Home Blog Page 56

चितवनमा १५ घण्टापछि नियन्त्रणमा लिइयो मानिस आक्रमण गर्ने बाघ

भिडियो हेर्न यँहा क्लिक गर्नुहोला 

चितवन-नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघलाई १५ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले राति पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन। बाघलाई डार्ट गरेर बेहोस बनाइएको छ भने निकुञ्ज लैजाने तयारी गरिएको छ ।

आइतबार बिहान ५ः२० बजे नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन दिनभर तीन वटा हात्ती परिचालित गरिएको थियो । सौराहाबाट थप दुई हात्ती ल्याएर बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

 

बाघको आक्रमणबाट चितवनमा एकजना घाईते

भिडियो हेर्न यँहा क्लिक गर्नुहोला !

चितवन । चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने श्रेष्ठलाई एक्कासि आक्रमण गर्दा उनी घाइते भएका छन् । घाइते श्रेष्ठलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ ।

श्रेष्ठको मुख र हातमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको कार्यालयले जनाएको छ । श्रेष्ठलाई आक्रमण गर्ने बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ ।

उत्तेजक तीजगीतले विकृति बढाईरहेका बेला

काठमाडौं : पछिल्लो समय तीज गीतहरू दैनिक आधा दर्जन बढी रिलिज भइरहेका हुन्छन्। रिलिज भएका कतिपय गीतले तारिफ बटुलिरहेका छन् त कतिपय गीतले आलोचना पनि। यसैबीचमा तीज गीत ‘घुमाउँछु चार दिन’ पनि बजारमा रिलिज भएको छ।

यो गीत केही दिन अघि मात्रै रिलिज भएको हो। गीतमा विज्ञान न्यौपाने र सुनिता बुढाको सुमधुर आवाज रहेको छ। गीतको शब्द अनि संगीत आयान न्यौपानेको रहेको छ। गीत एकदम मेलोडियस छ। माया प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको छ। झट्ट सुन्दा जोकोहीलाई नाँचौनाँचौ लाग्न सक्छ। गीतको अडियो पक्ष सशक्त छ।

यता भिडियोमा भने ४ जना मोडलहरुलाई छमछमी नाँचेको देख्न सकिन्छ। गीता ढुंगाना, काजिश श्रेष्ठ, अर्जुन सापकोटा र विपासा चदाराको आकर्षक नृत्यले भिडियोलाई मनमोहक बनाएको छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।

आकर्षक फ्रेम अनि लोकेसनमा राजेश घिमिरेले खिचेको भिडियोलाई दीपक बिष्टले सम्पादन गरेका हुन्। भिडियो विज्ञान न्यौपानेको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।

गीत रिलिज भएको ३ दिन भयो तर गीतले सोचेजस्तो युट्युबमा भ्युज भने पाउन सकेको छैन। यद्यपि गीतलाई राम्रो प्रतिक्रिया भने मिलेको छ। आशा अनुरुप गीतले सफलता नपाएपनि आफूहरु खुशी भएको आयान र विज्ञान बताउँछन्। आफ्नो सृजनालाई सुन्ने जतिले राम्रो प्रतिक्रियाले सन्तुष्ट मिलेको आयानले बताए।

आयान र विज्ञानको यो पहिलो सहकार्य हो।दुबैजना नेपाली सांगीतिक क्षेत्रका लागि सम्भावना बोकेका कलाकारहरु हुन्। मीठो गायिकी भएका विज्ञानले यस् अघि पनि ‘रेलिमै’, ‘देशको हालत’, ‘चितवन भरतपुर’ लगायतका गीतमा आवाज दिइसकेका छन्।

दोस्रो एक्सपर्ट फुटसल फेस्टाको उपाधि एपेक्स एकेडेमीलाई

चितवन, साउन १८– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ को उपाधि भरतपुरको एपेक्स एकेडेमीले जितेको छ ।
भरतपुरस्थित शरदपुर फुटसल एरिनामा दुई दिनसम्म चलेको प्रतियोगितामा ३५ विद्यालयलाई पछि पार्दै एपेक्सले उपाधि जितेको हो ।

शुक्रबार भएको फाइनल खेलमा एपेक्सले नारायणी नमुना मावि भरतपुरलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । विश्वास गुरुङले फाइनलमा ह्याट्रिक गर्दै एपेक्सलाई उपाधि दिलाएका हुन् । विश्वास फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताभर सर्वाधिक १२ गोल गरेका विश्वास प्लेयर अफ दि टुर्नामेन्ट र उच्च गोलकर्ताको अवार्ड समेत पाए ।

विजेता तथा उपविजेताहरुलाई एक्सपर्टको वार्षिकोत्सवको दिन साउन २४ गते एक्सपर्ट बेस क्याम्प भरतपुरमा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने छ । चितवन जिल्ला फुटबल संको आयोजनामा भएको प्रतियोगितामा कुल ३६ टिमले सभागिता जनाएका थिए । पहिलोदिन बिहीबार १६ टिम दोस्रो चरणमा प्रवेश गरेका थिए । शुक्रबार प्रि क्वाटरफाइनल, क्वाटरफाइनल, सेमीफाइनल हुँदै फाइनल खेल सम्पन्न गरिएको थियो । प्रतियोगिताको भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले समुद्घाटन गरेका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको कार्यक्रम उद्देश्य अनुरुप सम्पन्न भएको बताए । उनले विजेता तथा उपविजेता टिमलाई बधाई दिए । विशेष समारोहमा विजेता तथा उपविजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

२१ वर्षअघि सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको जन्म भएको थियो । यसै अवसर एक्सपर्ट चितवनले विभिन्न कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाउने गरेको छ । यसवर्ष पनि थप कार्यक्रम समेटेर वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गर्न लागिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा साउन २२ गते एक्सपर्ट बेस क्याम्पमा भरतपुरमा विद्यार्थी, कर्मचारी र सेवाग्राहीका लागि निःशुल्क आँखा शिविर, साउन २३ गते देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन ग्रहण, साउन २४ गते वार्षिकोत्सवकै दिन हेटौंडामा रहेको एक सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण, रत्ननगर एक्सपर्ट परिसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम र दिउँसो एक्सपर्ट बेस क्याम्प भरतपुरमा एक्सपर्ट पत्रकारिता पुरस्कारसहितका विशेष वार्षिकोत्सव कार्यक्रम रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।

रत्ननगरका विनय भुजेल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपिल

रत्ननगर । रत्ननगर-१३ निवासी गोविन्दबहादुर भुजेलका छोरा १९ वर्षीय विनय भुजेल आइतबार बिहान ११ः०० बजेदेखि सम्पर्कविहीन भएका छन् ।

खैरो निलो ज्याकेट र भित्र रातो टिसर्ट लगाएका १९ वर्षीय विनय सोमबार ९ः३० बजेसम्म पनि सम्पर्कमा नआएकोले परिवारजन चिन्तित छन् ।

कसैले देख्ने, भेट्ने महानुभावले ९८१५२८५०३९ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

अपटेड


पछिल्लो जानकारी अनुसार हिजोदेखि संपर्क विहिन उनी परिवारको सम्पर्कमा आएका छन्। खोजीको लागि सहयोग गर्ने सबैलाई परिवारले धन्यवाद ज्ञापन गरेको छ।

केराबारीको त्रिशूली बीचमा देखियो रातो वस्तु, बस भएको आशंकामा पुग्यो उद्धार टोली

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा रातो वस्तु देखिएको छ । स्थानीयले नदी बीचमा केही बेरअघि रातो वस्तु देखिएपछि सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार स्थानीयले बस जस्तो वस्तु नदी बीचमा देखेर प्रहरीलाई खबर गरेकाले त्यतातर्फ प्रहरी टोली पठाइएको छ ।

‘नदी बीचमा रातो रंगको केही वस्तु देखिएको भनेर हामीलाई खबर आएको छ’, उनले नेपाल प्रेससँग भने, ‘ठ्याक्कै बस नै हो भन्नसक्ने अवस्था छैन । प्रहरी टोली त्यसतर्फ जाँदैछ । राति हुँदै गएकाले पानीमा जान सम्भव हुने नहुने भन्न सकिँदैन ।’

आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । दुइटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो ।

कालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा

रत्ननगर, साउन ११ । चितवनको कालिका नगरपालिकालाई १६ महिनादेखि २३ महिना सम्मका सबै बालबालिकालाई १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै शुक्रवार एक समारोहका बिच कालिका नगरपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना नगर घोषणा भएको हो ।

खोप समन्वय समितका संयोजक तथा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गरे ।
नगर प्रमुख रेग्मीले प्रत्येक वडामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको नगर प्रमुखले बताए ।

पालिकाको १ देखि ११ वटै वडामा घरधुरी सर्वेक्षण गरी शून्यदेखि १५ महिना मुनिका, १६ महिनादेखि २३ महिना सम्मका १ हजार ७ सय ७४ जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति चितवनले गत असार महिनामा कालिका नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो । स्वास्थ्य संस्थाको टोली सबै खोपकेन्द्रमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए, नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेति लगाएतले नगर पूर्ण खोप घोषणा भएकोमा धन्यवाद दिए ।

सो अवसरमा स्वास्थ्य संस्थाका ३ जना स्वास्थ्यकर्मी, २ जना महिला स्वयमसेविका, १ जना कार्यालय सहयोगी, सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई कार्यको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित सम्मान, १ देखि ११ वटै वडाहरुले पूर्ण खोप सुनिश्चित प्रमाणपत्र प्राप्त गरेकाछन् ।

उमेर पुगेका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित हुनुले संक्रमणबाट कोहि पनि प्रभावित नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पूर्ण मात्रको खोप लगाउँदा स्वास्थ्य सेवा सुधार हुन्छ । खोप लगाउनु अनिवार्य हो । स्वस्थ समाज बनाउन खोप अनिवार्य छ ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

पूर्ण खोप सुनिश्चितता र दिगोपना नगर घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।

पूर्वीचितवनका विभिन्न स्थानमा भोली शनिवार विद्युत अवरुद्ध हुने

उज्यालो नेपाल- पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि साउन १२ गते शनिबार विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार रत्ननगर वितरण केन्द्र अन्तर्गत पर्ने पर्सा सवस्टेसनमा २४ एम.भि.ए. (३३/११ के. भी) नयाँ ट्रान्सफर्मर बे मा डिस्कनेक्टीङ्ग स्वीच जडान गर्ने कार्य, ३३ के.भी. इन्कमर बे. परिवर्तन गर्ने कार्य, पावर केवल बदली गर्ने कार्य तथा नयां २४ के.भी. ए. ट्रान्सफर्मर चार्ज गर्ने कार्य हुने भएकोले पर्सा सवस्टेश अन्तर्गत टाँडी र सौराहा फिडरवाट प्रसारण हुने रत्ननगर नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र कालिका नगरपालिका अन्तर्गत पदमपुर, लंकालाईन लगायत आसपासका क्षेत्रहरुमा विहान ६ बजे देखि १२ बजे सम्म बिद्युत सेवा अबरुद्ध हुनेछ।

यस्तै सोही वितरण केन्द्र अन्तर्गत चैनपुर – १ र चैनपुर-२ फिडरवाट प्रसारण हुने चैनपुर, शिवालय चोक, दोबाटो, पिठुवा, पदमपुर, ध्रुबचोक हुँदै सिमलढाप, हात्तीगाडे हुंदै शक्तीखोर लगायत आसपासका क्षेत्रहरुमा विहान ६ बजे देखि वेलुका ५ बजे सम्म बिद्युत सेवा अबरुद्ध रहने भएको हो।

मर्मत कार्य तोकिएको समय भन्दा अगावै सम्पन्न भए विद्युत पनि तोकिएको समयभन्दा पहिले नै लाईन सुचारु हुन सक्ने वितरण शाखाले जनाएको छ।

चितवनमा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर

चितवन, साउन ११ । चितवनको भरतपुर महानगरपालिका–१ भतेरीमा दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

शुक्रवार बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए ।

नेपाली कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ७ः२० बजे मृत्य भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको रिजालले बताए ।

सोहि ट्रकको सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कयर खोलाले बगाएर एकजनाको ज्यान गयो

चितवन, ११ साउन । चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको हो ।

बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।

खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा आज बिहान चेपाङको शव फेला परेको कालिकाका मेयर विनोद रेग्मीले जानकारी दिए।-