Home Blog Page 1380

दुई खेलअगावै सुपरओभरमा भारतलाई शृंखला

सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पाँच खेलको ट्वान्टी–२० सिरिज भारतले २ खेलअगावै आफ्नो पक्षमा पारेको छ। सुपर ओभरमा न्युजिल्यान्डले दिएको १८ रनको चुनौतीलाई पछ्याएको भारतले अन्तिम बलमा छक्का प्रहार गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो।

सुपर ओभरमा भारतलाई अन्तिम २ बलमा १० रन आवश्यक हुँदा रोहितले लगातार दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। सुपर ओभरअघि पाहुना टोली भारतले प्रस्तुत गरेको १ सय ० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रनमा सीमित भएपछि खेल सुपर ओभरमा गएको थियो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ९५ रनको उत्कृष्ट पारी खेले। ४ बलको सामना गरेका उनले ८ चौका र ६ छक्कासहित ९५ रन बनाएका थिए। ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले ३१ रन र कोलिन मुनरोले १४ रन जोडे। भारतका शार्दुल ठाकुर र मोहम्मद शामिले समान २ विकेट लिए। युजवेंद्र चहल र रविन्द्र जडेजाले पनि आफ्नो नाममा १–१ विकेट लेखाए।

त्यसअघि हामिल्टनस्थित सेडानपार्कमा सिरिजको तेस्रो खेलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो। ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले ९ रनको साझेदारी गरे। लोकेश ८ दशमलव ६ ओभरमा २७ रन जोड्दा कोलिन डीको बलमा मुनरोको हातबाट क्याच आउट भए। हामिश बेनेटको बलमा क्याच आउट भएका रोहितले ६५ रनको योगदान दिए। ४० बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान विराट कोहलीले ३ रन जोडे।

न्युजिल्यान्डका हामिश बेनेटले ३ तथा कालिन डी ग्राण्डहोम र मिचेल सान्टनरले समान १ विकेट लिए। सिरिजको चौथो खेल पर्सि शुक्रबार हुनेछ।

विवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध

किरणको टोलीको चौथो जित

राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले भारतीय लिगमा बुधबार चौथो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा नेरोकालाई ३–२ ले हराउँदै पन्जाबले लिगमा लिगमा चौथो जित हात पारेको हो।

१० खेलमा ४ मा जित, ५ बराबरी गरेको पन्जाबले एक खेल गुमाएको थियो। १ खेल कम खेलेको मोहन बगान २० अंकसहित शीर्षस्थानमा रहँदा १७ अंक जोडेको पन्जाब दोस्रो स्थानमा यथावत छ। गुरु नानक स्टेडियममा २–० ले पछि परेको खेल उल्टाउँदै पञ्जावले नतिजा आफ्नो पक्षमा पारेको हो।

पन्जाबका लागि डिपान्डा डिकाले ह्याट्रिक पुरा गरे। बरुणले चौथो मिनेटमा गोल गर्दै नेरोकालाई अग्रता दिलाएका थिए। २० औं मिनेटमा टेटी फिलिपले गोल गर्दै अन्तरलाई दोब्बर पारेपछि पन्जाब दबाबमा परेको थियो। तर, डिकाले २७ औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका थिए। ४४ औं मिनेटमा डिकाले अर्को गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफमा २–२ को बराबरी भएको खेलमा पञ्जाबले अन्तिम मिनेटमा गोल गर्दै महत्वपूर्ण जित निकालेको हो।

पञ्जावले आगामी २६ गते आइतबार शीर्षस्थानको मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ। खेल, कल्याणी स्टेडियममा सवा ५ बजे सुरु हुनेछ।

भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने

रोहित जकार्तामै रहने, २ वर्षको सम्झौता नविकरण

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले पर्सिजा जकार्तासँग सम्झौता नविकरण गरेका छन्। पर्सिजामै रहन गरेको प्रस्तावलाई स्वीकार गर्दै रोहितले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन्। यसअघि मौखिक सहमती भएपनि क्लब र रोहितबीच बुधबार लिखित सम्झौता भएको हो। 

लिग सकेर नेपाल फर्केका रोहित नयाँ सिजनका लागि अभ्यास गर्न यसै साता पर्सिजाको टोलीमा फर्किसकेका थिए।

सन् २०१३ मा ईन्डोनेसियाको क्लब पीएसपीएसमा अनुबन्धित भएका रोहित लगत्तै अर्को सिजन पर्सिजा जाकार्ता पुगेका थिए। सन् २०१५ मा मलेसियाका सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो।

चोटका कारण झन्डै एक वर्ष भन्दा लामो समय मैदान बाहिर बसेका रोहित २०१७ मा पुनः उनी पर्सिजामा आबद्ध भएका थिए। सन् २०१८ मा पर्सिजालाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका उनी वर्षको सर्वोकृष्ट खेलाडी समेत घोषित भएका थिए।

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिकाे निर्देशन

‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नवौं राउन्डको अन्तिम खेलमा बुधबार एक खेल मात्रै हुँदैछ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेलमा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लब र उपविजेता संकटा क्लब आमने–सामने हुदैछन्। खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

गत संस्करण मनाङले संकटालाई ३–१ ले हराउँदै शीर्ष स्थान ओगटेको थियो। मनाङ सोही लयलाई निरन्तरता दिने दाउमा हुँदा संकटा गतवर्षको हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रनेछ।

लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा कायमै रहन चाहन्छ। आठौँ चरणसम्म ४ मा जित र ४ मा बराबरीको नतिजा निकाल्दै १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ।

आजको खेलमा संकटालाई पराजित गर्न सके मनाङ शीर्षस्थानको टोलीसँग अंक दुरी घटाउन चाहान्छ। शीर्ष स्थानको आर्मीको ९ खेलबाट २० तथा मछिन्द्रको १९ अंक छ।

यता, संकटा पनि मनाङको अपराजित यात्रालाई रोक्दै ३ अंक जोड्ने प्रयासमा छ। लिगमा ८ खेल खेलेको संकटाको १२ अंक छ। आठौं स्थानमा रहेको संकटा मनाङलाई पराजित गर्न सके पाँचौं स्थानमा उक्लने छ। 

पुरानो निर्णय सच्चियो: वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

बंगलादेशी नागरिकको एक साता अघि काठमाडौंमा हत्या भएको खुलासा

क्यासिनोका लागि नेपाल आएका बंगलादेशी नागरिक मोहद्धिन अहमदको हत्या भएको छ।

माघ ६ गते नेपाल आएका ४५ वर्षीय अहमदको सोल्टीमोडस्थित होटेल ग्रान्ड भिल्लामा दोस्रो दिन हत्या भएको प्रहरीले जनाएको छ। उनीसँगै सोही होटलमा बसेका अर्का साथी फरार भएका छन्।

अहमदसँगै आएका साथी विरगंज नाका हुँदै भारत छिरेको अनुसन्धानमा खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहमद प्राय राती काठमाडौं ओर्लने, रातभर क्यासिनो खेल्ने र दिउँसो केही समय आराम गरेर बंगलादेश फर्कने गरेको खुलेको छ।

प्रहरीका अनुसार अहमदको ७ गते नै हत्या गरी सँगैका व्यक्ती फरार भएका हुन्। अर्को दिन सो कोठामा चहलपहल नभएपछि होटलमा कर्मचारी बुझ्न जाँदा मृत शरीर देखेर प्रहरीलाई खबर गरेका थिए।

एमडीएमएस खरिदमा १ अर्ब हिनामिना

खर्च जोगाउन बीबीसीले ४५० रोजगार कटौती गर्ने

बेलायती समाचार संस्था बीबीसीले खर्च जोगाउन ४ सय ५० रोजगारी कटौती गर्ने भएको छ।

बजेटबाट सन् २०२२ सम्म ८ करोड पाउन्ड बचत गर्न भन्दै बीबीसीले सामग्री उत्पादन पनि कम गर्ने भएको हो।

बीबीसी न्युजकी निर्देशक फ्रान अन्स्वर्थले परम्परागत प्रसारणबाट डिजिटलतर्फ लगिने बताइन्।

बीबीसले हाल ६ हजारलाई रोजगारी दिएको छ। जसमध्ये १ हजार ७ सय बेलायतबाहिर छन्।

कटौतीपछि बीबीसीको वार्षिक बजेट ४८ करोड पाउन्डको हाराहारी रहनेछ। एजेन्सी

स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’

‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ। हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी ‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरेको हो। विदेशीको अनुदानभन्दा सवा तीन करोड नेपाली आफैँले मात्र एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सकिन्छ भन्ने उद्देश्यले अभियानको घोषणा गरिएको अभियन्ता नरेन्द्र देउजाले जानकारी दिए।

उनले नेपालमा विदेशीको चलखेल बढिरहेकाले देशलाई विखण्डनतिर लग्न लागेको आशंकम व्यक्त गर्दै नेपाली आफैँले मुलुक समृद्ध बनाउनसक्ने दाबी गरे। उनले भने, ‘मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी र राजनीतिक दलको खिचातानीका कारण देश झन् गरिब हुँदै गएको छ, तीन करोड नेपालीले यदि एक÷एक रुपैयाँ मात्र दिए पनि नेपाल समृद्ध हुनेछ।’

अभियानकर्मी भैरवबहादुर कार्कीले मुलुकमा व्याप्त गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी र महामारीका रुपमा बढ्दै गएको भ्रष्टाचारको उन्मूलन गर्नु अभियानको मुख्य लक्ष्य रहेको बताए। उनले भने, ‘यस अभियानमार्फत म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले भन्ने अभियानमा नेपाल आमाको माटो छोएर कसम खाँदै अगाडि बढौँ त कसरी बन्दैन हाम्रो राष्ट्र तर त्यसका लागि दृढ संकल्प लिएर इमान्दारिता, नैतिकता र अनुशासित भई आगडि बढ्नुपर्ने हुन्छ।’ रासस

सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन साझा पार्टीको माग

अर्नव गोश्वामीलाई र्‍याखर्‍याख्ती पार्ने कमेडियनलाई चार एयरलाइन्सले लगाए प्रतिबन्ध

टेलिभिजनमा अत्यन्त आक्रमक शैलीमा उत्रिने प्रस्तोता अर्नव गोस्वामीलाई हवाई यात्राको क्रममा र्‍याखर्‍याखती पारेपछि भारतीय स्ट्यान्ड–अप कमेडिएन कुनाल कामरालाई चार वटा एयरलाइन्सले प्रतिबन्ध लगाएका छन्।

इन्डिगो, स्पाइस जेट र गो एयरले कामरालाई ६ महिनाका लागि प्रतिबन्ध लगाएका हुन् भने एयर इन्डियाले अर्को सूचनासम्मका लागि उनलाई आफ्नो विमानमा नउडाउने जनाएको छ।

भारतीय उड्डयन मन्त्ती हरदीप सिंह पुरीले अन्य एयरलाइन्सहरुलाई पनि त्यस्तै प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।

यद्यपि विस्तारा एयरलाइन्सले भने उनलाई प्रतिबन्ध नलगाउने बताएको छ। एजेन्सी

गायक दिपक बज्राचार्यको ‘राति’ सार्वजनिक [भिडियो ]

१६ महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ। मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो।

लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत छन्। उनी अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन्।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो। तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो। यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन्। रासस

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए

लिस्बन । पोर्चुगलको व्यस्त शहर । शहरको एक कुनामा नेपाली हस्तकला सामग्रीको ठूलो पसल । भित्तामा गौतम बुद्धको बडेमानको मूर्ति र नेपालको राष्ट्रिय झण्डा ।

नकिने पनि किनौंँ झैंँ लाग्ने गरी लहरैसँग झुण्ड्याइएका नेपाली हस्तकलाका सामाग्री । परदेश भए पनि काठमाडौंको ठमेल, बौद्ध र स्वयम्भू क्षेत्रको झल्को दिने गरी हातले बनाएका अनेकौंँ सामग्री जसले एकातिर नेपालको प्रचार गरेको छ भने अर्कातिर प्रवासमा नेपालीको शान बढाएको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो पर्यटकीय क्षेत्र हो जहाँ दैनिक हजारौंँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् । त्यही क्षेत्रमा काभ्रेपलाञ्चोक कटुन्जेबेंसीका शम्भु गौतम नेपाली हातले बनाएका कलात्मक बस्तुको प्रचारमा छन् ।

लामो समयदेखि पोर्चुगलमा बस्दै आएका गौतमले नेपाली ढाका टोपी, बुद्धको प्रतिमा, नेपाली तानबाट बुनेका स्वेटर, पश्मिना, तयारी पोशाक, काष्ठकला, धातुकला, नेपाली कागज लगायत सामग्री देखाएर पर्यटकलाई नेपालप्रतिको आकर्षण बढाएका छन् ।

काठमाडौंँको ठमेलबाट व्यापार आरम्भ गर्नुभएका गौतमले पोर्चुगलमा मात्रै नभई युरोपभरि नै नेपाली हस्तकलाका सामग्री पुर्‍याएका छन् । ‘ठमेलबाट हस्तकलाका सामाग्रीको व्यापारलाई मैले यूरोपभरि फिँजाएको छु,’ गौतमले भने, ‘नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा हस्तकलाका सामग्रीमार्फत नेपाल चिनाउने मेरो लक्ष्य पूरा गर्नेछु ।’

गौतमका अनुसार देवीदेवताको मूर्ति, थान्का, पश्मिना, अल्लोबाट निर्मित कपडा, झोलालगायत सामग्री पर्यटकको रोजाइमा पर्ने गर्दछन् । भारतले हस्तकलाका सामग्री निर्यातमा अनुदानको व्यवस्था गरिरहँदा नेपाल सरकारले चासो नदिएको प्रति उनको गुनासो छ ।

ठमेलदेखि पोर्चुगलसम्म

विसं २०५० देखि व्यापार आरम्भ गर्नुभएका गौतमले हिजोआज आफ्नो सम्पूर्ण समय नेपाली हस्तकलाका सामग्रीको प्रचारमा बिताएका छन् । ठमेलमा १८ वर्ष व्यापार गरेका उनी स्वदेशभित्रै सम्भावना हुँदा हुँदै पनि नेपाली सामानको प्रचारका लागि फ्रान्स, इटाली, स्पेन र जर्मनीलगायत देशमा समेत पुगेको बताउँछन् ।

‘नेपाली कला, सीप र पूँजीबाट निर्मित सामग्रीलाई यूरोपमा स्थापित गराउने क्रममा विगत ११ वर्षदेखि पोर्चुगलमा स्थायी रुपमा बसेको छु’, उनले भने, ‘नेपाली हस्तकलाका सामग्रीलाई युरोपभर चिनाएर नेपालको शान राख्ने मेरो रहर पूरा भएको छ ।’

गौतमले अहिले पोर्चुगलमा ‘प्योर क्राफ्ट नेपाल’ र ‘एचएण्डजी’ नामक दुई कम्पनीमार्फत नेपाली हस्तकलाका सामग्रीको प्रचार र बिक्री गर्नुभएको छ । उहाँलाई परिवारका अन्य सदस्यले साथ दिँदै आएका छन् । ‘युरोपमा हस्तकलाका सामग्रीको उच्च माग छ तर सरकारले हस्तकलाका सामग्रीलाई खासै प्राथमिकतामा नराखेकोले यसको गुणस्तरमा कमी हुँदै गएको छ,’ उनले थपे, ‘विदेशी मुद्रा आर्जन गर्न नेपाल सरकारले पनि व्यवसायीलाई सहयोगका साथै हौसला दिनुपर्छ ।’

‘मेड इन नेपाल’

नेपालमा बनेको जुनसुकै हस्तकलाको सामान भए पनि ‘मेड इन नेपाल’ देख्नेबित्तिकै पर्यटकले किन्ने गरेको गौतमको भनाइ छ ।

उनका अनुसार विदेशीले नेपाली सामानप्रति सहानुभूति राख्ने गर्छन् । पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेश गुरुङ पनि नेपाली हस्तकलाका सामग्रीको प्रचार आवश्यक रहेको बताउँछन् ।

‘नेपालमा भ्रमण वर्षको सरगर्मी बढिरहेका बेला नेपाली हस्तकलाका सामग्रीको प्रचार अति नै आवश्यक छु,’ उनले भने, ‘सरकारले हरेक देशमा ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने हो भने नेपाली सीप र पूँजीबाट निर्मित हस्तकलाका सामग्रीको प्रचार हुनेछ ।’ विदेशीले पश्मिना, देवीदेवताका मूर्ति, काष्ठकलाका सामग्री र कपडामा रुचि राख्ने गरेको उनले बताए ।

गुणस्तरहीन सामग्रीको बिगबिगी

नेपाली हस्तकलाका सामग्रीले विश्वभरका विदेशी नागरिकको मन जितेको छ । यसैले पनि होला नेपालबाट हस्तकलाका सामाग्रीको निर्यातको दर विस्तारै बढेको छ ।

पछिल्लो समय गुणस्तरहिन सामानको उत्पादनले विश्वबजारमा असर पर्न थालेको प्रति गौतम चिन्तित हुनुहुन्छ । ‘पर्यटकहरु नेपालको नेचुरल सामग्री खोज्छन् । त्यसपछि पुरातात्विक बस्तु खोज्छन्’, उनले भने, ‘छिटो कमाउने धन्दाले बजारमा गुणस्तरहीन सामाग्रीको बिगबिगी छ । यसप्रति सरकार र सम्बन्धित निकाय चनाखो हुनु आवश्यक छ ।’

उत्पादनको गुणस्तर खस्किए स्वदेशी र विदेशी बजार ठप्प हुने उनको तर्क छ । विदेशीले मूल्यमा भन्दा पनि गुणस्तरमा ध्यान दिने हुनाले गुणस्तरीय सामान उत्पादनमा नेपाल हस्तकला महासङ्घले ध्यान दिनुपर्नेमा व्यवसायी गौतम जोड दिन्छन् ।

काठमाडौंँको बसन्तपुरमा विदेशी पर्यटकले हस्तकलाका सामान खरिद गरेको देखेपछि प्रभावित गौतम सन् १९९६ देखि हस्तकला व्यवसाय शुरुआत गरिएको बताउँछन् ।

उत्पादनदेखि निर्यातका क्षेत्रमा काम गर्नुभएका उहाँ नेपालमा चलेको द्वन्द्वकालीन समयका कारण युरोपतर्फ लागेका थिए । ‘द्वन्द्वका कारणले ठमेलको व्यापारमा मन्दी आउन थाल्योे । त्यसपछि हस्तकलाका सामान लिएर विदेश जान थालेंँ । विदेशी ग्राहकको अर्डरअनुसार सामान लैजान्थेंँ’, उनले भने, ‘व्यवसायकै क्रममा मैले सन् २०१२ देखि पोर्चुगलमा ४० लाख यूरोको लगानीबाट व्यवसायको शुरुआत गरेंँ । अहिले नेपालबाट वार्षिक दुईदेखि तीन कन्टेनर हस्तकलाका सामग्री पोर्चुगल लगेर युरोपभरि बिक्री गर्दै आएको छु ।’

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको उपाध्यक्ष भएर समाजसेवामा पनि उत्तिकै सक्रिय गौतम प्रवासमा रहेर पनि नेपाली सामानलाई युरोपभरि चिनाउन पाएकामा गौरव गर्छन् ।

 

वडाध्यक्ष अनशनमा !