Home Blog Page 1428

रातारात उथलपुथल : राष्ट्रपतिको हस्तक्षेपपछि प्रधानमन्त्रीले दिए राजीनामा !

काठमाडौं – संवैधानिक व्यवस्थामा व्यापक सुधारको प्रस्ताव राष्ट्रपति भ्लादिमिर पुटिनले राखेपछि रुसमा प्रधानमन्त्री दिमित्रि मेहवेदेवसहित पूरै मन्त्रीमण्डलले राजीनामा दिएका छन् ।

रुसमा रातारात राजनीतिक उथलपुथल देखापरेको छ । राष्ट्रपति पुटिको प्रस्तावले सत्ता सन्तुलनमा निकै परिवर्तन आउने प्रधानमन्त्री दिमित्रि मदवेदेवले जनाएका छन् ।

‘यो परिवर्तन लागू भएपछि संविधानको अनुच्छेद मात्रै परिवर्तन हुने छैन, सत्ता सन्तुलन र शक्तिमा पनि परिवर्तन आउने छ । कार्यकारीको शक्ति, विधानमण्डलको शक्ति, न्यायपालिकाको शक्ति यी सबैमा परिवर्तन हुनेछ । यसकारण वर्तमान सरकारले राजीनामा दिएको हो,’ उनले राजीकारण खोतल्दै भनेका छन् ।

राष्ट्रपति पुटिनले संविधान परिवर्तन गर्ने प्रस्ताव राखेका छन्, जसका लागि देशैभर मतदान हुनेछ । यसको माध्यमबाट सत्ताको शक्ति राष्ट्रपतिभन्दा संसदसँग बढी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीको पद छोडिरहेका दिमित्रि मेदवेदेवलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्का डिपुटी चेयरम्यान (उपाध्यक्ष) बनाउने घोषणा गरेका छन् । यसरी अचानकरुपमा रुसी सरकारको राजीनामाले सबै हैरानमा छन् । राष्ट्रपति पुटिनले एक बयानमा सरकारले प्राप्त गरेको उपलब्धिलाई लिएर धन्यवाद समेत दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका लागि मस्कोका संवाददाता सारा रेन्सफर्डले भनिन्, ‘पुटिनले प्रधानमन्त्री मेदवेदेवलाई पदबाट किन हटाए ? यसबारेमा थाहा भइसकेको छैन । पुटिनले मदवेदेवलाई प्रधानमन्त्रीको पदबाट हटाए र सामान्यरुपमा मेदवेदेव जुन फैसला लिन्थे, अब पुटिन आफैंले लिनेछन् । पुटिनले नयाँ मन्त्रिमण्डल गठन नभएसम्म वर्तमान मन्त्रीहरूलाई पदमा रहिरहन भनेका छन् । मेदवेदेव सेक्युरिटी काउन्सिलको उपाध्यक्ष हुनेछन् तर किन ?’

राष्ट्रपति पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिने छ र वर्तमान संविधानको नियमअनुसार उनी अर्काे पटक राष्ट्रपति बन्न नसक्ने देखिएको छ ।

संविधानमा परिवर्तन गरेर पुटिनले आफ्नो सत्ता लम्ब्याउने जनाइएको छ । तर पुटिनले भविष्यमा राष्ट्रपतिको कार्यकाल दुई पटकका लागि मात्रै सीमित गर्ने सांसदहरूसँग बताएका जनाइएको छ ।

चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी : अतिरिक्त शुल्क लिन फेरि सुरु

अमेरिकी सैन्य इलाकामा इरानले गर्‍यो ४ वटा रकेट प्रहार

काठमाडौं – अमेरिका र इरानबीच चलिरहेको विवादका क्रममा आईतबार इरानले अमेरिकी सैन्य इलाकामा हमला गरेको छ ।

इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेका अमेरिकी सैन्य ईलाकामा आईतबार इरानले ४ वटा रकेट प्रहार गरेको छ ।

इराकको अल–बलाद एयरबेसमा भएको हमलामा ४ इराकी वायु सैनिक घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रकेट प्रहार भएको एयरबेस क्षेत्रमा अमेरिकी सैनिकहरू बस्ने भएपनि इरान र अमेरिकाबीचको विवादपछि अमेरिकी सेना त्यहाँबाट भागेका थिए ।

अमेरिका देखेर आक्रोशित भएको इरानले अमेरिकी सैन्य क्षेत्रमा ६ दिनको अवधिमा गरेको पछिल्लो तेस्रो प्रहार रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आक्रामक शैलीमा ट्विटरमा लेखेका छन्, ‘इराक सरकारका दुस्मन लगातार उसको स्वायत्तता उल्लंघन गरिरहेका छन् यो अब बन्द हुनुपर्छ ।’ गत जनवरी ३ मा अमेरिकाले इरानी कुद्स सेनाका जनरल कासिम सुलेमानीको हत्या गरेको थियो ।

एमाले महाधवेशन: सम्पूर्ण तयारी सकियो

२०७७ सालमा कुन पर्व कति गते ? (मिति सहित)

काठमाडौं– २०७७ सालको नयाँ पात्रो सार्वजनिक भएको छ । पात्रोमा २०७७ मा परेका चाडपर्व उल्लेख गरिएको छ । पात्रो अनुसार २०७७ को असोजमा एक महिना मलमास परेको छ । मलमासकै कारण दशैं तिहार पनि पर सरेको छ । मलमासले गर्दा २०७७ को दशै र तिहार एक महिना धकेलिएको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार २०७७ सालको घटस्थापना कात्तिक १ गते, कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजया दशमी रहेको छ । त्यस्तै कात्तिक २८ गते तिहार परेको छ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको छ ।

त्यसैगरी बैशाख ११ गते मातातिर्थ औशी, १४ गते अक्षय तृतीया, २५ गते बुद्ध जयन्ती, जेठ १९ गते गंगा दशहरा, असार ७ गते आइतबार औशीको दिन, असार २१ गते गुरु पुर्णिमा, साउन १० गते नागपञ्चमी, १९ गतेजनै पुर्णिमा, २० गते गाईजात्रा, २७ गते कृष्ण जन्माष्टमी र भदौ ३ गते कुशे औशी परेको छ ।

त्यस्तै २०७७ मा नेपाली महिलाहरुको हरितालिका तीज भदौ ५ गते परेको छ । त्यस्तै भदौ ७ गते ऋषी पञ्चमी, भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु, असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने, मंसिर ५ गते छठ, मंसिर २८ गते बाला चतुदर्शी, पुस १५ मा उद्यौली र तमु ल्होसार, पुस ४ गते बिवाह पञ्चमी, फागुन २७ गते शिवरात्री, चैत १५ गते होली, २९ गते घोडेजात्रा पर्व रहेको छ ।

११ वर्ष अघि मलेशियामा पुगेका लालबहादुर उतै हराए; आँसुमा डुब्यो परिवार

प्रचण्डलाई भयंकर ठूलो डर, राखे ७७ जना सुरक्षाकर्मी !

काठमाडौं– सरकारी कार्यविधी विपरित पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा ७७ जना सुरक्षाकर्मी खटिएका छन्। कार्यविधिअनुसार सबै पूर्व प्रधानमन्त्रीहरुले ९ जना मात्रै सुरक्षाकर्मी पाउँछन्। तर, अधिकांश पूर्वप्रधानमन्त्रीहरुले सरकारी कार्यविधी मिचेका छन् ।

विशिष्ठ व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २०६८ जेठ २५ को निर्णय अनुसार २६ जनासम्म खटाउने व्यवस्था छ। २०७४ माघ २२ गतेको मन्त्रिपरिषद बैठकले २६ जनालाई यथावत राख्ने निर्णय गरेको थियो। प्रचण्डको सुरक्षामा मन्त्रिपरिषदको निर्णयभन्दा ५६ जना बढी सुरक्षाकर्मी खटिएका छन्।

यस्तै कार्यविधि मिचेर सुरक्षाकर्मी राख्नेमा प्रमुख प्रतिपक्षी दलका नेता एवम कांग्रेस सभापति शेरबहादुर देउवा छन्। देउवाले ३८ जना सुरक्षाकर्मी राखेका छन्।

प्रहरी नायव उपरीक्षकको कमाण्डमा देउवा परिवारलाई २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय भएको थियो। देउवा पत्नी तथा पूर्व सांसद आरजु राणा देउवा र छोरा जयविरसिंह देउवालाई समेत भनेर २०७४ माघ १० गतेको मन्त्रिपरिषद बैठकले सो संख्याको सुरक्षाकर्मी दिने निर्णय गरेको थियो।

पूर्व प्रधामन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालको सुरक्षामा १८ जना खटिएका छन्। अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा १७ जना सुरक्षाकर्मी खटिएका छन्।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सुरक्षामा १० जना सुरक्षाकर्मी खटिएका छन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १२ जना सुरक्षाकर्मी छन्।

पूर्व उपप्रधानमन्त्री कमल थापाले १५ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि भन्दा १३ जना सुरक्षाकर्मी थापाले बढी राखेका छन्। पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विमलेन्द्र निधिले १२ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार आफ्नो कार्यकाल सकिएको ३ वर्षसम्म पूर्व उपप्रधानमन्त्रीहरुले २ जना सुरक्षाकर्मीहरु मात्रै पाउँछन्।

अर्का पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको सुरक्षामा ९ जना खटिएका छन् जवकि कार्यविधि अनुसार श्रेष्ठले २ जना मात्रै सुरक्षाकर्मी पाउँछन्। पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले १२ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि मिचेर उनले १० जना सुरक्षाकर्मी बढी राखेका छन्।

पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस सांसद प्रकाशमान सिंहले १७ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार उनले सुरक्षाकर्मी नै पाउँदैनन्। पूर्व उपप्रधामन्त्री एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यविधि विपरित ११ जना सुरक्षाकर्मी राखेका छन्। अर्का उपप्रधामन्त्री नारायणकाजी श्रेष्ठले १४ सुरक्षाकर्मी राखेका छन्। पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेब गौतमको सुरक्षामा १६ जना खटिएका छन्।

पूर्व उपप्रधानमन्त्री भिम रावलले १८ जना सुरक्षाकर्मी राखेका छन्। पूर्व उपप्रधामन्त्री सुजाता कोइरालाले २ जना सुरक्षाकर्मी राखेकी छिन्। उपप्रधामन्त्रीमध्ये सबैभन्दा थोरै सुरक्षाकर्मी राख्ने कोइराला मात्रै हुन्।

पूर्व गृहमन्त्री जनार्दन शर्माले १५ जना सुरक्षाकर्मी राखेका छन्। कार्यविधि अनुसार उनले सुरक्षाकर्मी राख्न पाउदैनन्। अर्का पूर्व गृहमन्त्री पुर्णबहादुर खड्काले १२ जना सुरक्षाकर्मी राखेका छन्। पूर्व सभामुख ओनशरी घर्तीले कार्यविधि अनुसार २ जना सुरक्षाकर्मी राख्न पाउँछिन् तर उनले १० जना राखेकी छन्।

बिहानै नेपाल प्रवेश गर्‍यो पश्चिमी निम्न चापीय प्रणाली

प्रचण्डको स्वीकार : हो, मैले मान्छे मारेको हो, ५ हजार मारेको जिम्मेवारी लिन्छु !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चलाएको सशस्त्र विद्रोहमा मान्छे मारेको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव तथा थारू संवत् २६४३ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई सशस्त्र विद्रोहका बेला १७ हजार मान्छे मारेको अभियोग लागेको बताउँदै राज्यका तर्फबाट त्यसबेला १२ हजार मान्छे मारेको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।

‘मलाई १७ हजार मान्छे मारेको अभियोग लगाइन्छ तर राज्यले मारेका १२ हजार मान्छेको जिम्मेवारी कसैले लिन्छ भने बाँकी ५ हजार मान्छे मारेको जिम्मेवारी म लिन्छु,’ प्रचण्डले जिम्मेवारी लिँदै भने ।

प्रचण्डले क्रान्तिको बाटो बाङ्गोटिङ्गो हुने पुरानो अभिव्यक्ति दोहोर्‍याउँदै सोझो बाटोबाट क्रान्ति सफल नहुने दाबी समेत गरेका छन् । ‘क्रान्ति सधैं सोझो बाटोबाट हुँदैन, दायाँबायाँ भइरहन्छ । अहिले दायाँबायाँ भएको छ तर आत्तिनु पर्दैन,’ थारू आन्दोलनप्रति लक्षित गर्दै प्रचण्डले भने ।

ओम् नम: शिवाय, आज फाल्गुन १३ गते विहिबार ( २५ फेब्रुअरी २०२१), तपाईंको राशिफल पढी शे’यर गर्नुहोला।

कांग्रेसी गाँउपालिका अध्यक्षको कमाल ! डाक्टर बनाउन गाँउपालिकाको लगानी

जुम्ला– जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ। यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए।

चालू आर्थिक वर्षमा उच्चशिक्षा छात्रवृत्तिमा पाँच लाख र लोकसेवा तयारी कक्षाका लागि तीन लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए।

उच्चशिक्षा छात्रवृत्ति अध्ययन गर्नका गाउँपालिकाभरिका इच्छुक व्यक्तिहरुबाट आवेदन सङ्कलन गर्न काम भइरहेको जनाएको छ। उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम कार्यविधि नै बनाएर काम सुरू गरेको जनाएको छ।

सात वडामा विभाजित पातारासी गाउँपालिकामा समुद्र सतहदेखि करीब तीन हजार २०० मिटरसम्मको उचाइमा छ। यहाँको कूल घरधुरी तीन हजार १७४ मा १७ हजार १३५ जनसङ्ख्या छ।

फेसबुक, ट्वीटर, युट्युवलगायत सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने

अधिकांश प्रदेशमा भोलि सार्वजनिक बिदा, सातमध्ये पाँच प्रदेशमा कहाँ–कहाँ बिदा ?

काठमाडौं – माघ १ गते माघे संक्रान्ति र माघीको अवसरमा देशका विभिन्न क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभर सबैलाई लागू हुने गरी सार्वजनिक बिदा नदिएपनि प्रदेश सरकारहरूले छुट्टाछुट्टै निर्णय गरेर बिदा दिएका छन् ।

देशका अधिकांश प्रदेश सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेका छन् । माघे संक्रान्तिको अवसरमा प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । देशभर सात वटा प्रदेश रहेकोमा पाँच वटा प्रदेशले भोलि सार्वजनिक बिदा दिएका हुन् ।

संघीय सरकारले भने सम्बन्धित धर्म समुदायलाई मात्रै पर्व बिदा भनेर निर्णय गरेको छ । प्रदेश सरकारले बिदा दिने घोषणा गरेका क्षेत्रमा भने सबै धर्म समुदायले बिदा पाउने छन् ।

प्रदेश सरकारले घोषणा गरेको बिदामा सो क्षेत्रमा रहेका संघीय सरकारका कार्यालय समेत बिदा हुने प्रावधान रहेको छ ।

चीनबाट कोही पनि विदेशी मङ्गोलिया आउन नपाउने

एकै दिन ५५ छोरीको बीमा

लहान / प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ ।

विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो ।

शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गर्नुभएको थियो । छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीहरुको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।

The post एकै दिन ५५ छोरीको बीमा appeared first on Purbeli News.

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

लागुऔषधसहित एकै दिन आठ जना पक्राउ

लहान / सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागुऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट लागुऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा–१६ खिरौनाबाट प्रतिबन्धित लागुऔषधसहित सिरहा–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका– २ का १८ वर्षीय अजितकुमार मुखियालाई पक्राउ गरेको छ । भारततिरबाट आउँदै गरेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध नाइट्रोभेट २५ ट्याबलेट, नर्फिन एक एम्पुल, फेनारगन एक एम्पुल, डाइजेपाम एक एम्पुल र एमिल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैबीच कुटपिट मुद्दामा जिल्ला अदालतबाट दुई महिना नौ दिन कैद र रु पाँच हजार जरीवानाको सजाय पाएर फरार औरही गाउँपालिका– २ का ५० वर्षीय गङ्गा यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । जिल्ला अदालतले कुटपिट मुद्दामा २०७१ असोज २ गते कैद र जरिवानाको सजाय सुनाए लगत्तै फरार यादवलाई घर वतनमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

The post लागुऔषधसहित एकै दिन आठ जना पक्राउ appeared first on Purbeli News.

उपभोक्ता समितिको भुक्तानी विधिसम्मत ढङ्गले दिइने : मुख्यमन्त्री राउत

प्रहरीमाथि आक्रोशित गायिका आस्था, गालिगर्दा आलोचित भएपछी माफी मागिन्

ईटहरी / चर्चित गायिका आस्था राउतले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई तथानाम गाली गरेको देख्न सकिन्छ ।

उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखिएको छ ।  उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ । प्रहरीमा माथिल्लो तहका व्यक्तिहरुको शैली राम्रो भए पनि केही व्यक्तिहरुको आचरण खराब भएको उनले जानकारी दिईन ।

आफुलाई त त भनेकोमा आस्थाको चित्त दुःखेको भिडियोमा देख्न सकिन्छ । चेक गर्ने क्रममा उनलाई प्रहरीले ज्याकेट खोल भनेपछि उनलाई आफ्नो अपमान गरिएको महसुस गरेको देख्न सकिन्छ । उनले पटकपटक घरमा पनि कसैले तँ नभनेको भन्दै प्रहरीले किन भनेको भन्दै प्रश्न खडा गरेकी छिन् । यता भिडियो सार्बजनिक पश्चात सामाजिक संजालमा चर्को आलोचनाको भागेदार बनेकी उनले माफी मागेकी छन् ।

The post प्रहरीमाथि आक्रोशित गायिका आस्था, गालिगर्दा आलोचित भएपछी माफी मागिन् appeared first on Purbeli News.

स्थानीय तहका कर्मचारीहरुको लागि मेलमिलाप, कानुन निर्माण र राजपत्र सम्बन्धि तालिम सुरु