Home Blog Page 1324

गेटाफेमाथि बार्सिलोनाको जित

काठमाडौं, ४ फागुन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेमाथि संर्घषपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदानमा गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औं मिनेटमा बार्सिलोनाले गोल गर्दै अग्रता लिएको थियो । घरेलु टोलीलाई अग्रता दिलाउनको लागि एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । उनले कप्तान […]

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सम्पन्न

पसिना बगाएको पैसा मदिरामा स्वाहा, महिला र बालबालिका पीडित

बैतडी, ४ फागुन । मादक पदार्थ सेवनका कारण उत्पन्न विकृति लामो समयदेखि समाजमा चिन्ताको विषय रहँदै आएको छ । अनियन्त्रित मदिरा सेवन र किनबेचले यहाँका प्रशासनिक तथा सुरक्षा निकायको समेत टाउको दुखाउने गरेको छ । मदिरा नियन्त्रण यहाँको मुख्य चुनौती रहेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । घरेलु मदिरा प्रतिबन्ध गर्ने अभियान सबै स्थानीय सरकारले चलाएको छ । गुणस्तरहीन मदिरामा […]

धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या

वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली, अरू १० जना किन उतै रोकिए?

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका १ सय ७५ नेपाली काठमाडौं आइपुगेका छन्।

नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत उनीहरू आज (आइतबार) बिहान करिब ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।

४ स्वास्थ्यकर्मी, ३ पाइलट, ७ क्रुमेम्बर, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोलीले वाइडबडी विमानमार्फत उनीहरूलाई नेपाल लिएर आएका हुन्। 

चीनको वुहानबाट शनिबार राति नेपाल उड्ने तयारीमा रहेका १ जना ८५ नेपालीमध्ये १० जना भने उतै रोकिएका छन्।

६ जना ज्वराे  आएका कारण र ४ जना उतै बस्न चाहेकाले नेपाल नफर्किएकाे बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

याे पनि : 

वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे

 

नागरिकलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गराउनु राज्यको प्रमुख जिम्मेवारीः प्रधानमन्त्री

रोड सेफ्टी फिल्म फेस्टिवलमा सेलिब्रेसन स्टुडियोलाई दुई अवार्ड

काठमाडौं । सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (नासा) को आयोजनामा दोस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिवल सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ सांसद रंगमती शाहीले गरेकी थिइन् । कार्यक्रममा पूर्व डीएसपी विपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कुल नेपालको तर्फबाट आत्मिय सिलवालले संस्थाको परिचय तथा उद्देश्यबारे प्रस्तुति दिएका थिए ।

साथै जुरी टिमको तर्फबाट वरिष्ठ कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेललगायतको सहभागिता थियो । कार्यक्रममा १२ जना नेपाली कलाकारद्वारा अभिनित सेभ लिभ्स क्याम्पियन भिडियो समेत विमोचन गरिएको थियो । फेडेरेशन इन्टरनेशनल डे मोटोसाइकलिजम फिल्मको सहयोगमा आयोजित सो फेस्टिवलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएको थियो । फेस्टिवलमा दिपक ठकुरीद्वारा निर्देशित फिल्म उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने किशोर अनुरागद्वारा नै निर्देशित फिल्म इन्ड अफ ड्रिम दोस्रो र नेत्रबहादुर खड्काद्वारा निर्देशित रौंग स्टेप नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो । सेलिब्रेसन स्टुडियोले इन्ट अफ ड्रिम चलचित्रबाट वेस्ट फिल्म फस्ट रनर अप र चेतावनी चलचित्रबाट वेष्ट मुभी जुरी अवार्ड प्राप्त ग¥यो ।

विजेता फिल्महरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड, सर्टिफिकेट प्रदान गरियो । सहभागी तथा विजेताहरुलाई कार्यक्रमका संयोजक ईश्वरबल्लभ उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

The post रोड सेफ्टी फिल्म फेस्टिवलमा सेलिब्रेसन स्टुडियोलाई दुई अवार्ड appeared first on Rajdhani Daily News.

सन्दीपको सफलताको अर्को अध्याय, टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने

शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

काठमाडौँ ।   नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्री किक क्लियर गर्ने क्रममा आर्मीका तामाङले आफ्नै गोल पोष्टमा गोल गर्न पुगेका थिए । सो आत्मघाती गोल रोक्ने क्रममा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । कम्मरमा चोट लागेका उनलाई उपचारका लागि नजिकैको ब्लु क्रस अस्पताल लगिएका थियो । 

विकेशको ठाउँमा विश्वास चौधरीलाई खेलाइएको थियो । खेल अवधिभर मच्छिन्द्र आर्मीमाथि हाबी रह्यो । आर्मीले गोल फर्काउने प्रयास गरे पनि मच्छिन्द्रका अगाडि निरीह सावित भयो । खेलको ६८औँ मिनेटमा भरत खवास तथा ७९औँ मिनेटमा टङ्क बस्नेतको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८५औँ मिनेट मच्छिन्द्रका दिपक राईको फ्री किक गोल पोष्ट बाहिर गयो ।

मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बनेको हो । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त ग¥यो । आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो । उसले रु ३५ लाख पुरस्कार प्राप्त ग¥यो । मच्छिन्द्र अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेको थियो । लिग च्याम्पियन बन्न मच्छिन्द्रसित बराबरी खेले पनि पुग्ने भए पनि आर्मीले स्तरीय खेल प्रदर्शन गर्न सकेन । मछिन्द्र उपाधि होडमा पहिलो पटक सामेल भएको हो भने आर्मी विसं २०६३ को लिगमा नेपाल पुलिससित पराजित भई उपविजेता बनेको थियो । 

गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो । 

उनीहरुले क्रमश ः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे । लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराएको थियो । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गरेको थियो । ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो ।

विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार काठमाडौँको दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच भएको खेलमा बल नियन्त्रणमा लिने प्रयास गर्दै खेलाडी । तस्वीर  : रोशन सापकोटा/ रासस
 

लिगमा भरत, विशाल र अनन्त उत्कृष्ट

लिगको उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, थ्री स्टारका अनन्त तामाङ लिगको उत्कृष्ट डिफेन्डर, मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’, मच्छिन्द्र क्लबका प्रवेश कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । 

मच्छिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर र न्युरोड टिमका दर्शन गुरुङ युवा खेलाडी चुनिए । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे । लिगको फेयर प्ले पुरस्कार थ्री स्टार क्लबले प्राप्त ग¥यो  । उसले रु एक लाख पुरस्कार प्राप्त ग¥यो । 

साभार : रासस

The post शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन appeared first on Rajdhani Daily News.

फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत, नेपाल एक स्थान तल झर्यो

काठमाडौमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइदैन

काठमाडौ । काठमाडौको ठमेलमा फागुन तीन गतेदेखि भेज एन्ड भेगन रेष्टुरेन्ट संचालनमा आएको छ ।

नेपाली काग्रेसका साम्सद भिमसेन दास प्रधान र नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्यालले सयुक्त रूपमा रिनब काटेर उद्घाटन गरे ।

युएईमा लामो समय बिताएका काठमाडौका नारायण न्यौपानेले संचालनमा ल्याएकाे रेस्टुरेन्ट नाम प्लिज्ड भेज एन्ड भेगन राखिएकाे छ ।

नेपालमा सम्भवत पहिलो प्रयोगमा आएको यो रेष्टुरेन्ट बिदेशमा भने धेरै पाइने गर्छ । भेज भन्दा छुट्टै बिशेषता बोकेको रेस्टुरेन्टमा माछामासु एवम् दुध बाट बनेका कुनै पनि पदार्थका परिकार पाइदैन । बन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता बोकेर हिडेका पौडेल नाफाको केही प्रतिशत यसै क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद भिमसेनदास प्रधानले हाम्रो शरीरको बनावटनै साहाकारीको संरचनामा बनेको हुँदा मासुको आवश्यक नहुने उल्लेख गरे । कार्यक्रमका अर्का बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ युएईका निवर्तमान अध्यक्ष भूपराज बस्यालले मानिसले पछिल्लो समय स्वास्थमा निकै ध्यान दिन लागेको हुँदा यसको बजार राम्रो हुने बताए ।

The post काठमाडौमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइदैन appeared first on Rajdhani Daily News.

परिमार्जन गरेर मात्र एमसिसी पारित हन्छ : अध्यक्ष दाहाल

साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार

काठमाडौँ / धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल एक करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर रु पाँच अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झ¥यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए ।

यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने रु ९३ करोड मै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर रु ९३ करोड ३२ लाख ८६ हजार ५५ मा खरिदबिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा प¥यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए ।

यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल दुई करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

The post साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार appeared first on Purbeli News.

करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

विराट एक्स्पाे २०७६ शुरु, अर्थ मन्त्री खतिवडाले गरे उद्घाटन

सुन्दरहरैंचा / माेरङकाे विराटनगर २ स्थित शंकरपुर मार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी तथा व्यापार मेला विराट एक्स्पाे २०७६ शुरु भएको छ ।

उद्योग संगठन मोरङकाे आयाेजनामा फागुन १० गते सम्म ९ दिनका लागि व्यापार मेलाको आयोजना भएको छ । संघिय सरकारका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घघाटन गरेपछि एक्स्पो औपचारिक रुपमा शुरु भएको थियाे । एक्स्पो उद्घघाटनका क्रमममा सहभागि भएका अर्थमन्त्री डा. खतिवडालाई हात्ती तथा पञ्चेबाजाले स्वागत गरिएको थियो । कोशी टप्पुबाट ल्याइएका दुईवटा हात्तीले प्रवेश द्धारमा अर्थमन्त्रीलाई स्वागत गरेका थिए ।

एक्स्पोको उद्घघाटन गरे संगै अर्थमन्त्री युवराज खतिवडाले मन्तव्यका क्रममा उद्योगीहरुले सरकारलाई अल्मल्याउन नहुने बताउँदै निजि क्षेत्र उद्योगी, बैकर, निर्माण व्यवसायी, व्यापारी भएर सरकारलाई पनि आवश्यक काम कुरामा सहयाेग गरेर अघि बढ्न जरुरी रहेको उल्लेख्य गरे । मन्त्री खतिवडाले एक्स्पो उद्योगीहरुको लागी आफ्नो उत्पादन प्रदर्शन गर्ने तथा नयाँ अवसरको खोजी गर्ने माध्यम भएकोले उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान खरिद गरेर जिवनयापनमा सहज बनाउने थलो भएको बताए ।

मेलाको उद्घघाटन समारोहमा उद्योग तथा बाणीज्य राज्यमन्त्री मोती दुगड् , प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीे , उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिस कुसियत , उद्योग बाणीज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा , संघिय सांसद अमनलाल मोदी तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत आर्याल लगायतले विराट एक्स्पाेकाे अावश्यकता महत्त्व तथा व्यापार व्यावसायमा भएका कमि कमजोरी, समस्या लगायत समसामयिक बिषय बस्तुकाे बारेमा प्रकास पारेका थिए । एक्स्पो उद्घघाटनका क्रममा विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल तथा स्टलका व्यवस्थापक विपिन कावरालाई उत्कृष्ट काम गरेकाे भनी मूल्यांकनका आधारमा सम्मान समेत गरिएको थियो ।

औद्योगिक उत्पादन र प्रविधी प्रवर्द्वन , कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी अायाेजना गरिएको हाे । मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिएको छ । त्यसैगरी तेह्रथुमको ढाका, ईलामको ललिपप, चिया, संखुवासभाको अल्लो हस्तकला , कृषि यन्त्रका सामाग्री प्रदर्शनी गरिएको छ । हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन तथा हातिबाट सवारी समेत गराईएकाे छ। प्रदर्शनीमा करिव ३ सय ४० वटा स्टल रहेका छन । जसमा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकला, औद्योगिक उत्पादनहरु, अटो मोवाइल्स , फुटवेयर र विविध औद्योगिक सामग्री र खाद्यान्नका लागि पनि छुट्याइएको छ ।

बालबालिकाहरुका लागि मनोरञ्जनका स्टल राखिएको छ भने रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रर्वद्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारी एक्स्पोमा छ । एक्स्पोमा सूचना प्रविधिमा भएका नयाँ खोज तथा ज्ञानका लागि छुट्टै स्टल समेत राखिएको छ । शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने स्टल समेत रहेका छन । एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता अायाेजकले दिएकाे छ । एक्स्पाेमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेकाे छ । प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर , झापा र छिमेकी मुलुक भारतको विहार, भुटान लगायतका गरि ३ लाख दर्शकले अवलोकन गर्ने भएकोले मेला अबधिमा करिव एक अर्बको कारोवार हुने अपेक्षा गरिएको अायाेजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पूर्वेली न्यूज संगकाे कुराकानीमा जानकारी दिए ।

The post विराट एक्स्पाे २०७६ शुरु, अर्थ मन्त्री खतिवडाले गरे उद्घाटन appeared first on Purbeli News.

रातो हुनुपर्ने कफी कालो भएपछि…

वुहानबाट फर्किने नेपालीहरु एयरपोर्टबाटै लाइभ, सबैलाई सीधै भक्तपुरमा १४ दिनसम्म राखिने (भिडियो)

काठमाडौं, ०३ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. कोरोना भाइरसको मुहान चीनको वुहानबाट नेपाली विद्यार्थीलाई नेपाल ल्याइदै काठमाडौं । अन्ततः नोबेल कोरोना भाइरसको केन्द्रविन्दु मानिएको चीनको वुहानलगाएतका […]

यात्रुबाहक बसमा कर्णालीका स्टिकर- यसपालि घुमौँ कर्णाली

बयलगाडाको नाममा ठग्ने व्यक्तिले हाम्रो टिमलाई प्रलोभनमा पार्न खोजेपछि…

रौतहट, ०३ फागुन । रौतहटको परोहा नगरपालिकाको वडा नं. ६ मा कार्यरत गरुडा नगरपालिका वडा नं. ५ निवासी जयकिशोर महत्तोले आफ्नै छिमेकी जयनारायण यादवसँग एउटा बयलगाडाको भर्पाई भन्दै १८ लाख रुपैयाँको कागज गरेका छन् । महतोले झुटो कागज बनाएर यादवको २४ कठ्ठा ६ धुर जमिनसमेत हडपेका छन् । यादवका जेठा छोराले मदिरा सेवन गरेको समयमा […]

कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन : अर्थ मन्त्रालय