Home Blog Page 1311

कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने

कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने
भक्तबहादुर शाही
दैलेख । “समृद्ध कर्णालीको दिगो,आर्थिक विकासको आधार,अर्गानिक कृषि पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारा” भन्ने नारायका साथ मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली एक्सपो महोत्सव सञ्चालन हुने भएको छ ।
महोत्सवको उद्घाटन भाली दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए । उनले भने,उद्घाटन पुर्वका सबै काम सकिएको छ । स्टल व्यवस्थापन लगायतका काम अन्तिम चरणमा रहेका छन । ती काम मंगलबार विहान नै सकिन्छन् ।
महोत्सवमा आगलागी, हावाहुरीबाट भिडभाड, खेलाखेल्दा कुनै दुर्घटना भए, हाताहाती भएमा आयोजकले ६ करोडको विमा गरेको अध्यक्ष रावतको भनाइ छ । एक्स्पोमा आउने दर्शकलाई लक्षित गर्दै सुरक्षित महसुस गराउन यो पहिलो पटक प्रयोगमा ल्याईएको आयोजकले जनाएको छ । ।पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न किसिमका मेला महोत्सवहरु भन्दा यो पटको महोत्सव फरक हुने आयोजकको दावी छ ।
आर्थिक संकलन र नाफामुखी मात्र नभएर आम्दानीको केही प्रतिशत रकम व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने मुलआयोजक समितिका संयोजक रावतले जानकारी दिए । विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचारप्रसार एवं व्यापार प्रवर्द्धन गरिने छ । महोसत्वमा ५ सयवटा स्टलहरु रहेन छन् भने ८० वटा स्टल कृषिका राखिने छन् । कर्णालीका १० वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ । पहिलो पटक लण्डन ब्रिज (प्रवेशद्वार) सहित बु्रजअल अरब दुवई सेल्फी जोन पनि व्यवस्था गरिएको छ ।

महोत्सवमा ६ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा राखिएको छ भने १ करोड ३० लाख रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलामा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिको प्रवर्द्धनको लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्नेछ । सरकार, निजी–सहकारी साझेदारीले कर्णाली ासिक उदाहरण बन्ने सरोकारवाला भनाई छ । महोत्सव फागुन ६ देखी शुरु भई फागुन १७ सम्म सञ्चालन हुने छ ।

The post कर्णाली एक्स्पो तयारी पुरा,महोत्सव उपराष्ट्रपतिले उद्घाटन गर्ने appeared first on Rajdhani Daily News.

कोरोनाभाइरसले ३ हजार बढीको ज्यान लियोे, विश्वभर ८९ हजार संक्रमित

विपन्न परिवारका लागि बंगुर वितरण

रोल्पा । कामका लागि विद्यालय छोडेर बाल श्रममा परेका र पर्न सक्ने बालबालिकाका परिवारकालाई आम्दानी अभिवृद्धिका लागि बंगुर वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा बालश्रम निवारणमा कार्यरत संस्था मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपालले विपन्न परिवारका लागि तीन/ तीन वटा बंगुरका पाठापाठी वितरण गरेको हो ।

त्रिवेणी गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरिएको एकीकृत परियोजना अन्तरगत अति जोखिममा परेका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बंगुर वितरण गरिएको हुरेकले जनाएको छ । विभिन्न वडाहरुमा रहेका ८ घरपरिवारलाई एक कार्यक्रमबीच २४ वटा बंगुरका पाठापाठी वितरण गरिएको हुरेकका जीविकोपार्जन अधिकृत डा. विजय तिवारीले जानकारी दिनुभएको छ ।

त्रिवेणी गाउँपालिका पशु विकास शाखा प्रमुख मन्जु वलीले बंगुर पालनका फाइदा तरिकाका बारेमा कृषकहरुलाई जानकारी गराउनुभएको थियो । ती विपन्न परिवारका लागि बंगुरको खोर निर्माण लागि हुरेक नेपालले आर्थिक तथा प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ ।

The post विपन्न परिवारका लागि बंगुर वितरण appeared first on Rajdhani Daily News.

‘ट्याक्सी चालकलाई पनि सम्मान हुँदो रहेछ!’

इटहरीमा काईँला र बिक्रम श्री सम्मानित

इटहरी । बरिष्ठ कवि बैरागी काईँला र कलाकार बिक्रम श्री इटहरीमा सम्मानित भएका छन् । साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३ औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति समेत रहेका कवि बैरागी काईँला र बरिष्ठ कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।  

साहित्य एवम कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएको भन्दै काँइला र कलाकार श्री लाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले नगद २५ हजार सहित धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरेका थिए ।
सोमबार इटहरी म्याट्रिक्समा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । स्वर्गीय धरणीधर दाहालको स्मृतिमा उनका छोरा ज्ञानेन्द्र दाहालले धरणीधर प्रतिष्ठान स्थापना गरी पुरस्कार कोष मार्फत हरेक वर्ष दुईजना स्रष्टाहरुलाई सम्मान गर्ने गरेको बताए ।  छन । कार्यक्रममा स्वर्गीय दाहालका विषयमा साहित्यकारहरु बम देवान , विष्णु सिटौला लगायतले चर्चा गरेका थिए ।  

The post इटहरीमा काईँला र बिक्रम श्री सम्मानित appeared first on Rajdhani Daily News.

