Home Blog Page 1318

प्रचण्डले गरे प्रधानमन्त्री बन्ने संकेत, ओली तनावमा !

काठमाडौं– नेकपाका अध्यक्ष प्रचण्ड आफ्नै अभिव्यक्तिका कारण बेला–बेला चर्चामा आइरहन्छन्। खासगरी प्रचण्डले कुनै काम गर्न लागे त्यसको संकेत अघि नै छोड्ने गर्छन्। २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्नु अघि उनले प्रधानमन्त्री पदका लागि मरिहत्तै नगर्ने बताएका थिए। तर, त्यसको केही महिनामै उनी प्रधानमन्त्री बने। अहिले पनि उही पुरानो काहानी दोहोरिएको छ। प्रचण्डले हालै पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको बताए।

‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होइन, धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो’ अध्यक्ष दाहालको भनाइ थियो।

उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए।

अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्‍याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे।

अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए।
प्रचण्डको यो अभिव्यक्तिलाई ०७३ सालमा दिएको अभिव्यक्तिसँग तुलना गरेर हेर्न थालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली माथि अविश्वासको प्रस्ताव पेश गर्न बाटो खुलेसँगै प्रचण्डको दिएको अभिव्यक्तिलाई अर्थपूर्णरुपमा हेरिएको छ।

सतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल

जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

कोरोनाभाइरसको उद्गमस्थल चीनबाहिर अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्।

जापानमा क्वारेन्टाइनमा राखिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस संक्रमण भएको पाइएको हो।

बीबीसीका अनुसार डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएसको एक अमेरिकी अधिकारीले बताएका छन्।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकतर मानिस दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्।

तर सङ्क्रमित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने यो सबैभन्दा ठूलो संख्या हो।

जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।

एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्। 

विरामीको मृत्यु भएपछि चितवनको पुरानो मेडिकल कलेजमा तनाव

कोरोना त्रास : चीनको हुबेईमा ६ करोड मानिस घरभित्रै बन्दी

कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी बनेका छन्।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घरबाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैद भएका हुन्।

तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएकाे छ। 

यस्तै त्यहाँ निजी कार प्रयोगमा पनि अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

हुबेई प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित छन्।

त्यहाँ आइतबाररसम्म १ हजार ६ सय ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नयाँ कोरोनाभाइरसलाई कोभिड-१९ नाम दिइएको छ। यसकाे सङ्क्रमण भएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

विश्वकै लामो पदयात्रा मिथिला परिक्रमाकाे आज सातौ दिन, कञ्चनवनमा पुगेर होली खेलिने

सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि हुने

काठमाडाैं, ५ फागुन । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । महोत्सवमा […]

नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौंमा

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढ्याे

काठमाडौँ, ५ फागुन । खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । प्रतिवेदनअनुसार गत पुसमा खाद्य […]

वीरगञ्जको चौधरी होटलमा एक व्यक्ति मृत भेटिए

काठमाडौँमा बिजुलीको तार भूमिगत गरिँदै, प्रधानमन्त्रीले गर्दैछन् शुभारम्भ

विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे महाराजगञ्जस्थित प्रहरी तालिमकेन्द्र अगाडिबाट यो कामको शुभाराम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई जानकारी दिए।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ।

बिजुलीको तारकै कारण कुरुप बनेको काठमाडौँ सहरलाई सफा र सुन्दर बनाउने उद्देश्यले तार भूमिगत गर्न लागिएको हो।

पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको योजना छ।

यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको प्राधिकरणले जनाएको छ।

नवलपुरमा २६ अर्ब बढी राजश्व सङ्कलन

सरकार र आफूविरुद्ध अनेक षड्यन्त्र भइरहेकाे प्रधानमन्त्रीकाे दाबी

दमक, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ। गृहनगर दमकमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले लामो आन्दोलनबाट प्राप्त उपलब्धि मेट्ने किसिमबाट षड्यन्त्र भइरहेको दाबी गर्दै भने, ‘जीवनको २० वर्ष त जेल र भूमिगत भएर व्यतित गरें। त्यसपछि […]

सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

अतिक्रमित जग्गामा सरकारको होर्डिङ-बोर्ड

काठमाडौं, ५ फागुन । सरकारले होर्डिङ बोर्ड राखेर सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियान थालेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आइतबारबाट सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानको औपचारिक थालनी गरेकी छिन्। आइतबार उनले काठमाडौका तीन ठाउँमा ‘यो जग्गा नेपाल सरकारको हो’ भन्ने होर्डिङ–बोर्ड गाड्न लगाइन्। होर्डिङ–बोर्डमा जग्गाको जग्गाको नक्सासहित क्षेत्रफल, कित्ता […]

बच्चा बाेकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरकाे जिम्मेवारी खाेसियाे

बुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु

केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले सोमबार बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ।

‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्, ‘त्यही (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’

उनका अनुसार मौसम बदली भने देशभरै गराउनेछ।

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक÷दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल

खरिपाटीले भुलायो वुहानको पीडा

काठमाडौं, ५ फागुन । चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए । उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे । विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो । चीनको सुन्दर प्रान्त एकाएक कोरोना […]

नेपालगञ्जबाट १४ करोडको प्लाइउड भारत निकासी