Home Blog Page 1427

आस्था राउत वि’रुद्ध महिला प्रहरीले दिइन् उजुरी , पक्राउ पर्ने सम्भावना

काठमाडौं / गायिका आस्था राउत बिरूद्ध महिला प्रहरीले उजुरी हालेकी छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गा’लीग’लौज र अ’भद्र व्यवहार गरेको भन्दै उजरी दिएकी हुन् ।
विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि का’रबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

यता आस्था राउतले पनि प्रहरीबाट आफूमाथि दु’र्व्यवहार भएको दाबी गरेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला सुरक्षाकर्मीले आफूमाथि अ’भद्र व्य’वहार गरेको भन्दै गायिका राउतले बिहीबार आपत्ति जनाएको भिडियो सार्वजनिक गरेपछि उनी वि’वादमा परेकी छन् । प्रहरीमाथि अ’पशब्द प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल केहि प्रयोगकर्ताले उनको आ’लोचना गरेका छन् भने केहिले उनकाे समर्थन गर्दै प्रहरी प्रशासनकाे बिराेध गरेका छन् ।

The post आस्था राउत वि’रुद्ध महिला प्रहरीले दिइन् उजुरी , पक्राउ पर्ने सम्भावना appeared first on Purbeli News.

विश्वप्रकाश शर्माले दिए जनता ढाँट्ने कम्युनिस्ट सरकारलाई दनक !

इटहरीमा मिस मार्टिना २०२० को दोस्रो अडिसन सम्पन्न

इटहरी / सुनसरीको इटहरीमा मिस मार्टिना २०२० को दोस्रो अडिसन सम्पन्न भएको छ । इटहरिस्थित मार्टिना मेकअप स्टुडियोमा १७ जनाले अडिसन दिएका थिए । प्रतियोगिताको लागि पहिलो अडिसनबाट पाँच जना प्रतियोगी छनौट भएको मार्टिना मेकअप स्टुडियोकी सञ्चालिका उर्बी श्रेष्ठले जानकारी दिइन् । इटहरीमा मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको प्रतिभा लाई बाहिर निकाल्न तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरेकाे बताइन् ।

यस कार्यक्रमकाे मुनाफाकाे केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने साथै भ्रमण बर्ष २०२० लाइ सफल पर्न आन्तरिक पर्यटनको प्रवर्द्भन गर्न सहयोग गर्ने श्रेष्ठकाे भनाइ थियाे । प्रतियोताकाे बिजेताले ५० हाजर नगद पुरस्कार पाउने छन् भने द्रोसो तथा तेस्रो हुनेले क्रमश २० हजार र १५ हजार पाउने छन ।

The post इटहरीमा मिस मार्टिना २०२० को दोस्रो अडिसन सम्पन्न appeared first on Purbeli News.

‘ए’ डिभिजन लिगमा मछिन्द्र शीर्षस्थानमा फर्कियो

आर्मी र एपीएफको विजयी सुरुवात

त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफको पुरुष टोलीले पाँचौ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार भएको खेलमा रारा बुलबुले क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो। एपीएफले रारालाई २३–२५, २५–१२, २५–२० र २५–१८ ले पाखा लगायो।

आजै भएको पहिलो खेलमा आर्मीले समूह ए को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५–९ को फराकिलो अन्तरले जितेको आर्मीले दोस्रो सेट २५–१६ तथा तेस्रो सेट पनि २५–९ ले हराउँदै तीन अंक जोडेको हो।

महिलातर्फ भने होंगान्जी न्यू डायमन्ड र नेपाल पुलिस क्लबले खेल्नेछन्।

च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फको समूह एमा साविक विजेता त्रिभुवन आर्मी क्लब, आरजी भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब छन्।
एपिएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘बी’ तथा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब समूह ‘सी’ मा छन्। राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।

महिलातर्फ दुई विभागिय टोली साविक विजेता नेपाल एपिएफ क्लब, आर्मी, जावलाखेल र भरतपुर महानगर समूह ‘ए’ तथा न्यु डायमण्ड स्पोर्टस क्लब, पुलिस र ढोरपाटन स्पोर्टस् क्लब छन्। राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन्। यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन्।

थ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत

सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।

संविधानको धारा ९१ को उपधारा २० अनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थामा कांग्रेस संसदीय दलको दृढता दोहो¥याउँदै सोही मुताविक गर्न माग गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो प्रक्रिया पार गर्दै नेपालको हितमा कार्यान्वयनको दिशामा अगाडि बढेको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्नसमेत माग गरेको छ ।

साथै सो विषयमा केही सञ्चारमाध्यमबाट पार्टी सभापति देउवा र अन्य कांग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति कांग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न अन्य राजनीतिक दल र मतदातालाई बैठकले आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाणले बताए ।

The post सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग appeared first on Koshi Online.

रेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र

३ माघ, काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाइमा काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन् ।

नायरको अगुवाइमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघ-संगठनको पनि सहभागिता रहने नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीहरुलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’

कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले यो सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालाहरुलाई धेरै फाइदा पुग्ने बताए ।

त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले पनि शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरुवात निकै राम्रो भएको बताए ।

हात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

The post राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट appeared first on Koshi Online.

साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ : पौडेल

विमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे

काठमाडौँ / गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तुच्छ शब्द प्रयोग गर्दै गाली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्युसा’ त बारम्बार भनिरहिन् । प्रहरीलाई गाली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा महिला प्रहरीले दुर्व्यवहार गर्‍यो । तँ भन्यो ।

तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत माफी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच लफडा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।

उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दाबी गरेकी छन् । तर उनको दाबी गलत ठहरिएको छ । बाहिरिएकाे सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठड्याउँदै गएको देखिन्छ ।

के भएको थियो?

यसैबीच एयरपोर्टमा भएको घटनाको फूटेज सार्वजनिक भएको छ । बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिनमा आस्था पुग्छिन् । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिन्छिन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राख्छिन् । अनि उनको पुन: चेकिङ हुन्छ ।

उनले ज्याकेट लिइन् । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । उनले लिन मान्दिनन् । प्रहरीले आफ्नो कफी लिनुहोस् भनेको जस्तो भाव देखिन्छ । आवाज भने भिडियोमा सुनिन्न । केहीबेर दिन खोज्ने र आस्थाले लिन नखोजेको दृश्य देखिन्छ । पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन् । त्यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएको देखिन्छ ।

भिडियो हेर्नुहोस् :

लाेकान्तरबाट

The post विमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे appeared first on Purbeli News.

‘भारतमा हिन्दुको मात्र राज चल्छ’ भन्दै दिल्लीमा एक युवाले गोली चलाए

एमसीसी विवादमा अमेरिकी दूतावासले निकाल्यो यी १० तथ्य !

काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारे नेपालमा बहस र विवाद चलिरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले १० तथ्य सार्वजनिक गरेको छ ।

दूतावासको धारणा सार्वजनिक गर्दै एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको स्पष्ट पारिएको छ ।

दूतावासले एमसीसी सम्बन्धमा १० वटा तथ्यहरू सार्वजनिक गर्दै सैन्य मामिला नजोडिएको जनाइएको छ ।

दूतावासले फेसबुक पेजमा राखेको विवरणमा उल्लेख छ, ‘हालै नेपाली नागरिक, नेतृत्व र सञ्चारकर्मीहरूले नेपालमा एमसीसीको विषयमा प्रश्न सोधिरहनुभएको छ । तपाईँहरूका प्रश्नलाई हामी स्वागत गर्दछौं । साथै यस कार्यक्रमभित्र नेपालका लागि केकस्ता लाभहरू छन् भन्नेसम्बन्धी बुझाइ निर्माणमा नेपाली जनसाधारणको सहभागितालाई पनि हामी स्वागत गर्दछौं । किनभने अन्तर्राष्ट्रिय विकासका निम्ति पारदर्शिता तथा सच्चा साझेदारीमा आधारित नयाँ मोडलका रूपमा एमसीसीको स्थापना भएको हो ।’

यी हुन् १० तथ्य

१. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेपालसँग सहकार्य गर्दै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको हो ।

२. प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए ।

३. एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित छ । विद्युत्को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ ।

४. एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।

५. एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन वा हस्ताक्षर गर्नु पर्दैन ।

६. यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै स्वार्थ छैन, ब्याजदर छैन वा कुनै लुकेको प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्न प्रतिबद्ध हुनु मात्र हो ।

७. एमसीसीले नेपालमा कुन परियोजनाहरूमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरूका आधारमा नेपालीहरूले नै प्रस्ताव र निर्क्योल गरेका हुन् ।

८. एमसीसीको प्रावधान अनुसार यी परियोजनाहरूको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यक छ ।

९. एमसीसी परियोजनाका टेन्डरहरू खुला, पारदर्शी, र सबैका लागि उपलब्ध छन् ।

१०. एमसीसीले काम गर्ने प्रत्येक मुलुकमा झैं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरूलाई परियोजनाका बारेमा बुझ्ने अवसर पनि प्राप्त हुन्छ ।

मुजुरा डान्स गर्नको लागी १२ जना नेपाली महिला विदेश पुराउने मानव तस्करलाई ३० वर्षको जेल सजाय

ओली–प्रचण्ड तनावबीच जनार्दन शर्माले मुख खोले, यस्तो गरे खुलासा

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख पदलाई लिएर तनाव चलिरहेका बेला नेता जनार्दन शर्माले मुख खोलेका छन् ।

ओली–प्रचण्ड छलफलबीच सभामुखका सम्भावित नामबारे चर्चा भएपछि उनले मुख खोलेका हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै नेता शर्माले आफू सभामुखको दौडमा नरहेको खुलासा गरे ।

‘सभामुखको विषयले संसद चल्न नसकिरहेको अवस्थामा छिटो टुंग्याउनका लागि नेताहरूबीच सहजीकरणको भूमिकामा लागेको साँचो हो तर म आफैं सभामुख हुनका लागि होइन र दाबी पनि छैन,’ उनले लेखेका छन् ।

ओली–प्रचण्ड दुवैले सभामुखमा आफूनिकट नेताहरू ल्याउन संघर्ष गरिरहँदा प्रतिनिधिसभा अनिर्णयको बन्दी बनेको छ । पुस ४ गतेदेखि बोलाइएको प्रतिनिधिसभा बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

मुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

भारतविरुद्ध बोल्दा यूएनभित्र चीनलाई ठूलो धक्का ! यस्तो रणनीति ‘फेल’

न्यूयोर्क – संयुक्त राष्ट्रसंघ (यूएन) सुरक्षा परिषद् बैठकमा कश्मीर मुद्दालाई उठाएको चीनलाई ठूलो धक्का लागेको छ ।

चीनले कश्मीर विषयमा अन्य मुलुकको समर्थनका लागि बुधवारको राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा उठाएको थियो ।

भारतविरुद्ध हुने गरी चीनले उठाएको प्रस्तावमा कुनै पनि देशले समर्थन गरेनन् । जसले गर्दा चीन एक्लो पर्‍यो र प्रस्ताव फिर्ता लिन बाध्य भयो ।

संयुक्त राष्ट्रसंघका स्थायी सदस्य फ्रान्स, अमेरिका, बेलायत, रुससहित १० राष्ट्रले चीनको प्रस्तावलाई सुरक्षा परिषद्को फोरम उठाउनुको कुनै अर्थ नभएको भनेपछि चीन लज्जित भएको छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्र कश्मीरको विषय दुई मुलुकबीचको आपसी मामिला भएको प्रतिक्रिया सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले दिए । संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित प्रधान कार्यालयमा बुधवार बन्द कोठामा भएको बैठकमा पाकिस्तानीको सदाबहार सहयोगी मुलुक चीनले कश्मीर मुद्दालाई ‘अन्य शीर्षकमा राखेर छलफल गर्न’ प्रस्ताव गरेको थियो । तर अन्य सदस्य राष्ट्रले कश्मीर मामिला छलफल गर्न उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए ।

चीनले संयुक्त राष्ट्रसंघमा कश्मीर मुद्दालाई उठाएको यसपालि दोस्रोपटक हो । यसअघि अगस्त १५, २०१९ मा समेत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरलाई दिएको विशेषाधिकार संविधानको धारा ३७० खारेज भएको घोषणा गरेपछि चीनले पहिलोपटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दा उठाएको थियो । त्यस समयमा पनि संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरूले भारतको आपसी मामिलामा चीन प्रवेश गरेको भन्दै आलोचना गरेपछि चीनले प्रस्ताव फिर्ता लिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि सयद अकबरुद्दिनले भने, ‘संयुक्त राष्ट्रसंघमा आज पाकिस्तानको गलत दाबी सार्वजनिक भएको छ । हामीलाई हाम्रा मित्रराष्ट्रहरूले गरेको सहयोग गर्दै दुई देशबीचको आपसी मामिला भएको प्रतिक्रिया दिएकोमा खुशी छौं । अब पाकिस्तानको झूट बोल्ने प्रक्रिया सकिएको छ । हामीलाई आशा छ, आजैदेखि पाकिस्तानले केही सिक्ने छ र आगामी दिनमा भारतसँग उचित व्यवहार गर्नेछ ।’

भारतीय समाचार संस्था एनआईका अनुसार संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ् जुनले कश्मीर मामिलामा भारत र चीनबीच तनाव थप बढ्न नहुने चेतावनी दिँदै भने, ‘संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई संवादमार्फत समाधान खोज्न प्रेरित गर्नेछ ।’

भारतले जम्मु काश्मीरलाई पुनर्गठन गरेसँगै चीनले आलोचना गरिरहेको छ । लद्दाखलाई भारतले संघीय क्षेत्रअन्तर्गत राखेकोमा आपत्ति जनाएको छ । चीनले लद्दाख केही क्षेत्रमा आफ्नो दाबी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वुहानमा पसेका विद्यार्थी फिर्ता ल्याउन माग गर्दै नेपालले चीनलाई पठायो पत्र