Home Blog Page 1369

विभागीय डर्बीमा पुलिसविरुद्ध आर्मी विजयी

विभागीय डर्वीमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै त्रिभुवन आर्मी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ। दशरथ रगंशालामा आइतबार भएको खेलमा पुलिस क्लबलाई ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मी शीर्ष स्थानमा पुगेको हो।

१० खेमा ७ मा जित २ मा बराबरी र १ खेल गुमाएको आर्मीको २३ अंक छ। ७ खेलमा जित २ मा बराबरी र १ मा पराजित भएको मछिन्द्र क्लव २२ अंकमा दोस्रो स्थानमा छ।

प्रतिष्ठाको लडाइँका रुपमा समेत हेरिएको खेलमा विजय भएसँगै आर्मीको उपाधि होड बलियो बनेको छ। खेलमा २ पटक पछि परेकोे स्थिती उल्टाउँदै आर्मीले नतिजा आफ्नो पक्षमा पारेको हो।

पुलिसले खेलको २० औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दौ पुलिसलाई अग्रता दिलाएका थिए। तामाङले पेनाल्टी यरिया नजिकबाट गोल गर्दै टोललाई अग्रता दिलाएका थिए।

३४ औं मिनेटमा आर्मीका सुमन अर्यालले आर्मीका लागि बराबरी गोल फर्काएका थिए। सुमनले सन्तोष तामाङको फ्रिकिकमा हेड गोल गर्दै जाली चुमाएका थिए।

४३ औं मिनेटमा कप्तान भरत खवासले गरेको चिप प्रहार पोष्ट नजिकैबाट बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्न पुग्यो। खेलको ५८ औं मिनेटमा पुलिसका मानबहादुर परियारले गोल गर्दै पुलिसलाई २–१ को स्थितीमा ल्याएका थिए। ७७ औं मिनेटमा विवेक बस्नेतको पासमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए।

८५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ ले अग्रता बनाएका थिए। सेसेहाङ आङदेम्बेको लामो पास पुलिसका डिफेन्डर अन्जन राईले क्लीयर गर्न नसकेको बललाई नवयुगले गोलमा परिणत गरेका हुन्। २ गोल गरेका नवयुग आजको खेलको म्यन अफ दि म्याच समेत बने।

त्यसको ४ मिनेटमा नै सुदिल राईको कडा प्रहार गोलमा परिणत भएसँगै आर्मीको जित सुनिश्चित भएको थियो। आजको खेल जित्दै सुपर सिक्सको यात्रा बलियो बनाउने योजना पुलिसका लागि पूरा हुन सकेन।

army-goal.jpg

यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको दशौं चरणको आइतबारको पहिलो खेलमा संकटाले हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गरेको थियो। जितसँगै संकटा छैठौँ स्थानमा उक्लिएको छ। संकटाले ४ खेलमा जित ३ मा बराबरी र ३ खेलमा हार भोगेको छ।

शेर्पाले भने समान ४ खेलमा जित र बराबरी गर्दा १ खेलमा मात्र जित निकालेको छ। शेर्पा ७ अंकमा अंकतालिकाको १२औं स्थानमा छ। संकटाको जितमा अजयी मार्टिनले निर्णायक गोल गरे। पहिलो हाफको २१औं मिनेटमा क्षितिज राजको पासमा मार्टिनले हेडमार्फत बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। खेलको ५५औं मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाउने मौका पाए पनि सदुपयोग गर्न सकेनन्।

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

नब्बे छात्राले पाए साइकल

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा रु २० लाख पु-याउने योजना प्रदेश सरकारको रहेको बताएका छन्।

महोत्तरीको सोनमा गाउँपालिकामा आज आयोजित छात्रालाई साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले छोरी बीमाको रकम तीन लाखमा पु-याएको र सो रकमलाई क्रमिक रुपमा २० लाखसम्म पु¥याउने प्रदेश सरकारको योजना रहेको बताए।

सोनमा गाउँपालिका–२ मा रहेको सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत ९० छात्रालाई मुख्यमन्त्री राउतले जनही एक थानका दरले साइकल वितरण गरे। पूर्वमन्त्री राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य कौशलकुमार यादव, वडाध्यक्षलगायत जनप्रतिनिधि एवं शिक्षासँग सम्बन्धित सरोकारवाला निकायको उपस्थित थियो। रासस

प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव सुरु

अपहरणकारीको पञ्जाबाट बालिकाको उद्धार, आरोपित पक्राउ

भक्तपुरमा एक बालिकाको अपरहण भएको छ। अपहरित बालिकालाई तत्कालै उद्धार गरिएकाे छ भने अपहरणकारी पक्राउ परेका छन्।

सूर्यविनायकस्थित ग्लोरी बोर्डिङ स्कुलको युकेजीमा अध्ययन गर्ने ६ वर्षकी बालिका अपहरणमा परेकी हुन्। अपहरणकारी सर्लाहीका आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालिकालाई घ्याम्पेडाँडामा लगेर पछाडी हात बाँधेर राखिएको थियो। तर बालिका रोइकराइ गरेपछि घुम्न आउने मानिसले रोएको आवाज सुन्ने डरले अपहरणकारी भागेका थिए। सुर्यविनायक गणेश मन्दिर घुम्न गएका मानिसले जंगलमा रोएको देखेपछि बालिकालाई सोधपुछ गर्दा बालिकाले जानकारी गराएकी थिइन्। उनीहरुकै सक्रियतामा बालिकाकाे उद्धार भएकाे हाे।

अपहरणकारीले बालिकाको अपहरण गरेपछि परिवारसँग १६ लाख रुपैयाँ फिराैती माग गरेका थिए। सोही आधारमा पछ्याउँदै जाँदा अपहरणकारी पक्राउ परेकाे प्रहरी परिसरका डीएसपी दीपक गिरिले नेपालखबरलाई जानकारी दिए।

अपहरणकारीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उड्नै लागेको श्री एयरलाइन्सको जहाज जब एक्कासि बिग्रियो…

वुहानका नेपाली भन्छन्ः बंगलादेशी साथीले दिएको खाना खाँदै छौँ

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीलाई खानपिनको समस्या पर्न थालेको छ।

भाइरसको त्रासका कारण हिँडडुलमा समेत बन्देज लागेको छ। पसलहरु बन्द छन्। सञ्चित खाना सकिन थालेको छ। अहिले श्रीलंकाली तथा बंगलादेशी साथीले दिएको खाना खाएर बस्नु परेको वुहान विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली विद्यार्थी अशोक साहले भने।

‘श्रीलंका तथा बंगालादेशका साथीहरुलाई उनीहरुको सरकारले लगिसकेको छ। जानेबेला उनीहरुले बचेको खाद्य सामग्री दिएका थिए। त्यही खाएर बसेको छु। अधिकांश विद्यार्थीको अवस्था यस्तै छ,’ उनले भने।

‘१४ दिनदेखि भित्रै बस्नुपरेको छ। पाँच महिनाअघि नेपालबाट ल्याएको गेडागुडी अहिले काम लागिरहेको छ,’ उनले थपे, ‘बाहिर हिँड्ने त अवस्थै छैन। जहाँ गयो, त्यहीँ त्रास छ। चाँडो सरकारले नेपाल फर्काइदिए हुन्थ्यो।’

यस्तै हुवाजोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा एमडी गरिरहेका जागरनाथ साहले सरकारले आफूहरुलाई फर्काउन ढिलाइ गरेकोमा आक्रोश व्यक्त गरे।

‘यहाँ बजार, दोकान सबै बन्द छ। चिनियाँहरु नै बाहिर निस्किँदैनन्। हामी तलसम्म झर्न पनि सकिरहेको छैनौँ। पसल खुल्दैन,’ उनले भने, ‘पचासौं सुपरमार्केटमध्ये एउटामात्रै खुला छ। त्यसमा पनि केही सामान छैन। सडेगलेका आलुपनि चर्को मूल्य तिरेर किन्नुपरिरहेको छ।’

उनी बसेको होस्टेलमा रहेकामध्ये १४–१५ जनामात्रै बाँकी रहेको उनले भने। ‘मेरो होस्टेलमा जर्मनीका एकजना मात्रै बस्थे। उनलाई पनि त्यहाँको सरकारले लगिसक्यो। हाम्रो सरकार के कुरेर बसेको छ खै?’ उनले प्रश्न गरे।

पैसा तिर्न बाँकी रहेपनि यसपटक चीन सरकारले होस्टेलमा पानी–बिजुली नकाटेकाले केही राहत भएको उनले बताए। हरेक बिहान चिनियाँ सेना आएर ज्वरो नाप्ने गरेको उनले बताए।

83508602_184125639356930_8324691396212555776_n.jpgघर फर्केका विदेशी साथीले नेपाली विद्यार्थीलाई छोडेको खाद्यसामग्री

फर्कन चाहनेको सूची प्रकाशित
शनिबार बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल फर्कन चाहनेको आवेदन माग गरेको थियो। नेपाल फर्कन चाहने १८० जनाले आवेदन दिएका छन्। नेपाली दूतावासले उक्त सुची आइतबार साँझ प्रकाशित गरेको छ।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदन परेकाहरुलाई २–३ दिनभित्र नेपाल ल्याइपुर्‍याउने बताए। ‘सरकारले जहाज चार्टर गरी स्वदेश फर्काउने तयारी गरेको छ। त्यो प्रक्रियामा रहेकाले २–३ दिन लाग्नेछ,’ उनले भने।

सरकारले चीनबाट फर्किएका नेपालीहरुलाई १४ दिन छुट्टै राखी निगरानी गर्ने भनेपनि कहाँ राख्ने अहिलेसम्म टुंगो लागेको छैन। आफूहरु सम्भावित स्थानको खोजीमा रहेको स्वास्थ्यमन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।

‘चीनबाट आउने सबैलाई उताको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने र नेपाल आइपुग्नेलाई पनि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा परीक्षण गरिनेछ,’ उनले भने, ‘संक्रमित ठहरिए उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा राखी उपचार गरिनेछ तथा अन्य यात्रुलाई दुई साता निगरानीका लागि छुट्टै स्थानमा राखिने छ।’

आफूहरुलाई नेपाल फर्काउँदा सुरक्षित तवरले फर्काइयोस् भन्ने चाहना वुहानमा रहेका नेपालीहरुको छ।

‘अहिलेसम्म हामी स्वस्थ छौं। जाने बेला सुरक्षित तरिकाले लैजाओस् भन्न चाहान्छौं,’ अशोक साह भन्छन्, ‘नेपाल लगेर १४ दिन एक ठाउँमा राखिने भएपछि अध्ययन गर्ने, इन्टरनेसको व्यवस्था होस्।’

हाल चीनबाहिर एक सय ४० सहित १४ हजार ४ सय ११ जना नोबेल कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ सय ४ जनाको ज्यान गइसकेको छ। ३ सय २८ जना निको भएर घर फर्केका छन्।

गोलाप्रथाबाटै संरक्षक समितिको कार्यकाल

अवैध डिजे साउण्ड सिस्टमसहित भारतीय गाडी बरामद

सशस्त्र प्रहरीले सर्लाहीको बलरा नगरपालिका २ स्थित जमुनियाबाट करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ।

भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद साउण्ड सिष्टम तथा पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाइएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो। बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ।

यसैगरी, सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ।

बुलिङले बाल मनोविज्ञानमा पुर्‍याउने गम्भीर आघात

कोरोनाको प्रकोपबीच चीनको हुनानमा घातक बर्ड फ्लू

यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ।

स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन्।

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने सङ्क्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ।”

मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लूको सङ्क्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ।

चीनले कोरोना भाइरसको सङ्क्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई दोहोरो समस्या परेको छ।

चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको छ भने यस सङ्क्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ।

चीनले कोरोना भाइरसको सङ्क्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ। यसका कारण त्यहाँका करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेका समय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्य अन्तर्राष्ट्रिय संघसंगठनले विश्वव्यापी रोकथामका लागि काम गरिरहेका छन्। कोरोनाको सङ्क्रमण चीनसहित सात एशियाली राष्ट्रका साथै अष्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका लगायत करिब दुई दर्जन मुलुकमा देखिएको छ।

कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी स्वास्थ्य समस्या भएको विश्व स्वास्थ्य संगठनले बताएपछि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालिसकेका छन्। रासस

पशुपतिमा चोरको बिगबिगी, सजाइएको फुल समेत छोडेनन्

काम नगरेपछि ४४ करोडकाे ठेक्का तोडियो, ९ कराेड जरिवाना तोकियो

रोल्पा, १९ माघ । तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका प्रमुख मोहदत्त भट्टका अनुसार सन् […]

आज पनि वर्षा र हिमपात हुने सम्भावना

२५ औं खेलसम्म लिभरपुलकाे अपराजित यात्रा कायमै, म्यानचेस्टर सिटी २२ अंकले पछि पारे

एजेन्सी, १९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । शनिबार राति भएको लिगको २५ औं खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ४-० को सानदार जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिभरपुलले अंक तालिकामा अन्तर पनि फराकिलो बनाएको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि […]

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा

बेलवारी । सुर सप्तक बेलवारी आइडल २ को पहिलो चरणबाट ६१ जना दोस्रो चरणका लागी छनौट भएका छन् । गायन प्रतियोगिता सुर सप्तक बेलवारी आइडल २ को माघ १७ गते बाट सुरु भएको छनौट चरणबाट ६१ प्रतियोगी छनोट भएर प्रिसेमिफाइनलमा प्रवेश गरेका हुन ।

पहिलो दिनको छनोट चरण माघ १७ गते बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर बोर्डिङ स्कुलमा भएको थियो भने अन्तिम छनोट आज शनिवार बेलवारी–११ स्थित श्री लक्ष्मी मा.वि र बेलबारी ३ स्थित मदनमोहन सांस्कृतिक भवनमा सम्पन्न भएको छ । दुई दिन भएको छनोट चरणको निर्णायकहरूमा संगितकार भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर रहेका थिए ।

दुई सय भन्दा बढी सहभागी प्रतियोगीबाट ६१ जना छनोट भएको स्रष्टा समाजका सचिव तथा कार्यक्रम संयोजक जे.वि थुलुङले जनाएका छन् । प्रिसेमिफाइनल माघ २५ गते आरोहण सङ्गीत विद्यालय बेलवारीमा हुने थुलुङले जनाएका छन् ।

The post बेलवारी आइडल २ का लागि ६१ प्रतियोगी प्रिसेमिफाइनलमा appeared first on Purbeli News.

नारायणी नदी किनारमा ३ वटा शव फेला

आज धेरै ठाउँमा घाम लाग्ने, यस्तो छ ३ दिनको मौसम अनुमान

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहे पनि आज (आइतबार) देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रका पहाडी भेगमा मात्र मौसम आंशिक बदली भएको छ। यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

‘दिउँसो देशका धेरै स्थानमा घाम देखिने सम्भावना छ,’ मौसमविद् पोखरेलले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘तैपनि आंशिक बदली हुने भएकाले बेलाबेला बादल पनि देखिने हुन्छ।’

तर आज पानी पर्ने सम्भावना भने एकदमै कम रहेको उनले बताइन्। ‘उच्च पहाडी तथा हिमाली भेगका सीमित स्थानमा हिमपात हुन सक्छ,’ उनले भनिन्।

अहिले सुदूरपश्चिमबाहेक देशका अन्य तराई भूभागमा हुस्सु÷कुहिरो पनि लागेको छैन। ‘सुदूरपश्चिम तराईको हुस्सु पनि बिस्तारै हटेर जाने सम्भावना छ,’ मौसमविद् पोखरेलले भनिन्।

आगामी ३ दिनको मौसम पूर्वानुमान  
माघ १९ गते आइतबार
दिउँसो
: पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते सोमबार
दिउँसो : पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते मंगलबार
दिउँसो
: देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, काठमाडौं

चितवनमा रूखमा कार ठोक्किँदा एकको मृत्यु, २ जना घाइते