Home Blog Page 1317

भारतीय महिला लिग खेलेर साम्बा र अनिता स्वदेश फर्किए

राष्ट्रिय टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिगमा सहभागी भएर सोमबार स्वदेश फर्किएका छन्। लिगमा सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसीले पहिलो पटक लिगको ट्रफी उचालेको थियो। लिगमा अनिता सम्मिलित सेथु एफसी भने गोकुलमसँगै पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सावित्राले भनिन्, ‘धेरै नै राम्रो अनुभव भयो। गत संस्करण सेथु एफसीबाट खेल्दा पनि उपाधि जितेको थिएँ, अहिले गोकुलमबाट खेल्दा पनि उपाधि जित्न पाइयो। लगातार २ पटक उपाधि जित्दा खुसी लागेको छ, जति सकिन्छ आफ्नो राम्रो प्रदर्शन गर्ने हो। सबैको माया र साथका कारण भारतिय लिगमा पनि राम्रो खेल्दै सर्वाधिक गोलकर्ता बन्न सकेँ, यसको श्रेय सबै नेपालीलाई जान्छ।’

sabitraa bhandari and anita basnett

एक छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वािधक गोलकर्ता समेत बनिन्। सर्वाधिक गोलकर्ता बनेसँगै उनले १ लाख भारतिय रुपैयाँ पाएकी थिइन्। गत संस्करण एकै टोलीबाट खेलेका यी २ खेलाडीले यो संस्कररण फरक क्लब रोजेका थिए। साविक विजेता समेत रहेको सेथुलाई उपाधि दिलाउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। गत संस्करण उनले १५ गोल गरेकी थिईन्।

यो संस्करण पूर्वक्लबलाई रोजेकी अनिताले सेथुको ३ गोलमा उत्कृष्ट अशिष्ट गरेकी थिइन्। उनले भनिन्, ‘निकै राम्रो अनुभव रह्यो, धेरै कुरा सिक्न पाइयो यसले अझै सहयोग गर्नेछ।’ सावित्रा र अनिता महिला लिग खेल्न गत माघ ७ गते भारत प्रस्थान गरेका थिए।

यसअघि यी दुवै खेलाडीले माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए। नेपालबाट विदेशी भूमिमा व्यावसायिक फुटबल खेल्ने साम्बा र अनिता पहिलो महिला खेलाडी हुन्।

गोकुल बास्कोटा प्रकरण : अनुशन्धान ढिलाइ भएको भन्दै सभापति देउवाको आक्रोश

किन गए उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र ?

दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलसहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ कोउद्घाटन तथा दार्चुलास्थित दुर्गादल गुल्मको निरीक्षणको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आएका थिए ।

The post किन गए उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र ? appeared first on Rajdhani Daily News.

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन

उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षको ७ महिनामा ५८ लाख २४ हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको थियो । ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार आठ सय २४ सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालक र त्यसपछि ट्रक तथा टिफर चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी माघ महिनामा २ हजार ५० सवारी कारबाहीमा परेकाबाट १३ लाख ७० हजार राजश्व उठेको छ । यसैगरी सवैभन्दा कम साउनमा १ हजार १ सय ५० सवारी कारबाहीमा परेकाबाट ७ लाख ३० हजार राजस्व संकलन भएको छ । ३ हजार ७ सय ४४ मोटर साइकल चालक कारबाहीमा परेको छ । मोटर साइकल चालक कारबाही वापत २४ लाख ८१ हजार पाँच सय राजश्व उठेको छ । यस्तै २ हजार ३ सय ४७ ट्रक तथा टिफर कारबाही वापत १६ लाख २८ हजार पाँच सय राजश्व संकलन भएको छ । १ हजार १ सय ७ अन्य सवारी साधन कार, भेन, अटो रिक्सा कारबाही वापत ७ लाख २ हजार राजश्व उठेको छ । यस्तै ९ सय ७४ ट्रयाक्टर कारबाही वापत ६ लाख ३३ हजार पाँच सय रुपैया राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ६ सय ५२ बस कारबाही वापत ३ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख चौधरी भने, ‘हामीले कसैलाई कारबाही गर्नु नै पर्ने भनेर डिउटीमा गगएको हुँदैनौं तर, चालक आफैले आफैलाई कारबाही गरेको हो । चालकलाई जनचेतना तथा ट्राफिक नियमका कार्यक्रम दिनदिनै गरिरहेका छौं, एक दिन गर्यो अर्को दिन विर्सिने बानीले धेरै कारबाहीमा परेको हो ।’ उनका अनुसार चालकले एक पल्ट दुई पल्ट माफ पाउँछ तर, त्यही गल्ती बारम्बार गरेको हुनाले कारबाही प्रक्रिया अगाडी बढाएको बताए ।

The post उदयपुर ट्राफिक कार्यालयद्वारा ७ महिनामा ५८ लाख २४ हजार राजस्व संकलन appeared first on Purbeli News.

चितवन टाइगर्स र न्युजिल्याण्डका अलराउण्डर जेम्स फुलरबीच अनुबन्ध

चौथो इन्द्रदह उत्सव नजिकिँदै गर्दा ईन्द्रदह परिसरमा बृहत् सरसफाइ

राेशन दानी काठमाडाैँ, ५ फागुन । चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव यही फागुन ९ गते हुँदैछ । चौथो इन्द्रदह पर्यटन उत्सवको तयारीस्वरूप इन्द्रदह परिसर, कालू पाण्डे मनकामना मन्दिर वरपर बृहत् सरसफाइ कार्यक्रम समेत गरिएकाे छ । चन्द्रागिरि वडा नम्बर- १ का वडाध्यक्ष राजेन्द्र केसीले उत्सव तयारीका लागि प्रचारप्रसार र सरसफाइ कार्य तीब्र गतिमा भइरहेको […]

विमानस्थलमा ३ वटा थर्मल मेसिन थपियो, कोरोना प्रभावित मुलुकबाट आउने सबै यात्रुको जाँच गरिने

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

जनकपुरधाम, ५ फागुन । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । […]

ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई १४ लाख सहयोग

महरा मुद्दाको फैसला आज

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज (सोमबार) फैसला सुनाइने भएको छ।

काठमाडौं जिल्ला अदालतले आज मुद्दाको फैसला गर्ने भएको हो।

अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध मुद्दाको सुनुवाइ आइतबारै सकिएको छ।

आइतबारै फैसला सुनाउने तयारी गरिएकामा अन्तिम समयमा रोकेर सोमबारका लागि सकिएको हो।

महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।

त्यसपछि न्यायाधीश पौडेल फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए।

अब फैसला आज सुनाइने काठमाडौं जिल्ला अदालतका सहप्रवक्ता विकाससिंह खत्रीले नेपालखबरलाई जानकारी दिएका छन्।

महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ।

यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्।

त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयाे। 

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

कोरोनाभाइरसः अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया लगायो भ्रमण प्रतिबन्ध

फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो

काठमाडौं । अभिनेता राजेश हमालले आफू चलचित्रमा लाग्दा परिवार त्यसको विपक्षमा उभिएको खुलासा गरेका छन् । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा आफ्ना जीवनको भोगाइ सुनाउने क्रममा अभिनेता हमालले आइतबार यो कुराको खुसाला गरेका हुन् ।

परिवारको दबाबमा छाडें फिल्म

२०४५ सालमा पहिलो चलचित्र भाग्य रेखामा अनुबन्धित भएका अभिनेता राजेश हमालले पारिवारिक कारणले नै पहिलो फिल्म छाड्नु परेको बताएका छन् ।
उनका मामा दीपक रायमाझीले चलचित्र ‘भाग्यरेखा’मा उनलाई नायकका रूपमा लिएका थिए । सो चलचित्रमा उनको नायिका कृष्टि मैनाली थिइन् । फिल्मको सुटिङ सुरु भएको पाँच दिनमै राजेश हमालले त्यो फिल्म छाडे । यो फिल्ममा राजेशको ठाउँमा त्यसपछि रविन्द्र खड्का नायक भएको थिए । आफ्नो बुबा त्यतिबेला कूटनीतिक नियोगमा भएकाले परिवारको दबाबमा पहिलो फिल्म छाड्नु परेको यी अभिनेताले बताएका छन् ।

त्यतिबेला भारतमा केही समय मोडलिङ गरेर नेपाल आएका अभिनेता हमाललाई फिल्ममा नायक बन्ने ठूलो हुटहुटी थियो । पहिलो फिल्म छाडे पनि नायक बन्ने हुटहुटी उनको सकिएन । त्यसैले, मामा दीपक रायमाझीले नै उनलाई अर्को फिल्म ‘युगदेखि युगसम्म’मा नायक बनाए,‘दोस्रो फिल्म गर्दा पनि मलाई फिल्म खेल्नुहुँदैन भन्ने दबाब परिवारबाट त्यत्तिकै थियो । तर, मैले सबैको दबाबलाई बेवास्ता गरेर एकल निर्णयबाटै चलचित्र युगदेखि युगसम्ममा मुख्य नायकको रूपमा काम गरें ।’ यही फिल्मबाट आफ्नो करिअर नेपाली चलचित्र क्षेत्रमा अघि बढेको अभिनेता राजेश हमालले बताए ।

फिल्मकै कारण बिग्रियो बुबासँग सम्बन्ध बिग्रयो

पहिलो चलचित्रबाटै बुबासँग आफ्नो सम्बन्ध त्यतिबेला चिसिएको अभिनेता हमालले बताएका छन्, ‘बुबा राजदूत हुनुहुन्थ्यो । त्यो समयमा म चलचित्रमा आउनु भनेको बुबाको ओहदाविपरीत जस्तै भए पनि चलचित्र युगदेखि युगसम्मलाई मैले सहजै स्वीकार गरेर फिल्म खेलें ।’ पहिलो फिल्म खेलेपछि बुबासँग सम्बन्ध बिग्रिएको उनले बताए ।
अभिनेता राजेश हमालका लागि बुबा गुमाएको पल सबैभन्दा दुःखद पल थियो । बुबाको जीवनको अन्तिम समयमा फिल्मकै कारण आफूले कुराकानी गर्न नपाएको महसुस राजेश हमाललाई हुँदो रहेछ । उनी एउटा फिल्मको छायांकनमा व्यस्त थिए । त्यसपछि बुबा राजदूत भएर पाकिस्तान गए । त्यति बेलासँग उनले भेट गर्न पाएनन् । बुबा पाकिस्तान गएदेखि नै उनले फोनमा कुरा गर्न पाएका थिएनन् । त्यसको तीन महिनापछि पाकिस्तानमै बुबाको निधनको खबर आयो । त्यतिबेला उनलाई साह्रै पीडा भएको स्मरण यी अभिनेताले सुनाए,‘फिल्मकै व्यस्तताका कारण बुबासँग कुरा गर्न नपाएको पीडा त्यतिबेला मलाई भयो । त्यो पीडाले आज पनि मलाई पोल्ने गरेको छ ।’ केही भावुक हुँदै हमालले बिगत सम्झिए ।

फिल्म धेरै खेल्नु बाध्यता थियो

अभिनेता राजेश हमाललाई एक समय धेरै फिल्म खेलेको आरोप लगाएको थियो । २०५० को दशकमा उनले वर्षमा १२ वटा फिल्ममा काम गरे, ‘मैले एक दशकभन्दा लामो समय दिनमा १८ घण्टासम्म फिल्ममा निरन्तर काम गरें । त्यतिबेला मैले आराम के हो भन्ने महसुस समेत गर्न पाइनँ ।’ अभिनेता हमालले त्यतिबेला धेरै फिल्म खेल्नुको कारण पैसा नभएकाले बाध्यता भएको बताए ।
‘मेरा प्रायः सबैजसो फिल्म चरिरहेका थिए र एकपछि अर्को गर्दै फिल्ममा आएको प्रस्तावलाई मैले अश्विकार गरिनँ । मेरो काँधमा त्यतिबेला फिल्मको जिम्मेवारी भएकाले पनि मैले धेरै फिल्म खेल्नुपरेको थियो र त्यसमा मलाई पछुतो छैन ।’ अभिनेता हमालले त्यतिबेला धेरै फिल्म खेल्नुको कारण यसरी स्पष्ट पारे । यसरी निरन्तर लामो समय व्यस्त सेड्युलमा काम गरेका हमालले निकै समयपछि विदेशमा गएर डेढ महिना बस्दा मात्र आराम गर्ने अवसर पाएको बताए ।

अब फिल्म छानेर काम गर्छु

अभिनेता हमालले बिगत ४ वर्षदेखि एउटा पनि फिल्म खेलेका छैनन् । पछिल्लो चलचित्र बाग्मती रिलिजपछि उनलाई चलचित्रमा प्रस्ताव नआएका हैनन् । अब आफूले संख्या बढाएर नहुने बरु गुणस्तरीय फिल्म दिनुपर्ने महसुस उनलाई हुन थालेको छ । त्यसैले, यो चार वर्षमा फिल्म नखेलेको उनले बताएका छन्,‘अब राम्रो फिल्म खेल्ने पक्षमा छु । त्यसैले, केही समय फिल्म नखेली बसेको हुँ ।’

निर्देशनमा पनि आउँछु

अभिनेता राजेश हमालले आफ्नो कथा सुनाउने क्रममा चलचित्र निर्देशनमा आउने पनि जिकिर गरे । चलचित्र निर्देशनसँगै निर्माणमा पनि आउने उनले बताए । आफूले तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा काम गरेको र दर्शकले आफूबाट धेरै नै अपेक्षा गरेकाले जस्तो पायो त्यस्तै फिल्मको निर्देशन जिम्मा नलिएको उनले बताए । आफूले निर्देशन गर्ने उपयुक्त प्रोजेक्ट पाएपछि चलचित्र निर्देशनमा आउने योजना अभिनेता हमालले सुनाए । त्यसको लागि उनी राम्रो स्कृप्टको खोजीमा छन् । आफू निर्देशनसँगै निर्माणमा पनि आउने अभिनेता हमालले बताएका छन् । अभिनय र निर्देशनसँगै उनलाई फिल्म निर्माण गर्ने चाहना पनि छ । त्यो चाहना चाँडै पूरा हुने उनले बताएका छन् ।

राजनीतिमा तत्काल आउँदिनँ

अभिनेता राजेश हमालले राजनीतिमा तत्काल आउदिनँ भनेका छन् । उनलाई राजनीतिक पार्टीबाट नेता बन्न प्रस्ताव नआउने गरेको हैन । राजनीतिमा खुला रूपमा नआउनुको कारणबारे उनले भने,‘मैले जानेको काम नै कलाकारिता भएकाले नजानेको काममा हात हाल्नुहुन्न भन्ने मेरा मान्यता छ । राजनीति मैले नजानेको काम भएकाले म राजनीतिमा नगएको हुँ । यसको मतलब राजनीतिमा जन्न भनेको हैन, कुनै दिन राजनीतिमा आउन पनि सकिएला ।’ यी अभिनेताले भने ।

विकास बोर्डमा जानेबारे सोचेको छैन

अभिनेता राजेश हमाललाई हालसालै विकाश बोर्डमा जाने प्रस्ताव पनि आएको थियो । यससम्बन्धी समाचार पनि आयो । तर, अहिले आफूले चलचित्र विकास बोर्डमा अध्यक्ष भएर जानेबारे सोचेको छैन भन्ने जवाफ यी अभिनेताले दिएका छन्,‘केशव भट्टराईज्यूको निधनपछि बोर्डको अध्यक्ष खाली छ र उहाँसँग सदस्य भएर काम गरेका र उहाँका योजना बुझेका साथी नै बोर्डमा जानुपर्छ जस्तो मलाई लाग्छ ।’ अभिनेता हमालले भने । अभिनेता हमालले कार्यक्रममा डेढ घण्टाको बसाइँमा आफ्ना जीवनका यस्ता धेरै भोगाइहरू सुनाए ।

The post फिल्ममा परिवारको साथ नपाएको हमालको गुनासो appeared first on Rajdhani Daily News.

कोरोना त्रास : नागरिकको ज्यान भन्दा महत्वपूर्ण पर्यटक होइनन्

चुनौती संघीयताको

श्यामप्रसाद मैनाली

संघीयतामा सबैभन्दा बढी लोकतन्त्रको अभ्यास र स्वतन्त्रताको उपभोग गर्न सकिन्छ । पूर्ण लोकतन्त्रको चाहना राख्नेले यो व्यवस्था अवलम्बन गर्दै आएका छन् । तर, यसका लागि पर्याप्त स्रोतसाधनको उपलब्धता हुनु जरुरी छ । किनकि, यसले सबै क्षेत्र, वर्ग, समुदायलाई समान हैसियतमा पु¥याउने सोच राख्छ । यो सोच कार्यान्वयनमा लैजाँदा देशका नागरिक सशक्त, सुशिक्षित हुनुपर्ने, अमुक देशको विशिष्ट परिस्थितिको पहिचान गरी सोहीअनुसार संघीयता लागू गरिनुपर्छ । राज्यको पुनर्संरचनालगायतका समग्र पक्षमा सम्बन्धित क्षेत्रका विज्ञको सहयोगसँगै राजनीतिक दृढ संकल्पसहितको लोकतन्त्रिक मूल्य र मान्यतामा कमी आउन नदिन विशेष सचेतता अपनाउनुपर्छ । यसैमा संघीयताको दिगोपन रहेको छ ।

संघीयता स्रोतसाधन सम्पन्न देशका लागि उपयुक्त हुन्छ भन्ने तर्क पनि सघन रूपमा उठेको छ । नेपालमा यसको विस्तृत गृहकार्यबिना नै स्वीकार गरिएको अवस्था छ । संघीयताको घोषणापछिको कार्यान्वयनको चरणमा गरिएका अभ्यास संघीयतामैत्री पाइएका छैनन् । त्यसैले, यसले सुरुदेखि नै चुनौतीको सामना गरिरहेको देखिन्छ । यो चुनौतीको उपयुक्त समाधान खोज्दै अहिलेदेखि नै गम्भीरतापूर्वक लाग्नु जरुरी भएको छ । नत्र यसले गम्भीर दुर्घटनाबाट देशलाई बचाउन गाह्रो पर्ने देखिन्छ । विश्वमा संघीयताको अवलम्बन गर्दा कतिपय अवस्थामा देश नै विघटन भएको र फेरि एकात्मक शासन प्रणालीतर्फ फर्किएको पाठ हामीले सिक्नुपर्छ ।

नेपालको वर्तमान संरचना, स्रोतसाधनको विनियोजन, विभिन्न तहका सरकारले प्राप्त गरेका अधिकार र यसको प्रयोग, वित्तीय संघीयता, आर्थिक अनुशासन, वितीय सुशासन सबै पक्षमा पर्याप्त ध्यान दिई संघीयताबाट अत्यन्त कुशलताका साथ सेवाप्रवाह गर्नु पर्दछ । जनताले एकात्मक शासन प्रणालीको तुलनामा यसबाट बढी लाभान्वित हुन सकेको अनुभूति गराउनुपर्छ । संघीयताले लोकतन्त्रको उत्कृष्ट व्यवस्थाको रूपमा मान्यता प्राप्त गरेको छ । जनतालाई मालिक बनाउने यस पद्धतिमा सरकारको सेवा जनताको घरदैलोमा पु¥याउन सक्नुपर्छ । सबै जातजाति, वर्गलाई सम्मान, समानता, पहिचान, अधिकार र सामाजिक न्याय यसले दिनुपर्छ । जनतालाई आफ्नो निर्णय आफंैले लिने वातावरण सिर्जना गर्नुपर्दछ । पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा उतार्नुपर्छ । तर, नेपालमा संघीयताको समायोजन पक्ष अत्यन्त जटिल देखिन्छ । यसले सबैलाई सन्तुष्ट राखी शासन गर्नुपर्ने भएकाले सबै जनताका इच्छा आकांक्षालाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

संघीयता आफैंमा समस्याको समाधान र समस्याको स्रोत पनि होइन । एउटा माध्यम मात्र हो । उचित व्यवस्थापन गर्न सक्दा उत्पादक एवं उपयोगी बन्न सक्छ । यसको सुन्दर पक्ष भनेको लोकतान्त्रिक पद्धति नै हो । सर्वसत्तावाद, तानाशाहीतन्त्रमा संघीयता कार्यान्वयन विफल हुन्छ । नेपालमा अब संघीयताका चुनौती र समस्याको उजागर मात्र गरेर खर्चिने समय छैन । संघीयता कार्यान्वयन भइराखेको सन्दर्भमा यसलाई राष्ट्र हितमा उपयोग गर्न सक्नुपर्छ ।
नेपालमा यो व्यवस्थालाई कसैले स्विकारेका छन् त कसैले प्रत्युत्पादक हुने भनी खारेजीको वकालत गरेका छन् । यसको संरचनाबारे सबै सन्तुष्ट छन् । राष्ट्रिय दलहरूबीच मतैक्यता छैन, जसले गर्दा यसको प्रभावकारी कार्यान्वयनमा असर पुगेको छ । संघीयताका सैद्धान्तिक र व्यावहारिक पक्षबारे राजनीतिक दलका नेता, कार्यकर्ता र निर्वाचित सबै तहका प्रतिनिधिलाई अभिमुखीकरण गर्र्नु जरुरी छ ।

