Home Blog Page 1419

आजको राशिफल : माघ ६ गते, सोमबार

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी,५१ घडी ५३ पला,रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,४६ घडी १४ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त […]

शुभ बिहानी?? पाथीभरा माइको दर्शन गरि आजको राशिफल पढ्नुहोस।

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा

काठमाडौं, ०५ माघ । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि […]

अष्ट्रेलियाबाट करोडौं हुण्डी कारोबार गर्नेको खुलासा, मृगौला रोगीको औषधिमा शिक्षण अस्पतालमा दोब्बर मूल्य (भिडियो)

प्रेस काउन्सिलमा अथाह शक्ति केन्द्रित गर्न नहुने सञ्चारमन्त्री बाँस्कोटाको भनाइ

काठमाडौं, ०५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिलमा अथाह शक्ति केन्द्रित गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक २०७५ माथिको दफावार छलफलमा उहाँले काउन्सिलले मध्यस्तताको भूमिका निर्वाह गरे पनि समाचारकै कारण पीडित बनेकालाई अदालतले न्याय दिनुपर्ने धारणा राख्नुभयो । उहाँले काउन्सिलले क्षतिपूर्ति दिलाउन नसक्ने बताउँदै दण्ड, […]

२२ लाखको मोबाइलसहित एक विदेशी नागरिक नियन्त्रणमा

सल्यानका एक वडा अध्यक्षसहित छ जनाविरुद्ध अदालतमा मुद्धा दर्ता

आशिस केसी माघ ०५ सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको बागचौर नगरपालिकाका २ का वडा अध्यक्ष घनश्याम शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा अध्यक्ष शर्मासहित ६ जनाविरुद्ध आयोगले आइतबार विषेश अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सल्यानको बागचौर नगरपालिका अन्तर्गत पर्ने भानुभक्त निमावि धनचुली हुँदै चिल्ढाले जोड्ने सडक निर्माणमा अनियमितता […]

अष्ट्रेलियाको मेलवर्नबाट करोडौंको हुण्डी कारोबार, वाणिज्यदूतको भूमिका शंकास्पद !

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री–वितरणमा प्रतिबन्ध लगाउँदै

काठमाडौं, ०५ माघ । प्रदेश १ सरकारले सार्वजनिक स्थल र त्यस वरपरका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग तथा विक्री–वितरणमा प्रतिबन्ध लगाउने भएको छ । ८ वर्षअघि नै सार्वजनिकस्थल आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग र विक्री–वितरणमा प्रतिबन्ध लगाउन ऐन जारी भएको थियो । तर, यो ऐन कार्यान्वयन हुन सकेको छैन । प्रदेश १ सरकारले सोही ऐन कार्यान्वयनमा […]

घरेलु मैदानको फाइदा उठाउँछौः कप्तान मल्ल

प्लास्टिकबाट १८ क्यारेट सुन उत्पादन

एजेन्सी, ०५ माघ । पर्यावरणका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन चुनौती बनिरहेको छ । यद्यपि, कतिपय ठाउँमा प्लास्टिकबाट इन्धनका साथै सडक पिच गर्ने सामग्री समेत उत्पादन गर्न थालिएको छ । तर, स्विट्जरल्याण्डका वैज्ञानिकहरूले भने प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफलता पाएका छन् । स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफल भएका छन् । […]

जति हर्न बजायो त्यती नै ट्राफिक जाममा बस्नुपर्ने नियम

एमसीसीको पक्षमा सभापति शेरबहादुर देउवाको चट्टानी अडान !

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा चट्टानी अडान लिँदै परियोजना नेपालको हितमा रहेका बताएका छन् ।

प्रेस युनियनले आईतबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए ।

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता विकासका लागि महत्त्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत् बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरू गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तार समेतमा सहयोग पुग्ने बताएका छन् ।

काठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री ओलीलाई सोधिन् अन्तिम प्रश्न !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्दा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने पुरानै कोसिस जारी राखेको छ ।

उपसभामुख तुम्बाहाम्फेले भने राजीनामा नदिने अडान लिँदै आएकी छन् । यही सन्दर्भमा आईतबार दिउँसो समेत उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर राजीनामा दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणको मनोविज्ञान र शक्ति सन्तुलनलाई ध्यान दिएर पूर्व माओवादीबाट अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको जानकारी गराउँदा उपसभामुख तुम्बाहाम्फेले ओलीलाई अन्तिम प्रश्न गरिन् । उनले सोधिन्, ‘उपसभामुखबाट राजीनामा दिनुपर्ने मेरो गल्ती के हो ?’

यसअघि समेत तुम्बाहाम्फेले नेकपा सचिवालयको निर्णय नमान्ने र उपसभामुखमाथि दलको ह्वीप नलाग्ने अडान लिँदै आएकी हुन् । उनले सभामुख पद आफैंले पाउनुपर्ने कडा माग राखेकी छन् ।

आईतबारको भेटमा पनि उपसभामुखले तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने अडान लिइन् । सभामुखमा अडान कायमै राख्दै तुम्बाहाम्फेले भोलि सोमबार राजीनामा दिने भएकी छन् ।

आईतबार बिहान बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा सहमति जुटेको छ । नेकपा सचिवालय बैठकले सर्वसम्मतरुपमा सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ ।

सभामुख चयनबारे छलफल गर्न सोमबार बिहान नेकपा संसदीय दलको बैठक बोलाइएको छ । दलको बैठकपछि बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी रहेको छ ।

कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

विधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र

विराटनगर, ५ माघ । नेपाल सेवा विधेयक र विकास तथा प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन पत्र बुझाइएको हो ।

संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा पटक(पटक कसैलाई जिस्क्याए, होच्याए, मानमर्दन हुने कार्य गरेमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

The post विधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र appeared first on Koshi Online.

भ्रमण वर्षको प्रचार गर्न थाइल्याण्डमा २ महिना भिडियो प्रदर्शन

सापकोटालाई सभामुख उम्मेद्वार बनाउने नेकपाको निर्णय

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्तारुढ दल नेकपाको आइतबार साझ बसेको सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका थिए । महराको राजिनामा पछि उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले सभामुखमा दाबि प्रस्तुत गरिरहेकी थिइन् ।

करिब दुई महिनाको अन्योल पछि नेकपाले तत्कालिन माओवादी केन्द्रका नेता सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको हाे ।

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

The post सापकोटालाई सभामुख उम्मेद्वार बनाउने नेकपाको निर्णय appeared first on Koshi Online.

गठबन्धन बैठकः महानगरको निर्णय केन्द्रबाट