कोरोना भाइरस ग्रस्त चीनको हुबेइ प्रान्तका नेपालीहरु आज(शनिबार) राति नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत नेपाल फर्कदैँछन्। त्यहाँबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।
शनिबार दिउँसो पौने ३ बजे चीनतर्फ उडेको नेपाली जहाज राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यसअघि यतिबेला वुहानस्थित एयरपोर्टमा नेपालीहरु पुगिसकेको विमानस्थलमा पुगेका एक नेपाली अशोक साहले बताए।
वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
एयरपोर्टको भिडियो तथा तस्बिरहरु:
कोरोना भाइरसको उदगमस्थल चीनको वुहानबाट आज राति नेपाल आउने भएपछि यतिबेला विमानस्थलमा जम्मा भएका नेपालीहरु।
मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ।
ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए। मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको छ।
यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए।
तर पनि मेक्सिकन सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको शुक्रबार जानकारी दिएको छ। रासस/एएफपी
३ फागुन, काठमाडौं । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल (ईञ्जा)ले वरिष्ठ साहित्यकार प्रा. चुडामणी रेग्मी (चुमरे)लाई यसवर्षको ईञ्जा श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिता सुरु गरेका ८३ वर्षीय चुमरेलाई एक हजार अमेरिकी डलर राशीको उक्त सम्मान प्रदान गर्न लागेको ईञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहालले जानकारी दिए ।
यस्तै, ईञ्जले. सामुदायिक पत्रकारिता पुरस्कार अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ । ढुंगानाले छाउपडी र सिंहले कुपोषणको बारेमा समाचार लेखेका थिए । यो पुरस्कारको राशी एक हजार डलर छ ।
सम्मान र पुरस्कार १ मार्चमा काठमाडौंमा वितरण गरिने उपाध्यक्ष दाहालले जानकारी दिए ।
काशीराम शर्मा बाँके, ३ फागुन । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५/०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो । तथ्याङ्कअनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणितमा सबैभन्दा बढी कमजोर देखिन्छन् । गत आव २०७५/०७६ मा […]
यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ।
कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सेन्टर निर्माणको तयारी गरिएको हो।
‘सेन्टर निर्माणको काम चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान मार्फत गर्नेछौँ,’ हमालले भने, ‘यसका लागि तीन करोड ५० लाख बजेट विनियोजन भएको छ।’
रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने उनले बताए। उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको हो।
सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए।
मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना रहेको उनले बताए।
‘काठमाडौँ उपत्यका छिर्ने सवारी धोएर मात्रभित्र ल्याउने तयारी थालिएको छ। यसका लागि विभिन्न निजी कम्पनीलाई आह्वान गरिने छ,’ हमालले भने।
बाहिरबाट आएको धुलो, धुवाँलगायतको फोहर कम गरेर काठमाडौँ उपत्यकालाई सफा, स्वच्छ र सुन्दर शहर निर्माण गर्न चारै नाकामा एउटा मोडेल विधिको परिकल्पना गरिएको उनले बताए।
आज बाइडबडी विमान पठाइँदै काठमाडौं । सकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुबेईस्थित वुहानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज(शनिबार) बाइडबडी विमान त्यसतर्फ पठाउँदै छ । शनिबार दिउँसो ३ बजे उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज हुवेईका लागि उडान गर्ने र आइतबार बिहान २ बजे काठमाडौं आइपुग्ने तालिका बनाइएको छ । आइतबार बिहानसम्म वुहानमा रहेका नेपालीलाई काठमाडांै ल्याइसकिने छ । यससँगै लामो समयदेखि वुहानमा त्रासमा रहेका नेपालीहरूले राहत महसुस गर्नेछन् ।
उद्धारका लागि क्रु मेम्बर र चिकित्सकसहित १७ जनाको टोली खटिने बताइएको छ । नेपालीको उद्धार गर्न चीन जाने टोलीका सदस्य टुंगो लगाइएको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत त्यहाँका १ सय ८० नेपालीलाई नेपाल ल्याउन लागिएको हो टोलीमा तीन जना पाइलट र सात जना क्रु मेम्बर रहनेछन् । यस्तै, १ इन्जिनियर, १ प्राविधिक र १ डिस्पास्चर रहनेछन् । सो टोलीमा चार जना नेपाली सेनाका चिकित्सकसमेत रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विमान चार्टर गरी नेपालीको उद्धार गर्न लागिएको हो ।
यसैबीच, स्वाथ्य मन्त्रालयले वुहानदेखि खरिपाटी क्वारेन्टाइनसम्म आउँदा नेपालीले ध्यान दिनुपर्ने ५३ बुँदे योजना सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यान दिनुपर्ने विषय समेटिएको छ ।
व्यक्तिगत कागजात तथा सामानको उचित व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । व्यक्तिगत कागजात तथा सामानमा एउटा विषेश कोड नम्बर अंकित गरी गोपनीयता कायम गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मका लागि चीनबाट आउन लागेका नेपाली नागरिककका लागि आवश्यक खानाको व्यवस्था सिटमा नै गरिएको छ । सम्पूर्ण उडान अवधिभर मास्क लगाउनुपर्नेछ । ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा अप्ठेरो हुनेजस्ता लक्षण भएमा जहाज दलका सदस्य वा स्वास्थ्य टोलीका सदस्यलाई जानकारी गराउनुपर्नेछ । आवश्यकताअनुसार विमानको तोकिएको सिटमा सार्न सकिने व्यवस्था मिलाइएको छ ।
संक्रमित भएको शंका लागेका यात्रुहरूलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याइनेछ । संक्रमित नभएका यात्रुहरूलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याइने व्यवस्था मिलाइएको छ । जहाजबाट उत्रँदा क्रमशः एक आपसमा एक मिटरको दूरी कायम गर्नुपर्नेछ । काठमाडांै विमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्कको व्यवस्था मिलाइएको छ । संक्रमण देखिए अस्पताल लगिने
प्रत्येक स्क्रिनिङ टिममा तालिम प्राप्त मेडिकल अफिसर, नर्स र प्यारामेडिक्स गरी दुई जनाको समूह रहेको छ । संक्रामक रोगको आशंका गरिएका व्यक्तिलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमध्ये कुनै एक अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि लगिने व्यवस्था मिलाइएको छ ।
संक्रमण नभएकालाई सिधै खरिपाटी
संक्रमण नभएका यात्रुहरूलाई तोकिएको बसमा राखेर क्वारेन्टाइन स्थान खरिपाटीमा लगिनेछ । लगेजहरू सुरक्षित रूपमा बसमा राखेर क्वारेन्टाइन केन्द्रमा लगिने बताइएको छ । विमानस्थलवाट क्वारेन्टाइन केन्द्र खरिपाटी लैजान पाँचवटा बसको व्यवस्था मिलाइएको छ ।
क्वारेन्टाइनमा करिब ६० कोठाहरूमा उचित दूरीको फरकमा एक जनादेखि तीन जनासम्मको सामूहिक बसोबासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य टोली आवश्यकताअनुसार २४सैं घण्टा परिचालन गरिनेछ । विशेष स्वास्थ्य जाँचका लागि क्लिनिकको व्यवस्था मिलाइएको छ ।
व्यक्ति स्वंयले स्वजाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिको दिनको दुईपटक तापक्रम जाँचगरी अभिलेख राखिनेछ । हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ । क्वारेन्टाइन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा स्थानान्तरण गरिनेछ ।
क्वारेन्टाइनमा रहँदा अभिभावकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न दिइनेछैन । वुहानदेखि काठमाडौंसम्मको हवाई यात्राका क्रममा, विमानस्थलमा, विमानस्थलदेखि क्वारेन्टाइनसम्म जाने क्रममा, हेल्थ डेस्कमा, क्वारेन्टाइनमा रहँदा केके कुरामा ध्यान दिने भन्ने विषय बुँदागत रूपमा सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
काठमाडौं । ३ फागुन २०७४ मा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । ओली सरकारलाईको विगत दुई वर्षलाई फर्केर हेर्दा उत्साह धेरै देखिए पनि उपलब्धि भने सुस्त देखिएको छ । यद्यपि, विकास निर्माणका धेरै आधार निर्माण हुन थालेको दाबी सरकारको छ । यस्तै, यस अवधिमा मुलुकमा सुशासनका लागि मानकको थालनी भएको दाबीसमेत सरकारी पक्षको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र मुलुक समृद्ध बनाउने आशा भने धेरैको जीवित नै छ ।
समृद्ध नेपाल सुखी नेपाली, सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान ओली सरकारका मुख्य नारा हुन् । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा समेत यी विषय जोड दिँदै सरकारले गरिरहेको कामबारे प्रस्ट गर्दै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले असाधारण काम गरेको दाबी गरे । ओली नेतृत्वको सरकारप्रति जनता आशा र भरोसा रहेको बताउँदै आउने दिनमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने बताए ।
सरकारको दाबीअनुसारका सफलता :
–यातायात सिन्डिकेट अन्त्य –तस्करमाथि कारबाही र नियन्त्रण –विकास निर्माणमा ढिलासुस्ती हटाउने काम –सार्वजनिक खर्चमा मितव्ययिता –राजमार्ग र सडक सुरक्षाको प्रभावकारी प्रबन्ध –अध्यागमनमा नयाँ प्रणाली –पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली –सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता –औचित्यहीन भ्रमणमा नियन्त्रण –आवश्यकता र प्राथमिकताका आधारमा विदेश सम्बन्ध –सडक रेल पूर्वाधार निर्माणमा तीव्र गतिमा काम –शिक्षा क्षेत्रमा दूरगामी महŒवका काम –पुनर्निर्माणमा नतिजामुखी काम –सामाजिक सुरक्षामा नयाँ थालनी –फलाम खानी अन्वेषणमा तीव्रता –अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माण तयारी
प्रधानमन्त्री ओली मिर्गाैला रोगसँग सामना गरिरहेका छन् । उनको नियमित डायलाइसिस भइरहेको छ । तर पनि उनी दैनिक १८ घण्टा काम गरिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पनि आप्m्नो योजना नै मुलुकलाई समृद्ध बनाउने रहेको र विगत दुई वर्षमा समृद्धिको जग बसाउने काम भएको बताउँदै आएका छन् ।
आउने तीन वर्ष ठूला आयोजनालाई पूरा गर्ने दिशामा सरकार लागेको बताउँदै समृद्धिको सपना पूरा हुने सरकारी अधिकारीको दाबी छ । सत्तारूढ नेकपाको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा सरकारी कामबारे व्यापक बहस भयो । सरकारको काम एवं प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा अझै प्रभावकारी बनाउँदै अघि बढ्नुपर्ने सुझाव केन्द्रीय सदस्यले दिएका छन् ।
सरकारप्रति जनताको आशा र भरोसा अत्यधिक छ । आउने दिनमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गरेरै छोड्छ ।
गोकुल बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री
भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज बनाउने काममा सरकारले प्रभावकारी काम गर्न नसके पनि यस विषयमा सचेत रहेको छ । सरकारले आफ्नो गति बढाएको नेकपा नेताको बुझाइ रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले दुई वर्षमा असाधारण काम गरेको दाबी गरेकी छन् । अहिलेसम्मको इतिहासमा बनेका सबै सरकारमध्ये ओली सरकारको काम प्रभावकारी रहेको बुझाइ उनको छ ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको शैली गैरलोकतान्त्रिक रहेको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शैली निरंकुश रहेको बताए । मुलुक र जनताको हितभन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा हुन्छ त्यसअनुसार सरकार अघि बढेको आरोप उनले लगाए । यति समूहको काण्डदेखि बालुवाटार जग्गा प्रकरणमा सरकारको शैली स्वार्थ केन्द्रित रहेको उनले बताए ।
प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव अजय गुप्ताले सरकारको आलोचना नेकपा नेताबाटै भएको बताए । नेकपाबाटै सरकारको आलोचना भइरहँदा राजपाले त्यसमा आफ्नो कुरा केही राख्न आवश्यक नै नभएको उनले बताए ।
ओली नेतृत्वको सरकारमा सहभागी भएर सरकार छोडेको प्रतिपक्षी समाजवादी पार्टीले सरकार स्वेच्छाचारी शैलीमा अघि बढेको आरोप लगाएको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले सरकारको शैली जनताको हितविपरीत र आफूखुसी अघि बढ्ने रहेको बताए ।
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाले जीवजनावर राख्न नयाँ र आधुनिक घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेका अनुसार रेडपान्डाका लागि तातो र चिसोसहितको नयाँ घर निर्माण भइसकेको छ । यस्तै, नीलगाई, स्याल र सारसका लागि पनि नयाँ बासस्थान निर्माण भइसकेको छ । अघिल्लो वर्ष बनेका नयाँ घरमा जनावार रमाइरहेका छन् । पहिला चिडियाखानामा नीलगाई थिएनन् ।
अब अवलोकनकर्ताले नीलगाई पनि हेर्न पाउनेछन् । राख्नका लागि घर निर्माण भएसँगै सुदूरपश्चिमबाट नीलगाई ल्याउने तयारी भएको सूचना अधिकारी चालिसेले जानकारी दिइन् । जनावर राख्ने घर निर्माण मात्रै होइन, अवलोकनकर्तालाई सहज बनाउन चिडियाखानाभित्र रहेको हिँड्ने बाटो पनि मर्मतसम्भार भएको छ । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको आकृति बनाएर राख्न पनि भवन निर्माणको काम गरिरहेको छ ।
हाल चिडियाखानाको ६ हेक्टर क्षेत्रफलमा १ सय २७ प्रजातिका १ हजार २ सय १९ जीवजन्तु छन् । केही वर्षअघि ८ सय जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले संख्या बढेको हो । गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट १४ करोड रुपैयाँको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनि उमेरकालाई ५० रुपैयाँ, विद्यार्थीलाई १००, सर्वसाधारणलाई १५०, सार्क राष्ट्रका पाहुनालाई २२० र अन्य देशका नागरिकलाई ७५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट १२ करोड रुपैयाँ आम्दानी भएको थियो ।
चिडियाखाना परिसरभित्र रहेका जनावरबारे जानकारी दिन, संरक्षित जनावर र राष्ट्रिय प्राकृतिक संरक्षण कोषबारे जानकारी दिन डिजिटल शिक्षा केन्द्रसमेत स्थापना गरिएको छ । चिडियाखानामा पछिल्लो समय पहिलो चरणमा अन्यत्रबाट ल्याइएका जीवजन्तुलाई संरक्षण गरी राख्नका लागि उद्धार केन्द्रको अभाव रहेकाले उद्धार केन्द्र पनि निर्माण गर्न लागिएको छ । ‘प्रत्येक वर्ष १० देखि १५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई पाँच महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, चालिसेले भनिन्, ‘पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ ।’
सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका हुन् । २०११ सालबाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी २०५२ सालबाट ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको हो ।
कृष्ण दवाडी पाेखरा, ३ फागुन । पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । वर्षायाममा फेवाको मुहानबाट वर्षेनी अन्दाजी एक लाख ४२ हजार मेट्रिक टन ढुुङ्गा, माटो बालुवासहितको गेग्रान बगेर तालमा मिसिदा ताल पुरिने खतरा बढेपछि त्यसको रोकथामका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले विभिन्न चार वटा खोलामा […]
डोटी, ३ फागुन । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ । दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल […]