Home Blog Page 1325

भारतीय हस्तक्षेप अस्वीकार्य : वरिष्ठ नेता खनाल

चौतारा, ३ फागुन (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिपुलेक सदियौँदेखि हाम्रो भू–भाग भएकाले भारतीय हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीद्वारा आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रममा नेता खनालले हालै भारतले सो क्षेत्र आफ्नो नक्शामा समावेश गरेकोप्रति असहमति जनाउँदै वर्तमान सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र राजनीतिक नक्शा प्रकाशित गर्न जरुरी रहेको बताए ।

वर्तमान सरकार समाजवादउन्मुख भएको चर्चा गर्दै वरिष्ठ नेता खनालले सबै दल यही संविधानभित्र आउनुपर्ने र नआउने पछि पर्ने बताए ।

पार्टीको हालै बसेको दोस्रो बैठक भावनात्मक रुपमै पार्टी एकताको सन्देश गएकोसमेत उनले जिकिर गरे ।

The post भारतीय हस्तक्षेप अस्वीकार्य : वरिष्ठ नेता खनाल appeared first on Koshi Online.

जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक

धुर्मुस-सुन्तलीको सेण्टिभाईरसमा प्रितम आचार्य, देखिदैछन् सानो धुर्मुसको अवतारमा (भिडियो सहित)

ईटहरी / कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म “सेन्टिभाईरस” सिनेमा घरमा प्रदर्शनको तयारीमा छ । यहि फागुन ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो “सारेगमप लिटिल च्याम्प”मा पुगेर लोकप्रिय बनेका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् ।

सार्बजनिक अन्तरबार्तामा उनले आफुले सो फिल्ममा अभिनय गरेको बताए संगै सानो धुर्मुसको भुमिकामा देखिने समेत खुलाए । ईटहरीमा जन्मिएर ईटहरीकै विश्व आदर्श स्कुलमा अध्ययन गरिरहेका आचार्यले सारेगमप लिटिल च्याम्पको तेस्रो स्थान हासिल गरेका थिए ।

सेन्टीभाईरसको हालसम्म एक गीत “फनफन्नी” र ट्रेलर सार्बजनिक भैसकेको छ । यता फिल्मको अर्को गीत “आफ्नो पार्टी जिताईदे” भोलि अर्थात फागुन ४ गते सार्बजनिक हुदैछ । ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ । यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्ला भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।

 

The post धुर्मुस-सुन्तलीको सेण्टिभाईरसमा प्रितम आचार्य, देखिदैछन् सानो धुर्मुसको अवतारमा (भिडियो सहित) appeared first on Purbeli News.

भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह

मछिन्द्र च्याम्पियनको रुपमा उदाउँदा आर्मीको पीडादायी इतिहास दोहोरियो

मछिन्द्र क्लबलाई नयाँ च्याम्पियनको रुपमा पाएसँगै यो वर्षको सहिद स्मारक ए डिभिजन लिग फुटबल सकिएको छ।

मंसिर २७ गते सुरु भएको लिगले रोमाञ्चक उतारचढाव पार गर्दै शनिबार नयाँ च्याम्पियनको टुंगो लागेको हो।

यसअघि ७ वटा क्लबलाई विजेताको रुपमा पाएको लिगमा यसपटक नयाँ विजेताको रुपमा मछिन्द्र उदाएको छ। तीव्र प्रतिस्पर्धाबीच त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै मछिन्द्रले बाजी मारेको हो।

अंकका आधारमा, अंक बराबर भए हेड टु हेड, त्यो पनि बराबर भए गोलअन्तरबाट ए डिभिजन लिग विजेता चुनिने अभ्यास छ। तर, कहिलेकाँही लिगको रोमाञ्चकता अन्तिम खेलसम्मै रहने गरेको छ।

त्यसले गर्दा लिग पनि नकआउटको फाइनल सरह हुने गर्दछ। यसपटकको पनि त्यस्तै प्रतिस्पर्धा देखियो। लिगको अन्तिम खेल नै निर्णायक बन्ने अवस्था थियो।

यसपटक नयाँ च्याम्प्यिन बन्ने निश्चित त अघिल्ला चरणका खेलबाट नै भइसकेको थियो। तर, को च्याम्पियन बन्ला भन्ने कौतुहलता शनिबारको खेलको अन्तिम समयसम्मै कुर्नुपर्ने अवस्था बन्यो। त्यसअर्थ खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण थियो।

दुवै टोली एक एक पटक उपाधि नजिक पुगेर रित्तो हात हुनुपरेको थियो। यसअघि २०७० सालमा थ्रीस्टारसँग पछि पर्दै मछिन्द्र उपविजेतामा सीमित भएको थियो।

यो वर्ष घरेलु फुटबलका स्टारहरुलाई अनुबन्ध गरेर बलियो शक्तीको रुपमा उदाएको मछिन्द्रले अधिकांश समय आर्मीलाई दबाबमा राख्दै कडा चुनौती पेश गरेको थियो। मछिन्द्रलाई यो वर्ष सुरुवातबाट उपाधि दाबेदारका रुपमा हेरिएको थियो।

दशरथ रगंशालामा शनिबार भएको लिगको अन्तिम खेलमा आर्मी मछिन्द्र क्लवसँग १–० ले स्तब्ध भएको भयो। खेलअघिको अवस्था मछिन्द्रलाई भन्दा आर्मीका लागि सहज थियो। बराबरले आर्मी च्याम्पियन बन्न सक्थ्यो। मछिन्द्रलाई भने जित्नैपर्ने बाध्यता थियो।

मुखैमा आएको गाँस खोसिदा कति दुःख लाग्छ भन्ने तीतो अनुभव घरेलु लिगमा आर्मीले भोगेको छ। त्यस्तो नतिजा आर्मीले दुईपटक व्यहोर्नुपर्यो।

League photo 1

२०६१ सालमा लिग खेल्न सुरु गरेको आर्मीले २०६३ मा च्याम्पियन बन्ने सम्भावना थियो। अहिले जस्तै अन्तिम खेलमा आर्मीले बराबरी मात्र गर्दा उपाधि जित्ने अवस्था थियो।

च्याम्पियन बन्नका लागि नेपाल पुलिस क्लबलाई भने जित्नै पर्ने बाध्यता थियो। त्यो खेल पुलिसले जित्यो र पहिलो पटक च्याम्पियन बन्यो। आर्मी निराश भएर फर्कियो।

फेरि यसपटक पनि परिस्थिति ठ्याक्कै उस्तै आइपर्यो। मछिन्द्र नयाँ च्याम्पियन बन्दा आर्मी फेरि निराश बन्नुपरेको छ।

इतिहास दोहोरिएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले अन्तिम खेल सोचे जस्तो हुन नसकेको बताए। ‘आज गोल गर्ने अवसर नै सिर्जना गर्न सकेनौं। अन्तिम समयमा केही अवसर बने पनि सफल हुन सकेनौं,’ उनले भने, ‘गरेका केहि आक्रमणलाई पनि मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोके।’

खेलको ३५औं मिनेटमा गोलरक्षक विकेश कुथु घाइते हुनु आर्मीका लागि अर्को दुर्भाग्य बन्यो। चोटका कारण उनलाई मैदानबाट सोझै अस्पताल लानुपर्दा टोलीमा स्वभाविक रुपमा त्यसको मानसिक दबाब पर्यो।

उनको ठाँउ लिएका अर्का गोलरक्षक विवश चौधरीको प्रदर्शनमा भने प्रशिक्षक न्यौपाने सन्तुष्ट देखिए। तथापी टोलीको समग्र प्रदर्शन भने कमजोर रहेको उनले स्वीकारे। उनले भने, ‘हामीले लिगभर जसरी खेलेका थियौं, त्यस्तो प्रदर्शन गर्नबाट आजको निर्णायक खेलमैं चुक्यौं।’

इतिहास बनाउने अवसरमा चुक्दा न्यौपाने दुःखी बनेका छन्। उनले तय गरेको ‘एट्याकिङ’ रणनीति सफल हुन सकेन। ‘हाम्रो लागि त्यहि दुर्भाग्य भयो। इतिहास बनाउने अवसर थियो, त्यसमा हामी चुक्यौ,’ न्यौपानेले भने, ‘खेलाडीकै रुपमा पनि ४ पटक लिग उपाधि जितेको थिएँ। प्रशिक्षकको रुपमा जित्ने सपना थियो सफल हुन सकेन। केहि खड्किए जस्तो भएको छ।’

BharatKhawas withMedal

आर्मीका कप्तान भरत खवास पनि प्रशिक्षक न्यौपानको भनाईमा सहमत छन। ‘हामीले लिगका यसअघिका खेलमा जस्तो खेल्न सकेनौ।

एकपटक हैन २ पटक एउटै नतिजा दोहोरिएको छ,’ हारको जिम्मेवारी लिदै भरतले भने, ‘हामीले जुन जिम्मेवारी पाएका थियौं। त्यो पुरा गर्न सकेनौ। लिगमा व्यक्तिगत रुपमा म उत्कृष्ट फरवार्ड भएपनि टोलीलाई च्याम्पियन बनाउन नसकेकोमा दुःखी छु।’

नक्कली धानकाे बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

तीन क्लबबाट लिग जित्ने सौभाग्य

मछिन्द्र क्लब शहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेसँगै यसका कप्तान विराज महर्जनले तीन क्लबबाट देशकै ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने सौभाग्य प्राप्त गरे।

यसअघि थ्री स्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजनको उपाधि उचालेका विराजले यसपटक मछिन्द्रमा अनुबन्ध भएको पहिलो सिजनमै च्याम्पियन छवि कायमै राखेका हुन्।

गतवर्ष ५ वर्षपछि भएको ए डिभिजिन लिगको उपाधि पनि उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो। २००७ मा थ्री स्टारबाट घरेलु शीर्ष डिभिजन खेल्न सुरु गरेका विराजले त्यसको चारवर्षपछि थ्रीस्टारबाटै पहिलोपटक उपाधिको स्वाद चाखेका थिए।

थ्री स्टार छाडेर २०१६ मनाङसँग आवद्ध भएका विराजले गतवर्ष मनाङलाई कीर्तिमानी आठौंपल्ट लिग जिताउँदा कप्तानीको आर्मब्याण्ड बाधेका थिए।

यस सिजनका लागि उनीसहित स्टार खेलाडीलाई मछिन्द्रले लिग जित्ने उदेश्यसहित अनुबन्ध गरेको थियो। शनिबार भएको आर्मीविरुद्धको लिगको अन्तिम खेल १–०ले आफ्नो पोल्टामा पारेसँगै विराज सम्मेलित मछिन्द्र नयाँ च्याम्पियन बन्यो।

दोस्रो हाफको अन्त्यतिर मैदान छिरेका विराजले आफ्नो डिफेन्डिङ च्याम्पियनको छवि समेत कायम राखे। ‘एकदमै खुशी छु। यो मेरा लागि एकदमै ठूलो सौभाग्य हो,’ तीन क्लबबाट उपाधिको ह्याट्रिक गरेपछि विराजले भने, ‘यस्तो अवसर सबै खेलाडीले पाउदैँनन्। तीन क्लबबाट उपाधिको स्वाद चाख्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु।’

अघिल्लो सिजनमा अन्तिम दोस्रो स्थानमा रहेको टिमलाई च्याम्पियन बनाएर उपाधि उचाल्नुको सफलता विशेष त छ नै तर विराज भने तीनवटै क्लबबाट जितेका उपाधिहरु समान भएको बताउँछन्।

‘खेलाडीकसैले पनि हार्न चाहान्न। मेरालागि तीनवटै उत्तिकै महत्वपूर्ण छन्। म तीनवटै क्लबबाट जितेका ट्रफीमध्ये कोहीभन्दा कोही महत्वपूर्ण भनेर छुटाउँन सक्दिन,’ विराजले भने।

यसपटकको लिगमा मनाङमा हेभिवेट खेलाडीहरुलाई भित्र्याउँदै मछिन्द्रले सुरुदेखि नै उपाधिको दाबेदार गरिरहेको थियो। क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराजसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, देबेन्द्र तामाङ, अभिशेक रिजाल, अफ्रिकी मूलका एडेलेजा सोमिडेलाई साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबबाट भित्र्याएको थियो।

यस्तै अर्को दाबेदार क्लब थ्रीस्टारका विदेशी खेलाडी पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल र बुद्ध चेम्जोङलाई समेत मछिन्द्रले ठूलो रकम खर्चेर अनुबन्ध गरेको थियो। क्लबको आफूहरुमाथि खर्चेको रकमको प्रतिफलस्वरुप आफूहरुले उपाधि जित्न पाउँदा विराजले खुशी व्यक्त गरे।

‘यो मछिन्द्र क्लबका लागि सबैभन्दा ठूलो खुशीको दिन हो,’ अघिल्लोवर्ष पुछारबाट दोस्रो स्थानमा रहेपछि एक अंक गुमाएको मछिन्द्रबारे विराजले भने, ‘क्लबले फुटबलमा जुन लगानी गरेको थियो। त्यसको प्रतिफल दिन पाउँदा हामी(खेलाडी)एकदमै गौरवाम्वित र खुशी छौं। फुटबलले लगानी गरे त्यसले नतिजा दिन्छ भन्नेपनि यो उदाहरण हो।’

सुखद अन्त्यको पखाई
राष्ट्रिय फुटबल टिमका डिफेन्डर विराज नेपाली जर्सीमा सबैभन्दा बढि खेल खेल्ने खेलाडी पनि हुन्। तर, पछिल्लो समय भने उनी टिममा पर्न संघर्षरत छन्। बढ्दो उमेरका कारण पनि उनले सन्न्यासको मुड बनाइसकेका छन्।

लिग जितेपछि राष्ट्रिय टिममा फर्कने भन्दा पनि सुखद विदाईको पखाई विराजलाई छ। उनी भन्छन्, ‘सबै खेलाडीको आफ्नो समय आउँछ। मैले मेरो जिम्मेवारी पूरा गरिसकेँ। अब राष्ट्रिय टिममा आउने भन्दा पनि नयाँ पुस्तालाई स्थान दिनुपर्छ जस्तो लाग्छ। मैले ‘सेफ ल्याडिङ’को सोचमा छु। सबैलाई खुशी पारेर जान्छु।’

विराजले आफूले सन्न्यास लिनेबारे एन्फा पदाधिकारीलाई बताइसकेका छन्। सम्भवत आगामी चैत्रमा घरेलु मैदानमा हुने चाइनिज ताइपे वा अष्ट्रेलियाविरुद्धको खेलबाट विराजले बुट थन्काउनेछन्।

जीप दुर्घटना: मन्त्रीसहित पाँचजना घाइते 

मछिन्द्रले पहिलोपटक उचाल्यो ए डिभिजन लिगको उपाधि

लिगको अन्तिम खेलमा जित्नै पर्ने दबाबका बिच मछिन्द्रले नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको हो।

आजको खेलमा बराबरी खेलेको भएपनि आर्मीले उपाधि उचाल्ने थियो। लिगको १२ खेल सम्पन्न भइसक्दा शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक थियो दोस्रो स्थानको मछिन्द्र एक अंकले मात्र आर्मीभन्दा पछि थियो।

आर्मीलाई पराजित गर्दै मछिन्द्रले ३१ अंक जोड्दै लिग उपाधि पहिलोपटक जितेको हो। यससँगै आर्मी २९ अंकसहित दोस्रो स्थानमा सिमित बन्यो।

मछिन्द्रले पहिलो हाफको ३३ औं मिनेटमै सुरुवाती गोलको अग्रता लिएको थियो। रन्जीत धिमालको फ्रिकिक बल बिकाश तामाङलाई लागेर डिफ्लेक्ट हुँदै आर्मीको पोस्टमा पुगेको थियो।

पहिलो हाफमै मछिन्द्रले गोल गरेपछि खेल निकै रोमान्चक बनेको थियो। तर निकै आक्रमक रुपमा प्रस्तुत भएको आर्मीले पाएको अवसर पनि गुमाउँदा कुनै गोल गर्न सकेन। अन्ततः खेल १–० मै सम्पन्न भयो।

यससँगै उपाधि विजेता मछिन्द्रले ५० लाख जितेको छ भने उपविजेता आर्मीले ३५ लाख रुपैयाँ जितेको छ।

यस सिजन सरस्वती युथ क्लब १३ खेलमा मात्र ४ अंक जोड्न सफल भयो। सरस्वती एक खेल अगावै बी डिभिजनमा रेलिगेट भएको छ।

लिगका उत्कृष्ट

युवा खेलाडीः दर्शन गुरुङले प्राप्त गरे १ लाख रुपैयाँ

गोलरक्षकः मछिन्द्रका दीप कार्कीले पाए १ लाख ५० हजार

मिडफिल्डरः मछिन्द्रका विशाल राईले पाए १ लाख ५० हजार

फरवार्डः आर्मीका भरत खवासले पाए १ लाख ५० हजार

प्रशिक्षकः मछिन्द्रका प्रबेश कटवाल

लिगका शीर्ष पाँच टोली

१. मछिन्द्र क्लबः ३१ अंकसहित शीर्ष स्थानमा
२. त्रिभुवन आर्मी क्लबः २९ अंकसहित दोस्रो स्थानमा
३. मनाङ मस्र्यांदीः २८ अंकसहित तेस्रो स्थानमा
४. थ्रीस्टार क्लबः २६ अंकसहित चौथौं स्थानमा
५. नेपाल पुलिस क्लबः २० अंकसहित पाँचौ स्थानमा

हालसम्मका ए डिभिजन लिग विजेता

मछिन्द्र क्लब १ः बि.सं २०७६
मनाङ-मस्र्याङ्दी ८ – २०४३,२०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५
आरसीटी ६ – २०२८, २०२९, २०३०, २०३६, २०३८, २०४१
थ्री स्टार ४ – २०५४, २०५५, २०६१, २०६९
एनआरटी ४- २०१७, २०१९, २०३५, २०५२
नेपाल पुलिस ३- २०६३, २०६७, २०६८
संकटा ३- २०३७, २०४०, २०४२
महावीर ३- २०११, २०२३, २०२६

चिकित्सक नहुँदा सर्पदंश केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा बन्द

नेपालकी प्रेरणा र भारतका अमनलाई जुनियर यु–१८ को उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आईटीएफ)को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फको उपाधि प्रेरणा कोइरालाले जितेकी छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाइनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६–४ ०–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन्।

यता, पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे। दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफनो नाममा लेखाउँदै ३० अंक जोडे।

अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक तथा कास्की जिल्ला टेनिस संघका सल्लाहकार सूर्य भुजेलले बताए।

पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो। गतवर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको थियो।

अर्यालसहित तीन जना सचिवमा सिफारिस

उपाधि छिनोफानो हुने खेलमा मछिन्द्रले आर्मीविरुद्ध लियो अग्रता

आज नेपाल आर्मी र मछिन्द्रमध्ये जुन क्लबले खेल जित्छ उसैले ए डिभिजन लिग जित्नेछ।

जारी खेलमा मछिन्द्रले आर्मीविरुद्ध गोल गर्दै लिग जित्ने सम्भावना बलियो बनाएको छ।

पहिलो हाफको ३५ औं मिनेटमा मछिन्द्रले आर्मीविरुद्ध गोल गरेको हो। रन्जीत धिमालको आकर्षक फ्रिकिकमा मछिन्द्रले अग्रता लिएको हो।

खेल दशरथ रंगशालामा भइरहेको छ। 

आजको खेलमा आर्मीले बराबरी मात्र गरे पनि उपाधि आफ्नो पक्षमा पार्नेछ।

सहिद स्मारक ए डिभिजन लिगको १२ खेल सम्पन्न भइसक्दा शीर्ष स्थानको आर्मीको २९ अंक छ। दोस्रो स्थानको मछिन्द्र एक अंकले मात्र आर्मीभन्दा पछि छ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

वुहानमै रोकिए १० जना नेपाली, १७५ जना काठमाडौं उडे

चीनको वुहानबाट राती नेपाल उड्ने तयारीमा रहेका १८५ जना नेपाली विद्यार्थीमध्ये १० जना उतै रोकिएका छन्।

१० जनामध्ये ६ जना स्वास्थ्यका कारण र ४ जना आफैं उतै बस्न खोजेकाले राकिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी चीनको समय अनुसार शनिबार राती १२:५२ बजे  वुहानबाट काठमाडौंका लागि उडेका छन्। नेपाल वायुसेवाको चार्टर्ड विमानबाट उनीहरू नेपाली समय अनुसार आइतबार बिहान ४ बजे काठमाडौंमा अवतरण गर्नेछन्।

वुहान कोरोनाभाइरसको उद्गमस्थल हो, जहाँबाट हुपेई प्रान्तमा छरिएर रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काइएको हो।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो।

काठमाडौंका लागि उडेका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ।

वुहानबाट काठमाडौं उडेका १७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन्।

१७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन्।

‘काठमाडौं उड्नुअघि वुहान विमानस्थलमा उनीहरू सबैको स्वास्थ्य जाँच गरिएको छ’, दूतावासका उपप्रमुख सुशील लम्सालले बेइजिङबाट भने, ‘नेपाल फर्कन आवेदन दिएका १८५ जनामध्ये ४ जनाले यतै बस्ने निर्णय गरेका छन् भने ६ जनाले स्वास्थ्यका कारण उडान अनुमति पाएनन्।’

मध्य चीनको हुपेइ प्रान्तका विभिन्न शहरबाट नेपाल फर्किन वुहान पुगेका विद्यार्थीमध्ये स्वास्थ्यका कारण एक परिवारका तीन जना र अर्को एक जना पुरुष गरि चार जना वुहान विमानस्थलमै रोकिएका हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमडी गरिरहेका जागरनाथ साहले बताए। 

स्वास्थ्यका कारण रोकिने अन्य दुई जनाबारे साहले पनि खुलाएनन्।

‘नेपाल आउन लागेका सबैको वुहान विमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा एक परिवारका श्रीमान, श्रीमती र बच्चा तथा अर्को एक जनामा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम भेटियो’, साहले भने, ‘त्यसपछि उनीहरूलाई चीनको स्वास्थ्य प्रसाशनले उड्ने अनुमति नदिएको हो।’

शरीरमा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम शंकास्पद मानिने भएकाले उनीहरुलाई चीनकै अस्पतालमा राखेर उपचार गरिने यसअघि नै टुंगो लागिसकेको छ। ज्वरो देखिएकाहरूको थप स्वाथ्य परिक्षणपछि मात्रै कोरोनाभाइरसको संक्रमण भए नभएको पत्तो लाग्नेछ।

wuhanair2

आइतबार बिहान ४ बजे काठमाडौंमा अवतरण गरेपछि ती विद्यार्थीको फेरि विमानस्थलमै स्वास्थ्य परिक्षण गरिने छ। स्वास्थ्य रहेका विद्यार्थीलाई १४ दिनसम्म भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा क्वारेन्टाइनमा राखिने छ। विमानस्थलमा स्वास्थ्य परिक्षण गर्दा यदि कसैको स्वास्थ्यमा तापक्रम बढी भेटिएमा सिधै अस्पताल लगेर उपचार गरिने छ।

जहाजमा रहेको ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टरलाई नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिनेछ।

नेपालले चीनलाई सहयोगस्वरुप दिएको एक लाख थान मास्क पनि नेपाल वायुसेवाको त्यही चार्टर्ड विमानबाट वुहान पठाइएको थियो। उक्त मास्क शनिबार राती नै वुहान विमानस्थलमा हुपेई च्यारिटी फेडरेसनलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

नेपाली दूतावास बेइजिङले वुहानबाट नेपालीको उद्दार प्रक्रियामा पूर्ण सहयोग गरेको भन्दै चीनको परराष्ट्र मन्त्रालयलाई धन्यवाद दिएको छ। दूतावासले चीनको नागरिक उड्यन प्रशासन, हुपेई प्रान्तको विदेश मामिला कार्यालय, हुपेईका सम्बन्धित विश्वविद्यालयहरू, वुहान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सहयोगका लागि धन्यवाद दिएको छ।

 

कार्यकाल सकिने बेला देउवाको अनौठो दाउ !

सकेट बम र रेडबुल बमसहित ५ जना पक्राउ

संखुवासभाको चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ बस्ने निमनेम्बा शेर्पा रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा ती बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो।

त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तातोपानीमा मह र कागती मिसाएर पिउनुको फाइदा

‘कोरोनाविरुद्धको चिनियाँ प्रयासले सकारात्मक परिणाम दिइरहेको छ’

हालै राष्ट्रसंघमा बोल्दै झाङले चीनको कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयासहरु सफल भइरहेकाले आफू यस भाइरस नियन्त्रण हुनेमा ढुक्क भएको बताए।

सामाजिक विकासका लागि संयुक्त राष्ट्रसंघ कार्यक्रमको ५८ औं सत्रमा झाङले चीनले राष्ट्रसंघको आर्थित तथा सामाजिक विकासका लक्ष्य हासिल गर्ने बताउँदै कोरोनाभाइरसबारे पछिल्लो जानकारी दिएका थिए।

सो क्रममा उनले चीनले आफ्ना सबै शक्ति, विज्ञ तथा दक्षता कोरोना भाइरस नियन्त्रणमा लगाएको बताए।

उनले संक्रमितका लागि दुईवट अस्पताल १० दिनमै निर्माण गरिसकेको बताउँदै हजारौं कारोना संक्रमित उपचार पछि घर फर्किएको पनि जानकारी दिए। सिन्ह्वा

Image result for Zhang Jun

झाङ

मेयर सापकोटा भन्छन्: मेरो लागी खादा माला र मायाको चिनो कष्ट नगर्नुस्।