Home Blog Page 1327

कम्युनिष्ट सरकारका २ बर्ष: अन्तरवार्तामै ओलीको त्यो हुँकार, लज्जाशरणम ! (भिडियो)

काठमाडौं– केपी शर्मा ओली दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेको आज २ बर्ष पुगेको छ। २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले ठूला गफ चुटे। खुसी नेपाली, समृद्ध नेपालको नारा अघि सारे। तर, जनताको अवस्था उस्ताको उस्तै छ। न विकासले गति लिएको छ, न त समृद्धी अघि बढेको छ।

भएको छ त, केवल काण्डै काण्ड। एक पछि अर्को काण्डमा मुछिदै अघि बढेको सरकार पछिल्लो समय यति समुहसँग सति गएको छ। इतिहासकै बलियो र स्थिर भनिएको ओली नेतृत्वको सरकार अहिले चौतर्फी आलोचनाको केन्द्रमा छ। ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरू के हुन? भन्दा सम्झनै पर्छ। तर, विवादित काम भन्दा जो कोहीले फेरिहस्त प्रस्तुत गर्न सक्छ। यती प्रकरण, एमसीसी, तरकारीमा विषादी, होली वाइन, ललिता निवास, वाइडवडी, निर्मला पन्त काण्ड लगायतका थुप्रै काण्ड घटेका छन्। तर, प्रधानमन्त्री ओलीले गफ चुट्न भने छोडेका छैनन्।

प्रधानमन्त्री हुने वित्तिकै चिनियाँ चुच्चे रेल, पानी जहाज, घरघरमा ग्यासका पाइप, हावाबाट विजुली लगायतका गफ हाँकेका उनले २ बर्षमा उल्लेखनिय केही गर्न सकेका छैनन्। जसका कारण जनतामा निराशा बढेको छ।

ओलीको त्यो हुँकार

ओलीले प्रधानमन्त्री बनेपछि एपिवान टेलिभिजनलाई अन्तरवार्ता दिए। उनी निकै कन्फिडेन्सका साथ अन्तरवार्तामा प्रस्तुत भए। टिकाराम यात्रीका प्रश्न जति खरा थिए, त्यो भन्दा खरा जवाफ ओलीले फर्काएका थिए। एक हिसाबले भन्ने हो भने उनी २ बर्षमै मुलुक कायापलट गर्छु भन्ने हिसाबले प्रस्तुत भए। विकास र समृद्धीका हिसाबले मुलुकले ठूलै फड्को मार्छ भन्ने जिकिर थियो।

उनले भनेका थिए, ‘तपाईले मसँग अब २ बर्ष इन्टरभ्यू लिनु परेन। २ बर्ष पछि आजको रेकर्ड अघि राखेर इन्टरभ्यू लिनुस। २ बर्षमा विकास सम्बन्धी, विकासको अभियान सम्बन्धी आर्थिक समृद्धीको बारेमा एमाले सरकारले गरेका कामहरुको चित्त बुझेन भन्ने ठाँउ कतै भेट्नु हुन्न। भेट्नु भयो भने २ बर्षपछि चुनौतिका साथ म तपाईलाई भन्छु, यो रेकर्ड अघि राखेर खोजेर लिएर आउनुस।’

तर, उनको सरकार बनेको २ बर्ष बितेको छ। अब उनीसँग एपिवान टिभिमा यात्रीले नै अन्तरवार्ता लेलान नलेलान। तर, यो भिडियो क्लिप भने अहिले भाइरल भइरहेको छ। प्रधानमन्त्रीको शैली र उनले भनेका शब्दहरुले उनैलाई गिज्जाइरहेको छ। धेरैले भनिरहेका छन्, प्रधानमन्त्री ज्यू लज्जाशरणम !

नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा: विश्व स्वास्थ्य संगठन

सूर्य थापा माथि खनिए आफ्नै दलका नेता किराती, राँची लानुपर्नेमान्छे प्रधानमन्त्रीको प्रेस सल्लाहकार ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती दिएका छन् ।

साथै उनले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शोषणका निम्ति पार्टी एकता गरेको हो ?’ भनि प्रश्नसमेत गरे । जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।

शनिबार विहान राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा किरातीले थापाको भनाईप्रति संकेत गर्दै भने– ‘यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राषट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

माओवादी पृष्ठभूमिका किरातीले कार्यक्रममा आक्रोश पोख्दै थापालाई जनयुद्धलाई स्वीकार गर्न नसके पार्टी फुटाउन चुनौतीसमेत दिए । ‘सूर्य थापा मालिक र जनता दास हो ? जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने ‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ । राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल त्यो जिम्मेवारीबाट सूर्य थापालाई बर्खास्त गर्नुपर्छ । त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षेति बेहोर्नु तयार हुनुपर्छ ।’ कार्यक्रममा किरातीले धैर्यताको सीमा टुट्न लागेको बताउँदै सहने शक्ति समाप्त भइसकेको समेत बताए ।

पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयुद्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भनेका छन्– ‘जनयुद्ध खासमा जनयुद्ध थिएन । जनयुद्ध नभएकाले नै त्यो विसर्जन भएको हो । छाडिएको हो । हामीले पार्टी एकता जनयुद्धका सबै भारी बोकेर, जनयुद्धको कार्यदिशा स्वीकार गरेर, जनयुद्धको महिमा र जनयुद्ध दिवस मनाउनका लागि गरेको होइन ।’

कडा स्वभावका मानिने थापा प्रधानमन्त्रीको सल्लाहकारमा भर्खरै मात्र नियुक्त भएका हुन् । त्यसअघि उनको ठाउँमा डा. कुन्दन अर्यालले कार्यसम्पादन गर्दै आएका थिए । यसअघि थापा पूर्व प्रधानमन्त्री झलनाथ खनालका पनि प्रेस सल्लाहकार रहिसकेका छन् । तर उनको उक्त कार्यकाल पनि विवादमुक्त रहन सकेको थिएन ।

भारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ

प्रदेश सरकारको दुई वर्ष अलमलमै बित्यो

केदार कार्की ,प्रमुख सचेतक, नेपाली कांग्रेस

प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भयो । दुई वर्षको अवधीमा प्रदेश सरकारले आफ्नो गति लिएको दावी गरिरहेको छ । तर व्यवहार त त्यस्तो देखिँदैन ।

सरकार, कामको भन्दा पनि योजनाको विस्कुन लगाउनमा व्यस्त छ । योजना घोषणा हुन्छन् तर कार्यान्यन भएका छैनन् । काम कति भए, कति भएनन्, मैले भनिरहन पर्दैन ।

सरकार एउटा वर्षको कार्यक्रम पूरा भएको हुँदैन अर्काे वर्षको नीति तथा कार्यक्रमहरु ल्याउँछ । यसरी कार्यक्रम ल्याउँदा पुराने नीति तथा कार्यक्रम छुट्छन् ।

प्रदेश सरकारको दुई वर्ष अलमलमै गयो । सरकार, मन्त्री समेत छान्न सक्दैन र खाली राख्छ । राज्यमन्त्री नियुक्त गर्छ । हामी संघीयताको अभ्यासमा छौं तर यो दुई वर्ष सरकारले कामको लय समात्न सकेको छैन ।

लय समात्न पनि समस्या देखिन्छ । सरकार हाँकिरहेका मन्त्रीहरु सिक्दैछौं भन्नुहुन्छ । तर जनताको घरदैलोमा भोट माग्दै जाँदा ‘हामी जान्नेछौं, हामीलाई सबै थाहा छ’ भन्नुहुन्थ्यो । जान्ने छौं भनेकै कारण जनताले मत दिएका हुन् । तर अहिले उहाँहरु ‘इमोशनल’ हुनुहुन्छ जिम्मेवारी बोध कम छ ।

हामी प्रमुख प्रतिपक्षी दलले संघीयता धरापमा पर्ने हो कि भनेर सरकारलाई रचानात्मक सहयोग गरिरहेका छौं तर उहाँहरु संघीयताको सही ढंगले कार्यान्यन गर्न तयार हुनुहुन्न । साना कुरामा पनि माथिको निर्देशन पर्खनुहुन्छ । आफ्नो डिसिजनले काम गर्न सक्नुभएको छैन ।

एउटा उदारण हेरौं न प्रदेशको संसदले सामाजिक संघ संस्था दर्ता सम्बन्धी ऐन बनायो । तर त्यो ऐन गृह मन्त्रालयको एउटा चिट्ठीले नै रद्दीको टोकरीमा पुग्यो । मन्त्रालयको चिट्ठीले ऐन रोकिनु सामान्य होइन । सरकारले आफ्नो काम आफैं गर्न सक्दैन ।

नेपाली कांग्रेस संघीयतालाई जोगाउँदै सरकारलाई रचनात्मक सहयोग गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । तर नेपाली समाज, सत्ता पक्ष र पत्रकारहरुले देखेको जस्तो प्रतिपक्ष हामी छैनौँ । हामीले देखेको प्रतिपक्ष हान्ने राँगो जस्तो हुनुपर्ने रहेछ तर नेपाली कांग्रेस गाई जसरी चल्न खोजिरहेको छ ।

सरकारको राम्रा कामको सकारात्मक प्रतिक्रिया दिनुपर्छ भनेर अघि बढेका छौं । संघीय संरचनामा प्रदेश जोगाउने जिम्मेवारी प्रतिपक्षीको काँधमा पनि छ ।

रचनात्मक भूमिका निभाउनुपर्छ भन्ने पक्षमा उभिएका छौं । सरकारले बाटो बिराउँदा बोलेर ठीक ठाउँमा ल्याउन आवाज उठाइरहेका छौं ।

बिडम्बना भन्नुपर्छ, दुई तिहाई बहुमतको सरकार छ तर आफैंमा धेरै कमजोर छ । कहिलेकाहीँ सामान्य बहुमत बलियो हुन्छ । तर दुई तिहाई सरकार आफंैभित्र हराइरहेको छ । सरकारको शैलीले संघीयता नै धरापमा जाला भन्ने चिन्ता छ ।

जनताले दुई तिहाई बहुमतको सरकारको काम हेरिसके । हिजो धेरै आशा गरेर भोट गरेका थिए । तर ती अपेक्षा पूरा भएनन् । अबको चुनावपछि सरकार हाम्रो स्थानमा आइपुग्छ । हामी सरकार चलाउँछौं ।
कुराकानीमा आधारित

The post प्रदेश सरकारको दुई वर्ष अलमलमै बित्यो appeared first on Koshi Online.

पार्टीमा अर्काे प्रधानमन्त्रीको खोजी भएको छैन : उपप्रधानमन्त्री पोखरेल

प्रदेश सरकारको दुई वर्षः संविधान र संघीयता कार्यान्वयनको आधार

मुख्यमन्त्री शेरधन राई
प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भयो । यो दुई वषर्को अवधी संविधान र संघीयता कार्यान्वयनको आधार तयार गर्ने महत्वपूर्ण वर्षको रुपमा रह्यो ।

प्रदेश सरकार महत्वपूर्ण उपलब्धिका साथ अघि बढिरहेको छ । सफलताहरुका साथमा अगाडि बढिराखेका छौं । कानुन निर्माण, संरचनाको व्यवस्था, आवधिक योजना, मनमोहन प्राविधिक विश्वविद्यालय आदि हाम्रा मुख्य उपलब्धिहरु हुन् ।

यो दुई वर्षको अवधीमा प्रदेश १ ले पहिलोपटक १ अर्ब बराबरको वैदेशिक सहायता प्राप्त गरेको छ । परियोजना बैंकको स्थापना भएको छ । प्रदेश लोकसेवा आयोग र लगानी बोर्डको गठन भएको छ । सडक र पुलहरुलाई बहुवर्र्षीय आयोजनाको रुपमा कार्यान्वयन गर्न अगाडि बढाएका छौं । प्रादेशिक सञ्जालका लागि दशवर्षे गुरुयोजना बनेको छ ।

शहरी विकास, साना सिंचाई र पर्यटन क्षेत्रको गुरुयोजनाको तर्जुमा, म अघि बढ्छु सगरमाथा टिन्स क्लब अभियानमा तीव्रता, डिजिटल लिट्रेसी कार्यक्रम सञ्चालन भएका छन् । अनलाइन शिक्षाको सुरुवात भएको छ ।

तर पनि जनताका सबै अपेक्षाहरु संवोधन हुन सकेका छैनन् । किनकि जनताका असीमित चाहनाहरु छन्, आकांक्षाहरु छन् । हामी नयाँ प्रणालीबाट अघि बढेको दुई वर्ष भयो । नयाँ बाटोबाट सीमित साधन र स्रोतका आधारमा अघि बढिरहेका छौं ।

हामीले गरिरहेको कामका बारेमा जनतालाई राम्ररी थाहा छ । यो अवधीमा न्यूनतम आकाँक्षाहरु मात्रै संवोधन भएको छ । जनतामा आशा, विश्वास र भरोसा जगाउन सफल भएका छौं ।

जनता उत्साहित छन् । आशावादी छन् । आशा र उत्साह हामीले जगाएको हो । प्रदेश सरकारप्रति जनताको पूरै भरोसा छ । मैले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्दा अनुभूति गरेको छु । मान्छेमा पूर्ण सन्तुष्टि कहिल्यै हुँदैन । तर हामीले धेरै आधार तयार पारेका छौं । हामीले चालेका कदम, हामीले गरेका निर्णय र कामहरुको बारेमा सकारात्मक प्रतिक्रयाहरु नै मैले पाइरहेको छु । हामीले कुनै गलत काम वा निर्णयहरु गरेका छैनौं ।

प्रदेशको विकासको आधार तयार गर्न हामी लगानी सम्मेलनको तयारी गर्दैछौं । लगानीसँग सम्बन्धित विधेयक बनिसकेको छ । प्रदेश लगानी बोर्ड पनि बनिसकेको छ । योजना आयोग क्रियाशील छ । निजी लगानी र वैदेशिक लगानीमा सञ्चालन हुने रुपान्तरणकारी परियोजनाहरुको पहिलो सूची तयार भइसकेको छ ।

आगामी २०७७ वैशाखमा हुने लगानी सम्मेलनमा प्रस्ताव गर्न योग्य बनाएर सबै परियोजनाहरुलाई प्रस्तुत गरिनेछ ।

हामीले भर्खरै सरकार पनि विस्तार गरेका छौं । हाम्रो मन्त्रीमण्डल विशेष छ, युनिक छ । नौ सदस्यीय मन्त्रीमण्डलमा सबै जाति समुदायको प्रतिनिधित्व भएको छ । पूर्ण समावेशी क्याबिनेट प्रदेश १ बाहेक अन्य प्रदेशमा देख्न पाइँदैन ।

यो अवधीमा हामीले थुप्रै कानुनहरु बनाएका छौं । ती कानुनहरु कार्यान्वयनमा गइरहेका छन् । तर कतिपय नियमावलीहरु बन्न बाँकी छन्, बन्दैछन् ।

हाम्रो क्याबिनेटको पहिलो निर्णय शहीदभूमि, वीरभूमि, ऐतिहासिक भूमिहरुलाई नमुना गाउँ बनाउने थियो । बस्ती कुन मोडलमा बनाउने भन्ने विषयमा छलफल गरिरहेका छौं । छिट्टै नमुना मोडल तयार पारेर काम अघि बढाउँछौ ।

कुराकानीमा अाधारित

The post प्रदेश सरकारको दुई वर्षः संविधान र संघीयता कार्यान्वयनको आधार appeared first on Koshi Online.

भेटियो अन्नपूर्णको हिउँपहिरोमा हराएका परियारको शव

स्वयंभूमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वयम्भूमा बा ३ ख ५१३४ नम्बरको ट्याङकरले प्रदेश ३-०२००४ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका ३ का साइरस गिरी रहेका प्रहरीले जनाएको छ।

शुक्रबार राति स्वयम्भूस्थित भगवान पाउमा भएको दुर्घटनामा गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। घाइते हुनेमा काभ्रेको भुम्लु गाउँपालिका निवासी प्रज्वल ठकुरी रहेका प्रहरीले जनाएको छ।

उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ।

दुर्घटनापछि दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्।

बाराको सिमरामा जिल्लाकै पहिलो सामुदायिक मन्टेश्वरी : ‘दंग अभिभावक, भरिभराउ बिद्याथी’

भ्यालेन्टाइन डेका दिन गरिएको प्रेम प्रस्ताव अस्विकार हुँदा…

सहकर्मी महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीमा एक प्रहरी जबानले आफैँलाई गोली प्रहार गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार बिहान आफैँलाई गोली हानेका थिए।

गोली प्रहारबाट गम्भीर घाइते भएका २२ वर्षीय रायको हाल काठमाडौँ महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

उनको शुक्रबारै अप्रेशन भएको र अवस्था सुधारोन्मुख रहेको जिप्रका सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

स्रोतका अनुसार शुक्रबार प्रणय दिवसका दिन रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए। ती महिला प्रहरीले उनको प्रेम प्रस्ताव अस्विकार गर्दा उनले आफैँलाई गोली प्रहार गरेका हुन्। उनीहरु दुबै अविवाहित हुन्।

प्रेम प्रस्ताव अस्वीकार हुँदा रायले सँगै डिउटीमा रहेकी प्रहरी जवान २२ वर्षीया संगिता चौधरीको साथमा रहेको ३०३ राइफल खोसेर आफैँलाई गोली हानेका हुन्।

राय सर्लाहीको बहुअर्वा गाउँपालिका ६ का स्थायी बासिन्दा हुन्। प्रेम प्रस्ताव अस्विकार हुँदा रायले आत्महत्याको प्रयास गरेको हल्ला आफूले पनि सुनेको एसपी सिग्देलले बताइन्।

‘उनले के कारणले आत्म हत्या प्रयास गरेका हुन्, हामी अनुसन्धानमै छौँ,’ एसपी सिग्देलले नेपालखबरसँग भनिन्, ‘अहिले नै यही कारणले भन्ने खुलेको छैन। उनी उपचारमै छैन, उपचार पछि सबै कुरा खुल्छ।’

राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

दिलीप हत्याकाण्ड : धरौटीमा छुटेलगत्तै पुनः पक्राउ परे ३ अभियुक्त, किन?

धनुषाका पर्यावरण अभियन्ता दिलीप महतो हत्या अभियोगमा हिरासतमा रहेका तीन अभियुक्त धरौटी बुझाएर तारेखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्। 

धनुषा जिल्ला अदालतले २५र२५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै अभियुक्तहरु-  दिलीपका साथी रोशन यादव, क्रसर उद्योग सञ्चालकका सहयाेगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई प्रहरीले पुन: पक्राउ गरेको हो। 

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरुलाई सार्वजनिक शान्ति सुरक्षाको कसुरअन्तर्गत पुनस् पक्राउ गरिएको हो। शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उनले बताए। 

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनेर चिनिने दिलीप महतोलाई गत पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा टिपरले किचेर मारिएको थियो।

उनको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक सञ्चालक विपिन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइसकेको छ।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सोहीअनुसार तीनै जनालाई कारागार चलान गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तर माथि उल्लिखित तीन जनालाई जनही २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको हो। 

हत्याकै आरोपमा पक्राउ परेका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन-दिलीपबीच कुनै किसिमको वैमनश्य रहेको नदेखिएको, सत्यनारायण र शत्रुधनको समेत हत्यामा संलग्नता नदेखिएको भन्दै तारेखमा रिहा गर्न आदेश गरेको थियो।

आदेशअनुसार तीनै जनालाई रिहा गरी पुनः अर्को कसुरमा पक्राउ गरिएकाे हो।

अभियुक्तलाई रिहा गर्न आवश्यक कागजी प्रक्रियाको क्रममा अभियुक्तहरुले होहल्ला तथा शान्ति सुरक्षा भंग हुने कदम उठाएकोले पक्राउ गर्नु परेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीको भनाइ छ।

जिल्ला अदालतको आदेश उपर चित नबुझेको भन्दै धनुषा प्रहरीले सरकारी वकिलमार्फत उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको जनाएको छ।

गएको पुस २५ गते विहान घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो।

हत्याको दुईदिन नबित्दै प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पछि पुनः त्यहि घटनाका २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको थियो। मृतक दिलीपका परिवारले प्रहरीमा ७ जनामाथि किटानी जाहेरी दिएका छन्।

ठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी

बुझ्ने र साथ दिनेसँग विवाह गर्छु

करिब दुई वर्ष नृत्य प्रशिक्षण र एकवर्षे अभिनय प्रशिक्षणपछि चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी दिपाशा बिसीको अभिनय यात्रा आठ वर्ष लाग्दै छ । अहिले उनलाई ‘म्युजिक भिडियो मोडलिङ’मा भ्याइनभ्याइ छ ।
सुर्खेत वीरेन्द्रनगरकी दिपाशा अध्ययनसँगै ‘कला करिअर’ बनाउन काठमाडौं आएकी हुन् । उनले यो सातासम्म ६ वर्षको ‘म्युजिक भिडियो करिअर’मा ५ सय ९ भिडियोमा मोडलिङ गरिसकेकी छन् ।
दिपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको हेमन्त शिशिरको ‘तिमी थोरै…,’बाट म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।
त्यस्तै, कृष्ण रेउलेको ‘अझै छु म पागल बनेको…,’ झरक संगीतमको ‘नानी आँखामा…,’ हरि विष्टको ‘माइतीको देशमा…,’ रामजी खाँडको खोया…,’ गोपाल नेपाल जीएमको ‘नक्कली मोरी…,’ स्वरूपा रसाइलीको ‘तिम्रै काखमा…,’जस्ता हिट गीतको भिडियोमा उनले अभिनय गरेकी छन् । स्टेजमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन्, दिपाशा ।
नायिका बन्ने सपना बुनेकी दिपाशाले ‘दुहली रानी’पछि ‘झेली,’ ‘ताल,’ ‘बिरानो माया’जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको फिल्म ‘रमिता’ प्रदर्शन तयारीमा छ । यिनै मोडलसँग डब्बु क्षत्रीले गरेको सटकट संवाद :

दिपाशाको परिचय मोडल कि नायिका ?

खास परिचय नायिका नै हो । नायिकाकै रूपमा चलचित्रमा आएकी हुँ । तर, म्युजिक भिडियोमा राम्रो प्रस्ताव आएपछि यति बढी व्यस्त भए“ कि आजकाल नायिकाभन्दा मोडलकै रूपमा चिनिन थालेकी छु ।

कमाइ पनि राम्रो भएर भिडियोमा लागेको हो ?

त्यस्तो पनि हैन, भिडियोमा व्यस्त भएपछि चलचित्रमा प्रस्ताव कम आएको हो । अहिले भिडियोको कमाइले जीवनयापन राम्रो चलेको छ । यसमै रमाएकी छु ।

मासिक कतिवटा भिडियो पुग्छ ?
तीजको बेला ३५ वटासम्म भिडियोमा मोडलिङ गरेकी छु । अरुबेला मासिक १० वटासम्म हुन्छ ।

कस्तो गीतको भिडियो गर्न मन छ ?
नाच्ने गीतमा काम गर्न बढी मन पर्छ । मलाई स्याडभन्दा डान्सिङ गीत बढी सुहाउने भएकाले त्यही नै बढी गर्छु । अझ त्यसमा पनि लोकदोहोरी बढी गर्दै आएकी छु ।

स्टेज कार्यक्रममा पनि बढी खोजिन्छ नि, हैन ?
म स्टेजमा आकर्षक नृत्य प्रस्तुत गर्न सक्छु । त्यसैले देश–विदेशमा सहभागी हुने गरेकी छु । हिउँदमा त स्टेज कार्यक्रम भ्याइनभ्याइ हुन्छ । सिजनमा मासिक १० वटासम्म स्टेज कार्यक्रम गर्दै आएकी छु ।

प्रेममा कतिको विश्वास छ ?
मायामा विश्वास गर्छु । यसले नै संसार चल्छ । यही कारण मायामा विश्वास गर्छु ।

विश्वास गरेको मायालु साथमा छ त ?
अहिले छैन । हुनेछ भन्ने विश्वासमा छु ।

मन पराउने त होलान् नि ?
हजार छन् । म तपार्इंलाई लभ गर्छु, माया गर्छु भन्ने धेरै छन् । माया गर्छु भन्नेलाई ‘धन्यवाद’ भन्ने गरेकी छु ।
सिरियससँग प्रेम गर्ने भटेकी छैन । मेरो पेसा कलाकारिता भएकाले कलाकारिता बुझ्ने र साथ दिनेसँग मात्र विवाह गर्छु ।

थप तस्बिरका लागि : www.rajdhanidaily.com login गर्नुहोला ।
तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं । सम्पर्क :rajdhaniglamour@gmail.com
तस्बिर : सत्यन श्रेष्ठ
लोकेसन : ठमेल इको रिसोर्ट, काठमाडौं

The post बुझ्ने र साथ दिनेसँग विवाह गर्छु appeared first on Rajdhani Daily News.

इरानमा कोरोना भाइरसको कारण राष्ट्रिय महिला खेलाडीको ज्यान गयो

नाबालकले बलात्कार गरे आमाबाबुको सम्पत्तिबाट क्षतिपूर्ति

काठमाडौं, ३ फागुन । सर्वोच्च अदालतले नाबालकले नाबालिकालाई बलात्कार गरे पीडकका बाबुआमाको सम्पत्तिबाट क्षतिपूर्ति भराउने नयाँ नजिर स्थापित गरेको छ। क्षतिपूर्तिका लागि पीडिकका बाबुआमाको नाममा सम्पत्ति नभए पीडित राहत कोष वा सरकारबाट भराउनुपर्ने बाध्यकारी निर्णय सर्वोच्चको छ। यस्तो बलात्कारमा उमेर नपुगेकै आधार देखाएर क्षतिपूर्तिबाट उन्मुक्ति दिन नसकिने फैसलामा उल्लेख छ। चितवन दिव्यनगरका १४ वर्षीय एक […]

आईभोमीको चारवटा मोडलका मोबाइल बजारमा

नगरकोटमा प्रहरी र स्थानीयबीच ढुङ्गा हानाहान, सञ्चारकर्मीमाथि अभद्र व्यवहार

भक्तपुर, ३ फागुन । चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झडप भएको छ । चीनको वुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयबासीले […]

ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर