Home Blog Page 1423

आज माघ ५ गते आइतबारको राशिफल!!!

आजको पञ्चाङ्ग-वि.सं. २०७६ माघ ५,आइतबार,इ.स. २०२० जनवरी १९, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, दशमी, २९:०८ उप्रान्त एकादशी, नक्षत्र– विशाखा, २६:१६ बजेउप्रान्त अनुराधा, योग– शूल, १३:०८ बजेउप्रान्त गण्ड, करण– वणिज, १७:५९ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त वव, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– तुला, २०:३२ बजेउप्रान्त वृश्चिक,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी ६ पला।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । परिवारका साथ रमाईलो बाताबरणमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –लगनशिल तथा मेहनेती भई काम गर्नाले दैनिकी परिवर्तन हुनेछ । सम्मानजनक जिम्मेवारि बहन गर्ने जिम्मेवारि प्राप्त हुनेछ भने बिशिष्ट व्याक्तिहरुको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने उत्कृष्ट नतिजा ल्याउदै हरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । धर्म सस्कृति तथा रितिरिवाजको पालन गर्दै समाजमा स्थापित सस्कारको जगेर्ना गर्ने कामका तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ।

The post आज माघ ५ गते आइतबारको राशिफल!!! appeared first on .

चीनले नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट

आस्था राउतलाई १ वर्ष जेल हुनसक्ने, यस्तो मुद्दा चल्यो !

काठमाडौं – नेपाल प्रहरीसँग लफडामा परेकी गायिका आस्था राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार अनुसन्धान अघि बढाइने भएको छ ।

महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ ।

अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँदाको प्रावधान अनुसार अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

सो दफामा उल्लेख छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

स्रोत अनुसार गायिका राउतलाई आईतबार प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गर्ने तयारी गरेको छ । मुद्दा अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिने पनि तयारी गरेको छ ।

अभद्र व्यवहार कसूरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्ने व्यवस्था रहेको छ ।

राउतमाथि प्रहरी जवान सुनिता श्रेष्ठले उजुरी दिएकी छन् । उजुरीको व्यहोरा र सीसीटीभी फुटेज महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको छ ।

बालविवाह नरोकिँदा बढ्दै छन् ‘किशोरी आमा’

मोटरसाइकलमा ठक्कर दिने कारबाट पेस्तोल र गोली बरामद, २ जना पक्राउ

जनकपुरबाट पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।

बा१४च ७४५९ नम्बरको उनीहरु चढ्ने कारले ज९प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाईनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पेस्तोल बरामद भएको हो।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

फाटफुट वर्षा र हिमपातको सम्भावना

मधेश आन्दोलनका सहिदको सम्झनामा भोली बलिदानी दिवस, प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश २ सरकारले आइतबार प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। मधेश आन्दोलनका सहिदहरुको सम्झनामा भोली माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ।

प्रदेश सरकारले यसपटक वीरगञ्जमा बलिदानी दिवस मनाउने निर्णय गरिसकेको छ। आइतबार वीरगञ्जमा मनाइने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्री, मधेशवादी दलका नेताहरु, सहिद परिवार, मधेश आन्दोलनका घाइते, नागरिक समाज लगायतको उपस्थिति रहने जनाएको छ।

यस्तै समाजवादी पार्टी महोत्तरीले महोत्तरीको परौलमा बलिदानी दिवस आयोजन गर्ने भएको छ। आइतबार अयोजना गर्ने उक्त कार्यक्रममा पहिलो तथा दोश्रो मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य तथा निर्वातमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार प्रगतिशील मधेशी समाजले समेत सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ।

मधेशवादी दलले प्रत्येक वर्ष माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन्।

 

आज माघ २१ गते मंगलबार, तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

जन्ती जाँदै गरको ट्याक्टर बाख्रा बचाउन खोज्दा दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते

सिरहामा डिजे बाजा बोकेको ट्याक्टर बाख्रा बचाउने क्रममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। यस्तै ५ जना घाइते भएका छन्।

शनिबार दिउँसो डिजेबाजा बोकेर जन्ती जाँदै गरेको १ त ६५६० नम्बरको ट्याक्टर पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबार नगरपालिका ७ मा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लहान नगरपालिका १३ बस्ने २२ वर्षका सन्तोष यादव र धनगढीमाई नगरपालिका १२ बस्ने २० वर्षका वर्षीय श्रीप्रशाद माण्डल छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार धनगढीमाई नगरपालिकाबाट डिजेबाजा बोकी कर्जन्हा नगरपालिकातर्फ तीब्र गतिमा जाँदै गरेको ट्याक्टर बाटो काटिरहेको बाख्रालाई जोगाउने क्रममा ट्रेलर पल्टेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्तरमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

अन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात, १२० जनाको हेलिकोप्टरबाट उद्धार

अन्नपूर्ण आधारशिविर नजिक देउराली र हिम्कु केभको बीचमा हराइरहेका ४ जना कोरियाली र ३ जना नेपाली गाइडको अवस्था अझै पनि अज्ञात नै छ।

उद्धारका लागि गएको टान तथा प्रहरीको टोलीसँग सम्पर्क हुन सकेको छैन। उद्धारको लागि गएका पर्यटन व्यवसायी विजय केसीका अनुसार उनीहरु अहिले पदयात्रा मार्गको दोबानमा रहेका छन्। दोबानबाट आफूहरु माथि जान नसकेको उनले जानकारी दिए।

कास्कीकाे अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्।

हराइरहेका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन्। यसैगरी हिमपहिरोमा हराइरहेका तीन नेपालीमध्ये सरोज परियारको मात्र नाम खुलेको छ। बाँकी दुईको परिचय खुल्न बाँकी छ।

‘यहाँबाट घटना भएको ठाउँमा जान ४ घण्टा लाग्छ’, उनले भने, ‘अब यो हप्ता त्यहाँ कुनै पनि रेस्क्यु टिम पुग्ने सम्भावना छैन। पहिरो ठूलो छ रे, हिउँ पग्लिनै पर्छ। यता भएका बाँकी पर्यटकहरु सबै तल झरिसकेका छन्।’

उद्धारमा खटिएको हेलिकोप्टरले अन्नपूर्ण आधार शिविर, देउरालीतिर भएकाहरुलाई छोम्रोङ झारिरहेको उनले जनाए। करिब १ सय २० जनालाई तल छोम्रोङ झारिएको उनको भनाइ छ। भोलि जसरी पनि घटनास्थल पुग्ने लक्ष्य राखिएको पनि उनले जनाए।

उनका अनुसार अहिलेसम्म ७ जना मात्रै हराएको बताइए पनि त्यो संख्या बढ्न सक्छ। उनीहरुको टोलीमा एक जना पर्यटक प्रहरीसहित ९ जना रहेका छन्। 

याे पनि: अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक हिमपहिराे बीचमा

साउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड

मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

 मनाङ पदयात्रामा गएका ४ जना चिनियाँ नागरिकहरु सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार राउन्ड अन्नपूर्णको थोरङ्लापास गर्न गएका ४ जना चिनियाँहरु पुस २७ गते मनाङ पुगेका थिए। मनाङको निस्याङ गाउँपालिाका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा नाम दर्ता गराएर अघि बढेका उनीहरुले हालसम्म थोरङ्ला पास पनि नगरेको र सम्पर्कमा पनि नआएको प्रदेश प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार इजी ११९२६२ नम्बरको पासपोर्ट बाहक हुङ युयिन, पासपोर्ट नम्बर इओ ५२५६४८० बाहक क्याट सिउ तिङ नामक महिलासहित मा क्विनिल र एन्वद झाड नामक दुई पुरुष सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अघि बढाएको छ।

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि

हुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा

अमेरिकन हार्ट एसोसियसनको अनुसन्धानमा हुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा देखाएको हो।

मुसामा गरिएको अनुसन्धानमा यस्तो तथ्य फोला परेको हो। मानिसहरु चुरोट सेवनको विकल्पका रुपमा हुक्का तान्न रुचाउँछन्।

तर हुक्का तान्दा रगत जम्ने र रगत जमेपछि हृदयघात हुने सम्भावना उच्च भएको अनुसन्धानमा बताइएको छ। साइन्स डेली

सर्त पूरा भए राजपा नेपाल संघीय सरकारमा सहभागि हुने

रुसमा एकसाथ २५ कार दुर्घटनाग्रस्त

दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा

चितवनको कालिकामा ग्रिनेट बम फेला

चीनमा नयाँ भाइरसका कारण दुईको मृत्यु, सयौं संक्रमित भएको आशंका

चिनियाँ आधिकारिक विवरण अनुसार अहिलेसम्म ४५ जना सो भाइरसबाट सङ्क्रमित भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ।

यद्यपी अन्य देशका वैज्ञानिकहरूले चीनमा नयाँ भाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या आधिकारिक सङ्ख्याभन्दा बढी हुन सक्ने बीबीसीलाई बताएका छन्।

वेलायतका विज्ञहरूका अनुसार त्यो सङ्ख्या १,७०० को नजिक हुनसक्छ।

गत डिसेम्बर महिनामा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोनाभाइरसबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।

ब्रिटिश सरकार र विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई समेत सल्लाह दिने इम्पेरिअल कलेज लण्डनस्थित एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्शिअस एनालिसिसले त्यस्तो अनुमान गरेको हो।

सिङ्गापुर र हङ्‌कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेका छन्।

अमेरिकी अधिकारीहरूले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कस्थित तीनवटा प्रमुख विमानस्थलमा शुक्रवारदेखि त्यस्तै गर्न लागिएको घोषणा गरेका छन्।

चीनको वुहानबाट समस्याको उत्पत्ति भए पनि थाइल्यान्डमा दुई जनामा र जापानमा एक जनामा सङ्क्रमण देखिएको छ।

मानिसबाट मानिसमा भाइरस सरेको घटना अहिलेसम्म नदेखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै अन्य प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि तिनले मानिसहरूलाई सङ्क्रमित बनाएका छैनन्। बीबीसी

रत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव : बद्री पंगेनीकाे राताे पछ्याैरीमा झुमे दर्शक