Home Blog Page 1379

कानुनविद्को तर्कले सभामुख सापकोटालाई आपत, सर्वोच्चको आदेशको अर्थ राजिनामा !

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नी सापकोटा विरुद्धको मुद्धामा मंगलबार सर्वोच्च अदालतले ३० दिनभित्र पुरानो आदेशको कार्यान्वयन प्रगतिविवरण मागेको छ । काभ्रेका अर्जुनकुमार लामाको हत्या आरोप लागेका सापकोटा विरुद्ध दर्ता भएको रीटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पुरानो आदेश कार्यान्वयनको प्रगति विवरण माग गरेको हो । तर, सापकोटा विरुद्ध रिट दायर गर्ने बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी अदालतको आदेश पछि पनि सभामुख पदमा बसिरहँदा न्यायिक प्रक्रिया अवरुद्ध हुने र अदालतको सम्मान नहुने बताउँछन् ।

‘अन्तरिम आदेश त आएन तर, ३० दिनभित्र प्रगती विवरण पेश गर्न दिइएको आदेशले प्रहरीलाई अनुसन्धान गर्ने बाध्य बनाएको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म हुन नसकेको अनुसन्धान गर्न प्रहरी पनि बाध्य भएको छ । आदेशले अनुसन्धानका लागि प्रहरीलाई दबाव सिर्जना गरेको छ ।’

प्रहरीले अब हत्या अभियोगका प्रमाणहरु संकलन गर्नुपर्ने उनको भनाइ छ । ‘अनुसन्धानका लागि प्रमाण नष्ट हुने संभावना देखिँदा अदालतको आदेश लिएर सभामुखलाई पक्राउ गर्ने बाटो समेत खुलेको छ । अर्थात्, सभामुख अनुसन्धानको दायरामा आएका छन्,’ उनले भने, ‘सभामुख पद माननीयहरुको नेतृत्व गर्ने सम्माननीय पद हो । सम्माननीयले नै संविधानको पालना नगर्नुले संवैधानिकता जटिलता सिर्जना गर्दै लैजाने पक्का छ ।’

उनले सभामुख संवैधानिक परिषदका सदस्य हुने र संवैधानिक नियुक्तिहरु समेत उच्च नैतिक चरित्रका व्यक्ति हुनुपर्ने वैधानिक व्यवस्था रहेको भन्दै आयुक्तहरुको नियुक्ति दिलाउने ठाउँमा रहने सभामुख पदमा हत्याजस्तो गम्भीर आरोपित व्यक्ति हुनुले सर्त बाझिएको बताए । त्यसैले आदेशले विवेकको अपेक्षा गरिएको उनको भनाइ छ ।
‘सर्वोच्चको आदेश पछि सभामुख पदमाथि नै ग्रहण लागेको छ । उच्च नैतिक चरित्र हुनुपर्नेमा हत्या आरोपित व्यक्ति त्यहाँ जाने कार्यले संविधान र लोकतन्त्रको सम्मान हुँदैन,’ उनले भने, ‘त्यसैले अदालतको सम्मान गर्न हत्या आरोपित अग्निप्रसाद सापकोटाले राजीनामा गर्नु नै उचित हुनेछ ।’

QR Code सहितको प्रमाणपत्रको लागी अब अनलाईन फारम भर्नु पर्ने; कसरी भर्ने फारम ? हेर्नुहोस्

‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बुधबारबाट सुरु भएको बैठकमा दाहालले दुवै अध्यक्षको तर्फबाट पेश गरे ।

पार्टीका महासचिव विष्णु पौडेलले संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरे ।

बैठकमा पेश भएका प्रस्तावहरुमाथि भोली (बिहीबार) छलफल हुनेछ । छलफलका लागि १५ वटा समूह बनाइएको महासचिव पौडेलले बताए ।

शुक्रबार १ बजेसम्म समूहको छलफल हुने छ ।

यसअघि बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । पार्टी एकतापछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

उनले एमसीसी संसदबाट पारित हुने विषयमा बोलेका छन् ।

यस्तै इन्डोप्यासिफिक रणनीतिका विषयमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

The post ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश appeared first on Koshi Online.

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन

काठमाडौं, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्य दिशा सम्बन्धी ६ बुँदे प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिवेदन १७ माघदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्वारा बैठकमा आर्थिक प्रतिवेदन पेश भएको थियो ।

अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको आगामी मुख्य कार्यक्रमका रुपमा केन्द्रीय महाधिवेशन हुने उल्लेख गरिएको छ ।

महाधिवेशनका सम्बन्धमा उपाध्यक्ष तोरणबहादुर गुरुङद्धारा पेश भएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित अनुमोदन भएको छ ।

The post अध्यक्ष थापाको प्रतिवेदन अनुमोदन appeared first on Koshi Online.

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ : प्रम ओली

काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गरे ।

उनले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट गरे ।

उनले भने, ‘नेपाललाई नयाँ चरणमा लान हामी अग्रसर रहेका छौँ । हामी निर्वाचनबाट जनमत लिएर सरकारमा आएको कम्युनिष्ट पार्टी हौँ । हामी तीव्र आर्थिक विकासको गतिमा छौँ । हामी अब मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा क्रियाशील छौँ । देखिएका कमजोरी भएमा सच्याउन सकिन्छ तर आन्दोलनलाई नोक्सान हुने कुरातिर जानु हुँदैन ।’

आत्मनिर्भर हुँदै हामी ऊर्जा र कृषि उपज निर्यातको चरणमा जानेछौँ । हाम्रो काँधमा आएको राष्ट्र निर्माणको यो अभिभारा र अवसरलाई उपयोग गरौँ ।”

‘एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ’

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गरे ।

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उनले भने, ‘यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन । हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।’

सीमा विवाद कूटनीतिक संवादबाट

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने जनाए ।

उनले भने, ‘आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ । सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो । हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।’

चौतर्फी र विकास र उपलब्धि

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उनले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र सङ्घीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताए ।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनःनिर्माणले असाधारण रूपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको जनाए ।

उनले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौँका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराए ।

उनले नयाँ कानून निर्माण भइरहेको, सङ्घीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय सङ्घीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराए ।

यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताए ।

उनले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट गरे ।

अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गरे । रासस

The post एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ : प्रम ओली appeared first on Koshi Online.

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

विकासको नाममा प्रकृति दोहन रोक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

दमौली, १५ माघ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुधबार पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गर्दै उनले वनजङ्गल नेपालको सम्पत्ति भएकाले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गरे ।

विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ ।’

उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो गरे ।

उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, ‘वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ।’

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ थियो । रासस

The post विकासको नाममा प्रकृति दोहन रोक्नुपर्छ : पूर्वराष्ट्रपति यादव appeared first on Koshi Online.

आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड

लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा, ओलीसँग बिहीबार भेट्ने

काठमाडौं, १५ माघ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका छन् ।

आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए । रासस

The post लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा, ओलीसँग बिहीबार भेट्ने appeared first on Koshi Online.

भारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

यी र्यापरले अन्तरबार्तामै छाडा गीत गाएपछि (भिडियो सहित)

ईटहरी / युवापुस्ता माझ खुबै लोकप्रिय रहेको र्यापले यतिबेला बजार पिटेको छ । समय र परिस्थिति आधुनिकता तर्फ ढलिक्दै जादा र्याप हान्ने र्यापरहरुको लाईन पनि बढ्दै गएको देख्न सकिन्छ । तर यसमा आउने केही अस्लिल शब्दहरुले भने कहिले काही बिबाद सिर्जना गर्ने गर्छ । यस्तैमा एक र्यापर र्यापको दुनियामा आफ्नो भविश्य खोजिरहेका छन् । हेर्नुस् सो र्यापर संग गरिएको रमाइलो कुराकानी ।

यी र्यापर हुन् बिशाल सैजु श्रेष्ठ । उनले आफुलाई ‘एनके सम्राट’ टाईटल दिएका छन् । काठमाडौ घर भएपनि उनी बिगत २ वर्ष देखि झापामा बस्दै आएका छन् । उनी र्याप हान्ने सपना पूरा गर्न नै झापा आएको बताउछन् । घरमा बसेर आफ्नो परिवारले र्याप हान्ने माहौल सिर्जना नगर्दिएपछि आफू बाध्य भएर यो सपना पूरा गर्न घर छोडेको सुनाए ।

उनको र्यापमा पनि कहि कतै अश्लिस शब्द हरु भेटिन्छन् । तर, सबै गीतहरुमा उनले अश्लिलतालाई फैल्याएका भने छैनन् । घर छोडेर झापामा कोठा लिई एक्लै बस्दै आएका विशाल २ छाक टार्न र र्याप गाउने सपना पूरा गर्नलाई एक होटलमा सेफ को काम गरिरहेका छन् । उनले ‘दामी सम्बन्ध’, ‘काण्ड’ जस्ता र्याप गितहरु गाईसकेका छन् । उनको दामी सम्बन्ध गीतको भने १ बर्ष अघि नै म्युजिक भिडियो सार्बजनिक भैसकेको छ ।

The post यी र्यापरले अन्तरबार्तामै छाडा गीत गाएपछि (भिडियो सहित) appeared first on Purbeli News.

रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’

इटहरी / फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस-सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ ।

यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन् ।

 

The post यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ appeared first on Purbeli News.

रिपुमर्दिनी विद्यालयको अभिभावन दिवस सम्पन्न

तक्मे बुढा बने छोराको बाबु

काठमाडौं / कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् ।
गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।

दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’ विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।

The post तक्मे बुढा बने छोराको बाबु appeared first on Purbeli News.

‘भ्रष्टाचारी मुख हेर्दिन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याविनेटका मन्त्रीको यो प्रकरणपछि के गर्नुहुन्छ ?’

मनाङको अपराजित यात्रा कायमै

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणसम्म मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रालाई निरन्तरता दिएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बुधबार संकटा क्लबलाई ३–० ले हराउँदै मनाङले मछिन्द्रसँगको अंक बराबरी गरेको हो। मनाङले ५ खेलमा जित निकाल्दा ४ खेल बराबरी गर्दै १९ अंक जोडेको छ। संकटाले ३ खेलमा जित निकाल्दा ४ मा बराबरी र ३ खेल गुमाएको छ। 

पहिलो हाफमा २–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा १ गोल थप्यो। लिगमा मनाङमात्र एक्लो अपराजित टोली हो।

गत संस्करण पनि संकटा मनाङसँग ३–१ ले हराउँदै शीर्ष स्थान ओगटेको थियो।

मनाङले आत्मघाति गोलबाट अग्रता बनाएको थियो। खेलको ४२औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे। लगत्तै अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। डिफेन्डर रोमन लिम्वुको गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए।
खेलको ७१ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै खेललाई ३–० को स्थितिमा पुर्‍याएका थिए।

खेलको सातौं मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए।

२०औं मिनेटमा बिमल रानाको प्रहारलाई गोलरक्षक बिनय श्रेष्ठले गल्ती गरेपनि बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरिदिदा मनाङ अग्रता लिनबाट चुक्यो। २२औं मिनेटमा निशान लिम्बुको क्रसलाई गोलरक्षक बिनयले सहजै नियन्त्रणमा लिए। २६औं मिनेटमा कर्ण बहादुर सुब्बाको प्रहारलाई गोलरक्षक दिपले बचाए।

रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फारम खुल्ला