Home Blog Page 1370

सर्भे पक्की पुलको गरियाे, बन्ने भयो बेलिब्रिज !

कालीकोट, १९ माघ । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन । गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना पूरा भयो तर हालसम्म पुल बनाउन कुनै पहल नभएपछि गाउँपालिकाले बेलिब्रिज जोड्ने निष्कर्ष निकालेको छ । कर्णाली प्रदेश सरकारले पुलको […]

अवैध सम्पत्ति थुपार्नेविरुद्ध आक्रामक बन्दै सरकार

गृह सचिव प्रेमकुमार राई सम्मानित

काठमाडौं, १९ माघ । किरात राई कर्मचारी संघले गृह सचिव प्रेमकुमार राईलाई सम्मान गरेको छ । निजामती सेवामा ३६ वर्षसम्म अनवरत सेवा गरेका राईले निजामती प्रशासन सुधारका लागि उल्लेख्य भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । सम्मानित राईले कार्यक्रममा सहभागी कर्मचारीलाई सेवाग्राहीको काम सेवाभावले गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । उहाँले निजामती क्षेत्रमा कार्य गर्दा व्यक्तिगत स्वार्थ […]

नेकपा कार्यदल निष्कर्ष : यथास्थितिमा एमसीसी असम्भव

आज माघ१९ गते आइतबार, तपाईंको राशिफल पढि शे’यर गर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । कडा परिश्रमका बलमा बेलुकीसम्ममा राम्रो परिणाम हात पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित हुनेछैन । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउने छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ अपराह्नपछि चौथो चन्द्रमाले असहज परिस्थिति सिर्जना गर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ । तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । बन्दव्यापारबाट बेफाइदा हुँदैन । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । कडा मिहिनेत र परिश्रमपछि सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुनेछ । आफ्नै प्रतिज्ञा वा बाचा पूरा गर्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

The post आज माघ१९ गते आइतबार, तपाईंको राशिफल पढि शे’यर गर्नुहोला। appeared first on .

१८ अर्बको खाना पकाउने ग्यास आयात

सांसद पार्वती चौधरी र समाजवादी पार्टीका नेता जयनाथ यादवमाथि ठगीको आरोप ! (भिडियो)

काठमाडौं, १८ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ : १. प्रतिनिधि सभा सांसद पार्वती डिसी चौधरीलाई ठगीको आरोप ! काठमाडौं, १८ माघ । प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरीमाथि […]

किन जापानले कामदार लगेन ?

साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार

काठमाडौँ / धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए ।

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए ।

यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए ।

यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो ।

बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए ।

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो ।

कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् ।

The post साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार appeared first on Purbeli News.

सडक सुरक्षित बनाउन थप एक खर्ब लगानी आवश्यक

व्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिन सकेन : मनिष कुमार मारु

इटहरी । सहिदहरूको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बिहीबार दुहबीमा मैनबत्ती बाली सहिदहरूको सम्झनामा मौन धारण गर्दै सहिद दिवस मनाएको छ । सहिदहरूले दिएको योगदानलाई सम्मान गर्दै मैनबत्ती बाली दुहबी चौकमा मौन धारणको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले सहिदहरूको त्याग तपस्याका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको स्मरण गर्दै सहिदहरूले देखाएको बाटोमा सबै नेपालीहरू एकजुट भएर हिँड्न सके मात्र सहिदहरुको सम्मान हुने बताएका छन । राष्ट्र निर्माताहरुले भाषणमा भन्दा व्यवहारमा एकरूपता ल्याउन सके सबै समस्याको समाधान हुने बताए । व्यवसायीहरूले निर्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको र राज्यले पूर्ण सुरक्षा दिन नसकेको बताउँदै उनले व्यवसाय तथा उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन समेत सरकार समक्ष माग गरेका छन ।

कार्यक्रममा दुहबी नगरपालिकाकी उप मेयर सुनिता शाह, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरि वंश राठी, कम्पनीका सञ्चालकहरू , कर्मचारीहरू, र पत्रकारहरू लगायतको उपस्थिति रहको थियो । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

The post व्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिन सकेन : मनिष कुमार मारु appeared first on Purbeli News.

सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली (भिडियो)

केपी ओली देखेर रिसाए नरेन्द्र मोदी !

नयाँदिल्ली – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग सम्बन्ध सुमधुर बनाउन नसकेको संकेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको बजेटले दिएको छ ।

भारत सरकारले चालू आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा नेपाललाई दिने अनुदानमा कटौती गरिएको छ ।

मोदी सरकारकी अर्थमन्त्री निर्मला सीतारमणले शनिवार संसदमा पेश गरेको बजेटमा नेपाललाई दिइने अनुदान घटाएर ८ अर्बमा सीमित गरिएको छ ।

यसअघिको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदान रकममा करीब ४ अर्ब कटौती गरेकी छन् । गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटौती भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्बको सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड सहयोग दिने प्रस्तावित गरिएपनि यसवर्ष अनुदान कटौती गरिएको छ ।

भारत सरकारले नेपाललाई दिने अनुदान घटाएपनि भुटानलाई दिने सहयोग बताएको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख सहयोग प्रदान गरिने बजेटमा उल्लेख छ । भुटानको अनुदान गत वर्षभन्दा करीब ८ प्रतिशत बृद्धि भएको छ ।

ओली सरकारले चीन र अमेरिकासँग सम्बन्ध सुधार भएको दाबी गरिरहेका बेला छिमेकी भारतसँग भने सम्बन्ध बिग्रिएको देखिएको छ । ओली सरकारले अमेरिकालाई खुसी पार्न एमसीसी सम्झौता संसदबाट पारित गर्न जोडबल गरिरहेको छ ।

पुस २७ देखि रत्ननगर महोत्सव, तयारी तिव्र टाँडीमा फुड फेस्टिवल

चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता

एजेन्सी, १८ माघ । चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा प्रभावकारीरूपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको विश्वास व्यक्त गर्नुभएको थियो । चीनका लागि अहिले सबैभन्दा महत्वपूर्ण काम भनेको महामारी संक्रमणको […]

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्ण प्रतिबद्धता व्यक्त हुँदै

सुख्खा मौसम लागैसँगै धरानमा सुरु हुन्छ रित्ता गाग्रो ठट्टाउँदै उपभोक्ताहरुको आन्दोलन (भिडियो)

काठमाडौं, १८ माघ । १. सुख्खा मौसम लागैसँगै धरानमा सुरु हुन्छ रित्ता गाग्रो ठट्टाउँदै उपभोक्ताहरुको आन्दोलन सुख्खा मौसम सुरु हुने वित्तिकै धरानवासीहरुको आँत पनि सुख्खा हुने गर्छ । बर्षौदेखि धरानवासी खानेपानीको अभावमा तड्पिदै आएपनि यस्को दीगो समाधानका लागि कुनै गम्भीर प्रयासहरु हुन सकेको छैन् । खानेपानी संस्थानले पानी पु¥याउन नसकेपछि धरान उपमहानगरपालिका अन्तर्गत खानेपानी बोर्ड […]

बज्जिका भाषा बिकासका लागि सकारात्मक सोचको आवश्यकता

विश्वप्रकाश शर्माले दिए जनता ढाँट्ने कम्युनिस्ट सरकारलाई दनक !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनता ढाँट्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दनक दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडिको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाइरहेको सरकारले बुढीगण्डकी चिनियाँ गेजुवा कम्पनीलाई दिएको खुलासा गरे ।

उनले नेपाली लोकतन्त्र विधि मात्रै नभएर संस्कृति पनि भएको बताए । सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ । त्यसले लोकतन्त्रमाथि खतरा छ । बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’

संविधानको दायरा बढाउन सरकारले गम्भीरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने शर्माले बताए ।

कार्यक्रममा पत्रकार बबिता शर्मा लगायतले धारणा राखेका थिए । कार्यक्रममा सहभागीसँग अन्तर्क्रिया समेत गरिएको थियो ।

विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन : फरेन्सिक रिपोर्ट