Home Blog Page 24

सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लुबुचे क्षेत्रमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। पासाङल्हामु निकोल निक्की अस्पतालमा बिरामी रेस्क्यु गरेर फर्किंदै गरेको हेलिकप्टर लुबुचे नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी छ । प्रहरी र स्थानीयले घटनास्थलतर्फ पुगेर विस्तृत विवरण संकलन गरिरहेका छन्।

ब्युटीपार्लर जलाउने योजनामा ब्युटिसियन एञ्जिला ! (भिडियो सहित)

काठमाडौं । झापाको विर्तामोडमा सौन्दर्य व्यवसाय गर्दै आएकी एञ्जिला धमलाले आपराधिक कार्यलाई प्रोत्साहन दिएकी छन् । उनले आफू स्वयम् ब्युटिसियन भएर पनि ब्युटिसियनकै हितविरुद्ध बोलेकी छन् । सामाजिक सञ्जाल टिकटकमार्फत उनले जेन जी आन्दोलनमा भाटभटेनी सुपरमार्केट जलाइएसजस्तै गरी अर्काको ब्युटीपार्लर जलाउन आह्वान गरेकी छन् । उनले रिसइबी साँध्न खोजेको ब्युटीपार्लर र त्यसका सञ्चालकको नाम नतोकीकनै त्यसको ९/१० वटा शाखा रहेको उल्लेख गरेकी छन् ।

उनले नेपालमा पुनः आन्दोलन भएमा सुरूमै उक्त ब्युटीपार्लर जलाउने कार्यमा सहभागी हुन ब्युटिसियनहरूलाई आग्रह गरेकी छन् । यस विषयमा उनको धारणा लिन हामीले उनलाई टेलिफोन सम्पर्क गरेका थियौं । त्यसक्रममा उनले टिकटकमा पोष्ट भएको उक्त भिडिओलाई स्वाभाविक भनिन् । भिडिओमा आफूले कसैको नाम नलिएकाले आफ्नो गल्ती नरहेको उनको तर्क छ ।

आफूहरू सानोतिनो सौन्दर्य व्यवसायमा रहेको तर त्यसलाई असर पर्नेगरी ‘सम्बन्धित ब्युटिसयन’ले भिडिओहरू पोष्ट गरेकाले त्यसैको प्रतिकारस्वरूप आफूले टिकटकमा उक्त भिडिओ राखेको उनले बताइन् । तर, उनको आशय आफ्नो क्षेत्र आसपास सेवाग्राहीलाई सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने कुनै पनि ठूला पार्लरहरू खुल्न नहुने भन्ने रहेको स्रोत बताउँछ ।

यदि उनी अन्यायमा परेकी थिइन् भने उनले कानुनी उपचार खोज्ने थिइन् । तर, उक्त बाटो नअपनाएर ब्युटीपार्लर नै जलाउनुपर्ने अभिव्यक्ति दिनुले उनी ईर्ष्या र द्वेषको भावले ग्रसित रहेको स्पष्ट सङ्केत गर्छ । उनले आफूहरू कानुनी प्रक्रियामा जाने सल्लाहमा रहेको पनि बताइन् । तर, आफैले कानुनलाई हातमा लिन गरेको प्रयास चाहिँ सही देखिरहेकी छन् । यो नै उनको दृष्टिदोष हो ।

यस्तै, भाटभटेनी सुपरमार्केट जलाएजस्तै गरी ब्युटीपार्लर पनि जलाइदिनुपर्ने अभिव्यक्तिबाट भाटभटेनी जलाउने कार्यमा उनी आफै पनि संलग्न हुनसक्ने आशङ्कालाई नकार्न सकिँदैन । किनकि उनी भाटभटेनीले व्यापार र रोजगारी सिर्जना गरेकोमा भन्दा त्यसलाई जलाएर खरानी बनाइएकोमा खुसी देखिइन् । स्मरणीय छ, जेन जी आन्दोलनका क्रममा विर्तामोडस्थित भाटभटेनीको आउटलेट पनि आगजनी गरेर पूर्ण रूपमा नष्ट गरिएको थियो ।

