Home Blog Page 55

पूर्वीचितवनमा रास्ट्रियस्तरको व्याटमिन्टन प्रतियोगिता हुने

उज्यालो नेपाल – पूर्वीचितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर नगरपालिकामा राष्ट्रिय व्याटमिन्टन प्रतियोगिता हुनेभएको छ।

रत्ननगरको वडा नं ३ बेल्सीमा रहेको कभर्डहलमा दोस्रो मेयर कप तथा चौथो रास्ट्रिय ब्याटमीन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी असोज  १,२ र ३ गते सञ्चालन हुनेछ। विभिन्न सात विधामा हुने प्रतियोगिताको मेन्स डबल (२० र्याङक) तर्फ प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ५१  हजार १ सय ११ र तृतीय हुनेले २५ हजार १ सय ११ नगद पुरस्कार साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

अन्य छ विधाका विजेताहरुले पनि नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। रत्ननगर नगरपालिका संरक्षक रहने यस प्रतियोगितामा  झण्डै ४० जिल्लाबाट अन्दाजी २००० जना खेलाडीको सहभागीता रहने आयोजक समिति सदस्य अरुण नेपालले जानकारी दिए।

अघिल्ला वर्षहरुमा पनि क्लबले रास्ट्रिय तथा जिल्लास्तरिय प्रतियोगिताहरु गरिरहेको र यसले खेलाडी उत्पादन तथा आन्तरिक पर्यटनमा टेवा पुर्याएको क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक केवल न्यौपानेले बताए।

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

आज शनिबार मध्यान्न साढे १२ वजे भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नदी माथीको पुलबाट हाम फालेर अन्दाजी ३० वर्षका एक पुरुष बेपत्ता भएका हुन् ।

वेपत्ता पुरुषको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।

पिठुवामा खानेपानीको ओभरहेड ट्यांकी शिलान्यास

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ खैरेटीमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण हुनेभएको छ । चार लाख ५० हजार क्षमताको उक्त खानेपानी ट्यांकीको नगरप्रमुख प्रलाद सापकोटाले शनिबार एक कार्यक्रम बीच शिलान्यास गरे।

पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गर्न लागेको सो रिजर्भ ट्यांकीको निर्माण पछी  १० हजार बढी घरधुरीलाई पानी वितरणमा समस्या नहुने संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ‘सहलगानी’ कार्यक्रम अन्तर्गत योजना निर्माण हुने भएको हो । जसमा ७० प्रतिशत रकम आयोजनाले लगानी  गर्नेछ भने ३० प्रतिशत रकम खानेपानी संस्थाले लगानी गर्नेछ।

 

योजनाको कुल ठेक्का कबोल रकम ८ करोड ९६ लाख ३९ हजार मध्य ६ करोड ५४ लाख ४९ हजार आयोजनाले र २ करोड ३७ लाख रकम पिठुवा खानेपानीको लगानी रहनेछ ।

यस योजनाबाट  ४ लाख ५० हजार लिटर क्षमताको एउटा ओभरहेड ट्यांकी, गार्ड भवन, सुरक्षा घेराबार, एउटा डिप बोरिङ, ३६ किमी पाईपलाईंन बिस्तार र ८०० घरधुरीमा खानेपानी जडानको कार्य हुनेछ । कंचनपुरको सेतीमहाकाली श्रपुर- नविन जेभीले ठेक्का सकारेको सो योजना २०८३ असार ३० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

 

 

एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जना महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए ।

एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा देवघाटमा बृद्धबृद्धाहरुलाई साझको खाना समेत खुवाईएको उनले जानकारी दिए ।

उनले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । कार्यक्रममा एक्सपर्ट टाँडी शाखा प्रमुख मीना तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् ।

एक्सपर्टको २१औं वार्षिकोत्सवः देवघाट आश्रमका वृद्धवृद्धालाई भोजन, फलफूल र लत्ताकपडा वितरण

चितवन, साउन २३– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (बुधबार) देवघाटमा आश्रित वृद्धवृद्धाहरुलाई साँझको भोजन ग्रहण गराइएको छ ।

तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित असाहय वृद्धवृद्धाहरुलाई एक्सपर्टले भोजन ग्रहण गराउनुको साथै फलफूल र लत्ताकपडा वितरण गरेको छ । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले वृद्धृवद्धाहरुलाई फलफूल तथा लत्ताकपडा वितरण गरेका थिए ।

सो क्रममा बोल्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले २२औं वर्षमा प्रवेशको पूर्वसन्ध्यामा आमाबुबाबाट आर्शिबाद लिदै भोजन ग्रहण, फलफूल र लत्ताकपडा वितरण गरिएको बताए । उनले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा असाहय वृद्धवृद्धालाई ध्यानमा राखेर यो कार्यक्रम गर्दै आइरहेको बताए ।

एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले वृद्धवृद्धालाई सेवा गर्ने सबै हातलाई धन्यवाद दिए । उनले संस्थाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले दाताहरुकै सहयोगबाट आश्रम संचालन भइरहेको बताए । उनले हेर्ने मान्छे नभएर या अन्य समस्याले एक्लो भएका वृद्धवृद्धालाई नभई विल्कुलै असाहय वृद्धवृद्धालाई मात्रै राख्ने गरिएको बताए ।

एक्सपर्टले वार्षिकोत्सवको अवसरमा मंगलबार एक्सपर्ट बेस क्याम्पमा निःशुल्क आँखा परीक्षण शिविर गरेको थियो । त्यस्तै अन्तर स्कुल/कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम समेत सम्पन्न भइसकेको छ । एक्सपर्ट एजुकेशनले भोलि (बिहीबार) अर्थात् अगष्ट ८ का दिन भव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ ।

वार्षिकोत्सवको दिन भोलि बिहीबार विहान ७ रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमा वार्षिकोत्सव मुल समारोह कार्यक्रम हुनेछ । सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ ।

सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो यँहा क्लिक गरेर भिडियो हेर्नुहोस् ।

उज्यालो नेपाल- पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि साउन २४ गते विहिबार विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार सो वितरण केन्द्र अन्तर्गत ३३/११ .भी. पर्सा सवस्टेसनमा ३३ के.भी. ईन्कमिङ्ग बे मा लाईन कनेक्सन गर्ने तथा ३३ के.भी. बस वार बाट १६ एम.भी.ए. ट्रान्सफर्मर बस बार साईडको डिस्कनेक्टिङ्ग स्वीचमा कनेक्सन गर्ने कार्य गर्नुपर्ने भएकोले विहिवार बिहान ५:०० बजे देखि बिहान ७:०० बजे सम्म विद्युत अवरुद्ध हुने भएको हो ।

सो समयमा टाँडी फिडर, सौराहा फिडर, चैनपुर-१ फिडर र चैनपुर-२ फिडरहरुमा बिद्युत सेवा अबरुद्ध रहने छ ।

यसबाट रत्ननगर नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र कालिका नगरपालिका अन्तर्गत पदमपुर, लंकालाईन लगायत आसपासका क्षेत्रहरु, त्यस्तै चैनपुर, शिवालय चोक, दोबाटो, पिठुवा, पदमपुर, ध्रुबचोक हुँदै सिमलढाप, हात्तीगाडे हुंदै शक्तीखोर लगायत आसपासका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुनेछ ।

हेर्नुहोस् सुचना 

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो ( भिडियो)

भिडियो हेर्नको लागी यँहा क्लिक गर्नुहोला 

उज्यालो नेपाल- नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिएका छन् । हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको खुलेको छ । घटना स्थलमा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन् । यसैबीच नेपाली सेनाको उद्धार टोली पनि घटनास्थलतर्फ पठाइएको छ । हेलिकप्टर ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

 

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले प्यारागलाइडिङ्ग र होटलमा छुट पाउने

२२ साउन, भरतपुर- उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले पोखरा स्थित ओपन स्काइ प्यारागलाइडिङ्गको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई प्यारागलाइडिङ्गमा छुट दिनेसम्बन्धी ओपन स्काई प्यारागलाइडिङ्ग प्रा. लि. र उद्योग वाणिज्य संघ–चितवन बिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघमा आबद्ध उद्योगी व्यवसायीहरूलाई विभिन्न सेवा प्रदायक संस्थाहरूसँग व्यावसायिक सेवा वा बस्तुमा छुट उपलब्ध गराउन निरन्तर पहल गरिरहने बताउनुभयो । उहाँले आज नै प्यारागलाइडिङ्ग र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेससँग पनि संघका उद्योगी व्यवसायीले छुट पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बताउनु भयो ।

प्यारागलाइडिङ्गको छुटमा टिकट खरिद गर्नको लागि पोखरा लेकसाइड स्थित ओपन स्काई प्यारागलाइडिङ्गको कार्यालय वा काउन्टर बाट टिकट खरिद गर्न सकिने ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले जानकारी गराउनु भयो ।

ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसमा छुट सुविधा उपयोग गर्न उद्योग वाणिज्य संघ–चितवनबाट उपलब्ध गराइएको सदस्यता परिचयपत्र देखाउनु पर्ने संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।

उद्योग वाणिज्य संघ–चितवनका सदस्यले ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि. द्धारा सञ्चालित प्यारागलाइडिङ्ग सेवामा १५ प्रतिशत र इटहरी स्थित होटल इनटुरिष्ट प्यालेसबाट उपलब्ध सेवा फुड एण्ड व्यभरेजमा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्म छुट पाउने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनु भयो ।

सम्झौता पत्रमा उद्योग वाणिज्य संघ–चितवतको तर्फबाट अध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यकारी निर्देशक निलबहादुर के.सीले तथा व्यावसायिक फर्म ओपन स्काई प्यारागलाइडिङ्ग प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर शर्मिला शर्माले र होटल इनटुरिष्ट प्यालेसका म्यानेजिङ्ग डाइरेक्टर मिशन पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

एक्सपर्टको वार्षिकोत्सव अवसरमा २ सय जनाको निःशुल्क आँखा परीक्षण

चितवन, साउन २२– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा आँखा परीक्षण शिविर आयोजना गरेको हो ।

विहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा दुई सय जनाको आँखा परीक्षण गरिएको थियो । चितवन आँखा अस्पतालका दृष्टि विशेषज्ञ डा.किशोर गौतमले आँखा परीक्षणको क्रममा धेरैजसोमा दृष्टिदोषको समस्या देखिएको बताए ।

केहीमा कम्प्युटर भिजन, आँखा सुख्खाको समस्या देखिए पनि गम्भिर प्रकृतिको समस्या नदेखिएको गौतमले जानकारी दिए । शिविरमा विद्यार्थीहरुको पूर्व परीक्षणपछि आँखा परीक्षण गरिएको थियो । शिविरमा दृष्टि सहायक प्रभात यादबलगायत प्राविधिकहरु सहभागि भएको चितवन आँखा अस्पतालका जनसम्पर्क अधिकृत असिमबाबु हमालले जानकारी दिए ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक्सपर्टका कर्मचारी, विद्यार्थी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गरेर वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको बताए । उनले यस शिविरबाट विद्यार्थी तथा अभिभावकहरु लाभान्वित भएको भन्दै आगामि दिनमा यसखालको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले सहकार्यका लागि चितवन आँखा अस्पताललाई धन्यवाद दिए ।

एक्सपर्ट एजुकेशनले यही साउन २४ गते अर्थात् अगष्ट ८ दिनका दिन भव्य समारोहकाबीच २१औं वार्षिकोत्सव समारोह मनाउँदैछ । यही अवसरमा एक्सपर्ट विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । वार्षिकोत्सवकै अवसरमा अन्तर स्कुल÷कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम सम्पन्न भइसकेको छ ।

जसमा भरतपुरको एपेक्स कलेज प्रथम स्थान हासिल गरेको थियो । वार्षिकोत्सवकै अवसरमा भोलि (बुधबार) साँझ देवघाटस्थित वृद्धाश्रममा भोजन ग्रहणको कार्यक्रम राखिएको छ । वार्षिकोत्सवको दिन साउन २४ गते बिहीबार विहान रत्ननगरस्थित एक्सपर्ट कार्यालय परिसरमा वृहन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने दिउँसो १ बजे एक्सपर्ट बेस क्याम्प भरतपुरमा वार्षिकोत्सव मुल समारोह कार्यक्रम हुनेछ ।

सो समारोहमा ‘एक्सपर्ट राष्ट्रिय पत्रकारिता पुरस्कार’, विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछ । सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको थियो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् ।

एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

 

फोर्ब्स कलेजमा स्टेट ब्याक्वेटको नमुना अभ्यास

सन्तोष बस्तकोटी- भरतपुर,साउन २०- भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुर स्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्यान्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ ।

व्यवहारिक शिक्षा मार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हरि शरण पाठकले जानकारी दिए ।

हरेक बर्ष बिएचएम संकायका छैठौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउदै आएको प्रिन्सिपल पाठकले बताए ।

सो कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्र प्रमुख अर्को देशको राष्ट्र प्रमुख संग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अध्यास गराएको हो । कलेज व्यवस्थापनको समन्वयमा बिएचएम संकायका छैठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अध्यासको आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा सोही संकायका चौथो सेमेष्टरका विद्यार्थीले उपस्थित अतिथि र सहभागीका लागि परिकारहरु प्रदान गरेका थिए । दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले भान्छा व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट विभागका प्रमुख योगेन्द्र मण्डलले सहजीकरण गरेका थिए ।

कलेजका प्रबन्ध निर्देशक राज कुमार दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्राध्यापक ई.दिवस मैनाली विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल पाठक सहित सुवास अधिकारी, देवी कार्की, राजेन्द्र सापकोटा, शिरिष गौतम, केशव न्यौपाने, राजेन्द्र पौडेल, राजन धिताल, ई.राज सापकोटा लगायत अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रममा विध्यार्थीहरुले पोट्याटो चिज बल,क्रीम अफ मसरुप सुप, चिकन स्ट्रागनफ विथ प्लेन राईस÷रिसोटो राईस, डेजर्ट निकरबकर ग्लरी अन्तर्गतका परिकारहरुको सेवा प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै ई.दिवस मैनालीले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीका लागि गरिने व्यवहारिक क्रियाकलापले सो क्षेत्रमा लागेर भविष्य उज्जवल बनाउन चाहेका विद्यार्थीले देश तथा विदेशका उच्चस्तरीय कार्यक्रममा आफ्नो कला र सीप देखाउन सक्षम रहने बताए ।

नमुना अभ्यासले विद्यार्थीहरुमा ईभेन्ट म्यानेजमेन्ट ईलाईट सर्भिस (उच्चस्तरीय सेवा), टिमवर्क, सहकार्य, बजेट व्यवस्थापन लगायतको सीप विकासमा टेवा पुग्ने कलेज प्रमुख हरि शरण पाठकले बताए । कार्यक्रम अवधिभर सोही कलेजमा बिएचएम दोश्रो संकायमा अध्ययनरत रोनिस श्रेष्ठ र चौथो सेमेष्टरमा अध्ययनरत सुमन मग्रातिले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बिएचएम छैठौँ सेमेष्टरमा अध्ययनरत ७ जना विद्यार्थी ,दोश्रो संकायमा अध्ययनरत १० जना विद्यार्थी र चौथो सेमेष्टरमा अध्ययनरत १२ जना विद्यार्थी सहभागी भएका थिए । कलेजमा अनुभवि र तालिम प्राप्त प्रध्यापकहरुले विद्यार्थीहरुलाई होटल म्यानेजमेण्ट र सुचना प्रविधि विषयमा अध्यापन गराउदै आइएको छ । सो कलेजले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको छ ।

कलेजले डेढ दर्जन सुचकहरु पुरा गर्दै सो मान्यता प्राप्त गर्न सफल भएको हो । वि.स.२०७४ सालमा स्थापना भएको सो कलेजमा व्याचलर अफ होटर म्यानेजमेन्ट र व्याचलर अफ कम्प्युटर साइन्स, साइबर सेक्युरिटी लगायतका विषय अध्यापन हुँदै आएको छ ।

अभिभावक र विद्यार्थीको रोजाईमा परेको उक्त कलेजले अभिभावकको लगानी सुरक्षित गर्ने गरी शिक्षण सिकाइलाई अबलम्वन गरेको छ ।