६० किलो सुन तस्करी प्रकरणः थप एकजना पक्राउ

काठमाडौंको होर्डिङ बोर्ड कहिले हट्ला ?

काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने अभियान थालेको दुई महिना भइसकेको छ । तर, प्रभावकारी नबनेको आरोपहरु लाग्न थालेका छन् । ‘आउटडोर’ विज्ञापन व्यवसायीहरुले महानगरपालिकाले ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । काम प्रभावकारी नभएको जानकारहरुले समेत बताएका छन् । काठमाडौँ महानगरपालिकाले पुस ११ गतेदेखि शहर भित्र रहेका होर्डिङबोर्ड हटाउन सुरु […]

सिंघम र सिम्बाको सिक्वेल सूर्यवंशी

कमजोर खर्च क्षमता र आयोजनाको लज्जास्पद प्रगत्तिले आर्थिक वृद्धिमा धक्का लाग्ने पक्का

काठमाडौं, ५ फागुन । अर्थ विज्ञका रुपमा आफ्नो परिचय बनाएका अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालय सम्हालेको दुई वर्ष पूरा भएको छ । ‘विज्ञ’ अर्थमन्त्री खतिवडासँग आम मानिसले धेरै आशा गरे पनि अर्थतन्त्रमा सुधार हुन सकेको छैन तर, सरकारले अर्थतन्त्रको सूचक सुध्रिएको दाबी गर्दै आएको छ । कमजोर खर्च क्षमता, अकाशिदो मूल्यवृद्धिले सरकारको दावीलाई गलत देखाएको छ […]

नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल

हामी डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री ओली

काभ्रेपलान्चोक, ०५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि […]

होलि भिजन स्कुल २८औं वर्षमा

डिजेल र पेट्रोलको मूल्य घट्याे

काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको जनइएको […]

मन्त्री अर्यालकाे नेतृत्वमा सार्बजनिक जग्गामा बनाइएका ३० घर टहरा भत्काइए

शिवमायाको पून सिंहदरबार यात्रा र महराको रिहाई एकै दिन

विराटनगर, ५ फागुन् । नेकपा नेता कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाङफेले संघिय संसदका निर्वमान सभामुख र उपसभामुख हुन् ।

जवरजस्ती करणी उद्योगको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिए । महराको राजिनामा पछि तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि राजिनामा दिइन् ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

राजिनामा पछि पक्राउ परेका महरा जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि सोमबार रिहाई भए ।

महरा रिहाई भएकै दिन सोमबार पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिन् ।

सोमबारको संयोग उपसभामुख तुम्बाहाङ्फेलाई मन्त्री पदको सपथग्रहण गर्दा महरा कारागारबाट छुटेका थिए । महरा कारागारबाट विदाई हुँदै गर्दा शिवमायाले पून सिंहदबारको यात्रा सुरु गरिन् ।

महराले राजिनामा दिएपछि तुम्बाहाङफेले सभामुख पदको दाबि गरिन् । एउटै पार्टीबाट सभामुख उपसभामुख बस्न नमिल्ने कानुनी प्रावधान छ । पार्टी एकिकरण अघि तत्कालिन माओवादीबाट महरा सभामुख र एमालेबाट तुम्बाहाङ्फे उपसभामुखमा निर्वाचित भएका थिए ।

महराले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै शिवमायाले सभामुख दाबी गर्दा संघिय संसद करिब तीन महिना सञ्चालन हुन सकेन् ।

नेकपा सचिवालयले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजिनामा दिएकी थिइन् । उपसभामुखबाट राजिनामा गराउन नेकपा नेतृत्वले उनलाई मन्त्री बनाउने आश्वासन दिएको थियो । आश्वासन अनुसार समाजबादी पार्टी सरकारबाट बाहिरिएपछि उपेन्द्र यादवले नेतृत्व गरेको कानुन मन्त्रालयको जिम्मेवारी तुम्बाहाङफेले पाइन् ।

सोमबारको संयोग सँगै काम गरेका उपसभामुख सिंहदरबार प्रवेश गर्दा पूर्व सभामुख महरा चार महिनापछि घर फर्किए ।

The post शिवमायाको पून सिंहदरबार यात्रा र महराको रिहाई एकै दिन appeared first on Koshi Online.

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

तेल हाल्दा हाल्दै न्यायधीशको गाडीमा आगाे सल्कियाे

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको जीपमा सोमवार साँझ आगलागी भएको छ।

न्यायधीश शारङगा सुवेदीले चढ्ने बा १ झ ८८६३ नम्बरको जीपमा भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

‘तेल हाल्ने क्रममा आगलागी भएको छ।’ नेपालखबरसँग उनले भने, ‘वाइरिङ्ग सर्ट भएर आगलागी भएको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ।’ कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीश सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको हो।

आगलागीबाट गाडीको सिटहरु जलेर नष्ट भएका छन्। अन्य क्षति भने भएको छैन। भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

खरिपाटी क्वारेन्टाइनका १७५ जना आज घर फर्काइँदै

सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने छ । रोटरीका सदस्य वीमितलाई संस्थागत छुट प्रदान गर्नेछ ।

सम्झौता पत्रमा सिद्धार्थ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरणलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

The post सिद्धार्थ ईन्स्योरेन्स र रोटरीबीच सम्झौता appeared first on Rajdhani Daily News.

फोटोसप गरिएको तस्बिरमा इभान्का ट्रम्पको प्रतिक्रिया यस्तो…