Home Blog Page 1355

छाना र भित्ता नै नभएको अनौठो होटल !

एजेन्सी, २२ माघ । विश्वमा सुविधा सम्पन्न तारे होटलहरु धैरै छन् । तर स्वीट्जरल्याण्डमा यस्तो अनौठो होटेल छ । जसको छाना र भित्ता नै छैन । यही कारण लोकप्रिय समेत बनेको छ । नल स्टर्न नाकम यो होटलको न त छाना छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो […]

पैदल हिँडिरहेका बालककाे ठक्करबाट मृत्यु

साउदी अरबमा बर्डफ्लु भेटिएको पुष्टि

एजेन्सी, २२ माघ । साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो । अहिले घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान […]

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा, चार जना पक्राउ

विष्णु पौडेलका छोरालाई बालुवाटार घोटालामा कसरी दिइयो छुट ? यस्तो छ भित्रि रहस्य !

काठमाडौं – बालुवाटारको ललिता निवासको जग्गा घोटालामा मुछिएको चर्चित नाम थियो, नेकपा महासचिव विष्णु पौडेलको ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनको नाम छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव रहेका विष्णु पौडेलले आफ्ना छोराका नाममा बालुवाटारको विवादित जग्गा दर्ता गराएको खुलासा भइसकेको छ । महासचिव पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै निकट विश्वासपात्र हुन् ।

सत्ताको आडमा विष्णु पौडेलले आफ्नो छोरा नवीन पौडेललाई कानुनी कारवाहीबाट कसरी छुट दिलाउन सके ? कम्युनिस्ट सत्ता नजिक नरहेका व्यक्तिलाई अख्तियारले मुद्दा चलाएको भएपनि पौडेलका छोरा लगायत व्यक्तिले छुट पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा विष्णु पौडेलका छोराको छुट पाउनुको कारण लेखिएको छ । विवादित जग्गा आफ्नो नाममा दर्ता गराउने नवीन पौडेलले अख्तियारमा हाजिर भएर जग्गाहरू नेपाल सरकारलाई छाडिदिन मञ्जुरी गरेकाले पौडेललाई छुट दिइएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति –

भ्रष्टाचार निवारण ऐन अनुसार घोटालाको कारवाही प्रक्रिया अगाडि बढाएको अख्तियारले ऐनमा भएको एउटा व्यवस्थालाई प्रयोग गर्दै विष्णु पौडेलका छोरालाई छुट दिएको छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ५५ मा भएको व्यवस्था अनुसार छुट दिइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् दफा ५५ –

अख्तियारले बयानका क्रममा जग्गा फिर्ता गर्ने कबुल गरेका आधारमा नेकपा महासचिवका छोरा विष्णु पौडेललाई उन्मुक्ति दिइएको छ । यस्तो सुविधा अख्तियारले जग्गाधनी कुमार रेग्मीलाई समेत दिएको छ । दुवैले घोटाला भएको जग्गा खरिद गर्दै आफ्नो नाममा पारेका थिए ।

सत्ताको छत्रछायाँमा रहेका व्यक्तिलाई विभिन्न कानुनी प्रावधान देखाउँदै अख्तियारले उन्मुक्ति दिएपनि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न अन्य १७५ जनामाथि भने विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बुधवार अख्तियार आयोगले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् । व्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको आरोपमा अख्तियारले सबैविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा जोडिएका सत्तारुढ दलका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत मुद्दा चलाएको छैन ।

सत्ता निकट रहेका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय अख्तियारले गरेको छ ।

कोरोनाभाइरसः फिलिपिन्समा २२० जोडीले मास्क लगाएर सामूहिक विवाह गरे

प्रचण्डले आपत खेलाएपछि ओली नीतिः नेता भेट्ने, फकाउने !

काठमाडौं– पार्टीभित्र प्रचण्डको उपस्थिती बलियो हुने देखेपछि प्रधानमन्त्री केपी ओली यतिबेला पूर्वएमाले नेता फकाउने रणनीतिमा लागेका छन् । त्यसका लागि उनले एक्लाएक्लै भेट गर्न थालेका छन् । खासगरी केही समयअघि भैंसेपाटीस्थित वामदेव गौतम निवासमा भएको बहुमत केन्द्रीय सचिवालय सदस्यहरूको भेलापछि ओली झस्केका छन् ।

हुन त त्यसअघि नै ओलीले आफूसँग असन्तुष्ट नेताहरूलाई फकाउन ‘वान इन वान’ भेटवार्ता गर्न थालेका छन् । यसैक्रममा ओली र नेता माधवकुमार नेपालबीच सोमबार चार घन्टा लामो गोप्य संवाद भएको छ । दुवैबीच पार्टी एकतादेखि नै सम्बन्ध राम्रो थिएन । यसअघि पनि भदौमा ओली र नेपालबीच चार घन्टा कुराकानी भएको थियो । त्यसपछि दुवैबीच सम्बन्धमा तिक्तता आएको थियो ।

त्यसपछि ओलीले वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा एक्लाएक्लै भेटवार्ता गरेका थिए । ओलीले नेता वामदेव गौतमसँग पनि बालुवाटारमा एक्लाएक्लै कुराकानी गरेका थिए । त्यसबेला नै उनलाई उपाध्यक्ष बनाउने सहमति भएको थियो । पछिल्लो समय गौतम ओलीको त्यति विरोध गर्दैनन् ।

ओली र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि बालुवाटारमा एक्लाएक्लै कुराकानी भएको थियो ।

दरबारमार्गमा खुल्यो चिनियाँ भिसा आवेदन केन्द्र, कसरी लिने सुविधा?

पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल

पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुधार गर्न तीन महिने अभियान सञ्चालन गरिने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ३ महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए ।

हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उनले बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताए ।

पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताए ।

समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उनले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने शंका बैठकसँगै अन्त्य भएको बताए ।

नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट गरे ।

एमसीसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको बताए ।

सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्फबाट कूटनीतिक नोट भारत पठाइएको बताए ।

नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उनले भारतको सकारात्मक प्रतिक्रिया आएको बताए ।

The post पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल appeared first on Koshi Online.

मिनी ट्रकको ठक्करबाट भक्तपुरमा बालकको मृत्यु

चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी

काठमाडौं, २२ माघ । चीन सरकारले चीनको वुहान शहरमा रहेका नेपालीहरू कोरोना भाइरसको संक्रमणवाट सुरक्षित रहेको भन्दै हालसम्म कसैमा पनि उक्त संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

नेपालका लागि चीनका राजदुत हु याङछीले नेपाली सञ्चारमाध्यामलाई दिएको एक अन्तर्वार्तामा केही सञ्चार माध्याममा चीनमा केही नेपालीहरुलाई विमानस्थलमा रोकिएको समाचार आएको बताउँदै शरीरको तापक्रम बढी देखिँदा उनीहरूलाई रोक्नु परेको जानकारी दिइन् ।

राजदुत याङछीले यदि नेपालले आफ्ना नागरिकलाई फिर्ता ल्याउन जोड गरेमा नेपालीले त्यसअघि विमानस्थल क्वारेनटाइन, महामारी रोक्ने संयन्त्र र विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको सरसल्लाह लिनु जरुरी रहेको बताइन् ।

वुहानमा रहेका नेपालीहरुलाई चाहिने सरसामान प्रदान गर्न चिनियाँ विदेश मन्त्रालय, स्थानीय सरकार र सम्बन्धित विश्वविद्यालय प्रतिवद्ध रहेको चिनियाँ दुतावासले स्पष्ट पारेको छ ।

The post चीनमा नेपालीहरू कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छन् : राजदूत हु याङछी appeared first on Koshi Online.

रत्ननगर बालमैत्री नगर घोषणा

कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : प्रचण्ड

पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसले भ्रमण वर्ष २०२० मा ठेस लागेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भ्रमण वर्ष मनाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।

यस्तै उनले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवम् विकास गर्न सकिने प्रचुर सम्भावना रहेको उनले बताए ।

अध्यक्ष दाहालले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताए ।

‘भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि सङ्ग्रहालय महत्वपूर्ण बनेको छ’, उनले भने, ‘यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

अध्यक्ष दाहालले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा सङ्ग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसङ्ग उल्लेख गर्दै उनले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए ।

The post कोरोना भाइरसले भ्रमण वर्षमा ठेस लाग्यो : प्रचण्ड appeared first on Koshi Online.

उपत्यकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपाल १८ रनले पराजित

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव ५ ओभर खेल्दा मात्र १ सय ७९ रन जोड्नसक्यो।

नेपालले अब अर्को खेलमा शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले सुरुवाती ५ ओरभमै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई सजिलै गुमाएको थियो। पारसले ३ रन जोड्दा ज्ञानेन्द्र १ रनमै आउट भएका थिए।

खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले ६२ रनको साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

ओडीआईमा नेपालको यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी समेत हो। दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबीडब्लू आउट गरेका थिए।

दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के।

त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए।

२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने।

लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो स्लिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा दबाबमा परेको थियो।

छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए। तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच आउट गराए। विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

करण केसी शुन्य रनमा आउट भएको इनिङस्मा सन्दीप लामिछानेले २८ रनको योगदान दिए।
नेपाललाई रोक्न ओमानका जिसान मक्सुदले ३ तथा विकल खान र कलिमुल्लाहले समान २ विकेट लिए।

त्यसअघि घरेलु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै रनको १ सय ९७ रनको योगफल तयार पारेको थियो।

एक दिवसीय खेलमा डेब्यु गरेका सुसन भारीले ३ विकेट लिए। निकै किफायती बलिङ गरेका सुसनले आफ्नो स्पेलमा १४ रन खर्चदै १ मेडन राखे।

करण केसीले ५ तथा दिपेन्द्र सिंह ऐरिले १ विकेट लिए। तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे।

ओडीआई डेब्यू खेल खेलिरहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाएका थिए। तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे।

करणले नै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए।

आठौं ओभरमा स्पिनर सन्दीप लामिछानेलाई बलिङमा आएका थिए। उनले कुनै विकेट हात पार्न सकेनन्। १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल हाबी भएको थियो।

अकीबले ३४ बलमा २ चौका प्रहार गरे। पारस खड्काले १६ औं ओभर मेडन राखे। १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे।

सुशनको अपिलमा एम्पायरले आउट दिएका थिए। उनले ४० बलमा ४ चौका प्रहार गरे। एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि नेपाल खेलमा हाबी भएको थियो।

मोहम्मद नाविदले अर्धशतक पुरा गरेको इनिङ्समा सिम खुसीले २८, निसन मक्सुदले २०,अकिब लियासले १६ रन जोडे। अन्य ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सिरिजमा भोलि ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को बन्नेछ भारत–नेपाल दृष्टिकोण

नेपाल–ओमान क्रिकेटः तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

सुरुवाती ५ ओभरमा ४ रनमै दुवै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उपकप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले सम्हालेका थिए।

दुवैले तेस्रो विकेटका लागि ६२ रनको कीर्तिमानी साझेदारी गर्दै इनिङ उकासे। नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो।

ओडीआईमा नेपालको यो दोस्रो उच्च साझेदारीमा पर्दछ। दीपेन्द्रलाई २०औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलवी डब्लू आउट गरे। दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शरद १ सय ४ बलमा ५ चौका सहित ५४ रनमा खेलि रहेका छन्। उनलाई लेग स्पिनर सन्दिप लामिछानेले १४ रनमा साथ दिइरहेका छन्।

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

त्रिकोणात्मक क्रिकेट शृंखलामा शरदको कीर्तिमान

राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले ओमानविरुद्ध कीर्तिमानी ५० रन पूरा गरेका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा उनले कीर्तिमान बनाएका हुन्।

घरेलु मैदानमा भएको ओडीआईमा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। शरदले सो कीर्तिमान ९५ बलको सामना गर्दै पूरा गरेका हुन्।

शरदले ५ चौका मद्दतमा अर्धशतक पूरा गरे। राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का सस्तैमा पवेलियन फर्केपछि शरद तेस्रो नम्बरमा क्रिजमा आएका थिए।

यसअघि नेपालबाट ओडीआईमा कप्तान ज्ञानेन्द मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्धशतक पूरा गरेका छन्।

कोरोनाभाइरसः १५ देशले दक्षिण कोरियामा लगायो भ्रमण प्रतिबन्ध