Home Blog Page 1319

ट्राफिक व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं, ५ फागुन । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको संयोजकत्वमा दामोदर सिलवाल र पूर्वट्राफिक प्रहरी सीताराम हाछेथु सदस्य रहने समिति गठन गरेको हो । महाशाखाले सञ्चालन गरेको तीनमहिने ट्राफिक […]

कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश सफाः नासा

आज फाल्गुन ५ गते सोमबारको राशिफल पढ्नुहोस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नया नया कामको प्रश्ताब आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । तपाईको दिन शुभ रहोस् ।

The post आज फाल्गुन ५ गते सोमबारको राशिफल पढ्नुहोस। appeared first on .

बेलायती प्रधानमन्त्रीका प्रेमिका गर्भवती, भनिन्ः पहिलो सन्तानको पर्खाइमा छौं

सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन

विराटनगर । स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सक्रिय बनाउन विपद् व्यवस्थापन अनुशिक्षण तालिम सुरु भएको छ । विभिन्न सहयोगी संस्थाहरुको सहकार्यमा स्थानीय तहमा नै स्वयंसेवक उत्पादन गर्ने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, कटहरी गाउँपालिकाको कार्यालय, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र नारी विकास संघ मोरङको संयोजन तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङको सहजीकरणमा सो तालिम सञ्चालन गरिएको हो ।

तालिममा मोरङको कटहरी गाउँपालिकाका प्रत्येक वडाबाट एक महिलासहित तीन÷तीन जनाका दरले २१ जना, कटहरी गाउँपालिकाका डिजाष्टर फोकल पर्सन एक जना, कटहरी गाउँपालिका विपद् व्यवस्थापन समितिका तीन जना गरी २५ जनाको सहभागिता रहेको छ । आइतबार सुरु भई सोमबार सकिने सो तालिमका प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हे.क्वा.कंकालिनी मोरङका ७ जना योग्य प्रशिक्षकले तालिम दिइरहेका छन् ।

अनुशिक्षण तालिममा विपद् व्यवस्थापनसम्बन्धी भूकम्प, बाढी, पहिरो, अग्नि नियन्त्रण, सडक दुर्घटना, भत्केका संरचनामा खोज तथा उद्धार र पानीमा खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास नमुनाहरुका साथ कक्षा सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले प्राकृतिक विपद् रोक्न नसके पनि घटना भएको ठाउँमा सही समयमा स्थानीय स्तरमा ‘फस्ट स्पोन्डर’ को रुपमा ज्ञान र सिप हासिल गरेको व्यक्तिले क्षति न्यूनीकरणमा सहयोग पु¥याउने तथा तालिम प्राप्त फौज आइपुग्न लाग्ने समयमा हुन सक्ने क्षतिलाई कम गर्ने मूल उद्देश्य स्वरुप तालिम सञ्चालन गरिएको बताए ।

गणपति कार्कीले नेपाल सरकार गृह मन्त्रालयमा गत ३ मंसिरमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयले समेत स्थानीय तहलाई विपद् व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको र विपद्को समयमा जनधनको सुरक्षा गर्ने राष्ट्रिय उद्देश्यलाई पूरा गर्ने पहल स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा.कंकालिनी मोरङले यो कार्यक्रम पहिलो चरणमा कटहरी गाउँपालिकामा सञ्चालन गरेको बताए । उनले मोरङका १७ वटै पालिकामा यो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको सुनाए ।

कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले विपद् व्यवस्थापनमा सामुदायिक स्वयंसेवकहरुको महत्वपूर्ण भूमिका रहेको हुँदा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । यसैगरी, जिल्ला विपद् व्यवस्थापन समिति मोरङका अध्यक्ष तथा निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मोरङ जिल्लामा कुनै प्राकृतिक विपद्का घटना भएमा सूचना दिएको १० मिनेटमा सुरक्षा फौज उपस्थित भई खोज तथा उद्धार गर्न सक्ने अवस्थामा राखिएको बताए ।

उनले सुरक्षा फौजले खोज तथा उद्धार गर्ने हुँदा समुदायले खोज, उद्धार, समन्वय र पुनव्र्यवस्थापन समेत गर्नु पर्ने भएकाले विपद् व्यवस्थापनमा समुदायको अहम भूमिका रहेको बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कटहरी गाउँपालिकामा सिंगिया खोला, लोहन्द्रा खोला र जुडी खोलाले वर्षातको समयमा प्राकृतिक विपद् खडा गर्ने भएको हुँदा विपद्मा खोज तथा उद्धार कार्यमा यो कार्यक्रम कोशेढुंगा सावित हुने बताए । उनले विपद् व्यवस्थापनमा प्रयोग हुने आवश्यक सामाग्री उपलब्ध गराउन कटहरी गाउँपालिका हर हमेसा तत्पर रहेको बताए ।

The post सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन appeared first on Rajdhani Daily News.

अध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम

राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी पुरा

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी पूरा भएको छ ।

आज (आइतबार) आयोजक मौलापुर नगरपालिले पत्रकार सम्मेलन गरी महायज्ञको तयारी पूरा भएको जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने उक्त महायज्ञ क्षेत्रमा सुरक्षा व्यवस्था दुरुस्त पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सक्रिय रहेको जनाइएको छ ।

महायज्ञमा फागुन ४ गते आइतबार कलश यात्रा सम्पन्न गरिएको छ भने फागुन ५ गते विहान बिहान ९ बजे दूध रिसाल, बिहान ११ बजे लखराव यज्ञको प्रारम्भ, दिउँसो १२ बजे केकी अधिकारी, निखिल उप्रेतीसहित नेपाली कलाकारहरुद्वारा सांस्कृतिक प्रस्तुति, राती ८ बजे मधानी महायज्ञ, राती ९ बजे शिवलिला प्रदर्शनको कार्यक्रम रहेको छ ।

त्यस्तै फागुन ६ गते मङलबार बिहान ८ बजे गंगाजल रिसाल, विहान ११ बजे राष्ट्रपति भण्डारीबाट विशेष पुजा, दिउँसो १२ बजे मुल समारोह तथा राती ९ बजे लोकप्रिय भोजपुरी कलाकारहरु दिनेशलाल यादव निरहुआ, आम्रपालि दुबे, इन्दु सोनाली लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीको कार्यक्रम रहेको छ भने हरेक दिन सांझ ६ बजे आरतीको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्क किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठान हुन लागेको हो ।

The post राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी पुरा appeared first on Rajdhani Daily News.

संविधान संशोधन तत्काल आवश्यक छैन : तिमिल्सिना

महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै भोलिका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

The post महरा विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ सोमबार appeared first on Rajdhani Daily News.

सेतीको अवैध दोहनः नदी भागबण्डा गर्दै उत्खनन् गरिंदै

एनआईसी एसिया बैंककाे प्रदेश स्तरिय फुडसल खेल सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित प्लानेट रिक्रीएसन सेन्टर विराटचाेकमा एनआईसी एसिया बैकद्वारा आयोजित मैत्रीपूर्ण प्रदेश स्तरीय एनआईसी फुटसल कप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटमा एनआईसी एसिया बैकका प्रदेश प्रमुख दिपक थापाले प्रतियोगिहरुलाई बल हस्तान्तरण गरेर खेलकाे शुभारम्भ गरेका थिए । उनले स्वास्थ्य जीवनका लागि खेल आवश्यक भएकोले साथीहरु माझमा मित्रता कायमका साथै अन्तरशाखा सम्बन्ध स्थापीत गर्ने उदेश्यले प्रदेश स्तरकाे फुडसल खेल आयाेजना गरिएको बताए ।

प्रतियोगितामा प्रदेश शाखा धरान विजेता बनेको तथा प्रदेश शाखा दमक उपविजेता भएको एनआईसी एसिया बैक विराटचाेक शाखा प्रमुख वसन्त घिमिरेले जानकारी दिए । प्रतियाेगितामा ११ गाेल गरेर बढी गाेल गर्नेमा पुष्प पाैडेल, उत्कृष्ट प्लेयर नवराज घिमिरे तथा उत्कृष्ट गाेल किपर सबल श्रेष्ठ घाेषित भए । विजेता तथा उपविजेता लगायतलाई एनआईसी एसिया बैकका प्रदेश प्रमुख थापाले पुरस्कारकाे रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियाेगितामा धरान इटहरी ,विराटनगर विर्तामोड , दमक विराटनगर , दमक विर्तामोड लगायतका टिक शाखाहरु बिच प्रतिष्पर्दा भएको थियाे । फुडसल खेलमा १ नं प्रदेश भरीका एनआईसी बैकका विभिन्न स्थानका ६ वटा शाखाहरुमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । एनआईसी एसियाकाे प्रदेश १ मा विराटनगर, इटहरी, धरान, दमक, तथा विर्तामोड गरि ५ वटा मुख्य शाखाहरु संचालनमा रहेका छन । जस अन्तर्गत पूर्वमा ५७ वटा शाखाहरुकाे विस्तार भएको छ भने विराटनगरमा एनआईसी एसिया बैककाे प्रदेशिक कार्यालय रहेर राम्रो अार्थिक काराेवार समेत गर्न सफल भएको जानकारी प्राप्त भएको छ ।

The post एनआईसी एसिया बैंककाे प्रदेश स्तरिय फुडसल खेल सम्पन्न appeared first on Purbeli News.

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने प्रवक्ता श्रेष्ठको भनाइ

गोरखा, ०४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताउनुभएको छ । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उहाँले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताउनुभयो । प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव […]

फोहर ब्यबस्थापन गर्दै वडा कार्यालय

कोरोनाबारे जानकारी दिन जापानी अधिकारीले पानीजहाजमा बाँडे आईफोन

एजेन्सी, ०४ फागुन । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विश्वका विभिन्न देशहरूले विभिन्न उपाय अपनाइरहेका छन् । तर जापानी अधिकारीले भने पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन् । क्रुजशिपमा रहेकामध्ये केही मानिसमा कोरोनाका संक्रमण देखिएको थियो । त्यसैले त्यहाँ रहेका अन्य व्यक्तिलाई त्यससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो । डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रारत् […]

गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

भीम रावलले खोले एमसीसीभित्र लुकेको अर्कै रहस्य, केपी ओली नै पार्टीविरुद्ध किन ?

काठमाडौं – अनेक विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलका सदस्य भीम रावलले एमसीसीभित्र रहेको अर्कै रहस्यबारे खुलासा गरेका छन् ।

सरकारसँग एमसीसी सम्झौता मात्रै नभएर अन्य दर्जन सम्झौता समेत रहेको खुलासा रावलले गरेका छन् । रावल नेकपा स्थायी कमिटी सदस्य समेत हुन् ।

आईतबार बसेको अध्ययन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले एमसीसीसँग जोडिएका अन्य सम्झौताको पनि अध्ययन भइरहेको जानकारी दिए ।

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको कार्यदलमा रावल सदस्य छन् भने परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेत सदस्य रहेका छन् ।

रावलले सञ्चारकर्मीहरूलाई भने, ‘संसदमा प्रस्तुत भएको त एउटा मात्र रैछ, अरु त एक दर्जन सम्झौता भइसकेको रहेछ । हामीले सबै सम्झौताको अध्ययन गरिरहेका छौं । प्रतिवेदनमा सबै समेटेर सार्वजनिक गरिने छ ।’

पार्टीको अध्ययन कार्यदलले निष्कर्ष नदिएसम्म पार्टीका शीर्ष नेताले यसबारे बोल्नु उपयुक्त नहुने सदस्य रावलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलले अध्ययन नसक्दै एमसीसी संसदबाट पारित हुने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले बारम्बार एमसीसीबारे दिएका टिप्पणी केन्द्रीय कमिटीको निर्णयविरुद्ध रहेको नेता रावलले बताए ।

‘कार्यादेशभन्दा फरक किसिमले अभिव्यक्ति दियो भने केन्द्रीय कमिटीलाई सम्मान गरेको हुँदैन,’ नेता रावलले भने, ‘कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म निष्कर्ष सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई दिएको छैन ।’ कसैले कार्यदलको विपक्षमा बोलेमा त्यो केन्द्रीय कमिटीको निर्णय विपरीत हुने रावलले बताएका छन् ।

एमसीसी अध्ययन गरेर सुझाव प्रतिवेदन पेश गर्न कार्यदलले १० दिनको म्याद पाएको थियो । तर अध्ययन नसकिएपछि १० दिन म्याद थप गरिएको छ ।

राजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश

कांग्रेसलाई बलियो बनाउन सबै लागौँ : वरिष्ठ नेता पौडेल

दमौली, ४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

कांग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा वरिष्ठ नेता पौडेलले जोड दिए ।

दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे ।

The post कांग्रेसलाई बलियो बनाउन सबै लागौँ : वरिष्ठ नेता पौडेल appeared first on Koshi Online.

एसीसी इस्टर्न रिजन: हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल