Home Blog Page 1436

भरतपुर अस्पतालमा एक युवक झुण्डिएको अवस्थामा फेला (भिडियो सहित )

भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शुक्रबार राती फेला परेको शव लम्जुङ दुधपोखरी गाउँपालिका–२ का २७ वर्षीय विष्णु बहादुर सुनारको रहेको प्रहरीले जनाएको छ ।

सुनारले गत कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि ल्याएका थिए । चिकित्सकका अनुसार बिरामीको अवस्था गम्भीर भएका कारण उनलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आईसीयूमा उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सुनारको श्रीमतीको स्वास्थ्य अवस्थाभने सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताए ।

https://youtu.be/2Q73jiSO5iA

घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान

स्त’न बढाउन दिल्लीको को’ठीमा औषधी र सुई लाईएकी १५ वर्षे चेलीको कथा, यसरी काकीले पुर्याईन नर’कमा

नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै मातृ स्नेहबाट बञ्चित हुनुपर्‍यो । आमा गुमाएको पीडा आलै छँदा बुबाले कान्छी श्रीमती भित्र्याए ।सुरुवाती दिनमा सौ’तेनी आमाले राम्रै व्यवहार गरिन् । तर, बिस्तारै ‘सौ’तेनी व्यवहार’ देखाउन थालिन् । विद्यालय पठाउने त कुरै छाडौं, मा’नसिक र शा’रीरिक या’तना उनका लागि दैनिकी बन्न थाल्यो । विस्तारै बुबाले पनि वा’स्ता गर्न छाडे । अन्ततः २०६७ सालमा उनी गाउँ छाडेर काठमाडौंतिर हानिइन् ।सुनिताले कल्पेकी थिइन्, ‘काठमाडौंमा गएपछि भविष्य सुन्दर बन्छ ।’

तर, सोचेजस्तो भएन । राजधानीको गल्लीगल्लीमा क’ठ्याग्रिँदै थुप्रै रात बिताउन उनी विवश बनिन् । विभिन्न ठाउँमा भौतारिँदै गर्दा एक दिन गाउँतिरकै मानिसको सम्पर्कमा उनी पुगिन्, जसले घरमा भाडा माझ्ने काम दिलाए । महिनाको चार हजार रुपैयाँ दिने भनियो ।तर, त्यहाँ भनेजति पैसा नपाएपछि त्यो छाडेर होटलमा काम गर्न थालिन् । मासिक ९ हजार दिने भनिएको थियो । तर, त्यहाँ पनि उस्तै । सा’स्ती मात्र पाइन् । अब उनले काठमाडौंबाट हार खाइसकेकी थिइन् । ०६८ सालको माघतिर गाउँकै शेरबहादुर लामासँग उनको भेट भयो । जसले पढाइदिने वा घर फर्काइदिने आश्वासन दिए । आफूले काका मानेको व्यक्तिले गाउँ लगिदिने आश्वासन दिएपछि उनी फुरुङ्ग भएर लामाको पछि लागिन् ।

 

लामाको कोठामा सुनिता, कान्छी र कृष्णमाया गरी तीन नामले चिनिने काकी पनि थिइन् । धर्मस्थलीमा रहेको कोठामा केही दिनको बसाइपछि गाउँ लगिदिने काकीले आश्वासन दिइन् ।‘पढ्न मन छ ?’ काकीले कोठा पुगेको पहिलो दिन सोधेको उनलाई अझै याद छ । जवाफमा उनले टाउको मात्र हल्लाएकी थिइन् । ‘यहीँ पढ्ने कि गाउँमा गएर ?’ प्रश्न थपियो । उनले गाउँमै जाने भनेकी थिइन् । सुस्मिताका अनुसार चार दिनपछि गाउँ जाने भनेर काकीले एउटा बस चढाइन् । बसमा वा’न्ता हुन्छ भनेर उनलाई एउटा औषधि खान भनिएको थियो ।‘औषधि खाएपछि मैले केही थाहा पाइनँ’, सुस्मिताले प्रहरीसँग भनेकी छन्, ‘एक ठाउँमा ब्यूँझिएकी थिएँ, काकीले खाना खाने ठाउँ हो भन्नुभएको याद छ ।’ त्यहाँ उनलाई पुनः औषधि खुवाइएको याद छ । तर, त्यसपछि के भयो, केही थाहा छैन । एकैपटक दिल्लीको मधुनमा पुगेपछि मात्र उनको होस खुलयो ।

‘दिनमै २५ जनासँग सु’तेँ’

घर लगेर पढाइदिने आश्वासनमा होटलबाट निकालेकी काकीले को’ठीमा लगेर बेच्लिन् भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । न त्यतिवेला उनलाई को’ठीको विषयमै थाहा नै थियो  रसुवातिरकै लक्ष्मी र हेमा नाम गरेका महिलाको को’ठीमा उनलाई काकीले बेचिदिइन् । उनले सुनितालाई त्यहाँबाट पैसाको बिटो लिएको पनि देखेकी थिइन् । तर, कुनै प्रतिक्रिया जनाइनन् । त्यहाँ उनलाई सबै कुरा अनौठो र नौला लागिरहेको थियो । जहाँ उनले आफ्नो अस्मिताको खरि’दविक्री भएको पत्तै पाइनन् ।

भोलिपल्ट जब एकछिनमा आउँछु भनेर निस्किएकी काकी फर्किइनन्, अनि बल्ल उनलाई ड’र लाग्न थाल्यो । तर, उनी केही गर्न सक्ने हालतमा थिइनन् । को’ठीमै रहेका अन्यले उनलाई १० हजार भारुमा काकीले विक्री गरेको सुनाए । एक महिना बन्द कोठाभित्र राखेर सुस्मितालाई शारीरिक र मानसिक यातना दिइयो । उनलाई तीन पटक सुई र पटकपटक विभिन्न औषधि पनि खुवाइयो । अहिले २२ वर्ष पुगेकी उनी भन्छिन्, ‘त्यतिवेला मेरा वक्ष’स्थल ठूलो देखाउने औषधि दिइएको रहेछ ।’

महिना दिनपछि उनलाई कोठी नं. ५११ मा पहिलोपटक लगियो । जहाँ पहिलो पटक एक अधवैंशले उनको अ’स्मिता लु’टे । उनी प्रति’कार गर्न खोज्थिन् । तर, ग्राहक भन्थे, ‘तीन सय टका तिर के आया हुँ… ।’ विस्तारै ग्राहकको संख्या बढ्दै गयो । दिनमा दुई, पाँच हुँदै उनले २५ जनासम्मको प्यास मेट्नुपर्थ्यो। दुई वर्ष यो को’ठीमा बसेपछि उनलाई को’ठी नम्बर ६४ लगेर दुई वर्ष र ४० नं. कोठीमा लगेर १५ दिन राखियो । जहाँ उनलाई ‘क’ल ग’र्ल’को रुपमा को’ठी बाहिर पनि जान भनियो । तर, उनले मानिनन् ।

को’ठीमै प्रेम अनि स्वतन्त्रताको यात्रा !

करिब पाँच वर्षसम्म को’ठीमा नर’की’य जीवन विताइरहँदा उनले कुनै दिन घर फर्कुँला भन्ने कल्पना समेत गर्न छाडिसकेकी थिइन् । कसैको माया, ममता पाउने त परको कुरा । तर, एक दिन यस्ता ग्राहक आए, जसले उनलाई फरक व्यवहार गरे । नेपालमै घर भएका ती युवक उनीसँग गफ गरिरहन रुचाउँथे । चलचित्रमा देखाइने दृश्य झैँ उनी एकाएक नायक बनेर सुस्मिताको जीवनमा आएका थिए । पैसा तिरेर को’ठी छिरेका उनी घन्टौं उनीसँग बसिदिन्थे ।

विस्तारै युवक र सुस्मिताबीचको सम्बन्धले प्रेमको रुप लियो । युवक उनलाई बाहिर लिएर जान चाहन्थे । तर, कोठी सञ्चालकले अनुमति दिएका थिएनन् । उनी सञ्चालकसँग दैनिकजसो अनुनय, विनय गर्थें । विहे गर्ने बताउँथे । एक दिन, उनले सुस्मितालाई कोठीबाट बाहिर लिएर जाने अनुमति त पाए, तर साँझ फर्काउने सर्तमा ।

कोठीबाट कोठासम्म पुग्दा सुस्मितालाई पिँजडाको सुगालाई छाडिएझैँ महसुस भएको थियो । तर, एक मनको एक कुनामा फेरि कोठीबाट लक्ष्मी दिदीहरु लिन आउने हुन् कि डर चाहिँ थियो । तर, युवकसँगै बसिरहिन् ।

दिन, हप्ता हुँदै महिना वित्यो । दोस्रो महिनामा उनले नेपाल हेरेर आउने इच्छा व्यक्त गरिन् । युवकले उनको इच्छा बमोजिम सुस्मितालाई लिएर काठमाडौं आए । राजधानीमा केही दिनको बसाइपछि ०७५ भदौमा उनीहरु फेरि दिल्लीका लागि निस्किए । ‘मलाई को’ठीमा पुर्‍याउनेलाई कारबाही गराउँछु भनेर काठमाडौं हिँडेकी थिएँ’, उनी भन्छिन् । काठमाडौं फर्किने क्रममा माइती नेपाल, नेपालगञ्ज शाखाका कर्मचारीलाई उनको गतिविधि शंकास्पद लाग्यो । उनीसँगै युवक पनि नियन्त्रणमा परे ।

युवकले आफूलाई सहयोग गरेर नेपाल ल्याइदिएको सुस्मिताले बताइन् । आफू विरामी हुँदा हेरचाह गरेको पनि सुनाइन् । त्यसपछि माइती नेपालका अधिकारीले सम्पर्क नम्बर लिएर उनलाई छाडिदिए । अहिले चाहिँ सुस्मिता माइती नेपालको ‘सेफ हाउस’मा छन् ।

काकी पक्रा’उ, काका फ’रार

उद्दा’र गरिएको एक वर्षपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले सुस्मितालाई को’ठीमा पुर्‍याएको आरोपमा काकी सुनितालाई  पक्राउ गरेको छ । बबरमहलामा रहेको ब्युरोको कार्यालयमा ८ वर्षपछि काकीलाई भेट्दा सुस्मिताले रिस थाम्न सकिनन् । किन मलाई बे’चिस् भन्दै सुस्मिताले काकीलाई झम्टि’इन् । काकी नाजवाफ थिइन् ।

प्रहरीले पनि उनीलाई तानेर अर्को कोठातिर लगिदियो । मानव बे’चबि’खन तथा ओ’सारप’सार ऐनमा भएको व्यवस्था अनुसार क’डाभन्दा क’डा कार’बाही हुने आश्वासन दियो । काका शेरबहादुर भने अझै फ’रार छन् । ब्युरोका एसपी अनुपम शमशेर जबरा भन्छन्, ‘हामीले उनको खोजीलाई पनि जारी राखेका छौं ।’ अहिले उनलाई माइती नेपालले काउन्सिलिङसँगै सामान्य लेखपढ पनि गर्न सिकाइरहेको छ ।

६ महिनामा दुई लाख ३७ हजार पर्यटकद्वारा नेपाल भ्रमण

आत्महत्या गर्ने जक्सन बन्दै नारायणी पुल, यति छोटो समयमै नदीमा हाम फाल्नेको संख्या ५ पुग्यो

काठमाडौं । कात्तिक १० गते काग तिहारको रौनक उत्कर्षमा थियो । साढे ४ बजेतिर नारायणी पुलबाट दुईजना व्यक्ति नदीमा हाम फालेको खबर फैलियो ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार पुलबाट हामफाल्ने ३० ३५ वर्षका ब्यक्तिमात्रे मृत फेला परे । अर्का अझै बेपत्ता छन् ।

सँगै हामफालेका ब्यक्तिहरु बाबुछोरा भएको स्थानीयको अनुमान छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार मृत फेला परेका ब्यक्तिको पनि अझैसम्म नाम ठेगाना खुल्न सकेको छैन । फेला परेको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तिहारपछि पनि कात्तिक २० गते एकजना ब्यक्ति पुलबाट हामफाले । उनको गम्भीर अवस्थामा उद्धार गरियो । तर उपचारका क्रममा उनलाई बचाउन सकिनए ।

यो घटनासहित साउनयता मात्रै नारायणी पुलबाट नदीमा हामफाल्नेको संख्या पाँच पुगेको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’

देवघाटधाम र चित्रसारीमा एकादशी मेला

चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ । बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी तोरन टाँगिएको बताउनुभयो । देवघाटमा आउने भक्तजनलाई स्नानका लागि सुरक्षित ठाउँ निर्माण गरिएको उहाँको भनाइ छ । देवघाटमा लाग्ने मेलामध्ये एकादशी मेला पनि प्रमुख हो । यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ ।
विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो । मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ । यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ । थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर)मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ ।
ब्रह्मथानमा भाकल गरिने भएकाले प्रत्येक वर्ष ठूलो सङ्ख्यामा स्थानीयवासीको उपस्थिति रहने स्थानीयवासी दीपेन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक वर्ष ब्रह्मथानमा पूजा र नाचगान नगरेका कारण गाउँमा महामारी फैलियो, त्यसपछि प्रत्येक वर्ष नियमित रुपमा पूजाआजा र नाचगान हुने गरेको छ ।” आजको दिन थारू युवाहरु व्रतसमेत बस्ने गरेका छन् ।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ ।

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

पाँचदिनदेखि हराएका चितवनका दुई छोरीको खोजि गर्न अपिल

चितवन, कार्तिक २१ ।

चितवनको भरतपुर महानगर अनर्तगत वडा नम्बर ६ गीतानगरका दुई किशोरी ५ दिन देखि बेपत्ता छन् । गीतानगरकि १४ बर्षकि कुसुम बयलकोटी र बगरटोलकी १४ बर्षिय अस्मिता कूँवर थारु गत कार्तिक १७ गतेदेखि बेपत्ता भएको कुसुमकी आमा पुर्णिमा बयलकोटीले बताईन् ।

कार्तिक १७ गते बिहान ७ः४५ को समयमा कुसुम साथिको घर र अस्मिता दुध किन्न डेरि जान्छु भनेर घर छाडेका थिए । दाहिने गालामा डिम्पल भएकी अस्मिता कालो हाप कट्टु, कालै टिर्सट लगाएको अस्मिताका बाबु अनिशलालले बताए । त्यस्तै कुसुमले पहेलो कलरको सर्ट र निलो जिन्स पाईन्ट लगाएकी छन् ।

यसरि एका एक समर्पक बिहिन भएपछि अभिभावकले आम समुदायलाई खोजि गरि सहयोग गर्न आग्रह गरेका छन् । बालिका द्धयलाई फेला पारेमा नजिकको प्रहरी कार्यलयया समर्पक नम्बर ९८५५०२३५४० र ९८४५०७७५८७ मा समर्पक गर्न आग्रह गरेका छन् ।

आगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

आज सार्वजनिक बिदा

बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन आज सार्वजनिक बिदा दिने भएको छ । आज परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताउनुभयो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रुपमा आज सार्वजनिक बिदा दिने भएको प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ । उक्त दिन नगरपालिका अन्तर्गत रहेका नगरपालिका– वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न जाने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ ।

वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

नेपालमा भारत विरुद्ध देशैभरी आन्दोलन सुरु, मोदीको पुत्ला जलाइयो

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग परेपछि नेपालमा फेरि भारत विरोधी प्रदर्शन सुरु भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देश भर भारत विरुद्ध प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् । ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै विद्यार्थीहरुले पुत्ला दहन गरे ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नेपाल सरकारले पनि भारतीय नक्सा मान्य नभएको भन्दै कुटनीतिक रुपमा समाधान खोज्ने बताएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएको छ ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रमा भारतले लामो समय देखि आफ्नो सैनिक राख्दै आएको भए पनि नेपालको सरकारी पक्षबाट हटाउन पहल भएको पाइदैन । पटकपटक जनताले यसको विरोध गर्दै आएको भए पनि भारतले मानिरहेको थिएन । युवा संघले पनि भारतीय कदमको विरुद्धमा आन्दोलन छेड्न बैठक आह्वान गरेको छ ।

इलाम नगरपालिका प्रमुख-उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

आज वि. सं. २०७६ साल कात्तिक २१ गते बिहीबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष – आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने संयमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरू कमै भेटिनेछन् । पढाई लेखाइमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।

वृष – नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ ।

मिथुन – समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुनि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागि समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कर्कट – समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदीबहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

सिंह – व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कन्या – व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाईकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढन पाठनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

तुला – मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजाकासाथ तपाईँको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमानै काम सकाउन सकिनेछ ।

वृश्चिक – सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्यमय रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

धनु – काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाइमा भने जस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साध दिँदा कामहरू समयमानै सम्पन्न हुनेछन् ।

मकर – व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ ।

कुम्भ – चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मीन – कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम तथा अध्ययनको सिलसिलामा विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

चुनाव हार–जीतमा खसी बाजी राख्ने दुई पक्राउ

नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार

चितवन, कार्तिक, २० ।
नारायणी नदिको पुलबाट हाम फालेका एक जनाको उद्दार भएको छ। अन्दाजी ५० र ५५ बर्षका पुरुष नदीमा हामपालेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

उनि आज विहान साढे ९ :३० बजे पुलबाट नदिमा हाम फालेका थिए । किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । नदीमा हामफालेका खबर पाउन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले ति पुरुषको उद्दार गरेको प्रहरीले जनाएको छ ।

अहिले उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पातल पठाईएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

रत्ननगरमा कुल २१८४ मत गन्दा को छ अगाडी ?

अनौठो मन्दिर : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ

हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट शुरु हुँदैछ । सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट शुरु हुँदैछ ।
सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताउनुभयो ।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताउनुभयो । अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ । “पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ”, अध्यक्ष गाहाले भन्नुभयो ।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ ।मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ ।

सत्यवती तालको महत्व

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण छ । पहाडको उच्च भागमा रहेको ताल क्षेत्र सधँै चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक त्यहाँ पुग्न रुचाउने गर्दछन् । वन, वातावरण र जैविक विविधताको हिसाबले यस क्षेत्रको महत्व रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

सीमसार क्षेत्रमा दुर्लभ

चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रुपमा रहेको पाइन्छ । चुरे र सीमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरि पर्यटकका लागि व्यवस्थित गोरेटो बाटो पनि छ ।

कसरी गर्ने पूजा

ताललाई तीन पटक घुम्दै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिङ्गो गाडेर पूजा गर्ने चलन छ । त्यहाँ पूजा गरी बज्यैको मन्दिरमा दर्शन गरी टीका ग्रहण गर्न सकिने मन्दिरका सचिव लालबहादुर दर्लामी बताउनुभयो । मन्दिर नजिकै पूजा गर्ने स्थान तोकिएको छ । त्यहाँ बलि चढाउने चलन पनि छ । बोका, पाथी, हाँस, राँगा चढाउने चलन रहिआएको छ । परेवालाई उठाउने चलन पनि रहेको सचिव दर्लामीले बताउनुभयो ।

कसरी पुग्ने ताल

रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउनेलाई दोभानको झुम्सा पानीमिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करीब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती क्षेत्रमा उकालो हिँड्नु पर्दैन । झम्सादेखि करीब दुई घण्टामा सत्यवती पुग्न सकिन्छ ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न करीब दुई घण्टा लाग्छ । पाल्पा तानसेन सडकको चौबीस माइलबाट करीब दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर यातायातको साधन सञ्चालनमा समितिले रोक लगाएको छ । भक्तजनका कारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी