Home Blog Page 1323

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

कास्की, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी […]

मोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल

बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

चितवन, ४ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र […]

साताको शेयर बजार : साढे १८ अर्बको कारोवार

चीनबाट फर्केका विद्यार्थी भन्छन्: सरकारले हामीले सोचेभन्दा राम्रो व्यवस्था गरेको रहेछ

चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै स्वदेश ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइन व्यवस्थापनमा उनीहरू सन्तुष्ट बताएका छन्।

‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो नै गरेको छ,’ क्वारेन्टाइनमा रहेका पीएचडीका विधार्थी अशोक साहले भने, ‘साबुन, पानी , बेड, चप्पलहरु सबै अलग अलग छ। दिइएको छ। हामी व्यवस्थापनबाट सन्तुष्ट छौं।’

कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तबाट शनिबार राति नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत उनीहरूलाई स्वदेश ल्याइएको हो।

आइतबार बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरूलाई त्यहीं स्वास्थ्य जाँच गरेपछि मात्रै ६ वटा बसमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्याइएको हो।

कोरोना भाइरस संक्रमणका लक्षण १४ दिनमा देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइन अर्थात् परिवारलगायत अन्य स्वस्थ मानिसको सम्पर्कबाट टाढा सुरक्षित स्थलमा राखिएको हो।

क्वारेन्टाइनमा विभिन्न चार वार्डमा चीनबाट ल्याइएका नेपालीहरु राखिएको छ। उनीहरुलाई बिहानको खाजा दिइसकिएको छ। एक कोठामा तीन बेड राखिएका छन्। एकअर्कासँग बोल्न दिइएको छ तर बाहिर ननिस्कन भनिएको साहले बताए। एयरपोर्टबाट बिहान बसमा चढाउँदा सबैको स्वास्थ्य जाँच गरिदा सामान्य देखिएपछि क्वारेन्टाइनमा उनीहरुको थप चेकजाँच भएन।

तर, बेला बेला चिकित्सकहरु आइरहने र केही समस्या भए तत्काल खबर गर्न भनेको साहले बताए। दैनिक कार्यतालिका भने अहिलेसम्म उपलब्ध गराइएको छैन। साँझसम्म विस्तृतमा थाहा हुने उनी बताउँछन्।

इन्टरनेटको सुबिधाले साथीभाई, परिवारसँग कुरा गर्न तथा अध्ययनमा सजिलो भएको उनी बताउँछन्।

‘यहाँ वाइफाइ पनि छ। यसले साथी, परिवारसँग तथा चीनमा प्राफेसरहरुसँग कुरा गर्न सजिलो हुन्छ,’ उनले थपे, ‘चीनमा हामी मोबाइलको सिम नै फालिदिन्थ्यौं। नेट मै काम हुन्छ। नेपालमा डाटा पनि महँगो छ। आज बिहानमात्रै ४० रुपैयाँमा दुई सय एमबी लिएको, सबै सकिसक्यो। त्यसैले मैले इन्टरनेटमा बढि जोड दिएको थियो।’

क्वारेन्टाइनमा रहेका अर्का विधार्थी चन्द्रभुषण यादवले इन्टरनेट निकै स्लो भएकाले काम गर्न समस्या भएको गुनासो गरे।

चीनका ओलम्पिक विजेता पौडिबाज सनलाई ८ वर्षको खेल प्रतिबन्ध

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा सफाइ तिब्र

महाशिवरात्रि (९ फागुन) को तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ।

वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मीले पशुपति क्षेत्रमा सफाइ गरेका हुन्। सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानमा सहभागी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सफाइमा सहभागी भएका थिए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीको पर्व महाशिवरात्रिका अवसरमा कोष लगायत स्थानीय संस्थाको सक्रियतामा एक हप्ता अघिदेखि नै पशुपति क्षेत्रमा दैनिक सफाइ अभियान चलिरहेको छ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ पनि महाशिवरात्रिका लागि वाग्मतीको पानी कञ्चन देखाउन केन्द्रित भएको छ। यस अवसरमा शनिबार सर्वेश्वर प्रतीक्षालय क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थीको समेत उत्साहजनक सहभागिता थियो।

यसैबीच शनिबार उपत्यकाको रुद्रमती सफाइको छ वर्ष प्रवेशका अवसरमा विशेष कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल, पूर्व मन्त्री एवं सांसद गगनकुमार थापा लगायत अभियानकर्मीले नदी सफाइका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए।

मनोहरा सफाइको १५२ औँ हप्तामा बालकुमारी पुलमुनिको क्षेत्रमा सफाइ गरियो। सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दँगालले जानकारी दिए।

चक्रपथ पश्चिम खण्ड सफाइको १३२ औँ हप्तामा सीतापाइला चोक सोल्टीदोबाटो क्षेत्रमा सफाइ गरियो। सफाइमा उत्साहजनक सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो।

विष्णुमती, वाग्मतीको तिलगंगा र सुन्दरीघाट, चक्रपथको उत्तरी भेगमा पनि सफाइ गरिएको छ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई उपत्यका लगायत देशभर १०६ स्थानमा सफाइ भइरहेको छ।

सामुदायिक वनमा जडीबुटी खेती

गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती

प्रेमलकुमार खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण नभएको बारे गम्भीर ध्यानाकर्षण गराउँदै उल्लेख गरिएको छ, पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुट सक्रिय रहेको, पार्टीभित्र घात÷अन्र्तघात र अराजकताका प्रवृत्ति कायम रहेकाले पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरा दिन दिनै बढ्दै गएको छ । आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ । यस अवस्थालाई नियाल्दा अनुशासन कायम गर्ने र गुटबन्दी नियन्त्रण गर्ने कार्य चुनौतीको रूपमा रहेको देखिन्छ ।

वास्तवमा कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, कार्यशैलीका मामलामा अन्य बुर्जुवा पुँजीवादी पार्टीभन्दा फरक पहिचान र चरित्रले युक्त पार्टी हो । कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनमा माक्र्स र लेनिनले प्रतिपादन गरेको माक्र्सवादी संगठनात्मक सिद्धान्तलाई कम्युनिस्ट पार्टीले अनुशरण गर्दै आएका छन् । पार्टीभित्र विधि, अनुशासन र एकताको लागि पार्टीको नीति र विधानको अक्षरशः पालना गर्ने र पार्टीको कार्यशैली र जीवनशैलीकै रूपमा आत्मसात् गर्ने गरिएका कारण कम्युनिस्ट पार्टीमा अन्य पार्टीमा भन्दा अनुशासन र एकताको मामलामा विशिष्ट पहिचान कायम भएको
मान्यता राखिन्छ ।

कम्युनिस्ट पार्टीमा अनुशासन र एकता कायम गर्ने÷गराउने कार्य नेतृत्वको व्यवहारमा भर पर्दछ । तसर्थ, नेतृत्वले हरहमेशा पार्टीभित्र फलामे अनुशासन, चट्टानी र एकता कायम गर्न गराउन ध्यान दिनुपर्छ । भनिन्छ, पानीको मुहान स्वच्छ भए सफा, निर्मल पानी बगेर तलसम्म जान्छ । त्यसैगरी, पार्टी सञ्चालनका क्रममा नेतृत्वले विधि र विधानको अक्षरशः पालना गरेर नेतृत्व गर्ने बित्तिकै कमिटीभित्र सबैले विधि र विधानको अनिवार्य पालना गर्ने स्थिति हुन्छ र मातहत कमिटी पनि यसरी नै सन्चालन हुने स्थिति हुन्छ । जब पार्टी विधि र विधानबाट सञ्चालन हुँदैन, निर्णय प्रक्रियामा संस्थागत परिपाटीको अनुकरण हुँदैन, जिम्मेवारी र अवसर प्रदान गर्दा विधि र पद्धतिको अनुशरण हुँदैन । पार्टीको कमिटिको बैठकभित्र विगतमा आफ्नो सिंहवालोकन, आलोचना, आत्मआलोचना गर्ने परिपाटी हँुदैन । जब व्यक्तिले गरेको कामको उचित र वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्ने, प्रशंसा गर्ने, राम्रो काम गरेकालाई उचित जिम्मेवारी दिने र अनुशासनहीन काम गर्नेलाई आलोचना र कारबाही हुँदैन । तब कम्युनिस्ट पार्टीभित्र समस्या उत्पन्न हुन थाल्दछ । नेतृत्वप्रति आलोचना, टिप्पणी सुरु हुन्छ । कमिटीको बैठक नियमित नबस्दा कमिटीभन्दा बाहिरसम्म गएर विचार व्यक्त गर्ने खालको गतिविधि बढ्दै जान्छ र त्यसैले पार्टीभित्र समूहवाद वा गुटवादको जन्म हुन थाल्दछ ।

कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रियता तथा अनुशासन र स्वतन्त्रताको सन्तुलित अभ्यासले अनुशासन र एकता कायम हुन्छ । कमिटीभित्र सबैले विषय केन्द्रित विषयमा आफूलाई लागेको कुरा राख्न पाउने, दोहोरो छलफल हुने अभ्यासले नै कम्युनिस्ट पार्टीभित्र जनवादी अभ्यासको थालनी हुन्छ । बैठकभित्र छलफल गरेर निर्णय गरिएका विषय बिनाशर्त सामूहिक तबरले कार्यान्वयन गर्ने विषय केन्द्रियता हो । जनवादको माग गर्ने तर केन्द्रियता नमान्ने अर्को अराजकतावादी गतिविधि हो र कमिटीभित्र छलफलमा भाग लिएपछि आफूले भनेजस्तो निर्णय भए ठीक, आफूले भने जस्तो निर्णय भएन भने बेठीक भन्ने सोच÷पद्धति गलत हुन्छ ।

यस्तै कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रता अर्को महŒवपूर्ण विषय हो । कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउने भनेको अनुशासनका विधि र पद्धतिले नै हो ।
यसैले कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अनुशासनको डन्डाचाहिँ लगाउने तर अभिव्यक्तिको स्वतन्त्रता नदिने हो भने अनुशासन र स्वतन्त्रताका बीचमा सन्तुलित अभ्यास हुँदैन । यस्तो असन्तुलित अभ्यासले पार्टीभित्र निरंकुशता, स्वेच्छाचारिता बढेर जान्छ र यसको प्रत्युत्पादकको रूपमा अन्यायको महसुस गर्नेले नेतृत्वको आलोचना, टिप्पणी गर्न थाल्दछन् र यस्तै अन्यायमा परेकाको, मन मिल्नेको छुट्टाछुट्टै समूह बन्न थाल्छ र गुट जन्मन थाल्दछन् ।

पार्टीभित्र गुटबन्दी बढ्दै जाँदा एकअर्को बीच बोलचाल नगर्ने, हार्दिकता नदेखाउने, अप्ठेरो, सारो गाह्रोमा साथ नदिने, सामाजिक संस्कारअन्तर्गत विवाह, व्रतबन्ध, मृत्युजस्ता संस्कारमा पनि भेटघाट नगर्ने, सम्मका घटना हुनेगर्छन् । यति मात्रै होइन, निर्वाचनका बखत घात, अन्तरघात गर्ने, पराजित गराइदिने, प्रतिस्पर्धी पार्टीका उम्मेदारलाई जिताउन भित्रभित्रै लाग्ने खालका घटना पनि हुने गरेका छन् । कम्युनिस्ट पार्टीभित्र गुटबन्दी जन्मने अनेक कारण छन् । खास गरी समाजको प्रतिबिम्ब कम्युनिस्ट पार्टीभित्र पर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको विकास जसरी भएको छ, त्यसको प्रभाव कम्युनिस्ट आन्दोलनमा पर्दै आएको छ ।
समाज अब पुँजीवादी चरणमा प्रवेश गरेको छ । समाजमा विकसित भएको पुँजीवादले अहिले दलाली चरित्र लिएको छ । रातारात धनी बन्ने, धन, सम्पत्तिको हैसियत देखाएर पार्टीभित्र व्यक्ति प्रवेश गर्ने ढंगले दलाल पुँजीवादले टाउको उठाउँदै छ । अर्कोतिर सामन्ती शासन व्यवस्थाको अन्त्य भए पनि व्यक्तिका आनीबानी व्यवहार र संस्कृतिमा सामन्ती संस्कार, संस्कृति हट्न सकेको छैन । कम्युनिस्ट पार्टी खुला छ, पार्टीबीच प्रतिस्पर्धा पनि चलिरहेको छ । ठूलो पार्टी बनाउने नाममा धमाधम मानिस पार्टीमा प्रवेश गरेका छन् ।

यस क्रममा कम्युनिस्ट पार्टीभित्र पनि ठूलो संख्यामा मानिस प्रवेश गरिरहेका छन् । विचार, दृष्टिकोण, बानी बेहोरा माक्र्सवादी, सर्वहारावादी दृष्टिकोण राख्ने मानिसभन्दा पनि समाजमा जस्तो आनीबानी र संस्कारमा हुर्किएका छन्, तिनै मानिस पार्टीमा प्रवेश गर्ने गर्छन् । तर, उनीहरूलाई रूपान्तरण गर्ने, सर्वहारावादी दृष्टिकोण र चेतको विकास गर्ने गराउने पार्टीमा ठोस, योजना, नहुँदा स्वाभाविक रूपमा अस्वस्थ्य गतिविधि हुने र यसबाट नै गुट÷समूह निर्माण
हुनेगर्छन् । कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता सञ्चालन हुन थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडल बढ्न थालेपछि राजकीय सुविधा पाउने र नपाउने बीचको खाडलले पनि पार्टीभित्र दुई खालको वर्ग उत्पादन गर्दै छ । राज्यबाट सुविधा पाउने नयाँ अभिजात वर्गको र नपाउने चाहिँ निम्न वर्गको जस्तो देखिने स्थितिले पनि पार्टीभित्र नयाँवर्गको निर्माण हुँदै छ ।

कम्युनिस्ट पार्टीभित्र गुटबन्दीलाई अन्त्य गर्न प्रथमतः पार्टीलाई विधि र विधानबाट सञ्चालन गर्न ध्यान दिनुपर्छ । विधानअनुसार नियमित बैठकको आयोजना गर्ने, बैठकमा पूर्व निर्धारित विषयमा छलफल गर्ने, बैठकमा सबैका विचार र भावनालाई मुखरित गर्ने गराउने, पार्टीको हित नेतृत्वका कमी कमजोरीका सुझाव र आलोचनालाई सम्मानका साथ आत्मसात गर्ने परिपाटीको थालनी हुँदा स्वाभाविक रूपमा पार्टीभित्र हार्दिकता, मित्रता, एकता र कमरेडली भावनाको विकास हुन्छ, यसैको जगमा विचार र व्यवहारमा एकता कायम भएर जान्छ र सिंगो पार्टीमा एकमना एकता कायम हुन्छ, यस्तो स्थितिमा छुट्टै खालका समूह, गुट क्रमशः समाप्त भएर जान्छन् ।

दोस्रो, पार्टीभित्र जिम्मेवारी, अवसर प्रदान गर्दा व्यक्तिको योग्यता, क्षमता, वरिष्ठता, अवसर पाए नपाएको आदि जस्ता विधि र नीति बनाएर जिम्मेवारी प्रदान गर्ने नीति अवलम्बन गर्दा व्यक्तिले जिम्मेवारी र अवसरमा न्याय प्राप्त गर्दछन् । तेस्रो, पार्टीभित्र राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवका सवालमा अनेक धारणा र विचार हुन सक्छन् । सबै विचारलाई प्रकट गर्ने अवसर दिनुपर्छ । माओत्सेतुुुङले सयौं फूललाई फुल्न देऊ भनेझैं पार्टीभित्र व्यवस्थित ढंगले छलफल, वहस र संघर्ष हुने दिने व्यवस्था गर्नुपर्छ, तर बैठकबाट निर्णय भएका विषय वा दृष्टिकोणलाई शिरमा राखेर व्याख्या, विश्लेषण गर्ने प्रचारप्रसार गर्ने कार्यको सुनिश्चित गरिनुपर्छ, चौथो पार्टीको महाधिवेशन । अधिवेशनमा समूहबन्दी भएर निर्वाचन लड्ने र निर्वाचन जित्न जेजस्तो अस्वथ्य कार्य गर्ने खालको हालको निर्वाचन प्रणालीको सट्टा कार्यसम्पादनका आधारमा नेतृत्व छनोट गर्ने परिपाटीको थालनी गरेमा गुटबन्दी अन्त्य गर्न मद्दत पुग्ने विश्वास लिन सकिन्छ ।

The post गुटबन्दी अन्त्यको प्रतिबद्धता : कार्यान्वयनमा चुनौती appeared first on Rajdhani Daily News.

पार्टी फुट्छ भन्नु निराधार हो : भीम रावल

नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम

काठमाडौं । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक खण्डको स्तरोन्नतिको काम सुरु गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम सुरु गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ । आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियालगायतले शनिबार त्यस क्षेत्रको अनुगमन गरेका छन् । सम्बन्धित निकायलाई जिम्मेवार र जवाफदेही बनाउन र केकस्तो काम भइरहेको छ भनेर अनुगमन गरिएको मन्त्री नेम्वाङले बताए । गत दसैंको समयमा स्वयं प्रधानमन्त्रीले यस बाटोको सन्दर्भमा निर्देशन दिनुपर्ने अवस्था आएकाले अहिले समयमा नै यस क्षेत्रमा काम थालिएको मन्त्री नेम्वाङले बताए ।

अनुगमनका क्रममा मन्त्री नेम्वाङले यातायात र यात्रु सबैलाई हेरेर ठीक ढंगले समयमा नै काम सम्पन्न गर्न निर्देशनसमेत दिए । मुख्य नाका भएको र सडक मर्मतका क्रममा केही असुविधा हुने भएपनि निर्माण समयवाधिसम्म धैर्य गरिदिन सबैसँग आग्रह गर्दै उनले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारले जोड दिएको बताए । ‘ठूला आयोजना सम्पन्न गर्दै लैजाने र काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउने काममा लागेको छु, साना साना प्रत्यक्ष जनता र यात्रुसँग सम्बन्धित विषय पर्दछन् तिनलाई ध्यान दिने कुराको अभियान सुरु भएको छ,’ उनले भने ।

झन्डै दुई साता सवारी आवागमनमा बाधा
१०–१० मिनेटको अन्तरमा एकतर्फी सडक खुलाइँदै
मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनुगमन

प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीले पहिलो चौमासिकमा मन्त्री र सचिवलाई सम्बोधन गर्ने क्रममा खाल्टाखुल्टी पुर्ने र कालोपत्रे गर्न दिएको निर्देशनअनुसार काम भइरहेको बताए । ‘काठमाडौंले हेर्ने ९५ वटा सडक, ललितपुरले हेर्ने ३८ वटा र भक्तपुरले हेर्ने १९ वटा सडकहरूमा तालिका बनाएर खाल्टाखुल्टी पुर्ने र स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ,’ उनले भने ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले सरकारले खाल्टाखुल्टी र कालोपत्रे पुर्ने कामलाई तीव्रता दिएको बताउँदै नागढुंगा खण्डमा ८/१० दिनसम्म सवारी आवतजावतमा सामान्य समस्या देखिने बताए । ‘नागरिकलाई पनि सहज होस् काम पनि होस् भनेर व्यवस्थापन गरेका छौं,’ उनले भने, दिउँसो पिक आवरभन्दा बाहेकको समय काम गर्ने भन्ने छुट्याइएको छ, राति काम गर्ने प्रयास गरिए पनि कालोपत्रे गर्न तापक्रम नपुग्ने भएकाले दिउँसो नै गर्नुपर्ने बाध्यता छ ।’

उनका अनुसार १०/१२ मिनेटसम्म एकतर्फी सवारी रोक्ने र पुनः १०/१२ मिनेट अर्कोतर्फीको सवारी रोकेर अवातजावत गराउने काम भइरहेको छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले डिभिजनले स्तरोन्नति र मर्मतका काम गरिरहेका विभिन्न स्थानमध्ये यो सबैभन्दा कठिन स्थान भएको बताए । ठाडो उकालो सडक र सवारी साधनको उच्च चाप भएकाले काममा सहज नभए पनि त्यसलाई व्यवस्थापन गरेर काम भइरहेको उनले बताए । डिभिजनले चालू आवमा झन्डै ४१ किमि सडकमा कालोपत्र थप्ने काम गरिरहेकामा १० किमिमा काम भइसकेको उनले बताए ।

सो सडकमा काम गरिरहेको निर्माण व्यवसायी वल्र्डवाइड कन्सट्रक्सनका प्रतिनिधि रामशरण बुढाथोकीले व्यस्त सडक भए पनि सबै पक्षबाट सहयोग मिलेकाले नियमित रूपमा अघि बढिरहेको बताए । उनले १० दिनमा काम सम्पन्न गर्ने लक्ष्य राखे पनि सामान ल्याउन केही समस्या भएकाले १२/१३ दिनमा काम सम्पन्न गर्ने बताए ।

The post नागढुंगा सडकखण्डको स्तरोन्नति धमाधम appeared first on Rajdhani Daily News.

आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

मुलुक विकासको गतिमा लम्किँदै छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी विकासको गतिमा लम्केको बताएका हुन् ।

प्रधानमन्त्री
ओलीले सरकार गठनको
दुई वर्ष पुगेको
उपलक्ष्यमा संघीय संसद्को प्रतिनिधिसभालाई
सम्बोधन गर्दै दुई वर्षको
समयमा नीतिगत रूपमा
काम गरेको र
अबका दिनमा देखिनेगरी
विकासको बाटोमा लम्कने बताए
। उनले सरकारको
काम कारबाहीको विषयमा
नकारात्मक प्रश्न उठ्ने गरेको
बताउँदै भएका सकारात्मक
विषयलाई विशेष महŒव
दिनुपर्ने बताए ।

उनले आफ्नो कार्यकालमा प्राप्त
उपलब्धिको फेहरिस्त पनि सुनाए
। करिब ७०
मिनेट एकल सम्बोधन
र सांसदहरूको प्रश्नको
जवाफ दिन करिब
२० मिनेट खर्चिएका
प्रधानमन्त्री ओलीले सरकारले गरेको
कामको सकारात्मक समीक्षा
गर्न आग्रह गरे
। उनले एमसीसी,
नेपाल ट्रस्टको जग्गा
भाडाको प्रसंग, ललिला निवास
जग्गा अतिक्रमण, वाइडबडी,
सुन तस्करीलगायतका विषयमा
आफूहरूले सफलता हासिल गरिरहेको
सुनाए । उनले
एमसीसी कम्प्याक्टअन्तर्गत निर्माणको कार्य सम्पन्न
गर्ने योजना दीर्घकालीन
महŒवको मात्र
नभएर नेपालको अपार
जलविद्युत् सामथ्र्यको उपयोगमा कोसेढुंगा
हुने बताए ।
उनले भने, ‘आगामी
पाँच वर्षभित्र यस
आयोजनाको निर्माण कार्य पूरा
भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक
व्यापार, भुक्तानी सन्तुलन र
ऊर्जा उपयोगको तस्बिर
नै बदलिने निश्चित
छ ।’

चर्चामा रहेका विवादित विषयमा आफ्नो धारणा राख्नुका साथसाथै प्रधानमन्त्री ओलीले सम्पादकदेखि पूर्वप्रधानमन्त्रीसम्मको प्रतिवाद पनि गरे । मनमा रहेका आफ्नो उकुसमुकुसलाई एकमुस्ट पोख्ने उपाय अपनाए । पूर्वप्रधानमन्त्रीहरूलाई उनले उनीहरूको पालामा पनि विधि र कानुन मिचेर काम भएको स्मरण गरे । विशेषगरी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र बाबुराम भट्टराईप्रति उनको प्रतिवाद केन्द्रमा थियो । ‘मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करिब १ सय ७४ रोपनी जग्गामा भएको कानुनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ ।’

आउँदा वर्षहरू उपलब्धिका वर्षा हुने

–यो विकासको आरम्भ वर्ष 

–वित्तीय संघीयता कार्यान्वयनमा  

– गरिबी निवारण मात्रै होइन,
उन्मूलन नै गरिने

– उच्च आर्थिक वृद्धिदर हासिलमा
विश्वका १० मध्ये
नेपाल एक

– करको दर होइन,
दायरा बढाइने

–चालू वर्षमा मात्र झन्डै
२ खर्ब रुपैयाँको
लगानी प्रतिबद्धता

–गत डेढ वर्षमा
३ सय २३
अर्ब रुपैयाँबराबरको वैदेशिक
लगानी स्वीकृत

– निर्यात २६.१
प्रतिशतले वृद्धि

–‘म आपूm भ्रष्टाचार
गर्दिनँ र अरूलाई
पनि गर्न दिन्नँ

नेपाली भूमि फकाईने

प्रधानमन्त्री
ओलीले मुलुकको सार्वभौमसत्ता
र भौगोलिक अखण्डतामा
कुनै सम्झौता नहुने
बताउँदै भारतसँगको विवादमा रहेका
नेपाली भूभाग फिर्ता गर्न
सरकार लागिरहेको बताए
। सांसदको प्रश्नको
जवाफ दिँदै उनले
पश्चिम नेपालका कालीनदीको मुहान,
लिम्पियाधुरा र लिपुलेक
क्षेत्र तथ्य प्रमाणले
नेपालका भूभाग भएको बताए

भारतसँगको सीमा विवाद
समाधानका लागि के
काम भइरहेको छ
भन्ने सांसदको जिज्ञासामा
प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग
वार्ता गर्ने विषय एकपक्षीय
भन्ने कुरा होइन
। हामी मुलुकको
भूभाग फिर्ता गर्न
लागिरहेका छौं, नक्सा
त तुरुन्तै छापिन्छ
।’ संविधान संशोधनका
सम्बन्धमा सोधिएको जिज्ञासामा उनले
उपयुक्त समयमा र औचित्यका
आधारमा संविधान संशोधन हुने
बताए । ‘संविधान
मानेर नै हामी
सबै यहाँ आएका
छौं,’ उनले भने,
‘संविधान असंशोधनीय होइन ।
संविधानको संशोधन र स्वीकार्यता
फरकफरक कुरा हो
।’

नेपालमा कोरोना भाइरस छैन

प्रधानमन्त्री
ओलीले नेपालमा अहिलेसम्म
कोरोना भाइरस संक्रमण प्रवेश
नगरेको दाबी गरेका
छन् । उनले
कोरोना भाइरसबाट कोही पनि
नेपाली संक्रमित नभएको दाबी
गरे ।

छिमेकी चीनमा कोरोना भाइरस
पैदा भएको र
यसले नेपाललाई प्रत्यक्ष
असर गर्ने भन्दै
उनले यसको संक्रमण
फैलिन नदिन सरकारको
ध्यान केन्द्रित हुने
बताए । उनले
चीनमा रहेका नेपाली
विद्यार्थीलाई लिन जहाज
शनिबार नै वुहान
प्रस्थान गरेको जनाए ।
प्रधानमन्त्री ओलीले चीनबाट ल्याइने
विद्यार्थीको उचित प्रबन्ध
गर्न सरकारले गम्भीरतापूर्वक
ध्यान दिने बताए
। उनले आफ्ना
नागरिकको राम्रो हेरविचार गरेको
भन्दै चीन सरकारलाई
धन्यवाद दिए ।

प्रतिदिन ६ किलोमिटर
सडक कालोपत्रे

प्रधानमन्त्री
ओलीले सडक कालोपत्रेलाई
सरकारले प्राथमिकता दिएको बताएका
छन् । उनले
प्रतिदिन ६ किलोमिटरका
दरले सडक कालोपत्रे
भइरहेको जानकारी दिए ।
‘प्रतिदिन करिब ६
किमि सडक कालोपत्र
भइरहेको छ,’ उनले
भने, ‘सरकार बनेपछि
३ हजार ६
सय ३६ किमि
सडक कालोपत्र भएको
छ ।’

३ हजार किमिभन्दा
बढी सडक ग्राभेल
भएको प्रधानमन्त्री ओलीले
बताए । सरकार
बनेपछि ३ सय
२५ वटा पुल
निर्माण भएको उनले
बताए । यो
चालू आर्थिक वर्षमा
मात्रै ४१ पुल
बनेको प्रधानमन्त्री ओलीले
बताए । देश
अब तुइनमुक्त भएको
प्रधानमन्त्रीले दाबी गरे
। १ सय
३० भन्दा बढी
तुइन रहेकोमा अहिले
डेढ दर्जन पनि
नरहेको र ती
तुइन विस्थापित गरी
पुल निर्माण कार्य
भइरहेको बताए ।

निर्मला हत्याकाण्डका दोषी उम्कदैन

प्रधानमन्त्री
ओलीले कञ्चनपुरकी १३
वर्षीया बालिका निर्मला पन्तको
हत्यारा नउम्कने बताए ।
उनले निर्मला हत्याका
दोषीले कानुनको कठघरामा उभिनैपर्ने
बताए । ‘निर्मला
हत्याकाण्डका दोषी अब
उम्कन सम्भव छैन,’
उनले भने, ‘दोषीले
कानुनको कठघरामा उभिनै पर्छ
।’ निर्मलाको १०
साउन २०७५ मा
बलात्कारपछि हत्या भएको थियो

देशमा शान्ति सुरक्षाको अवस्था
राम्रो हुँदै गएको प्रधानमन्त्रीले
बताए । ‘सरकार
छ र सुरक्षित
छौं’ भन्ने भावना
जनतामा विकास भएको उनले
बताए ।

 शिवपुरीको जग्गा प्रकरण
छानबिन हुने

प्रधानमन्त्री
ओलीले शिवपुरीको जग्गा
सस्तोमा भाडामा दिनेलाई छानबिन
गरी कारबाही गर्ने
प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी
नेपाली कांग्रेसकी सांसद डिला
संग्रौला पन्तले सरकार किन
यती होल्डिङ्स कम्पनीसँग
सती गएको भन्ने
प्रश्न गरेपछि प्रधानमन्त्रीले यस्तो
बताएका हुन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जको र्२
सय रोपनी जग्गा
यती कम्पनीलाई सस्तोमा
भाडामा दिएको समाचार आएपछि
सांसद पन्तले प्रश्न
गरेकी हुन् ।

निकुञ्जको २ सय
१६ रोपनी जग्गा
वार्षिक ४० हजार
रुपैयाँमा यती कम्पनीलाई
भाडामा दिइएको सार्वजनिक भएपछि
सांसदले संसद्मै प्रधानमन्त्रीसँग जवाफ
मागे । ‘यतीसँग
सरकार किन सती
गयो ? नीतिगत भ्रष्टाचार
गर्नुको तात्पर्य के हो
?,’ सांसद पन्तले प्रधानमन्त्रीलाई प्रश्न
गरिन् । प्रधानमन्त्री
ओलीले प्रश्नमाथि जवाफ
दिँदै शिवपुरीको जग्गा
कसले सस्तोमा दियो
छानविन गर्ने बताए ।
‘शिवपुरीको जग्गा छानबिन गराउँछु,’
उनले भने, ‘कौडीका
मूल्यमा दिएको छ भने
किन दिइयो छानबिन
गरेर कारबाही गराउँछु
।’

दोष लगाउन छाडौं

प्रधानमन्त्री
ओलीले बालुवाटार जग्गा
प्रकरणमा आफूलाई पनि मुछिएको
भन्दै असन्तुष्टि व्यक्त
गरे । उनले
भने, ‘ललिता निवास
र प्रधानमन्त्रीको सरकारी
निवास बालुवाटारमै भएकोले
प्रधानमन्त्रीले नै बेचेर
जग्गा खाएछ भनेजस्तो
गरेर प्रचार गरियो
।’

प्रधानमन्त्री
ओलीले अतिक्रमित जग्गा
आफ्नै सक्रियतामा फिर्ता
ल्याउने काम भएको
बताए । उनले
चिनियाँ लोककथामा ड्रयागन प्रेमी
युवाले ड्रयागन–ड्रयागन भनेजस्तै
बालुवाटार जग्गा आरोपितमाथि मुद्दा
दायर भएपछि त्यस्तै
प्रतिक्रिया आएको जनाए
। उनले भने,
‘देखाउनेले दाग देखायो,
किन रुवावासी ?’

सरकार स्थायी हुनु नै
उपलब्धि

प्रधानमन्त्री
ओलीले स्थायी सरकार
बन्नुलाई पनि उपलब्धिका
रूपमा प्रस्तुत गरेका
छन् । उनले
सरकार बन्ने र
ढल्ने क्रममा एउटै
सरकार दुई वर्षसम्म
चल्नुलाई पनि उपलब्धिका
रूपमा लिनुपर्ने अवस्था
रहेको बताए ।

‘एउटै सरकार दुई वर्ष
चल्दा पनि उपलब्धिका
रूपमा लिनुपर्दो रहेछ,’
प्रधानमन्त्री ओलीले भने, ‘दोस्रो
वर्षलाई विकास आरम्भ वर्षको
रूपमा लिएका छौं
।’ प्रतिपक्षी नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवालाई
लक्षित गर्दै प्रधानमन्त्री ओलीले
निर्वाचनका बेलाका कुरा सम्झिए
। ‘कम्युनिस्टको सरकार
बन्यो भने हाँस्न
त के रून
पन पाइँदैन भन्ने
थियो । तर,
वास्तविकता त्यस्तो थिएन,’ उनले
भने, ‘लोकतन्त्र संकटमा
परेको अधिनायकवाद आउन
लागेको भन्ने होइन ।’
उनले अभिव्यक्ति स्वतन्त्रता
हनन गर्न लागेको
भन्दै माइतीघरमा कहिले
गुठी विधेयक अवतारमा
त कहिले मिडिया
विधेयकलाई लिएर चर्चा
भएको पनि बताए

तथ्यमा आधारित बनौं

प्रधानमन्त्री
ओलीले सरकार भाषणमा
मात्रै सीमित भएको आरोप
लागेको भन्दै सरकारले तथ्यमा
देखिने कामसमेत गरेको स्पष्ट
पारे । ‘सभामुख
महोदय, केही दिनअघि
केही सम्पादकले प्रश्न
गर्नुभयो । हामी
त चौथो अंग
हौं, क्रिटिकल हुन्छौं
। सरकारको खबरदारी
गर्छौं । हाम्रो
खबरमा नियत किन
हेरिन्छ ?,’ उनले भने,
‘अवश्य नै हेरिन्न
। तथ्यमा आधारित
भएर सक्दो क्रिटिकल
होस् । लेखाइको
लाइन स्पष्ट भए
बिटविन द लाइन
पढिँदैन ।’

प्रधानमन्त्री
ओलीले आफ्ना पनि
केही सरोकार रहेको
सुनाए । ‘मेरो
पनि केही सरोकार
छन् । मेरो
नेतृत्वमा रहेको सरकारले सुरु
गरेको काम र
गर्न लागेको राष्ट्रिय
अभियानमा चाहिँ किन नियत
हेरिन्छ ?,’ उनले प्रश्न
गरे, ‘के यो
वैचारिक पूर्वाग्रहका कारणले हो ? यस्तो
हुनु वाञ्छनीय हुँदैन
।’ उनले सरकारका
काममाथि कतिपयले गरेको तर्क
सुनेर आफू विस्मित
हुने गरेको सुनाए

‘सरकारको कामबारे कुरा गर्दा
गफ गरेर हुन्छ,
गर्छु भनेर हुन्छ,
काम गरेको देखिनुप¥यो ।
तथ्य र आँकडा
प्रस्तुत हुनप¥यो
भन्ने सुन्थें,’ प्रधानमन्त्री
ओलीले भने, ‘परिवेश
अहिले बदलिएको देखियो
। थेगोजस्तै बनेको
छ, अंक र
आँकडाले हुन्छ ? ग्लोबल इन्डेक्समा
होइन, जनतामा इम्प्रेसन
के छ ? भन्नेजस्ता
कुरा सुनिन थाल्यो
।’ प्रधानमन्त्रीले सुन
तस्करीलाई पक्राउ गरेर कारबाही
गरिएको बताए ।
तस्करीमा संलग्नहरू जेलमा रहेको
उनले बताए ।
उनले भने, ‘मझेरीदेखि
जंगलसम्म सुन लुकाउनेलाई
कारबाही गरिएको छ ।’

कोरोना भाइरसले पर्यटक आगमनमा
असर

प्रधानमन्त्री
ओलीले भ्रमण वर्ष
२०२० मा सरकारको
लक्ष्यअनुसार पर्यटक आगमन नहुने
संकेत देखिएको बताए
। उनले कोरोना
भाइरसको संक्रमणले नेपालको लक्ष्य
नपुग्ने अवस्था देखिएको बताएका
हुन् ।

‘भूकम्पको वर्ष ५
लाख ९० हजारमा
सीमित पर्यटक गत
वर्ष करिब ११
लाख र यस
वर्ष १२ लाख
हारहारीमा पुगेको छ । २० लाख
पर्यटकको आगमन गराउन
सारा प्रयास केन्द्रित
गरिएको छ,’ कोराना
भाइरसले अन्तर्राष्ट्रियस्तरमै प्रभाव पारेको बताउँदै
प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी
राष्ट्र चीनमा यो भाइरस
प्रकट भएकाले भ्रमण
वर्षमा प्रत्यक्ष असर पर्ने
देखिएको छ ।’
उनले कोरोना भाइरस
फैलन नदिन भीषण
प्रयास गरेकोकोप्रति चीन सरकारको
प्रशंसा गरे ।

सम्बोधनपछि
सांसदहरूको प्रश्न

प्रतिनिधिसभामा
सरकारको दुईवर्षे प्रगति विवरण
सार्वजनिक गर्ने क्रममा सम्बोधन
पछि प्रधानमन्त्री केपी
शर्मा ओलीले सांसदहरूको
प्रश्नको सामना गर्नुप¥यो
। कांग्रेस सांसद
दिलेन्द्रप्रसाद बडुले सीमा विवादबारे
प्रश्न गरे ।
‘कालापानी र सुस्ता
प्रधानमन्त्रीस्तरमा कहिले वार्ता हुन्छ
? कालापानी लिपुलेक र लिम्पियाधुरा
समेटिएको नेपालको नक्सा कहिले
सार्वजनिक हुन्छ ? उनले प्रश्न
गरे, ‘कालापानी क्षेत्रमा
सुरक्षा चौकी कहिलेसम्म
स्थापना हुन्छ ? दार्चुला तिंकर
सडक कहिले सम्पन्न
हुन्छ ?’

बडुको प्रश्नपछि प्रधानमन्त्री ओलीले
काली नदीको मुहान,
लिम्पियाधुरा क्षेत्र, लिपुलेक र
कालापानी नेपालको भएको बताए
। ‘तथ्य र
प्रमाणहरूले यी क्षेत्रहरू
नेपालको हो भनेर
देखाएको छ ।
ती क्षेत्रहरू फिर्ता
लिन गरिहेका छौं,’
उनले भने, ‘यो
दिन वार्ता गर्छांै
भनेर भन्ने कुरा
होइन । दुईतर्फी
सहमतिका साथ वार्ताको
माध्यमबाट यो समस्याको
समाधान गरिनेछ ।’ उनले
मिचिएको भूभाग नै फिर्ता
ल्याउने तयारीमा रहेको बताए
। उनले नक्सा
तुरुन्तै छापिने बताए ।

यसैगरी, सांसद सरिता गिरीले
समाजवादी पार्टी सरकारबाट बाहिर
गएपछि संविधान संशोधनको
विषयमा बन्द भएको
हो भनी प्रश्न
गरिन् । यस्तै,
सांसद सांसद महिन्द्र
राय यादवले पनि
संविधान संशोधनको विषयमा प्रश्न
उठाए । त्यसपछि
जवाफा दिँदै प्रधानमन्त्री
ओलीले संविधान संशोधन
आवश्यक भएको बताए
। उनले उपयुक्त
समयमा औचित्य र
आवश्यकताका आधारमा संशोधन हुने
बताए । ‘संविधान
लामो बलिदानपूर्ण संघर्षको
उपलब्धि हो ।
जनताबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको
संविधान । जनताका
भावना प्रतिबिम्बित संविधान
हो,’ उनले भने,
‘यसलाई मान्दिनँ भन्नु जनताको
बलिदान र त्यसले
प्राप्त गरेको उपलब्धिको अस्वीकृति
हुन्छ । संशोधन
हुन सक्छ ।
संशोधनीय दस्तावेज हो संविधान
।’

यसैगरी, सांसद पार्वता डीसी
चौधरीले ललिता निवासको जग्गा
जसरी फिर्ता ल्याइयो
त्यसैगरी, मातातीर्थको १ सय
७४ रोपनी पनि
फिर्ता गर्न माग
गरिन् । ‘ललिता
निवासको विषयको मुद्दा विशेष
अदालतमा गएको छ
। यो विषयमा
प्रधानमन्त्रीले बोल्न मिल्छ कि
मिल्दैन ?,’ उनले प्रश्न
गरिन्, ‘यसले सकारको
दबाबमा परेर अख्तियारले
मुद्दा दायर गरेको
भएको प्रस्ट भएको
छ । माननीयज्यूहरूको
पिजनलमा सुखी नेपाली
समृद्ध नेपालको किताब राख्छु
भन्नुभएको छ ।
यो कहिलेसम्म राख्नुहुन्छ
?’

विशेष अदालतमा दर्ता भएको
मुद्दाको विषयमा आफूले बोल्न
नमिल्ने बताउँदै प्रधानमन्त्री ओलीले
नेपालमा स्वतन्त्र न्यायपालिका रहेको
बताए । ‘हामी
कहाँ स्वतन्त्र न्यायपालिका
छ । न्यायालय
स्वतन्त्र छ ।
स्वतन्त्र न्यायालयले स्वतन्त्र ढंगले
निर्णय गर्छ ।
तसर्थ, न्यायालयमा विचाराधीन भएका
प्रश्नहरू र न्यायालयको
कारबाहीका सम्बन्धमा सरकार हस्तक्षेप
गर्न सक्दैन मात्रै
होइन मात्रै होइन
हस्तक्षेपकारी दृष्टिकोणसमेत राख्न सक्दैन,’ उनले
भने, ‘शक्ति पृथकीकरणको
सिद्धान्तलाई सरकारले वास्तविक अर्थमा
सम्मान गर्छ ।
स्वतन्त्र न्यायापालिकाको सम्मान गर्छ ।
न्याय निरूपण गर्ने
न्यायालयको सम्मान गर्छ ।
जुन कुरा अदालतको
विचाराधीन त्यो कुरा
सरकारको टाउकोमा हाल्नु उचित
कुरा होइन ।’

यस्तै, सांसद मीन विश्वकर्मा,
प्रकाश रसाइली स्नेही, पुष्पा
भुसाल, मीना सुब्बा,
रामबहादुर विष्ट, डिला संग्रौला
पन्त  र
प्रेम सुवालले पनि
प्रधानमन्त्रीलाई प्रश्न सोधे ।
यसैगरी, सांसद भवानी प्रसाद
खापुङ, ज्ञानेन्द्रबहादुर कार्की, रंगमति शाही,
सांसद सत्यनारायण शर्मा
खनाल पनि समसामयिक
विषयमा प्रश्न गरे ।
यस्तै कांग्रेस सांसद
बालकृष्ण खाँण, सांसद राजेन्द्रकुमार
केसी, चित्रलेखा यादवले
पनि प्रधानमन्त्रीलाई दुईवर्षे
कार्यकालमा सरकारले देखिनेगरी काम
गर्न नसकेको बताए

दुई वर्षमा राजस्व छल्नेबाट २६ अर्बको बिगो

        प्रधानमन्त्री केपी शर्मा
ओलीले गत दुई
वर्षको अवधिमा मात्रै राजस्व
छल्नेहरूबाट २६ अर्ब
७ करोड ९९
लाख रुपैयाँको बिगो
दाबी गरी अदालतमा
मुद्दा दायर गरिएको
बताए । उनले
आफ्नो कार्यकालमा राजस्व
चुहावट, विनिमय अपचलन तथा
अवैधानिक हुन्डी कारोबारी एवं
झुटा तथा नक्कली
बिल जारी गर्ने
कसुरमा कर्मचारी तथा विभिन्न
फर्मसहित ७ सय
९५ जनाविरुद्ध मुद्दा
दायर गरिएको जानकारी
दिए ।  ‘सुशासनका संयन्त्रहरू क्रियाशील
हुँदा भ्रष्टाचारमा निर्लिप्त
हुनेहरू मुर्मुरिँदा रहेछन् ।
यस्तो अवस्थामा ‘नील
वर्ण शृगाल कथा’
स्मृतिमा आउँदो रहेछ,’ प्रधानमन्त्री
ओलीले भने ।

          ‘तस्कर समातिँदा अरू नै बुरुक्क उफ्रन्छन्’

      प्रधानमन्त्री ओलीले  सार्वजनिक
जग्गा हडप्नेका विरुद्ध
कारबाही सुरु गर्दा
होस् वा राजस्व
अपचलनका कसुरमा लाग्नेका विरुद्धको
कार्यमा होस्, आफूले  पटकपटक खप्की खानुपरेको
बताए । ‘तस्करहरू
समातिएपछि खोई सुन
भन्दै बुरुकबुरुक उफ्रिएको
देखेको छु ।
आज सुनकाण्डमा अदालतले
छाडिएका दोषीहरूबाहेक अरू जेलमा
नै छन्,’ प्रधानमन्त्री
ओलीले भने, ‘सुन
तस्करीको लाइन तहसनहस
र बन्द पारिएको
छ । जंगल
र मझेरीमा लुकाएर
राखेको सुन पक्रिएको
छ ।’

The post मुलुक विकासको गतिमा लम्किँदै छ : प्रधानमन्त्री appeared first on Rajdhani Daily News.

शिक्षकको सामुहिक राजीनामापछि दैनिक ६ घण्टा हिँडेर आउने विद्यार्थीहरु मर्कामा

ओली सरकारदेखि खुसी छैन निजीक्षेत्र, ‘स्थायी सरकारको अनुभूति भएन’

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकाे शुक्रबार २ वर्ष पूरा हुँदा मुलुकको निजीक्षेत्रले भने आफूले स्थायी सरकारको अनुभूति नपाएको बताएको छ । स्थायी सरकारको गठनपछि व्यवसाय–मैत्री वातावरण बन्ने अपेक्षा गरेका उद्यमीव्यवसायीहरू उल्टै दोहोरो/तेहोरो करको मारमा परेको, निजीक्षेत्रका मुद्दाहरूमा राज्य संवेदनशील हुन नसकेको बताउँछन् । शनिवार संघीय संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो […]

बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा

एकै दिनमा रोम पनि बनेन, समृद्ध नेपालकाे फल फल्न समय लाग्छ : प्रधानमन्त्री

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन्। सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सुरु गरेका काम अहिल्यै फुलिसके/फलिसके भन्ने होइन। बिरुवा रोप्ने काम भएको छ। कतै उम्रिँदै छन्, कतै टुसाउँदै छन्, […]

विश्वका ५६ देशमा फैलियो कोरोना, हालसम्म ८३ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टी

वुहानबाट बिहानै काठमाडौं ल्याइएका १७५ नेपालीलाई पुर्‍याइयाे खरिपाटी

सुरुमा कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरी आज (आइतबार) बिहानै काठमाडौं ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटी पुर्‍याइएकाे छ।  

नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराल्नेबित्तिकै क्वारेन्टाइन व्यवस्था गरिएको ठाउँ खरिपाटी लगिएको हो।

अवतरणलगत्तै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। लगत्तै त्यही स्टन्डबाई राखिएका बसहरुमा उनीहरुलाई राख्दै खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र पुर्‍याइएकाे हाे। 

चिनियाँ समयअनुसार चीनकाे वुहानबाट शनिबार राति १२ बजे उडेका उनीहरु आइतबार बिहान ४ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलमै आपुगेका ६ वटा बसले आफूहरुलाई खरिपाटी लिएर गएकाे वुहानबाट फर्किएका विद्यार्थी अशोक साहले नेपालखबरलाई जानकारी दिए। 

ती बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीकाे टाेली तथा एपीएफको गाडी पनि खरिपाटी पुगेका थिए।

त्यहाँ उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। परिवारसँग भेट्न दिइने छैन। 

कोरोना भाइरस संक्रमण छ छैन परीक्षण गरी स्वस्थ रहेको पाइएमा मात्र उनीहरूलाई १४ दिनपछि आफ्नो घर जान दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

‘कुनै पनि शंकास्पद लक्षण देखिए उनीहरूलाई तुरुन्त अस्पताल लगिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘कथं कोरोना संक्रमण रहेछ भने अरूलाई नफैलियोस् भनेर सुरक्षा अपनाइएको हो।’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण भइसकेको भए पनि त्यसका लक्षण देखिन कम्तीमा २ हप्ता लाग्ने भनेकाले वुहानबाट ल्याइएका नेपालीलाई १४ दिन क्वारेन्टाइन अर्थात् सुरक्षित स्थलमा राख्न लगिएको हो।

तर कुनै पनि स्वास्थ्य समस्या देखिएमा चीनले उताबाट नेपाल जान नदिने भएकाले आएका यी १७५ नेपालीमा कोरोना संक्रमण नभएको अनुमान गर्न सकिन्छ।

उनीहरूसँगै नेपाल आउन ठिक्क परेका ६ जना नेपालीलाई विमान चढ्ने बेला वुहानको विमानस्थलमा परीक्षण गर्दा ज्वरो आएको पाइएपछि उतै रोकिएका छन्। यस हिसाबले पनि यता आएका नेपालीमा संक्रमण नभएको अपेक्षा गर्न सकिन्छ।

वुहानबाट ल्याइएका १ सय ७५ नेपालीमध्ये १ सय ७० विद्यार्थी, दुई जना चीन घुम्न गएका पर्यटक, दुई बालबालिका र एक जना कामदार छन्। जसमा १३४ पुरुष र ४१ महिला छन्।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १ सय ८५ नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।

 दूतावासका अनुसार तीमध्ये ४ जनाले उतै बस्ने निर्णय गरेको र अरू ६ जना भने चाहेर पनि फर्कन पाएनन्। कारण ४ जनामा ज्वरो देखिएकाे र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले नेपाल आउन नपाएका हुन्।

नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान चिनियाँ समयअनुसार करिब १० बजे नेपाली समय राति करिब ८ बजे वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

नेपाली समयअनुसार करिब १० बजे उडेको विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

याे पनि

वुहानबाट काठमाडौं आइपुगे १७५ नेपाली, अरू १० जना किन उतै रोकिए?

सन्दीपले इतिहास रचेको खेलमा मलेसियाद्वारा नेपाललाई मध्यम लक्ष्य