Home Blog Page 96

राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण

खैरहनी, पौष १९ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहीबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज पर्सा शाखाले ८६ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो ।

आर्थिक अभावका कारण जाडोको समयमा न्यानो कपडा लगाउनबाट वञ्चित रहेका विद्यार्थिहरुको समस्यालाई मध्यनजर गर्दै कपडा वितरण गरिएको म्याक्सी म्याक्स पर्सा शाखाका प्रमुख आकाश ढुङ्‌गानाले जानकारी दिए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर दाहाल, विद्यालयका प्रधानाध्यापक खिलनाथ न्यौपाने, रत्ननगर वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष केशब आचार्य, म्याक्सी म्याक्समा संरक्षक कमलादेवी धरेल, दण्डपाणी धरेल, राम गौतम, समाजसेवी केशव रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयका शिक्षक तिलकनाथ घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रम रामेश्वर रिजालले संचालन गरेका थिए ।

टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

फारम भर्न यँहा क्लिक गर्नुहोला। 

बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा मन्त्री ज्वालाको कुनै गल्ती छैन – माधव नेपाल

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् ।

आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । ‘उहाँ (ज्वाला) सरकारी कामकाजको सिलसिलामा निस्किनु भएको हो। घटनामा उहाँ दोषी हुनुहुन्न,’– अध्यक्ष नेपालले भने ।

बालकुमारीमा पार्टी बैठक केन्दीय कमिटीको बैठकमा सहभागी भएर फर्किने क्रममा उनको गाडीमा प्रदर्शनकारीहरुले आगजानी गरेका थिए ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् ।

मन्त्री ज्वालाले सुरक्षा संवेदनशीलतालाई ख्याल नगरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । समितिमा उपस्थित सांसदहरुले उनको राजीनामा समेत माग गरेका छन् । तर, अध्यक्ष नेपाल भने आफ्नो पार्टीका मन्त्री ज्वालाको बचाउमा उत्रिएका छन् ।

बालकुमारी घटना: शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन

काठमाडौं- सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललतिपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो।

आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

उनले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, बालकुमारी घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने बताइन्।

उनले आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरू पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने पनि बताइन्।

प्रवक्ता शर्माले आयोगलाई एक महिनाको कार्यादेश दिइएको आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने पनि बताइन्।

घिमिरे बन्धु प्रतिष्ठान रत्ननगरको अध्यक्षमा हरिभक्त घिमिरे

उज्यालो नेपाल, १४ पुष, रत्ननगर- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रत्ननगर नगर समितिको अध्यक्षमा हरिभक्त घिमिरे चयन भएका छन् । रत्ननगरमा शनिबार अध्यक्ष कमलीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न प्रतिष्ठानको दोश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा एघार सदस्यीय नगर समिति चयन  गरेको हो।

समितिको उपाध्यक्षमा बद्रीनाथ घिमिरे, सचिव श्रीकृष्ण घिमिरे, कोषाध्यक्षमा मिस्टरबाबु घिमिरे, सहसचिवमा विरन्जना घिमिरे र सदस्यहरुमा सन्तोषचन्द्र घिमिरे, पार्वती घिमिरे, जिवन घिमिरे, रामचन्द्र घिमिरे, कृष्णप्रसाद घिमिरे र देवीप्रसाद घिमिरे सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा घिमिरे बन्धु अध्ययन तथा कल्याण प्रतिष्ठान चितवनका अध्यक्ष बलभद्र घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने, विशिस्ट अतिथिको रुपमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालकाे केन्द्रीय सचिव अजय घिमिरेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रत्ननगर भित्र बसोबास गर्ने झन्डै ३०० घिमिरे बन्धुहरुको उपस्थिति रहेको नवनिर्वाचित सहसचिव बिरन्जना घिमिरेले जानकारी दिईन् ।

भीमोदयको स्वर्णमहोत्सव समापन: ओलीको विद्यार्थीलाई सन्देश ‘वि अनेष्ट’

उज्यालो नेपाल, पुष १३, चितवन- कालिका नगरपालिकाको वडा नं. ५ मा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विद्यार्थीहरुलाई ईमान्दार बन्न आग्रह गरे । ईमान्दारीताले नै संसार जित्न सकिने बताउँदै ओलीले ईमान्दारिता नै हरेक सफलताको कडीको रुपमा रहेको बताए । भीमोदय चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्य रहेको प्रति प्रशंसा गर्दै ओलीले विद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष ओलीले शिक्षाको गुणस्तरीयताले मात्र देश विकास सम्भव हुने बताए । प्राविधिक शिक्षामा जोड दिँदै ओलीले  उद्योग, कलकारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै बेरोजगारी समस्याको समाधान गर्नुपर्ने आवश्यकता औंलाए  ।

विद्यालयलाई आवश्यक सरसहयोग गर्न स्थानिय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै ओलीले केन्द्रबाट गर्नुपर्ने कुनै काम भए आफुले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ओलीले नवनिर्मित स्वर्णद्वारको उद्घाटन, स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिका बिमोचन गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी उपस्थित थिईन् । त्यस्तै कार्यक्रममा पुर्व सांसद कृष्णभक्त पोखरेल, मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, अन्य निर्वाचित जनप्रतिनिधि, विद्यालय संस्थापक लगायतको आतिथ्य रहेको थियो ।

सप्ताहव्यापी रुपमा संचालन स्वर्णमहोत्सव कार्यक्रममा विज्ञान तथा प्रविधि प्रदर्शनी, शैक्षिक सामाग्री तथा फोटो प्रदर्शनी, जिल्ला स्तरिय शिक्षक भलिबल प्रतियोगिता, शिक्षक विद्यार्थी क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ र भाषणकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, घैटो फुटाई, नृत्य प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, प्रभातफेरी, शैक्षिक बहस र विभिन्न विधामा सम्मान लगायत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको पाँचौ दिन सम्ममा झन्डै पौने करोड चन्दासहयोग संकलन भएको र कार्यक्रम अवधीको आयव्यय केहि दिन भित्रैमा सार्वजनिक गरिने समारोह मूल आयोजक समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

स्वर्ण महोत्सव कार्यक्रमको यहि पौष ६ गते मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेसी पुस २५ गतेलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​

शालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तंग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एबं व्यवसायिक क्षेत्र अभुतपूर्व संकटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सव मार्फत उद्योग, कृषि र पर्यटन मार्फत आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गरिएको बताए ।

महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुलद्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने बताए ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ ।

चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा सावित हुँदै आएको छ । महोत्सवमा कृषि उत्पादनलाई जोड दिएका छौं ।

महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उनले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।

रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबद्र्धनको काम सुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ सहित संघका पदाधिकारी,पूर्वअध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

ललितपुरमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ।मन्त्री ज्वालाले आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने।

बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।महानगरीय प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

भीमोदय स्वर्णमहोत्सवको आज समापन: पुर्वप्रधानमन्त्री ओली प्रमुख अतिथि

चितवन,१३ पुष-  विभिन्न कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा स्वर्ण महोत्सव मनाईरहेको भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरले आज शुक्रबार विशेष समारोहबीच स्वर्ण महोत्सव कार्यक्रमको समापन गर्दैछ ।

स्वर्ण महोत्सवको समापन कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्य रहने स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

स्वर्ण महोत्सवको मूल समारोहमा प्रमुख अतिथि ओलीबाट नवनिर्मित स्वर्णद्वारको उद्घाटन, स्वर्ण स्तम्भको अनावरण, स्वर्ण स्मारिका बिमोचन, अक्षयकोष तथा चन्दादातालाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक ईन्द्रराज पौडेलले जानाकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा हुने भनिएको कार्यक्रम प्रधानमन्त्रीको व्यस्तताको कारण समय व्यवस्थापन गर्न नसकिने भएपछी ओलीको प्रमुख आतिथ्यमा हुन लागेको हो ।