प्रदेशको नामांकन र सदरमुकामको टुंगो लगाउँदा जनतालाई केन्द्रबिन्दुमा राखी सबै दलका प्रतिनिधि, निर्वाचित प्रतिनिधिबीच खुला छलफल गरी यथासम्भव सर्वसम्मति कायम गरेर अन्यथा संवैधानिक प्रक्रियाको अवलम्बन गरी प्रदेशसभाको दुई तिहाइ मतबाट निर्णय लिनु जरुरी छ । केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी पूर्ति गर्न नसक्ने, प्रदेश लोकसेवा आयोगको गठन पनि शीघ्र नहुने, प्रदेश र स्थानीय निकायले आफ्नै हिसाबले रिक्त पदको पूर्ति पनि गर्न नसक्ने अवस्थाबाट सरकार गुज्रिराहेको छ । यस अवस्थामा सम्पूर्ण प्रदेश तह र स्थानीय तहबाट रिक्त विवरण लिई एकपटकलाई प्रदेश र स्थानीय तहका कर्मचारीको लागि संघीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्नु उपयुक्त हुन्छ । एक पटक संघीय लोकसेवा आयोगले कर्मचारी सिफारिस गरी कार्यस्थलमा पुगिसके तापनि अझै कतिपय प्रदेशले प्रदेश लोकसेवा आयोगलाई क्रियाशीलता प्रदान गर्न सकेका छैनन् । तसर्थ, प्रदेश लोकसेवा आयोगले आफ्नो कार्य प्रारम्भ नगर्दासम्म संघीय लोकसेवा आयोगबाटै प्रदेश र स्थानीय तहमा कर्मचारी सिफारिस गर्ने कार्यलाई निरन्तरता दिनु जरुरी हुन्छ ।

७ सय ५३ वटा स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी ७७ वटा जिल्लाका समन्वय समितिले प्राप्त गरेका छन् । जिल्ला तहको हैसियतलाई संविधानले खासै महŒव नदिई अनिच्छित तहका रूपमा अस्तित्वमा राखेको छ । यसलाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक छ । निजामती कर्मचारीको संख्या अब करिब १ लाख ३२ हजार पुगेको छ । यी नयाँ प्रवेशीलाई योगदानमा आधारित निवृत्तिभरणका आधारमा अवकाशपश्चात् सुविधा उपयोग गर्ने गरी शीघ्र
कार्यान्वयन गर्नुपर्दछ ।

नेपालका ट्रेड युनियन अत्यन्त स्वायत्त र छाडा देखिएका छन् । सरकारले नै औपचारिक निर्णय गरेर ट्रेड युनियनका नेतृत्वमा रहने केहीले काम गर्नु नपर्ने व्यवस्था गरिदिएको छ । ट्रेड युनियन अधिकार कर्मचारी भएकै कारण प्राप्त हुने हो । सरकारी कर्मचारीलाई कामबेगर ट्रेड युनियन हकहितको मात्र काम गर्न दिने गरी सरकारले गरेको निर्णय यसको सिद्धान्त र मर्मविपरीत छ । यसले समग्र संयन्त्रमा गलत सन्देश प्रवाह गरेको छ । त्यसैले, सबै कर्मचारी वेतनभोगी भएकाले आफ्नो काम इमानदारिताका साथ निर्वाह गराउन जरुरी छ ।

कर्मचारी समायोजन ऐनले विशिष्ट र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीलाई केन्द्र र प्रदेश दुबैतर्पm खटाउन सकिने तर दरबन्दी केन्द्रमा नै राख्नेगरी गरिएको व्यवस्था शीघ्र संशोधन गरी विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी पनि प्रदेशमा गएपछि निजामती सेवाको अन्य कर्मचारीसरह सर्त लागू गरी समान व्यवहार गर्नुपर्दछ । सम्पूर्ण स्रोतसाधनको वितरण गर्दा पिछडिएको क्षेत्रका लागि बढी विनियोजन गरी विकसित क्षेत्रका लागि कम गर्नुपर्दछ । यसबाट असमानताको अवस्थामा बिस्तारै कमी आउन थाल्दछ । संघीयताले काठमाडौंलगायत अन्य विकसित सहरमा बढिराखेको जनसंख्याको चाप घटाउन सक्नुपर्दछ । यसका लागि पूर्वाधारको विकासका साथै शिक्षा, स्वास्थ्यलगायतका सेवाको सहज उपभोग गर्न पाउने गर्नुपर्दछ ।

संघीय सरकारले संघीयतामा देश अघि बढिराखेको अवस्थामा सम्पूर्ण क्षेत्रगत कानुनमा परिमार्जन गर्ने आवश्यक नयाँ कानुनको निर्माण गर्नुपर्दछ । प्रदेशले आफ्नो विधान र अन्य ऐन एवं नियम शीघ्र कार्यान्वयनमा ल्याउनुपर्दछ । यसबाट ७ सय ६१ सरकारमा काम गर्ने वातावरण तयार हुन्छ । प्रकृतिक स्रोतसाधनदेखि देशको सर्वांगीण विकासका लागि आयोगको भूमिका महŒवपूर्ण छ । हालसम्मको शक्तिको आडमा स्रोतसाधनको विनियोजन गर्ने प्रवृत्तिलाई यस आयोगले आफ्नो संवैधानिक हैसियत प्रदर्शन गरी संघीयताको मर्मअनुसार काम गर्न सक्नुपर्दछ । तीनवटै तहका सरकारका सबै काम कारबाहीको सम्पादन गर्ने र सूचना प्रवाहका लागि विद्युतीय सरकारमार्पmत गराउन सक्नुपर्दछ । प्रशासकीय अदालतको व्यवस्था सातवटै प्रदेशमा गर्नु जरुरी छ । वित्तीय अधिकार प्रदेश र स्थानीय तहलाई पूर्णरूपमा प्रदान गर्नु जरुरी छ ।

देश अघि बढ्न नसक्नुको प्रमुख कारण नै वैदेशिक प्रभाव हो । यो प्रायः अमूर्त रूपमा रहने र यसको प्रभाव मात्र तहमा देखिन्छन् । तसर्थ, यसलाई न्यूनीकरण गर्न राजनीतिज्ञबीच मतैक्यता जरुरी छ । लोकतन्त्र र संघीयता एक आपसका पर्यायका रूपमा रहेका छन् । तसर्थ, लोकतन्त्रको व्यावहारिक अभ्यास जति राम्ररी गर्न सकिन्छ, उत्ति नै संघीयता उत्पादक बन्दछ । राजनीतिज्ञ यसमा गम्भीर हुनु जरुरी छ । केन्द्रमा रहेका राजनीतिज्ञलगायत सम्पूर्ण नीतिनिर्माण तहमा रहनेमा देखिएको अधिकार आफैंमा सीमित राख्ने केन्द्रीकृत मानसिकताको अन्त्य हुनुपर्दछ । अन्यथा देशमा द्वन्द्व आमन्त्रण हुने निश्चित छ ।

The post चुनौती संघीयताको appeared first on Rajdhani Daily News.

भानु संस्कृत विद्यापीठ बन्द

हुबेइमा हिँडडुल गर्न पनि प्रतिबन्ध, ६ करोड मानिस घरभित्रै थुनिनुपर्ने अवस्था

एजेन्सी, ५ फागुन । कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । आपतकालीन यस समयमा मानिसहरूको गतिविधिमा थप कडाइ गर्दै चीनले उक्त प्रान्तका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ । साथै निजी कार र सवारीसाधनको प्रयोगमा अनिश्चित कालसम्मका लागि प्रतिबन्ध लगाइएको छ । […]

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

पप्पु कन्स्ट्रक्सन ३ वर्षका लागि कालाेसूचीमा, अन्य ५ ठेकेदार पनि परे

काठमाडाैँ, ५ फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो । कालोसूचीमा पर्नेमा पप्पुसहित अशोक न्यासुर सञ्चालक रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी […]

वैज्ञानिकहरुले भनेः महँगा कार चढ्ने मानिस मूर्ख