यसका साथै, ब्युटीपार्लर जलाउनुपर्ने तर्क र त्यसमा सामूहिक सहभागिताको आह्वान सिधै आपराधिक कार्यलाई प्रोत्साहन हो । यस्तोमा उनलाई कारबाही हुनसक्ने स्पष्ट आधार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए । नेपाल ब्युटिसियन सङ्घ (ट्रेड) की संस्थापक अध्यक्ष भगवती खड्काले आफूले पनि ब्युटिसयन धमलाको उक्त भिडिओ हेरेको भन्दै त्यो ‘अत्यन्त गलत’ भएको बताइन् ।

खड्काले भनिन्, ‘एउटी ब्युटिसियनले उही व्यवसाय गर्ने अर्की ब्युटिसियनको पार्लर जलाउँछु भन्नु सरासर गलत हो । उहाँले आफ्नो न्यूनतम पेशागत मर्यादा भुलेर आफ्नै छवि बिगार्नुभएको छ ।’ उनले हाल आफू काठमाडौं उपत्यकाबाहिर रहेको र फर्केपछि यस विषयमा थप छलफल गरेर आवश्यक निर्णय लिने बताइन् ।

के भनेकी थिइन् धमलाले ?

अस्ति जेन जीले ९/१० वटा ब्रान्च खोलेको झुटा प्रचारप्रसार गर्ने होनहार ब्युटिसियन दिदीको ब्युटीपार्लर भाटभटेनीजस्तै जलाइदिनुपर्थ्यो । दिदीको ब्युटीपार्लरका ब्रान्चहरू धेरै छ रे, अनि राजनीतिक क्षेत्रमा पनि उहाँ एकदम अगाडि हुनुहुन्छ रे भनेको सुनेकी थिएँ । सुन्नमा आएको हो तर भेटेको, चिनेको, जानेको छैन । त्यतिखेर चाहिँ कहाँ लुकेर बस्नुभएको रहेछ उहाँ ? उहाँ पनि पार्टीकै मान्छे रे भनेको सुनेकी थिएँ । तर, फेरिफेरि यसरी नै आन्दोलन भयो भने चाहिँ हामी सबै ब्युटिसियन दिदीबहिनी सुरूमै पीएचडीवाली ब्युटिसियन दिदीकोमा जानुपर्छ है त !
भिडियो हेर्नुहोस्

ज्योति मगरको टिप्पणी- यसपालि क्रान्ति होइन, अराजकता र भाँडभैलो भयो

काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’

नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको पनि उनले बताएकी छन् । तर, परिवर्तनपछि नेताहरूले जनताको अपेक्षा पूरा नगरेको ज्योतिको भनाइ छ ।

उनले जेन-जी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । अन्तिममा भनेकी छन्, ‘ल अब गाली बर्साउनुस् देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू ।’

खैरहनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

चितवन । खैरहनी नगरपालिका–२ जनजीवन टोलमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मिति २०८२ असोज ५ गते राति करिब १२ः२० बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका करिब २२/२३ वर्ष उमेरका हाल नामथर वतन नखुलेका पुरुषलाई गम्भीर चोट लागेपछि स्थानीयहरूले उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएका थिए। तर, टाउकोमा गम्भीर चोट लागेका ती युवकलाई उपचारका क्रममा चिकित्सकले राति १ः१३ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र मृतकको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

टिकौलीमा बस र कार ठोकिँदा एकको मृत्यु नौ जना घाइते

चितवन, कार्तिक ४– चितवन रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

नारायणगढबाट टांडीतर्फ आउंदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जांदै गरेको बीएबी ५००८ नम्बरको कार एक आपसमा ठक्कर खांदा बसमा सवार चालक सहित ९ जना घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा रत्ननगर–१० बस्ने बर्ष ३३ की पुजा सुबेदीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेहरुको नामावली यसप्रकारको छः

१.बस चालक जिल्ला चितवन राप्ती नगरपालिका–२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
२.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य ्र
३.जिल्ला चितवन रत्ननगर–७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महतो, सामान्य्र
४.ऐ.बस्ने निजको छोरा वर्ष ८ का रियान महतो, सामान्य ।
५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
६.बसमा सवार जि।चितवन भरतपुर–१२ बस्ने वर्ष ३७ की शोभा आचार्य, सामान्य ।
७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
८.बस चालक जिल्ला चितवन राप्ती न.पा. २ बस्ने बर्ष ३६ को सुरज कडेल, सामान्य ।
९.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य

चितवनमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

चितवन, असोज ४ — चितवनको खैरहनी नगरपालिका–११, गैंडाहास्थित एक घरमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल असोज ४ गते राति करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उक्त जुवातास खेल्ने समूहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट रु. १,५०,७२० रुपैयाँ नगद र ५ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जुवातास खेलिरहेको सूचनाको आधारमा खटिएको टोलीले घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

चितवन, कार्तिक ४ – चितवनको भरतपुर महानगरपालिका–१० एयरपोर्ट नजिक गए राति भएको स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मंगलवार विहान करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा भरतपुर–२१ निवासी २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको थियो। तर उपचारको क्रममा राति करिब २:३५ बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका छन्।

मृतकको शव भरतपुर सरकारी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनाको कारण सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

खैरहनीमा ‘तिहार म्युजिक फेस्ट–भोल्युम ८’: रकहेड्स, कटाव र क्रिशाला हुँदै दर्शना, दया र जेम्सीको धमाकेदार प्रस्तुति रहने ।

३० गते असोज । चितवन Yac Events र ग्रेट टिभीको संयुक्त आयोजनामा आगामी कार्तिक ७ र ८ गते (अक्टोबर २४ र २५, २०२५) मा चितवनको खैरहनी नगरपालिका–८, मगनी पर्सामा ‘तिहार म्युजिक फेस्ट – भोल्युम ८’ भव्य रूपमा आयोजना हुने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि यस फेस्टिवलले युवाहरूका लागि मनोरञ्जन, संगीत र सांस्कृतिक रमझमको उत्कृष्ट माहोल तयार गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा रकहेड्स, कटाव व्याण्ड , क्रिशाला चौधरी , दर्शना गान्धारी एण्ड व्याण्ड , दया सिवाकोटी र जेम्सी जस्ता लोकप्रिय कलाकारहरूले दमदार प्रस्तुति दिनेछन् । यो फेस्ट युवाहरूबीच निकै प्रतिक्षित बनेको छ ।

कार्यक्रम संयोजक जीवन चौधरीका अनुसार, “तिहार म्युजिक फेस्टले केवल संगीत मात्र होइन, स्थानीय संस्कृति, परम्परा र खुशी बाँड्ने माध्यमको रूपमा काम गर्छ । यसपटक हामीले दर्शकलाई अझ उच्च स्तरको मञ्च र वातावरण प्रदान गर्ने तयारी गरेका छौं,” उनले बताए ।
अहिले प्री सेल टिकट खुल्ला भइसकेको संयोजक चौधरीले बताए ।

चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन, असोज ३०– नारायणघाट–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–१ रामनगरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको पर्यटक बसले बिपरित दिशाबाट आउदै गरेको ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गोरखा साबिक छोप्राक गाविस–२ बस्ने वर्ष ४० का दामोदर घिमिरे गम्भिर घाइते भएका थिए ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः२३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रहरीले बस र बस चालक धादिङ सिद्धालेख गाउँपालिका–३ बस्ने वर्ष ३६ को सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको छ ।

कैलालीमा एक युवकको बीभत्स हत्या, टाउको बोकेर प्रहरीमा पुगे २ जना

धनगढी । कैलालीमा एक युवकको बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको छ । हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबै जनाले बुढाको घाँटी रेटी टाउको छुट्याएका थिए र त्यसपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । टाउको बिनाको शरीर घटनास्थल मै छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी० रमेश दत्त अवस्थीका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आएका थिए ।

“राति ११ बजेतिर एक जनाको हत्या भएको सूचना आयो । हत्यामा संलग्नहरुले नै टाउको बोकेर हतियारसहित आएका थिए,” डीएसपी अवस्थीले भने, “म स्वयं घटनास्थलमा छु । थप अनुसन्धान हुँदैछ ।”

प्रहरीका अनुसार, मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । उनीहरूबीच पहिले चिनजान नरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट मृतकका आफन्त आइरहेकाले अहिले शव घटनास्थलबाट उठाइएको छैन ।