Home Blog Page 1434

युट्युबमा भाइरल कमला घिमिरेको पहिलो गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौं। सानै उमेरमा दोहोरी गाएर चर्चामा आएकी धादिङकी ११ वर्षिय कमला घिमिरेकोे पहिलो लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।

कमला र अमृत सापकोटाको आवाजमा ‘चिया छानेको’बोलको लोकदोहोरी गीत बुधबार बिहान सार्वजनिक गरिएको हो।

गीतको शब्द रमेश बि.जीले तयार पारेका हुन्। गीतमा खेम सेञ्चुरीको संगीत र बिनोद बाजुरालीको एरेन्ज रहेको छ।

भिडियोमा गायक–गायिकाका साथमा बद्री पंगेनी, बिनोद बाजुराली, शंकर बिसी, बिमल अधिकारी, खेम सेञ्चुरी, अञ्जली अधिकारी, रीना थापा मगर, करिष्मा ढकाल, धु्रव हिमाली, मोहन खड्का, एलिना रायमाझी, मालती घले, निलिमा ढुंगाना, रविना भण्डारी, शुवेक्षा नेपाल, कमल सरगम लगायत फिचर्ड छन्।

शंकर बिसीको निर्देशनमा बनेको भिडियोलाई दुर्गा पौडेल र सुरेश श्रेष्ठले खिचेका हुन्। भिडियो सम्पादनको जिम्मेवारी भने विकास ज्ञवालीले निर्वाह गरेका छन्।

छिनभरमै दोहोरीको टुक्का फुराउने कमला पछिल्लो समय धेरैको हाईहाई बनेकी छन्। उनको ब्यस्तता मेला महोत्सबमा पनि बढ्दो छ।

वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै

१५ वर्षिया किशोरी १० हजार भारुमा बेचिइन्, स्तन बढाउन सुई र औषधि प्रयोग

काठमाडौँ,
१५ वर्षीया नेपाली बालिकालाई भारतमा लगेर बेचको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामालाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार लामाले २०७६ माघमा आफ्नै नातेदार पर्ने तर कमजोर आर्थिक अवस्था भएकी १५ वर्षे बालिकालाई दिल्ली पुर्‍याएर बेचेकी थिइन् । तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । ती बालिकालाई कोठी सञ्चालकले युवती बनाउन एक महिनासम्म कोठामा बन्धक बनाएर सुई र औषधि प्रयोग गरेका समेत अनुसन्धानमा खुलेको छ ।

लामाले काठमाडौँको एक होटलमा काम गरिरहेकी ती बालिकालाई गाउँमा काम लगाइदिने भन्दै भारतको नयाँ दिल्ली पुर्याएकी थिइन् । अहिले २१ वर्ष पुगेकी उनले एक नेपाली ग्राहकलाई आफ्नो समस्या राखेपछि उनलाई त्यहाँबाट माइती नेपालको नेपालगञ्ज शाखा कार्यालयबाट उद्धार गरिएको हो ।

उद्धारपछि उनले प्रहरीलाई जाहेरी दिएपछि बेचबिखनमा संलग्न कृष्णमाया लामा पक्राउ परेकी हुन् । ब्यूरोका अनुसार फरार अभियुक्त नुवाकोट–६ का ४२ वर्षीया शेरबहादुर लामाको खोजी भइरहेको छ ।

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

आज २०७६ कात्तिक २८ गते विहिबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
वृष– सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन– धन सम्पतिको मनमुटाव बढ्नेछ । आप्mनासँग दुश्मनी हुनेछ।
कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह– पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।
कन्या– मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला– अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।
धनु– राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मकर– धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ– अनावश्यक सामाजिक लाञ्छना लाग्नेछ । काम बिग्रिनसक्नेछ ।
मीन– यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।

झापाको कनकाईमा धेरै कर तिर्ने करदातालाई उपहार

पर’देशी जीवन बिता’इरहनु भएका मेरा प्यारा साथीहरु, आमाको सन्देश

कृपया झर्को नमानी पढ्नुहोला

नानि कान्छा,
तैले अस्ति फोन गरेको रैछस.. म घरमा थिइन, यहाँ छिमेकमा एकजना बुढा मान्छे बित्नु भएर,म त्यही गएकी थिएँ l फर्किदा मलाई नि नातिनी ले नै सुनाइ l बोलि सुन्न सार्है मन लागेथ्यो, तैले आज पनि ‘आमा’ भनेर बोलाउदा खेरि, तेरो पहिलो बोलि फुट्दा मलाई, ‘आमा’भनेर बोलाको उस्तै जस्तो लाग्छ l एक बोलि सुन्न लाइ पनि लालायित हुन्छु म !

खैर केहि छैन सन्चो-बिसन्चो थाहा पाइहालें, म ‘बुढी’ लाइ पुगिगयो नि l अनि तैले मलाइ सम्झेर ‘कम्पुटर’ मा केहि लेखेको रैछस, तल्ला घर कि ‘सानी’ ले ‘मुबेल’बाट पढेर सुनाइन l अनि मैले पनि उनी सानिको मद्दत ले यो खबर त सम्म पठाउदै छु l पुग्छ कि पुग्दैन ?म ‘भट्याउदै’ छु, अनि उ लेख्दै छ l

तैले दुख मनाउ गरिछस, मेरो दांत को बारेमा. के भयो त, सार्है दुखे, फुकाल्न लगाईदिएँ lसके भोलि पर्सि लगाउला, नसके नि के भाको छ र ? बुहारी ले खाने कुरो पिसेरै पनि खान देकै छे l गिलो-सारो जेनतेन खाइ नै राखेकी छु, फेरी दांत खोल्ने बित्तिकै लाइहालने नि हैन नि लाटा, केहि समय पर्खिनु पर्छ, डाक्टर ले भनेको ! चश्मा भाचियो भनेर किन दुख मनाउ गर्छस ? काम चलेकै छ नि, खाँचै भाको छैन, हेर्न भाकै छ,

फेरी तेरा छोरा-छोरी नै मेरा निम्ति आँखा का नानि-ज्योति छदैछन नि, बाहिर फेर निस्कने बेलामा, नाति ले हात समाएर/डोर्याएर लैजान्छ, ल्याउछ, मलाई पुगिगयो नि, अनि किन पिर लिन्छस l तेरो कमि महसुस हुन देकी छैन बुहारी ले l मेरो चिन्ता गर्न भन्दा बरु उसैलाई सम्झाईदे, कहिले काँही ‘मजेत्रो’ ले मुख ढाकेर सुँक्क-सुँक्क गर्छे ! यहाँ को बारेमा पिर लिन पर्दैन नानि तैले, यहाँ गाउँ-समाज, छिमेकी, अनि हाम्रै परिवार छ, हामी ४ जना छौं, बरु त्यहा त एक्लै छस l आफ्नो ख्याल गरेस,

बेलामा खाने-सुत्ने-उठ्ने गरेस l तेरो लागी नाक-कान का पहेला सामान मात्र के भयो, म मेरो मुटु कलेजी नै बेची दिन सक्छु, तेरो लागी, तेरो खुशीको लागी, किन कि तँ नै मेरो मुटु/कलेजो होस, मलाई जिउन को निम्ति अर्को मुटुको के नै जरुरि पर्छ र ? त्यस्ता कुरा किन सम्झिन्छस अब, जो बिते, सकिए ! अब सम्झेर केहि फाइदा छैन नानि…!!

सन्तुलित आहार’ को कुरो गरेर कता कता घोचिस, हामि गरिब दुखियालाइ बिहान बेलुकी कै समस्याले सताउने l यहाँ नि झन्नै झन्नै उस्तै हालत छ, चामल भन्दा नि ‘कनिका’ नै ‘निका’ लाग्न थालेका छन् l खै कसरि टार्छे-पुर्याउछे बुहारी ले ? केटाकेटी नै बरु कहालिन्छन कहिले काही, भनेको नपुग्दा, ठुलो चै त बरु अलि बुझ्न थालेको छ, छैन भन्ने पत्तो पायो भने, भुँडी थिचेर, घोप्टो परेर नि सुत्छ, सानी केटि बरु झगडिया छे, जिद गर्छे l

तलाई थाहा छ, कहिले काँही घरमा खाना बनाउन लाइ केहि नहुदा, बुहारी ले ‘पानी’ मात्रै पकाउछे, धेरै बेर सम्म, ता कि, मिठो खाने कुरो पाक्दैछ अनि खान पाइएला भन्ने लोभै लोभ मा, नानि हरु सुतुन भन्ने उदेश्यले…l जब आँखा खुल्छ उनीहरुको, खोइ.हाम्रो भाग’ उनीहरु चिच्याउछन्, अनि हामी हरु, तिमेरु निदाएको ले गर्दा,तिमि हरु लाइ नराखी कन हामीले मात्रै खायौ, अब फेरी पकाइदिने भन्दै, उनीहरुको भोको पेटलाइ आस्वासन को ‘परिकार’ ले, थुमथुम्याएर केहि क्षण लाइ भए पनि शान्त गर्छौ ll

सानी नानि, तेरै मात्र कुरो गर्छे, ‘बाबा’ आए पछी मासु ल्याएर खाने ल आमा’…l उसको अबोध बोलिले मुटु छिनाल्छ मेरो ! म उसलाई ‘हस’ भन्दै काख मा राखेर, कपाल सुम्सुम्याउदै सुताउने प्रयास गर्छु, उसलाई म राजा-रानी राज कुमारी को कथा सुनाउछु, उ मलाई, ‘आमा….भात को कथा भन्नु न…. खसी काटेको, अनि मासु भात खाको कथा भन्नु न’… भन्छे ll उसकी आमा ओढ्ने ले मुख छोपेर हुंक्क..हुंक्क गर्दै कुनामा बसेर रोइ दिन्छे, म आफै डाको छोडेर रुन मन लाग्छ, तर पनि सम्हालिन्छु,

यिनी हरुको तोते बोलिमा पनि तेरै झल्को आउछ l गरिब लाइ किन मान्छे बनाउनु परेको होला, भगवानले …!! होस हुन दे यस्ता कुरा, नसम्झी केहि पनि…! सधै जिन्दगि एकनास को हुदैन, हामी पनि यत्ति सारो थिएनौ नै..! तेरो बाबा को ‘मुटु’को रोग, सकेसम्म को औसधि उपचार, अनि मृत्यु, कलिलै उमेर बाट ब्यबहिरिक जिम्मेवारी आइलाग्यो तँलाई अनि फेरी युद्दकाल मा जर्जर भएको हाम्रो पारिवारिक अवस्था, अझै बसाईं नै सर्नु पर्ने बाध्यता….. त्यसबेला देखि कै ऋण ले थिच्यो तँलाई/हामीलाई !!

अब सम्झेर के गर्नु छ र..? हुने हार-दैब नटार भन्छन, जे होला ! यत्तिको अबश्था सम्म ल्याएकै छस, आज राम्रो होस भन्ने शुभासिस तलाई…म बुढी को l घर व्यवहार सम्झेर काम गरेस, धेरै चिन्ता नगर्नु, घर को पिर नगरेस, आज भोलि त मैले पनि, ‘बृध्द’ भत्ता पाउन थालेकी छु, अड्को पड्को भर अभर, घर को नुन-भुटुन त्यसैले नि चल्छ l बरु कसरि हुन्छ, साहुको चर्को ब्याज बाट छुटकार पाउन पाए, दुख जिलो गरेर यतै, संगै बसेर रुखो-सुखो खान पाए, मलाई पनि सन्तोक हुने थ्यो ! म पनि अब अस्ताउन लागेको घाम जस्तै भएँ, मेरो नि केहि भर हुन्न नानि.. सक्छस भने यसपाली को दशैँ चै नछुटा….!
तेरी…
आमा !!


(नोट:-यो कुनै काल्पनिक कथा हैन, कसैलाई
काल्पनिक लागेमा ‘संयोग’ मात्र ठान्नु होला !)

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन लिने

सन्दीपको कमाई माथि सरकारी नजर; होला त संदिपलाई कारबाही ?? (भिडियो सहित)

नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्न कमाईबाट उनले काठमाण्डौंका बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसंगै उनमाथी समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानविन गर्न थालेको छ । ६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानविन गर्न थालेको छ । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानविन गर्न थालिएको छ ।

सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए । यसैगरि पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरुमा ५० हजार र ७० हजार डलर लिएका थिए । त्यसैगरि आईपिएलमा २० लाख लिएका थिए ।

यसमध्य केही रकम एजेन्ट र म्यानेजरले पाउने भएपनि उनको कमाई करिब २ करोड देखिन्छ । जसअनुसार उनले एक वर्षमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्न हुन्छ । तर, उनले थारैमात्र कर तिरेका छन् । यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्ड (एक करोड ४७ लाख रुपैयाँ)मा अनुबन्धित छन् । त्यस्तै टी– १० लिगमा ४५ हजार डलर उनी बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उन्को सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलब सहित उनको कमाई तीन करोड पुग्ने छ ।

विश्वका धेरै चर्चित खेलाडीहरु करको लफडामा परेका छन् । मेसी देखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ । नेपालमा सबैभन्दा बढी कमाउने सन्दीप पनि करको लफडामा परेका छन् । यद्यपि, उनले कर छलि गर्न बैंकबाट कर्जा लिएका छन् । तर, पनि गम्भीर छानविन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोतले बताउँछन् ।- दृष्टिबाट

२, ४, ७ र ९ जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची

सन्दीपको कमाईमा सरकारी आँखा, कर छलेको

विदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै

पहिलो पटक याै’न सम्पर्क राख्दै हुनुहुन्छ भने यि कुरामा विशेष ध्यान दिनुहोस्

पहिलो पटक याै’न सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु यहाँ प्रस्तुत गरिएका छन् । याै’न जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको से’क्सको बारेमा हामी केहि जान्कारी दिन्छौँ । पहिलो पटकको यौ’न सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ ।

१– यदि पहिलोपटक से’क्स गर्दै हुनुहुन्छ भने चर’मोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस ।

२– यदि तपाईं आफ्नो पहिलो से’क्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो से’क्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

३– महिलाहरुले पहिलो पटक से’क्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चर’मोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको से’क्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

४– महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक से’क्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

५– धेरैजसो मानिसहरु पहिलो पटकको से’क्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।

६– विश्वास गर्नुहोस् से’क्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

७– पहिलो पटकको से’क्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको से’क्स निकै सजिलो र कम पीडादायी हुन्छ ।

८–यदि तपाईं पो’र्न स्टारजस्तो से’क्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पो’र्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

९– पहिलो पटकको से’क्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको से’क्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिका अपनाउनु उपयुक्त हुन्छ ।

https://ujyaalonepalnews.com/archives/315

आज वि.सं. २०७६ कार्तिक २६ गते मङ्गलबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सिन्दूरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : सेतो वा बैैजनी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीभगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

https://ujyaalonepalnews.com/archives/313

से*क्सका अत्यन्तै प्यासी महिलाहरु यसरी चिन्नुहोस्

संसारभरी नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर पनि धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौ’निक चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ ।

पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् । यहाँ महिलाले यौ’न सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौ’न चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग सं’सर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भन्ने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

https://ujyaalonepalnews.com/archives/309

पण्डितहरुलाई नयाँ नियम, अब वर-बधुको नागरिकता हेरेर मात्र बिहे गराउनु पर्ने

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न जाजरकाेटका पण्डितहरु सहमत भएका छन् ।

जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको  सहकार्यमा पण्डितहरूले यस्तो  प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र  नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर-बधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यसो नगरिए कारबाही भोग्नुपर्नेछ ।’

पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले  पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन्  ।

जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको जाजरकोट जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा  प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो । 

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु