Home Blog Page 1308

नेपाल प्रहरी एआईजीविहीन

काठमाडौं । यतिबेला नेपाल प्रहरीको सिंगो संगठन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)विहीन अवस्थामा छ । रिक्त तीन एआईजी पदका लागि प्रहरीभित्र ७ डीआईजी प्रतिस्पर्धामा देखिएका छन् । उनीहरू एआईजी बढुवाका लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।

२६औं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै गत मंगलबार तीन एआईजीले अवकाश पाएपछि रिक्त रहेको सो पदमा ७ डीआईजीबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोही दिन १७ डीआईजीले समेत एकसाथ अवकाश पाएका थिए ।

त्यसलगत्तै गत बुधबार नेपाल प्रहरीको २७औं प्रहरी महानिरीक्षकका रूपमा डीआईजी ठाकुरप्रसाद ज्ञवाली नियुक्त भइसकेका छन् । सहज रूपमा २७औं आईजीपीमा ज्ञवालीलाई नियुक्त गरेको सरकारलाई एआईजी बढुवाका लागि भने सकस परेको छ । शक्तिकेन्द्रको प्रभावकै कारण प्रहरीभित्रको माथिल्ला तहको बढुवामा बेलाबखत विवादसमेत देखिँदै आएको छ ।

हाल एआईजी रिक्त रहेको अवस्थामा बढुवा रोकिँदा डीआईजीका लागि बढुवा हुने एसएसपीहरूसमेत पर्खाइमा छन् । सरकारले एआईजी नियुक्त गरेपछि डीआईजीमा हाल एसएसपी रहेकाहरूलाई बढुवाको बाटो खुल्नेछ । रिक्त तीन जना एआईजीका लागि ७ डीआईजी प्रतिस्पर्धामा छन्, जसमध्ये दुई डीआईजी तारिणी लम्साल र सूर्यप्रसाद उपाध्याय वर्तमान आईजीपी ज्ञवालीकै ब्याचका हुन् ।

लम्साल र उपाध्यायपछिका ब्याचका डीआईजीहरू शैलेश थापा क्षेत्री, प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाही एआईजी बढुवाको मुख्य दौडमा छन् । यस्तै, उनीहरूभन्दा पछिल्लो ब्याचका डीआईजी विश्वराज पोखरेलसमेत एआईजी पदको बढुवामा दाबेदार मानिन्छन् । उनी एआईजी भएमा आगामी असारमा आईजी बन्नेछन् । हालका आईजी ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण असारमा अवकाश पाउनेछन् । एआईजी बढुवाका लागि छलफल सुरु भइसकेको गृह स्रोत बताउँछ ।

‘लम्साल र उपाध्यायबीच समस्या देखिएन, बाँकी एक पदमा कसलाई ल्याउने भन्नेमा समस्या छ । गृहभन्दा माथिल्लो तहबाटै छलफल सुरु भएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेबीच सोमबार केही समय एआईजी नियुक्तिका विषयमा अनौपचारिक छलफल भएको थियो । प्रहरी नियमावली, २०७१ अनुसार एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव गरी ३ सदस्य रहने व्यवस्था छ ।

यस्तै, डीआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको १ जना एआईजी सदस्य सचिव रहनेछन् ।

The post नेपाल प्रहरी एआईजीविहीन appeared first on Rajdhani Daily News.

डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी

महँगो गाडीमोहमा भीआईपी, अंकुश लगाउँदै सरकार

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्र्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ ।

अहिले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिबीच महँगा गाडी खरिद गर्ने प्रवृत्ति अत्यधिक बढेपछि त्यस्तो प्रवृत्तिलाई अंकुश लगाउने गरी नयाँ मापदण्ड बनाउन लागिएको हो । महँगा गाडी खरिद गर्दा आर्थिक अनियमिततासमेत बढेको सरकारको ठहर छ ।

अर्थ मन्त्रालयले जनप्रतिनिधि र कर्मचारीको हैसियतअनुसार कस्ता गाडी आवश्यक हुन्छ, सोहीअनुसार अध्ययन गरी नयाँ मापदण्ड बनाउन लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उच्चपदस्थ व्यक्तिबीच आवश्यकभन्दा बढी गाडी खरिद गर्ने मोह बढेसँगै अब नयाँ बन्ने मापदण्डले सवारीसाधन चढ्नेहरूको हैसियत समेत निर्धारण गर्नेछ ।

चालू आर्थिक वर्षमा सवारीसाधनलाई विलासिताको वस्तु भन्दै राजस्व वृद्धि गरेको सरकारले अझै हैसियतभन्दा बढीका महँगा गाडी खरिद गर्ने प्रवृद्धि नियन्त्रणका लागि गाडी खरिद प्रक्रियामा थप कडाइ गर्न लागेको हो ।

अर्थमन्त्री खतिवडाले अहिले राजनीतिज्ञ, कर्मचारी, सार्वजनिक पद धारणा गरेका व्यक्ति, व्यवसायीलगायतले सवारीसाधन खरिदका नाममा वार्षिक अर्बौं रुपैयाँ बजेट सिध्याउन लागेपछि मन्त्रालयले मापदण्ड बनाएर गाडी खरिद प्रक्रियामा थप कडाइ गर्न लागेको बताए । उनले कर्मचारी तथा जनप्रतिनिधिलाई सवारीसाधन आवश्यक भएको वा नभएकोबारे राम्रो अध्ययन गरी मापदण्ड बनाइने बताए । कतिपय कर्मचारी र जनप्रतिनिधिले आफ्नो कोठामा महँगा फर्निचर प्रयोग गरी लाखौं रुपैयाँ सकेको पाइएपछि फर्निचरमा समेत मितव्ययिता अपनाउनुपर्ने भएको छ ।

‘हैसियतभन्दा माथिका गाडी चढेर समाजमा रवाफ देखाउन खोज्ने प्रवृत्ति नियन्त्रणका लागि एउटा छुट्टै मापदण्ड बनाएर सेवासुविधा उपलब्ध गराइयो भने अनावश्यक फजुल खर्चमा पनि नियन्त्रण हुने र आर्थिक अनियमिता पनि रोकिनेछ,’ अर्थमन्त्री खतिवडाले भने । अहिले उच्च ओहोदाका व्यक्तिलगायत तीनवटै तहका सरकारले गाडी खरिद गर्नमा नै अर्बौं रुपैयाँ सकेको र त्यसबाट मुलुकले ठूलो आर्थिक भार खेप्नुपरेकाले त्यसलाई रोक्न नया मापदण्ड आवश्यक रहेको उनले बताए ।

सवारीसाधन खरिद प्रक्रियालाई थप कडाइ गर्न सक्रिय अर्थ मन्त्रालयले अहिलेसम्म अपेक्षाकृत रूपमा पुँजीगत खर्च नभएको र अनुमानित राजस्व पनि नउठेपछि चालू आवका लागि विनियोजित कुल बजेटको सिलिङ १५ खर्ब ३२ अर्ब ९६ करोडलाई समेत घटाएर यस वर्ष १३ खर्ब ८५ अर्ब ९६ करोड मात्र खर्च हुने अनुमान गरेको छ । चालू आवको बितेका ६ महिनामा सरकारले कूल विनियोजित बजेटको जम्मा २७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । ६ महिनाको अवधिमा सरकारले जम्मा ४ खर्ब २२ अर्ब मात्र पुँजीगत खर्च गरेको छ ।

अहिले अर्थमन्त्री खतिवडाले पुँजीगत खर्चतर्फ ८२ अर्बको अनुमान कटौती गरेका छन् । जसका कारण पुँजीगत खर्च शीर्षकमा कुल ३ खर्ब २६ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान छ ।

बितेका ६ महिनामा सोचेअनुरूपको काम नभएपछि सरकारी खर्चको अनुमान संशोधन गर्नु बाध्यता रहेको भन्दै खतिवडाले विभिन्न कारणले अनुमान संशोधन गर्नुपरेको बताए ।सरकारले बितेका ६ महिनामा सार्वजनिक खरिदसम्बन्धी ऐन र कानुन संशोधनमै बिताएको र त्यसको असर विकास निर्माणमा देखिएको भन्दै उनले जसरी पनि खर्च गर्ने र वित्तीय अराजकता निम्त्याउने पक्षमा सरकार नरहेको स्पष्ट गरे । अर्थमन्त्री खतिवडाले विगतका वर्षहरूमा जस्तै आवको अन्तिम महिना असारमा जसरी पनि खर्च गर्ने परम्परा तोड्न पनि अनुमान केही कम गरेको बताए ।

The post महँगो गाडीमोहमा भीआईपी, अंकुश लगाउँदै सरकार appeared first on Rajdhani Daily News.

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

पूर्वसभामुख महरा निर्दोष ठहर, प्रमाण अस्पष्ट

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी उद्योगमा महराविरुद्धको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

यसअघि १८ कात्तिकमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएसँगै महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरा १ सय ३५ दिनको हिरासत बसाइपछि सोमबार रिहा भएका हुन् ।

महरालाई सफाइका दुई आधार ः औंठा र इन्कारी बयान जिल्ला अदालतले महरालाई सफाइ दिनुका दुई आधार र कारण मानेको छ । अदालतले पहिलो आधारका रूपमा महराले घटना भएको भनिएको दिन आफू पीडित भनिएको महिलाको कोठामा जाँदै नगएको र उनलाई कुटपिट नगरेको बयान दिएका थिए । प्रहरी र अदालत दुवै निकायमा महराले दिएको यस्तो बयान र पीडित भनिएकी महिलाले पनि प्रहरी र अदालतमा उही बेहोराको बयान दिएकी थिइन् ।

पीडितले पनि महरा आफ्नो कोठामा नआएको सरकारी वकिलमा बकपत्र दिएकाले सोही आधारलाई प्रमाणका रूपमा मान्दै अदालतले निर्दोष हुने ठहर गरेको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

औंठाछाप महराकै हो भन्ने प्रमाण अस्पष्ट
पीडित भनिएकी महिलाको कोठाबाट संकलन गरिएका गिलास, चस्माजस्ता वस्तुमा महराको औंठा छाप परीक्षण गर्न फरेन्सिक ल्याब पठाइएको थियो । विशेषज्ञले चेकजाँच गर्दा औंठाछाप महराकै हो भनेर यकिन गर्न नसकिने प्रतिवेदन अदालतमा पेस भएको थियो ।

अदालतले सो औंठाछापको विषयमा वस्तुनिष्ठ आधार भेट्न नसक्दा महरालाई निर्दोष भन्ने सफाइको आधार बनाएको छ । सरकारी वकिलले पनि सो आधारलाई प्रमाण पुग्ने गरी बहस गर्न सकेनन् । फौजदारी कानुन प्रणालीको मान्यतामा कुनै पनि अपराधमा मुद्दा दर्ता हुँदा अभियोगको प्रमाण शंकारहित तवरमा हुनुपर्छ भन्ने मान्यता छ । तर, महराले सो गिलास समातेका थिए भन्ने आधार र प्रमाण प्रस्ट हुन नसक्दा सफाइको आधार बनेको हो ।

ककसले गरेका थिए बहस
जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासमा सुनुवाइ भएको सो मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरू दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए ।

महरा पक्षका कानुन व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए । बहसमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले महरालाई थुनामा राख्नुपर्ने आधार र कारण नरहेको बताएका थिए । पीडित भनिएको महिलाले म आफू पीडित होइन भनिरहेको अवस्थामा कारागारमा राखिराख्नु उचित नभएको उनको तर्क थियो ।

कहिले के भयो ? के थियो अभियोग ? १८ कात्तिकमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । सो आदेशविरुद्ध महरा उच्च अदालत पाटन पुगे । ३ पुसमा अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले महराले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

उच्च अदालतले मुद्दा लगातार सुनुवाइ गर्नुपर्ने प्रकृतिको भएकाले पीडितको बकपत्रसमेत भएको देखिँदा अन्य साक्षी बुझ्नेलगायत प्रमाण बुझ्ने कार्य सम्पन्न गरी मुलुकी कार्यविधि संहिता २०७४ को दफा १३१ बमोजिम एक महिनाभित्र मुद्दाको कारबाही र किनारा गर्नू भनी आदेश जारी गरेको थियो ।

महराले मौकामा अनुसन्धान अधिकारीसमक्ष र सुरु अदालतमा बयान गर्दा ‘आफू पीडितको कोठामा रहेको इलाकामा गएको तर उनीसँग फोन सम्पर्क नभएपछि गल्लीबाटै फर्केर आएको हो, पीडितको कोठामा गएको होइन’ भनी बयान दिएका थिए । तर, उनीसँगै गएका काजीराम मगरसमेतको सुरक्षाकर्मीले प्रतिवादी पीडितको कोठा भएको घरको गेटभित्रै गई डेढ घण्टा पछि बाहिर निस्केको भनी कागज गरेका थिए । घटनापछि पीडितले रुँदै प्रहरीको कन्ट्रोल १०० मा कल गरेको विषयमा महानगरीय प्रहरी बानेश्वरले जानकारी गराएको जनाएको थियो ।

सरकारी वकिल पक्षले महराले संघीय संसद्को सभामुखको दुरुपयोग गरी कसुर गरेकाले उनीविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए । सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर पाँचदेखि पीडितले सुरुमा दिएको बयान र कुटपिटबाट भएको घाउचोट, कोठामा भेटिएको महराको चस्माको डन्डी र पत्रकारले लिएको भिडियो रिपोर्टमा पीडितले दिएको बयान नै प्रमाणका रूपमा रहेको सरकारी वकिल पक्षको दाबी छ ।

महरालाई जबर्जस्ती करणी उद्योगमा महिलाको उजुरी परेपछि सभामुख निवासबाट १९ असोजमा प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानमा महराले प्रहरीलाई आफूले संसद् कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास नगरेको बयान थिए । आफ्नो चिनजानको मान्छे भएको तर बलात्कारको प्रयास नभएको र ती महिलाको कोठामा नपुगेको बयान प्रहरीलाई दिएका थिए ।

पीडित भनेकी महिलाले आफूकहाँ आएर महराले जबर्जस्ती करणी प्रयास गरेको भन्दै १२ असोजमा सार्वजनिक अन्तर्वार्ता दिएकी थिइन् । घटना सार्वजनिक भएपछि महराले सभामुखबाट १४ असोजमा राजीनामा दिएका थिए । उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।

महराविरुद्धको मुद्दा न्यायिक विचलन हो : रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता
जबर्जस्ती करणी उद्योगमा महराले सफाइ पाएसँगै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो मुद्दामा राजनीतिक प्रतिशोधमा फसाइएको प्रतिक्रिया दिएका छन् । महराका वकिल समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले यो विशुद्ध प्र्रतिशोध रहेको बताए । ‘महराविरुद्धको मुद्दा न्यायिक विचलनको एक उदाहरण मात्रै हो,’ उनले भने, ‘कसैमाथि प्रतिशोध राख्नका लागि प्रयोग भएको अस्त्र हो । उनलाई फसाउन देशबाट मात्रै नभई विदेशी शक्ति पनि लागेका थिए । अदालतको फैसलासँगै निस्तेज भएको छ ।’
महरालाई सफाइ दिने फैसलाको विवेचना हेरेर सरकारी वकिल पुनरावेदन जान्छ : नुमराज खनाल, जिल्ला सरकारी वकिल
महरालाई सफाइ दिएको आधार र प्रमाण हेरेर फैसलाविरुद्ध पुनरावेदन जाने बाटो अझै बाँकी रहेको जिल्ला सरकारी वकिल काठमाडौंका सूचना अधिकारी नुमराज खनालले बताए । ‘पहिला के आधार र प्रमाण हेरेर फैसला भएको छ, अदालतको फैसला चित्त नबुझे सरकारी वकिल कार्यालय पुनरावेदन जान्छ,’ उनले भने, ‘फैसलाको विवेचना गर्दै निर्णयको आधारको विषयमा अध्ययन गरेर पुनरावेदन हुन्छ ।’ फैसलाको पूर्ण पाठ आएपछि सो विषयमा सरकारी वकिल कार्यालयले पुनरावेदन दर्ताको विषयमा निर्णय गर्ने उनले बताए । फैसलाको पूर्ण पाठ तयार भएपछि जिल्ला अदालतले सरकारी वकिलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ ।

महरा छुट्दा एमसीसीको विरोधमा नारा
पूर्वसभामुख कृष्णबहादुर महरा छुट्दा उनका समर्थकले एमसीसीको विरोधमा नारा लगाएका छन् । डिल्लीबजार कारागारबाट छुटेलगत्तै कार्यकर्ताहरूले फूलमाला लगाएर महराको स्वागत गरेका छन् । ‘एमसीसी लागू गर्न पाइँदैन’, ‘एमसीसी मुर्दावाद’ जस्ता नारा उनका समर्थकले लगाएका थिए । महरा कारागारबाट अपराह्न ४ बजे छुटेलगत्तै आफ्नो निवास प्रस्थान गरेका थिए ।

सांसदको रुपमा महरा
संसद सविचवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेपछि संसद सचिवालयले महरा संसदमा उपस्थित नहुने जानकारी गराएको थियो । प्रतिनिधिसभा नियमावलीमा अभियोग लागेलगत्तै पदीय दायित्वमा नरहेपनि सांसद पद नजाने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा उनी कारागारमा रहँदासमेत सांसद नै थिए । सांसद भएपनि संसदीय गतिविधिमा भने सामेत हुने पाएनन् ।

महरामाथि लागेको आरोप सही नभएको फैसला भएपछि उनी कारागारमुक्त भएका हुन् । अब उनले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन पाउनेछन् । उनी सांसदको रुपमा संसदमा उपस्थित भई मुलुकको हीतविपरीतको कुनै पनि काममा सहयोग नगर्ने अभिव्यक्ति बाहिर आएको छ ।

कारागारमुक्त भएलगत्तै प्रेस विज्ञप्ती निकाली उनले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’

The post पूर्वसभामुख महरा निर्दोष ठहर, प्रमाण अस्पष्ट appeared first on Rajdhani Daily News.

बेनी-जोमसोम सडकखण्डमा जेसिबी पुरियो, हताहतिको आशंका

युरोपेली मुलुकका राजदूत र राष्ट्रसङ्घीय प्रतिनिधिले भेटे सभामुख सापकोटालाई

काठमाडाैँ, ६ फागुन । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई […]

जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु

निर्भयालाई बलात्कारपछि हत्या गर्ने चारै दोषीलाई मृत्युदण्ड दिन नयाँ ‘डेथ वारेन्ट’

नयाँदिल्ली, ०६ फागुन । निर्भया सामूहिक करणीपछि ज्यान लिएका दोषीलाई मृत्युदण्ड दिनका लागि दिल्लीको पटियाला हाउस कोर्टले नयाँ मिति घोषणा गरेको छ । यसअघि दुई पटक अदालतले मृत्युदण्डको मिति तय गरे पनि फरक–फरक आवेदन पत्रका कारण मिति सारिँदै आएको थियो । सोमबारको नयाँ ’डेथ वारेन्ट’ अनुसार अदालतले आउँदो ३ मार्चमा बिहान ६ बजे चारै जना […]

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

आज दिनभर काठमाडौं उपत्यकाको आकाश नखुल्ने

आज (मंगलबार) देशका अधिकांश पहाडी भेगमा आंशिक बदली भई पूर्वी पहाडका एक/दुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वी क्षेत्रमा अहिले न्यून चापीय क्षेत्रको प्रभाव परेको छ।

भारतको बंगालबाट भित्रिरहेको बादल र नेपालकै स्थानीय बादलको संयोजनबाट पूर्वमा मौसम बदली भएको र पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। ‘त्यस्तो ठूलो, आत्तिनुपर्ने खालको वर्षा हुने होइन,’ उनले भनिन्।

आज अन्य स्थानमा भने वर्षाको सम्भावना छैन। तर देशका पहाडी क्षेत्रका अधिकांश स्थानमा आज आंशिक (कहिले बादल, कहिले घाम) बदली हुनेछ।

काठमाडौं उपत्यकामा पनि आंशिक बदली हुने र दिनभर घाम लाग्ने सम्भावना नरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

‘आज दिनभर काठमाडौं उपत्यकाको मौसम यस्तै धूम्म हुने देखिन्छ,’ उनले भनिन्, ‘आइसुलेटेड वर्षा (कहीं पानी पर्ने, नजिकै अर्काे ठाउँमा नपर्ने) हुने सम्भावना पनि देखिन्छ, तर त्यो सम्भावना एकदमै कम छ।’

भोलि र पर्सि वर्षा
भोलि (बुधबार)बाट भने पश्चिमी वायु भित्रिने भएकाले देशभरको मौसम बदली हुने सम्भावना छ। यसले बुधबार र बिहीबार देशभर प्रभाव पार्ने मौसमविद्ले बताएका छन्।

‘भोलि पश्चिमी वायु भित्रिँदै छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘भोलि देशभरका पहाडी क्षेत्रअन्तर्गत थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

पर्सि बिहीबारचाहिँ तराई क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

महरालाई सफाइ दिने फैसलाविरुद्ध सरकारले उच्च अदालतमा पुनरावेदन दिने

काठमाडाैँ, ६ फागुन । विशेष घटना र सन्दर्भका कारण विवाद तथा चर्चामा रहेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले एकैदिन सफाइ र पद प्राप्त गर्नुभएको छ। बलात्कारको प्रयास गरेको भनी आरोप लागेका महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएको छ भने सरकारले तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारले लगाएको आरोप […]

६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

रासन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु

एजेन्सी । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समयमाभागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार उक्त घटना भएकाे त्यहाँको प्रहरीले जनाएको छ । सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् […]

सबै अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित

आजको राशिफल : फागुन ६ गते, मंगलबार

वि.सं.२०७६ साल फागुन ०६ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– दशमी,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ४९ मिनेट उप्रान्त एकादशी । नक्षत्र– ज्येष्ठा,०५ घडी २५ पला,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त […]

थिमिमा कुभिण्डेजात्रा मनाइयो

नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु

निआमी, नाइजर । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।” भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ ।

साभार : रासस

The post नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु appeared first on Rajdhani Daily News.

बाँकेमा मुस्लिम समुदायका अगुवाहरुले यसरी मनाए दसैँ