्पताल पुग्नुभयो ।

बिहीबार बिहानै घर पुग्ने तयारीमा रहेकी दिदीलाई कफनमा बेरिएको देखेका कमलका आँखा ओभाएका छैनन् । गहभरी आँसु बोकेर कमल आफ्नी दिदी शुकमायाको शव सक्दो छिट्टो नेपाल लैजान लागि पर्नुभएको छ ।

आइतबार नेपाली दूतावास आबुधाबीमा भेटिएका कमलले भन्नुभयो – ‘नेपाल गएर उपचार गराउँछु, निको भए फेरि कमाउँला भन्नुहुन्थ्यों, संसार नै छाड्नुभयो ।’ कमल राम्रोसँग बोल्न सक्ने अवस्थामा हुनुहुन्न ।

छिमेकी साथी मनोज बिकले कमललाई सहयोग गरिरहनु भएको छ । शुकमायाको शब पोस्टमार्ट पछि अहिले अजमानस्थित खलिफा अस्पतालमा राखिएको छ । शुकमायाले पाउने सेवासुविधा उपलब्ध गराउने र आवश्यक कागजात पूरा गरेर शव नेपाल फर्काउन दूतावाससँग समन्वय भइरहेको कम्पनीले जनाएको छ ।

भिसा रद्द भईसकेकोले शव नेपाल पठाउन केही समय लाग्ने भएको छ । तर सक्दो छिट्टो शव नेपाल पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ । मृतक २३ वर्षकी शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् । उहाँ सारजहाँको एक स्कुलमा सरसफाइको काम गर्नुहुन्थ्यो । उज्यालो अनलाईन बाट ujyaalo Nepal Jobs in nepal

नेप्सेमा २४ अङ्कको वृद्धि

‘नेपालीका लागि नेपाली’ मा लफडा, अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

१२ मंसिर, काठमाडौं । ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’ अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालीका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्किनेः डा तुम्बाहाम्फे

पोर्चुगलको पि’डा, सडकमै सुत्छन् पि.आर पाउने लो’भमा पोर्चुगल पुगेका नेपाली

लिस्वन । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् । नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने क’ष्टकर नै छ ।

साहुसँग च’र्को ब्याजमा ऋ’ण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौ’तारिनुपर्ने अर्को चु’नौति पनि छ । पछिल्लो समय समस्यै सम’स्याका कारण नेपाली युवाको वास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चा’सो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ ।

उनका अनुसार ग’लत सङ्गत र धै’र्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ग’लत स’ङ्गत र धै’र्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वा’कांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रा’तारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उनी भन्छन्, “सडकको वास नेपाली समुदायमा निकै ज’टिल स’मस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौ’तीको रुपमा देखा पर्न थालेको छ ।”

किन सुत्छन् सडकमा ?

कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नैहरु काम नपाएर छट’पटाउनुपर्ने विक’राल सम’स्या पैदा भएको छ । वि’कृति, ग’लत सङ्गत, कु’लत, महत्वा’कांक्षा र अस्व’भाविक सपना टु’ट्ने र फु’ट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् । पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाडौँका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाए । “सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्”, उनीहरु भन्छन्, “हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।”

सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गु’नासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कु’लतमा फ’स्ने बताउँछन् । कु’लत, डिप्रे’सन अस्व’थ्य र बैरा’ग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ ।

सरोकारवाला उत्तिकै अग्रसर

सडकजी’वन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै ग’म्भिर बनेको छ । सम’स्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्यदूतावाससँग छ । कामको सिलसिलामा पोर्चुगल आउनेलाई ठूलो सपना नदेख्न र कू’लतमा नफस्न लिस्वनका लागि अवैता’निक वाणिज्यदूत मकरबहादुर हमालको सुझाव छ । उनी समस्याको समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताउँछन् । एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ ।

उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । सम’स्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेक्स सञ्चालनमा ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्था सङ्गसमन्वय गरी उ’द्दार गर्न सकिन्छ ।

पोर्चुगलमा ३० हजार नेपाली

कुनैबेला रोजगारीका लागि छिमेकीमुलुक भारत, मलेसिया, कतार, साउदी, दुवईलगायतका मुलुकमा पुग्ने नेपाली पछिल्लो समय पोर्चुगल आउन थालेका छन् । अहिले दैनिकजसो पोर्चुगलमा नेपाली आइरहेका छन् । त्यसैले पनि पोर्चुगलमा ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ । रातो पासपोर्ट पाउने र सुविधायुक्त जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण पनि बढेको जानकारहरु बताउँछन् । सन् २०१० देखि हालसम्म पोर्चुगलमा २९ जना नेपालीले अका’लमा मृ’त्यु भएको तथ्याङ्क छ । रासस/भगवान गिरी

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई अलग्गै ‘पार्किङ’

आज वि.सं. २०७६ मंसिर १० गते मङ्गलबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडशमातृभ्यो नमः न्यूनतम जापसङ्ख्या : १६ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्मेश्वराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

दिनहुँ फोन वार्तालाव पछी इलामका ६७ वर्षीय बृद्दले गरे २१ वर्षीय युवती पुजासंग विवाह (पुरा भिडियो)

काठमाडौँ, ८ मङ्सिर । सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।

कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ । सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन ।

सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउछन ।

उनीहरुसंग गरिएको रोचक कुराकानी तल हेर्नुहोस ।

खत्रीले जितिन् मिस नेपाल युरोपको उपाधि

कतारमा नेपाली कामदारले पाए लाखौ रुपियाँको पुरस्कार

मंसिर ९- कतारमा एक जना नेपाली १५ हजार रियाल अर्थात नेपाली ४ लाख ७२ हजार रकम पुरस्कारस्वरुप प्राप्त गरेका छन् । पुरस्कृत हुनेमा मोरङका गोर्खबहादुर राई रहेका छन् । उनलाई कतारको कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसले पुरस्कृत गरेको हो । जहाँ राई कार्यरत रहेका थिए । बिगत १० बर्षदेखि सोही कम्पनीमा काम गरिरहेका राईको इमान्दारीता र लगनशीलतालाई देखेर कम्पनीले सम्मानस्वरुप पुरस्कृत गरेको हो ।

कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका उनी अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन्।कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले सबै कामदारहरुसँग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए।

मृत्युदण्डबाट जोगिएका उमेश १४ वर्षपछि आज श्रीमतीसँग अंकमाल गर्दै

के मन्त्री दुगड भारतीय हुन् ? भारतीय मिडियाले यस्तो लेख्यो

मंसिर ८ -नेपाली राजनीति क्षेत्रमा रहेका कतिपय नेता तथा मन्त्रीहरुलाई भारतीय नागरिक भएको आरोप लाग्दै आएको छ । यसैबीच केही दिन अघि मात्र मन्त्री बनेका मोतिलाल दुगड पनि भारतीय भएको दाबी गरिएको छ । केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले दुगडलाई उद्योग राज्यमन्त्री बनाए । उनले मन्त्रीको सपथ लिएसंगै भारतीय मिडियाले उनलाई भारतीय व्यापारी भएको दाबी गरेको छ । भारतीय मिडिया थार एक्सप्रेसले दुगडलाई राजस्थानका व्यापारी रहेको र उनी नेपालको मन्त्री बनेको भन्दै समाचार प्रकासन गरेको छ ।

उसले मन्त्री दुगडलाई फतेहपुर राजस्थानका व्यापारी रहेको उल्लेख गरेको छ । उक्त समाचार यतिबेला सामाजिक सञ्जालमा समेत निकै भाईरल बनिरहेको छ । सेन्चुरी मसला उद्योगका मालिक रहेका दुगड भारतीय भएको भन्दै चर्चा चलिरहेको छ । उक्त समाचारको क्याप्सनमा हिन्दीमा लेखिएको छ “तेरापंथ समाज नेपाल के मुख्य व्यक्तित्वों में से श्री मोतीलाल दुगड़, फतेहपुर राजस्थान निवासी बिराटनगर प्रवासी को नेपाल के प्रधानमंत्री श्री के‍।पी। शर्मा ओली की कैबिनेट में उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमंत्री बनाया गया है” ।

आज माघ १३ गते सोमबार,तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

आज २०७६ मंसिर ९ गते सोमबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा अनेक प्रकारको खराब बिचारले सताउनेछ,साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ,माया पिरतिका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ,

मिथुन (Taurus) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिष्ठान्न भोजन र मनोरन्जनात्मक यात्रा गर्ने अवसर मिल्नेछ,आज निकै उपलब्धि मुलक भेटघाटहरु हुनेछन,आम्दानीको श्रोत भेटिएता पनि सहि उपभोग गर्न नसकिएला,पठन पाठनमा केहि सुधारको संकेत देखिन्छ,प्रेममय रुपमा आजको दिन बित्नेछ

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिनमा राजनैतिक र सामाजिक मान प्रतिष्ठा प्रशस्त मिल्नेछ,नोकरी र व्यवसायमा खासै ठुलो उपलब्धि हात लाग्ने देखिन्न,माता पिता र विशिष्ट व्यक्तिहरुको सहयोगमा बिशेष काम पुरा गरिनेछ,कृषि जन्य व्यवसायमा मनग्य लाभ मिल्ने देखिन्छ

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म कर्ममा आजको दिन बित्नेछ,तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,दुर्घटनाको संभाब्यता देखिन्छ साबधान रहनुहोला

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम सम्बंध आज निकै दरिलो बन्नेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने काम गर्न सकिनेछ,आजको दिन बिशेषरुपमा सफल साबित हुनेछ

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो सफलता पाउन सकिएला,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ

मकर (Capricorn) (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुहोला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कमाम सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम गरे अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम समय रहेको छ,आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा