बेलबारी / स्रष्टा समाज बेलबारीको आयोजनामा दोस्रो “बेलबारी आईडल”गायन प्रतियोगिता आयोजना हुने भएको छ ।यहि माघ १७ गतेदेखि शुरु हुने प्रतियोगिता चैत १ गते सम्पन्न हुने आयोजकले बिहिबार बिहान बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनपार्कमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनमा आयोजक संस्थाका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर थुलुङले यहि माघ १७ र १८ गते बेलबारीका बिभिन्न वडामा छनौट कार्यक्रम माघ २५ गते प्रिसेमिफाईनल,फागुन ३ मा सेमिफाईनल र चैत १ गते फाईनल हुने जानकारी गराए ।
फाईनलमा नेपाली कला जगतका एक बिशिष्ट ब्यत्तित्वलाई अभिनन्दन गरिने समेत जनाईएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगद,थप ३० हजार बराबरको गीत र भिडियो निर्माण,आईडलको ट्रफी,प्रमाणपत्र,सह बिजेतालाई ट्रफी,प्रमाणपत्र र नगद १५ हजार,उपबिजेतालाई ट्रफी,प्रमाणपत्रका साथमा १० हजार नगद प्रदान गरिने जनाईएको छ । कार्यक्रमका लागी बेलबारी नगरपालिकाले ५ लाख रुपैया सहयोग गरेको छ । गत बर्ष बेलबारी ४ का बिबेश मोते पहिलो बेलबारी आईडल बनेका थिए ।
पथरी । गायक विनोद राईको स्वरमा रहेको आधुनिक गीत ‘यो खुशी ’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ । देव गुरुङको संगीत, युगल लङ्फुङ्वाको रचना र सचिन सिंहको एरेन्ज रहेको सो गीतलाई मित्र लामाले रेकडिङ÷मिक्सिङ गरेका हुन् । पूर्वको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।
काठमाडौँ / गायक निशान भट्टराइको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।
मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए । गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएका छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ ।
गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।
काठमाडौं / बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो ।
पुलिसले नक्कली ग्रहक बनेर उनीहरुसँग सम्पर्क गरेको थियो । पुलिसको जालमा फस्नासाथ उनीहरुलाई पक्राउ गरिएको हो । पुलिसका अनुसार यी दुवै अभिनेत्री यौनधन्दाका एक हिस्सा हुन् । अमृताले अनलिमिटेड नशा, प्रविन बबी, द वर्ल्ड अफ फेशन लगायतका बलिउड फिल्ममा काम गरेकी छिन् ।
काठमाडौंको दशरथ रंगशालामा सञ्चालन भइरहेको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारकाे खेल ललितपुरमा हुने भएकाे छ।
वर्षाको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगअन्तर्गत शुक्रबार हुने खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको हो।
मछिन्द्र क्लब र हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा हुने एन्फाले जानकारी दिएको छ। सातौं चरणको पहिलो खेलमा आज एक खेल मात्र हुनेछ। छैटाैँ चरण सकिँदासम्म मछिन्द्र लिगको शीर्ष स्थानमा छ भने शेर्पाले जितको खाता खोल्न सकेको छैन।
शेर्पाले ४ खेलमा बराबरी र २ मा हार बेहोरेको छ। मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ। अघिल्लो सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको यो सिजन एक अंक घटाइएको छ।
लिगमा मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लबको १३ अंक छ। मनाङ मस्र्याङ्दी क्लबको १२ र रुस्लान थ्री स्टार क्लबको १० अंक छ।
सन् २००८ देखि राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका नेपाल पुलिस क्लबका रक्षक (डिफेन्डर) रविन श्रेष्ठ झन्डै डेढ बर्षदेखि राष्ट्रिय टोलीमा छैनन्।
घाइते भएपछि उनले राष्ट्रिय टोलीबाट खेल्न पाएनन्। दुई पटकसम्म घुँडामै गम्भीर घाइते भएपछि उनलाई फेरि खेलमा फर्किन निकै संघर्ष गर्नुपर्यो। दोस्रो पटक पनि घुँडामै गम्भीर चोट लागेपछि कतिलाई लागेको थियो अब चाहिँ रविनको खेल जीवनमा पूर्णविराम लाग्यो। तर, उनले हिम्मत हारेनन्।
दुई पटकसम्म घुँडाको शल्यक्रिया गरेर ठीक हुँदै उनी मैदानमा फर्केका छन्।
राष्ट्रिय टोलीमा लामो समय लेफ्ट ब्याक (बायाँ छेऊ) बाट खेलेका रविनले पुरानै लय समाउन सक्छन्, सक्दैनन् अहिले उत्सुकताकै विषय बनेकाे छ। त्यसको लागि केहि दिन कुर्नैपर्नेछ।
‘घुँडाको सर्जरीपछि कैयाै खेलाडीहरु खेलमा फर्कन नसकेकाे इतिहास छ। पहिलो सर्जरी हुँदा मलाई पनि कमब्याक (खेलमा फर्किन) गर्न गाह्रो होला भन्ने लागेको थियो, आत्मविश्वास घटेको थियो,’ रविनले स्मरण गरे, ‘तर, फुटबल खेल्नका लागि म हरसम्भव प्रयास गर्ने पक्षमा थिएँ। गरेँ र सफल पनि भएँ। तर, फेरि चोट लागेपछि लामो समय मैदान बाहिर रहनुपर्याे।’
उनीभन्दा केहि पहिले राष्ट्रिय टोलीकै अर्का नियमित सदस्य रोहित चन्द पनि चोटग्रस्त भएका थिए। उनी झन्डै एक वर्ष मैदान बाहिर रहे। चोटमुक्त भएर उनले राष्ट्रिय टोलीमा पुनरागमन पनि गरे।
रोहितले पुनरागमनका लागि निकै मेहनत गरेका थिए। उमेरमा आफुभन्दा कान्छो भएपनि रोहितको पुरागमनले ‘म पनि कुनैदिन फेरि फुटबलमा फर्कन्छु’ भन्ने विश्वास रविनमा पनि पलायो।
‘दोस्रो चोटपछि म फर्कन्छु भन्नेमा विश्वस्त थिएँ,’ झन्डै डेढ बर्षपछि ए डिभिजन लिगमार्फत फुटबलमा फर्केका रविनले भने, ‘रोहितको पुनरागमनबाट मलाई निकै प्रेरणा मिल्यो। चोटपछि पनि उनले कमब्याक गरे। त्यो देखेर म पनि सक्छु भन्ने विश्वास जाग्यो। रोहितले पनि मलाई निरन्तर हौसला दिइरह्यो।’
जारी ए–डिभिजन लिगमा पुलिसले पहिलो जीत दर्ता गर्नका लागि तेस्रो खेलसम्म कुर्नुपरेको थियो। त्यहि खेल रविनका लागि सुखद रह्यो। उनले पुनरागमन गर्दै कप्तानी सम्हालेको त्यो खेलमा पुलिसलाई सफलता मिल्यो। अझै त्यहि दिन उनको जन्मदिन परेकोले सूनमा सुगन्ध थपिए जस्तै भयो।
संयोग नै मान्नुपर्छ रविनको खेल हेर्न रोहित पनि दशरथ रंगशाला पुगेका थिए। इन्डोनेसियामा फुटबल सिजन सकिएर रोहित स्वदेश फर्केकै बेला यता रविन फुटबलमा पुनरामगन गर्ने संयोग जुरेको थियो।
‘रोहितको कुरा सुन्दा कमब्याक गर्न सक्दिन भन्ने लाग्नै छाड्यो,’ उनले भने, ‘रोहितको पनि एसिएलकै शल्यक्रिया भएको थियो। त्यसपछि फिट (निको) भएर ऊ अहिले पुरै लयमा छ।’
तर जारी लिगकाे छैटाैं चरणकाे न्यूराेड टिमबिरुद्धकाे खेलमा रविन पुन: घाइते भएपछि आगामी दुई साता मैदानबाहिर रहने भएका छन्।
सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो। त्यसै जितेको आधारमा नेपालले एसियन कप २०१९ को छनोट खेल्ने मौका पायो।
त्यहि सिलसिलामा २०१७ मार्च २८ मा फिलिपिन्सविरुद्धको पहिलो खेल मनिलामा भएको थियो। नेपालले त्यो खेल ४–१ ले गुमायो। नेपालका लागि एकमात्र गोल रविनको क्रसमा विशाल राईले गरेका थिए।
तर दुर्भाग्य, खेल सकिन ४ मिनेट मात्र बाँकी रहँदा रविनको दाहिने घुँडामा चोट लाग्यो र उनले मैदान छाडे। स्वदेश फर्केपछि उनले ग्रान्डी अस्पतालमा घुँडाको लिगामेन्टको शल्यक्रिया गराए।
शल्यक्रियाको ९ महिनापछि उनले पुनरागमन गरे।
बुटवलको तिलोत्तमा गोल्डकपबाट उनी घरेलु फुटबल मैदानमा फर्के। त्यहि बीचमा राष्ट्रिय टोलीका तत्कालिन मुख्य प्रशिक्षक ग्योतोकु कोजीले उनलाई ‘क्याम्प’ मा बोलाए।
गतवर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीको सिलसिलामा टोली मैत्रीपूर्ण खेलका लागि बैंकक गयो। पहिलो खेल नेपालले टेरो एएफसीसँग १–० ले गुमायो। अर्को खेल थाइल्यान्डको यू–२३ टिमविरुद्ध थियो। त्यो खेलमा पनि नेपालले ४–० नतिजा सुम्पियो।
रविनले थामासाट विश्वविद्यालय खेलमा खेल्ने मौका पाए। तर, खेल सुरु भएको २० मिनेटमै उनले मैदान छाड्नुपर्यो। कारण थियो– चोट। पुरानो चोट लागेको दाहिने घुँडामा फेरि चोट लाग्यो। त्यति बेलाको अवस्था स्मरण गर्दै उनले भने, ‘टर्न’ गर्दा बाङिगएको थियो।
त्यसपछि उपचारको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिलाइदियो। कतारको दोहामा उनले दोस्रो पटक घुँडाको शल्यक्रिया गरे। एक महिना अस्पतालमै बिताए। पुनर्स्थापनाका लागि करिब दुई महिना त्यहिँ नै बसे। त्यहाँ रहँदा बलमा अभ्यास पनि सुरु गरे। त्यसपछि स्वदेश फर्केर पुलिस टोलीमा अभ्यास गरेपछि उनी लिगमार्फत् घरेलु फुटबलमा फर्किएका छन्।
पुलिसमा आबद्धता एन्फा एकेडेमीको तेस्रो ब्याचका उत्पादन रविनले माथिल्लो स्तरको फुटबलको सुरुवात संकटा क्लबबाट गरेका थिए।
‘२०६३ को ए डिभिजन लिगबाट मैले व्यवसायिक रुपमा फुटबल खेल्न थालेको हुँ,’ रविनले भने, ‘त्यसअघि नकआउट प्रतियोगिता पनि खेलेको थिएँ। १७ वर्षमुनि (यु–१७) टोलीमा रहेर आहा रारा, बुढासुब्बा लगायतका ठूला प्रतियोगिता पनि खेलेँ,’ संकटामा खेलेपछि उनको रोजाई बन्यो विभागीय टोली पुलिस। अन्य क्लबमा धेरै पारिश्रमिक थियो तर त्यसले उनलाई तानेन। उनले त्यसको कारण यसरी खुलाए, ‘पुलिसले पनि राम्रो मौका दिन्छ भन्ने विश्वास थियो।’
पुलिसबाट खेल्नुलाई उनी गौरव ठान्छन्।
‘त्यतिबेला पुलिसमा धेरै युवा खेलाडी थिए। पुलिसबाट नै ८-९ जना राष्ट्रिय टोलीमा हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरुसँग खेल्न पाउनु गर्वको कुरा थियो। पुलिसमा रहँदा प्लेइङ सेटमा स्थान पाउँछु कि पाउँदिन भन्ने आशंका थियो।’
लिग च्याम्पियनका रुपमा २००७ मा पाकिस्तानमा भएको एएफसी प्रेसिडेन्ट कपमा पुलिसले नेपालको प्रतिनिधित्व गरेको थियो। पुलिस फाइनलमा पुग्यो। नेपाली क्लब प्रेसिडेन्ट्स कपको फाइनल पुगेको त्यो पहिलो अवसर थियो। सुमन सुवेदी चोटग्रस्त भएपछि त्यसमा रविनले मौका पाएका थिए।
त्यसपछि पनि उनले पुलिसको पहिलो रोजाईमा पर्न लामो समय कुर्नुपरेको थियो। अर्को वर्ष मलेसियामा प्रेसिडेन्ट कपको पुलिस पहिलो चरण पार गर्न सफल भएको थियो। त्यतिबेला दिपेन्द्र पौडेल घाइते भएपछि फेरि रविनले मौका पाएका थिए। पुलिसका सिनियर खेलाडीले खेल छाड्दै जाने र रविन आफै पनि अनुभवी हुदै गएपछि उनी टोलीको नियमित सदस्य बनेका थिए।
राष्ट्रिय टोलीबाट यात्रा २००८ मा राष्ट्रिय टोलीको क्याम्पमा सहभागी हुन एन्फाबाट उनलाई फोनबाट खबर गरियो। खेलमा देशलाई प्रतिनिधित्व गर्न पाउनु चानचुन विषय थिएन।
उत्तर कोरियाविरुद्ध खेल्दै उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए। त्यो दिन उनका लागि स्मरणीय हुने नै भो। त्यसयता राष्ट्रिय टोलीबाट खेल्दा उनीसँग सुखद् तथा दुखद् दुवैखाले अनुभव सँगालिँदै गयो।
९ वर्षअघि नेपाली राष्ट्रिय टोली विश्वकप छनोटको पहिलो खेलमा जोर्डनसँग ९–० ले पराजित भएको थियो। त्यसको ५ दिनपछि दशरथ रंगशालामा भने नेपाल र जोर्डनको खेल १–१ को बराबरी खेलेका थिए।
‘जोर्डनसँगको पहिलो खेलको नतिजा जति निराशाजनक थियो, दोस्रो खेलले भने नेपाली खेलाडीको मनोबललाई उच्च बनायो,’ राष्ट्रिय टोलीमा खेल्दाका उतारचढावपूर्ण क्षणहरुबारे घोत्लिँदै उनले भने।
त्यस्तै उत्तर कोरियासँगको खेलमा १–० को हार बेहोरेपनि त्यो खेल रविनलाई विशेष लाग्छ।
२०७२ सालमा बंगलादेशमा बगंबन्धु गोल्डकप जित्नु र अर्को वर्ष सोलिडारिटी कप जित्नु उनलाई खेल जीवनका विशेष क्षण लाग्छन्।
‘बगंबन्धु गोल्डकप जित्दाको टोलीको सदस्य हुुनुमा गर्व छ। त्यो बेला हामीमात्र हैन, सबै नेपाली खुसी थियौं। २३ वर्षपछि बगंबन्धु जित्दाको सदस्य हुनु भनेको खुसीको कुरा थियो, उनले सम्झिए, ‘त्यो टोलीको सदस्य हुन पाउनु मेरो लागि ठूलो उपलब्धी हो।’
घरेलु मैदानमा २०१३ मा साफ च्याम्पियनसिपमा सेमिफाइनलमा हार्दाको क्षण खेल जीवनको सबैभन्दा दुःखद क्षणको रुपमा सम्झिन्छन् उनी।
अफगानिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो। त्यो खेलमा रोहितले दुई पटकसम्म पेनाल्टी चुकाउँदा अन्ततः नेपाल पराजित भएको थियो।
‘हामीले राम्रो खेल्दाखेल्दै हारेका हौं। त्यो बेला नेपाली टोलीबाट उत्कृष्ट खेलाडी पनि चुनिदा खुसी लाग्यो,’ तर पनि उनलाई त्यो क्षणको स्मरणले अहिले पनि सताउँछ, ‘व्यक्तिगत ट्रफी जित्दा क्षणिक खुसी त मिल्छ। तर देशले जितेको भए मेरो लागि त्यो बढी खुसीको कुरा हुन्थ्यो।’
पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई बाहिर राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२० का लागि नयाँ कन्ट्रयाक्ट सार्वजनिक गरेको छ।
२७ खेलाडी सम्मिलित यो कन्ट्रयाक्टमा भारतीय टिमका पूर्व कप्तान धोनी भने परेका छैनन्। बीसीसीआईले प्रत्येक वर्ष खेलाडीहरुसँग कन्ट्रयाक्ट गर्दै त्यस वर्षको टोली घोषणा गर्ने गर्दछ्।
पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए। बिहीबार सार्वजनिक भएको कन्ट्रयाक्ट सूचीमा धोनी धोनी परेका छैनन्।
बीसीसीआईले अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि घोषणा गरेको सूचीमा खेलाडीलाई ४ श्रेणीमा विभाजन गरिएको छ। ‘ए प्लस’ श्रेणीमा पर्ने खेलाडीले ७ करोड, ‘ए’ श्रेणीका खेलाडीले ५ करोड, ‘बी’ श्रेणीकाले ३ करोड र ‘सी’ श्रेणीका खेलाडीले १ करोड रुपैयाँ पाउनेछन्।
यस सिजनका लागि घोषित टोलीमा कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ‘ए’ प्लस श्रेणीमा रहेका छन्। ‘ए’मा ११ खेलाडी छन् भने ‘बी’मा ५ र ‘सी’ मा ८ खेलाडी समावेश गरिएका छन्।
‘बी’ श्रेणीमा रिद्धिमान शाह, उमेश यादव, युजवेंद्र चहल, हार्दिक पान्डे, मयंक अग्रवाल तथा ‘सी’ श्रेणीमा केदार जाधव, नवदीप सैनी, दीपक चाहर, मनिष पाण्डे, हनुमा विहारी, शार्दुल ठाकुर, श्रेयस ऐर, वासिंगटन सुन्दर रहेका छन्।
सन् २०१४ डिसेम्बरमा टेस्ट क्रिकेटबाट संन्यास लिएका धोनीले सन् २०१७ जनवरीमा कप्तानको भूमिकाबाट पनि राजीनामा दिएका थिए।
विश्वकपपछि भारतका लागि कुनै किसिमको क्रिकेट नखेलेका उनले छिट्टै सन्यास लिने तयारी गरिरहेको पनि पनि चर्चा चलेको छ। धोनीले हालसम्म ३ सय ५० एकदिवसीय र ९८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन्। धोनीको कप्तानीमा भारतले सन् २००७ मा टि–२० विश्वकप, सन् २०११ एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो।
खेलाडी सूचीमा समावेश नभएसँगै धोनी अब सन् २०२० मा अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा समेत नखेल्ने सम्भावना बढेको छ।
मनमोहन स्मृति एक दिवसीय क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन्। सुनसरीमा जारी प्रतियोगितामा सदुरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो। उपाधि भिडन्त पर्सि शनिबार हुनेछ।
पुलिसले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ३३ दशमलव ४ ओभरमा १ सय ३० रन जोड्दा अलआउट भयो। सागर ढकालले घातक बलिङ गरेपछि सुदुरपश्चिम कम स्कोरमा समेटिएको हो। ६ दशमलव ४ ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए। ललित राजवंशीले ३ र ललित भण्डारीले १ मेडनसहित १ विकेट लिए। योगेन्द्रसिंह कार्कीको नाममा एक विकेट रह्यो।
किरण ठगुन्नाले जोडेको ३९ रन नै सुदुरपश्चिमका लागि सर्वाधिक रह्यो। ४६ बलको सामना गरेका उनले ३ छक्का र २ चौका प्रहार गरे। आकाश चन्द २३ रनमा नटआउट रहे। खडक बोहोराले १४ रन जोडेको इनिङस्मा गजेन्द्र बोहोराले १२ रन जोडे। ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा २ ब्याट्सम्यानले खातै खोलेनन्।
त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले ४९ ओभरमा २ सय २९ रन बनाउदा अल आउट भयो। दोस्रो विकेटका लागि अमित श्रेष्ठ र दीपेन्द्र सिहं ऐरिले ५४ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। ऐरिले ६८ रनको महत्वपुर्ण योगदान दिदा एलबी डब्लु धरापमा परे।
अनिल कुमार शाह ३१ रनमा आकाश चन्दबाट क्याच हुँदै पेभिलिएन फर्के। अनिलले ३९ बलमा ४ चौका हाने। तल्लोक्रममा तीब्र गतिका बलर ललित सिंह भण्डारीले ४० बलमा २ चौका र ४ छक्का सहित ४० रन जोड्दै पुलिसलाई बलियो प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए। कप्तान मञ्जित श्रेष्ठ र सागर ढकालले ९–९ रन जोडे।
स्पिनर विनोद लामाले ५७ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर ३ विकेट लिए। आकश चन्दले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। सन्तोष भट्टको नाममा १ विकेट रह्यो।