Home Blog Page 1378

यसपटक मिलेन मौसमविद्को अनुमान

पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्ने गरेका छन्। उनीहरूले मौसम खुल्छ वा वर्षा, हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः फेल खाएका छैनन्।

तर यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ। यसपटक यस्तै भएको छ।  अर्थात् हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो भएन।

यसबारे नेपालखबरले आज (बिहीबार) बिहान जिज्ञासा राख्दा महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘हो,  हिजो (बुधबार) गरिएको हाम्रो अनुमान मिलेन, मध्य र पूर्वी क्षेत्रमा वर्षा/हिमपात भएन।’

महाशाखाका मौसमविद्ले हिजो (बुधबार) पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरजसो नै हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्मै हिमपात हुने अनुमान गरेका थिए। तर पश्चिमी क्षेत्रमा बाहेक देशका अन्य ठाउँमा त्यस्तो भएन।

किन मिलेन त अनुमान ? नेपालखबरले राखेको जिज्ञासामा महाशाखाकी मौसविद् पोखरेलले भनिन्, ‘अनुमान हो, कहिलेकाहीं त्यस्तै हुन्छ।’

यस्तै बुधबार महाशाखाका मौसमविद्ले आज बिहीबार पनि वर्षा र हिमपात निकै हुने अनुमान गरेका थिए।

हेर्नुहाेस् हिजाेकाे अनुमान : बुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना

तर आज बिहान प्रकाशित महाशाखाको बुलेटिन फरक भएर आएको छ। अर्थात् आज उति वर्षा तथा हिमपातको सम्भावना नरहेको बताइएको छ।

मौसमविद् पोखरेलका अनुसार आज देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का मात्र वर्षा हुने सम्भावना छ। आज दिउँसो १/२ बजेपछि काठमाडौंलगायत पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

‘तर तराईका पनि एक÷दुई स्थानमा हल्का वर्षा हुन सक्छ,’ उनले भनिन्।

उनका अनुसार आज देशको मौसम घाम बादल, घाम बादल हुने अनुमान गरिएको छ।

‘आज घाम पनि लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘एकछिन वर्षा भइहाले पनि फेरि एकछिनमा घाम लाग्न सक्छ। त्यही हो आजको मौसम घाम पानी घाम पानी हुने देखिन्छ।’

 

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

बिराटनगर महानगरपालिका र वालिङ नगरपालिका सेमिफाइनलमा

रौतहट । रौतहटको चन्द्रनिगहपुरमा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिका सेमी फाइनलमा प्रवेश गरेको छ । चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा शुन्यका बिरुद्ध ३ गोलले सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै स्याङ्गजाको वालिङ्ग नगरपालिका बिजयी भइ सेमीफाइनलमा प्रवेश […]

बुढासुब्बा गोल्डकपको तयारी पूरा

धितोपत्र बजारः नेप्सेमा झिनो गिरावट

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ । आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर […]

मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री बाँस्कोटा

जसले नेपाली उत्पादन युरोपभर चिनाए

लिस्बन । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा । नकिने पनि किनौं झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौंको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौं सामग्री जसले एकातिर […]

गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार

जन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने भएको छ ।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक प्रताप साहले जानकारी दिए । उनले भने, ‘यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने हुन्छ ।’

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

The post जन्मदिनको अवसरमा चन्द्रागिरि केवलकार सेवा निःशुल्क appeared first on Purbeli News.

ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरधाम / प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गर्नु भयो ।

जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन संचालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो । भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मत लगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ । तालिम केन्द्रको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

‘कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै आवश्यक हुन्छ । यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भन्नु भयो, ‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं । यसले देशलाई आवश्यक जनशक्ति र रोजगार सिर्जना गर्नेमा हामी विश्वस्त छौं ।’

त्यसैगरी, प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले एमएडब्लुको कदमको प्रशंसा गर्नु भयो । ‘निजी क्षेत्र नाफामुखी मात्र हुनुहुँदैन । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर एमएडब्लुको सुरु गरेको यो परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्छ । यो उदाहरणीय कार्य हो । यसका लागि एमएडब्लुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नु भयो ।

उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताउनु भयो । ‘एमएडब्लुका संस्थापक प्रहलाद राय अग्रवालले शिक्षा र सिप विकासको क्षेत्रलाई सधैं महत्व दिनु भयो । उहाँको यो आदर्शलाई निरन्तरता दिँदै हामीले दोस्रो तालिम केन्द्र स्थापना गरेका हौं ।’ उहाँले भन्नु भयो, ‘यस्ता तालिम केन्द्रहरु देशका विभिन्न स्थानमा स्थापना गरेर रोजगारी सिर्जना गर्ने हाम्रो योजना रहेको छ ।’

नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.अन्तर्गतको ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्रको संचालन सुरु गरेको हो । यो एमएडब्लु अर्थमुभर्सले संचालन गरेको दोस्रो तालिम केन्द्र हो । एमएडब्लु अर्थमुभर्सले विगत आठ वर्षदेखि युसेपसँग सहकार्य गरेर भक्तपुरको सानो थिमीमा अपरेटर तालिम केन्द्र संचालन गर्दै आएको छ जहाँबाट तीन हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भई देशविदेशमा रोजगार बनेका छन् ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

The post जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु appeared first on Purbeli News.

दुबई जानेहरुलाई अब खोप प्रमाणपत्र आवश्यक नपर्ने तर QR Code सहितको PCR रिपोर्ट अनिवार्य

एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ माेवाईल खरिदमा छुट

इटहरी / सामसुङ ग्यालेक्सीका विभिन्न मोडल खरिदमा एन आई सी एशिया बैंकका ग्राहकले छुट पाउने भएका छन् । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हाे ।

सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा बैंकको आफ्नै POS र QR मा प्रयोग गरि Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ खरिद गर्दा प्रत्येक खरिदमा १५% वा अधिकतम रु. ३,००० सम्म छुट प्राप्त गर्न सकिनेछ । यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकहरुले लाभ लिन सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरे ।

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैङ्किङ्गबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ । यसै अनुरुप बैंकको डेबिटक्रेडिट कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैङ्किङ्ग सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट हो । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सक्नेछन् ।

विद्युतिय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट POS तथा १२,००० भन्दा बढि स्थानहरुबाट QR सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ । हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

The post एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ माेवाईल खरिदमा छुट appeared first on Purbeli News.

दीलिपलाई शहीद घोषणा गर्न माग राख्दै ओविसीद्वारा मधेश आन्दोलनको घोषणा

जमैकाको समुद्री तटमा ७ दशमलव ७ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं- अमेरिकाको दक्षिण क्षेत्रमा पर्ने मुलुक जमैकाको समुद्री तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प लगत्तै दक्षिण अमेरिकाका कतिपय देशहरुमा ठूलो सुनामी आउने भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।अमेरिकाको राष्ट्रिय भूगर्भ विभागका अनुसार, सो शक्तिशाली भूकम्पको झट्का अमेरिकाको मायामी र क्युवाको हवानासम्म महसुस गरिएको थियो ।

अमेरिकी समयअनुसार जनवरी २८ मंगलबार दिउंसो २ बजेर ४५ मिनेटको आसपासमा गएको भूकम्पका कारण जमैका र आसपासका समुद्री क्षेत्रमा ३ मिटर उचाइसम्मको शक्तिशाली सुनामी लहर आउने मौसम विभागले जानकारी दिएको सीएनएनले आफ्नो वेभसाइटमा लेखेको छ । सीएनएनका अनुसार, सुनामीले जमैका, क्युवा, होण्डुरस, मेक्सिको र केम्यान आइल्याण्ड बढी प्रभावित हुन सक्नेछन् ।

भूकम्पको क्षतिको विवरण प्राप्त हुन बांकी रहेको अमेरिकी समाचार संस्थाहरुले लेखेका छन् ।

पर्यटक नआएपछि सुनसान बन्दै रारा (फोटोफिचर)

शंखधर पार्क निर्माणको लागि काठमाडौं महानगरपालिकाको १ करोड सहयोग

रामगाेपाल तमखु भक्तपुर माघ १५ । भक्तपुर जिल्लाको मध्यपुर थिमिस्थित शंखधर पार्क निर्माणका लागि काठमाडाैं महानगरपालिकाले रु एक करोड बराबरको आर्थिक सहयोग गरेको छ । आज भएको अन्तरनगर साझेदारी कार्यक्रम अन्तरगत राष्ट्रिय विभुति शंखधर शाख्वाको नाममा बन्न लागेको मध्यपुर थिमिको नयाँ थिमिमा शंखधर पार्क निर्माण गनर्का लागि काठमाडौं महानगारपालिकाका मेयर विद्या सुन्दर शाक्यले मध्यपुर थिमि […]

फिफा वरियतामा नेपाल यथावत

नवलपुरको समृद्धिका लागि योजना छ : डा. कोइराला

नवरपुर, १५ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले आफू निर्वाचित क्षेत्रको विकासका लागि नयाँ योजना बनाएको बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ बर्दघाट सुस्ता पूर्वको आयोजनामा आजदेखि नवलपुरको गैँडाकोटमा शुरु भएको तेस्रो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै कोइरालाले यहाँको विकासका लागि योजनावद्ध रुपमा तीन वटा काम अगाडि बढाउने बताउनुभयो । कोइरालाले […]

साइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्