Home Blog Page 1371

बालुवाटार जग्गा प्रकरणः ओलीले सीआइबी मार्फत दिए विष्णु पौडेललाई क्लिन चिट !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका महासचिव विष्णु पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छुट दिएका छन् । पौडेललाई ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका पौडेललाई छुट दिइएको छ ।

सीआईबीले प्रहरी महानिरिक्षकको सचिवालयमार्फत गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा नामसारी गर्ने सरकारी कर्मचारी तथा गुठी संस्थानसम्मका कर्मचारीलाई कारवाही गरेर मुद्दा चलाउन प्रतिवेदनमा सुझाव दिइएको छ ।

बालुवटार जग्गा प्रकरणमा नेकपामा महासचिव पौडेल पनि जोडिएका थिए । पौडेलका छोराले त्यहाँ ८ आना जग्गा किनेका थिए । प्रहरीका स्रोतका अनुसार पौडेलको विषयमा प्रतिवेदन मौन बसेको छ ।

‘विष्णु पौडेलको विषयमा प्रतिवेदनमा केही पनि उल्लेख छैन,’ सीआइबी स्रोतले भन्यो, ‘उहाँको नाम पत्रिकाले उछालेका हुन्, किर्ते गर्नमा दर्जनौ कर्मचारीहरु संलग्न देखिएका छन् ।’

मुख्यरुपमा जग्गाको पहिलो र दोस्रो नामसारी हुने व्यक्तिहरुलाई कारवाही गर्न भनिए पनि अन्य व्यक्तिको नाम यसमा आएको छैन । २०४९ सालदेखि २०७० सालसम्म यो घटनामा मुछिएका सरकारी कर्मचारीलाई कारवाही गर्न ब्युरोले आफ्नो प्रतिवेदन दिएको छ ।

कालिकाको क्लब चोकमा रहेको दीपज्योति सप्लायर्स बाट सामान खरिद गरेका १७ जनालाई उपहार

‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो

विभागीय टोली एपीएफलाई हराउँदै मछिन्द्र क्लबले ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदारी बलियो बनाएको छ।

दशरथ रगंशालामा शनिबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ ले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो। मछिन्द्रले अर्को उपाधि दाबेदार टोली त्रिभुवन आर्मीलाई २ अंकले पछि पारेको छ।

एपीएफले पहिलो हाफमा १–० बनाएकोे अग्रता जोगाउन नसक्दा लिगमा सातौँ हार भोगेको हो। पुछारबाट दोस्रोमा रहेको एपीएफ भने रेलिगेसनको खतरामा यथावत छ। लिगमा एक खेल गुमाएको मछिन्द्रले २ मा बराबरी र ७ मा जित निकालेको छ। यता एपीएफले भने ७ मा हार २ खेलमा बराबरी गर्दा १ मा मात्र जित दर्ता गरेको छ।

एपीएफले ४३ औं मिनेटमा रमेश दंगालको गोलमा अग्रता बनाएको थियो। राजिव लोप्चनलाई पिटर सेगुनले फउल गरेपछि नवीन लामाले प्रहार गरेको फ्रि–किकलाई रमेश दंगालले हेडमार्फत गोल गरेका थिए।

२१ औं मिनेटमा आशीष लामाको पासमा प्रदीप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए। लगत्तै नवीन लामाको कर्नरमा रमेश दंगालको हेडरलाई विशालले पञ्च गर्दै बचाए। ४३औं मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए।

खेलको ४८ औं मिनेटमा विशाल राई ‘बी’ले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

७९ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले पेनाल्टीको सदुपयोग गर्दै जित पक्का गरेका हुन्। रञ्जितको प्रहार एपीएफका गोलरक्षकले बचाएपनि रिबाउन्ड बललाई रन्जितले जाली चुमाएका थिए। 

भ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग

ओडिसाको पोस्टमा सावित्रा एक्लैका ५ गोल

राष्ट्रिय टोलीकी गोल मेसिन सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि भारतीय महिला लिगमा गोकुलम केरला एफसीले सानदार जित निकालेको छ।

ब्यांग्लोर स्टेडियममा गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हराएको हो। सावित्रा शनिबारको खेलमा पनि प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्।

खेलको चोथौ मिनेटमा नै सावित्राले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफ १–० ले अग्रता बनाएको गोकुलमका लागि सावित्राले बाँकी ४ गोल दोस्रो हाफमा गरिन्। सावित्राले खेलको ४, ५१, ५२, ७४ र ८३ औं मिनेटमा गोल गरिन्।

शनिबारको खेलमा पनि सावित्रा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। खेलको ८७ औं मिनेटमा मैदान छाडेकी सावित्राको स्थानमा मैदान आएकी आग्वो एक्पारियन्सले ९० औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।

लिगको एक खेलमा एक जना मात्र विदेशी खेलाडी मैदान उतार्न पाउने नियम छ। दोस्रो हाफको इन्जुरी समयमा ग्रेस लालरनम्परीले गोल गर्दै ७–० को फरकिलो अन्तर पारिन्।

पहिलो खेलमा सावित्राको निर्णायक गोलमा गोकुलमले श्री भुमीलाई १–० ले हराएको थियो। दोेस्रो खेलमा केन्क्रे एफसीलाई १०–१ ले हराउँदा सावित्रा एक्लैले ५ गोल गरेकी थिइन्।

भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित

थ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत

दशरथ रगंशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० ले हराउँदै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ।

उपाधि होडबाट बाहिरिसकेको घोषणा गरेको थ्रीस्टार शीर्ष ६ मा रहने योजनामा छ। ५ खेलमा जित, २ मा बराबरी र ३ मा हार बेहोरेको थ्रीस्टारको १७ अंक भएको छ।

हारसँगै सरस्वती भने रेलिगेसन जोनमा यथावत छ। अंक तालिकाको पुछारमा रहेको सरस्वतीले दशौं चरणसम्म आइपुग्दा १ मा जित १ मा बराबरी गरेको छ भने बाँकी सबै खेल गुमाएको छ।

लगातारको हारसँगै सरस्वतीको रेलिगेसनमा पर्ने खतरा बढीरहेको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गर्यो। लाल राममर्भाको गोलबाट खाता खोलेको थ्रीस्टारका लागि खेलको ५७ औं मिनेटमा सन्जोक राईले दोस्रो गोल गरे।

त्यसपछि खेलको ६० र ७१ औं मिनेटमा राईले लगातार दुई गोलगर्दै ह्याट्रिक पुरा गरेका थिए।

शनिबारकै दोस्रो खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

सोही मैदानमा हुने खेलमा रेलिगेसन जोन छाड्न एपीएफ अंक दुरी बढाउने योजनामा छ। दोस्रो स्थानमा रहेको मछिन्द्र एपिएफलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि होड बलियो बनाउन चाहन्छ।

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

रेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दशौं चरणको खेल शनिबारदेखि सुरु हुँदैछ। दशौं चरणको पहिलो दिन आज २ खेल हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने शनिबारको पहिलो खेलमा रुस्लान थ्री स्टार र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

दशौ चरणसम्म आइपुग्दा पुछारबाट पहिलो र दोस्रोमा रहेका सरस्वती र एपीएफलाई रेलिगेसनबाट बच्ने उपाए छ। शनिबार मैदान उत्रँदा दुवै टोली रेलिगेसन जोन छाड्ने लक्ष्यमा हुनेछन्।

यता दोस्रो स्थानमा रहेको मछिन्द्र एपीएफलाई पराजित गर्दै शीर्षस्थान उक्लदै उपाधि दावेदारीलाई बलियो बनाउन चाहन्छ। एपीएफ रेलिगसन जोनबाट अंक दुरी बढाउने योजनामा हुनेछ। मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन तथा एपीएफलाई रेलिगेसन जोन छाड्ने दबाब छ।

आजको पहिलो खेलमा थ्री स्टार र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ। रेलिगेसन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेसन जोन छोड्न चाहन्छ। उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार सरस्वतीलाई हराउँदै शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ। पाँचौ स्थानमा रहेको थ्री स्टारको १४ अंक छ। सरस्वती ४ अंकसहित पुछारमा छ।

शिवरात्रिको डोरीले गयो बालकको ज्यान

हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा

ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए) ले ललितपुरको हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा लिएको छ।

आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबारदेखि सञ्चालनमा आएको हो। सन् २०१३ देखि सञ्चालनमा आएको जीएचसीएले शान्तिनगरस्थित एकेडेमीबाट प्रशिक्षण दिँदै आएको थियो। एकेडेमीले अब शान्तिनगर र हात्तीवन दुबैबाट प्रशिक्षण गराउने छ। हात्तीवन प्रमुख र शान्तिगर शाखाका रुपमा रहने छ।

१ करोड ५० लाख खर्चमा बनेको सो नयाँ एकेडेमी ४ रोपनी जग्गामा फैलिएको छ। २० जना आवासीय क्षमता रहेको एकेडेमीमा एकै पटक १ सय ५० जनाले प्रशिक्षण गर्न सक्ने छन्। नयाँ इन्डोरसहितको एकेडेमीमा सिनियर र जुनियर दुवैको लागि प्रशिक्षण दिइनेछ। एकेडेमीमा क्रिकेटसँगै फुटसल पनि सिकाइनेछ।

जीएचसीएले नेपाललाई ऐतिहासिक वान डे मान्यता दिलाउँदाका प्रशिक्षक जगत टमटालाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। प्रशिक्षक टमटाले एकेडेमीले आगामी दिनमा नेपाली क्रिकेट विकासमा टेवा पुग्ने बताए। खेलाडीको लागि सुरुवाती चरण निकै महत्वपूर्ण हुँदा जीएचसीए जस्ता एकेडेमीको महत्व निकै हुने बताए।

कार्यक्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्र्रािष्टय क्रिकेट रंगशालालाई १ लाख सहयोग गरेको छ। एकेडेमीका अध्यक्ष सुदीप शर्माले उद्धघाटन कार्यक्रममा फाउन्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई १ लाखको डमी चेक हस्तान्तरण गरे।

जीएचसीएका अध्यक्ष सुदीप शर्माले नेपाली क्रिकेटको ग्रास रुट बलियो बनाउँदै नेपाली क्रिकेटमा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए।

सन् २०१३ देखि सञ्चालनमा आएको ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट नेपाली सिनियर टोलीका युवा ओपनर ईशान पाण्डे, यू १९ टोलीका स्पिनर सागर ढकाल, अभिषेक बस्नेत, हिमान्शु दत्त, प्रकाश विष्ट, विवेक कुमार यादव, यू १६ का प्रशान्त सिंह, विशाल पटेल, दिपक बोहरा जस्ता खेलाडी उत्पादन गरिसकेको छ।

आमा समुहद्वारा शिव मन्दिर निर्माण

कोरोना भाइरस प्रकोपः दलाई लामाले भेट्न छाडे आगन्तुक

भारतमा पनि कोरोना भाइरस प्रभावित भेटिएसँगै धर्मशालामा रहेका निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाले आगन्तुक भेट्न छाडेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट भारतको एक जना प्रभावित भएको बिहीबार पुष्टी भएको थियो। अर्को दिन शुक्रबारदेखि दलाई लामाले आगन्तुकहरू भेट्न छाडेका हुन्।

धर्मशालास्थित बौद्ध गुम्बामा दैनिक पुजापाठ गर्ने र दिउँसो आगन्तुक भेट्ने गर्दै आएका दलाई लामाका कार्यक्रमहरू स्थगित गरिएको छ।

‘दालाई लामाले आगन्तुकहरू भेट्ने छैनन्’, धर्मशालास्थित दलाई लामाको नीजि कार्यालयका सहयोगी तेन्जिङ तक्लाले टाइम्स अफ इण्डीयासँग भने, ‘यो हाम्रो कार्यालयले लिएको पूर्व सचेतना मात्रै हो।’

यसअघि दलाई लामाले कोरोना भाइरस रोकथामका लागि प्रार्थना गर्न आफ्ना समर्थकलाई आग्रह गरेका थिए।

भारतको हिमाञ्चल राज्यस्थित धर्मशालामा रहेको निर्वासित तिब्बत सरकारको मुख्यालमा आगन्तुहरूको स्वाथ्य जाँचका लागि विशेष प्रविधि जडान गर्ने तयारी भएको छ। 

 

केपी ओली सरकार ढाल्ने प्लान बनाउँदैछन् प्रचण्ड ? बाँस्कोटाको अडियो बन्यो मौका !

साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताएका छन्।

सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को शनिबार लोकार्पण गर्दै नेता पौडेलले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बताए। ‘मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो’, उनले भने, ‘नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य इन्दु कँडरियाले उपन्यासले देशभक्त भावना जागृत गरेको चर्चा गरिन्। साहित्यकार कृष्ण धारावासीले भूमि अतिक्रमणको विषयलाई जोडदाररुपले उपन्यासले उतार्ने कार्य गरेको टिप्पणी गरे।

लेखक वाग्लेले उपन्यासले समाजको यथार्थ चित्रण गरेको बताए। समारोहमा साहित्यकार बद्री पाण्डे, महेश क्षितिज, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले पुस्तकमाथि समीक्षा गरेका थिए।

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

‘भारतमा हिन्दुको मात्र राज चल्छ’ भन्दै दिल्लीमा एक युवाले गोली चलाए

दिल्लीको शाहीन बागमा सरकारविरुद्ध आन्दोलन भइरहेको समयमा गोली चलेको बीबीसीहिन्दीले जनाएको छ।

हालसम्म यस घटनामा घाइते भएको खबर आएको छैन। एएनआई समाचारसंस्थाका अनुसार गोली चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

दक्षिण पूर्वी दिल्लीका डीसीपी चिन्मय विस्वालले गोली चलेको पुष्टि गर्दै ती युवाले हवाई फाइरिङ गरेकाले कसैलाई केही नभएको जनाकारी दिएका छन्। गोली चलाउने व्यक्तिको नाम कपिल गुर्जर भएको बताइएको छ।

उनले भारतमा ‘हिन्दुको मात्र राज चल्छ’ भन्ने धारणा राखेको बताइएको छ।

गत बिहीबार रामभक्त नामका एक युवाले पनि शाहिनबाग नजिकै भएको सरकारविरुद्धको आन्दोलनमा गोली चलाएका थिए।

उनले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए। रामभक्तले पनि मुसलमानको विरोध गरेका थिए।

भारतमा केही समययता नागरिकता कानुनलाई लिएर सरकारविरुद्धको आन्दोलन भइरहेको छ।

भारतको संसदले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि भारतमा विवाद मच्चिएको हो।

छिमेकी देश बाङ्ग्लादेश र अन्यदेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै यतिबेला स्थानीयले बिरोध जनाइरहेका छन्।

अर्कातिर भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको भन्दै भारतका मुसलमानहरु आन्दोलित भएका छन्। एजेन्सी

यो पनि।

‘मेरो घरको ख्याल राख्नु’ भन्दै पेस्तोल बोकेर प्रदर्शनकारीमाथि जाइ लागे रामभक्त

यस्तो बनेर आयो ‘प्रेमगीत-३’को ‘हर युग होस् प्रेमको गीतको’ (भिडियो)

नाइक जुत्ता विवाद पछाडिको वैज्ञानिक कारण

सन् २०१९ अक्टोबर महिनामा आयोजना भएको विश्व म्याराथन प्रतियोगितामा जब केन्याका धावक एलुइड किपचोगेले विश्व किर्तिमान बनाए। एकपटक विश्व आश्चर्यमा पर्यो।

किनभने २६ माइल दुरी पार गर्नुपर्ने म्याराथन दौडको दुरी हालसम्म कुनै धावकले २ घन्टा अगाडि पुरा गरेका थिएनन्।

तर केन्याका स्टार किपचोगेले एक घन्टा ५९ मिनेट ४० सेकेन्डमै दुरी पार गरे।

त्यसपछि किपचोगेको चौतर्फी प्रशंसा भयो। साथै यस घटनाले शंका पनि उब्जायो। उनले कसरी अन्य धावकभन्दा चाँडै दुरी पार गरे?

अनुसन्धानका क्रममा रेकर्ड होल्डर किपचोगेले नाइकको भ्यापोरफ्लाई जुत्ता लगाएको पत्ता लाग्यो।

Image result for Eliud Kipchoge shoes

एलुइड किपचोगे

यो जुत्ता सामान्यभन्दा अग्लो देखियो। यसको सोलमा सामान्यमा भन्दा ठूलो स्पोन्ज देखियो। जसले गर्दा दौडँदा सहज त हुन्थ्यो नै त्यस जुत्ताबाट कुद्न सहयोग पनि प्राप्त हुन्थ्यो।

अनुसन्धानका क्रममा यो पनि यो पनि भेटियो कि भ्यापोरफ्लाई जुत्ता लगाउने धावकले अन्यभन्दा ४ प्रतिशत राम्रो प्रदर्शन गर्न सक्छन्।

वितेको ३ वर्षमा म्याराथनमा दौडिएर प्रथम हुने ३६ जनामा पनि अनुसन्धान भएको थियो। उनीहरुमध्ये ३१ जनाले नाइकको यही भ्यापोरफ्लाई जुत्ता लगाएको पाइयो।

वेलायतका पूर्व म्याराथन धावक मारा यामाउची भन्छन्,‘जुत्ताका कारणले हामीले निष्पक्ष प्रतिस्पर्धा’ गुमाएका छौं।

Image result for Eliud Kipchoge shoes

एलुइड किपचोगे

नाइकको जुत्ताले म्याराथनमा विवाद निम्त्याएपछि मानिसहरुले दौडका समयमा नाइकको भ्यापोरफ्लाई प्रतिबन्ध गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

यसबीचमा विश्व खेल क्षेत्रको नियामक निकाय ‘वल्र्ड एथ्लेटिक्स’ले जुत्ता प्रतिबन्ध गर्न नहुने बताउँदै दौड प्रतियोगितामा कस्तो जुत्ता लगाउने भनेर मापदण्ड बनाउनु पर्ने बताएको छ।

वल्र्ड एथ्लेटिक्सले बजारमा चार महिनायता उपलब्ध भएको जुत्ता लगाएर मात्र धावकले कुद्न पाउने नियम बनाएको छ।

यस्तै ४० मिलिमिटरभन्दा अग्लो सोल भएको जुत्ता दौडका समयमा लगाउन नपाउने निमय हाल बनेको छ। बीबीसी र सीएनएनको सहयोगमा

Image result for nike vaporfly running shoes

विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल