Home Blog Page 1354

ओमानका वातावरणमन्त्रीलाई सगरमाथा संवादमा निम्तो

काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरणमन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीलाई काठमाडौंमा आयोजना हुने ‘सरगरमाथा संवाद’ कार्यक्रमका लागि निम्तो दिएकी छन् ।

मन्त्री टोवीकै कार्यकक्षमा बुधबार भेट गरी राजदूत ढकालले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा हुने कार्यक्रमका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पठाएको निम्तो मन्त्री टोवीलाई हस्तान्तरण गरेकी हुन् ।

भेटका क्रममा राजदूत ढकालले ‘सगरमाथा संवाद’ कार्यक्रमको उदेश्यबारे मन्त्री टोवीलाई जानकारीसमेत गराएकी थिइन् ।

मन्त्री टोवीले निमन्त्रणा ग्रहण गर्दै कार्यक्रम सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरे । उनले कार्यक्रममा सहभागिता जनाउन नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा पनि छलफल भएको छ ।

एभरेस्ट प्रिमियर लिगः ललितपुरले भित्र्यायो ३ पाकिस्तानी खेलाडी

आज माघ २३ गते बिहीवारको राशिफल पढि शे’यर गर्नुहोला।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछने ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लाभ भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासायमा बृद्धि हुनेछ भने आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । तरल पदार्थ तथा खनिज पदार्थको कारोबार फस्टाएर जानेछ । दिगो फाईदा हुँने लाभदाएका कामको थालनि गरि आर्थिक रुपमा सुदृड हुँन सकिनेछ । नयाँ नयाँ साथि सँगतले नयाँ योजना बनाई आम्दानी स्रोत फराकिला बनाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । बिहानको समय राम्रो रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ । बिहानको समय मध्ययम रहेकोले पढाइ लेखाइमा मन जाने छैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ । बिहानको समय मध्ययम रहेकोले वादविलादमा सामेल नहुनु होला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाई सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ । राजनितिमा समय लगानि गर्नेहरुले जनताको काम गर्न सक्दा पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बल तथा बुद्धिको प्रयोग गरि फाईदा लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

The post आज माघ २३ गते बिहीवारको राशिफल पढि शे’यर गर्नुहोला। appeared first on .

सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

पोखरा । गण्डकी प्रदेश सभा सुरु भएको बुधबार ठिक २ वर्ष पुगेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष कम कानून निर्माण तथा पदाधिकारीलाई गाडी सुविधा दिँदै बित्यो ।

संसद्को महत्वपूर्ण काम कानून निर्माण हो । तर, प्रदेशसभा सुरु भएको पहिलो वर्ष १९ कानून बनेकोमा दोस्रो वर्ष १२ मात्र कानून बन्न सके । दुईवर्षे अवधिमा कुुल ३१ विधेयक पारित भएकोमा ५ वटा विधेयक विधायन समितिमा विचाराधीन छन् । २०७४ माघ २२ मा गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । गण्डकी प्रदेशसभाले प्रदेश राजधानी ‘पोखरा’ र प्रदेश नाम ‘गण्डकी’ जुराउन सके पनि अन्य गतिविधि सुस्त रहेको टीकाटिप्पणी हुन थालेको छ ।
सभामुखदेखि विपक्षी दलको नेतासमेतलाई गाडी सुविधा छ । सांसदले सुनजडित लोगो लगाएका छन् । विभिन्न समितिका सभापतिहरु, प्रमुख सचेतकलाई संसदीय दलको कार्यकक्ष पनि बन्दैछन् । तर संसद्ले विजनेस नपाउँदा पटक पटक सूचना टाँस गरेर संसद् स्थगित गर्ने गरिएको छ ।

विपक्षी दल समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संसद्का कामकारबाहीप्रति १० मा मात्र ३ दिन्छन् । उनले सुरुवातमा जसरी आर्थिक विकास र समृद्धिको नारा अघि सारिएको थियो, त्यो हालसम्म नारामै सीमित भएको टिप्पणी गरे । उनले भने, ‘अबको बाँकी समयमा विज्ञ तथा प्राविधिक झिकाएर भए पनि कानून बनाउनतर्फ लाग्नुपर्छ । संसद्लाई विजनेस दिनुपर्छ । जति व्यवस्थापिका चलायमान भयो, त्यत्ति सरकारको कामकारबाही अघि बढ्छ । व्यवस्थापिका निस्क्रिय भएमा लोकतन्त्र पनि स्खलित हुँदै जान्छ, र जनताले पहिलेकै व्यवस्था ठिक रहेछ भन्न बाध्य हुुनुपर्ने अवस्था आउन सक्छ ।’

गण्डकीमा अन्य प्रदेशमाजस्तो सिक्दै र अगाडि बढ्ने अवस्था देखिएको छ । राजनीतिक एवं प्रशासनिक क्षेत्रका व्यक्तिले संघीयतालाई यहाँ पनि नयाँ अभ्यासको रुपमा लिएका छन् । भारत, अमेरिका लगायत देशमा संघीयताको लामो अभ्यास गरेका मुलुकभन्दा नेपालमा वर्षौदेखि केन्द्रिकृत शासन व्यवस्थापछि एक्कासी संघीयताको अभ्यासले उनीहरु सोही परिवेशमा ढाल्दै जाने र सिक्दै जाने अवस्थामा रहेको बताउँछन् । उनीहरुमा ज्ञान र अनुभवको कमी देखिन्छ ।
गत वर्ष तुलनामा यसपालि कानून निर्माण किन सुस्त भयो भननेबारे प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कानून सरकार र जनताको आवश्यकता हेरेर बन्ने भएकोले कम र धेरै भन्न नमिल्ने बताउँछन् । प्रदेशको एकल अधिकारका विभिन्न कानून बनिसकेको उनको दाबी छ । विवादित सांसदलाई शपथ खुवाउने विषयमा अघि सरेका सभामुख अधिकारीले सांसदले संसदमा प्रस्तुत गर्ने विषयवस्तु के कस्ता छन् भन्नेबारे पनि ख्याल गर्नुपर्ने जानकारको भनाइ छ ।

संयुक्त अधिकार सूचीका विषयमा कतिपय कानून संघले नबनाउँदा त्यसको असर गण्डकीमा पनि परेको सांसदहरु बताउँछन् । एकल अधिकारका कानून प्रदेश संसद्ले बनाए पनि संयुक्त अधिकारका विषयमा संघले कानून नबनाउँदा यहाँ असर परेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए । उनको अनुभवमा यहाँ जग्गा प्राप्तिसम्बन्धी चुनौती देखिएको छ । प्रदेशलाई भोगाधिकार नदिइसकेको वा लिजको व्यवस्था नटुंगिएको हुँदा भवन निर्माण कार्य बाँकी नै रहेको उनले जनाए ।

गण्डकी प्रदेशमा हाल चार दलका ६० जना सांसदको प्रतिनिधित्व छ । जसमा नेकपाको ४०, काँग्रेस १५, समाजवादी ३ र राष्ट्रिय जनमोर्चाको सांसद २ छन् ।

The post गण्डकी प्रदेशसभाको २ वर्ष पूरा appeared first on Rajdhani Daily News.

गाउँमा डोडर पस्यो, युवाहरु काम खाेज्न भारत छिरे

सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन् । आज बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरुले २८ वर्षयता आयोजना अलपत्र परेकोमा गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले २८ वर्ष पूर्व सुरु हुन लागेको पश्चिम सेती परियोजना किन बन्न नसकेको भनी प्रश्न समेत उठाए ।

बहुमतको सरकारले अघी बढाउन सक्छ : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य भीम रावलले बहुमतको सरकार आएकाले पश्चिम सेती परियोजना निर्माण अगाडि बढाउन सक्ने बताए । उनले भने, नेपालमा विभिन्न समयमा सरकार परिवर्तन भई राजनीतिक अस्थिरताका कारणले परियोजनाले पूर्णता पाएन । अहिलेको सरकार दुई तिहाईको सरकार हो भएकाले परियोजना कार्यान्वयन गर्न सक्छ ।लामो समयदेखि निर्माण गर्न थुप्रै सरकारले पहल गरेपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै आलोचना गरे ।विदेशी कम्पनीहरुलाई पहल गर्दा पनि पूँजी व्यवस्थापन गर्न नसक्दा कम्पनीहरुले छाडेको बताए । परियोजना निर्माण हुनुपर्छ भन्नेमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गरिरहेको सांसदहरुको एउटै मत रहेको समेत बताए ।

माधवकुमार नेपाल नेतृत्वको सरकार हुँदा यस परियोजनाको विषयमा चीनसँग सम्झौता भएको उल्लेख गरे ।उनले भने,सरकार केही दिन पछि ढल्यो र सो परियोजनाको काम रोकियो । पश्चिम सेतीबारे सरकारलाई गम्भीर हुन आग्रह गरे । विकासका लागि सरकार एकजुट हुनपर्ने आग्रह गरेका छन् ।

सुदुरपश्चिम सधै अपहेलित : दिलेन्द्र बडु
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदुरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । २८ वर्ष अगाडी शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन् भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, २८ वर्षसम्म किन परियोजना अगाडि बढ्न सकेन ? विकासका लागि सुदुरपश्चिमेली एकजुट हुने उनको भनाई थियो । दुईवटा बजेट ल्याई सकेको वर्तमान सरकारले अर्को बजेट भाषणमा उक्त परियोजनाको बजेट छुट्याउनु पर्नेमा जोड दिए । रेल र पानी जहाज ल्याउन लागेको सरकारले केन्द्रलाई मात्र ध्यान दिएको बताए। रेल र पानी जहाजको बजेटले १० आठवटा परियोजना बन्न सक्ने बताए । दुई पक्षीय वार्ता नभएको कारण चिनियाँ कम्पनी यस परियोजनाबाट हटेको गुनासो समेत गरे । सो परियोजनाको बजेट सरकारलाई छुट्याउन आवश्यक रहेका बताए । सो परियोजना राष्ट्रिको हितमा रहेको जनाए । परियोजनाले देशमा रोजगारी सिर्जना गर्ने र युवाहरु विदेश पलायन हुनबाट जोगिने समेत बताए ।

डोटीका नेकपा सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाए । उनले भने, सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र हटेपछि बोल्ने प्रवृत्ति छ । सत्तामा पुगेकाहरु पश्चिम सेती अघि बढाउनेबारे गम्भिर नभएको आरोप लगाए । सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरु काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीहरुलाई निर्माण गर्न रोक लगाइएका बताए । २८ वर्षमा थुप्रै सरकार बने पनि निर्माणका लागि गम्भीरतापूर्वक पहल नगरेको उनको भनाई थियो । पश्चिम सेती वर्तमान सरकारको पालामा काम हुने उनको भनाई थियो । उनले भने,पहिल्यै तयार भएको डिपीआरलाई करेक्सन गरेर काम गर्ने प्रतिबद्वता व्यक्त भइसकेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बद्री पाण्डेल पश्चिम सेती परियोजना घर न घाट को भएको बताए । उनले भने, सरकारले परियोजनालाई उच्च प्राथमीकतामा राख्नुपर्छ । परियोजना प्रति राज्यले ध्यान नदिंदा अलपत्र परेका बताए ।
राष्ट्रिसभाका सांसद चक्र प्रसाद स्नेहीले पश्चिम सेती परियोजना दिन प्रति दिन सेलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, परियेजनालाई सफल पार्न सुदुपश्चिमवासीहरुले आफ्नो गाँस काटेर समेत यस परियोजनामा सेयर हाल्ने जनाएका छन् । सो परियोजनाले निरन्तरता पाओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय सभाको दीगो विकास समीतीकी सभापती तारा देवी भट्टले सो परियोजना जतिसक्दो छिटो अगाडि बढ्नुपर्नेमा जोड दिइन् । परियोजनालाई प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल गरेर अगाडि बढाउने बताइन् ।
कार्यक्रम आयोजक बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती परियोजनालाई सरकारले प्याकेजको रुपमा अगाडि बढाउनुपर्ने माग गरे । सुदुरपश्चिमेली धेरैपटक सडकमा पुग्दा पनि माग सम्बोधन नभएको भन्दै अब कार्यान्वयनमा जान नीतिनिर्माण तहमा भएकाहरु एक्सनमा जानुपर्ने बताए । उनले भने, सांसदज्यूहरु अब एक्सनमा जानुहोस्, सडकबाट कराएर हाम्रो मुद्दा समाधान भएन ।परियोजना निर्माण गर्न सुदुरपश्चिमका सबै राजनीतिक दलहरु एकमत हुनुपर्नेमा जोड दिए । योजनालाई बजारीकरण नगर्न सरकारलाई आग्रह गरे । यसै विषयमा उनले छिट्टै किर्तीपुरमा आजादी कन्सर्टको आयोजना गर्ने जानकारी गराए ।

कार्यक्रममा अभियन्ता हेम थापाले सम्पूर्ण क्षेत्रको विकास भइरहँदा सुदुरपश्चिमको विकास किन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले सुदुरपश्चिमवासीहरुलाई सैताको जस्तै व्यवहार गरिरहेको आरोप समेत लगाए ।
पत्रकार ऋषी धमलाले पश्चिम सेती बनाउनका लागी सबै पार्टी एकजुट हुनुपर्ने बता । पश्चिम सेती परियोजनाको विषयमा बहस गर्ने समेत बताए ।

कार्यक्रममा सुदुरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरु शेरबहादुर कुँवर यज्ञ बोगोटी, लक्ष्मी चौधरी, बीना बुढाथोकी, राम बहादुर विष्ट, लगायतका उपस्थिती रहेको थियो ।

The post सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ? appeared first on Rajdhani Daily News.

अक्षरभन्दा तस्वीरले धेरै बोल्नेः मन्त्री भुसाल

जब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्…

वासिंगटन । अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसमा ‘स्टेट अफ दी यूनियन’ नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पारेकी थिइन् ।

यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले सो कागज अरु तीन चार टुक्रा पारेको टेलिभिजन फुटेजमा देखिएको छ ।

सो घटनापछि संसद् भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन्, ‘राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।’ सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्वयोजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् । रिपब्लिकन पार्टीका सांसदले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन् ।

‘अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ,’ राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले भने, ‘पेलोसी र डेमोक्र्याटले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टी हुन्छ ।’

लुजियानाका रिपब्लिकन मतगणक स्टिभ स्कालिजले ट्वीट गर्दै आक्रोश पोखे, ‘राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो । तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गर्नुभयो ।’

केही महिना अघिमात्र अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ ले राष्ट्रपति ट्रम्पले कंग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ । सिनेटमा रिपब्लिकन पार्टीको बहुमत रहेकाले राष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव पारित नहुने पक्का भइसकेको छ, र रिपब्लिकन पार्टीले राष्ट्रपतिलाई पूर्णसमर्थन गर्ने जनाइसकेका छन् ।

महाभियोगको प्रस्तावका सन्दर्भमा बुधवार वा बिहीवार सिनेटमा मतदान हुँदैछ । महाभियोग पारित हुन संसद्को दुई तिहाई मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले संसद्मार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो शासनकालमा व्यापक प्रगति गरेको, आर्थिक सुधार भएको, विदेश नीति सफल रहेको, आतंकवाद विरुद्धका कैयौँ अभियानमा सफलता हासिल भएको, अमेरिकी सेनाको क्षमता बढेको, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रगति भएको, अनधिकृत आप्रवासन घटेकोलगायतका दाबी गरेका थिए ।

करिब ७८ मिनेटको सम्बोधन भाषणमा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी हुने विश्वासका साथ अमेरिकालाई थप प्रगतितर्फ अगाडि लैजाने दृढता व्यक्त गरेका थिए ।

राष्ट्रपतिको सम्भाषणका क्रममा अमेरिकी विशिष्ट व्यक्तिका साथै भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदो पनि दर्शक दिर्घामा सहभागी थिए । राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकाले राष्ट्रपतिका रुपमा स्वीकार गरेको भन्दै ‘राष्ट्रपति’ भन्दै सम्बोधन गरेका थिए ।

राष्ट्रपति ट्रम्पले विश्वभर नै समाजवादी आन्दोलनले गरिबी बढाएको र अर्थव्यवस्थालाई कमजोर बनाएको बताउँदै त्यस्तो व्यवस्था रुचाउने अमेरिकामा पनि पराजित हुने विश्वास व्यक्त गरे । राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा केही डेमोक्र्याट सांसद संसद् भवनमा उपस्थित भएका थिएनन् ।

The post जब राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुखले रोष्ट्रममा नै च्यातिदिइन्… appeared first on Rajdhani Daily News.

सिमकार्ड,रिमकार्ड बिक्रीवितरणमा कडाइ

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं, २२ माघ । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड […]

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

नवीन पौडेल र न्यायाधीश कुमार रेग्मी जग्गा फिर्ता गर्न मञ्जुर

काठमाडौं, २२ माघ । ललिता निवासमा जग्गा किनेका नवीन पौडेल र सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीले आफ्नो नाममा रहेको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर भएका छन् । नवीन पौडेल हाल नेकपाका महासचिव विष्णु पौडेलका छोरा हुन् । नवीन नाबालक हुँदा पिता विष्णु पौडेलले ८ आनाको दुई कित्ता जग्गा ललिता निवासमा खरिद गरेका थिए । […]

जनयुद्धका घाइतेलाई सीप सिकाउन सीटीईभीटीलाई शिक्षामन्त्रीको निर्देशन

गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला

ईटहरी । प्रदेश १ कै पहिलो गोरखा डिर्पाटमेण्ट स्टोर अब हप्तामा सातै दिन खुल्ला हुने भएको छ । ग्राहकहरुको पहिलो रोजाईमा रहेको गोरखा डिर्पाटमेन्ट सातामा एक दिन बन्द हुँदै आएको थियो ।

सुनसरीको ईटहरी, धरान, मोरङको बिराटचौक,पथरी र झापाको दमकबाट सेवा प्रदान गरिरहेको सो होटल सातै दिन खुल्ला हुने भएपछि ग्राहकहरुलाई किनमेलका लागी थप सहज हुने भएको छ । डिर्पाटमेन्टले पर्यटन बर्ष सन २०२० लाई लक्षित गर्दै ईटहरीमा सुबधिासम्पन्न गोरखा होटल एण्ड रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याईसकेको सञ्चालक बलराम आचार्यले बताए ।

The post गोरखा डिर्पाटमेण्ट हप्तामा सातै दिन खुल्ला appeared first on Purbeli News.

कतार एयरवेजले इरान र दक्षिण कोरियाबाट आउने यात्रुलाई क्वारेन्टाइनमा राख्ने

ईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

ईटहरी । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । बैँकका कार्यकारी प्रमुख अनिलकेशरी शाहले बुधबार सुनसरीको ईटहरीमा कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको जानकारी गराए । सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५० प्रतिशत ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौं लगत्तै जनवरी ३१ २०२० प्रदेश नं ५ भैरहवा बाट सुभारम्भ गरिएको थियो । यसै क्रममा उक्त नय“ा एस. एम. ई कर्जा प्रदेश नं. १ को ईटहरीमा सार्बजनिक गरिएको हो । योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको बताए ।

कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।” उनले भने । कार्यक्रममा उद्योग बाणिज्य संघ ईटहरीका अध्यक्ष भीमबहादुर पौडेलले बैँकहरु सर्बसाधारणको पहुँचमा पुग्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाको बैँकका अधिकृत शाहले जवाफ समेत दिएका थिए ।

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र UKaid Sakchyam Access to Finance मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । Credit Scoring विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

The post ईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक appeared first on Purbeli News.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा, मोदीले गरे स्वागत

सुनकाे मूल्य घट्ने क्रम जारी

काठमाडौं / नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

The post सुनकाे मूल्य घट्ने क्रम जारी appeared first on Purbeli News.

प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरामा