Home Blog Page 1424

अमेरिकामा गोली प्रहार हुँदा चारको मृत्यु

उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ।

प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोली प्रहार भएको हो ।

“सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्,” ग्रान्ट्सभिल्लेका एक जना प्रहरी अधिकृत होन्डा फिल्डसले भने।

उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको जानकारी दिए।

आक्रमण गर्ने र पीडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको बताइएको छ। रासस/एएफपी

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

चम्ल्याहा सन्तान हुर्काउनै मुस्किल

गौरव प्रधानलाई एक सन्तानको चाहान थियो। यसअघि नै पाँच वर्षको छोरा भएकाले सकेसम्म एक छोरी भइदिए छोराछोरी दुवैको रहर पूरा हुने चाहाना स्वाभाविक पनि हो। सधैँ सोचे जस्तो कहाँ हुन्छ र? श्रीमतीको रजस्वला रोकिएको ३७ दिनमा नै थाहा भयो गर्भमा तीन सन्तान छन् भन्ने कुरा।

विगत पाँच वर्षदेखि दुबइमा रहेका प्रधानलाई सन्तानको माया त हुने नै भयो। वैदेशिक रोजगार रहर नभइ बाध्यता थियो। पुतलीबजार नगरपालिका–१ का प्रधानले बुबाआमाको साथ श्रीमतीलाई छोडेर वैदेशिक रोजगारीमा फर्किए। प्रत्येक महिनाको भिडियो एक्स रे को रिपोर्टमार्फत श्रीमतीको बारेमा जानकारी लिइरहेका प्रधान २० दिनअघि मात्र नेपाल आएका हुन्।

प्रधानले पुस २७ गते आइतबार श्रीमतीलाई पोखराको मणिपाल अस्पतालमा लिएर आए। ३४ हप्ता चार दिनमा शुक्रबार बिहान ९ बजे डा महेन्द्रराज पाण्डेको नेतृत्वको टोलीले शल्यक्रिया गरेर २६ वर्षीय सुनिता प्रधानको गर्भबाट चार सन्तान निकाल्यो। जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन्।

वैदेशिक रोजगारको सीमित आम्दानीबाट परिवारको पालनपोषण गर्दै आएका प्रधान दम्पत्तीलाई एकैचोटी जन्मिएका चार सन्तानको पालनपोषण थप समस्या हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै लागेको छ। तर, आशावादी छन् दम्पत्ती ‘यो भगवानको अमूल्य उपहार हो, हामी निकै खुशी छौं। तर, हुर्काउनै मुस्किल छ।’

‘कम तौलका कारण बच्चाको स्वास्थ्यमा केही समस्या आउने होकी भन्ने चिन्ता त छ, तर कामना गरेको छौँ, पक्कै सबै राम्रो नै हुनेछ’, ५३ दिनको बिदामा घर आएका प्रधान बिदा थप्न नमिल्ने समस्याले पनि पिरोलिएका छन्। ‘भिसा रिन्यू गर्नुपर्छ। अहिले बिदा थप्न पनि मिलेन’, उनले भने, ‘सन्तानको माया उस्तै छ। कम तौल भएकाले विशेष स्याहार गर्नुपर्छ, तर आफू श्रीमतीसँगै हुनुपर्ने बेला विदेश जान बाध्य छु। नजाउ कसरी पाल्नु? जाऊ मेरो जरुरत छ यतिबेला उनलाई।’

अहिले बच्चालाई सघन कक्षमा राखिएको छ। अस्पतालको खर्चको बारेमा पनि प्रधानले केही नसोचेको बताए। ‘कति दिनसम्म राख्नुपर्ने हो खै? कति खर्च लाग्ने हो केही थाहा छैन। अहिलेसम्म अस्पताल र डाक्टरहरुबाट उपचार सहुलियतको बारेमा केही जानकारी गराउनु भएको छैन।’

चार सन्तानबारे डाक्टरको भनाइ

भिडियो एक्सरेमा तीन वटा देखिएको तर गर्भमा चारवटा सन्तानको बारेमा डा महेन्द्रराज पाण्डे भन्छन्, ‘कतिपय अवस्थामा बच्चा खप्टेको हुन्छ, अंग नदेखिन सक्छ, देखिँदा तीन वटा मात्रै देखियो पछाडिपट्टी भएकाले नदेखिएको हुनसक्छ।’ उनले आठ लाख मानिसमध्ये एक महिलाले चार सन्तान जन्माउने गरेकोे बताए। कृत्रिम गर्भाधानमा जुम्ल्याह, तिम्ल्याहा, चम्ल्यामा जन्मने देखिए पनि प्राकृतिक गर्भाधानमा भने यो दुर्लभ भएको उनको भनाइ छ। उनले भने, ‘गर्भाधानमा सामान्यतया एक शुक्रकिटको मिलन एउटासँग भएर त्यसपछि हुने विभाजनले गर्दा पनि हुनसक्छ अथवा एउटाभन्दा बढी शुक्रकिटको धेरै वटा अण्डासँग मेल भएर पनि जन्मने गदर्छ।’

उनले चम्ल्याहा शिशुको तौल कम हुने भएकाले विभिन्न समस्या देखिनसक्ने बताए। उनी भन्छन्, ‘कम तौलका कारण श्वासप्रश्वासमा समस्या देखिन सक्छ, त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले सङ्क्रमण हुने सम्भावना बढी हुन्छ अहिले सामान्य देखिए पनि कति बेला समस्या आउँछ भन्ने थाहा हुँदैन, शिशुलाई सीमित व्यक्तिको मात्रै निगरानीमा राख्नुपर्छ र धेरैले छुने गर्दा संक्रमण हुनसक्छ।’

उनले अहिले बच्चालाई सघन कक्षमा सलाइन पानी दिएर राखिएको बताउनुभयो बच्चालाई स्तनपान गराउनसक्ने नभएसम्म बच्चालाई लान नमिल्ने उनको भनाइ छ। रासस

‘चपली हाइट ३’ काे गीत ‘चार आनाको मसला’ मा स्वस्तिमा र सुपुष्पाको ठुम्का (भिडियो सहित)

एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

गलेश्वर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए ।

नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीका विषयमा भइरहेको विवादका विषयमा उनले धारणा राखेका हुन् ।

“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता श्रेष्ठले भने ।

अब बस्ने सचिवालय बैठकले यसलाई टुंगोमा पुर्याउने बताए ।

सभामुख चयनबारे देखिएको अन्यौलताले छिट्टै निकास पाउने उनले बताए ।

वर्तमान सरकारले मुलुकमा हुँदै आएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने काम गरेको उनको भनाइ छ ।

The post एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ appeared first on Koshi Online.

तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

पहिलो ओभरमै सन्दीपलाई विकेट, मेलबर्नको दशौं जित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सका लागि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेटमा पर्थ स्कोर्चसविरुद्ध पहिलो ओभरमा नै विकेट लिएका छन्।

टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सात रन दिएर एक विकेट लिएका हुन्। ओभरको चौथो बलमा उनले लिभिङ स्टोनलाई कार्टराइटको हातबाट क्याच गराए। त्यसअघि उक्त ओभरको पहिलो बलमा उनले चौका खाएका थिए।

यो पनि: बीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प

दोस्रो ओभरमा सन्दीपले चौकासहित नौ रन दिए। यस्तै तेस्रो ओभरमा उत्कृष्ट बलिङ गर्दै ४ रनमात्रै दिएका सन्दीपले आफ्नो अन्तिम ओभरमा एक चौका ब्यहोर्दै १० रन खर्चे।

समग्रमा सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। योसँगै सन्दीपले जारी लिगमा १० खेलबाट १२ विकेट लिइसकेका छन्। उनले ३५ ओभर बलिङ गर्दै २५७ रन खर्चेका छन्।

पर्थलाई १० रनले हराउँदै सन्दीपको टोली मेलबर्नले लिगमा दशौं जित हात पारेको छ। मेलबर्न १२ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

प्रियंका कार्कीको तस्बिर सेयर गर्दै बार्साले भन्योः हामी नेपाललाई माया गर्छौं

बीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले केन्द्रीय खेलाडी सम्झौता (सेन्ट्रेल प्लेयर कन्ट्रयाक्ट)को सूची सार्वजनिक गर्दा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी राँचीमा अभ्यास गरिरहेका थिए।

बीसीसीआईले २७ खेलाडीलाई चार समूहमा सामेल गर्दै केन्द्रीय सम्झौता सार्वजनिक गरेको थियो। यो सम्झौता २०१९ अक्टोम्बर देखि २०२० सेप्टेम्बरसम्म लागु हुनेछ। जसमा धोनीको नाम समावेश नभएपछि धोनीको करिअर सकिएको धेरैको बुझाई छ।

आफ्नो हरियो ‘जोंगा जीप’ मा सवार भएर झारखण्ड स्टेट क्रिकेट एशोसियसन इन्टरनेशनल क्रिकेट स्टेडियम पुगेका धोनीले त्यहाँ रहेका रणजी खेलाडीका साथ अभ्यास गरे। त्यसबेला झारखण्ड स्टेट क्रिकेट एसोसियसनका उपाध्यक्ष अजयनाथ शाहदेव पनि उनका साथ थिए। शाहका अनुसार त्यसबेला धोनीले बीसीसीआईको खेलाडी सम्झौता विषयमा कसैसँग पनि कुरा गरेनन्।

धोनी

उनी सधैँजस्तो फिट देखिन्ट। नेटमा खुब पसिना बगाएपनि। आफ्ना साथीहरुसँग कफी पनि पीए। त्यसक्रममा केही समर्थकहरुले उनका साथमा तस्बिर समेत खिचेँ। त्यतिञ्जेल पनि धोनी एकदमै सामान्य थिए।

शाहले भन्छन्, ‘धोनी एक महान खेलाडी हुन् र उनमा अझै धेरै क्रिकेट बचेको छ। कन्ट्रयाक्टको विषयमा त बीसीसीआईका मान्छेहरु नै भन्लान तर यस(कन्ट्राक्ट)को एक नियम हुन्छ। त्यसबारे धोनीलाई राम्रो ज्ञान छ। यो एउटा प्रक्रियामात्रै हो, यसले कुनै खेलाडीको भविष्यको फैसला गर्न सकिदैँन।’

धोनी फर्कनेछन्
धोनीका स्कुले दिनका प्रशिक्षक केशवरंजन बनर्जी समूह सीमा भएपनि बीसीसीआईले धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्नुपर्ने मान्छन्। पछिल्लो तीन विश्वकपमा धोनीको प्रदर्शन उम्दा रहेकोमा उनको जोड छ।

बेनर्जी भन्छन्, ‘धोनी फर्कनेछन्। त्यो भनेको पछिल्लो ढोकाबाट हैन्। आइपीएलमा उनको शानदार प्रदर्शन हुनेछ। र, भारतीय टोलीमा पुनरागमन पनि।’

Image result for mahendra singh dhoni

धोनीको इच्छा यसैवर्ष हुने टी–२० विश्वकप खेल्ने रहेको र त्यसका लागि उनी अभ्यास गरिरहेको उनले बताए। धोनीले आफ्नै फैसलाका कारण पछिल्लो ६ महिनामा कुनै टुर्नामेन्ट नखेलेको उनले दाबी गरे।

के धोनी सन्न्यास लिन्छन्?
धोनीको सन्न्यासको बारेमा बेनर्जीले भने, ‘यो प्रश्न मलाई टी–२० विश्वकप पछि सोध्नुहोला। त्यसपछि म तपाईलाई भन्नेछु कि धोनीको करिअर त्यसपछि कति लामो हुन्छ।’

धोनी आफ्नो फैसला विवेकपूर्वक लिने भन्दै उनका बारेमा कोही केही बताउँन नसक्ने बेनर्जीको अनुभव छ। धोनी चार विश्वकप खेल्ने एक्लो भारतीय खेलाडी समेत हुन्।

‘टिमबाट बाहिर राखिएका छैनन्’
धोनीका अर्का प्रशिक्षक चंचल भट्टाचार्यले सम्झौता नबढ्नुको मतलब धोनी भारतीय टोलीको हिस्सा नरहेको भन्ने नभएको बताए।

उनले भने, ‘बीसीसीआई आफ्नो नियमका आधारमा खेलाडी कन्ट्राक्ट समूह विभाजन गर्छ। धोनीले केही महिनायता कुनै खेल खेलेका छैनन्। त्यसकारण पनि धोनीको सम्झौता नवीकरण नभएको हुनसक्छ। यसलाई उनको करिअर र सन्न्याससँग जोड्नु हतारो हुनेछ।’

करिअर सकिएको हो?
२०१९ को नोभेम्बरमा धोनी र भर्खरै बीसीसीआईका अध्यक्ष चुनिएका सौरभ गांगुलीबाट आएका बयानपछि पनि धोनीको करिअरबारे बहस भएको थियो। त्यसबेला धोनीले जनवरी २०२० सम्म आफ्नो भविष्यबारे पर्खन भनेका थिए। यस्तै गांगुलीले धोनीको भविष्यलाई लिएर स्पष्ट भएको र त्यसबारे टिम व्यवस्थापन, बोर्ड र धोनीसँग पनि कुरा भएको भनेपछि धोनी करिअरको अन्त्यतिर रहेको अड्कल काटिएको थियो।

तर भारतीय टोलीमा अटाउन बीसीसीआईसँग सम्झौता गरेका खेलाडीमात्रै हुनुपर्छ भन्ने छैन्। कुनै खेलाडी सम्झौताभित्र छैन तर उ राम्रो खेल्छ भने त्यसलाई छनौटकर्ताले टिममा राख्न सक्छन्। अर्कातिर बीसीसीआईले केन्द्रीय सम्झौतामा तीनै खेलाडीलाई राख्छ, जसले वर्षमा टिमका लागि बढी भन्दा बढी खेल खेल्छ। धोनी भने २०१९ को विश्वकप सेमिफाइनलयता ६ महिना टोलीमा छैनन्।

अघिल्लोवर्ष पनि उनी ए प्लस सुचिमा थिएनन। ए प्लसमा भारतका लागि टेस्ट, वानडे र टि–२० खेल्ने खेलाडीहरु समेटिएका छन्। धोनीले टेस्टबाट सन्न्यास लिइसकेकाले उनी एप्लस सुचिमा नरहेका हुन्।

Related image

अहिले भारतीय टोली अष्ट्रेलियासँग शृंखला खेलिरहेको छ। यसलगत्तै न्यूजिल्याण्ड भ्रमणमा निस्कनेछ। दुबै टूरका लागि खेलाडी घोषणा भइसकेका कारण धोनी अझै दुई महिना टिम बाहिर रहने निश्चित छ। तर, सस्पेन्स भने धोनी २०२० को विश्वकप खेल्छन् कि नाई? भन्नेमा छ।

तर, धोनीले कम्तीमा २०२१ सम्म आफ्नो क्रिकेट करिअर अघि बढाउन चाहेको कुरो उनले आइपीएल खेल्ने कुराले प्रष्टाइसकेको छ।

एजेन्सीहरुको सहयोगमा।

जनकपुर भन्सारका कर्मचारी १ लाख ५० हजार घुससहित पक्राउ

सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा

काठमाडौं, ४ माघ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका लागि सहमति जुटाउन शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवाको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयको बैठक बसेको हो ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न १२ चैत्र २०७५ मा गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ ।

समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज(सनिबार) वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् । उनीलाई कांग्रेसले अध्यक्षको लागि सिफारिस गरेको हो ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन ।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ।

The post सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा appeared first on Koshi Online.

एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)

गायिका राउतमाथि कारबाहीको हुने

गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’ को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो । सुरक्षा जाँचका क्रममा गायिका राउतकाे महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो ।

महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ ।

सोहि जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पुग्दैछ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको हुने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

The post गायिका राउतमाथि कारबाहीको हुने appeared first on Purbeli News.

आठ महिनाको शिशु हत्या गर्ने व्यक्तिलाई गोली हानेर मृत्युदण्ड दिइने

अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक अलपत्र

कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा बेपत्ता तीन नेपालीसहित ७ विदेशी पर्यटकको खोजी भइरहेको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शनिबार बिहान दिएको जानकारीअनुसार अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्।

उनीहरूको खोजीका लागि पोखराबाट तीन/चारवटा हेलिकोप्टर उद्धार टोली लिएर उडेका छन्।

‘हेलिकोप्टरबाट हेर्दा माछापुच्छ्रे बेस क्याम्पमा पनि सय जनाजति पर्यटक बाटो अवरुद्ध भएर अलपत्र परेको देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी केसीले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिलेसम्म उनीहरू सुरक्षित नै देखिएका छन्, बाटो खुल्ने स्थिति आएन भने उनीहरूलाई पनि हेलिकोप्टरबाटै उद्धार गर्ने तयारी भइेहरको छ।

नेकपाले नेताहरूको सम्पत्ति छानबिन गर्ने

भिजिबिलिटी नपुगेपछि नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट, चारवटा होल्डमा

 पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटी नपुगेपछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित बनेको छ।

त्रिभुवन विमानस्थलका अनुसार शनिबार बिहान अवतरण हुन नसकेपछि क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट गरिएको छ। चारवटा विमानहरु होल्डमा छन्।

होल्डमा रहेका विमानहरुमा इस्तानबुलबाट आएको टर्किस एयरलाइन्स, दोहाबाट आएको नेपाल एयरलाइन्स र कतार एयरलाइन्स, ग्वान्झाओबाट आएको चाइना साउथन एयरलाइन्स छन्।

मौसमी अवस्थाबारे के भन्छन् मौसमविद्?

शनिबार दिउँसो साढेँ ११ बजेबाट भने विमानस्थलको मौसमी अवस्था सामान्यउन्मुख रहेको विमानस्थलका प्रवक्त चन्द्रलाल कर्णले बताए।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलका अनुसार शनिबारदेखि मौसममा क्रमिक सुधार देखिनेछ।

‘पश्चिमी न्यूनचापिय प्रणालीका कारणले उच्च पाहाडी तथा हिमाली भु–भागमा हिमपात भइरहेको छ भने पहाडी तथा तराईका भुभागमा वर्षा भइरहेको अवस्था छ,’ कँडेलले भनिन्, ‘बिहीबारदेखि प्रभाव शुक्रबार दिनभर र रातिसम्म पनि रहन्छ। यस्तै शनिबारदेखि भने क्रमिक सुधार हुने देखिन्छ।’

अख्तियारको निर्देशन कुर्दै खाद्य कम्पनी, कुहिएको चामल प्रशोधन गरेर बिक्री गर्ने तयारी

हेटौंडाको क्याम्पा डाँडामा तेस्रो लिंगी मृत भेटिए, हत्या भएको आशंका

मकवानपुरको हेटौंडामा एकजना तेस्रो लिंगी मृत भेटिएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ स्थित क्याम्पा डाँडाका अजिता भुजेल मृत फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

htd

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार सडक छेउमा मृत भेटिएका उनको घाँटीमा नीलडाम देखिएको छ।

अन्दाजी २५ वर्षको उनको शव उत्तानो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको घाँटीमा बिजुलीको तार बेरिएको छ। घटनाको प्रकृति हेर्दा कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

‘प्रहरी टोली घटनास्थल गएको छ,’ एसपी राठौरले शनिबार बिहान टेलिफोनमा नेपालखबरसँग भने, ‘टोली फर्किएपछि घटनाबारे विस्तृत जानकारी प्राप्त हुनेछ।’

आज माघ २० गते सोमबारको राशिफल पढी शे’यर गर्नुहोस।